एक पथिक………
✍️ वसन्तराज अधिकारी |
पटकपटक तिमीलाई
सम्झिसम्झी रोएँ ।
पसिनाका धारा बहाई
मुखाकृति धोएँ ।।१।।
दृष्टिकोण फरक हुँदा
बाटो मोडिएछ ।
तिम्रो विपरीत दिशा
दक्षिण सोझिएछ ।।२।।
पुर्वतिर लाली छाउँदा
हिडेको यो पथिक ।
हिँड्दा हिँड्दा पश्चिममा
सन्ध्या भैसकेछ ।।३।।
कति छुटे कति भेटे,
लेखा जोखा छैन ।
थकावट पनि छैन
गन्तव्य भेटिन्न ।।४।।
धेरै२ गाउँ घर बस्ती
शहर बजार ।
थरीथरीका मान्छेहरू
हजारौं हजार ।।५।।
अब त लाग्न थाल्यो
धरतीमा छु छैन ।
तर, एउटा सत्य कुरो
यात्रा रोकिदैन ।।६।।
खुला आकाश निल गगन
धर्ती हरियाली ।
राष्ट्रको सेवक
कर्मयोगी नेपाली ।।७।।
मेरो यात्रालाई
कस्ले ध्यान दिन्छ ।
सेवकको स्वभावले
मात्र सम्झिईन्छ ।।८।।
स्वाभिमानी इमानदार राष्ट्रसेवक
गर्न जान्दैन चाकरी ।
बुझ्नेले भावना मर्म बुझ्दैन तथापि
गर्नै पर्नेछ नोकरी ।।९।।
राम्ररी लगाए खान पुग्दैन खाए
राम्ररी पुग्दैन लाउन ।
चुत्थो नोकरीको लागि कहिल्यै
झुकेन यो स्वाभिमान ।।१०।।
🙏 धन्यवाद 🙏
✍️ रचनाकार : बसन्तराज अधिकारी
स्थायी ठेगाना : घोराही उपमहानगरपालिका, दाङ
हाल : तुलसीपुर उपमहानगरपालिका, मजगैं, दाङ
Comments
Post a Comment