२०५. चण्डी: दुर्गासप्तशती भावार्थ [तात्पर्य] दुर्गा कवच अर्गलास्तोत्रम, कीलक स्तोत्रम र दुर्गा सप्तशती : चण्डी महात्म्य [सरल नेपाली भाषामा]
चण्डी: दुर्गासप्तशती
भावार्थ [तात्पर्य]
दुर्गा कवच अर्गलास्तोत्रम, कीलक स्तोत्रम र दुर्गा सप्तशती : चण्डी महात्म्य [सरल नेपाली भाषामा]
✍️ चैते दशैं, २०७८ को शुभकामना @ तुलसीपुर, दाङ |
दुर्गा कवच
'कवच' शब्दले अंग रक्षाको साधन भन्ने बुझिन्छ । कवच पहिरिए पछि शत्रुहरुले प्रहार गरेका अस्त्रहरुले पनि छुन सक्तैनन र आत्मरक्षा सजिलैसँग हुन्छ । लडाई होस वा अन्य कुनै ठाउँ होस त्यस ठाउँमा प्रवेश गर्दा नै कवच पहिरिनु जरुरी हुन आउँछ । कवच बिना बिजय पाउनलाई मुस्किल पर्दछ अर्थात कवच बिना बिजय पाउँनेछु भन्ने वेकारको आशा मात्र हो । यसैले भनिएको छ "जपेत सप्तशतीं चण्डिं कृत्वा तु कवचं पूरा । निर्विघ्नेन भवेत शिध्दि चण्डी जप समुदभवा" तात्पर्य यो हो कि सप्तशती चण्डी पाठ गर्नु अगाडि "दुर्गा कवच" पाठ गर्नु अनिवार्य ठानिएको छ । कवच पाठ गर्नु घेरावन्दी गर्नु समान हो । कवच पाठ गर्ने कार्यले चण्डी जप र पाठको कार्यमा बिघ्न बाधा आईपर्दैन सफलता सिध्दी प्राप्त हुने गर्दछ । बिशेष गरेर पाठकर्ता वा अनुष्ठानकर्ता कुन चाहिँ शारीरिक अङग र अवयबहरुमा कुन देवीले संरक्षण दिनु पर्दछ भन्ने बिषय बस्तुहरु दुर्गा कवचमा सङ्गालिएका छन ।
अर्गलास्तोत्रम
~~~~~~~~~
अर्गल शब्दले ढोकाको आग्लोलाई बुझाउँछ । जसरी आग्लो बन्द गरे पछि (लगाएपछी) सरासर घर भित्र पस्न कुनै पनि मान्छे सक्तैन । त्यसैगरी देवी महात्म्यलाई पाठ गर्नु अगाडि अर्गला स्तोत्रमलाई पाठ गर्दा बिषयान्तर तर्फ चित्त नजाने हुन्छ । बाहिरी बिषयमा मन लगाउने र चञ्चल मन भएको मान्छेलाई चण्डी तत्वमा प्रवेश गर्न गाह्रो पर्दछ । यहि सत्य तथ्य बिषयलाई ह्रदयाङगम गरेर पुर्वाचार्यहरुले चण्डी पाठ गर्नु भन्दा पहिले अर्गलास्तोत्र पाठ गर्नु पर्छ भन्ने प्रावधान बनाएका हुन ।
अथ कीलक स्तोत्रम
'कीलक' शब्दको अर्थ अभिष्ट सिध्दिमा आईपर्ने व्यवधानलाई फुकाईदिनु हो । सामान्यतया यसलाई 'श्राप' भने पनि हुन्छ । गायत्री आदि अनेक प्रसिध्द मन्त्रहरुमा कुनै न कुनै ॠषि वा देवताको श्राप हुन्छ । साथै यो श्रापवाट कसरी उम्कन सकिन्छ भन्ने बारे पनि उल्लेख गरिएको छ । भगवतीको यो 'किलक' स्तुति पनि श्रापोध्दारको बिषय हो । सप्तसती मन्त्रात्मक देवी महात्ममा पनि महादेवद्वारा स्थापित किलक छन । यी किलकहरुलाई नपन्छाएर गरिएको देवी महात्म्यको पाठ फलदायी हुँदैन । कुन क्षेत्रमा बढेर (गएर) कसरी उपयुक्त मानसिकता बनाउँने, कुन उपाय अवलम्बन गरेर चण्डी तत्वमा प्रवेश गर्दा अभिष्टसिध्दी हुन्छ । यिनै कुराको प्रतिपादन कीलक स्तोत्रद्वारा गरिएको छ ।
