४७५. आत्मवृतान्त : स्वर्णिम चमत्कारिक वाल्यकालको स्मृति

आत्मवृतान्त : स्वर्णिम चमत्कारिक वाल्यकालको स्मृति   

📝 वसन्तराज अधिकारी 
                     घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

संसारमा आमाको दशमास गर्भवाट यश भुतलमा मानव स्वरुपमा जन्मे पछि वाल्यकाल सबैको सुन्दरताका साथ व्यतीत हुन्छ चाहे त्यो दु:ख अभाव होस् वा सुख र सम्पन्नता वाल्यकाल कुनै पनि प्रकारको अहंकार रहित हुने हुँदा यो स्वाभाविक वात्स्ल्यता वा वालसुलभता भने अवश्य हुन्छ ।  साथै  मानव जीवनमा जन्म पश्चात् वालककालका भोगाइका कालक्रमहरु पनि स्वभाविक मान्नुपर्छ । पारिवारिक, सामाजिकआर्थिक परिवेश परिस्थिति, जिम्मेवारी, दु:ख सुख सबैको समान हुन्छ भन्न सकिन्न परन्तु स्वर्णिम वालपन सबैको हुन्छ । एउटाको अनुभव अनुभुति अर्कालाई केही मिल्ला वा केहि नमिल्ला तर पनि सबैमा केहि न केहि करिबकरिब समानता भने हुन्छन् नै  । यति हुँदाहुँदै पनि वालापन केहि दिनको अतिथि जस्तैः सबैको जीवनमा आउँछ र थाहै नपाई जान्छ पनि । यहि चमत्कारिक वालापनको आफ्नो साक्षात्कार भोगाई आत्म वृत्तान्तमा पस्कदैछु । अनलाइन र ब्लगमा लेखिने र आम मानिसले पढन सक्ने भएकाले पनि खर्चिलो तडक्भडक र आडम्बरी प्रदर्शन गरी मुद्रित प्रकाशन गर्न जरुरत  पनि ठान्दैन साथै यो आत्मवृतान्त पढेर पाठकलाई केहि न केही आत्म अनुभुति भएमा आफ्नो लेखनी सफ़ल भएको ठान्दछु । वालपनमा पुर्व शिशु अवस्था, शिशु अवस्था, पुर्व किशोरावस्था र पुर्ण किशोरावस्था सहितको स्वर्णिम चमत्कारिक  वालापन हुन्छ । वालापन मानव जीवनको प्रारम्भ विन्दु हो । भविष्य यहि अवस्थाले निर्धारण गर्दछ । हुनत वालापनलाई "शोक न सन्ताप भोक न भकारी" को अवस्था पनि हो भनिन्छ । भोक लागे खायो निद लागे सुत्यो खेल्यो  खायो, रोयो हास्यो हिड्यो दौड्यो आदि इत्यादि । जिज्ञासा, कौतुहल नयाँ नयाँ बिषयको सिकाई यही समयमा तिव्रत्तर रुपमा आउँछ साथै आजीवन चिरस्थायी पनि हुन्छ  ।

वालपनको सन्दर्भमा विश्व विख्यात मनोविज्ञानविद् दोरिथी द नोल्तेको जस्तो भोगाइ त्यस्तै सिकाई मननिय भनाईलाई यहाँ उधृत गर्नु सान्दर्भिक हुनेछ :
* आलोचनाविच हुर्केको वालकले भत्सर्ना गर्न सिक्छ ।
* अमर्यादामा हुर्केको वालकले लज्जित हुन सिक्छ ।
* शान्त वातावरणमा हुर्केको बालकले धैर्यवान बन्न सिक्छ ।
* आदर र सम्मानमा हुर्केको वालकले प्रशंसा गर्न सिक्छ ।
* सद्भावना र मित्रतामा हुर्केको वालकले माया र स्नेह गर्न सिक्छ ।
* सुरक्षीत रुपमा हुर्केको वालकले पछुताउन सिक्छ ।
* तनाव र विवादमा हुर्केको बालकले झगडा गर्न सिक्छ ।
* लाज र सरममा हुर्कोको वालकले विश्वास गर्न सिक्छ ।
* प्रशंसामा हुर्केको वालकले कदर गर्न सिक्छ ।
* सहमतिमा हुर्केको वालकले समाजलाई मन पराउन सिक्छ ।
जसरी बिहानीले दिनलाई देखाउँछ त्यसरी नै बालकले पुर्ण मानवलाई देखाउँछ । यश सम्बन्धमा जोन मिल्टनको अंग्रेजी भनाई मननीय रहेको छ -   "The childhood shows the man, As morning shows the day.“ —  John Milton तसर्थ वालापन जीवनमा उदयको प्रहर हो अझ भनौ भने वालापन काँचो माटो जस्तैः हो । वालापनलाई जुन आकार  दियो उसैमा ढाल्यो कुम्हालेको चक्र झै  भविष्य जीवन निर्माणको प्रारम्भ यहि वालपन हो । वालपन सन्दर्भमा महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्नू हुन्छ -
"हे ! प्यारा शिशु म त बन्न सके बन्ने थिए बालक ।
केटाकेटी भनुन बुझक्कड बुढा मान्दैन केहि धक ।।"

मुलतः यो आत्मवृतान्त नितान्त आफ्नै आनुभविक परिवेशमा ग्रामीण जीवनको वातावरणमा वालापन व्यतीत हुन गयो र  जीवनको प्रारम्भिक सुखद ग्रामीण जीवन बाबू आमाको स्नेह प्यार, भाइ बहिनीहरुसँगको सहकार्य, छिमेकी गाउँ समाजसँगको प्रतिस्पर्धामा प्राकृतिक शान्त वातावरण रह्यो त्यसको यथाशक्य यथार्थ चित्रण गर्दछु । त्यही जीवन्त वालापन जुन युवा प्रौढ र अब जीवनको पुर्व बृद्धअबश्था सम्म प्रष्ट आँखामा नाचिरहन्छ । यसैले त सपनामा पनि उहीँ गाउँ उहीँ पुरानै साथीभाइ, परिवेश र वातावरण चलचित्रका पर्दा जस्तैः गरि जीवन्तरुपमा आईरहन्छन् । मानसपटलमा जीवनभर नमेटिने वालसुलभता अत्यन्तै रोमाञ्चक र ह्रदय द्रवीभूत बनाउने खालका हुन्छन् । अझ बिहान् पखको व्युझदाको अवस्थाको सपनामा आउँदा साँच्चिकै वर्तमान जस्तैः लाग्दोरहेछ र ह्रदय कम्पित हुँदोरहेछ । त्यो स्वर्णिम चमत्कारिक वालापन आफुवाट कहिले कहाँ कसरी किन गयो जुन शिघ्रातिशिघ्र क्षीतिजमा हराईसकेको छ । वालापन हराएपछी पुनः युवापन जोश जाँगर उमंगपुर्ण हुँदा लामो समयसम्म आफुवाट खोसिएको हराएको वालापनमा कुनै खेद नहुनु अस्वाभाविक नरहला तर अहिले तीव्रतर रुपमा उहीँ चमत्कारिक वालापनको संस्मरण आउँछ । शायद वालापन पश्चात् प्रौढ र पुर्व बृद्धअबश्था प्रवेश गर्न लागेको मुखाकृति चाउरिन थालेको शारीरिक अवयब उमंग जोश, जाँगर, रहर रहित सुख्खा खोक्रो बोक्रो जीवन भोगाइले पनि रसपुर्ण वाल्यावस्था प्रखर रुपमा आउँछ । कुनै पनि बिषय वा कुरामा रसरंग रहित अत्यधिक अनुभवको जीवन भन्दा हरेक अर्थमा स्वर्णिम चमत्कारिक वालापन अत्यन्तै स्मरणीय प्रभावशाली हुँदोरहेछ ।

साविक राप्ती अञ्चलमा भित्री मधेशको समतल भुभाग दक्षिण एशियाकै दोस्रो ठूलो बिशाल दाङ उपत्यकाको करिब मध्यभागमा साविक मानपुर गाउँ पञ्चायत अन्तर्गत एउटा सुन्दर रमणीय मजगाउँ - मजगैं अवस्थित रहेको  जहाँ आजभन्दा करिबकरिब तीन बीस पुर्व मेरो जन्म आमा भावना अधिकारी र बुबा बलदेवप्रसाद अधिकारी उपाध्यायको कोखवाट भएको हो । मैले पनि अरुहरुले जस्तैः आमा महतारीवाट आफ्नो जन्मको बारेमा जानकारी पाए पनि आफ्नो जन्म बारे प्रायः कसैलाई पनि एकीन याद हुन नसक्ला किन्तु जन्मपुर्व गर्भअवस्थाको पनि संस्मरण हुन्छ भनिन्छ । महाभारतका पराक्रमी पात्र अर्जुन पुत्र अभिमन्युको चक्रव्युह भेदन गर्न असमर्थ भएको प्रसङ्ग यसको ज्वलन्त उदाहरण पनि छ । तथापि सामान्य मानिसहरूलाई आफ्नो जन्मपुर्वको अवस्था बोध नहुनु आस्वाभाविक भने होईन साथै यश कुराको अपवाद भने म पनि होईन । यथार्थमा जन्म पश्चात् करिब चार बर्ष देखिका कुरा सुषुप्त स्मृतिमा रहेका छन् ।

करिबकरिब चार बर्षको हुँदा आगोले खुट्टामा पोल्दा रोल्पा लिवाङ बजार स्थित मामाघरमा डाक्टरले उपचार गरिदिंदा दुखेर डाक्टल मोल्यो भनेर तोतेबोलिमा बोलेको सम्झना पनि आमाहरूले सम्झाउँदा झनै प्रखर रुपमा स्मृतिमा रहेकोे छ । सानामा दुब्लो पातलो प्रायः बिरामी भैरहने अवस्थामा एउटा घटना तिव्र रुपमा अगाडि आउँछ त्यतिबेला हाम्रो मजगाउँमा काजी घरमा काठमाडौं तिर वाट आएका बोलिपिच्छे प्रभु थेगो लगाई बोल्ने प्रभु बाहुनले मलाई ज्वरो आएको बेला औषधिको मात्रा बढी डोज दिदा ओढने ओछ्यान बोकेर दिमाकी असन्तुलनका साथ दौडेको आमाले धेरै पछि सम्म पनि यो सानोमा बहुलाएको थियो भन्दा अत्यन्तै लज्जास्पद, हिनताबोधका साथसाथै  पिडाबोध पनि हुन्थ्यो । करिब चार बर्षमै घरमा आमाले ठूलो बर्णमाला कखरा, अआइई र सरस्वती स्तोत्र, गणेशस्तोत्र लगायत कपाली तमसुक र राजीनामा समेत कण्ठस्थ पारी पढाउँदै गर्नुभएको सन्दर्भमा कतिपय बिषयवस्तु अझै ताजारुपमा याद छन् । "झ" अक्षर लेख्न नजानेर चौखुर्याई घाममा लडाएको तत्पश्चात ज्वरो आई म बिरामी समेत भएकाले बुबाले आमालाई रिसाई हप्काएको अवस्था पछि आमाले पढाउँदा शारीरिक दण्डमा न्यून गरेको र बहिनीलाई बोक्छस् कि पढ्छस् भन्दा आफू भन्दा बढी वजन भएकी बहिनीलाई बोक्ने गरेको तथापि पढाई त अनिवार्य नै थियो । कखरा, अआइई, संयुक्त जोडेमोडेको अक्षर पढदै वाक्य, कविता, गीत पढ्न, लेख्न सक्ने सामर्थ्य विकास भएको थियो । बि.सं.२०२६-०२७ सालमा बेलझुण्डी, दाङमा संस्कृत विश्वविद्यालय स्थापना गर्ने भनेर योगिराज नरहरी नाथको घोषणा जसमा तत्कालीन राजा श्री ५ महेन्द्रसँगको टकराव पश्चात् योगिजी भारत हरिद्वार प्रस्थान गरेको अवस्था थियो । त्यतिबेलाको लोक कथन मेरो मानसपटलमा अझै ताजा रहेको छ त्यो के भने राजा महेन्द्रले मेरो राज्यमा त्यो जोगी फकिरले विश्वविद्यालय खोलेर राजनीति गर्ने त्यसको टाउको काटेर ल्याएर आउ भन्दा करिब १ हप्ताका पैदलमार्ग हिडेर काठमाडौं पुगि दरबारमा राजा महेन्द्रलाई भेटी फिरन्ता फकिर जोगी शसरिर हाजिर छ । तिम्रो राज्यमा शिक्षा चाहिंदो रहेनछ म भारत प्रवासिन्छु, आफ्नो शासन जसरी भएपनि आफै चलाउ भनी भारत हरिद्वार तिर संस्कृत विश्वविद्यालय स्थापना धेरै पछि नेपालमा बहुदल आएपछि साप्ताहिक विमर्शमा अन्तर्वार्ता प्रकाशित गरि नेपाल आएका थिए । यस्ता एकहजार एक जोगीका बारेमा अध्ययन गर्न डा. स्वामी प्रपन्नाचार्य उर्फ काले राईका मिल्केका झिल्क कितावमा पढन पाईन्छ धेरै बर्ष पहिला मैले पनि यो सर्सती मात्र हेरेको छु । योगी नरहरिनाथका बारेमा धेरै लोकोक्ती छन् एक पाथी दूध एकै दिनमा खान सक्ने, एकै दिनमा नेपालगन्ज पुग्न सक्ने, सम्पुर्ण वेद कण्ठस्थ भै वेद सम्राट पदले विभुषित धर्मशास्त्र, पुरातात्त्विक अध्ययनका अनमोल खजाना थिए योगीजी । यस्ता युग पुरुष योगीजीसँग अत्यन्तै छोटो सानिध्य जीवनमा स्मरणीय र गौरवपुर्ण रह्यो । योगी नरहरी नाथजीसँग बेलझुण्डी, दाङमा अध्ययन गर्दा सिलोट खरी र खाजा त्यही खान पाईन्थ्यो । साझमा बुझाएर आउनु पर्दथ्यो । असाध्य चमत्कारिक रुपमा कखरा, अआइई र ज्ञान गुणका कुरा स्वयं योगीजीले अध्यापन गर्नुहुन्थ्यो । औपचारिक अंग्रेजी  शिक्षामा योगीजीले पढाएको विषयवस्तु नयाँ  खासै नभए पनि आमाले घरमै पढाएको कखरा, अआइई र सावाँ अक्षरहरु नै पुनरावृत्ति भएको थियो ।

त्यतिबेलाको मानपुर गाविस अन्तर्गत मजगैं - मजगाउँ पत्रे खोला, हापुर खोला, दुधरास, झिङ्गै, बघौसी लगायतका गाउँ बस्तीहरु पुर्व पश्चिम महेन्द्र राजमार्गको सहायक सडकदेखि माथितिर झुम्के टारी, ठुटेटारी,  पेरनी, चाक्लेदमार सालघारी बन र बाँसगजेरी माथिल्लो दुधरास रहेको थियो । सालको घना बन सडकदेखि अलिक माथिसम्म अवस्थित रहेकोे थियो । त्यतिबेला खहरे खोला प्रायः बाह्रै मास कलकल बगिरहन्थे । मजगाउँमा ठूलो थारु गाउँ थियो । गाउँमा जमिनदार शाह काजी श्री क्षेत्रबहादुर शाहजीको बोलबाला थियो । सेतै हिउँ जस्तैः केश पाकेका काजीसाप एउटा सानो सानो दरबार जस्तो घरमा नोकर चाकर भान्से सहित बस्दथे । काजीको घरदेखी माथी फुलबारी, काजीको घरबारीमा आँप, नास्पाती, मेवा लगायतका फलफुल रमणीय रहेको थियो । काजीको घरमा कुकुर पालेका, खोरमा बँदेल गेट कम्पाउण्ड सानो सानो दरवार जस्तैः थियो । खान्दानी काजीसाप बन्दुक भिर्ने र सिकार गर्ने ठकुरी राजसी शोख नै थियो । स्व. बुबा बलदेवप्रसाद अधिकारी पनि ठकुरी जस्तैः रवाफिला स्वभावको हुनुहुन्थ्यो । त्यतिबेला मजगैं बजार सानो थियो त्यहाँ शिवानन्द डाँगीको कपडा पसल, छिन्तेल मगरको घर, डा. जुद्धवीर सिंहको मेडिकल पसल, मानपुरे श्रेष्ठको किराना पसल थियो । मोटो मोटो होंचो होंचो कद भएको ह्रष्टमुष्ट खाइलाग्दो ज्यानको  मानपुरे काका बुबा भन्दा केहि कान्छा नै थिए । उनको मजगैं बजारमा किराना खिस्री मिस्रीको पसल थापेका थिए । आमाले मलाई मानपुरे काकाको पसलवाट सियो र सलाई लिन रु.१/- को नोट दिएर पठाउनु भयो । पसलमा गएर मैले मानपुरे काका मलाई आमाले पठाउनु भएको  थलाई र थियो दिनुथ भनेर भन्दा काकाले म तिमीलाई चिन्दिन नचिनेको लाई म दिन्न भन्दा मैले म बथन्त अधिकारी मेरो घर उ त्यहीँ छ मैले पैथा ल्याएको थु  भनेर भन्दा ओहो बथन्त बाबू मथंग थियो र थलाई थैन भनेर जिल्लाई रहे साथै मलाई सियो र सलाई शुद्ध स्पष्ट सँग भन्न धेरै पल्ट कर गर्दथे किन्तु मेरो तोते बोलीले स्पष्ट रुपमा सियो र सलाई भन्नै सक्दैनथे । केहि बर्ष पछि घोराही वाट सामान ल्याउने क्रममा वारपार हापुर खोला आएको र त्यही बौलाहा खोलाले बगाएर मानपुरे काकाको इहलिला समाप्त पारेको थियो । मजगाउँमा  शाह डिस्टिलरी भएको म राम्रोसँग थाहा पाउँछु । त्यतिबेला डिस्टिलरीमा शुद्ध  मौवाको रक्सी पाउँथ्यो । घरमा कोहि बिरामी हुँदा चौधरी काका गुरुवा पाती बस्दा एक बोत्तल मैले पनि ल्याईदिएको छु । त्यतिबेला दाङ जिल्ला र पहाडी भुभागमा  खिमबहादुर शाह र रणबहादुर शाहका डिस्टिलरी थिए ।

मजगैं-मजगाउँदेखि नजिकै पत्रे खोलापारीको गाउँ दुधरासमा त्यतिबेला श्री ने.रा.प्राथमिक बिद्यालय थियो  । त्यहाँ १ देखि ३ कक्षा सम्म पढाइ हुन्थ्यो । शिक्षकहरु श्री धर्मबहादुर बैरागी सर, थाप्ले प्रताप नारायण श्रीवास्तव देशी सर,  पुष्कर बस्नेत र सेवकराम आचार्य हुनुहुन्थ्यो । बि.सं. २०२८ सालमा करीब ३ महिना योगी नरहरि नाथसँग पढ्दा पढ्दै राजा महेन्द्रसँगको टक्करमा योगीजी भारत प्रवासियको सन्दर्भ माथी नै उल्लेख भैसकेको छ । तत्पश्चात बुबाले मलाई दुधरास स्थित प्राथमिक  बिद्यालयमा भर्नाका लागि लैजानुभयो ।  तहाँ गएपछि बैरागी सरले यो बाबुले के पढ्न जानेको छ भनेर  सोद्धा बुबाले आमाले पढाएकी छ ठूलो बर्णमाला खारेको छ भन्नुभएको थियो र धर्मबहादुर बैरागी सरले सरस्वती स्तोत्र र गणेशस्तोत्र मुखाखर भन्न लगाएर मैले मुखाखर भने र तीन कक्षाको महेन्द्र मालाको पाठ देशका हामी खम्बा हौ । एकै ठाउँमा जम्मा हौ ।। पद्यांश मुखाखर सुनाउँदा बैरागी सरले मलाई यो बाबू तेज छ यस्लाई ३ कक्षामा भर्णा गर्दिम गुरु भनेर बुबालाई भन्दा बुबाले छोराको जग कम्जोर हुन्छ हुँदैन एक कक्षामा भर्णा गरिदिनुपर्छ भन्दा हेड सर र बुबाको मतैक्यता नहुँदा अरु  सरहरुले मध्यस्थता गरि मध्य बिन्दु दुई कक्षामा भर्णा गरिदिने सहमति भयो । यसरी एक कक्षा नपढेर कक्षा दुईदेखि बि.सं. २०२९ सालदेखि मेरो औपचारिक स्कुले शिक्षा शुभारम्भ भयो ।

यद्यपि त्यतिबेला घरमा नेपाल संस्कृत विश्वबिद्यालय, बिजौरी दाङका मुर्धन्य विद्धान प्राध्यापक डा. हरिप्रसाद पोखरेल  आउनुहुन्थ्यो  उहाँले यो वसन्त बाबुलाई बिजौरीमा संस्कृत पढाउँ मावली बा भनेर प्रस्ताव राख्नुभएको मलाई पनि जानकारी छ परन्तु बुबाले भान्दाई लाई ठाडै भन्नुभो यो तपाईं जस्तो प्राध्यापक डा. हुने हैन कर्मकाण्ड जजमानी पढाएर पुरेत बनाउने मलाई मन छैन । अंग्रेजी शिक्षा पढाउँछु सके सरकारी जागीर खाला नभए पनि स्कुलको मास्टर होला भनेर संस्कृत पढाउन पठाउनु भएन । संस्कृतमा एउटा नीति पद्यांश छ - "आयु, कर्म च वित्तं च विद्या निधनमेव च पञ्चैतानी हि सृज्यते गर्भस्थतैवच ।" यसको भावार्थ आयु, कर्म, धनसम्पत्ति आर्जन, बिद्या र मृत्युका कुरा गर्भ अवस्थामानै लेखिन्छन् पुरापुरा भनेझै दस कक्षामा पढ्दा पढ्दै बि.सं.२०३६ सालमा बुबाको असामयिक देहावसान पश्चात् पनि बाउन्न हण्डर र त्रिपन्न ठक्करका बाबजुद त्रिभुवन विश्वविद्यालयवाट राजनीतिशास्रमा आचार्य अर्थात् एम.ए. र कला, कानुन र शिक्षा शास्त्रीको शैक्षिक उपाधि हाँसिल भयो नै । एकलब्बे जस्तैः कठिन संघर्षले बुबाको सदिच्छा पूरा गरे पनि बुबाले आफ्नो जीवनमा त्यो देख्न पाउनुभएन । अक्षरारम्भकी आदि गुरु आमा महतारीले त्यो सफलता साक्षात्कार रूपमा अद्यावधिक देखिरहनु मेरो सौभाग्य रहेको छ ।

