१४७. बुबाको सम्झनामा शब्द श्रद्धा ❤️

 बुबाको सम्झनामा शब्द श्रद्धा ❤️❤️      

🏠️ तस्बिरमा आमाबाबु सँग म 

बुबा हुन् उच्च परमपुञ्ज, प्रातस्मरणिय: ।

सम्झिरन्छु सदैव त्यो मुहार, थ्यो देदीप्य ।।

किशोरावस्था सम्मको मात्र, थियो सहचार्य ।

सम्झदा नि ह्रदय कम्पित भै, बन्दछु गाम्भिर्य ।।

                       ।।१।।

बुबा हजुरको देहावसानले, बन्न गयौं अनाथ ।

त्यो दु:खको घडिमा नि थियो, जननीको साथ ।।

बर्णन गरि साध्य छैनन् ति दिनका, पिडा दु:ख ।

समयले कोल्टे फेर्दा मिल्दोरैछ, झिल्का सुख ।।

                      ।।२।।

सानो सुन्दर गाउँमा घर थ्यो, थोरै जायजेथा ।

धन्य हुनुहुन्छ परमपुञ्ज, हाम्रा पिता माता ।।

अदम्य साहसकी प्रतीक, संस्कारित आमा ।

शिक्षा दीक्षा मार्गनिर्देशन, भयो जीवनमा ।।

                         ।।३।।

मेहनत परिश्रम र संघर्षले, यहाँसम्म आउँदा ।

ईश्वर दाहिना भएर नै, सुखको झिल्का पाउँदा ।।

बुबा नै हुन् जगतमा ईश्वरका, साक्षात मुर्तरुप ।

जसको बिजले सन्तानको, बन्दछ स्वरुप ।।

                           ।।४।।

आमा सरि देवी समान छैनन्, कोहि अर्को ।

मातृत्वको अनुकम्पाले आस्था, बन्छ घरको ।।

जीवन जगत चिनाउने हुन्,  यिनै आमा बाबु ।

सदा हजुरहरुको आशीर्वाद, अनुकम्पा पाउँ ।।

                           ।।५।।

सृष्टिचक्र  एउटा अनन्त रैछ घुम्दै, आफै तिर ।

साक्षात भगवान आमाबाबु, उच्चताको शिर ।।

एकाचालिसौं पुण्य तिथि, पिताजी बलदेव ।

हामी सन्तानमा छ सर्वदा, वाहाँकै सुभाषिस ।।


✍️ वसन्तराज अधिकारी

कीर्तिपुर, काठमाण्डौं । 

[सोमबार २ चैत्र २०७७]


Comments