११३. अथ : ध्यानम श्री स्वस्थानी व्रत कथा प्रारम्भ

 अथ : ध्यानम श्री स्वस्थानी व्रत कथा प्रारम्भ                                       

श्री स्वस्थानी आमाको जय३

यं ब्रह्मा बरुणेन्द्र रुद्र मरुत: स्तुन्तस्ती देवै स्तवै ।

वेदै साङ्ग पदो क्रम पनि षदर्गायन्ती यं सामगा: ।।

ध्यानवस्थित गतेन मनसा पश्यंन्ती यं योगिनो ।

यस्यान्तं नविदु सुरासुरागणा देवाय: तस्मै नम: ।।

श्रीमश्चन्दन चर्चितोजलवपु शुक्लांवरामल्लिका ।

मालालङ्कृत कुण्डला प्रविलिसं मुक्तावलिशोभिता ।।

सर्व ज्ञान निदान पुस्तक करा: रुद्राक्ष माला धरा ।

वाग्देवी बदनाम्बुजे वसुतमे त्रैलोक्य माता चिरं ।।

मुकं करोतु वाचाल: पंगु लङघयते गिरीम ।

यत्कृपा तहमम वन्दे परमा नन्द माधवम ।।

नमो: भगवते तस्मै: व्यासाय मितसे जसे ।

यक्ष प्रजाददक्षामी नारायण कथा मिमाम ।।

नारायण नमस्कृत्यं नरञ्चैव नरोत्तमम ।

देवी सरस्वती व्यासम ततो जय मुदेरयेत: ।।

स्वस्थानी व्रत कथा 

श्री स्वस्थानी ब्रत नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रताकथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