अब पुर्ववत प्रसङ्गमा जाउँ स्कुले जीवनको प्रारम्भिक दिन त्यतिबेला मजगाउँ उचाडाँडाका क्षेत्री वलि, बस्नेतका छोराहरूको अघिपछि स्कुलमा गएको सपना जस्तैः स्मरण छ । छिमेकी ध्रुव चन्द म भन्दा करिब छ महिना जेठा थिए । उनिहरु वाटोमा गुच्चा खेल्ने, पत्रे खोलामा माछा मार्ने गर्थे । मलाई पनि उनीहरुको समुहमा लगाए मैले गुच्चा, खोपी नखेल्दा पनि हार्नेले भाग शान्ति लगाई मवाट पैसा असुल्थे । कहिलेकाही पत्रेखोलामा माछा मारदा खोलाका साना खिदा माछा  अलिकति मलाई भाग शान्ति दिन्थे । खोलामा धमिलो पानी सानोतिनो बाढी आएको बेला मुढा बगाएर कालो मुढा देखाएर लौ मान्छे मरेको भुत बनेर आउँछ अनि खान्छ भनेर खुब तर्साउथे । घरमा आमाले शात्र वा दन्त्यकथा सुनाएको जसमा राजकुमार, राजकुमारी, भुत प्रेत आदिका कथा कहानी सुनाएर बाल मस्तिष्क ओतप्रोत थियो अझ त्यसमा साच्चिकै खोलामा बगाएर ल्याएका नरकट देख्दा अथाह डरले म काँपी रहन्थे । ती दिनमा स्कुल जान मलाई सारै कठिन लाग्थ्यो । मलाई स्कुल जान मनै लाग्दैनथ्यो । आमाले लाठीले पत्रेखोला सम्म लखेटेर स्कुल पठाउनु हुन्थ्यो स्कुलमा पनि वातावरण कहाँ सहज थियो र बैरागी हेडसर राजनीति गर्ने नेता, धेरै पढाउने थाप्ले सर कक्षाकोठामा धेरै बस्नुहुन्थ्यो पाठ लिखो भनेर किताबको जसका तस हस्ताक्षर गरि उतार्नु पर्दथ्यो र एउटा कोठामा करिब ३०-३५ जना केटाकेटी कोचाकोच सँग बस्दथ्यौ । केटीको संख्या ज्यादै न्यून हुन्थ्यो । उनीहरु अलग्गै बस्दथे । घरैवाट ओछ्यान पटकी सानो सानो गुदरी लगेर जानुपर्दथ्यो र घर आउँदा आफैसँग उठाएर ल्याउने र दैनिकी झोला, सिलोट, कापी, कलम, किताब बोकेर जानुपर्दथ्यो । मैले घरवाट खाजा पनि लगेर जान्थे आमाले हलुवा, चिल्ला रोटी, चिउरा भुटेको, मीठो सातु  राखिदिनु हुन्थ्यो र त्यहीँ लगेर स्कुल जान्थे । अरु साथीहरूले मेरो खाजा मागी मागी खाईदिने कोहि कोहीले कहिलेकाही उनिहरुले मकै भट्ट भुटेर ल्याएको दिने पनि गर्थे । बुबाले प्रायः एक मोहर र कहिलेकाही एक रुपैयाँ दिनुहुन्थ्यो ।  दस पैसाको इण्डियन फाउण्टेन  कलम, पाँच पैसाको मसिदानी र दस पैंसाको सरस्वती माताको जिल्दा भएको ३२ पाने कापी पाईन्थ्यो अर्थात् पच्चीस पैसामा धेरै थोक पाईन्थ्यो ।  दुधरास मुलवाटोमै थपिनी दिदीको होटल थियो । यो होटल त्यतिबेला प्रचलित र प्रख्यात थियो । यहाँ दस पैसाको एक गिलास ठूलो माने गिलास भरी भैंसीको बाक्लो शुद्ध दूध पाईन्थ्यो । दूध हालेको चिया भने पाँच पैंसा गिलास पाईन्थ्यो । अरु सहपाठी साथीहरू र सरहरु समेत मेरो ईष्र्या गर्दथे । जिमिनदार काजीसापको घरमा बुबा मुन्सी अर्थात् अहिलेको निजी बडालेखापाल सरह जस्तैः हुनुहुन्थ्यो । मलाई २-४ रुपैया खर्च गर्न दु:ख थिएन । त्यतिबेलाका लोकगीतले पनि बजार भाउ सामाजिकआर्थिक अवस्थाको संकेत गर्दछन् । नेपालगन्ज बजारमा सुखा धार्नी मासु तिमरी छोरी मैले ल्याए टीका लाईदेउ सासू । फरफर फरकिने पिपलुको पात राती उठि पोईला जाने सुन्चरीको जात । यस्ता प्रकृतिको ठेट मौलिकता र रसिकताले परिपुर्ण लोकगीत रची गाईन्थे । मुलबाटो घोराही तुलसीपुर गोरेटो बाटो थियो । घोडा, राँगा लादने अर्थात् सवारी ढुवानी साधन थिए । मजगैंमा सानो बजार थियो । दुधरासमा पनि मजगैं भन्दा अझ सानो बजार थियो । यता सडक मुल वाटोको केन्द्र  नारायणपुरलाई स्थानीय थारु भाषाको नामाकरण जल्हौरा भनिन्थ्यो । यहाँ भने हाईस्कुल, हेल्थ पोस्ट, प्रहरी चौकी, मेडिकल, गाउँ पञ्चायत आदि थिए । तर हाम्रो गाउँ पञ्चायत मानपुर बजार हुँदा र यहाँ हालको घोराही तुलसीपुर भन्दा ठूलो बजार हुँदा हामी किनमेल गर्न प्रायः मानपुर जाने गर्दथ्यौ । अहिलेको अवस्था तुलनात्मक रुपमा हेर्दा सपना झै लाग्ने त्यतिबेला कच्ची घरहरु प्रायः माटो डल्लाका, काचाईँटाका र चारपाखे घरहरु पनि थिए । मजगाउँ ठूलो थारु गाउँ थियो । दोहोरो तेहरो गल्लि भएको थियो । अलि धनीमानीका पाका इटाका घर हुन्थे । खपटाले छाएका खर परालले छाएका घर हुन्थे भने थारु घर बार जस्तैः बेरेर बाँसको चोयामा माटोले लिपेर र धान राख्ने धनसार ढरी हुन्थे । गाउँको सिरानमा भयाँर हुन्थ्यो । थारु गाउँका मुल मुखिया चौधरी हुन्थे ।  मजगाउँ क्षेत्रबहादुर शाह काजीसापको घर पाकाईटाको सानो तिनो दरवार जस्तैः पक्की घर  थियो । धानखेती प्रशस्तै हुन्थ्यो । गाउँ हरियाली मनोरम थियो । खोलामा पानी पर्याप्त थियो । नुन तेल बर्षदिनका लागि पुग्ने कोईलाबासवाट ल्याउँथे । खेतीपाती गर्दा रासायनिक मल प्रयोग गर्नु पर्दैनथ्यो । पहाड तिर अनिकाल पर्दा रोल्पा, रुकुम, सल्यान, प्युठानवाट डोकेहरु बेसाह खोज्न दाङ तिर आउँथे । धान, मकैं, गहुँ, जौ, दलहन, तेलहन बाली पशुपालन व्यवसायमा दाङ आत्मनिर्भर मात्र नभै पहाडी जिल्लाहरुलाई पाल्ने सामर्थ्य राख्दथ्यो । आजको जस्तो जग्गा प्लटिङ, घरै घर थिएन । फराकिलो गाउँ बस्ती थियो हाम्रो मजगाउँ गाउँ सम्पन्न र वैभवशाली थियो । मजगाउँ थारु गाउँ, क्षेत्रीहरुको बस्ती भएको पहाडी गाउँ, उचाडाँडा, मजगैं बजार यहि बजारदेखी मजगाउँ जाने बाटोमै गाउँको माथी सिरानमै हाम्रो घर थियो । गाउँका धनाढ्य जिमीन्दार काजीसाप श्री क्षेत्रबहादुर शाहको शासन गाउँमा पनि थियो । मजगाउँका काजीसाप मैले थाहा पाउँदा करिब पच्चीस छब्बीस सालतिरका रोचक स्मरणहरु छन् । एकदिन पहिलोपटक बुबाको हातसमाएर काजीसापको घरमा  गएको थिए त्यहाँ बेग्लाबेग्लै भान्साघर, घोडा बाँध्ने तबेला, बंगुर पालेका, धान कुटानी पिसानी पेलानी मिल, घोडा, बन्दुक, बाग बगैंचा, सयौं बिगाह जमीनका मालिक सीपाही, कर्मचारी, नोकर चाकर सहित सानोतिनो गाउँका राजा थिए । सेतै कपाल र दाह्री भएका काजीसाप त्यतिबेला करिब सत्तरी बर्षका बैठक कोठामा एक्लै बसि हुक्का खाने, एक्लै तास खेल्ने रवाफिला थिए । बुबाले मलाई काजीसापलाई स्वस्ती गर बसन्ते भन्नुभयो तर दुई पटक भन्दा पनि मैले बुझिन के गर्ने के गर्ने भनेपछि दुबै हात अँजुली पारी शरीर अगाडि तिर झुकाएर स्वस्ती काजीसाप गर्नुभयो र मैले पनि सुगाले सीताराम भनेको जस्तैः नक्कल गरे । काजीसापले पाउं लागि बाहुन नानी भन्नू भो कतिमा पढछौ भन्दा मैले दुईमा भने धेरै पढनु हाकिम हुनु भन्ने उपदेश पाए । काजीसापले मलाई फर्काएको पाउलागीको अर्थ नबुझी बुबासँग सोध्न डराई आमासँग घरमा आएर सोध्दा ठकुरीले बाहुनलाई खुट्टामा ढोग नगरे पनि वचन पारेर भनेका हुन् त्यतिबेला जातियताको उच्च सम्मान रहेको तथ्य यसैवाट छर्लङ्ग बुझिन्छ । त्यसपछि म प्रायः काजीसापका घर जान्थे कहिले बुबासँग कहिले एक्लै जान्थे । काजीसापका घरमा गएपछि कजिनी साप र दुलही सापहरुले मलाई कहिले आजापुजा गर्ने इनारवाट चोखोपानी ल्याउन कहिले फुल टिप्न कहिले कजीनीसापले उनका पेवा सुनको तोला२ को हिसाबकिताबको जोड घटाउ गर्न पठाउँदा स्कुल जान ढिलाइ हुँदा तत्पश्चात आमाले मलाई अनावश्यक काजीसापका घरमा प्रायः कामै नपरी जान बन्देज लगाउनु भयो । काजीसाप कस्ता हुनुहुन्थ्यो भने एकदिन बिहानै  काँटा तिर भन्नाले दाङको माथिल्लो क्षेत्र डुब्रीङ, नारेवाङ तिरवाट आएको एकजना झण्डै काजीसाप जस्तैः बूढो बूढो मानिसले डोका, चित्रा, स्याउ, भकारी राख्नुहुन्छ बाजे भनेर सोधे काजीसाप आँगनमा उभिएर  निमको दत्तिवन गर्दै हुनुहुन्थ्यो । त्यो मान्छेले बाजे भन्दा काजीसाप बम पडकिएझै पडकिएर "राडा छोरा पाजी गाँडा तेरी माइजू हगाउने तैले काजीसापलाई बाजे भनेर हेप्ने तँलाई बन्दुकले सिद्य्याईदिन्छु भन्दा बिचारो डोके चप्पल र धोती समाउदै कुलेलम ठोक्यो । काजीसापका जेठा छोरा सिंहबहादुर र बुबा समेतका तहाँ भएकाहरू मुसुमुसु हाँस्दै बुबाहजुर साँच्चिकै राणा शासन कालको होईसिन्छ भन्दै कुनामा खासखुस गरेको धेरै नबुझे पनि आंशिक बुझे र त्यसपछि मलाई काजीसापको अगाडि ठाडै उभिएर दोहोरो संवाद गर्न डर लाग्दथ्यो । 

काजीसापका छोराछोरीलाई पढाउन प्रताप नारायण श्रीवास्तव  थाप्ले देशी सर काजीसापको घरमा होमट्विटरको रुपमा आउँथे किनभने काजीसापले आफ्ना छोरानाती नतिनाहरुलाई बुढा निलकण्ठ स्कुल, काठमाडौंमा पढाउन अंगे्रजी, गणित समेतको ज्ञान आवश्यकता र सरकारी स्कुलमा यो नहुँदा विशेष सेवा सुविधा दिई थाप्ले सरलाई स्कुलका अतिरिक्त निजी शिक्षकका रुपमा पनि राखेको थिए । यश विशेष कोचिङ क्लाशमा पढन पाउने काजीसापको विश्वास पात्र बडालेखापाल सरह बलदेव बाजे बाहुनको छोरा हुँदा मैले पनि अनुमति पाएको थिए । काजीसापकी छोरी रिता, नातिनी पद्मा, नाति सुवर्ण लगायतले  यश कोचिङमा पढथे । अब थाप्ले सरको बारेमा अलिकति चर्चा गरौं । टाउको भरी कपालै नभएर खल्वाट तालु हुँदा यिन्लाई तालु सर वा थाप्ले सर भनिन्थ्यो । ईन्डियावाट आएका र हिन्दी मात्र बोल्ने हुँदा यिन्लाई देशी सर पनि भन्दथे । निकै कडा मिजासका रिसाह थिए थाप्ले सर । यिनले दुधरास गाउँकी क्षेत्रीकी छोरीसँग बिबाह गरि घरजम पनि गरेका थिय साथै सन्तान पनि थिए । शैक्षिक योग्यता उल्लेख नभए पनि प्राथमिक विद्यालयका सक्षम शिक्षक थिए । यिन्ले प्राथमिक बिद्यालय दुधरासमा तीनपुस्ता बाजे, बाबू र नातीसम्मलाई पढाएका थिए । थाप्ले सरले एकपटक राम्ररी सिकाउँथे दोस्रोपटक अलि कडा र तेस्रो पटक सिकाउन पर्यो भने हात खुट्टा लाठी प्रयोग गरि देमार देमार साला गधाह भन्थे । यिन्को सिकाई शैली त ठिकै थियो तर भाषिक समस्या टटकारो थियो । यिनी नेपाली एक शब्द पनि बोल्दैनथे तर हामीले बोलेको भने राम्रोसँग बुझ्दथे । जोड घटाउ गुणा भाग, एबीसिडी यिन्ले पढाउँथे र लेख्न लगाउँथे । आफू कुर्सीमा बस्दथे र सबैको कापी जम्मा गरि जाँच्दथे । प्रायः कुर्सीमा बस्दा उघँने बानी थियो । कापी जाँच्दा जाँच्दै कापी सकिएर हातमा सहि गर्न पुग्दथे कहिलेकाही केटाहरूले कापी तलको माथि माथिको तल पारिदिंदा कुर्सीवाट थाप्ले सर लडथे र एक विराउने शाखा पिराउने सिद्धान्त बमोजिम सबैलाई लाईन लगाई छडिले हातमा देमार देमार भन्दै पिट्दै गर्दथे । सारांशमा प्रताप नारायण श्रीवास्तव उर्फ थाप्ले सर  दण्डात्मक शिक्षाका हिमायती कडा उग्रवादी थिए । थोरै समय मात्र यिन्ले काजीका छोरा नातिको पढाई गरे । यिनी थाप्ले सरले घर घरै पुगि बालिघरे शिक्षक जस्तै सिजन अनुसार धान गहुँ, मकै, आलु तरकारी आदि उठाउने गरेको मलाई पनि याद छ ।  शैक्षिक योग्यता उल्लेख नभएको र भारतीय हुँदा यिनी स्थायी हुन भने सकेनन् तर दुधरास स्कुलमा यिनको ठूलो योगदान रहेको छ । यिनको एउटा रोचक प्रसंग छ । हामीले तीन कक्षामा पढदा एकदिन हेड सरको कार्यालयमा हल्ला खल्ला हुँदा सुनेको देशी थाप्ले सर कराउँदै थिए । मेरा बेटा हेडसर होकर ईश स्कुलमे आएगा तो मै इस्तिफा देदुङ्गा । वास्तवमा कुरा के रहेछ भने हेडसरका छोरा प्रा.वि.मा स्थायी भै त्यहीँ आउने चर्चा रहेछ र यसै सन्दर्भमा थाप्ले सर भन्दै थिए मैने मेरा वेटाको पढाया लिखवाया अभि हेड सर बनाया । तब अभि मै ईश स्कुलमे उसको कैसे नमस्कार करुङ्गा । अरु सरहरु हाँसिरहेका थिए । हामीलाई पनि हाँसो लाग्यो । अन्ततः थाप्ले सरका बेटा संस्कृत माध्यमिक बिद्यालय, बिजौरी दाङमा गए । थाप्ले सरले नमस्कार गर्नु पनि परेन । राजीनामा दिनु पनि परेन ।

मेरो प्राथमिक शिक्षा एक देखि तीनसम्म दुधरासमा व्यतीत भयो । कक्षा ३ सम्म बि.सं. २०२८ सालमा लागू भएको राष्ट्रिय शिक्षा योजना भन्दा पुर्वको थियो । त्यसमा महेन्द्रमाला, हाम्रो साहित्य जस्ता पाठ्यपुस्तक  थिए । कक्षा ३ मा IS ENGLISH BOOK को पढाई हुन्थ्यो । नयाँ शिक्षा योजनाको पाठ्यक्रम लागू भएपछि कक्षा चार देखि MY ENGLISH BOOK पढाई हुन थाल्यो । कक्षा २ मा पढदा हाम्रो साहित्य पुस्तकमा  भएको एउटा पद्यांश अहिले पनि मलाई मुखाखर रहेको छ । त्यो थियो -  "मेरी आमा"
हे ! मेरा प्यारा आँखाका तारा आमा हुँ म तिम्री ।
कोखिका लाल आँचलका ढाल दिंदैछु म अर्ती ।।
पढ्न भनी तिमी जाँदैछौं सधैं पाठशाला धाएर ।
कठै ! दुख्दा हुन् तिम्रा कलिला पाउ थकाइ लाएर ।।
लाग्दो हो तिम्लाई भोक र तिर्खा प्यास पनि बाटोमा ।
नमान बाबू दु:ख यो दु:ख होईन यो तिम्रै कमाई हो ।।
नगरे कमाई अनि पो दु:ख तिमीलाई तिमीलाई हुने हो ।
आमाको अर्ती गुनेर लेउ कहिल्यै पनि नगर अलमल ।।
भोलीको दिन अवश्य पनि हुनेछ तिम्रो उज्यालो झलमल ।
तसर्थ सधैं असल ज्ञानी पढाईमा मन दिई भाग्य नै बदल ।।
नोट : संस्मरणका आधारमा  र सामान्य परिमार्जन सहित ।
त्यतिबेला बिद्यालय जानुभन्दा पहिला र फर्केर आएपछि पनि घरको सामान्य कामधन्दा गर्नु पर्दथ्यो । घरमा गाई बस्तु थिए । घाँस काटनु, गोबर सोत्तर गर्नु र घरायसी काममा आमालाई सघाउनु जस्ता कार्यसम्पादन हुन्थे । यस्तै रितक्रमले प्राथमिक बिद्यालयीय शिक्षा पूरा पनि भयो ।

बि.सं.२०३० सालमा प्राथमिक शिक्षा एकदेखि तीनसम्म उतिर्ण भै बि.सं.२०३१ सालमा श्री निम्नमाध्यमिक बिद्यालय, तेघरा, दाङमा कक्षा ४ मा भर्णा हुन गए । मजगाउँ स्थित  काजीसापको  घरदेखी तल थारु गाउँ त्यहाँदेखि तल हापुर खोला र पत्रेखोलाको दोभान मनैयाडरुवा अर्थात् थारुहरुको मसानघाट हापुर खोला तरेर पल्लो पट्टि अस्पारा र त्यहाँ देखि तल मकुनडाँडा अनि अस्परी हुँदै श्री निम्नमाध्यमिक विद्यालय, तेघरा जानू पर्दथ्यो । केटाकेटी अवस्थामा पनि करिब डेढ घण्टा हिंडनु पर्दथ्यो । घरमा बिहानै करिव साढे आठ बजेतिर खाना खाएर स्कुल कुदनु पर्दथ्यो । हाम्रो घरदेखी माथिल्लो खोलापारी गाउँका चित्रबहादुर गन्धर्व छिमेकी ध्रुव चन्द अलि उटपट्याङ्ग स्वभावका साथी थिए । यिनीहरूले गुलेली अर्थात् गुरताले चौधरी गाउँका कुखुरा चोरेर मार्ने र बाटोमा पोलेर खाने गर्थे । यसरी कहिलेकाही चौधरीले लखेटेर लगार्दा दौडिन नसकी माछा मासु कहिल्यै नखाने शाकाहारी बाहुन चरी मैले कुटाई खान्थे । ध्रुव चन्द र चित्रे गन्धर्वले मकुनडाँडाका क्षेत्रीका छोराहरुलाई एक्लै दुक्लै भेटाए खुब भकुर्थे । उनिहरु स्कुल नजाँदा म एक्लै हुन्थे र यो त्यही ग्याङको हो भनी तिनीहरूले मलाई भकुर्थे । उनिहरु एकदिन स्कुल गएपछि उग्र बदमासी गरि तीन दिन सम्म हराउँथे भने मलाई एक दिन पनि स्कुल नजान छुट थिएन । पढाईमा ठिकै मध्यम खालकै थिए म । हाम्रो घरदेखी पश्चिम बघौसी र दुधरास सम्म वाट पनि तेघरा पढन जान्थे । त्यतिबेला त्यहाँ दादा केटाहरू पनि थिए । उनीहरुको भाले जुधाई निकै खतरनाक हुन्थ्यो ।  तत्कालीन अवस्थामा तेघरा स्कुलका प्रधानाध्यापक श्री अम्बिका प्रसाद मिश्र, शिक्षकहरु भेलाईका नारायण सुवेदी, माधव सुवेदी, दुर्गा सुवेदी, कोठरीका नारायण धिताल आदि सबैको नाम अहिले स्मरणमा छैन । साथीहरू पनि अधिकांश विस्मृत भैसकेका छन् । बि.सं.२०३२ सालमा म ६ कक्षामा पढ्दा अन्तिम परिक्षामा ध्रुव चन्द फेल भएर पढाइ छोडेर हल्लिएर हिंडन थाल्यो । त्यसपछि क्रमशः अगतिला साथीवाट मैले मुक्ति पाउँदै एक्लै अध्ययन यात्रा जारी  राख्दै गए । बि.सं. २०३४ सालमा श्री निम्नमाध्यमिक विद्यालय, तेघरावाट निम्नमाध्यमिक तह कक्षा ७ को अञ्चल स्तरीय परिक्षा तेस्रो स्थानमा उतिर्ण गरि तहाँवाट  स्थानान्तरण भै बुबाले कक्षा ८ मा बि.सं.२०३५ सालमा श्री सिद्ध रत्न नाथ नमूना माध्यमिक विद्यालय, नारायणपुर, दाङमा भर्णा गरिदिनु भयो ।  त्यतिबेला नारायणपुर स्कुल राजनीतिक अखाडा र यस्तै क्रियाकलापको केन्द्र बिन्दु थियो । चरम पञ्चायतकालमा पनि याहाँ काँग्रेस र कम्युनिस्ट राजनीतिको दबदबा थियो । नारायणपुर स्कुलका तत्कालीन हेडमास्टर कमरेड  नेत्रलाल अभागीको शिक्षक सेवावाट बहिर्गमन र पुर्णकालिन कम्युनिस्ट नेताको रुपमा स्वेच्छिक रुपमा समर्पण र हेडमास्टर भिमकान्त सि को आगमन पश्चात् बिद्यालय उग्र द्वन्द्व र रणमैदान जस्तैः थियो । यहि डरले बुबाले बुढेसकालमा पाएको छोरालाई सुरक्षीत होस् छोरालाई कसैले मारपिट नगरि दिउन भनेर होशियारपूर्वक आफ्नो पनि मौजा कार्यक्षेत्र पर्ने  तेघरा स्कुलमा भर्णा गरिदिनुभएको थियो । तर माध्यमिक शिक्षा अध्ययन गर्न  भने नारायणपुर भर्णा गर्नुपर्ने निर्विकल्प हुन गयो । त्यतिबेला त्यहा आसपासमा नजिकमा पायक पर्ने अरु माध्यमिक विद्यालय पनि थिएनन् । कक्षा ८ मा पढदै गर्दा नेपाल कम्युनिस्ट पार्टीको भ्रातृसंगठन अनेरास्ववियुको अर्थात् झापाली कम्युनिस्ट आन्दोलनको प्रभावले हामीलाई  बिद्यालय जाने बाटै वाट कम्युनिस्ट शिक्षा दिन्थे । त्यतिबेलाका ठूलो कक्षाका विद्यार्थी साथीहरू र कतिपय शिक्षक साथीहरू कमरेड लालसलाम भन्दै दह्रो गरि हात मिलाई लालसलाम भन्ने गर्थे । काँग्रेस र कम्युनिस्ट साथीभाइ र शिक्षकहरू सँग पनि बोल बाराबार र मुठभेडको अवस्था प्रायः दैनिकी हुन्थ्यो । पढाइ अस्तव्यस्त थियो । गणित शिक्षकको अभाव थियो । बिद्यालय राजनीतिक अखाडा थियो । विद्यार्थीको भविष्य धरापमा थियो । परिणामस्वरूप पढाइको दुर्दशा र २०३७ सालमा म १० कक्षामा पुगेको बेला बुबाको असामयिक देहावसान भएपछिको मेरो पढाईको अवस्था कारुणिक बन्यो । ती दिन सम्झेर ल्याउँदा आज पनि जिउ सिरिङ्ग हुन्छ र शरीरमा काँडा उम्रेर आउँछन् ।

