१८४. एकान्तमा स्वमुल्याङ्कन गर्दा सबै तत्व स्वयं खुल्छ

 एकान्तमा स्वमुल्याङ्कन गर्दा सबै तत्व स्वयं खुल्छ

            
✍️ वसन्तराज अधिकारी
दाङ घोराही @ कीर्तिपुर, काठमाण्डौं
देख्दा मानिस स्वार्थी प्राणी, किन्तु अध्यात्मिक । मेलमिलापमा मानिस भन्दा, को छ  सदविवेक ।।१।। ज्ञान बिज्ञान कर्म धर्म, मानिसकै हुन उपक्रम । स्वार्थ अहंकार त्यागे पश्चात, पद प्राप्ती परब्रह्म ।।२।। सभ्यताको शृङ्खलामा तपश्वी हो, मानव जाती । धर्म विवेक सत्य न्याय, मानवताको परम साथी ।।३।। एउटा मात्र जीवन हैन जीवन, जीवनान्तर कथा । बुझ्न सक्नुपर्छ मानवताका, रोदन दु:ख दर्द  व्यथा ।।४।। तर, पनि किन अनिर्णयको, बन्दी बनि मानव भुल्छ ।२ एकान्तको स्वमुल्याङ्कन गर्दा, सबै तत्व स्वयं खुल्छ ।।५।।२ रचनाकार: बसन्तराज अधिकारी स्थान: दाङ, घोराही @ कीर्तिपुर, काठमाडौंं मिति: २०७७/०५/१४ आइतबार

Comments