ब्रतको नियम

ब्रतालुहरू हरेक दिन विहानैदेखि हात खुट्टाको नङ काटेर स्नान गरी ब्रत बस्ने गर्दछन् । ब्रतको क्रममा स्वस्थानीको पूजा आराधना गर्नका साथै घरघर वा समुहमा बसेर श्री स्वस्थानी ब्रतकथा बाचन गर्ने गरिन्छ । काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्गपतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा ब्रतको अबधिभर मेला पनि लाग्ने गर्दछ । नेपालमा धेरै श्रद्घा र विश्वासका साथ विशेषतः महिलाहरूले गर्ने ब्रत मध्येको एक श्री स्वस्थानी माताको ब्रत हो । यो ब्रतको भारत लगायत अन्य हिन्दु बहुल राष्ट्रमा त्यति धैरै लोकप्रिय नभए पनि नेपालमा भने धेरै लोकप्रिय छ । तराईको छट पूजा र पहाडको श्री स्वस्थानी ब्रत नेपालको संस्कृतिको एक अंग हो । श्री स्वस्थानी माताको ब्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेषमान्तक वन हाम्रैदेश नैपालको काठमाण्डौमा छन् । यो ब्रतकथामा उल्लेखित विषय बस्तु र घटना पनि नैपालकै सेरोफेरोमा घटेको थियो भनी स्कन्द पुराणमा उल्लेख छ । सत्य युगमा यो ब्रत सर्व प्रथम हिमालय पुत्रि पार्वतीले श्री महादेव लाई पति पाँऊ भनि गर्नु भएको थियो । प्रतेक वर्ष पौषशुक्ल पूर्णिमाका दिन देखी यस ब्रतको सुरुवात हुन्छ । पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीको दिन देखी नै दुबै हात खुट्टाका नङ्हरू काटी, पवित्र भएर हविष्य ( दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादी सात्वीक पदार्थहरू ) भोजन ग्रहण गरी श्री स्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँ को सरसफाई लिपपोत इत्यादी गर्नु पर्दछ । ब्रत गर्नेले त्यसै दिन देखी ब्रत नसकिदा सम्म पलङ् र खाटको पनि त्याग गरी भूमिमा शयन गर्नु पर्दछ । एकछाक मात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ । ब्रत नसकिदा सम्म ब्रतालु पुरुष भए रौं काट्न पनि हुदैन । त्यसै दिन देखी एक महिना सम्म कसै संग झगडा नगर्नु, दुर्वचन नबोल्नु, झुटो नबोल्नु क्रोध नगर्नु, कसै प्रति दुर्भाव नराख्नु, चोरी नगर्नु , ब्रह्मचर्य को पालन गर्नु, शुद्घ धोएका बस्त्रहरू मात्रै लगाउनु, शौच गए पछी जलको प्रयोगले सफाई गर्नु, सात्विक भाव मात्र हृदयमा राख्नु ब्रतका अनिबार्य नियमहरू हुन् । पूर्णीमाका दिन बिहानै उठी नदिमा स्नान (नदि नभए घरैमा) गरी शुद्घ वस्त्र पहिरिएर पाएसम्म कुशको आसन नपाएमा ऊनको त्यो पनि नपाए कम्मलको आसनमा बसेर नित्य कर्म गरिसके पछी पूजा गर्ने स्थानमा तामाको लोटामा पञ्चगब्य ( गोबर ,गोमुत्र, दुध , दहि र घ्यू) का साथै तिल ,सर्सी र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरी अभिशेक बनाई अपवित्रः पवित्रो वा भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनु पर्दछ । त्यसपछी त्यसै अभिशेक बाट ‘ मैले आज सम्म मन, वचन र कर्मले जानेर वा नजानेर गरेका सम्पूर्ण पाप नाश भई मलाई यस लोकमा सुख–सम्पत्ती र अर्को लोकमा शिव लोक प्राप्तिहोस् भन्ने कामना सहित एक महिना सम्म श्रीस्वस्थानी माताको नियम अनुसार व्रत बस्नेछु ’ भनी संकल्प गरी ब्रतको सुरुवात गर्नु पर्दछ । त्यसपछी आफूले विगतमा खाएका हुन सक्ने अभक्ष पदार्थको प्रायश्चित स्वरुप गोदान, (गाई) असम्भव भए गोबरमा यथासक्य भेटी वा सुवर्ण राखी गोदान गर्नु पर्दछ । गोदान कृत्य पछी मात्रै दिप गणेश र कलशको पूजा आरम्भ गर्नु पर्दछ । दिप गणेश र कलशको पूजा सम्पन्न भैसके पछी एउटा तामाको थालीमा रक्त चन्दनले अष्टदल कमल बनाई कमलको बिचमा श्री स्वस्थानी माताको सुनको प्रतिमा स्थापना गर्नु पर्दछ । सुन नभए यथासक्य भेटी राखी श्री स्वस्थानिमाताको स्थापना गर्नु पर्दछ । श्री स्वस्थानी माता आफ्ना चार हातमा क्रमै संग त्रिशुल , तरवार, चक्र र कमल धारण गरेकी हुन्छन् । यिन्को पग्लिएको सुनको जस्तै पहेलो वर्ण छ । विविध आभूषण हरुले सोभायमान श्री स्वस्थानी माता सिंहासनमा आरुढ भएकी हुन्छन् । यिनी आदिशक्ती स्वरुपा भएकीले आफ्ना भक्तजनहरूलाई मनले चिताएको फल तुरन्तै दिने गर्दछिन् । अष्टदल कमलको वरिपरि क्रमशः वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही,इन्द्राणी,चामुण्डा,र महाकालीको स्थापना र पूजा गर्नु पर्दछ । प्रतेक दिन बिहान दिप गणेश र कलश को पूजा गर्नुका साथै माथी उल्लेख गरिएका अष्टमात्रिका र श्री स्वस्थानी माताको पूजा आचमन, पाद्य, पंचामृत, चन्दन, धूप, दिप, नैबेद्य, बस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रब्य , सेलरोटी, हलुवा इत्यादीले गर्नु पर्दछ । पूजा पछी दुबै हातमा फूललिई हात जोडी श्री स्वस्थानीमाताको निम्न मन्त्रले ध्यान गरि साष्टाङ्ग दण्डवत् गर्नु पर्दछ:–

सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।

सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।

नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् ।

खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात ।।

चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।

एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।

अर्थात :- सुनको जस्तै दिब्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी, विविध आभुषण हरुले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड् ,चर्म र नीलोत्पल धारण गरेकी, चारबाहु भएकी,यस्ती श्री स्वस्थानी माताको हृदयमा ध्यान गर्दछु ।


मध्यान्न कालमा भगवान श्री महादेवको श्री स्वस्थानी माता संगै पूजा अर्चना गर्नू पर्दछ । पूजा पछी आफुले जुनकामना चिताएको हो त्यो कामना पूर्णहोस् भनी श्री स्वस्थानी माता लाई अघ्र्य दिनु पर्दछ । साँझको पूजा पछी श्री स्वस्थानी माताको कथा बाचन गर्नु पर्दछ । कथा सुन्ने श्रोता नभए पनि आफै कथा वाचन गर्ने र आफै सुन्ने गर्नु पर्दछ । कथावाचन आफुले गर्न नसके कुनै ब्राह्मण द्वारा वाचन गर्न लगाउने अथवा परिवारका अन्य कसैले वाचन गर्दा पनि हुन्छ । वाचन गर्नेले कुनै अभक्ष पदार्थ खाएको हुनु हुदैन । कथा सुन्न आफ्ना सबै छिमेकी, ईष्ट–मित्र, र बन्धु बान्धव लाई पनि डाक्नु पर्दछ । कथा आरम्भ गर्नु भन्दा पहिले र कथा भनिसके पछि धूप, दिप, फूल, चन्दन, अक्षता र भेटी चढाई पुस्तकको पनि पूजा गर्नु पर्दछ । कथा पछी आरती गर्नु पर्दछ । आरती पछी कथा सुन्ने जति सबैलाई प्रसाद दिई आफूले पनि ग्रहण गर्नुपर्दछ । यो प्रतिदिन को पूजाकार्य भयो । यस क्रमले जब माघ शुक्ल पूर्णिमाको दिन आउछ , तब नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नु र श्री स्वस्थानी माता संगै मेरो पनि पूजा गर्नु भनि श्री महादेव बाट आज्ञा भएको छ । यो पूजामा सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फुल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू,१०८ भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ चढाउनु पर्दछ । अन्य अप्राप्य फलफूल र नैबैद्यहरू यथाशक्ति चढाउन सकिन्छ । पूजा पछी १०८ परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ । ब्रतप्रतिष्ठा पछि हे स्वस्थानी माता हजुरका कृपाले मेरो ब्रत पूराभयो भनि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८/८ वटा प्रसाद झिक्नु