मेरा परमपुज्य पिताश्री बलदेवप्रसाद अधिकारीको जन्म बि.सं. १९८७ साविक उदयपुर राज्य मौजा तिराम गाउँ पञ्चायत अन्तर्गत उपल्लो तिराम सान्चौरमा भएको र सानै ११ बर्षको उमेरदेखि परदेश हिंडी ठकुरी राजासापहरुसँगको संगतमा परि ढिलो गरि करिब ३५ बर्षमा बि.सं. २०१७ सालमा आमा भावना अधिकारी लिवाङ रोल्पासँग आमा करिव  १४-१५ बर्ष छँदा बिबाह गरि पहाडवाट केवल एउटा डोकेले बोक्ने भरिया ल्याई श्रीसम्पत्ति सबै पहाडै छोडी आमाको साथमा दाङ मजगैंमा आउनु भएछ । यसरी अनमेल बिबाहमा बुबा आमाको गृहस्थ जीवन प्रारम्भ भएको कुरा आमा बताउनु हुन्छ । तिराममा बुबाका एकजना माहिला दाइ लोकराज उपाध्याय अधिकारी बुबा साहिला बलदेव प्रसाद अधिकारी, बुबा मुनिका काहिंलो आबाल ब्रह्मचारी लक्ष्मीकान्त उपाध्याय अधिकारी हुनुहुन्थ्यो जो दाङ जिल्ला घोराही उपमहानगरपालिका अन्तर्गत धारापानीको श्री पाण्डवेश्वर महादेव मन्दिरको संस्थापक गुरु हुनुभयो । राहिंला काका जोगी चुडामणिा गिरी र कान्छा काका श्री नरेश्वर अधिकारी हुनुहुन्थ्यो । जेठा नारायणप्रसाद अधिकारी जवान छँदा हराएको पछि थाहा पत्ता नभएको भन्ने सुनियो । एकजना फुबु शिवादेवी पछि सीताराम बैरागी श्रीबैष्णव हुनुभयो । अब फुबु शिवादेवी उर्फ सीताराम बैरागी श्री बैष्णवको संक्षिप्त यथार्थ परिचयात्मक स्मरण गरौं । फुबु सात बर्षकी छँदा सत्तरी बर्षका वृद्ध हजुरबुबा जस्ता संग विवाह गरिदिई श्री स्वस्थानी कथाको श्री शिव शर्मा ब्राह्मण र गोमा ब्राह्मणी जस्तैः गरि बिबाह भएको दाङको हापुरमा पछि करिव १२ बर्ष देखि बाल बिधुवा भै धर्मकर्म हरिकिर्तन तर्फ लाग्दै गर्दा एकजना सीताराम बैरागी श्री बैष्णव बाबासँग दाङको हेमन्तपुरमा श्री हनुमान कीर्तन मन्दिर स्थापना गरि नित्य आजा पुजा प्रत्येक मंगलबार हनुमान कीर्तन मण्डली हुन्थ्यो । सीताराम बाबा झट्ट हेर्दा भारतीय गुज्राती जस्ता देखिने बोल्दा पनि पुरै हिन्दी लबज राम चरित्र मानस पाठ गर्ने रामभक्त हुनुहुन्थ्यो । मन्दिरमा मंगलबार हनुमान  किर्तन भजन हुँदा आसपासका स्थानीय भद्र भलाद्मी मानिसहरु आई फुल प्रसाद भेटिचढाई भजन कीर्तन गर्ने गर्थे । हनुमान किर्तन, शिव स्तुति, राम भजन, श्रीगणेश स्मरण कथा श्रवण गरि प्रसाद पञ्चामृत पान गरि मानिसहरू फर्कन्थे । तिहार भाइटीकाका दिनमा बहिनीहरुसँग अलि चाँडै टीका लगाई बुबाको हात समाई प्रायः फुबुको हातको तीहारको टीका लगाउन बाबू छोरा फुबुको आश्रम श्री हनुमान कीर्तन मन्दिर,  हेमन्तपुरमा जान्थेउ । फुबुमा मानवीय भन्दा पनि बढी रकमी मानसिकता हावी भएको कारण सोही प्रकृतिको व्यवहार गर्नुहुन्थ्यो । भारतीय मुलका बनाएका देशी भाइहरुलाई पहिला टीका लगाई दिई आफ्नो सहोदर दाजु र भदालाई पछि देशीको जुठो टीका लगाईदिनु हुन्थ्यो किनकी फुबुको दाजुप्रति आदर, सम्मान, स्नेह भन्दा पनि कसरी धेरै धन पैंसा बटुल्न पाईन्छ भन्ने ध्याउन्न र आफ्नो दाइ भदा त आफ्नै हुन् हतार भएन बनावटी व्यापारी दाइ भाइलाई हतार हुन्थ्यो । यति हुँदा पनि बालाई पनि मनमा त लाग्थ्यो होला शेष खाई देश पसेका धुरन्धरलाई तर केहि बोल्नु हुन्नथ्यो । यहि विषय घरमा आएर आमाले मलाई  खारेर सोध्दा  मात्र मैले सबै कुरा खुलस्त पार्दथे । आमालाई फुबुको हरेक क्रियाकलाप र चरित्र थाहा थियो र निगरानी पनि गर्नुहुन्थ्यो । हुनत फुबुलाई नपुग्दो केहि थिएन फुबुका गुरुदेव सीताराम बैरागी श्री बैष्णवको तुलसीपुरदेखि पश्चिम साविक अमृतपुर गाउँ पञ्चायत अन्तर्गत श्रद्धालु भक्तजनले गुरुभेटी स्वरुप प्रदान गरेका २ बिगाह जग्गाको आयस्ता, मजगैंमा पनि फुबुको नामको सडकदेखि माथिको कोररी खेत करिब ५ कठ्ठा जग्गा जमीन बुबाले फुबुको नाममा किनीदिनुभएको पछि बिक्रि गर्नुभयो । यसका अतिरिक्त अन्य आम्दानी आयस्ता, पुराण, कथा, कीर्तन, मुष्ठी दान संकलन, चेला शिष्य बनाई प्राप्ति नगदी जिन्सी समेत हजारौं रुपैंया उठथ्यो । त्यतिबेला अहिलेका जस्ता  दर्जनौं धार्मिक संस्थाहरू खुलेको थिएनन् । फुबु र ब्रह्मचारीहरुको दाङ देउखुरी भरी ठुलै प्रभाव थियो । यसरी हजारौं रुपैयाँ संकलन गरि कहिले हरिद्वार, कहिले बाराणसी यस्तै प्रयाग, बद्री केदार नैमिषारण्य  चार धाम चौरासी तीर्थस्थल आदि तीर्थयात्रीका रुपमा   भारत बर्षका तीर्थस्थलहरुमा करिब ३-४ महिना नै भ्रमण गर्नुहुन्थ्यो । तत्कालीन पञ्चायत व्यवस्थामा माननीय समेत रहेका हापुरका जुद्धबहादुर देखि मानपुर बजारका भारतीय मुलका जस्लाई हामी देशी भन्थेउ । उनिहरु समेत चेला चाकर थिए । फुबुका गुरु चेलीको निकै खातिरदारी मानसम्मान गर्ने गर्थे । यो कुरा कतिपटक फुबुको झोला बोकेर हिंडदा प्रत्यक्षदर्शीका रुपमा पनि मैले देखेको छु । फुबु र गुरुबाजेले मन्त्रदान गर्ने, शिष्य बनाउँदा स्वेच्छिक रुपमा समर्पण गरेका भेटी, कोशेली उपहारस्वरूप प्रशस्त प्राप्त हुन्थे । परन्तु लोभको उभिण्डो भाँडो भने जस्तैः पैसा त थुकले टिप्ने हो कुरै नगरौं बिग्रन लागेका हलुवा पुरी र लङ्गौटी जस्ता टाला टुली भने भदा भदैको जरामा पानी हाल्छु भन्दै हात कपाएर दयाको भिख जस्तैः  दिनुहुन्थ्यो । तथापि ती कपडा न धोती न टोपी हुन्थे । सामान्य साक्षर मात्र भए पनि बनावटी नाटकीय कुराकानी कथा कथ्नमा फुबु तीन त्रिलोक चौध भुवन हाँक्न सक्ने पारंगत हुनुहुन्थ्यो ।

मलाई अहिले सम्झदा पनि अचम्म लाग्दछ कति जुराउन र तानाबाना बुन्न सकेको हो । आज राती सपनामा स्वयं भगवान शिव प्रकट भै मलाई दिव्य दर्शन दिंदै भन्नुभयो - यहीँ मजगाउँको हाम्रै जग्गामा मन्दिर बनाउने भनेर दिमाक चाट्नु हुन्थ्यो । आमाले यी कुरा रत्तिभर पत्याउनु हुन्नथ्यो । जोगी फकिरहरु गृहस्थको नजीक बस्नु हुँदैन जंगलमा एकान्त स्थलमा कुटी बनाएर तपस्या गरि बस्नुपर्छ भन्नुहुन्थ्यो । आमाले फुबुका हावादारी कुरा रत्तिभर पत्याउनु हुन्नथ्यो । बुबा अलि लचकता, दिलदार र दानी स्वभवको हुनुभएको हुँदा फुबुले बुबावाट फाईदा उठाउनु हुन्थ्यो । फुबुले मेरो सन्दर्भमा पनि कैयौंपटक दाइ तपाईका दुईवटा छोरा छन् । वसन्ते हाम्रो भक्त भै हनुमान कीर्तन मन्दिरको पुजारी बन्छ ब्रह्मचारी बस्छ नभए बिबाह गर्न मनभए हामी गर्दिम्ला भन्नुहुन्थ्यो र यसको प्रतिउत्तर बुबा चुपलागी बोल्दै बोल्नुहुन्नथ्यो । यहाँनेर बुबाको मुखाकृति पढदा फुबु प्रतिको उपेक्षा वा अस्वीकार्य भाव झल्किन्थ्यो तसर्थ सदैव मौनं स्वीकृत लक्षणम् पनि हुन्न रैच । यसरी फुबुले मलाई प्रायः मन्दिरमा लगेर जान मन पराउनु हुन्थ्यो । तहाँ गएर मलाई फकाउँदै भन्नुहुन्थ्यो गुरु बाजेको यतिका किताब छन् आजापुजा गर्ने मन्दिरमा भक्त पुजारी बन भनेर  कहाँ मेरो राष्ट्रसेवक निजामती कर्मचारी हाकिम बन्ने लेखान्त रैछ कहाँ फुबुले सीताराम बैरागी बाल ब्रह्मचारी बनाउन खोज्नुभाथ्यो बिचरा फुबु ! प्रथमतः फुबु र सीताराम बैरागी गुरु बाजेको संगत, सान्निध्यता र मेरो आफ्नै आन्तरिक मनस्थिति प्रभावले सानैदेखि माछा, मासु छोडन पुगे गुरुबाजे सीताराम बैरागी श्री बैष्णवले भन्नुहुन्थ्यो बसन्ते मासु खाएपछि मरेर गएपछि यमराजको अगाडि रेउ (रौं) गिन्नुपर्छ । नत्र घोर कुम्भिपाक नर्क अर्थात् पाकेर भकभक उम्लिरहेको तेलको भाँडोमा डढ्नु पर्दछ आदि इत्यादी । त्यसकै प्रभाव स्वरुप मैले दशैं तिहार जस्ता चाड पर्वमा  समेत कहिले पनि माछा मासु नखाँदा मजगाउँका हुलाकी चौधरी तिलकबहादुर अचम्मित पर्दै यो घरमा दशैमा पनि मासा मासु नखाने मान्छे छन् भनी अनौठो किसिमले हेर्दथे । म करिबकरिब ५ बर्षको हुँदा करिब २०२६-२०२७ सालतिर बुबा काजीको मौंजा देउखुरी लालमटिया, मटेरिया वाट आउँदा साझमा राप्ती नदीका माछा ल्याएर भाइ बहिनीहरु सुतिसकेपछी बा र आमा अगेनामा माछा भराएर राख्ने गर्नुहुन्थ्यो साथै गाउँघरमा खसी काटदा बुबाले मलाई मासु लिन जा भनेर भन्नुहुन्थ्यो म खान पनि खान्न लिन पनि जान्न भनी रुन्थे । एकदिन बुबाले मलाई मासु खा भनेर करकाप गर्नु भयो बुबा रिसाएपछी मासु मुखमा हालेको वान्ता गरे । बुबाले दिक्क मान्दै भन्नू भो यस्लाई छुट्टै भान्सा गर्देउ । के गर्ने एले मलाई दु:ख दिने भो यो बुढेसकालमा भएको छोरो पनि मेरा भाइबहिनी हरु जस्तैः ब्रह्मचारी जोगीफकिरा हुने भो । त्यस दिन पश्चात् घरमा माछा मासु प्रायः पाक्दथ्यो र पाकेको बेला  मेरो भात तरकारी भान्सा अलग हुन्थ्यो अर्थात् लसपस समेत हुँदैनथ्यो । एक्ला वृहस्पति झुठो भए जस्तैः थिए म तिन्ताका ।

सीताराम बैरागी श्री बैष्णव र  फुबुसँगको संगतमा बिहानै ५:०० बजे नजिकैको  खोलामा गै नुहाएर आउने चोखो नीतो कपडा लगाउने । शौचालय गर्न जाँदा शरीरमा लगाएको सम्पुर्ण कपडा उतारी नाङ्गो भै शौच निच गर्ने र गरेपछि चोखिन पुनः स्नान गर्नुपर्ने । कहिलेकाही पेट दुखेको पखाला लागेको बेला दिनको २० पटक सम्म पनि नुहाउनु पर्दथ्यो । सीताराम बैरागी गुरुबाजेको आदेशानुसार फुबुले राम मन्त्र दान गरि मैले बिहान नित्य १००८ मकैका दाना राम राम भनी जप गर्नुपर्दथ्यो । तोकिएको संख्या भन्दा बढी भए ठिक छ घटी हुन हुन्नथ्यो । फुबुको जप पश्चात्को मकैको दाना कहिलेकाही निरीक्षण पनि गर्नु हुन्थ्यो । केहि समय पश्चात् फुबुको अनुरोधमा सीताराम बैरागी श्री बैष्णवले मलाई दीक्षा मन्त्र ॐ ऎं हृं क्लिं चामुण्डायै विच्चे भनी दुर्गासप्तशती चण्डी मन्त्र दिनुभयो । वास्तवमा गायत्री मन्त्र पश्चात् दीक्षा हुनुपर्ने हो तर मेरो हकमा दीक्षा पश्चात् गायत्री मन्त्र भएको छ । जस्ता जस्ता गुरु बा त्यस्तै त्यस्तै ज्ञान भनेको शायद यहि होला । सीताराम बैरागी बैष्णव गुरु बाजेले बिहानै स्नान, जप्री ध्यान पश्चात् सस्वर उच्चारण गर्ने राम सम्बन्धि श्लोक, दोहा यश प्रकार थिए :
पाठ प्रारम्भ होता है सुनो वीर हनुमान ।
राम लखन सीया जानकी सदा करो कल्याण ।।
राम लक्ष्मणं पुर्वजं रघुवरं सीतापतिं सुन्दरम् ।
काकुथ्यंपुरुषर्षभं जननिधिविप्रं प्रियधामिमम् ।।
राजेन्द्रं सत्यसन्धं दशरथ तनयं श्यामलं शान्तवर्णं ।
बन्दे लोकाभिरामं रघुकुल तिलकं रावणारिम् ।।
यस्तै यस्तै राम सम्बन्धि स्तोत्र, भजन, तुलसीदास कृत रामचरित्र मानसका दोहा स्वरबद्ध रुपमा गायन गर्नुहुन्थ्यो । पातलो शरीर फ़ुर्तिलो बि.सं.२०३० सालमा करिब ६० बर्ष उमेरका देखिने सीताराम बैरागी श्री बैष्णव फुबुले आफ्नै हराएको ठुल्दाई नारायणप्रसाद हुनुहुन्छ भनी प्रोपगाण्डा गर्नुभएको र काहिंलो बुबा ब्रह्मचारीले जाँच पडताल गर्दा फुबुको भनाई सत्य नदेखिएको भनि नारायणपुरमा अवस्थित दुई भाइ बहिनीको अलगअलग भै गुटबन्दी सुरु भएको थियो । 

बि.सं.२०३६ सालमा बुबा तत्कालीन असाध्य रोग मानिने टिबी रोगले ग्रस्त भै करिब १ महिना घोराही  महेन्द्र अस्पतालमा उपचार गर्दा पनि ठिक नभएर बुबा स्वर्गवास हुँदा फुबु भारर बर्षको चारधामको यात्रामा हुनुहुन्थ्यो र यात्रा सम्पन्न गरि घरमा आएर स्वस्ती शान्ति जप गरि पुनः षड्यन्त्र गर्दै हाम्रो सम्पत्ति जग्गा जमीन मन्दिरलाई अर्पण गर्ने भन्दा आमासँग द्वन्द्व हुँदा तत्पश्चात हाम्रा घरमा प्रायः कम आउनुहुन्थ्यो । बि.सं. २०३८ सालमा धारापानी, दाङमा श्रीमद्भागवत महापुराण भनी दाङ भरी हल्ला गरि अन्तमा आफ्नै गुरु सीताराम बौरागी श्री बौष्णव बाट राम चरित मानस कथा प्रवचन गर्न लगाउनु भयो । यस्मा मलाई पनि स्वयंसेवकको रुपमा गणेशको आसनमा बसाउनु भयो । तहाँका केहि स्थानीय भद्र भलाद्मी मानिसहरूले यो त श्रीमद्भागवत महापुराण नभै राम चरित मानस रहेछ भनी विरोध गर्न खोजे पनि आखिर धार्मिक कार्यलाई अवरोध नगर्ने भनी अधिकारी बन्धुहरु लगायत सबै बिरोधि  तटस्थ भए । फुबुले सप्ताह यज्ञमा भक्तजनवाट उठाएको सिदा, भेटी चामल सामल समेत बेच बिक्रि गरि फुबु र गुरुबाजे त्यतै वाट चारधाम भनेर बाटो लागे । हिजोआज म सोच्दछु आखिर धर्म गर्नलाई मनैदेखि चित्त शुद्ध भै पवित्र सोंचले गर्नुपर्नेमा स्वार्थ, लोभ र आडम्बरी गरि गरिएको धार्मिक कृत्यले स्वयं उनीहरुको अस्तित्व पनि केहि रहँदो रहेनछ । अन्त्यमा सीताराम बैरागी गुरुबाजेको जग्गा जमीन पनि फटाहाले खाए र कालान्तरमा हनुमान कीर्तन मन्दिरको पनि कुनै अस्तित्व रहेन । म भन्दा अगाडिको पुस्ता जो फुबु र गुरुबाजे सीताराम बैरागीका नजीक थिए उनीहरुले यतिसम्म स्मरण गर्लान् न गर्लान् परन्तु समाज वा राष्ट्रले चिरकाल पर्यन्त सम्म सम्झने कार्य फुबु र सीताराम बैरागी बैष्णववाट केहि पनि भएनन्  । साथै म पनि उनीहरुको महाजालमा परि सुन्दर, गृहस्थ, कर्मयोगी जीवनवाट बिमुख भै सन्त जोगी फकिरा हुनवाट जोगिए । जय श्रीराम ।

सीताराम फुबुको वृतान्त संक्षेपमा बर्णन गरेपछि अब साख्खै काहिला बुबा आवाल ब्रह्मचारी स्व. लक्ष्मीकान्त अधिकारी तर्फ अलिकति संस्मरणका शब्दपुष्प अर्पण गरौं । बुबा र माहिलो बुबा लोकराज छुट्टा भिन्दा हुँदा ब्रह्मचारी र कान्छो बुबा नरेश्वर माहिलो बुबा लोकराज सँग र राहिलो जोगी बा बुबासँग भाइ भाइ पनि बण्डा भएछ । तत्पश्चात आमा सहित बुबा र राहिलो बुबा दाङ तर्फ आउनु भएछ । माहिलो बुबा उपल्लो  तिराम सान्चौरमा बस्नुभयो । काहिंलो बुबा ब्रह्मचारी भएर काँशी, अयोध्या आदि भारत बर्षका तीर्थधाम गर्दै फिरनु भयो । कान्छो बुबा नरेश्वर भारततिर नोकरी गर्नु हुन्थ्यो । काहिंलो बुबा ब्रह्मचारी तीर्थाटन गर्दै प्युठान हर्नघाटमा आश्रम बनाई तत्पश्चात अन्त्यमा दाङ स्थित धारापानी पाण्डवेश्वर शिव मन्दिरको संस्थापक गुरु बन्नुभयो । काहिंलो बुबासँग एकपटक ५-६ बर्षको छँदा काहिंलो बुबाको चेली सररेनी फुबु कहाँ बडा दशैको टीका थाप्न बुवाले पठाएर गएको थाहा छ । त्यसपछि नकाहिलो बुबा हाम्रो घरमा आउनुभयो न म उहाँलाई खोज्दै मन्दिरमा गए । बुबा स्वर्गवास हुँदासम्म पनि उहाँले हाम्रो घरमा पाईला राख्नुभएन । काहिंलो बुबाले माहिलो बुबासँग लागि बुबालाई हक छोडको कागज बनाउन लगाई प्युठानको सम्पत्ति एकलौटी हडप्नु भएकोले मुखमा राम राम बगलीमा छुरा भएका भनी आमाले धेरै पटक भन्नुहुन्थ्यो । बुबाको स्वर्गवास पछि माहिलो बुबासँग कुरो गर्दा बुबाले हक छोडेको कागजात माहिला बा मलाई पनि देखाउनु भएको थियो । तेरो बाको सम्पत्ति यहि वेदको किताब भनी बा ले स्वर्गद्वारी वेद्वा पढदाको किताब मुसाले खाएको अवस्थामा म सँग यद्यपि छ ।   बुबाको स्वर्गवास पछि माहिल बा र काहिल बा अब केटाकेटीले दु:ख पाएको के हेर्नू भनी फर्केर आएनन् । मावल हजुरबा निर्देशन र आमाको त्याग तपस्या र आफ्नो पनि अलिकति जग्गा जमीन र हाम्रो लगनशीलता र मेहनत भएपछि हामी पनि  आफ्नै इज्जत र प्रतिष्ठामा जीवन व्यतीत गरिरहेका छौ । ठुला बडोले यहि सिकाएपछी मैले पनि उनीहरुलाई पुछ्नु जरुरत ठानिन । वास्तवमा संसारमा  भाइ भाइमा यस्तै रिस राग र अहम् प्रायः स्वाभाविक हुँदोरहेछ र त हिजोआज एउटा मात्र सन्तान बनाउँदा भाइ भाइमा रिस राग त नहुने तर उल्टो आमा बाबू तर्फ नै अवहेलना, तिरस्कार र वैमनस्यता देखाई रहेका छन् । परन्तु काहिंलो बुबा तपस्यारत रहँदै गर्दा धारपानी, दाङमै परमधाम हुनु भयो । वाहाँको लक्ष्मीकान्त गुरु मन्दिर र वाहाँको थैलोको पैसावाट माहिलो दाइ लोकराज उपाध्यायअधिकारी र साहिली भाउजू भावना अधिकारीय मजगैं, दाङको नाममा श्री गणेश मन्दिर निर्माण छन् भाइ बन्धुहरुले जो यद्यपि छ । काहिंलो बुबा ब्रह्मचारीको विपरितार्थ पदचापलाई पछ्याउँदै राहिंलो बुबा पनि सन्यास लिई चुडामणिा गिरीका नामले भारत र नेपाल भर विचरण गर्नुभयो । अब राहिंला बुबा जोगि बा संगको संगत भोगाइ  र संस्मरण गर्दछु । 