दुर्गा सप्तशती
[सप्तशती सन्दर्भ : द्वैपायन शिष्य भगवान जैमिनीले व्यासवाट प्रायः सवै धर्महरुका स्वरुप बारे अवगत गरेपछी पनि बाँकी अन्य कतिपय धर्महरुका स्वरुप थाहा पाउने मनशायले मार्कण्य ॠषिलाई बताईदिन आग्रह गरे । परन्तु भगवानको आराधना (पुजा) गर्नमा तल्लीन भैरहेका मार्कण्डे ॠषिले आफू बेफुर्सद भएको कारणले विन्ध्याचलमा रही रहेका चारवटा पन्छीहरु कहाँ आठौं मन्वन्तरका कथाहरु जैमिनी मुनिलाई राम्रोसंग बताईदिनु भन्ने खवर पठाए । ती चार वटै पन्छिहरुले पनि मार्कण्डेय ॠषि र भागुरिका वातचितमा सुनेका कथाहरु जैमिनीलाई सुनाईदिए । पंन्छीहरुले जैमिनीलाई सुनाएको कथा नै मेघा ॠषिले राजा सुरथ र समाधी नाम गरेको दैत्यलाई सुनाएका थिए जुन यस सप्तशतीमा बर्णित छ ।]
✍️ साभार : नेपालीमा चण्डी: दुर्गासप्तशती मदनप्रसाद अर्यालको पुस्तकवाट साभार
बसन्तराज अधिकारी
दुर्गा सप्तशती : चण्डी
(सरल नेपाली भाषामा)
प्रथम अध्याय
जुन बेला कल्पान्तर प्रलय थियो । भगवान श्री बिष्णु समुन्द्र वीच शेष नागमाथि योग निद्रामा रहि मस्तसंग सुती रहनु हुन्थ्यो । त्यसैबेला देवताहरुको कामहरू लाई सफल गराउँन उनै योग निद्रा देवी भगवती नित्या भन्ने नाउँले लोकमा प्रकट हुनुभयो । कल्पको अन्त्यमा जुनबेला सम्पुर्ण जगत एउटै महासागरमा डुबिरहेको थियो । त्यसैबेला सबैका स्वामी भगवान श्री बिष्णु शेष नागको शैयामा (बिछौनामा) योग निद्राको आश्रय लिई शुकला गर्नु भएको थियो । त्यसै बखत भगवानका कानेगुजीवाट डर लाग्दा मधु कैटभ नाम गरेका दुई दैत्य प्रकट भएका थिए । शेषशायी भगवान बिष्णुको नाभिवाट कमल उमर्यो । सोही कमलको फुलमाथी प्रजापति ब्रम्हा प्रकट भै बसेका थिए । ती दुबै दुष्ट दानव मधु र कैटभले ब्रम्हाजीलाई मार्न खोजे । कमल माथि बसिरहेका ब्रम्हाजीले दुबै मधु र कैटभ दैत्य आफुलाई मार्न अगाडि सर्दै रहेको देखे । जनार्दन बिष्णु पनि निद्रामा मस्त भएको चाल पाएपछि ब्रम्हाले एकाग्र चित्त लगाई योगमाया भगवतीको ध्यान गरेर महामायालाई खुशी तुल्याए ।
हरिको आँखा भित्र घर जमाएकी यस चराचर जगतलाई धारण गर्ने, पालन गर्ने संहार गर्ने काम पनि यिनवाटै हुने गरेको छ । यिनी प्रभु श्री बिष्णुको महा तेज छिन । ब्रम्हाणीले बिश्वेश्वरी निद्रा भगवतीको श्री बिष्णु लाई बिउझाउँना खातिर एकाग्र चित्तले आराधना गर्न थाले ।