अथवा (आठ रोटी, आठ अक्षता आठ पान , आठ कुड्का सुपारी र सगुन सहित) आफ्ना श्रीमान लाई दिनु, श्रीमान नभए आफ्ना छोरालाई दिनु , छोरा पनि नभए मित छोरालाई दिनु , मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदिमा बगाई दिनु र सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु भन्ने कुरा श्री स्वस्थानी ब्रतकथामा उल्लेख गरिएको छ । यतिगरी सके पछी श्री स्वस्थानी माताको प्रसादले ब्रतकर्ताको समस्त दुःख नासिई मनोकामना पूर्णहुनेछ भन्ने कुरा श्री स्वस्थानी ब्रतकथामा उल्लेख गरीएको छ । आजको युगमा हाम्रो समाज घोर भौतिकता तर्फ अग्रसर भइरहेको छ । हाम्रा संस्कृति, रीति रिवाज र परम्परा सबै नासिदै गएका छन् । जताततै पाश्चात्य संस्कृतिको ब्यापक प्रभाव परेको छ । भीषण सांस्कृतिक हमला जस्तो भईरहेको छ । यस्तो अवस्थामा हामी सवै धर्मप्रेमी महानुभावहरुले आफ्नो संस्कृति जोगाइ राख्ने प्रयास गर्नु पर्दछ । आफ्ना संतति हरूलाई हाम्रा रीति–स्थिति पर्व, परंपरा, अनुशासन, र कर्तव्यको बोध गराउनु पर्दछ । यो श्री स्वस्थानी माताको ब्रत कुनै अन्धविश्वासी कर्मकाण्ड होइन । यो प्रत्यक्ष वैज्ञानिक पनि हो । यसले प्रत्येक स्त्री–पुरुषलाई भित्रै देखि इमानदार, कर्तव्यनिष्ठ,निरपराधी र अनुशासित बनाउनमा प्रत्यक्ष फाइदा पुर्याएकै हुन्छ । १ महिना सम्म १ छाकमात्रै भोजन ग्रहण गर्नाले पेट भित्रका विभिन्न पुराना रोगहरू स्वतः ठिक हुन्छन् । यो बेला भोजन पचाउन प्रयोग हुने ऊर्जालाई फुर्सद मिल्नाले पेटभित्रका विभिन्न अवशिष्ट पदार्थलाई निस्कासित गर्ने र रोगग्रस्त अंगहरू लाई मर्मत गर्ने अवसर मिलेको हुन्छ भनी वैज्ञानिकहरूले स्वीकार गरेका छन् । उपवासको अवधिमा पेटभित्र वर्षौ देखि संचित भएको मल निस्काशन हुने हुँदा पानी भने प्रसस्तै पिउनु पर्दछ भन्ने वैज्ञानिकहरूको धारणा छ । बढी पानी नपिए शरीरलाई हानी हुनसक्ने कुरा वैज्ञानिकहरू बताउछन् । ईश्वर र धर्म प्रति खासै आस्था नराख्ने हाम्रो अहिलेको नयाँ पुस्ता घोर नास्तिक र अश्लील बन्दै गएको छ । संसारमा जति पाश्चात्य संस्कृतिको अनुकरण र नास्तिकता हिन्दु धर्ममा मौलाएको छ, त्यति अन्य धर्ममा नभएको एक सर्वेक्षणले देखाएको छ । यस्तो अवस्थामा हामी सवै संस्कृति पे्रमी, धर्म प्रेमी र देश प्रेमी जनताहरूले आफ्नो धर्म र संस्कृति जोगाई राख्न आ–आफ्नो तर्फबाट समुचित कदम चालिएन भने निकट भविष्यमा हाम्रो संस्कृति र धर्म इतिहासमा मात्रै सीमित नरहला भनेर भन्न सकिन्न । [१]