राहिंला जोगी बा लाई संस्मरण गर्दा राहिंला बा जोगी स्वभावतः रिसाहा र क्रुर हुनुहुन्थ्यो । हामी सानो छँदा मजगाउँमा हिंउदका दिनहरूमा प्रायः प्रत्येक बर्ष आउनुहुन्थ्यो । ठूलो चिम्टा, कमण्डलु, रातो गेरु बस्त्र अलक ॐ नम: शिवाय गर्दै हिंडने हामी ससाना बालक जोगी देख्दै डराउँथ्यौं । बुबाले तिमीहरुको आफ्नै राहिंला बा जोगि बा हो भनेर चिनाए पछि शुरुमा त म अचम्मित परेको थिए । मनमा लाग्दथ्यो धन्न हाम्रो बुबा जोगी हुनु भएनछ जोगी भएको भए शायद यस्तै हुनुहुन्थ्यो होला । यिनै कुरा सम्झिदा बालक समय न हो कता कता मनमा डर पनि लाग्थ्यो । हाम्रो घरमा जोगी बा आएपछि आँगन मझेरीमा ठुल्ठुला मुढा बालेर धुनी जल्दथ्यो । ॐ नम: शिवाय कर्पुरगौरंकरुणाSवतारं संसार सारं भुजगेहेन्द्रहारम् । सदा वसन्त ह्रदयारविन्देभवंभवानी सहितं नवामी ।। यस्तै यस्तै शिव भक्ति धारा उच्च स्वरमा शिव स्तुतिको गुञ्जनले बाटो घाटो, गल्लि गोरेटो, घर आँगन गाउँ घर छिमेकमा चर्चा परिचर्चा पनि चल्दथ्यो । बाहुनको घरमा को जोगी आएछन् भनेर खल्लीबल्ली पनि हुन्थ्यो । हुनत हाम्रो घरको नजीक छिमेकीको दायाँ तिर  ठकुरी बुबा जीतबहादुर चन्दको र बायाँ तिर कुलो पारि मिस्त्रीजीको घर थियो । अलिक तल काजीको घर र त्यो भन्दा तल मजगाउँको ठूलो थारु  गाउँ थियो । मजगाउँ पहाडी गाउँ अर्थात् उचाडाँडा र मजगैं बजार थोरै मात्र टाढा थियो । खेतको बिचमा गाउँको सिरानमा हाम्रो घर  नजीक तीन घर बाहेक धेरै घर गाउँ थिएन तर गाउँवाट आउने मुख्य बाटो पर्दथ्यो । हाम्रो घरदेखी तल हाम्रै जग्गा मुन्तिर तेघरा काजीको ठूलो फुलबारी थियो । अहिले त त्यहाँ काजीका जेठा छोरा श्री सिंहबहादुर जस्लाई हामी ठुल्बाबु साब भन्थेउ वाहाँको घरबास रहेको छ ।

वास्तवमा जोगी बा ज्ञान, ध्यान र तत्व दर्शनले भन्दा पनि बिरक्तिएर गरिबी, गृहस्थमा सुख नदेखेर आमाले भनेझै एक्लो जोगी फटकार छाला जहाँ जहाँ जाला भातै खाला भनेझै जोगी भएको भन्ने पनि लाग्दथ्यो सत्य कुरा मेरो अनुमान भन्दा फरक पनि हुन् सक्छन् । मैले धारणा बनाएको आमाका कुरा सुन्दा र केही आफ्नै स्वअनुभवले मात्र हो पुर्वाग्रह किमार्थ होईन राख्नु पनि किन । हाम्रो घरमा जोगीको अखडा धुनी जगाएर बस्दा बाबा कुटी झै महसुस हुन्थ्यो भने अर्कोतिर हाम्रो राहिंला बा जोगी सन्यासी हुनुहुन्छ भन्दा अरु गाउँ घरका मानिस भन्दा पृथक पनि लाग्दथ्यो । सन्ध्या बन्दना गर्ने समय अर्थात्  बेलुका तिर जोगी बा पत्रेखोलामा गएर जप, ध्यान, सन्ध्या, बन्दनादी गर्नुहुन्थ्यो । एकदिन जोगी बा को पदचाप लाई पछ्याउँदै म लगायत ससाना भाइ बहिनीहरु पत्रे खोलामा गयौं । सन्ध्या बन्दनादीको समय थियो । रक्तिम लालिमा भरिएको सुर्य देव पश्चिममा सुर्यास्त भैसकेको अँध्यारो भैनसकेको गोधुली समय यहि हो सायद  सन्ध्याकालिन समय पनि । सायद हिउँदको महिना थियो । पत्रेखोलामा सफेद कञ्चन पानी बगिरहेको थियो । जोगी बा ले ॐ नम: शिवाय भट्याउँदै रुद्राक्ष जप गर्न थाल्नुभयो । हामी भाइबहिनीहरु पनि बालसुलभतामा  रमाउँदै जोगी बा जस्तैः गरि वाहाँको सम्मुख बसि हातको औंला गन्दै ॐ नम: शिवाय भन्दै जोगि बा को तालमा सिको अनुकरण गर्दै रह्यौ । बालक कालको चञ्चल स्वाभाविक  स्वभाव न हो । परन्तु जोगी रिसाहा हुन्छन् भनेर आमाले भनेझै एकै क्षणमा जोगी बा उठेर रिसाउँदै साले नास्तिक डाँका बसन्ते तँलाई नमारी छोडदैन भनि चिम्टा उठाएर लखेटन थाल्नु भो । म बिना बाटो खर बुट्यान वाट भाग्दै भाग्दै मजगाउँ तर्फ जाने सडक वाटा सम्म आईपुगे । संयोगवश बुबालाई देखेर बुबाको काखामा झ्याम्म परे । बुबाले के गरेको भाइ भनी राहिला जोगी बा लाई हप्काउनु भयो । राहिंला जोगी बा ले अरु त साना भैगए । यो ठूलो भएको गधाले मलाई सिको लगाई जिस्काउने भन्नू भो  । बास्तवमा मैले जोगी बा लाई सिको लगाएर गिज्याएको भन्दा पनि बालसुलभता चञ्चलताले यो हर्कत गरेको थिए । जोगी बा ले नकारात्मक सोंच गर्नुभयो । यो कुरा मेरो जन्मदाता बाले भने बुझ्नु भयो र जोगी बालाई हप्काउनु पनि भयो । सन्तान नभएका जोगी फकिरलाई अबोध बच्चाको के माया र स्नेह के थाहा । यस्तो हर्कत गर्ने हो भने गृहस्थको घरमा बस्नु पर्दैन आफ्नो बाटो लागे हुन्छ । त्यसपछि बुबाले अब घर जा भन्दा अहँ जाँदैन जोगी बा ले मलाई मार्नुहुन्छ भनेर बुबाको हात समाई काजी घरतिर लागे बेलुका बुबासँग फर्की आउँदा जोगी बा घरै छोडेर कुलेलम ठोकिसकेछन् । त्यसपछि धेरै बर्षसम्म जोगी बा हाम्रो घरमा फर्किएर आएको थाहा भएन । धेरै बर्ष पछि चुडामणिा गिरी जोगी बा तिर्थस्थल मै मरे हुन् भन्ने अट्कलबाजी हुन्थ्यो । जिउँदो मरदो अझै केही थाहा भएन । जोगी बा हाम्रो बा भन्दा करिब ४-५ बर्ष कान्छा हुनुहुन्थ्यो ।

कान्छा काका नरेश्वरसँग एकपटक  बुबाको निधन भैसकेको अवस्था पश्चात् आमाले माहिलो बुबा लोकराज उपाध्याय अधिकारीसँग बि.सं. २०३७ साल तिर सम्पत्ति खोज्न तिराम पठाउँदा ईन्डिया विद्युत अफिसमा काम गर्दा दुर्घटनामा परेर बल्ल बल्ल बाँचेर आएको बिरामी दुब्ला पातला उपल्लो तिराम साञ्चौर माहिल बा कै घरमा भेटघाट भलाकुसारी भएको थियो । पातलो कद, जीर्ण रोगी शरीर वास्तवमा ईन्डियामा बिद्युतको काम गर्दै गर्दा करेन्ट लागेर नेपाल फर्कनु भएको भन्ने जानकारी पनि पाएको थिए केहि समय पश्चात्  तँही तिरामकी एउटी क्षेत्रीनीसँग बिबाह भएको भन्ने सुन्नमा आयो । त्यसपछि भेट भने भएन । मैले जाने बुझेसम्म र संगत गरेसम्म मेरो बुबा, ठुला बा र काकाहरुको वृतान्त कहे । यी मेरा वैयक्तिक अनुभव भोगाइ हुन् । वास्तवमा बुबाको र सीताराम बैरागी श्रीबैष्णव फुबुसंगको संगत भने चौध बर्षसम्म पाईयो अपितु ठुला बा र काकाहरुको संगत भने खासै पाईएन । झल्याक झुलुक मात्र हो ।  माहिला बा का सन्तति बाहेक बुबाहरुसँग म मुनिका मेरा अरु भाइबहिनीहरुले शायद त्यति थाहा पाउँदैनन् तर म हाम्रो बाबू आमाको जेठो सन्तान भएकाले पनि फुबु र बाबुहरुको अल्प स्वल्प कुरा अनुभव छ । तत्पश्चात मेरा दिनहरु  केवल आमाको आदेश र निर्देशनमा आज्ञापालक छोरा बनी बाल्यकालका जीवन व्यतीत हुँदै गए । आमाको स्नेह र भाइबहिनीहरुको संगत प्रेममा भने कुनै कमी रहेन । घरको जेठो छोरो हुँदा बचपनको रमाइलो भने थाहै नपाई अर्थात् जिम्मेवारीबाट मुक्त नभै व्यतीत हुँदै गयो ।

बि.सं.२०३६ सालमा श्री सिद्ध रत्न नाथ नमूना माध्यमिक बिद्यालय, नारायणपुर, दाङमा म दस कक्षामा पढ्दा पढ्दै गर्दा  बुबा सिकिस्त बिरामी परि थला पर्नु भो । थला परेपछि बुबाले बाराणसी अर्थात् वनारसवाट ल्याएको असली भानुभक्तको रामायण पढन लगाउनु हुन्थ्यो । आठ काण्ड भएको भानुभक्तिय रामायण मैले दुई पटक दिहोर्याएर सुनाएको छु । बालकाण्ड मुखाखर आउँथ्यो हिजोआज भने सबै आउँदैन । एकदिन नारद सत्यलोक पुगिगया लोक्को गरौ हित भनी । ब्रह्मा ताँही थिया पर्या चरणमा बिन्ती क्यै गर्छु भनी । बुबा सिकिस्त बिरामी भएपछि त्यतिबेला महेन्द्र अस्पताल, घोराही, दाङमा करिव एक डेढ महिना उपचार  गराउँदै गर्दा असाध्य रोग टिबीले बुबा थला पर्नु भो र अस्पतालले घर फर्काएपछि करिव एक महिना पश्चात् बि.सं.२०३६ फागुन ६ गते सोमबारका दिन बिहान बुबा स्वर्गवास हुनुभन्दा पुर्व तिराम बा माहिला दाइ मुकुन्दराज अधिकारीलाई ल्याई नारायणपुर हाईस्कुलमा दाइ ले कक्षा ८ मा र मैले ९ मा पढदथ्यौ त्यसको एक बर्ष पछि मैले दशमा पढदा पढदै बुबा स्वर्गीय भएपछि माहिला बाले दाइ लाई हामी कहाँ बसेर पढन दिनुभएन दाइ पुनः तिरामै फ़र्कनु भयो ।

वाल्यकालका दिनहरूमा कर भन्दा पनि रहरले काम गरिन्थ्यो । तथापि तत्कालीन समय परिवेशमा केहि न केही आमाको सहायकको रुपमा भाइ बहिनीलाई निर्देशन र स्वयं पनि घरको काम पनि गर्नै पर्दथ्यो । मजगाउँ गाउँका चौधरी साथीहरू सँग चाक्ले घाट र कहिलेकाही बाँसगजेरीसम्म गै काठ दाउरा, झ्याक्रा, मुढा आदि ल्याउँथे । एकपटक पल्लो पट्टि डाँडामा आमाको निर्देशनमा गाई भैंसीको गोठ बनाउने अभियान सम्म लाई पुग्ने काठ जम्मा गर्ने कार्य सम्पन्न गरेको छु । यस्तै गरि चौधरी साथीहरुसँग बनकस खर काटन बबई नदी पारी अमिलिया वारि जंगलमा गएको छु । बनमा मालुका टाटा असाध्यै मन पर्दथ्यो । बनमा बाघ कराउँदै गर्दा डर लाग्दथ्यो  । चौधरी डाडुभैयाहरु दौडन्थे । म दौडन नसक्दा बिल्ला गर्दथे । सानामा चौधरी दौतरीहरुसँग एकाआपसमा गाली गलोच पनि चल्दथ्यो हामी बाहुनले ठकुरीलाई कुसुण्डा, क्षेत्रीलाई गोठला, दलितलाई डुम, थारुलाई मुसा भन्देउँ भने उनिहरु सबैले मलाई बाहुन काँठा भन्थे । प्युठान वाट झरेर बुबाले मजगैंमा पहिला होटल गरेकाले अलि पाका चौधरी काका डाडुहरुले होटलानक छावा छाई भन्थे । बहिनीहरुले होटलान् क छाई भनेको भने राम्रो मान्दैनथे ।

मजगाउँमा हाम्रो घरदेखी पुर्व तिर मजगाउँ जाने बाटो अनि कुलो पुर्वतिरका घरका नजीकैका छिमेकी मिस्त्रीजी थिए । यिनी ईण्डिया कानपुर तिर वाट आएका र त्यहीँ दुधरास क्षेत्रीकी छोरीसँग बिबाह गरेर घर गृहस्थ गरि बसेका, मिस्त्रीजी त्यतिबेलाका मेकानिकल इन्जिनियर सरह नै थिए । मजगाउँको काजीसापको कुटानी, पिसानी, पेलानी ठुलै डिजल मिल थियो । यिनले काजीसापको मिलमा पार्टटाईम काम गर्दथे । पुर्णकालिन काम गर्ने भने काजीसापका अरु नोकरचाकर पनि थिए ।  यिनलाई पनि बुबाले काजीसापको मिलका सामाग्री किनेर ल्याउँदा कानपुर, ईन्डियावाट लिएर आउनु भएको रहेछ पछि यिनले यतै बस्न रमाइलो मानी घरजम गरे । मेकानिक्समा बिज्ञ कानपुरे मिस्त्री काजीसापको मिल, गाडी र अन्यत्र घोराही, तुलसीपुर तिर मिल, गाडी बनाउने काम गर्दथे । यिनी मेकानिक्समा दक्ष बिज्ञ थिए । यिनकी धर्मपत्नी  मिस्तरायन भने अलि फजुल खर्ची र धाक रवाफ गर्ने वाली थिईन । मिस्त्रीजीले खसीको मासु कतैवाट लिएर आएपछि यिनले पकाएको आलु काउलीको तरकारी मोलखातमा फालिदिन्थिन भनेर आमाहरूले भनेको मलाई थोरै थोरै मात्र याद भने छ । एकपटक घरायसी सामान्य छोराछोरीको झगडाको बिषयमा मिस्तरायन र मिस्त्री दुवैले बुबालाई पिटन खोज्दा त्यतिबेला हाम्रो माहिलो मामा मेघराज आचार्य उर्फ बिनयभुषण हाम्रो घरमा आउनु भएको र उल्टै मिस्तरायनको हातको चिर्पट खोसेर मिस्त्रीलाई बजाईदिएपछी काजीसापका घरमा इन्साफ हुँदा त्यतिबेला करिब २०३० सालतिरै बुबाले रु. एकसय दण्ड तिर्नुपरेको मलाई अझै याद छ । दण्ड तिरेपछी पनि माहिलो मामा केटाकेटीको सानोतिनो झगडामा दिदी भिनाजुसँग आईलाग्ने हो भने तिमीहरु सबै जहान परिवारलाई एउटै चिहान बनाउँछु भनेपछि उनिहरु धेरै डराए किनभने माहिलो मामा रोल्पाली पनि धेरै बलियो र लडाकु हुनुहुन्थ्यो । पछि धेरै समयसम्म मिस्त्री र मिस्तरायन सँग बोल र पानी बाराबार पनि भएको कुरा अहिले भने मलाई सपना जस्तो लाग्छ तर यो सुदुर अतीत एउटा भुक्तानी भएको बिपना थियो । यस्तो अवस्थामा पनि मिस्तरायनले आगो र औंचोपैंचो माग्न छोराछोरीलाई पठाउने गर्थिन । मिस्तरायन अलि झगडालु स्वभावकि पनि थिईन । मिस्तरायन नाम मिस्त्रीजीले आफ्नी श्रीमतीलाई बोलाउँदा भन्ने गर्थे किन्तु यिनको नाम भने मलाई थाहा भएन । यिनकी एउटी सानी छोरी किरकुलीको याद छ अरु छोराछोरी त थिए तर त्यति सम्झना आउँदैन । यिनको जेठो छोरा पप्पु म भन्दा उमेरमा  सानै थिए । उ हामीसँग खेल्न आउँथे र आफै लडेर रोएपछी मिस्तरायन र मिस्त्रीले हामीलाई पिटन आउने र गाली गर्थे । एकपटक पप्पु आफै लड्यो । मिस्त्रीजी काजीसापको मिल तलतिरवाट आउँदा मिस्त्रीजी तुम्हारा पप्पु आफै लोटरहाहै फ़ेरि आफै रो पनि रहा है । भनेर भनेको मेरो हिन्दी आमाहरूले मलाई बिल्ला पनि गर्दथे । यो भन्दा म त्यस्तै ५-६ बर्षको थिए होला । २०२८-०२९ सालतिरको कुरा हो । पछि मिस्त्रीजीले तहाँको घरबास भएको उनको १०-१२ कट्ठा जग्गा कपडा साहु श्री शिवानन्द डागीजीलाई बेचबिखन गरि आफ्नै  ससुराली गाउँ दुधरास तिर लागे । त्यसपछि भने उनीहरुसँग हाम्रो दैनिक सम्पर्क भने भएन ।

अर्का छिमेकी बुबा जीतबहादुर चन्द र मुवा थिए उनका छोरा मभन्दा छ महिना जेठा दाइ ध्रुव चन्द मसँगैका दौंतरी थिए भने उनका भाइ अरुण चन्द, बिनोद चन्द, मदन चन्द र एउटी दिदी मैयाँ हामी सानो छँदा बकुलाई बिबाह भएको थियो । हाल उनीहरु बर्दिया राजापुर नगरपालिकामा बसोबास गरेका छन् । म बि.सं.२०७७ सालताका राजापुर नगरपालिकाको प्रशासकीय प्रमुख छँदा मुवा, ध्रुव दाइ, भाउजु, अरुण चन्दको परिवारसँग एकपटक भेट गरेको थिए । कान्छा मदन चन्दसँग भने बि.सं. २०७४ ताका नेपालगन्जमा क्षेत्रीय निर्वाचनको प्रमुख छँदा कार्यालयमै भेट भएको थियो । उनले नेपालगन्ज तिरै कलेजमा पढाउँछन् । बुबा जीतबहादुर चन्दको एउटा मालसामान ढुवानी गर्ने टट्टू  घोडा थियो । ठकुरी बुबा घोराही हुँदै कोईलावास घोडलद्दी अर्थात्  घोडा लादने काम गर्दथे । धान चामल मकै, गहुँ तोरी मसुरो आदि घोराही - कोईलाबास लैजाने तहाँवाट खाने ढिके नुन, मट्टीतेल टीनको कन्टरमा ल्याउने र बर्ष दिनको सोंच सामा गरेर राख्ने कार्य हुन्थ्यो । हाम्रो बुबाले पनि कहिले  यिनै ठकुरी बुबासँग र कहिले अरुहरु सँग घर खर्चको नुन तेल, मर मसाला आदि कोईलाबासवाट मगाउनु हुन्थ्यो । हाम्रो कान्छो मामा न्वारानको नाम डण्डपाणी तर वाहाँको बोलाउने नाम राजकुमार आचार्य थियो तर बिना कामै लखर लखर गरेर डुलेर हिडने हुँदा आमाले यिन्लाई डुले भन्नू हुन्थ्यो । यि मामा कहिलेकाही  हाम्रो घरमा आएपछि हामी केटाकेटीलाई अघि पछि लगाई ठकुरी बुबाको यहि टट्टू घोडामा सवार गर्दै बाटो कुबाटो र खेत खेतमा कुदाउनु हुन्थ्यो । पछिसम्म मैले स्कुलमा पढदा मामा आए घोडा माइजू आईन  डोली पापा ल्याईन सोली काफल गेडी कुटुक्क निदाई जाउ लुटुक्क भनी पढदा उहि डुले मामा टट्टू घोडामा कुदी हामीलाई पछि पछि कुदाएको सम्झिन्थे । त्यस्ताले के माइजुसँग डोलीमा पापा ल्याउलान् उल्टै हाम्ले खानलाको पापा खोसेर खाईदिन्थे । रोल्पाका कहलिएका पुनाराम साहु जिम्वालको कान्छो नाति सानै देखि पुल्पुल्याउनाले यी साह्रै बिग्रेकाले अब त मामा भन्न पनि लाज लाग्छ । अहिलेसम्म पनि आफ्नै बाट बरालिएर हिडिरहेका छन् ।

सानो छँदा मावल हजुरामा र आमासँग साहिलो चौधरी  काकालाई भरिया बनाई रोल्पाको डुब्रीङ, होलेरी, कोछाप हुँदै माडी नदी तरी बिचमा रातमा जंगलको गोठमा बास बसि मामा घर पुगेको तिलस्मी जस्तो लाग्छ । मामाघर पुग्नै लाग्दा माथी डाँडावाट तल समतल भुभागमा डुङ्गाले छाएका लिवाङ बजारका लहरै ताँती लाएका मालचरी जस्ता मामा घर देख्दा बालह्रदय पुलकीत हुन्थ्यो । आहा ! कति सुन्दर मनमोहक मामा घर । पछि दस बाह्र बर्ष हुँदासम्म कहिले माहिलो मामासँग र कहिले एक्लै एकै दिनमा पैदलमार्ग मामा घर गएको याद छ । साहिलो पनेरुवा काकाले भन्थे हामी बाबुको मामाघर भारी बोकेर गएका छौं । कत्रो आकाश छुने पहाड हामी त बाटोमै सुत्यौ । बाबुको माहिलो मामा सारै बलियो हुनुहँदोरहेछ वाहाँ त हनुमान नै हो हाम्लाई भारी समेत बोकेर पुराउनु भो ओरालो आएपछि मात्र हामी बल्लतल्ल हिंडेर पुग्यौ भनेर पनेरुवा काकाले भन्थे । यस्ता प्रतापी मामाको पनि अकालमा मरण भयो । माओवादी चरम द्वन्द्वकालमा रोल्पाको जंगलमा त्यस्तै २०५६-०५७ सालमा एकहप्ता पश्चात् जंगलमा लास भेटियो । अकालमै मामाको स्वर्गवास भयो । यस्ता कैयौं भोगाइ संस्मरणहरु धेरै विस्मृत भैसके स्वल्प सम्झनाका तरेलीवाट बलेसीवाट टप्प टप्प झरेको शीत बिन्दु जस्तै पस्कदैछु यो फगत भुक्तानी भैसकेको अतीतको पुनसंस्मरण गरेको मात्र हो ।

