कोरोनाको सङ्कष्टले, ल्यायो क्रन्दन रोदन । कसरी हुने होला अब, सहज जीवनयापन ? ।।
घोराही उपमहानगरपालिका, दाङ @ सिंहदरबार, काठमाडौं 📝 वसन्तराज अधिकारी
अकालमा यहाँ भैराछ, मानिसको मरण ।
कोरोनाले अस्तव्यस्त भो, दैन्दिन जीवनयापन ।।१।।
वाल युवा प्रौढ समेत, अकालमा मरण ।
सयौं मानव दिन्दिनै, मृत्यु शैया बरण ।।२।।
यहाँ नछ भ्याक्सिन पाउने, कुनै सुनिश्चितता ।
अझै कति जीवन अकालमा, फाल्नु पर्ने होला ? ।।३।।
हे ! नेतृत्वगण दुरदर्शिता, मतैक्यता राखौं ।
जसरी हुन्छ कोरोनावाट, नागरिक बचाउ ।।४।।
कोरोनाको सङ्कष्टले, ल्यायो क्रन्दन रोदन ।
कसरी हुने होला अब, सहज जीवनयापन ? ।।५।।
कस्तो महाविपत्ती आईपर्यो, उपाय छ नास्ति ।
श्रमजीवी मजदुर गरिखाने, वर्गलाई छ सास्ती ।।६।।
कोहि भन्छन् विश्वव्यापी, महामारी हो यो ।
कोहि भन्छन् दुष्टताले कृत्रिम, भाईरस फैलायो ।।७।।
मेरो सानो बुद्धिले बुझ्न, भ्याउँदैन तत्व ।
रहस्यमय भुमरीमा, अलमल्ल छ सत्व ।।८।।
अचुक ब्रह्मास्त्र गुन, आफ्नो सुरक्षा स्वयं गर्नु ।
अस्पतालको मात्र भरले, पर्छ याहाँ मर्नु ।।९।।
बाँच्न कस्लाई रहर हुन्न, किन्तु बाध्यतामा मर्नु ।
जस्लाई पर्छ त्यसैले त हो, दु:ख कष्ट व्यहोर्नु ।। १०।।
📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
@ सिंंहदरवार, काठमाडौं, नेपाल ।
रचना मिति : सोमबार ३ जेष्ठ २०७८ शुभम्
Comments
Post a Comment