स्वस्थानीको शाब्दिक अर्थ 

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायण पछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको छ । ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।

साँखु शालिनदी मेला

यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । ‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन् । [२]

श्रीस्वस्थानीव्रतकथा संस्कृत स्लोक

  कैलाशशिखरे रम्ये नानाधातु प्रशोभिते ।

   ‎कल्पवृक्षोद्यानयुक्ते  कामधेनुविराजिते ।। १ ।।

  चिन्तामण्यादिसंयुक्ते चाष्टसिद्धिसमन्विते ।

  ‎सुखासीनं जगन्नाथं ज्ञानमुद्रायुतं शिवम् ।। २ ।।

  ‎ब्रह्मेन्द्रविष्णुभिर्वन्द्यं सौम्यरुपधरं पतिम् ।

  ‎प्रणम्य शिरसाsपृच्छत्पार्वती परमेश्वरी ।। ३ ।।

  ‎                श्री पार्वत्युवाच 

   भक्तवत्सल ! सर्वज्ञ ! देवदेव ! जगत्पते ।

   ‎ब्रूहि मे परमेशान व्रत त्रैलोक्यदुर्लभम् ।। ४ ।।

   ‎को धर्म: सर्वधर्माणां भवत: परमो मत: ।

   ‎सुराsसुरास्तथा नागा महाचार्यस्तथा सुरा: ।। ५ ।।

   ‎भ्रातरो विविधा: सन्ति तथान्ये विविधा नरा: ।

   ‎यद्वै-धव्यहरं पुण्यं स्वस्थानस्थिति हेतुकम् ।। ६ ।।

   ‎                श्रीसदाशिव उवाच 

   ‎साधु साधु महादेवि यत्वयsहं प्रबोधित: ।

   ‎संक्षेपेण प्रवक्ष्यामि  वह्वर्थं व्रतमुत्तमम् ।। ७ ।।

   ‎माघस्य पूर्णिमायां तु स्वस्थानीव्रतमाचरेत् ।

   ‎आवयो: पूजयेत्तत्र प्रतिमां मण्डले शुभे ।। ८ ।।

   ‎चन्दनाक्षतपुष्पादि गृहीत्वास्थानमाचरेत् ।

   ‎सुवर्णवर्णदीप्ताभां त्रिनेत्रां कमलासनाम् ।। ९ ।।

   ‎सिंहासनसमासीनां सर्वालंकारभूषिताम् ।

   ‎खड्गचर्मधरां चोर्ध्वंवामदक्षिणयो: क्रमात् ।। १० ।।

   ‎चतुर्भुजं तु तत्रैव पूजयेद् वृषकेतुनाम् ।

   ‎निलोत्पलाभये वामे वरशूले च दक्षिणे ।। ११ ।।

   ‎एवं ध्यात्वा महादेवमर्घ्यं चार्थ प्रदापयेत् ।

   ‎अष्टोत्तरशतै: पुष्पै: फलधूपान्नचन्दनै: ।। १२ ।।

   ‎पूजयद्वै    महादेवौ जगत: परमेश्वरौ ।

   ‎ततो गोधुमचूर्णेन     सतिलेन गुडेन च ।। १३ 

   ‎गर्भं कृत्वा तु वक्तव्यं सर्पिषाsष्टोत्तरं शतम् ।

   ‎पूपकं परमेशानि तद्वै भक्त्या निवेदयेत् ।। १४ ।

   ‎ततोष्टपूपं संगृह्य शुक्लवस्त्रेण वेष्टयेत् ।

   ‎पीतसूत्रेण संवर्द्ध्यं पूजयेत्पतिबुद्धिना ।। १५ ।।

   ‎पत्ये दद्याद्भक्षणार्थं तद्यद्वा मित्रपुत्रयो: ।

   ‎एतान्न लभते यातु सा नद्यां वाहयेद् ध्रुवम् ।। १६ ।।

   ‎प्रदक्षिणीकृत्य ततो आवां वै श्रद्धयान्विता ।

   ‎ब्राह्मणान् भोजयित्व तु दक्षिणां च प्रदापयेत् ।। १७ ।।

   ‎स्वयं ततस्तु भोक्तव्यं रात्रौ जागरणं चरेत् ।