सानो छँदा साझको बेला बाटोमा आकाश तिर हेरेर हिंडदा आकाश खस्यो भने के गर्ने होला भनेर औधी डर लाग्दथ्यो । कहिलेकाही आमालाई सोध्दथे - आमा आकाश  खस्यो भने के गर्ने धत लाटा आकाश पनि कहि खस्छ ! आकाश तिर हेरेर नहिड लडिन्छ भुईतिर हेरेर हिंड भन्नुहुन्थ्यो परन्तु मलाई आकाश खस्छ कि भन्ने डर पनि खुब लाग्दथ्यो । सानामा आमाले डल्लो र टपरीका कथा, राजकुमार राजकुमारीको कथा र भुतप्रेतका कथा श्रुतिस्मृतिका चमत्कारिक दन्त्यकथा खुब भन्नुहुन्थ्यो बाल मानसपटलमा यसको अमिट गहिरो छाप परेको थियो । तेघरा स्कुलमा निम्नमाध्यमिक तह पढ्न जाँदा मनैयाडरुवा (चौधरीहरुलाई गाडने ठाउँ) भन्ने ठाउँमा दाइ बाबा भनेर रोएको आवाज आउँछ भनेर धेरैले भन्दा होहो भन्दै डराएर भागिन्थ्यो । मजगैं बजारदेखि तल सिमलको रुखको टुप्पोवाट राती एघार बाह्र बजे आगाको मुस्लो झरेको आँखाले देखेको पनि हो । पत्रे र दुधरासवाट आउने खोला काजीको घर तल खोलामा उज्यालो बलेको देख्दा अचम्मित र डर पनि लाग्दथ्यो र एकपटक माहिलो मामा बिनय भूषण आई राती बाह्र बजे त्यहाँ गै केही नभएको मलाई देखेर भुत पनि डराउँछ भन्नुहुन्थ्यो हामी अचम्म पर्दथ्यौ । त्यसपछि त मलाई अँध्यारो भएपछि भित्र बाहिर गर्न पनि डर लाग्दथ्यो । मेरो यस्तो कातर बानिलाई देखेर आमा भने मसँग साह्रै रिसाउनु हुन्थ्यो । बास्तवमा मेरो बालमनस्थितिमा भुतप्रेत, पिशाच, डाकीनी, बोक्सी, किचकन्नीको डरको बिज घुसाउने नै आमाहरू नै हो फ़ेरि उल्टै भन्नुहुन्थ्यो  छोरो भएपछि कस्तो काँतर डर छेरुवा भएको होला भनेर । म चौध बर्ष पूरा हुँदाहुँदै बुबा बलदेवप्रसाद अधिकारीको असामयिक देहावसान पश्चात् बाउन्न हण्डर र त्रिपन्न ठक्करबाट भुक्तमान खाएपछि बल्ल  म केहि आँटिलो र सुरो हुँदै गए । तत्पश्चात धेरैपछी मात्र किशोरावस्था हुँदा प्रगतिशील साहित्यकार मोदनाथ प्रश्रीतको भुतप्रेतका साँचो कथा पढदा मात्र यो भ्रम पुर्णकालिन रुपमा निवारण भएको थियो ।

बुबा बलदेवप्रसाद अधिकारी २०३६ सालको भदौ असोजदेखि  कडा बिरामी हुन थाल्नुभो । विशेषतः बुबालाई कोखा दुख्ने जुन बृद्धअबश्थामा स्थायी बन्ध्याकरण अर्थात्  परिवार नियोजन गरे पश्चात् शारीरिक अस्वस्थता र अत्यधिक धूम्रपान गर्नाले क्षयरोग अर्थात् टीबी भएको थियो । मेरो प्रत्यक्ष देखाईमा बुबाले गर्ने गरेको चार पाँच जना मानिस एकै ठाउँमा बसेका स्थानमा एकैचोटि चारपाँच वटा बीडी सल्काउनु हुन्थ्यो । एकपटक पाँचजना मध्ये तीनजनाले बीडी खाएनन दुईजनाले मात्र बींडी खाने रहेछन् भने तीनवटा बीडी एकै सट्कोमा बुबाले एक्लै धुवाँदार रुपमा पिउनुहुन्थ्यो । यो स्टायल बुबाको मैले पनि कैयौंपटक प्रत्यक्ष देखेको छु ।स्मरण रहोस् त्यतिबेला बीडिको प्रचलन अत्यधिक थियो । बीडी स्थानीयरूपमा  उत्पादन हुन्थ्यो र यो अर्गानिक पनि हुन्थ्यो । अहिले जस्तो धूम्रपान निषेधित अवस्था पनि थिएन । आम  मानिसहरू पुरुषार्थ र गौरवसाथ धूम्रपान गर्ने गर्थे र  हामी ससाना बालबालिका ठूलो भएपछि यस्तै गर्नुपर्छ जस्तो पनि हुन्थ्यो ।  मैले पनि जवानीमा आक्कल झुक्कल चुरोट तान्ने गर्थे पछि चटक्कै छोडे । ठकुरी राजा काजीको संगतले बुबामा राजसी गुण थियो । बुबा काजीसापको तेघरा मौजामा खटिई काम गर्दा बि.सं. २०३१ सालतिर मैले श्री निम्नमाध्यमिक बिद्यालय, तेघरा, दाङमा कक्षा ४ मा पढ्दथे । बुबाले एकदिन धान दाइ हुँदा मलाई चौधरीहरुसँग दुई बटुका जाँड खुवाएको पनि याद छ । खान्न यस्तो कति नमिठो भन्दा बुबाले छोरो भएपछि सबै चिजको अनुभव गर्नुपर्छ भनेर भनेपछि नमिठो मानेर पिए । टाउको चक्करायो । घर आएर सञ्चो भएन भनेर सुते । मैले नमिठो मानेर खाए तर मलाई त्यति गम भने गएन । मसँगको ठकुरी ध्रुब चन्दले मीठो मानी मानी दुई बटुका खायो । यो कुरा फ़ेरि आमालाई नभनेस भनेर बुबाले भन्नू भो मैले भनिन पनि । यश अर्थमा बुबाले मांस मदिरा सेवन गर्ने कुरा सहजै रूपमा अनुमान गर्न सकिन्छ ।

म सानो छँदा काजीघरको तल मिल थियो । मिलदेखी तल ठुल्ठुला बडेमानका वर पिपलका रुख थिए । रुखहरुमा छुत खेथ्यौ । ठकुरीका छोरा ध्रुवे, चौधरीका छोराहरू रुखको टुप्पोमा चढी वल्लो डाली पल्लो डाली गर्दै रुखका हाँगा हाँगा दौडथ्यौ । बाँदरको दौड जस्तैः दौडने प्रतिस्पर्धा हुन्थ्यो । प्रतिस्पर्धा गर्न नसक्ने मान्छे साथीहरूसँग एक्लिई एक्ले गुना बन्नु पर्दथ्यो । त्यहाँ एउटा  पिपलको ठूलो रुख थियो । त्यसको तल चौधरीका ग्राम देवता भयाँर थिए । एकदिन त्यहीँ ठूलो बरको रुखमा छुत खेल्न लाग्दा म रुखको हाँगावाट खसेर मुर्छा परेछु । सबै बदमास घाती साथीहरू घरतिर भागेर गएछन् । धेरै बेर पछि म व्युतेर घर तिरको बाटो लागे मेरो पछाडिको  ढाड्  निकै दुखिरहेको थियो । घर गए खाना खान पनि बडो असजिलो  गाह्रो भयो । भोलिपल्ट स्कुल जान थाल्दा ती बदमास मध्येका केटाले भन्दैथे ए बसन्ते तँ हिजो छुत खेल्दा  रुखवाट लडेर पनि मरेनछस्  ज्युदै छस् यार । हामी त मरिसकीस् भनेर घरतिर भागीम । मलाई सारै रिस पनि उठ्यो र पिर लाग्यो । भोलिपल्ट शनिबार स्कुल बिदाको दिन थियो । यश दिनमा अनिवार्य नुहाउनु पर्ने हुन्थ्यो । मेरो शारीरिक असहजताले आज नुहाउँदिन भन्दा पनि आमाको करकाप अगाडि मेरो केहि जोर चलेन । अन्त्यमाएउटा हनुमान कट्टु बाहेक  सर्वाङ्ग कपडा खोलेर नुहाउन खोज्दा ढाडको पछाडि ठुलै घाउ भएको रहेछ । आमाले देखि हाल्नुभएछ । यति ठूलो घाउ किन कसरी र कहाँ भयो कस्ले पिट्यो किन भनेनस् भनेर भन्दा गाउँका केटाहरु र ध्रुवे सँग  हिजो बरको रुखमा छुत खेल्दा रुखवाट लडेको थिए । साथीहरु मर्यो भनेर भागे म धेरै पछि बल्लतल्ल उठेर आए भनेर आँखामा आँसु झार्दै आमासँग भने । यता मेरो घाउ भने चहराई दुखीरहेको थियो । घाउरैछ आज बल्ल मैले थाहा पाए भनेर भनेपछि आमाले रिसाएर पनि माया गर्दै मन तातो पानी र कपासले घाउ सफा गरिदिई गाउँघरका जरिबुटी लगाईदिनु भयो । तीनदिन सम्म आराम गरि घाउमा ठिकै टाटा बसेपछि मात्र पुर्ववत रुपमा  स्कुल तिर लागे ।

सानो छँदा घरमा मैलाई र मेरो मुनिका ससाना भाइ बहिनीहरु लाई  भुत प्रेत, लागो भागो, झ्यास् झुस लागेर सामान्य बिरामी हुँदा गाउँको भयाँर देउता कहाँ आमाले देउतालाई धुप धुवाँर गर्नका लागि गाईको दूध र एक रुपैयाँ  भेटी चढाउन पठाउँदा र थारु गाउँका गुरुवाले भयाँरमा चढाउँदा सामान्य बिरामी निको हुन्थ्यो अलि कडा बिरामी भए  चौधरी गुरुवा घरैमा  पाती बस्थे । घरमा गुरुवा बस्दा एउटा गजबको स्मरण अहिलेसम्म पनि याद छ - यद्यपि अहिले म उन्साठी बर्ष भए । आजभन्दा पचास बाउन्न बर्ष पहिला म त्यस्तै ८-१० बर्षको हुँदो हुँ । बि.सं. २०३०-०३१ सालतिरको कुरा हो  । मेरा मातहतका ३ बहिनी र एकजना  भाइ छन् । त्यतिबेला हामी सानोछँदा भाइबहिनी मध्ये कोहि बिरामी हुँदा वा गाई बस्तुले दूध नदिंदा पनि सामान्य प्राथमिक उपचारमा भयाँरमा धार धुप गर्ने र अलि कडा बिरामी भए थारु गाउँका चौधरीलाई  गुरुवा बसाउने प्रचलन थियो । थारु गाउँको सिरानमा भव्य भयाँर र देउताको थान पनि थियो ।  मजगाउँका दख्खिन घरे "साहिलो पनेरुवा" काका गुरुवा बस्न आउँथे । त्यतिबेला मैले त्यस्तै ५-६ कक्षामा श्री निम्नमाध्यमिक बिद्यालय, तेघरा, दाङमा पढथे । काका फुलपाती भेटी अगाडि  राखी गुरुवा पाती बस्न थाल्दथे  । यि काकाले के मन्त्र भट्याएर भन्छन् भनेर मैले खुब ध्यानका साथ कान थापेर  गुरुवाको अगाडि बसेर बकुला भक्तिका गरि ध्यान केन्द्रित गर्दथे र सुन्दथे । त्यसपछि  गुरुवाले नबुझ्ने गरि यसरी मन्त्र भट्टाए कि करिब पौने घण्टा भट्टाउँदा पनि मैले एक शब्द बुझिन तर अन्त्यमा एक वाक्य भने प्रष्ट बुझे जुन वाक्यले मेरो मात्र हैन हाम्रो ब्राह्मण बादी पुरातन  सनातन धर्म मै ठूलो चुनौती थियो त्यो वाक्य थियो - "महाडेव पार्वटीलाई रक्सी" भनेर भट्टीको मौवाको एक बोतल रक्सीमा दुई थोपा ढुङ्गामा चढाए ।

मैले आमालाई प्रश्न गरे आमा हाम्रो महादेव पार्वती र चौधरी  पनेरुवा काकाको महादेव पार्वती एउटै हुन् कि फरकफरक हुन् आमाले एउटै हुन् भन्नू भयो । फ़ेरि मैले साहिलो पनेरुवा काकाले अहिले भर्खरै गुरुवा पाती बस्दा महादेव पार्वतीलाई रक्सी भनी चढाए अनि हजुरले त धुप दीप नैवेद्य मेवा मिष्टान्न चढाउनु हुन्छ । आमाले तैले भनेको कुरा हुँदै होईन भन्दा मैले त्यहीँ नेर बसेका  साहिलो पनेरुवा काकालाई हो कि होईन काका तपाईले महादेव पार्वतीलाई रक्सी चढाएको हो कि हैन भन्दा साहिलो पनेरुवा काकाले हो महादेव पार्वटी हाम्रा भुत्वा (देउतालाई थारु चौधरीले भुत्वा भन्छन् ।) हुन् । उनलाई चढाएर उनको प्रसाद हाम्ले खाने हो । फ़ेरि मैले आमालाई उहीँ प्रश्न दोहोराएर सोध्दा आमा म सँग रिसाउनु भयो । मैले यसको उत्तर पाईन । धेरै शास्त्रहरुको अध्ययन पश्चात् बिषयगत उत्तर त मलाई पनि आउँछ तर अहिलेसम्म मैले  यश सवालको वस्तुगत जवाफ भने पाउन सकेको छैन । तथापि मेरो विचारमा धर्मले मानिसलाई बनाउनु भन्दा अहम् सवाल मानिसले धर्म बनाएको रैछ त्यसैले त भनिन्छ - धर्मो रक्षती रक्षित । खासमा हामीले धर्मको रक्षा गरेपछि मात्र धर्मले हाम्रो रक्षा गर्ने  गर्छ ।

म सानो छँदा मजगैं-मजगाउँ नजीक बग्ने पत्रे खोलामा पानी परेको बेला बर्षामा ठूलो बाढी आउँथ्यो । नदीको बाढीले बगाएर ल्याका काठ दाउराहरु गाउँले हरुले यथाशक्य उठाउने र घर लैजाने दाउरा, बार बनाउने गर्दथे । एकपटक रहरगरी मैले पनि यस्तै गर्न लाग्दा  ठुलो बाढी आएर पत्रे खोलाले मलाई बगाएर बल्लतल्ल बाँचेको पनि याद छ । तेघरा स्कुलमा पढ्न जाँदा शुक्रबार कहिलेकाही बबई नदीसम्म पनि नुहाउन जाने गरेको याद छ । त्यतिबेला मलाई नदीमा पौडी खेल्न आउँदैनथ्यो । साथीहरू नदीको रहमा पौडिरहेका थिए । म पनि नदीमा हेलिए तर पौडीन नआएर डुबेर घुटु घुटु पानी खान थाले । अन्ततः एकजना ठुला साथीले देखेर यो त डुबेर मर्न लाग्यो यार भनेर मलाई बाहिर ल्याए र अब पौडीन नजानेर नदीमा नजानु भने । अर्को एकजना साथीले म सिकाउँछु आईज भनेर मेरो दुवै हात समाई डुब्न नदिई केहि सामान्य तरिकाले पौडन सिकाए । यश पश्चात् कम पानी भएको स्थानमा मैले हल्का पौडन सक्ने भए । यश कुराले मलाई निकै हर्षित तुल्यायो । मैले तेघरा स्कुल पढन जाँदा एकजना चित्रबहादुर गन्धर्व साथी थियो । स्कुल जाँदा उसले म एउटा जादु देखाउँछु हेर्छस् भन्यौ र हुन्छ भने र आफै गर्नुपर्छ भन्यो र के गर्ने भनेपछि जाउ त्यो मसिनो बालुवा दुई अँजुली भरी हातमा उठाएर ल्याउ त्यसपछि म जादु देखाउँछु भन्यो र मैले त्यसै गरे । चित्रे गन्धर्वले दुबै हातको तल वाट हिर्काएर मेरो मुख र आँखाभरी बालुवा खुवाई उ दौडियर भाग्यो । ति दिनहरु बालक कालिन क्रिडा भरी सुख दु:ख मिश्रण  थिए । चित्रे गन्धर्वसँग बि.सं. २०६४-६५ साल तिर पाठ्यक्रम बिकास केन्द्रमा शाखा अधिकृत छँदा काठमाडौं दक्षिणकालीको बसमा एकैक्षण भेट भएर छोटो कुराकानी भयो । त्यसपछि भने भेट भएको छैन ।

हाम्रो समयमा हिजोआजको जस्तो  सिनेमा, रेडियो, टिभी, मोबाईल फ़ोन, फेसबुक, मेसेन्जर, ह्वाट्स्याप, भाइभर, इन्स्टेग्राम, टिक्टक आदि आदि दर्जनौं सामाजिक सञ्जालको प्रयोग थिएन । गाउँघरमा त्यतिबेला झाउरे, लोकगीत, ठुला चाडपर्वमा रामायण नाटक आदि र गाउँघरमा आजा पुजा बिबाह जस्ता सांस्कृतिक कार्यक्रममा नाच गान आदि  हेरिन्थ्यो । म  सानो छँदा करिब २०२८-०३० सालतिर मानपुर ठूलो बजार थियो । त्यतिबेला घोराही तुलसीपुरमा ठुलो बजार थिएन । ठूलो हाट बजार कोईलाबास, नेपालगन्ज र कृष्णनगर बढनी तिर थियो । मानपुर बजारमा भारतीय मुलका व्यापारी जस्लाई हामी देशी भन्थ्यौं उनिहरुको व्यापार व्यवसाय भव्य थियो । मानपुर बजार पुरै दाङ, रोल्पा,रुकुम, सल्यान, प्युठान र जाजरकोट, दैलेख सम्मको  व्यापारिक केन्द्र थियो । मानपुर बजारमा गाउँ पञ्चायत, हुलाक अड्डा, मेडिकल लगायतका पसलहरु थिए । मानपुर बजार गुल्जार थियो । बिजया दशमी "बडा दशैं" को नवरात्र भर मानपुर बजारमा  रामलिला भव्यरुपमा लाग्दथ्यो । राती ८ बजेदेखि १० बजेसम्म धुमधाम सँग ठूलो ठूलो स्वरमा माईकिङ गर्दै रामलीला मञ्चन हुन्थ्यो । गाउँ गाउँवाट मानपुर बजारमा रामलीला हेर्न मानिसहरू वैरिन्थे । हामी पनि बेलुका अलि चाडै खानपिन गरि मानपुर बजारमा रामलिला हेर्न जान्थेउ ।

एकदिन राती १० बजेतिर मानपुर बजारवाट रामलिला हेरेर आउँदै गर्दा मजगैं बजारदेखी पश्चिम दक्षिण मजगाउँ तर्फ जाने बाटोको सिरानमा हाम्रो घरदेखी माथी सडक मुनि खेतमा नश्य जाडी लागल भन्दै एकजना मानिस कराईरहेको सुने र को रहेछ भनेर नजीकै गै हेर्दा दख्खिन घरे बोगटे काका टन्न रक्सी पिएर अचेत सँग मातिएर पानी चारेको खेतमा पुरै लमतन्नका साथ सुतिरहेका थिए । नजीकै गएर के भयो भनेर मैले उठाए नश्य जाडी लागल बचाओ हजुर भने दख्खिन घरे काका मलाई चिनेनन् । रातभर काकालाई यत्तिकै छोडेपछि मर्छन् भन्ने लागेर मैले पिठ्युँमा काकालाई बोकी घरमा ल्याएर बैठकमा सुताए । माथि तलाबाट सिरक डसना ओढाएर सुताए । आमाले यस्तो बाह्रमासे रक्सिको काललाई घरमा किन लिएर आईस मरे मर्छ यो कि यस्लाई यस्कै घरमै पुराईदे भन्नू हुँदा अहिले रात छ भोलि बिहानै पुराईदिन्छु भनेर सुताए । अन्ततः बिहानै उठदा त दख्खिन घरे काकाले डसनामा सु गरिराका रहेछन्  अनि के गरिराको यस्तो काका ? भनेर सोद्धा बाबू ! हाम्ले बिगार गरिहालेछम् !! भनेर भने त्यसपछि मैले आमाको झापड र गाली खाए त्यो घटना पछि ठुली बहिनी बालीकाले धेरै पछिसम्म पनि दख्खिन घरे काकालाई देखेपछि बिगार गरिहालिम क्या ! भनेर जिस्काउँथे । काका पनि नपिएको बेला अलि लजाएर के भन्नुहुन्छ नानी पनि भन्थे । बास्तवमा जड्याहा रक्सीको काललाई सहयोग गर्नु भनेको आफ्नो खाल्डो आफै खन्नु रहेछ । यि दख्खिन घरे काकाका बाबू र जेठो छोरा अश्वा चौधरी दुवै रक्सिकै कारणले मरे ।

अश्वा चौधरी डाडु म भन्दा त्यस्तै करिब दुई बर्ष जेठा थिए । सानोमा उनी मजगैंका बहिदार काका कहाँ काम गर्न बस्दथे । बहिदार काका एकपटक जिल्ला अदालत रुकुममा सरुवा भएर जाँदा अश्वा चौधरी दाइलाइ पनि साथै  लिएर गएका थिए रे । बहिदार काका यति बाठो थिए कि त्यहाँका स्थानीय मानिसहरूलाई मैले दाङवाट थारु लिएर आएको छु भन्दा त्यहाँका मानिसहरूले थारु कस्तो हुन्छ भनेर सोध्दा यो थारु त खतरा हुन्छ सिङ्गै खुर्सानी खान्छ र सिङ्गै हग्छ भनेर उट्पट्याङ भनेपछि तिनीहरूले कहिल्यै दाङको थारु नदेखेका रहेछन् र थारु हेर्न आउने गाउँलेसंग  सुका, मोहर, रुपिया, टिकट शुल्क उठाएर थारु देखाएछन् । खुर्सानी खान त थारुलाई कुन ठूलो कुरा भो र हगेको हेर्नू हुँदैन घिन र लाजको कुरो हो भनेर बैदारले टारेछन् । दुई मोहर अश्वा डाडुलाई दिएर अरु आठ दस रुपैयाँ आफैसँग राखेछन् । अश्वा दाइ यो कुरो बडो रोमाञ्चक ढंगले बयान गर्दै मान्छेको भेट ढोगाढोग कुकुरको भेट टोकाटोक भन्ने थेगो नाटकीय पारामा भन्ने शैली  रमाईलो थियो । हामी सानो छँदा मनोरञ्जनका साधनहरु गाउँ गाउँमा सारंगी बजाई गाईने गन्धर्व दाइका गीतहरु त म त्यति सम्झिन सक्दिन । अया जेई गुर्याबा हल्का चलन बैल्हा पुतली भन्ने भाकामा गुर्याबा भन्ने गाउँको नामुद गायकले गाएको गीत भने अझै मेरो मनस्थितिमा ताजा सम्झना छ । मेरो माईलो मामा र कान्छो डण्डपाणी उर्फ डुले मामाको प्रसङ्ग माथी उल्लेख गरिसकेको छु । एउटा कुरा माहिलो मामा र कान्छो मामाले सुतेको बेला बिहानै उठदा उठदै बिछौनामा एउटा गीत भने गाउनु हुन्थ्यो । सीमल काँढे भुवाले पैसा सक्यो जुवाले नखेल भन्थे बुबाले झिल्के ज्यानलाई हजुर ।