ब्र्मोवाच [ब्रम्हाजीले भन्नुभयो] हे देवी ! तिमी स्वाहा, तिमी स्वधा, प्रणव 'अ उ म' 'ओँ' यी तीन मात्राका रूपमा तिमी नै अवस्थित छौं । जुन बिशेष रुपले उच्चारण हुँदैन । त्यो नित्य अर्धमात्रामा तिमी नै रहेकी छौं । सन्ध्या, सावित्री र सबैकी जननी पनि तिमी नै हौं । यश संसारलाई शृजना गर्ने धारणा गर्ने अर्थात जगतको सृष्टि स्थिति दुबै काम तिमीवाट नै हुने गरेको छ । हे देवी ! तिमीद्वारा नै यश जगतको सिर्जना, पालना हुने गर्दछ र कल्पको अन्त हुँदा बिनाश समेत हुने गरेको छ । जगतको शृजनाका बखत तपाई सृष्टि स्वरुपकी, पालनाका बखतमा स्थिति रुपकी संहारका समयमा संहृति रुपकी हुनुहुन्छ । महा विद्या, महामाया, महामेघा, महास्मृति, महामोह, महादेवी र महासुरी नामका देवी रुप पनि हजुर कै हो ।
सत्व, रज,तम आदि तिनवटै गुणहरु पैदा गर्ने सबैकी प्रकृति पनि तिमी नै हौं । बोध (ज्ञान स्वरुपा बुद्धि र ईश्वरी श्री र -ह्री पनि तपाई नै हुनुहुन्छ । तपाईं लज्जा, पुष्टि, तुष्टि शान्ति र क्षान्ति पनि हुनुहुन्छ । डरलाग्दो खड्ग बोकेकी, शुल लिएकी अनि गदा र चक्र पनि समाउने गर्नुहुन्छ । शंख लिनु हुन्छ धनुर्वाण, भुसुण्डि, परिध आयुध सहित पनि हुनुहुन्छ । तपाई खुव राम्री होईन परम सुन्दरी हुनुहुन्छ । संसारका सम्पुर्ण सुन्दर पदार्थहरु भन्दा पनि अति नै सुन्दर हुनुहुन्छ । परा अपरा सृष्टिकि परमेश्वरी पनि तपाईं नै हुनुहुन्छ । सबैकी आत्मा स्वरुपले रहेकी हे देवी ! जहाँ कहीं पनि सत् र असत् जे जति बस्तुहरु छन तिनमा जुन शक्ति छ त्यो शक्ति तिमी नै हौं । तिमी के कसरी स्तुति गरिन्छेउ र ? जसले यस जगतलाई सृष्टि गरे पालन गर्दैछन र संहार पनि गर्ने गर्दछन त्यस्ता भगवान नारायणलाई पनि जुन तिमीले निद्राका बशमा गरायौं त्यस्ती तिमीलाई स्तुति गर्न को पो यस संसारमा समर्थवान होला र ? विष्णु्लाई, म (ब्रम्हा) लाई, महादेव समेतलाई शरीर धारण गर्ने तिमीले नै गराएकी हौ । अनि तिम्रो स्तुति गर्ने शक्ति वा सामर्थ्य कसमा होला ? हे उदार स्वरुपा देवी ! भगवती ! यसरी तपाईको स्तुति म (ब्रम्हा) गर्दछु ।
हे देवी योगमाया ! तपाईले तुरुन्तै यी दुबै दुष्ट दैत्य #मधु_र_कैटभलाई मोहको जालमा फँसाएर मस्त निद्रामा परिरहनु भएका #श्री_बिष्णुलाई बिउझाउँनुस साथै म (ब्रम्हा) लाई मार्न उद्यत दुबै दैत्यलाई मारी दिनकालागी वाहाँलाई उत्प्रेरित पार्नुस । यस प्रकारसंग ब्रम्हाजीद्वारा तामसी देवीको भजन, कीर्तन र स्तुति आदि गरिएका थिए । हे राजन ! त्यसैबेला मधु कैटभलाई मार्नकालागी श्री बिष्णुलाई जागा गराउँन ब्रम्हाजीले देवी योगनिद्राको स्तुति गर्नु भयो । शेषशायी भगवानको आँखा, मुख, नाक, हात, ह्रदय र बक्षस्थलवाट निस्केर अव्यक्त जन्मा भगवती ब्रम्हाजीका सामुन्ये खडा पनि हुनुभएको थियो । स्तुति गरि सकेपछि ब्रम्हाजीका सामुन्ने देवी योगमाया खडा भइन । भगवान श्री हरि पनि निद्रावाट व्युझिएर उठनु भयो । एकार्णव जलमा शेषनागको शैयावाट उठेर भगवान श्री बिष्णुले अत्यन्तै बलशाली पराक्रमी दुबै दैत्य मधु र कैटभलाई देख्नु भयो । दुबै दानव मधु र कैटभले क्रोध गर्दै राताराता आँखा पारिरहेका थिए । ती दुबैले ब्रम्हाजीलाई मार्ने उद्योग पनि गरि रहेको देखे पछि शेष नाग माथि शयन गरी रहनु भएका भगवान श्री हरि पनि उठ्नु भयो र ती दुबैसंग लडन थाल्नु भएको थियो।
भगवान श्रीहरिले पाँच हजार बर्षसम्म हस्त युद्ध (मुठी प्रहारको लडाइ जस्लाई अहिले बक्सिङ्ग भन्ने गरिन्छ) गर्नु भयो । लडाई नटुङ्गिने बिचार गरेर महामायाले ती दुबै दैत्यलाई मोहित पार्नु भयो मोहवश मधु र कैटभले "हे बिष्णु ! तेरो वीरताले सन्तुष्ट भयौं, हामीसँग इच्छा भएको वर माग" भनेर प्रभु केशव लाई भने । यदि आज मेरा उपर तिमी दुबै दैत्य प्रसन्न भएका छौ भने मद्वारा नै मरिने होउ । यहाँ अरु बर्दानको कुनै मतलव छैन । म यत्तिकै बरदान माग्दछु । महामायाको मोहजालले जेलिएर ठगिएका दुबै दानव मधु र कैटभले त्यस बखत सबै जगत जलाम्मे देखेर कमलनयन भगवानसंग भने जहाँ पृथ्वी जलले डुबेको छैन त्यही ओभानो ठाउँमा लगेर हामीलाई मार । हे दैत्य हो तिमी दुबै ले भनेजस्तै नभिजेको ओभानो ठाउँमा नै मार्दछु । "हुन्छ" भनी शङ्ख, चक्र, गदा बोक्नु भएका श्री हरिले भन्नुभयो । त्यस पछि आफ्नो जांघमा (तिघ्रामा) दुबै दैत्यलाई राख्दै चक्रद्वारा टाउको छिनाल्नु (काटिदिनु) भएको थियो । देवी महामाया ब्रम्हाजीको स्तुति ले स्वयं उत्पन्न भएकी थिईन । उनका प्रभाव बारे म पुनः तिमीलाई बताउँदछु लौ सुन ।
मार्कण्डेय पुराणको सावराणिक मन्वन्तर देवी महात्म्यको मधुकैटभ बध दुर्गा सप्तशतीको पहिलो अध्याय पूरा भयो । चण्डी: दुर्गासप्तशती
भावार्थ [तात्पर्य]
दुर्गा कवच अर्गलास्तोत्रम, कीलक स्तोत्रम र दुर्गा सप्तशती : चण्डी महात्म्य [सरल नेपाली भाषामा]
दुर्गा कवच
'कवच' शब्दले अंग रक्षाको साधन भन्ने बुझिन्छ । कवच पहिरिए पछि शत्रुहरुले प्रहार गरेका अस्त्रहरुले पनि छुन सक्तैनन र आत्मरक्षा सजिलैसँग हुन्छ । लडाई होस वा अन्य कुनै ठाउँ होस त्यस ठाउँमा प्रवेश गर्दा नै कवच पहिरिनु जरुरी हुन आउँछ । कवच बिना बिजय पाउनलाई मुस्किल पर्दछ अर्थात कवच बिना बिजय पाउँनेछु भन्ने वेकारको आशा मात्र हो । यसैले भनिएको छ "जपेत सप्तशतीं चण्डिं कृत्वा तु कवचं पूरा । निर्विघ्नेन भवेत शिध्दि चण्डी जप समुदभवा" तात्पर्य यो हो कि सप्तशती चण्डी पाठ गर्नु अगाडि "दुर्गा कवच" पाठ गर्नु अनिवार्य ठानिएको छ । कवच पाठ गर्नु घेरावन्दी गर्नु समान हो । कवच पाठ गर्ने कार्यले चण्डी जप र पाठको कार्यमा बिघ्न बाधा आईपर्दैन सफलता सिध्दी प्राप्त हुने गर्दछ । बिशेष गरेर पाठकर्ता वा अनुष्ठानकर्ता कुन चाहिँ शारीरिक अङग र अवयबहरुमा कुन देवीले संरक्षण दिनु पर्दछ भन्ने बिषय बस्तुहरु दुर्गा कवचमा सङ्गालिएका छन ।