   ‎ततो विसर्जनं कृत्वा जले तन्मण्डलं क्षिपेत् ।। १८ ।।

   ‎वर्षे वर्षे व्रत कुर्यात् स्वस्थानीनामकं शुभम् ।

   ‎एतद् व्रतफलं    देवि संख्या वक्तुं नशक्यते ।। १९ ।।

   ‎गोशतं च सहस्त्रं च    परिष्कारविभूषितम् ।

   ‎कन्यादानान्नदानानां    वाजिवारणकोटिश: ।। २० ।।

   ‎वस्त्ररत्नमहादानं तिलकांचन्मेव           च ।

   ‎राजसूयाsश्वमेधाभ्यां यत्फलं    समवाप्यते ।। २१ ।।

   ‎तत्सर्वं समवाप्नोति       व्रतेनाsनेन सुन्दरि ।

   ‎व्रताना च शिरोरत्नं    स्त्रीणां चैव विशेषत: ।। २२ ।।

   ‎त्रिवर्गं तु समालभ्य    प्राप्यते परमांगतिम् ।

   ‎इत्येतत्कथितं देवि किमन्यच्छ्रोतुमिच्छसि ।। २३ ।।

   ‎                  श्रीपार्वत्युवाच 

   ‎तत्कथां श्रोतुमिच्चामि सर्वचेतोरमां शुभाम् ।

   ‎कथयस्व महादेव यदि योग्याsस्मि हे प्रभो ।। २४ ।।

   ‎                 श्रीसदाशिव उवाच 

   ‎साधु कृतं त्वया देवि      तत्कथाश्रवणो मन: ।।

   ‎तव प्रीत्यै प्रवक्षामि सावधान श्रृणु        प्रिये ।। २५ ।।

   ‎                 अथ कथाप्रारभ्यते    

   ‎पुरासीद् ब्रह्मपुर्यां वै       शिवशर्मा महातपा: ।

   ‎षट्कर्मनिरतो विप्र:        सर्वशास्त्रार्थपारग: ।। २६ ।।

   ‎पूर्वजन्मविपाकेन      नालभेत्सन्ततिं द्विज: ।

   ‎तस्य पत्नी सती नाम्नी नित्यं  या पतिदेवता ।। २७ ।।

   ‎विषण्णाह्यातिदु:खेन पृच्छति ब्रह्मणीं पतिम् ।

   ‎हा ! जन्मपापिनी काsहं न जाने किं मया कृतम् ।। २८ ।।

   ‎पुत्र: पुत्री न मे कश्चित्    वृथा जन्म गतं मम ।

   ‎भार्या वचनमाकर्ण्य पति:    स्वामी जगाद ह ।। २९ ।।

   ‎एतस्मिन्नन्तरे काले      जायापत्यो समाग्रत: ।

   ‎तयो पुण्यप्रभावेण      तत्रैका गौ: समागता ।। ३० ।।

   ‎गवां तयोsग्रभागस्तु गोमयं वै  समुझ्झितम् ।

   ‎समुत्पन्ना ततो दृष्टा कन्या    रूपवती शुभा ।।३१ ।।

   ‎सर्वलक्षणसम्पूर्णाsपत्यत्वेsङ्गीकृता  च सा ।

   ‎धनधान्यादिसम्पूर्णा लक्ष्मीवत्प्राप्यतां द्विज: ।। ३२ ।।

   ‎चकार   शङ्खवाद्यादिमृदङ्गाह्लादमुत्सवम् ।

   ‎ददौ नाम यथान्यायं गोमया भट्टिनीति     स: ।। ३३ ।।

   ‎अनेकपुण्यकर्माणि       ददाति स चकार ह ।

   ‎प्रत्यहं वर्द्धते कन्या    शुक्लपक्षे शशी यथा ।। ३४ ।।

   ‎तत्पुण्यदर्शिता: सर्वे त्रस्ता: शक्रादय: सुरा: ।

   ‎कैलाशं तु समागम्य मां सर्व  ज्ञाप्य तत्वत: ।। ३५ ।।

   ‎अभयं च मया दत्तं गच्छ शक्र  यथासुखम् ।

   ‎शक्र: स्वस्थानमायातो मयाssज्ञातो विचक्षण: ।। ३६ ।।

   ‎तत्कालेsहं महादेवि ! वभ्राम भूमिमण्डले ।

   ‎कपालिवेषो भिक्षार्थं    तत्द्विजद्वारमागत: ।। ३७ ।।

   ‎डमरुं वादयित्वा तु      ययाचे विप्रमन्दिरे ।

