नेपालमा सुपरिबेक्षण {Supervision} को अवधारणा प्रयोग र चुनौती
✍️ वसन्तराज अधिकारी |
१. परिचय :
१.१ 'Supervision is the act of overseeing and guiding the activities of the subordinates by their superiors.'
१.२ यो एक प्रशासनिक प्रक्रिया हो जस अन्तर्गत कर्मचारीले आफुलाई सुधार्ने, सिक्ने, ज्ञान हाँसिल गर्ने र नयाँ नयाँ चुनौतीहरुको सामना गर्न साथै century successful supervisor बन्ने कार्यमा उच्चस्तरीय पदाधिकारीको मार्गदर्शन र कार्यगत बिशेषज्ञता विशिष्ट गुण एवं सहयोग प्राप्त गर्दछ ।
२. उद्देश्यहरु :
मुलतः सुपरिवेक्षणका उद्देश्यहरु देहाय बमोजिम रहेका छन् :
२.१ संगठनको पक्षवाट :
२.१.१ उत्पादकत्व बढाउनु
२.१.२ आफ्नो लक्ष्य तर्फ उन्मुख गराउनु,
२.१.३ कार्यसम्पादनको स्थिति एकिन गर्नु,
२.१.४ उचित दण्ड र पुरस्कारको व्यवस्था कायम गर्नु,
२.१.५ रुचि र ईच्छा अनुसार कार्य विभाजन गर्नु,
२.१.६ दक्षतामा विकास गर्नु,
२.१.७ संगठनलाई आफ्नो क्षमताको पहिचान गराउनु ।
२.२ कर्मचारीको पक्षवाट :
२.२.१ कर्मचारीको उत्पादकत्व वृद्धि गर्ने
२.२.२ गल्तीवाट सिक्ने मौका दिनु
२.२.३ दण्ड र पुरस्कारको समुचित प्रयोग हुन्छ
२.२.४ कर्मचारीको बैयक्तिक समस्या जानकारी गराउनु
२.२.५ कामदार र संगठन बीच अपनत्व बढ्न जान्छ
२.२.६ कर्मचारी विच घनिष्टता बढन जान्छ ।
३. सुपरिबेक्षणका तरिका/ पध्दती (Methods) :
हिजोआज सुपरिवेक्षणका विशिष्ट तरिका वा पद्धति देहाय बमोजिम विकास गरिएका छन् :
३.१ सामान्य सुपरिवेक्षण (General supervision)
तोकिएको काम, तोकिएको ढंगवाट सम्पन्न भएको छ,छैन हेर्ने काम गरिन्छ । यो सुपरिवेक्षण सामान्य किसिमको हुन्छ ।
३.२ निर्देशनात्मक सुपरिवेक्षण (Instructional Supervision)
तोकिएको काम, तोकिएको ढंगवाट भएको छ, छैन भनी हेरि गल्ती देखिएमा औल्याउँदै रोक्न चेतावनी पनि दिने आदेश / निर्देश पनि दिईन्छ ।
३.३ उपचारात्मक (Clinical supervision)
गल्ती औल्याई यस्तो गल्ती गर्ने व्यक्तिलाई कारबाही गर्ने र निजहरुले गरेको निर्णयलाई फेरबदल समेत गरिदिने । यश किसिमको सुपरिवेक्षणमा गल्तीलाई पर्गेल्न पर्याप्त अध्ययन/ अनुसन्धान र जांच पडताल गरिन्छ ।
४. असल सुपरिवेक्षकमा हुनुपर्ने गुणहरु (Quality of Supervisor) :
सुपरिवेक्षक एउटा प्राविधिक बिज्ञ वा प्रशासकीय बिशेषज्ञ (Expert) हो जुन निम्नलिखित गुणहरुका आधारमा सामान्य पहिचान वा मापन गर्न सकिन्छ :