मामा घरमा हजुरबुबाले मामाहरुलाई पढाउँदा आमा पुजासामा गर्नुहुन्थ्यो रे । हजुरबुबाले घोकाई घोकाई ठूलो मामालाई धर्मशास्त्र नीतिशास्त्र दुर्गासप्तसती, चण्डी, वेद आदि पढाएको आमालाई एकपटक सुन्दा मुखाग्र हुँदो रहेछ । ठुलो मामाले पाठ बुझाउन नसक्दा आमाले भन्दिए पछि छोरी मान्छे भएर वेद कण्ठ गर्ने भनेर अपराधी जस्तो व्यवहार गरि घाँस काटन पठाउनु भएछ । अब सानोमा हजुरबुबा वाट आमालाई र आमाले बिधुवा पुकार, रामायण, श्रीकृष्ण चरित्र, गीता, चाणक्य नीति, विदुर नीति, पञ्चतन्त्र, सरस्वती स्तोत्र, कखरा, अआइई, नीति पद्य, ज्ञान गुणका पद्यात्मक कविता, सिलोक खुब भट्याउनु हुन्थ्यो । आमा एकदिन पत्रे खोलावाट बिहानै स्नान गरेर गङ्गे च यमुने चैव गोदावरी सिन्धु सरस्वती च: । नर्मदे सिन्धु काबेरी जलेश्मिन सन्धम् कुरु । प्रणम्यं सिरसा देवं गौरी पुत्रं बिनायकम् । भक्त्याया स्मरेणित्यं मायुकामार्थ सिद्धये भन्दै गरि शास्त्र स्तुति,  श्रीगणेश स्तोत्र ठुल्ठुलो स्वरमा पाठ गर्दै आउँदै हुनुहुन्थ्यो । उचाडाँडा गाउँका ठुलाबा एकजना पुर्भान बस्नेत नामक बुढा थिए । एकदिन बिहानै  उनी तलतिर मजगाउँवाट आउँदै थिए । यी बाहुनीले बेद पढेकी छिन् ऎले हरदा हरदै भकलक्कै पार्देलिन बाल भनेर बाटो छोडी अलि टाढावाट सतर्क भएर हिंडे । मैले आमालाई यो कुरो सुनाएपछी आमाले त्यो खस्से गोठला लाई वेद के हो थाहै छैन वेदले पनि कहिँ कसैलाई भकलकै पारेर मार्छ ? उल्टो यसले त मरेको मान्छेलाई बचाउँछ पनि मैले केहि बुझिन र अचम्म पनि परे । तर हिजोआज राम्रोसँग  बुझ्दछु । आमा प्रकाण्ड बिद्वान हुनुहुन्छ । आमाका मुखारविन्दवाट प्रकट भएका श्रुतिस्मृति जो ममा पनि यद्यपि जीवन्त स्मृतिमा  छन् । याहाँ केही प्रस्तुत गर्दछु । प्रथमतः कखरा र अआइई जुन नयाँ राष्ट्रिय शिक्षा पद्धति योजना, २०२८ भन्दा पहिलाको शिक्षा हो त्यसको संक्षेपमा प्रस्तुत गर्दछु । आमाका यस्तै सिर्जनात्मक सङ्गालाहरु  मैले आमाकै नामको पेज, मेरो फ़ेसबुक समेतमा आंशिकरुपमा पनि यश भन्दा पहिला साझा पनि  गरिसकेको छु ।

हाम्रो देश नेपालमा पनि पश्चिमा आर्थिक, प्राविधिक र भौतिक सहयोग सँगै बलजफ्ती भित्रीएको अंग्रेजी शिक्षालाई राष्ट्रले स्वीकार गरि नयाँ पुस्ताले अनुसरण  गर्दा हाम्रो आफ्नो प्राचीनता र मौलिकताले ओतप्रोत भएको संस्कृत शिक्षा  करिबकरिब ह्रासोन्मुख स्थिति वर्तमानमा अवस्थामा रहेकोे छ भन्दा अत्युक्ति नहोला  । बि.सं.२०२८ साल पुर्वको मुखाखर (कण्ठाग्र) शिक्षा मुखाखर कवि तथा सहित्यकार आमा श्री भावना अधिकारी {घोराही-१८ रझेना, दाङ} को अक्षरारम्भको समयमा श्रुतिस्मृतिवाट मलाई समेत श्रुतिस्मृति भएको अब हजुर आफै भन्न सक्नुहुन्छ मन्टेश्वरी र बिबिध विधि र अंग्रेजी  शिक्षा पद्धतिका A for Apple, B for Ball, C for Cat, D for Dog यहि पुरानो संस्कृत शिक्षा पद्धतिको शिक्षान्तलाई नक्कल गरेको होईनत ! मलाई मेरी आमाको मुखारवृन्द श्रुतिस्मृतिको अआइई… र कखरा… पुरै लेख्छु, गीतीश्वरमा वाचन गरि आफू पनि सुन्नुस, आफ्ना नानीहरू लाई पनि सुनाउनुस है त !
अआइई………
अ=अमला रुखमा हेर फलेको ।
आ=आँप उडायो आज गलेको ।।
इ=इमिली अमिलो हुन्छ नखाउ ।
ई=ईश्वरको महिमा गुन गाउँ ।।
उ=उल्लु हुँ हुँ गर्छ कराई ।
ऊ=ऊखु मीठो लाग्छ मलाई ।।
ए=एक्कामा चढी जाउ डिल्ली ।
ऎ=ऎनामा मुख हेर्दछ बिल्ली ।।
ओ=ओखलमा सबै कुटदछन धान ।
औ= औषधि वैद्य बनाउँदछन जान ।।
अं= अंम्बा अमृत तुल्य छ मीठो ।
अ:= अ: यो केटो कति ढिटो ।।
कखरा……
क=कमला रुखमा भमराले छायो ।
ख=खटिया माथी बस्यो खरायो ।।
ग=गधा माथी धोवी चढेको ।
घ= घडी हेर लौ तीन बजेको ।।
ङ=ङा ङा ङु ङु बच्चा गर्छ ।
च=चरो बारीमा चारो खोज्छ ।।
छ=छडिहातमा गुरुजी लिन्छन् ।
ज=जहाज जङ्गल पारी जान्छन् ।
झ=झण्डा फरफर गर्छ लौ हेर ।
ञ=ञाञा बालक रुन्छ अधेर ।।
ट=टपरिमा छन् टमाटर खात ।
ठ=ठगले थैली लियो हात ।।
ड= डमरू डमडम गर्छ हाम्रो ।
ढ=ढकना माथी फुलछ राम्रो ।।
ण=णणाणा बिनाना सुनदी स्वर ।
त=तवला ताधिक जोर ।।
थ=थलियामा हाली खाउ मिठाई ।
द=दहि बेच्दछन गुवालिनी आई ।।
ध=धनुकाँड हान्दछन महावीर ।
न=नगरा ठोक्दछन अयोध्याका वीर ।
प=पहलमानहरु कुर्लिन्छन ।
फ=फल पाकेपछी भैमा झर्छन ।।
ब= बाखरी बनमा दुबो चर्छ ।
भ=भण्टाखाई बैगुन गर्छ ।।
म=महमौरीले जम्मा गर्छ ।
य=यम पापीको सातो हर्छ ।।
र=रथमा राजा भयका राजा ।
ल=लृकौवाले लग्यो उडाई ।।
व=वकिल हिडेको अड्डा जान ।
श=शलिफा पाक्यो जान्छु म खान ।।
ष=षट्कोणमा बस्छिन सरस्वती बाँस ।
स=सहरमा झिलिमिली हेर तमाशा ।
ह=हरिणीका छन् ठुला आँखा ।
क्ष=क्षत्रीय, राक्षस बिघ्न चनाखा ।।
त्रा=त्राश देखाउँदछन राक्षस हेर ।
ज्ञ=ज्ञानी बस्दछ जंगल नेर ।।
यस्तै गरि आमाका धारावाहिक कविता शृङ्खला छन् । बिद्या महिमा कविता यश प्रकार छ :
बिद्या नै हो बहुत रसिलो जिन्दगीको कमाई ।
राम्रो मीठो सुख सयलको मुल नै यो छ भाइ ।।
हामी हुन्छौं रवि विदु सरी झल्मलाएर बाँच्ने ।
धोई आजै तिमीर मनका जीवनीलाई साँच्ने ।।
आफू को हो कसरी चिनिने ज्ञान बिज्ञान को हो ।
मर्ने कुन हो अमर कुन हो गर्नुपर्ने त के हो ।।
सारा शंका सहजसित नै कत्ती बाँकी नराख्ने ।।
सुबिद्या नै हो त्रिलोकभरमा नाम कीर्ति नि राख्ने ।।
एवम् रितले आमाले एउटा सिलोक प्रायः भन्नुहुन्थ्यो जुन यश प्रकार छ -
नाङ्गै भैकन शम्भुले जलमहा बीस खाई सुत्नु पर्यो ।
ब्रह्माको पनि पञ्च मुख अघि थियो चार मुख मात्रै रह्यो ।।
काटीयो शिर बिष्णुको अघि जसै लक्ष्मीजीका श्रापले ।
झ्यालखाना विच जाई जन्नलिनुभो श्रीकृष्ण कुन पापले ।।
दासी पुत्र भएर देवर्षी नारद पनि अघि पैदा भए ती पनि ।
माछाका कुलमा जनम हुन पुग्यो श्री व्यास जस्ता मुनि ।।
मान्धाता र भरत भैया घर तिर गए बिष्णु र पाण्डव महा ।
पर्नै गो यश तरहको बिचित्र रुपले जहाँ हेर्छ सम्मानमा ।।
सीता सत्यवती थिईन तर पनि एक धोबिले छल गरि ।
राबणले हरिलियो भनेको बातमा बोल्दो भयो मन्परी ।।
तस्मात सकल जगत्का प्राणीहेरु सबमा सानो र ठूलो भै ।
भोग्नै पर्दछ फ़ेरि कर्मको फल याहाँ कस्तै हवस् तापनी ।।
हे ! भाइ बहिनीहरु हो म भन्छु सुन हे गर्नु सदैव  उन्नति ।
लेख्नु पढनु सदैव असल उमेरमा खेल्दै नखेल्नु रति ।।
जो जो काम जसले असल उमेरमा चुनेर लिन्छन् याहाँ ।
लट्ठक भैकन बस्नुपर्छ नहिता हेप्छन् सबैले याहाँ ।।
कोदो रोपि त धान हुँदैन कहिल्यै उम्रेर कोदै भयो ।
उद्योगले गरि लक्ष्मी हुन्छिन् सबमा लट्ठक भए लठकियो ।।

माथिको कवितांश कुन पुस्तकमा पढनु भएको हो आमा भनेर सोद्धा आमाले भन्न सक्नुभएन परन्तु मैले खोज गर्दा माथिका छ वटा पद्यांश  पञ्चतन्त्रमा भेटाउन पुगे । यो कुनै धार्मिक ग्रन्थ भन्दा पनि नीति शास्त्रको वचन रहेछ । यस्ता कैयन आमाको श्रुतिस्मृतिमा रहेका छन् ।

आमा भावना अधिकारीले २०७७ सम्म कक्षा ८ सम्म श्री महिला चेतना माध्यमिक बिद्यालय, रझेना, दाङमा चौहत्तर बर्ष सम्म अध्ययनरत हुनुहुन्थ्यो हाल पढाइ छोडिसक्नुभएको छ ।  आमा मेरो पहिलो गुरु राप्ती साहित्य परिषद् वाट सम्मानित मुखाखर कवि तथा साहित्यकार सम्मानित नारी श्रष्टा श्री भावना अधिकारीको तत्कालीन कोरोना कहरमा सिर्जित  रचना तथा सिर्जनात्मक कविता यश प्रकार रहेकोे छ :

सतहत्तर सालमा संसार भरमा फैलियो क्रोना रोग ।
लान्छके र भनेर मानिसहरूमा बढदैछ सबमा शोक ।।१।।
बालो बूढो युवा केही नभनी मरे संसारै भरि ।
यस्तो आपत पर्यो संसार भरमा रक्षा गरेनौं हरि ।।२।।
यस्तो रोग कहाँ थियो र ? अहिले आयो संसारै भरी ।
पाप धेर भयो कि किन हो दया गरेनौं हरि ।
मरे कति मानिसहरू बिषखाका मानिस सरि ।।३।।
अझै कति मोर्ने हो जगतमा थाहा छैन केही पनि ।
डरले मुटु ढुक ढुक गर्छ सबको मोरिन्छ क्यारे भनी ।।४।।
थाहै छैन कसैलाई अझपनि मोर्ने हो कैल्ये भनी ।
जति नेपाली युवा बिदेशमा गाछन् त्याँ क्रोना रोग तिनै फैलाछन् ।।५।।
आफ्नै देशमा उन्नति गरि धन कमाउ ।
परिवारसँगै बसेर रमाउ ।।६।।
यस्तो बिचार गर्नुपर्छ जहिले ।
पराईको धनमा नफसौंन कहिले ।।७।।
१० सालदेखि थाहा पाउँछु मैथिएन पहिले ।
संसार भरी फैलिएको छ बढदैछ अहिलेनी ।।८।।
आयो क्रोना रोग संसारभरमा फैलियो जताततै ।
म्रोछन् अझै कति मानिसहरू त्यो रोगले गर्दा खेरि ।।९।।
अड्डा इस्कुल र पसल सबै बन्द भए त्यो रोग आईकिन ।
बाटोघाटो बन्दभए हिड्नु पर्ने थियो कति ।।१०।।

सानैदेखि आमाको सत्प्रेरणाले पनि म मा अध्यात्मिक जागरण उत्पन्न हुँदा यसले लुप्त प्रतिभालाई पुनर्जीवन प्रदान गर्न सहज गर्यो । म सानो छँदा बुबा काजीका मिलमा सामान लिन कानपुर, भारत जाने गरेको कुरा माथी नै उल्लेख गरिसकेको छु । त्यहाँ वाट किसमिस, लड्डु, पेडा  लगायत अनेक प्रकारका मिठाईहरु ल्याउनु हुन्थ्यो । बुबाले मलाई असाध्यै माया ममता गर्नु हुन्थ्यो । बुबा करिब ३४-३५ बर्ष हुँदा जन्मेको बुढेसकालमा पाएको छोरा भए यसरी बुबावाट पुल्पुलिए पनि आमाले भने सदैव दबाबमा राख्नु हुन्थ्यो । मसँगका गाउँका केटाहरु जस्तो गरि उरन्ठेउलो आबारा गर्दै गर्दा मलाई यस्तो  गर्न कहिल्यै दिनुभएन परिणामस्वरूप जीवनभर  म गलत वाटो हिंड्नु पनि परेन । बालक कालका दिनहरूमा यस्तो लाग्दथ्यो कि सधैं यस्तै बालक काल कै समय एकनास  रहिरहन्छ । तर समय खोलाको बग्ने पानी जस्तैः दुई दिनमा बगेर जाँदोरहेछ । बनमा पुराना पातहरु झर्नु र नयाँ पालुवा पलाउनु पुनः नयाँ पालुवाहरु पुराना पातकारुपमा परिणत हुनु निरन्तर चलिरहने चक्र रहेछ ।

सानो छँदा हामीलाई अनन्य सहयोग गर्ने घोरानेटी माहिलो ठुली आमा स्व. सुशीला सुवेदी र  ठूलो बा स्व. थानेश्वर सुवेदी हुनुहुन्थ्यो । अहिले वाहाँहरु दुवै जनाको स्वर्गवास भैसकेको अवस्था  छ । वाहाँहरु रोल्पा साविक खुङ्ग्री गाउँ पञ्चायत महेन्द्री गाउँवाट बि.सं. २०२९-०३० सालमा दाङ झर्नुभएको माहिलो ठुली आमा प्रायः हाम्रो घरमा आउने र माहिलो ठुली आमासँग दुधरास, झिगैं, हेमन्तपुर, बिजौरी, गुहार खोला, खाद्रे बनहरी, रानीघाट, गहतेरा हुँदै घोरानेटी जान्थेउ । दाङको काँटमा पर्ने बनजंगल, घासपात, पानी र खोला खेतमा धान राम्रो उत्पादन हुने यी ठाउँ उर्वर र रसिलो थियो । त्यतिबेला तुलसीपुर र प्रसेनीमा जग्गा सस्तो भएपनि बाझै काम नलाग्ने खालका थिए । पहाडवाट झर्ने मानिसहरु यस्तै काँटा तिर बस्न रमाउँथे । हाम्रो मजगाउँको तुलनामा जंगलको नजीक पर्ने हुँदा याहाँ पानी पनि धेरै पर्दथ्यो र खेतीपाती पनि राम्रो हुन्थ्यो । असार साउनको महिनामा हाम्रो दाङ तिर आकाशवाट पानी नपरेको बेला घोरनेटी, दाङतिर प्रायः  पानी पर्दथ्यो र आमाले आफ्नो दिदीको घरतिर हेरि घोरनेटी तिर पानी पर्यो याहाँ पर्दैन भन्नुहुन्थ्यो । हुनत आमाकी जेठी दिदी प्युठान तिराम हुनुहुन्छ हामी सानो छँंदा प्युठान  तिरामको खबर प्रायः  कमै थाहा हुन्थ्यो । माहिलो ठुली आमा दाङ आएपछि हाम्रो घरमा प्रायः आउने दु:ख सुख हेर्ने गर्नुहुन्थ्यो । त्यतिबेला अहिले जस्तो सवारी साधन थिएनन् । पैदलमार्ग धेरैपटक म माहिलो ठुली आमा घर घोरानेटी गएको छु । माहिलो ठूलो आमासँग जाँदा आँप पाक्ने बेलामा बिजौरी तिर काचो आँप रुखवाट झारेर मैले दाँतले नै कोपरेर टोक्दा माहिलो ठुली आमाका दाँत कुडिन्थे मैले भने खुब उफ्रेर खान्थे । ठूलो बा नेपाल प्रहरीमा सिपाही, हवल्दार, असई, सई थानेदार सम्म भएर अवकाशप्राप्त हुनुभयो । मेरो बाल्यकालको अवस्थामा आमासँग वाहाँहरुको बरोबर आते जाते सरसहयोग हुने गर्दथ्यो । यस्तै गरि साविक हलवार गाउँ पञ्चायत घोरानेटी देखि तल गहतेरा गाउँ रहेको र यश गाउँमा रोल्पा महेन्द्रीवाट बसाइँसराइ गरि आएका कान्छी सानिमा बुद्धिशिला आचार्य सुवेदी र सानबा श्री गणेशप्रसाद सुवेदी वाहाँहरुसँग पनि हाम्रो पारिवारिक सुमधुर सम्बन्ध थियो । मेरा सानिमा सानबा घोराही बजार बसपार्क, काठमाडौ स्वयंभु हुँदै अहिले सानिमा सानबा तुलसीपुर बजारमा बस्नुहुन्छ । हाम्रो घरमा आउने देखरेख एवम् प्रेम भाव राख्ने एउटा माहिलो मामा स्व. श्री मेघराज उर्फ बिनय भूषण आचार्य पनि हो । वाहाँको केही सन्दर्भ माथी नै उल्लेख गरिसकेको पनि छु । सारमा माहिलो मामा सज्जन मिलनसार राम्रो स्वभावको हुनुहुन्थ्यो । असमयमै वाहाँको निधन भयो ।

मैले बि.सं. २०३२ सालतिर श्री निम्नमाध्यमिक बिद्यालय, तेघरा, दाङमा कक्षा ५ मा पढदै गर्दा बिद्यालयमा हप्तै पिच्छे शुक्रबार सांस्कृतिक कार्यक्रम सञ्चालन  हुन्थ्यो । शारीरिक बिषय पढाउने सरले कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो । नाच गान, गीत, कविता, चुट्का जे आउँछ आफ्नो प्रतिभा आफ्ना सहपाठी साथी र सरहरुलाई अनिवार्य रुपमा प्रदर्शन गर्नुपर्दथ्यो । बुधबार, बिहिवार देखि नै आमासँग कविता सिकाईदिनुस् भनेर मैले जिद्दी गरिरहन्थे । बुबासँग भने भन्दैनथे । एकदिन बुबाले यो कुरा सुन्नु भो र बसन्ते तँलाई म सिकाईदिन्छु कविता ल लेख मार्मिक छ जीवनदर्शन तेरा साथीहरू भन्दा पनि सरहरु धेरै खुशी हुन्छन् भनेर आफ्नै ठेट मौलिकताले ओतप्रोत कविता भन्नुभयो जुन यसप्रकार थियो -
काली जुत्ता ओराली बाटालाई ।
दु:ख गर्नु एक माना आटालाई ।।
यो कविता मैले शुक्रबारको सांस्कृतिक कार्यक्रममा स्कुलमा भन्ने आँट गर्दै गरिन । किन हो किन त्यतिबेला मलाई यो कविता अलि बूढो मानिसले गाउने जस्तो पनि लाग्यो । बुबाले मैले सिकाएको कविता भनिस भन्दा भने भनेर ढाँटेको थिए । वास्तवमा म त्यतिबेला स्कुलमा दुई फन्का लगाएर नाचेको थिए । वालापन न हो त्यतिबेला कहाँ सुझ बुझ र बुद्धिको परिपक्वता हुनु ? हिजोआज सम्झन्छु बुबाको कविता कति मार्मिक जीवनदर्शन बोकेको रहेछ ।

हाम्रो पारिवारिक जीवन  एवम् रितले दिनहरु व्यतीत हुँदै गए । बि.सं. २०२१ साल चैत्र ५ गते म यश धर्तीमा जन्मेपछी म करिब साढे दुई बर्षको छँदा २०२४ साल असारमा ठुली बहिनी बालिकाको जन्म भयो भने त्यसको दुई  बर्ष पछि २०२६ सालमा माहिली बहिनी मधु र लगत्तै दुई बर्ष पछि बि.सं.२०२८ सालमा कान्छी बहिनी सीता र त्यसको एकबर्ष पछि बि.सं.२०२९ सालमा भाइ बाबुराम र अन्त्यमा  बि.सं.२०३१ सालमा कान्छो भाइ जन्मेर एक बर्षमा मरेको म माथिको दिदी पनि करिब एकबर्षमा मृत्यु भएको र सबैभन्दा कान्छो भाइ पनि मृत्यु भएर हामी पाँच भाइबहिनीहरु मात्र यद्यपि जीवीत रहेका छौं । सानोमा म अलि लजालु स्वभावको थिए । सानैदेखि बुबाले काम गर्न नदिने आमाको करकापमा काम गर्नुपर्दा अलि कामदेखी पन्छिन खोज्ने, पढाईमा रुचि हुँदाहुँदै पनि आमाको कठोर दण्डात्मक शिक्षा र बिद्यालयमा पनि सहज शैक्षिक वातावरण नहुँदा पढाइ केही जटिल बन्दै गइरहेको अवस्था थियो भने पुरातनवादी  समाज पढे गुणे कौनै काम हलो जोते मामै माम भन्ने जस्तो थियो । बुबाले खासगरी ७ कक्षा सम्म पढाएपछी नारायणपुर हाईस्कुलमा भर्णा नगरिदिएर काजीकै कारिन्दामै भर्ति गराई आफ्नो अनुयायी बनाउने भित्रि मकसद थियो भने आमाको अन्तर ईच्छा बुबा जस्तैः काजीको घरमा काम लगाउने थिएन । पढदै र घर व्यवहार खेतीपाती गर्दै भाइबहिनीहरुलाई पढाइ घर व्यवहार कुशलतापुर्वक सम्हाल्ने आमाको चाहना थियो । यथार्थ जीवनमा  म बुबाको इच्छा अनुरुप काजीसापको कारिन्दा बन्न नसके पनि अन्ततः शिक्षक जीवनको प्रारम्भिक अनुभव पश्चात् राज्यको मध्यमस्तरको प्रशाशक बन्न सफल भए ।  मैले दस कक्षामा श्री सिद्ध रत्न नाथ नमूना माध्यमिक बिद्यालय, नारायणपुर, दाङमा १० कक्षामा  पढदा पढदै गर्दा बुबाको असामयिक स्वर्गवास भए पश्चात् कठोर निर्मम कठिनताका दिनहरुसँग जुझ्दै पुरातन जडसुत्रवादी समाजसँगको संघर्षका साथ हौंसला बुलन्द गर्दै रहे । बुबाको स्वर्गारोहण हुँदाको बर्ष हाम्रो ज्यादै दयनीय अवस्था थियो । त्यस साल मावल हजुरबुबा स्व. कोमानिधी आचार्य, रोल्पा, लिवाङले आर्थिक सहयोग गर्नुभयो भने अन्न कपडा लगायतका भौतिक एवम् वस्तुगत सहायता घोरानेटी ठुली आमा स्व. सुशिला सुवेदी र ठुलाबा स्व. थानेश्वर सुवेदीले गर्नुभयो ।