   ‎एतस्मिन्नन्तरे काले सा कन्या गर्वगौरवात् ।। ३८ ।।

   ‎तस्य वाद्यं न शुश्राव कुसुमै: क्रीडती स्थिता: ।

   ‎श्रुत्वा माता तु तच्छब्दं शीघ्रं कन्यां जगाद ह ।। ३९ ।।

   ‎दीयतां तत्करे पुत्री        राशिमन्नस्य विद्यते ।

   ‎मातुर्वचनमाकर्ण्य भिक्षां  धृत्वाsग्रतो गता ।

   ‎भिक्षुरुप: क्रोधयुक्त:    शापं यस्यै ददौ तदा ।। ४० ।

   ‎                     भिक्षुरुवाच

   ‎त्वद्भिक्षां नैव गृह्णामि श्रृणु ब्राह्मणकन्यके ।

   ‎अशीति वयसा वृद्ध: पतिस्तव  भविष्यति ।। ४१ ।।

   ‎इति शापं तत: श्रुत्वा रुरोदाsतीव विह्वला ।

   ‎धीमती जननी कन्यां सान्त्वयामास यत्नत: ।। ४२ ।।

   ‎कालेनाल्पेन सा देवी     गोमयोद्भवसुन्दरी ।

   ‎गोमयेति च विख्याताsभवत्सा सप्तवर्षिकी ।। ४३ ।।

   ‎पतिं योग्यतरं तस्या     गतो मार्गयितुं पिता ।

   ‎द्विजो जामातृयोग्यो हि न प्राप्तं शिवशर्मणा ।। ४४ ।।

   ‎विश्रान्त: स्वगृहं प्राप्य  शिवशर्मा सुदु:खित: ।

   ‎भिक्षुकस्य तु शापेन         दैवेन प्रतिपादित: ।। ४५ ।।

   ‎ब्राह्मणोsतीव वृद्धश्च कन्यां   याचितुमागत: ।

   ‎जटालम्बितदीर्घाङ्ग:      कम्पितश्चातिदुर्बल: ।। ४६ ।।

   ‎कुब्ज: कुवेषो बधिर: पश्चिमे  वयसि स्थित: ।

   ‎अन्यद्विजस्याsलाभेन तस्य   शापभयेन च ।। ४७ ।।

   ‎पूर्वशापं चानुस्मृत्य         तस्मै दुहितरं ददौ ।

   ‎कन्यादानं चकारासौ    शुभ लग्ने शुभे दिने ।। ४८ ।।

   ‎ततस्तु शिवभट्टेन        पालितो दुहितु पति: ।

   ‎कालेन ज्वरपिडार्त:     शिवशर्मा दिवं ययौ ।। ४९ ।।

   ‎तत्पत्नी पतिना सार्द्धं सतीत्वं च समागता ।

   ‎गोमया चातिदु:खार्ता पतिना   सह तिष्ठति ।। ५० ।।

   ‎क्लेशैर्युक्तातिमलिना भोक्तुं पातुं न विन्दति ।

   ‎तस्यां तु गर्भ: संजातो     हर्षशोकविवर्धन: ।। ५१ ।।

   ‎सीमन्तोन्नयनं कृत्वा विप्र: पुंसवनादिकम् ।

   ‎एकमासावधिं कृत्वा भिक्षार्थं वृद्धब्राह्मण: ।। ५२ ।।

   ‎पत्नीं प्रबोधयित्वा तु ततो   देशान्तरं गत: ।

   ‎स शीतज्वरपीडार्तो   ममारारण्यके द्विज: ।। ५३ ।।

   ‎गोमया ब्राह्नणी सा च निर्जने निजमन्दिरे ।

   ‎स्थित्वा ग्राम्यजनेनैव पालिता पतिदेवता ।। ५४ ।।

   ‎गोमया दशमे मासि सम्प्राप्तं तनयं शुभम् ।

   ‎द्विजवालक नामोस्ति नवराज प्रकीर्तितम् ।। ५५ ।।

   ‎याचितान्नेन सा माता   कारयामास सत्तमै: ।

   ‎चूडाव्रतविवाहादिसर्वकर्माणि तस्य      वै ।। ५६ ।।

   ‎यौवनोद्भेदवयसी      नवराजो द्विजोत्तम: ।

   ‎वसन् गृहेsतिदु:खेन संयुतो  मातृवत्सल: ।। ५७ ।।

   ‎मातरं परिपप्रच्छ षोडशाब्दोsतिसाहसी ।

   ‎भोsम्ब ! तातोsस्ति क्व गत: सत्यं कथय मा मृषा ।। ५८ ।।