अर्गलास्तोत्रम
~~~~~~~~~
अर्गल शब्दले ढोकाको आग्लोलाई बुझाउँछ । जसरी आग्लो बन्द गरे पछि (लगाएपछी) सरासर घर भित्र पस्न कुनै पनि मान्छे सक्तैन । त्यसैगरी देवी महात्म्यलाई पाठ गर्नु अगाडि अर्गला स्तोत्रमलाई पाठ गर्दा बिषयान्तर तर्फ चित्त नजाने हुन्छ । बाहिरी बिषयमा मन लगाउने र चञ्चल मन भएको मान्छेलाई चण्डी तत्वमा प्रवेश गर्न गाह्रो पर्दछ । यहि सत्य तथ्य बिषयलाई ह्रदयाङगम गरेर पुर्वाचार्यहरुले चण्डी पाठ गर्नु भन्दा पहिले अर्गलास्तोत्र पाठ गर्नु पर्छ भन्ने प्रावधान बनाएका हुन ।
अथ कीलक स्तोत्रम
'कीलक' शब्दको अर्थ अभिष्ट सिध्दिमा आईपर्ने व्यवधानलाई फुकाईदिनु हो । सामान्यतया यसलाई 'श्राप' भने पनि हुन्छ । गायत्री आदि अनेक प्रसिध्द मन्त्रहरुमा कुनै न कुनै ॠषि वा देवताको श्राप हुन्छ । साथै यो श्रापवाट कसरी उम्कन सकिन्छ भन्ने बारे पनि उल्लेख गरिएको छ । भगवतीको यो 'किलक' स्तुति पनि श्रापोध्दारको बिषय हो । सप्तसती मन्त्रात्मक देवी महात्ममा पनि महादेवद्वारा स्थापित किलक छन । यी किलकहरुलाई नपन्छाएर गरिएको देवी महात्म्यको पाठ फलदायी हुँदैन । कुन क्षेत्रमा बढेर (गएर) कसरी उपयुक्त मानसिकता बनाउँने, कुन उपाय अवलम्बन गरेर चण्डी तत्वमा प्रवेश गर्दा अभिष्टसिध्दी हुन्छ । यिनै कुराको प्रतिपादन कीलक स्तोत्रद्वारा गरिएको छ ।
दुर्गा सप्तशती
[सप्तशती सन्दर्भ : द्वैपायन शिष्य भगवान जैमिनीले व्यासवाट प्रायः सवै धर्महरुका स्वरुप बारे अवगत गरेपछी पनि बाँकी अन्य कतिपय धर्महरुका स्वरुप थाहा पाउने मनशायले मार्कण्य ॠषिलाई बताईदिन आग्रह गरे । परन्तु भगवानको आराधना (पुजा) गर्नमा तल्लीन भैरहेका मार्कण्डे ॠषिले आफू बेफुर्सद भएको कारणले विन्ध्याचलमा रही रहेका चारवटा पन्छीहरु कहाँ आठौं मन्वन्तरका कथाहरु जैमिनी मुनिलाई राम्रोसंग बताईदिनु भन्ने खवर पठाए । ती चार वटै पन्छिहरुले पनि मार्कण्डेय ॠषि र भागुरिका वातचितमा सुनेका कथाहरु जैमिनीलाई सुनाईदिए । पंन्छीहरुले जैमिनीलाई सुनाएको कथा नै मेघा ॠषिले राजा सुरथ र समाधी नाम गरेको दैत्यलाई सुनाएका थिए जुन यस सप्तशतीमा बर्णित छ ।] सम्पादन तथा लेखन :
✍️ साभार : नेपालीमा चण्डी: दुर्गासप्तशती मदनप्रसाद अर्यालको पुस्तकवाट साभार
बसन्तराज अधिकारी ✍️ स्थानीयस्तरका राष्ट्रियस्तरका पत्रपत्रिकामार्फत प्रकााशित भएको ।
Comments
Post a Comment