कोभिड -१९ भाग -२ बन्दाबन्दी "लकडाउन" अवस्थामा रचित आफ्नै कविता प्रिय् साहित्यिक तथा समस्त समादरणीय मित्र तथा आफन्तजन पढनुस् ! गुन्नुस् !! प्रतिक्रिया !!! साथीभाइ सबैमा साझा अवश्य गर्नुस् ।
आफ्नैं मनलाई सम्झाउँदैं………
📝 वसन्त राज अधिकारी घोराही उपमहानगरपालिका, दाङ @ कीर्तिपुर, काठमाडौंं, नेपाल ।ए "मन" ! तँ सँग कोमलता छ
तर ! "विवेक" छैन ।
ए "बुद्धि" ! तँ सँग विवेक छ
किन्तु ! "कोमलता" छैंन ।।१।।
स्वस्थ्य हुँदा सबै हुन्छन् "जाति"
अन्ततः "अस्वस्थ" अवस्थामा
आफू भैईन्छ स्थायी "अन्तरंग"
स्वयं आफ्नो "साथी" ।।२।।
सांसारिक "व्यस्तता" बेफुर्सदी
"अजम्मरी" जीवन सरि ।
जब भैइन्छ स्वस्थ्य र "तन्दुरुस्ती"
सबै चिजबस्तुहरुमा छ "मस्ति" ।।३।।
मेरो जन्म पुर्व पनि यो "संसार"
"निरंतरता" चलिरहेको थियो ।
मेरो मृत्यु पश्चात् पनि "अवश्य"
"टक्क अडिने र ठप्प" रोकिने छैन ।।४।।
यो भौतिक शरीर "गतिशील" रहँदा
संसार मै भित्र "समाविष्ट" लाग्छ ।
मानौं म नै पृथ्वीको "नियामक"
इन्जिनको एउटा "कुशल चालक" ।।५।।
"क्रमभंग" हुँदैन कतै केही म बिना पनि
मेरो सृष्टि सँगै मेरो "उत्तराधिकारी" ।
सर्जक "बिधाता"ले बनाएरै पठाकोछ
मेरो अनुपस्थितिमा त्यस्ले सम्हाछ बिडों ।।६।।
संसार चारदिनको "रामछायाँ" भन्छन् ।
जन्म एक दिन कर्म दुईदिन र
अन्तिम दिन जुन शाश्वत सत्य "मृत्यु"
यद्यपि ! दोस्रो दिन जस्तैः लाग्छ सधैं ।।७।।
सांसारिक "मृत्युु" पिडादायी अवश्य छ
तर ! परमार्थिक दृष्टिमा "सुन्दर" छ ।
दु:ख, पिडा तृष्णा भोग र भौतिकतामा
अभौतिक र अशरिरि छँदा "मुक्तिमार्ग" जहाँ ।।८।।
कति सम्झाउन खोज्छु यावत् "तत्व ज्ञान"
धर्मशास्त्रका शाश्वत रहस्य "गुढ कथा" ।
तर ! यो अविवेकी "बहुलट्ठी" अभ्यन्तर मन
कत्ती पनि बुझ्दैन र "बहकिरहन्छ" झन२ ।।९।।
पुनः आफ्नै मनलाई सम्झाउँदै "विवेक साथ"
बडो संयम र धैर्यताले रहि "शान्त स्वभाव" ।
जोडन खोज्दैछु योगवलले "अध्यात्मिक संयोजन"
एकसुत्रमा जोडदै मस्तिष्क र "अन्तरंग मन" ।।
~~~~~समाप्त ~~~~~
रचना मिति : बिहीबार १६ चैत्र २०७८ शुभम् । 📝 बर्दिया, गुलरियावाट प्रकाशित हुने हाम्रो भावना राष्ट्रिय दैनिक बर्ष ११ अंक १८९ मिति २०७८ बैशाख ३१ गते शुक्रबार प्रकाशित भएको ।
Comments
Post a Comment