बि.सं. २०३६ साल फागुन ६ गते सोमबार बिहान् १०:०० बजेतिर बुबा हाम्रो घर साविक मानपुर गाउँ पञ्चायत अन्तर्गत वडा नं. ९ मजगाउँ घरैमा स्वर्गवास हुनुभयो । त्यतिबेला नै बघौसी र दुधरासवाट अधिकारी भाइ गोत्यारहरु र अन्य सज्जन बृन्द समेत भेला भै मेरो अनायास बुबाको क्रिया गर्नका लागि ब्रतबन्ध सम्पन्न गरेपछि मैले बुबालाई घाटमा सतगत गरि तेह्र दिनसम्म किरियापुत्रीकारुपमा किरिया बसि एक बर्ष सम्म सेतो कपडा लगाई मैले नै दु:ख बोके । कक्षा १० मा नारायणपुर हाईस्कुलमा पढदा पढदैको अवस्थामा मेरो पढाइ सफ़ल हुन नपाई अवरुद्ध बन्यो । अर्कोतिर आमाको खटनपटनमा घर व्यवहार खेतीपाती मै दिनचर्या व्यतीत हुन थाले । सामान्य साक्षर दस कक्षासम्म पढेर र घर व्यवहार  मजाले चलाउने भैसकेको र बुबाको देहावसान भएको टोके प्रति कसैको सहानुभूति नहुने कुरा स्वाभाविक थियो किनकि समाज बलेको आगो ताप्छ निभेको आगोमा पानी हाल्छ । अब म अभागी बाबू टोकुवाले  पढने र अगाडि बढने प्रगतिका ढोका प्रायः बन्द भैसकेको थियो । फलामे ढोका ठानिने एसएलसीको टेष्ट सम्म त बल्लतल्ल पास गरे परन्तु एसएलसी बोर्डको लागि पद्मोदय पब्लिक स्कुल, भरतपुर, घोराही, दाङमा परीक्षा केन्द्र राखिएको थियो । सेतो बरखी बोकेको हुँदा अन्यत्र बसेर खान बस्न नहुने हुँदा घर मजगाउँवाट बिहान् ४:०० बजे हिडि बिहान् ८:०० बजेदेखि ११:०० बजेसम्म भरतपुर हाईस्कुलमा एसएलसी दिई अढाई तीन बजे घरै खाना खान पुग्दथे । साह्रै कष्टकर रुपमा परीक्षा पनि केवल परीक्षाका लागि मात्र दिईयो । नकोचिङ, नत ट्युसन त्यत्रो एसएलसीको फलामे ढोका कसरी पार गर्नु मेरो पढाइ यसरी अवरुद्ध भै घर खेतीपाती गरेर मेरो जीवनको प्रगति कठाङ्गिन पुग्यो । बिग्रेको गाडी रोकिएको जस्तैः जीवनको प्रगति पथ रोकिन पुग्यो । कतै तिर उज्यालो भविष्यको सुत्रपात वा संकेत सम्म देखिएको अवस्था रहेन । बिधिको विडम्बना सायद यहि हो प्रारब्धको नियतिको बज्रपात । कल्कलाउँदो उर्वर समय कसरी संगीन मोडमा पुग्दोरहेछ । हरे ! शिव !! बिधाताको बिधान !!! तिमी आफै लेख्छौं आफै मेटछौ । आयु, भाग्य र कर्म त्रिभुज रेखा जीवनमा आउँछन् । असल कर्मवाट विधाता पनि भाग्य बदल्न बाध्य हुन्छन् । यहि नै शाश्वत सत्य पनि हो ।

बुबा बिरामीले थलिदै जानुभयो । शुरुआतमा बुबाको कोखा दुख्ने बिरामीले च्याप्दै अन्त्यमा खोकी काँशो र रगत आउने टिबि रोगको लक्षण देखिन थाल्यो रात रातभर खोक्नु हुन्थ्यो । दुई चार दिनको बिरामी भएपो स्याहार सम्भार पाउनु सदाको बिरामी मानपुर बजारमा भएको मेदिनी डाक्टरको क्लिनिकवाट कैयौंपटक मैले ओषती किनेर ल्याएको पनि थिए जब तत्कालीन महेन्द्र अस्पताल, दाङ, घोराही वाट विदा दियो घरमा दस दान बैतर्णी आदि दान पुण्य गर्दै मरणात्मक अवस्था र मेरो व्रतबन्धको बर्णन माथी गरिसकेको पनि छु । बुबा स्वर्गवास हुँदाको २०३६ सालमा मैले श्री सिद्ध रत्न नाथ नारायणपुर, दाङको हाईस्कुलमा दस कक्षामा पढदै थिए । एक्दिन   स्कुलवाट आउँदा आमाहरु बारीमा हुनुहुन्थ्यो । आमाले बारीवाट बिहानको भात भुटेर खा भन्नुभयो । त्यतिबेला मजगाउँमा हाम्रो चारपाखे खरले छाएको काचोमाटोको दुईतले घर थियो । मैले ढोका खोली भित्र जान लाग्दा बिषालु ग्राईज सर्प ढोकाको कुनावाट मेरै गोडामा झरेर मेरो खुट्टामा बेस्सरी  टोक्यो । ऎया ऎया मरे बा भन्दै चिच्याउँदै म रोएँ । तत्कालै कपडाले मेरो  तिघ्रामा कसिलो गरि बाँधे पछि जलौरा  गाउँवाट गुरुवा झिकाई गुरुवाले चुसेर बीस फालिदिएपछी तीन दिनमा म पनि ठीक भए । यसरी सर्पको टोकाईको अनुभव पनि वाल्यकालमा पाए । बुबा स्वर्गवास हुँदा बर्ष रात भर घर नजीक बकैनाको बोटमा हुचिल नराम्रोसँग रोईरहन्थ्यो । हाम्रो आधारस्तम्भ बुबा बिरामी भए पनि निधन हुन्छ भन्ने हामीलाई लाग्दैनथ्यो । जे नहुनु त्यै भयो । भर्खर पन्ध्र बर्ष पुगेको मेरो बालककालको कल्कलाउँदो उमेर र म भन्दा अठार बर्ष मात्र जेठो आमा तेत्तीस बर्ष मात्र हुँदा म लगायत हामी पाँच बहिनीहरुलाई अनाथ बनाई बुबा सदाका लागि हामीलाई छोडेर जाँदा सानो भाइ भर्खरै पाँच बर्ष मात्र पुगेको थियो ।

एकातिर यस्तो पारिवारिक बज्रपातसँगै अर्को तिर घरमा बर्षौं देखि खेतीपाती लगाउने गाउँका चौधरीहरुले करिब दस कठ्ठा घरवारि हाम्लाई बेगारीको रूपमा गरिदिन्थे । बुबाको देहान्त पछि अँधेरुवा पनेरुवाले वारि पनि अँधिया दिने हो भने खेती गर्छौ नत्र गर्दैनौ भन्न थाले । उनीहरुले यिनीहरू कमजोर छन् यहि बेलामा निर्धोमाथी दबाब हाल्नुपर्छ भन्ने मानसिकता बनाए । आमा झन के कम हुनुहुन्थ्यो र  तिमीहरूलाई खेत वारि केही दिन्न नलगाओ । सके आफै गर्छु नसके बाझै राख्छु भनेर भन्नुभयो । यसको लगत्तै एउटा गोरु भुती (भाडामा) ल्याएर हलो जुवाको जुगाड गराई वारि जोतेर मकै छर्न मलाई लगाउनु भयो । कि आँटले खान्छ कि ढाँटले खान्छ भन्ने उखानलाई चरितार्थ गर्न एकातिर आमाले कम्मर कसनु भयो भने अर्कोतिर मेरो हाल बेहाल भयो । कहिल्यै हलो कोदालो नगरेको बाहुन चरी एकैचोटि नमजाले महाजालमा परि भनेझै भयो । त्यतिबेला मजगैं- मजगाउँका १४-१५ बर्षका चौधरी र क्षेत्रीका छोराहरुले एकहल गोरुको खेतीपाती गर्न सक्ने गर्थे र आमाले पनि मलाई तिनीहरूसँगै दाँजी यो बसन्तेले किन सक्दैन यो बाबू टोकुवा टोकेले खेतीपाती र भाइबहिनीहरुको लालनपालन नगरे कल्ले गर्छ भन्ने आमाको कठोर निर्णय र मेरो भाग्यको नियतिको प्रहारसँगै अब भने मेरो जीन्दगी कठिन संघर्ष अर्थात् वाल्यकालमै फौजी तालिम भन्दा कठिन अवस्था रह्यो । अर्को तिर बुबा जीवित छँदा मजगाउँमा अड्को पड्को तेलको धुप भनेझै उचाँडाडा क्षेत्री गाउँ घर तिर जजमानी पनि गर्नुहुन्थ्यो । मैले नजानेपनी बाहुनको थुकै चोखो भनेर बुबाको देहावसान पश्चात् गाउँमा नाग टाँसने, रक्षा बन्धन डोरो बाँधने, कुश बाँडने कहिलेकाहीँ सराद्य, गोदान गर्नुपरे एकाध केही बस्नेत, वलि क्षेत्रीहरुले मलाई बोलाउने गर्दथे पनि जब मैले हलो जोत्न थालेपछि उनीहरुले हलो जोतेको  बाहुनलाई पुजदैनौ भन्न थाले र आमाले पनि तिनीहरूलाई मुख्भरी र पेटभरी निल्नु न ओकेल्नुको तुरुन्तै जबाफ दिनुभो । अब यस्ले खेतीपाती गरेपछि हाम्रो यति जग्गामा बर्ष दिन खान लाउन प्रशस्तै पुग्ने अन्नबाली उत्पादन हुन्छ  । तिमीहरुको माना मुठी दया दानले एक महिना खान पनि पुग्दैन  ।  आफ्नो पौरख र कर्म गरेर गरेर खाँदा जात कहाँ जान्छ । बाह्मण  कन्ने कुमार हलो जोतेको बाहुनलाई तिमी खस्सेहरुले नपुज । तिमीहरूको उपाध्याय ब्राह्मण त्यहीँ  क्षेत्रीनीको पोइ तुईखोले बाहुनलाई पुज्ने त हौला नि  हैन  त । यसरी आमाले उनीहरुलाई ओठे र मुखैभरीको जवाफ दिंदा उनीहरु लज्जित भै मुखै नदेखाई बाटो लाग्दथे । यश उपान्त मलाई कर्मकाण्ड जजवानी वृत्ति वाट पनि सदाको लागि मुक्ती मिल्यो । आखिर मेरो राजसी क्षत्रीय कर्म  राज्यको नोकरी गर्ने लेखान्त रहेछ ! कहाँ ब्राह्मण जजमानी वृत्ति पथमा अड्किन्थे र !  

त्यतिबेला अनायास खेती किसानी गर्नु पर्दाका यथार्थ शारीरिक मानसिक दु:ख दर्द पीडा अहिले म शब्दमा कसरी बर्णन गर्न सक्छु र ? करिव दस कठ्ठा बारीमा मकै भने रोई रोई छरे ।  मावल हजुरबुबाको सल्लाह र आर्थिक सहयोगमा आमाले आफै घरखेती गर्ने योजनामा दृढ हुनुहुन्थ्यो र सोही मुताविक कार्ययोजना  बनाउनु भएको थियो । बर्खामा दिन भरी हिलोमा खनजोत गरेका हातगोडा हिलोले खाएर पाकेका घाउमा अझ चरअमिलो लाउँदा ठिक हुन्छ भनी नराम्रो सँग चराउँदा धुरु धुरु रुँदै गरेको ताजा स्मरणमा यद्यपि रहेकोे छ ।   घोरानेटी माहिली ठुलीआमाले म एक हल गोरु हलि पठाईदिन्छु बुबाको दु:ख बोकेको बाहुन्को छोरालाई हलो कोदालो गर्ने यस्तो कठिन काम नगरा भन्दा आमाले उल्टै माहिली ठुलीआमालाई एकै पटकमा झम्टनु  जस्तो गरि बाबू टोकेको टोकेले नगरे कल्ले गर्छ ? भाइबहिनीहरु पाल्नु, पढाउनु बुबा पछि यसकै जिम्मेवारी हो । आमाले मलाई नावालिक छँदाछँदै पनि छोरा भन्दा पनि बढी बाबुको उत्तराधिकारीको रुपमा हेर्नुहुन्थ्यो र त्यहीँ बाटोमा हिडाउनु भो परन्तु  यसले गर्दा म भित्र जिम्मेवारी बहन गर्न सक्ने, परिस्थितिलाई गहन रुपमा बुझ्न सक्ने, समाजलाई चिन्न सक्ने, निर्णय गर्न सक्ने परिपक्वता  स्वसामर्थ बिकास हुने कार्यमा सहायक सिद्ध भए पनि पितृसत्तात्मक सामन्ती मानसिकता बोकेको समाजमा म जबर्जस्ति बाबुको उत्तराधिकारी बन्नु पर्ने बिधाताको लेखान्त रहेछ । हाम्रो मजगाउँमा भएको करिव साढे चार बिगाह जग्गाको आयस्ताले बुबा हुँदासम्म खान नपुगेर काजीको घरवाट मस्यौंरा तलबको रूपमा धान ल्याएर खानुपर्ने अवस्थाको विद्यमानताको बुबाको शेष पछि मावल हजुरबुबाको सल्लाह, निर्देशन र आमाको हिम्मतले "उद्योगे नास्ति दारिद्रम, जपतो नास्ती पातकम्, मौने च कलहो नास्ति नास्ती जागरुतो भयम् भनेझैं पुरानो अवस्थामा  क्रमभङ्ग गर्ने योजनाको एउटा सत्पात्र म पनि भएकोले पहिलेदेखि कै आमाको इच्छा खेतीपाती गर्ने रहेको र बुबा जिवित छँदा पूरा हुन नसकेको बुबाको शेष पछि अब भने निर्धक्कका साथ पूरा हुँदै थियो । राजाको जेठो छोरो हुनु र प्रजाको जेठो छोरो नहुनु भन्ने सामाजिक लोककथन पनि थियो । जे नहुनु थियो आखिर त्यै भैदियो । बिधिको विडम्बना ।

एकजना हाम्रो मजगैं- मजगाउँ देखि माथि पेरनी गाउँको जितबहादुर विश्वकर्मा उर्फ जिते कामीलाई बर्षाभरको लागि धान बालिको त्यतिबेलाको चलनचल्तीको शर्तमा मस्यौरा अर्थात् पारिश्रमिक दिने गरि आमाले हलियाको रुपमा मौखिक  नियुक्ति गर्नुभयो र घरमा एउटा गोरु मात्र भएकालेे  एक हल गोरु भुती अर्थात् भाडामा ल्याई सहायक हलिको रुपमा मलाई मनोनीत गरि आमाले बुबा स्वर्गवास हुँदा २०३७ सालमा खेतीपाती गर्न आँटनुभयो । यसै बर्ष मैले एसएलसी बोर्ड परिक्षा पनि दिनु परेको अवस्था थियो । साउनको महिना कुलो पानी हिलो संगै खेल्दै फरुवा नचाउँदै अब मेरो जीवनको घाम छायामा रुपान्तरण भए सँगै जमीनमा अन्नको बिज छर्ने मिहिनेती पसिनाको जल जमीनमा भिजाउने किसानको पहिचान भए म । बुबाको इच्छा मजगाउँका जमीन्दार काजीको कारिन्दा हुन वाट त मैले मुक्ति भए पनि अन्ततः बुबाको देहावसान पश्चात् आमा भाइबहिनीहरुको जिम्मेवारी रेखदेख, लालनपालनमा कृषक बन्नुपर्ने मेरो नियति भयो । भर्खरै किशोरावस्थाको भएको र यश प्रकारको कृषि कर्ममा पुर्व अनुभव नभएको भएपनि लेखान्तको कालचक्रले मेरै काँधमाथि यो अभिभारा जबर्जस्त रुपमा सुम्पियो  ।  बुबा स्वर्ग भएको बेलामा आएका निकटतम भाइ गोत्यारहरुले पनि बलदेव दाइ/भाइ चाडै असामयिक  स्वर्गवास भए पनि घर व्यवहार धान्ने जवान छोरो भैसकेको रहेछ भनेर मेरो मुखमा हेरेर भन्दथे । के भनेको होला कसरी व्यवहार धान्ने होला भनेर  मैले कुरो नबुझे पनि जब मेरो काँधमा जिम्मेवारी, ह्रदयमा इमानदारी र मस्तिष्कमा समझदारी आउँदै गर्दा किशोरावस्था मै परिपक्वता प्रौढ जस्तैः हुन थाले म । घरव्यवहारले थिच्दै जाँदा आफुले आफैलाई बुझाउँदै आफै मरेपछि स्वर्ग देखिन्छ भने जस्तैः आफ्नो गुरु पनि आफै बन्दै जीवन व्यवहारमा फँस्दै  बल्ल पित्त पानी भएर छर्लङ्ग बुझिदो रहेछ । बिचित्र रहेछ यो भौतिक  पुँजीवादी संसार आफै संगका  निकटतम आफन्तका छोराहरू क्याम्पस पढन थालेका आफुभने आफ्नो हलिया आफै बनेको यहि होला प्रारब्ध भाग्यको लेखान्त  भनेको ।  बुबा जिवित छँदा सम्म अर्थात् यो भन्दा पहिला थारुहरुले सबै  खेतमा धान सिनठारो कालो धान र रातो चामल हुने विशेष एकप्रकारको जात छर्ने र एक ढेरी क दुई ढेरी भन्ने परम्परागत थारु चौधरीको उखानलाई गलत सावित गर्न आमाको पल्लो पट्टि डाँडापाखा बाहेक सबै ठाउँमा बीउ राखेर खेताला खोजी  रोप्नु पर्ने ऎलान गर्नुभो । खेतमा व्याड राख्नलाई हली जीतबहादुरले आउँदैन भने । गाउँका चौधरीहरुलाई भन्दा खेतबारी अँधीया नदिएको रिसमा कसैले गरिदिन मानेनन् र अन्ततः आमाले मैलाई धानको ब्याड छर्न भन्नू भयो मैले जान्दैन भन्दा जन्मैदेखी कसले जानेर आएको हुन्छ र ठिक्क पातलो पातलो मिलाएर छर थारुले जस्तो हुरराएर बाक्लो छर्ने होईन भन्नू भो मैले सोही मुताविक छरे । त्यतिबेला सोता सिमखेतमा तिलकी जढन धान रोप्ने गर्दथ्यौ भने रोप्ने ब्याड र पल्लो पट्टी डाँडामा सिम्ठारो छरेको धान असाध्यै राम्रो सिपालु किसानले छरेको जस्तो भएकाले  तत्कालीन दख्खिनघरे हुलाकी काका तिलकबहादुर चौधरीले किसान बाजे भन्ने मेरो उपाधि राखिदिएका थिए ।

कुलोपानी खेतीपाती त असार देखि भदौसम्ममा सकिन्थ्यो परन्तु गोडमेल, सिचाइ कुलोमा पानी कम हुँदा आलोपालो रातभर पानी चाहार्नुपर्ने अवस्था पनि हुन्थ्यो  । बाबू नभएको म  टुहुरालाई मजगाउँका क्षेत्री र चौधरीहरुले पनि हेप्ने गर्दथे तसर्थ मध्यरातमा खेत भरी जलाशय हुने गरि पानी हाल्थे । एकदिन उचाडाँडा तिर पालोमा राती बैदार काकाले पानी चोर्न लाको देखेर मैले पनि चोरेर हाले बिहान् पख हामीलाई पक्डेर बैदारसँग पैसा दण्ड तिर्न नमानेपछी एउटा काँशको थाल र मसँग रु बीस दण्ड जरिवाना तिर्नुपरेको अवस्थाले तत् उप्रान्त पानी चोर्ने काम गरिन । यस्तै गरि बडो मेहनतका साथ खेतीपाती गर्दा त्यस साल एकसय मुरी धान भित्राईयो । एका दुई जना खेताला राखेर धान दाउने पराल ठेगान लगाउने सम्पुर्ण काममा म यसरी दलिन पुगे । हुनत ससाना भएपनि भाइबहिनीहरुले मसँग बराबर काम गर्दथे । तर जति मेरो मनस्थितिमा अध्यारो भविष्यको कालो बादल हर्दम मडारिन्थ्यो भाइबहिनीहरुमा यो केहि थिएन । दु:खम् सुखम् भाइबहिनीहरुप्रति आमाको सन्तानको जस्तो ममता थियो । मेरो पढाईलेखाई अन्त्य भएको घोषणा आमा बारम्बार  गर्नुहुन्थ्यो । पढनै नपाई एसएलसी दिएको सन्दर्भ माथी उल्लेख गरिसकेको छु । अब परिक्षाफल रिजल्ट आउन बाँकी थियो । २०३७ सालको नारायणपुर स्कुलको एसएलसी व्याचमा करिब ६० जनाले एसएलसी दिएकोमा ५ जना उत्तीर्ण भै ५५ जना अनुत्तीर्ण भएकोमा मेरो दुई बिषय अंग्रेजी र गणित लागेको थियो । त्यस साल राम्ररी पढन नपाएकोले अर्को साल राम्ररी पढेर एसएलसी दिन्छु भनेर नारायणपुर स्कुलका हेडसर धैरेनी निवासी मामा भिमकान्त सि लाई भेटेर एकबर्ष पुनः पढने व्यवस्था मिलाईदिनुस् भनेर घरैमा भन्दा अब एसएलसी सेन्ट अप भैसकेको लाई मिल्दैन भनेपछि म झन निराश भै दुई बिषय मात्र व्याक पेपर दिनुपर्नेमा अन्जानवश पुरै बिषय एक्जामटेड भरेर पुनः २०३८ सालमा पनि त्यहीँ दुई बिषय लाग्यो र त्यस साल एक्जामटेड व्यवस्था पनि नपाईने भै पुरै भर्नु पर्ने अब भने एसएलसी पनि मेरो लागि अगम्य फलामको खिया लागेको कहिल्यै उघार्नु नसक्ने बिग्रेको ताल्चा जस्तैः भैसकेपछी आमाले अब यस्ले पढन पनि सकेन । खेतीपाती गर्ने बस्ने भन्ने हिसाबमा जानुभयो । न त बुबा, न आमा, नदाजुभाइ, इष्ट मित्र नकोही सहाय । अब जिसका कोही नहि होता उसका खुदा होता है भन्नुपर्ने अवस्था खुदा नदेखिन्छन् नबोल्छन् । ईश्वरले त्यसलाई मात्र सहायता गर्छन् जस्ले आफ्नो सहायता आफै गर्न सक्छन् भन्ने हितोपदेशको वाक्यांश जस्तैः जीवन सारै कठिन मोडमा उभियो । न त पारी न वारी जीन्दगी भो भारी भन्ने गीत जस्तैः मेरो मनस्थितिमा अब ईण्डिया तिर जाने र उतै लाहुरे बन्ने सोंच पनि घरीघरी आउँथ्यो । घोराही जिल्ला बन कार्यालयमा बनपाले, बेलझुण्डी प्राथमिक बिद्यालयमा शिक्षक फाराम भरेको पनि कतै नभै निष्फल भयो । घोराही तुलसीपुर सडक बनाउने डिएम कन्स्ट्रक्सनमा मेठको काम खोज्न सम्म पुगे । अहँ कतै केही पनि उपाय नचली बाह्रकुने दहको मेलामा चियाको होटल समेत गरि दुई चारसय बनाउँथे । हुनत त्यतिबेला पैंसा अहिले जस्तो आवश्यक थिएन । अन्नपात घरैमा थियो । सामान्य अलिकति खर्च भए पुग्दथ्यो पनि ।

