३०५. मेरी पुज्यनिय आमा महतारी श्री भावना अधिकारीका २ संक्षिप्त कविता १. परिचय कविता र २. हे ! साथी म गाउँछु गीत ।

मेरी पुज्यनिय आमा महतारी श्री भावना अधिकारीका २ संक्षिप्त कविता

१. परिचय कविता र
२. हे ! साथी म गाउँछु गीत ।  

✍️ साहित्यकार तथा कवि आमा महतारी श्री भावना अधिकारी घोराही उपमहानगरपालिका - १८ रझेना, दाङ, नेपाल 

१. परिचय कविता

मानपुर गाबिस घर हो मजगाउँ ।
अधिकारी थर हो भावना हो नाउँ ।।
रझेना आयौं हालै घुमेर ।
सतहत्तर बर्ष भो मेरो उमेर ।।
बोल्दैछु आज  कविता सुनाइ ।
नाउँ ठेगाना सबै बताई ।
चिन्नु हुनेछ भन्ने गर्छु आशा ।
लेख्छु  कविता हुँदैन निराशा ।।

२. हे ! साथी म गाउँछु गीत.......

हे साथी ! म गाउँछु गीत
अंग्रेजी बोल्दैन म सीत ।

जहिले पनि रिसाकै छ
के गरिछु मैले ।।

अंग्रेजीको मुख पनि
देखिथिन पैले ।।

एवीसिडी बल्ला बल्ला
बोल्न भनी लाग्छन ।

अरु अक्षर मलाई देख्दा
सात कोष पर भाग्छन ।

हे साथी म गाउँछु गीत ....
अंग्रेजी  बोल्दैन मसीत ।।

✍️ रचनाकार : आमा भावना अधिकारी (७७ बर्ष)
घोराही उपमहानगरपालिका वार्ड नं.१८ दाङ

सम्पादन सहयोगी : जेष्ठ सुपुत्र वसन्त राज अधिकारी, अधिवक्ता  तथा  निवृत्त उपसचिव, नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाण्डौं ।

Comments