२१२. मान्छेहरु मर्दा रुन्छ किन, धरधरी यो पापी मन ?

 मान्छेहरु मर्दा  रुन्छ किन, धरधरी यो पापी मन ?                     अरु मर्दा भन्दा पनि आफू मर्ने, भय ठूलो जान ।।                                                   

✍️ वसन्तराज अधिकारी 
                     घोराही उपमहानगरपालिका, दाङ                                             @ कीर्तिपुर, काठमाडौंं, नेपाल  

धेरै काम हुँदा पनि कामैको, चटारो र थ्यो दु:ख ।
कामै केही नहुँदा नि, हुँदो रैनछ है रत्तिभर सुख ।।
जे गरेनि सुख छैन हो, मानिसको चारदिने  जीवन ।
व्यस्ततामा आराम खोजी,आरामीमा हुन्छ बेचैन ।।१।।

काममै हुँदो रैछ हरि राम, सन्तोष  ऎश र आराम ।
काम केही पनि नहुँदा त, भैईन्छ खान नि हराम ।।
कोरोनाको सन्त्राशले जहिले पनि, डर मात्र लागिरन्छ ।
झ्याप्प आई कोरोनाले ग्वाम्म,  छोप्ला जस्तो हुन्छ ।।२।।

साँच्चै रहेछ असन्तुष्ट प्राणी यो, मानिसको यो जात ।
न त हुन्छ दिनमा चैन, हुन्छ न  सुख शान्ति रात ।।
मान्छेहरु मर्दा रुन्छ किन, धरधरी यो पापी मन ?
अरु मर्दा भन्दा पनि आफू मर्ने, भय ठूलो जान ।।३।।

सामाजिक सञ्जाल फेसबुक, टिकटक, हेरी साध्य छैन ।
किरा फटेङ्र्गा सरि सस्तो भयो यो, मान्छेको जीवन ।।
आजसम्म बाँचिएकै छ  भोलीको  के छ र हो  भर ?
तर पनि मर्नलाई किनकिन, लाग्छ यति बिघ्न डर ।।४।।

स्वकाराबासको बन्दी सरि भयो, बन्दाबन्दी "लकडाउन" ।
पिजडाको पन्छि सरि हुन गो, स्वतन्त्र मानव यो जीवन ।।
दुई बर्ष पनि हुने भयो नि हजुर, कोरोनाको त्राश भय ।।
सजातीय मानवसँग, व्यवहार पनि पराई जस्तैः रहे ।।५।

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
@ कीर्तिपुर, काठमाडौं, नेपाल ।
[शनिबार १ जेष्ठ २०७८ शुभम्]

Comments