एकदिन यसै बैराग चलेर ठूलो मामा श्री सुन्दर कुमार आचार्य, रोल्पा, लिबाङलाई शिक्षक जागीर खोजिदिने भनेर चिट्ठी पठाए । त्यतिबेला अहिले जस्तो मोबाईल फोन र सामाजिक सञ्जाल केही थिएनन् । कि प्रत्यक्ष भेटनु पर्दथ्यो । कि चिट्ठी पत्रको माध्यमवाट सञ्चार हुन्थ्यो । अरु के नै उपाय थियो र ! चिट्ठी पठाएपछि अब ठुलो मामाले रोल्पातिर शिक्षक बनाउँछन् जस्तो पनि लाग्दथ्यो । तर आकाशको फ़ल आखा तरि मर न हो । त्यसपछि एकपटक आफै लिवाङ जाने बिचार गरे र आमासँग मामाघर जान्छु भन्ने सल्लाहले २०३८ साल बडादशैं पछि जस्तो लाग्छ मामाघर गए । हजुरबुबा हजुरामा लाई भेटेर शिक्षक हुने मन्सुबा राखे । ठुलो मामालाई चिट्ठी पठाको कुरो पनि गरे । हजुरबुबाले त्यस्ले सहयोग गर्दैन । बरु गणेश ज्वाइँ शिक्षा शाखामा काम हुनुहुन्छ । तैंले पनि भन म पनि भन्दिउँला  भनेर भन्नुभयो । त्यतिबेला श्री गणेशप्रसाद सुवेदी सानबा शिक्षा शाखा, रोल्पामा टाईपिष्ट मुखिया पदमा कार्यरत हुनुहुन्थ्यो । हजुरबुबाको घरमा नै वाहाँको डेरा थियो । भोलिपल्ट बिहान् गएर सानबालाई अनुरोध गरे सानबा रोल्पा जिल्लामा कतै अण्डर एसएलसी प्रा.वि.शिक्षक रिक्त छ भने मलाई व्यवस्था गर्दिनु हवस् । बुबा स्वर्गवास भएपछि पढन पनि पाईएन एसएलसी दुई बिषय व्याक छ । घर खर्च र आफ्नो पढाई अगाडि बढाउन जागीर खान पर्ने बाध्यता छ । यति भनेपछि सानबाले हुन्छ म खोज्छु सके जति गर्छु भन्नुभयो । हजुरबुबाले पनि यस्तै कुरा भनिदिनु भएछ र भोलिपल्ट सानबाले मलाई दस बजे खाना खाएर शिक्षा शाखामा नेपाली नागरिकता, एसएलसीको मार्कसिट सर्टिफिकेट सबै लिएर आउनु भन्नुभो । म पनि तत्कालीन  शिक्षा शाखामा गए । त्यहाँ जिल्ला शिक्षा निरीक्षकलाई भेटेर श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, धाङसी, रोल्पाको नियुक्ति पत्र बनाई भोलि शिक्षक हुन धाङसी तर्फ जाने भन्ने सल्लाह भएबमोजिम तयारी गरि भोलिपल्टै बिहानै हजुरबुबाले बाघको शिला हुकुम बहादुर आचार्य हेडमास्टरलाई खोजी वाहाँ संगै जाने निर्णय भयो । अन्ततः प्राथमिक शिक्षकको रुपमा जिल्ला शिक्षा कार्यालयवाट तीन महिना अवधिको नियुक्ति पत्र बोकि रोल्पा धाङसी तिर प्रस्थान गरे । चाहेर वा नचाहेर जीवनमा अर्को घुम्ती शिक्षक बनेर जलजला पहाडको फ़ेदि रोल्पाको बिकट गाउँमा शिक्षक - यात्रा शुरुआत भयो । भोलिपल्ट करिव पाँच घण्टा कहिले तेस्रो र कहिले उकालो बाटो हिडदै जाँदा बल्लतल्ल दस बजेतिर गाउँको पुछारमा ने.रा.प्रा.वि.धाङसी, रोल्पा र सिरानतिर धाङसी गाउँ देखियो । त्यतिबेला मैले अरुले पकाएको खाना खाँदैनथे । रोटीसम्म खान्थे । एकजना गाउँका मुखिया धङसेल बाको घरमा मकैको रोटी र साग खाएर स्कुलतिर लागियो । स्कुलमा करिब २५-३० जना मैला थैला र फाटेको कपडा लगाएका केटाकेटीहरु जम्मा भएको थिए । तहाँका स्थानीय केटाकेटीको बोलचालको भाषा मगर खाम थियो । मैले नेपालीमा पढाउँदा उनिहरुले राम्रोसँग बुझ्दै बुझेनन् । अनि मैले काठको दाउरालाई  सिकाएर के ? भने केटाकेटीले सिङ भने किताबको चित्रमा सानी नानी देखाएर सोधे उनीहरुले बुची भने अनि उनिहरुसँग कलम मागेर के भने पछि उनिहरुले पुङ भने यसरी दाउरा ल्याउ त नानी भन्दा सिङ पुङ बुची भन्ने मगर खाम भाषा बुझियो । तीन महिनामा मैले सामान्य तरिकाले पढाउन समेत जानेको थिए । अहिले भने अरु केहि पनि सम्झना छैन । प्रयोग सिद्ध नभएपछि हरेक कुरा बिस्मृत हुँदो रहेछ । यसरी प्रारम्भिक शिक्षक सेवामा रोल्पा, धाङसीका दिनहरु व्यतीत हुँदै जाँदा एकातिर आफ्नो पढाई अध्ययनको अपुर्णता अर्कोतिर दुर्गममा शिक्षक छँदा शिक्षकहरू जाँडरक्सी खाई रातभर नाच गान मै मस्त व्यस्त देख्दा अहँ अब यसरी उभो लागिदैन भनेर करिब तीनमहिना कार्यरत रहि एसएलसी दिने भनी दाङ तिर झरे । त्यो तीन महिना पनि स्वयंसेवक जस्तैः तलब पनि लिईन र धेरैपटक खबर गर्दा पनि फर्केर गैन । बरु घरतिरै बस्न थालियो । घरमा बस्दा पनि शान्ति भने थिएन । पैसा कमाउनु पर्ने घर व्यवहार हेर्न पैसाको जरुरत पर्ने, बुबाको असामयिक निधन पश्चात् एक्लि आमालाई घर व्यवहारमा दु:ख नै थियो । कहाँ जाउँ के गरुँ कस्लाई भनुँ यस्तै यस्तै नाना तर्क वितर्कहरु मनमा आईरहन्थे परन्तु सहयोगी हात र मनकारी मनहरु थिएनन् । यस्तै हो दुनियाँ बलेको आगो ताप्दछ, गुन गर्न पछाडि हटने जस आफुले लिन खोज्ने अपजस अरुलाई दिने । कलिलो उमेरमा बुबाको देहावसान पश्चात् चौतर्फी जिम्मेवारीले घेरेको थियो । गतिशील कहिल्यै नरोकिने समय पन्छिको आफ्नै तालको साथमा मेरो मनभित्र हर्दम छट्पटी बेचैनी साथ दिनहरु बित्दै थियो ।

यस्तै क्रममा बि.सं. २०३९ साल फागुनको सुरुताका हिउँदे बाली मसुरो, गहुँ जौं भित्र्याउने समय थियो । उदयपुर प्युठान तिराम वाट ठुली ठुलीआमा छोरा दाजी तुलसीराम अधिकारी साझपख पैदलै हिडेर हाम्रो घरमा टुप्लुक्क आई पुग्नुभो ।  अनि दाजीसँग भेटघाट भलाकुसारी पनि भयो । दाजीले मलाई सोध्नुभयो - भाइ एसएलसी दिएको के भयो ? मैले भने के हुने दाजी बुबाको देहावसान पश्चात्  खेतीपाती गर्दा  एसएलसीको संघारमा आएको करिब ६-७ महिना पढाइ छुट्यो । न त नियमित बिद्यालयमा पढ्न पाईयो न ट्युसन कोचिङ पढ्न पाईयो यतिमात्र हो र एसएलसी  बोर्ड परीक्षा दिन पनि घरैबाट हिडेर घोराही भरतपुर जानुपर्ने अझ मकै, धानको  खेतीपाती गर्दागर्दै म त अब अब हलि भए दाजी दुई बिषय अंग्रेजी र गणित व्याक लागेको छ । फ़ेरि एकबर्ष पढ्छु भन्दा हेडमास्टर मामा भिमकान्तले पढ्न पनि मिल्दैन भने म त बरबाद भए दाजी । तुलसीराम दाजीले भन्नू भो भाइ सानबा वितेर त्यत्रो दु:ख व्यहोरेर पनि दुई बिषय बाहेक अरु सबै बिषय पास गर्ने तँ त विद्वान रैछ भाइ । मेरो बुबा आमा पनि जिउँदो जाग्दो हुनुहुन्छ, पहाड भएपनि घरमा नपुग्दो केहि पनि छैन तर एक बिषय त्यो पनि स्वास्थ्य शारीरिक शिक्षा मात्र पास भए भनेर भनेपछि मैले प्रतिप्रश्न गरे किन दाजी त्यस्तो ? भनेपछि दाजीले सहज रूपमा भन्नू भो पढ्ने मनै लाग्दैन, उपद्रो गर्दै बरालिएर हिंडेर । म तीन  छक्क परे संसार बिचित्र रहेछ कसैलाई अवसर हुँदा पनि त्यस्को उच्चतम उपयोग छैन कसैलाई अवसर नै छैन यहि होला दैवको बिधान भन्ने पनि यी र यस्तै कुराहरुमा त रैछ प्रारब्ध, भाग्य अर्थात् लेखान्त । त्यसपछि धेरै बेर सम्म दाजी र मौनता साथ बसि रह्यौं । केहि बेरपछी मौनतालाई तोडदै तुलसीराम दाजी भाइ त्यसो भए प्युठान तिर मास्टर हुन जाने होईन त ! दाइ मेरो यस्तो पढाईलाई कस्ले बनाउँछ र मास्टर ? दाजीले भन्नुभयो - भाइ अहिले शिक्षा मन्त्रालयले २ बिषयसम्म व्याक भएको लाई अण्डर एसएलसी मास्टर बनाउँछ । हाम्रै प्युठान जिल्लामा पनि धेरै दरबन्दी खाली छन् । लौ मसँग हिंड आफ्नै बाबू बाजेको थलोमा तँलाई प्राथमिक विद्यालयमा शिक्षक म बनाउँछु । दाजीले यति भन्दा मैले यी धेरै बुझक्की रहेछन् । पढाइ कम भएर के भो त यिनले धेरै ठुला कुरा गरे । मनमनै सोचे । मेरो मौनता देखेर दाजीले भन्नू भो के सोचीराछस् भाइ मैले पनि तत्कालै भने दाजी तपाईले अघिमात्र बरालिएर हिड्छु भन्नुहुन्थ्यो । अनि यति ठुला र महत्वपूर्ण कुरा गर्ने मान्छे पनि कहिँ बरालिएर हिंड्छ । अनि दाजीले मुस्कुराउदै भन्नू भो भाइ वसन्त म अहिले तिराम गाउँ पञ्चायत वार्ड नं.३ तल्लोतिरामको वार्डाध्यक्ष पनि छु नि त त्यहाँ हाम्रै साहिला बा तिमीलेका धनेश्वर अधिकारी प्रधानपञ्च हुनुहुन्छ वाहाँको सहयोग लिएर भएपनि तँलाई पक्का मास्टर बनाउँछु लौं हिड् । अब भने दाजीले गाँठी कुरो गर्नुभो । मलाई पनि आफ्नो बाबू बाजेको पितृभुमिमा शिक्षक भै जान अत्यन्तै गौरव जाग्रीत भयो । त्यसपछि मैले भने दाजी अब त्यसो भए आमासँग सल्लाह मागौं भने ।

दुवै दाजुभाइले आमासँग सल्लाह माग्ने सल्लाह गरे पछि दाजीले आमालाई भन्नुभो - सानीमा यो बसन्ते भाइलाई मास्टर बनाउन म तिराममा लैजान्छु । तर आमाले ठाडै इन्कार गर्नुभो र भन्नुभो घरको जेठो छोरो यो मास्टर हुन गएपछि घर व्यवहार कस्ले हेर्छ ? खेतीबारी, भाइबहिनीको देखभाल । त्यसमा पनि त्यो मास्टर भएर कति पैसा आउँला त्यस्ले के भाइबहिनीको लालनपालन पढाइ खर्च,  नुन, तेल, लुगाफाटो पुग्छ ? पढे पढाए कौनै काम हलो जोते खेतीबारी गरे मामै माम । भैगो तुल्सीराम  भाइलाई लैजाने कुरा नगर यति आमाले भनेपछि म त निराश भए तुल्सीराम दाइले भैगो त त्यसो भा भन्नू भो र हामी छुट्टीयौ । तुलसीराम दाईले म भोलि बिहानै हिंडछु मलाई खाना  बनाउनु पर्दैन । बहिनी कल्पना  कहाँ रझेना घोराही गएर खाना खाएर पहाड तिर लाग्छु भन्नू भो । म राती दाजी तुलसीराम सँग सुते दाजी निदाईसक्नु भो मेरो मनमा कुरा खेलिरहे । हरे शिव ! अब म सधैं हलिया भएर बस्नुपर्‍यो । आमाले पहाडमा मास्टर हुन जान पनि नदिने भइन ! अब लाहुर जानपर्ला भन्ने सोंच्दा सोच्दै भुसुक्क निदाएछु बिहान् चार बजे भाले बासिरहेको भोरमा तुलसीराम दाजीले झक्काउँदा बल्लतल्ल गहिरो निन्द्रावाट व्युतिए । मस्त निन्द्रामा सपना देखिरहेको रहेछु म त लाहुर गैराको रे कति ठूलो झिलिमिली शहर नभाषा बुझ्छु न मान्छे चिन्छु अलमल परिरहेको थिए । यत्तिकैमा तुलसीराम दाजीले भन्नुभो ल भाइ अब तेरा एसएलसीका मार्कसिट, नागरिकता आदि कागतपत्र र लगाउने लत्ता कपडा बोक जाम तिराम भन्नू भो । मैले भने फ़ेरि आमा रिसाउनु हुन्छ । दाजीले भन्नुभो सानिमालाई थाहै हुँदैन । छिटो तयार भएर हिंड । त्यसपछि मलाई त के खोज्छस् काना आँखो भने झै मत सैनिकको तयारी जस्तैः शिघ्रातिशिघ्र तयारी भए । दाजीले सानिमा म गए । भन्नू भो र हामी दाजुभाइ झिसमिसेमा मजगाउँवाट फटाफट घोराही हुँदै तिराम जाने बाटो लाग्यौं ।

बाटोमा मैले दाजीलाई भने दाजी आमाको अनिच्छामा यसरी आउँदा मलाई डर लागिरहेको छ । दाजीले भन्नू भो भाइ बाबु  आमाको आज्ञाकारी भएर छोराको व्यवहार चल्दैन । बाबुआमा ले छोराछोरी लाई सधै सानो देख्छन् र आफ्ना आँखा वरिपरि देख्न चाहन्छन् । जे भाछ राम्रै भाछ अझै राम्रो हुनेछ । आज दुई भाइको यात्रा जम्नेछ । अब हामी रझेना कल्पना बहिनी कहाँ गएर खाना खाएर सिस्नेखोला, हर्नोक, कमिरेचौर, मुर्कुटी, पाच्छाभिर हुँदै उपल्लोतिराम वाट तल्लो तिराम राईपाल पुग्छौ भरे साझसम्म । वास्तवमा यो भन्दा पहिला म एकपटक तिराम गएको थिए । आमाले मुकुन्द दाइसँग पठाएर माहिलो बासँग बुबाको सम्पत्ति माग्न । माहिल बाले तेरो बाबुले हक छोडेर गएको छ । स्वर्गद्वारीमा वेद्वा पढ्दाको तेरो बा को वेदको किताब छ लौ लिएर जा । सम्पत्ति नै खोज्ने हो भने मुद्दा  गर । दाङको तिमीहरूको पनि बण्डा गर्नुपर्ला भनेर भनेपछि मैले त्यै खबर आमालाई लिएर आको बेला एकपटक गएको थिए । त्यतिबेला तिराम राम्रोसँग घुमेको पनि थिएन र अरुकसैलाई चिनेको पनि थिएन । फर्कदा मुकुन्द दाइ नफर्की एकलै फर्केको थिए । अब आफ्नो पू्र्खाको थलोमा मास्टर हुन जाने भनेर अर्कै खुशी उत्पन्न भएको थियो, मन उल्लास थियो । दाजीका कुरा सुनेर ढुक्क पनि थिए । दुवै दाजुभाइ रझेना आई कल्पना दिदी कहाँ बिहान् ८:०० बजेतिर आई अलि चाँडै भात खाइवरी करिब नौ बजेतिर तिराम तिरको यात्रा तय गरेउ । बाटोमा दुवै दाजुभाइ रमाइलो गरि गफिदै गयौं । पहाडी बाटो सिस्नेखोलावाट उभो लागि हर्नोक नपुग्दासम्म बनै बन ठाडो उकालो । त्यसपछि मुर्कुटीसम्म तेर्सो बाटो ।  यो कुरा बि.सं. २०३९ साल फागुन महिनाको हो । त्यतिबेला दाङ प्युठान मोटरवाटो पनि थिएन । पैदलमार्ग जानुपर्दथ्यो । मुर्कुटी पुगेपछि एउटा होटलमा पुग्यौं  । दाइले भोक पनि असाध्य लाग्यो अब के खाने  भाइ भनेर सोधेपछी मैले चिउरा खाउ दाइ भनेर  दूध र चिउरा खायौं । एकक्षणको आराम पश्चात् पाच्छाभिर हुँदै उपल्लोतिराम पुगि साझ करिव छ बजेतिर जाँदाजाँदै गोकर्ण सानबाको घर पसेर भुटेको मकै भट्ट र मोहीखाई तुलसीराम दाजी धोबाघाटमा शिक्षक रिक्त छ कि छैन काका भनेर  गोकर्ण काका लाई सोध्दा भर्खरै हिजोमात्र एकजना भर्णा भैसके भनेपछि अब यो वसन्ते भाइलाइ कहाँ भर्णा गर्ने होला त  हाईकोटे यमप्रसादले पढाउने सिमलचौर, थक्लेनीमा खालीछ अब त्यै गरे हुन्छ भन्ने सल्लाह दिनु भयो । हाईकोटे यमप्रसादले हाम्ले भन्या नमान्लान् । प्रधानपञ्च श्री धनेश्वर साहिलदाइ लाई भनि थक्लेनीमा उपप्रधानपञ्च श्री तिलबहादुर ठेडीलाई भन्न लगाउनु । उपल्लो तिराममा घरबास भएका  तत्कालीन श्री ने.रा.प्रा.वि. धोबाघाट उदयपुरकोटका प्रधानाध्यापक तथा शिक्षक श्री गोकर्ण अधिकारी काकाको सल्लाह बमोजिम हामी दुई भाइ  पनि सिधै तिमीले प्रधानपञ्च श्री धनेश्वर उपाध्याय अधिकारीलाई भेटन सिधैं वाहाँकै निवास तिर हानियौं ।

बेलुका सन्ध्याकालिन समय थियो । सुर्यास्त भैसकेको रात परिनसकेको गोधुली अवस्था र धनेश्वर साहिल बा ले तहाँ एकजना बिएससी शिक्षक बाराणसी भारत निवासी श्री शिवपुजन बिश्वकर्मासँग चिनापर्ची गराउनु भयो । बिश्वकर्मा भएपनी जनैधारी र नित्य स्नान आजापुजा गरेर मात्र खाना खाने सरसँगको परिचय र वाहाँ धनेश्वर साहिंला बा को अर्को घरमा बस्ने छोराछोरीलाई बिहान बेलुकी पढाईदिने खानपिनको प्रवन्ध धनेश्वर साहिला बाले मिलाईदिएको कुरा र केही बिकास योजनाका राजनीतिक कुरा तुलसीराम दाजीसँग गरेको मलाई अहिले पनि ताजा स्मरणमा  रहेको छ ।  त्यहाँ प्रधानपञ्च धनेश्वर साहिला बा सँग चिनापर्ची ढोग भेट गरि तुलसीराम दाजीले साहिला बा यो बसन्त सान्चौर लोकराजका भाइ साहिला बलदेव प्रसाद अधिकारीको जेठो छोरो हो । तीनबर्ष पहिला २०३६ साल फागुनमा सानबा स्वर्गवास हुनुभयो ।  यो मुनिका ससाना भाइबहिनीहरु  छन् । पढाइमा राम्रो भए पनि दस कक्षामा धेरै समय पढाइ छुटेर एसएलसीमा यस्को दुई बिषय व्याकमा छ । बिद्यालय व्यवस्थापन समितिले नियुक्ति गरेपछि जिल्ला पञ्चाय सचिवालय, शिक्षा शाखाले नियुक्ति  समर्थन गर्छ । यो मेरो सानिमाको छोरो भाइ पनि हो जसरी भएपनि यो भाइलाई  शिक्षक बनाउनु पर्यो भनेर यति  सबै वृतान्त भनेपछि प्रधानपञ्च धनेश्वर अधिकारीले उपप्रधानपञ्च तथा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष  श्री तीलबहादुर ठेडीको नाममा लेखिएको पत्र लिई सो दिन राईपाल ठुलीआमा घर बसी भोलिपल्ट दाजुभाइ बिहानै ७ बजे नास्ता खाई सिमलचौरको ओरालो घना सालको बन बाघ चितुवाको स्वर आउने करिब सवा घण्टाको ठाडो उकालो बनको बाटो, बाटादेखी माथी तिर अधिकांश क्षत्रीहरुको घर बसोबास भएको सिमलचौर गाउँ त्यहाँवाट तेस्रो आधा घण्टाको माण्डवी नदी अर्थात् स्थानीय भाषामा माडी नदीको किनारै किनार हिंडदै  करिब  ९ बजेतिर श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, सिमलचौर, थक्लेनी पुगि त्यहाँ स्कुलको पाले श्री प्रेमबहादुर ठेडी मगरलाई बोलाहट गर्न लगाई बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री तिलबहादुर ठेडी मगर, सदस्य श्री सन्तबहादुर थापा मगर र  बिद्यालय समयमा प्रधानाध्यापक श्री यमप्रसाद शर्मालाई भेलागरी श्री ने.रा.प्राथमिक बिद्यालय, सिमलचौर, थक्लेनीको प्राथमिक दरबन्दीमा अस्थायी शिक्षक पदमा नियुक्ति गरि तहाँ बिद्यालयकै छात्रावास आवासमा बस्ने गरि व्यवस्था गरि शुक्रबार - शनिबार पट्यार लागेपछि तिराम तिर आउनु भाइ भनि तिराम तिर लाग्नुभयो । हुनत करिब तीन महिना मात्र यश पुर्व धाङसी, रोल्पामा अध्यापन गरेपनि तिराम आफ्नै बाबु बाजेको थात थलो सबैले यहीँ तिरामकै अधिकारी प्रधानपञ्चको आफ्नै वंश भनेपछि मेरो छुट्टै सान मान रह्यो । अब याहाँ म केही समय टिकेर बस्छु जस्तो पनि अब अफ्नैपनको गौरव जागृति भयो ।

अब आत्मवृतान्त : स्वर्णिम चमत्कारिक वाल्यकालको स्मृतिलाई यहीँ अन्त्य गर्दै मेरा युवावस्थाका संघर्षका आत्मकथा शीर्षक अनुरुप यो धारावाहिक शृङ्खला नियमित गर्नेछु ।
अब क्रमशःअर्को शीर्षकमा  

Me Basanta Raj Adhikari


Comments

Post a Comment