१३६. सङ्गी साथी छुटदै जान्छन, घटदै जान्छ यौवन

 सङ्गी साथी छुटदै जान्छन, घटदै जान्छ यौवन

           
✍️ वसन्तराज अधिकारी 

कीर्तिपुर, काठमाण्डौं
सङ्गी साथी छुटदै जान्छन, घटदै जान्छ यौबन । कहिले पनि बूढो नभै युवा हुने,  मानिसको मन ।।१।। मनै राजा  भएपछि  तनै काजी, धन त हो नोकर  । सबै लाई था भाकै हो के सुनाउनु, नयाँ खबर खावर ।।२।। बाल्यकालका सँङ्गी साथी, जवानीमा कतिपय छुटे । छुट्या साथी कति फेरि, फेसबुकवाट पुनः भै जुटे ।।३।। छुटनु जुटनु परिस्थिति परिबन्ध, स्वबसको कुरा छैन । बिचार,पेशा र कामले बनाउँछ, एकअर्कामा अभिन्न ।।४।। बाल्यकालका ध्रुबे, पप्पु, क्षेत्री, थारु गाउँका चौधरी । जवानीका क्याम्पसका साथी, पढाउँदा मास्टरजी ।।५।। लोक सेवा पढन थाल्दा लोकसेवी, पुस्तक प्रेमी मित्र । जागीरमा सचिव देखि सहयोगीसम्म, कर्मचारी  मित्र ।।६।। बिरामी भै अस्पतालमा डाक्टरजी, हुन परम मित्र । बिश्वबिद्यालय पढदा ज्ञानसागरका, गुरुवर्ग मित्र ।।७। घरको साथी आमा र श्रीमती, बिरामीको ओखती । बिद्या मित्र घरबाहिर छँदा,  बुढेसकालमा लाठी  ।।८।। सदाचारी इमान्दारी नैतिकताले, ओतप्रोत राष्ट्रसेवी बर्ग । राष्ट्र सेवा गर्नु मैछ कर्तव्य, इमानदार  सदाचार  धर्म ।।९।। आफ्ना सङ्गी साथीभाइहरु कति, बिदेशीएका छन  । कती साथी ठुला ठुला पदमा, पनि पुगिसकेका छन ।।१०।। आफू हजुर निजामती  "पेटपाला", गर्छु म नोकरी । एउटा राम्रो उदाहरणिय आनि, बानी गर्दैन चाकरी  ।।११।। पढे लेखेको शिक्षित हुँ योग्यताप्रणालीले, खाको जागीर । राष्ट्रसेवी कर्म हजुर सदा यै राष्ट्रकै, उठाउनुछ शिर ।।१२ ।। व्यवसायिक मित्र अधिकृत स्टाफ, घरको जीवनसाथी । हुनै सक्दैन कहिले कसैकोलागि,लागीपनि  नजाती ।।१३।। मेरो भुमिका र सीमा  नबुझ्नेलाई, म मन पर्दै पर्दिन । दवाव र करलेआफ्नै र अरुकोनि काम गर्दै गर्दिन  ।।१४।। मलाई प्रयोग गरिकन आफ्नो, भाग्य जमाउन खोज्नेहरु । प्रयोग हुने म होईन अहिले, यत्तीनि बुझे हुन्छ बरु ।।१५।। रचनाकार : बसन्तराज अधिकारी रचना मिति : २०७३/०६/०५  मंगलवार बाँके, नेपालगन्ज ।

Comments

  1. मन प्रफुल्ल भो मित्र तपाइले रच्नु भएको सुन्दर कविता पढ्दा। धन्यवाद र शुभकामना पनि।

    ReplyDelete

Post a Comment