४.१ बिस्तृत/ सिलसिलाबध्द (Throughness)
असल सुपरिवेक्षक बिस्तृत र क्रमबद्ध रुपमा गरिनुपर्छ । Detail but Discipline भन्ने सार्थक प्रयोग यसमा गरिनु पर्दछ ।
४.२ निष्पक्ष (Fairness)
सुपरिवेक्षक राजनीतिक पक्ष, वाद वा बिचारवाट तटस्थ, निहित स्वार्थ, पुर्वाग्रह, पक्षपात, भय र मरमोलाहिजा हुनु हुँदैन ।
४.३ खोजमुलक (Initiative)
असल सुपरिवेक्षक तथ्य तथ्यांक,सुचक निर्धारण गरि खोज अनुसन्धानमुलक हुनुपर्दछ ।
४.४ तरिकाबद्ध (Tactfulness)
सुपरिवेक्षण विशिष्ट तरिका, मार्गदर्शन (guidelines), चुस्त दुरुस्त SMART बनाउन बिषय बस्तु अनुरुप विशिष्ट तरिका (modality) को प्रयोग गर्न सकिन्छ ।
४.५ उत्साहबर्द्धक (Enthusiasm)
असल सुपरिवेक्षकमा हुनुपर्ने एउटा विशिष्ट गुण उत्साहबर्द्धक (Enthusiasm) वा साहसिक (courageous) कतिपय जटिल कार्यसम्पादन साहस वा उत्साहले सम्पन्न हुन्छन् ।
४.६ भावनाको नियत्रण (Emotional control)
भावना (Emotion) एउटा यस्तो वैयक्तिक विशिष्ट गुण हो जस्को न्यूनतामा जति सुकै विद्वान वा उच्च पदिय व्यक्तित्व भएपनि असल सुपरिवेक्षक बन्न कठिन हुन्छ । तसर्थ भावनाको नियन्त्रण अति आवश्यक र अपरिहार्य रहन्छ ।
४.७ आत्मानुभुतीको गुण (Quality of Empathy)
सहानुभूति (Sampathy) आम मानिसको सामान्य बिषय हो । अरुलाई दया, माया देखाउनु भन्दा अरुको सुखदुःख आफैले अन्तस्करण गर्नु अर्थात् आत्मानुभुति (Self realised) गर्नु अतिउत्तम मानिछ । एउटा असल सुपरिवेक्षकमा यो गुण आवश्यक हुन्छ ।
५. नेपालमा सुपरिवेक्षण सम्बन्धि व्यवस्था :
नेपालमा मुलतः सुपरिवेक्षण सम्बन्धि व्यवस्था सरकारी कार्यालय क्षेत्रमा सम्बन्धि कानुनद्वारा स्पष्ट गरिएको छ । निजामती सेवा ऎन र नियममा सम्बन्धित कर्मचारी भन्दा एकतह माथिको अधिकृत कर्मचारी वा कार्यालय प्रमुख, कार्यालय प्रमुखको हकमा बिभागिय प्रमुख, बिभागीय प्रमुखको हकमा मन्त्रालतको सचिव हुने व्यवस्था कार्यसम्पादन मुल्यांकनमा स्पष्ट व्यवस्था रहेको छ ।
यसैगरी बिश्व बिद्यालय,शिक्षण संस्था तथा बिद्यालयहरुमा तत् तत् कानुनमा व्यवस्था गरिएको छ ।
यस्तै गरि राजनीतिक तह वा नेतृत्ववाट निर्देशनात्मक सुपरिवेक्षण व्यवस्थाको प्रयोगको व्यापकता रहेकोे छ ।
६. सुपरिवेक्षण कार्यका चुनौती
सुपरिवेक्षण कार्यका प्रमुख चुनौतीहरु बिशेषत:
६.१ राजनीतिक र प्रशासनिक सीमा स्पष्ट हुनुपर्ने ।
६.२ बिषय बिज्ञ तथा असल सुपरिवेक्षक उपलब्धतामा न्यूनता
६.३ सुपरिवेक्षकलाई समुचित तालिम, प्रशिक्षण तथा निर्देशन दिने अध्ययन तथा अनुसन्धान केन्द्र (Centre of Excellence) को सीमितता
६.४ पुर्ण बृत्त सुपरिवेक्षण ३६०° (सुपरिवेक्षक, सहायक, सहयोगी र सेवाग्राही) को सैद्धान्तिक बिषयको रुपमा मात्र रहनु यसलाई व्यवहारिक कार्यान्वयन योग्य नबनाईनु ।
६.५ सुपरिवेक्षण सम्बन्धि मापदण्ड सहित स्पष्ट कार्यविधिको अभाव
६.६ कर्मचारीको स्पष्ट सुचक समेतको कार्य विवरण व्यवस्थितरूपमा प्रयोग नहुनु
६.७ योजना तथा कार्यक्रममा Work schedule सहित नियमितरूपमा बैधानिक समिति वाट आवधिक सुपरिवेक्षण तथा मुल्यांकन गर्ने परिपाटी केबल औपचारिकतामा सीमित
६.८ उपलब्धिमुलक सुपरिवेक्षण र अनुगमनको स्पष्ट सीमाङ्कन व्यवहारिक प्रयोगमा नल्याईनु
६.९ सुपरिवेक्षक लाई विशेष अधिकार साधन स्रोतको अपर्याप्तता
६.१० सुपरिवेक्षणको अभिलेख, सूचना प्रविधिको यथेष्ट प्रयोग व्यवस्थित राख्ने र मुल्यांकन सहितको प्रतिवेदन राख्ने पद्धतिको अभाव ।
७. सारांश :
सुपरिवेक्षण एउटा महत्वपूर्ण शैक्षणिक, प्रशासकीय तथा व्यवस्थापकीय गहन बिषय हो । परन्तु, यसलाई राजनीतिक रुपवाट मात्र नहेरी विशिष्ट अर्थ र प्रयोगमा हेरिनुपर्नेमा सो नभएको र सुपरिवेक्षण भार (supervisor weight) अमापनिय र उत्तरदायित्व ग्रहण गरेको पाईदैन । परिणामस्वरूप नेपालको नीति, योजना, कार्यक्रम, परियोजनाको गुणस्तर ह्रास भएको पाईन्छ । सुपरिवेक्षण जस्तो गहन बिषयलाई सामान्य जनशक्तिवाट निर्बाह हुन नसक्ने तथ्य घाम जत्तिकै छर्लङ्ग छ । तसर्थ, यश बिषयमा थप बिशिष्टकृत, गुणस्तरीय, परिणाममुखी र असल अभ्यासको प्रारम्भ गर्न सबै सरकारी, सामुदायिक, संघ संस्था र निजि क्षेत्र, नागरिक समाज समेतको अग्रसरता अवसंभावी रहेकोे छ । समान पद वा तहमा पनि विशिष्ट वैयक्तिक गुण, तालिम, अनुभव, चासो अर्थात् कार्यप्रतिको समर्पण भावले सुपरिवेक्षकको विशिष्ट गुण बिद्यमान हुन सक्छ यस्लाई उच्चस्तरीय सुपरिवेक्षकले पहिचान र त्यसको अत्युत्तम प्रयोग गर्न सक्नुपर्छ ।
लेखक परिचय :
~~~~~~~~~~
बसन्तराज अधिकारी
अधिवक्ता एम.ए. (राजनीतिशास्त्र), बी.एल. (कानुन) बी.ए. (अर्थशास्त्र/राजनीतिशास्त्र) बी.एड. (शिक्षा)
हाल : उपसचिव, नेपाल सरकार
युवा तथा खेेेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौं
✍️ रचनाकार : बसन्तराज अधिकारी
घोराही, दाङ
हाल: कीर्तिपुर, काठमाडौंं
Comments
Post a Comment