   ‎इति पुत्रवच: श्रुत्वा सा माता रुदती सती ।

   ‎जगाद वचनं पुत्रं         भर्तुश्चरितसंयुतम् ।। ५९ ।।

   ‎त्वयि गर्भस्थिते पुत्र ततस्ते भिक्षितुं गत: ।

   ‎क्व तिष्ठति न जानामि जीवितो वा मृतोsथवा ।। ६० ।।

   ‎इति मातृवच: श्रुत्वा नवराजोsतिधार्मिक: ।

   ‎अम्बामाश्वासयामास हेतुभि: शास्त्रबोधितै: ।। ६१ ।।

   ‎                   नवराज उवाच  

   ‎पित्र्युद्देशेगमिष्यामि तवानुज्ञाम् विधाय च ।

   ‎पुत्रस्य परमो धर्म:     पितृसेवाsपरो नहि ।। ६२ ।।

   ‎जीविते वाक्यकरणात् क्षयाहे भूरिभोजनात् ।

   ‎गयायां पिण्डदानाच्च  त्रिभि: पुत्रस्य पुत्रता ।। ६३ ।।

   ‎एवं प्रबोध्य जननीमनुज्ञाम्   प्राप्य स द्विज: ।

   ‎प्रबोध्य युवतीं       भार्यां पाथेयं परिगृह्य च ।। ६४ ।।

   ‎यात्रां स विधिना कृत्वा   ततोदेशान्तरं गत: ।

   ‎ग्रामद् ग्रामान्तरं गच्छन् तातमन्वेषयद् द्विज: ।। ६५ ।।

   ‎शुश्राव स ग्राम्यमुखान्निश्चितं    पितरं मृतम् ।

   ‎रुरोदाsतीव दुखार्तो हा तात    जनकेति वै ।। ६६ ।।

   ‎गंगातीरं ततो गत्वा चक्रे   श्राद्धं विधानत: ।

   ‎अथ स्नुषा गोमयाया दु:खात्पितृगृहं गता ।। ६७ ।।

   ‎तदा सा गोमयोद्भूता ग्रामं तत्याज्यलज्जया ।

   ‎वस्त्रहीनाsतिमलिना    नदी तट निवासिनी ।। ६८ ।।

   ‎एरण्डपादपाकीर्णे    तृणकुड्यन्तरे स्थिता ।

   ‎कोद्रवान्नं सदाभुक्तं          सूत्रकर्तनकर्मत: ।। ६९ ।।

   ‎कर्मणा सातिदु:खेन साध्वी कालं न्यवर्तयत् ।

   ‎तदा कैलाशशिखरे      लक्ष्मी देवी सरस्वती ।। ७० ।।

   ‎सर्वदेवगणैर्युक्ताश्चक्रु         स्तद्व्रतमुत्तमम् ।

   ‎तत्र मर्त्योपदेशार्थं        स्वाश्रमान्नारदो मुनि: ।। ७१ ।

   ‎आगतश्च मयाज्ञप्ता गच्छ     लोकहिताय वै । 

   ‎एतद्यथा मर्त्यलोके चरिष्यति       तथा कुरु ।। ७२ ।।

   ‎इत्याज्ञाम् स मुनि: प्राप्य गतवान् मर्त्यविष्टपम् ।

   ‎पृथ्वीमण्डलमध्येsथ दरिद्र: को   भवेदिति ।। ७३ ।।

   ‎चिन्तयामास     तत्वज्ञ:     परोपकरणप्रिय: ।

   ‎गोपालं परिपप्रच्छ         को दरिद्र क ईश्वर: ।। ७४ ।।

   ‎गोपालस्तु ततो वाक्यमुवाच प्रान्तरे स्थित: ।

   ‎दु:खितानां न कोप्यस्ति गोमया केवलं दु:खि: ।। ७५ ।।

   ‎गोपालवचनं श्रुत्वा       गतस्तत्सन्निधौ मुनि: ।

   ‎ब्राह्मणीमाह्वयामास द्वारे   स्थित्वा पुन: पुन: ।। ७६ ।।

   ‎धर्मोपदेशं श्रृणुतं         स्वस्थानीव्रतमुत्तमम् ।

   ‎यथाविधान वक्ष्यामि       गोमये तद्व्रतं कुरु ।। ७७ ।।

   ‎इत्युक्त्वा नारदो धीमान्नुवाच सकल विधिम् ।

   ‎तत: सानन्दसंयुक्ता      प्रणम्य मुनिसत्तमम् ।। ७८ ।।

   ‎तस्मै पीठासनं दत्वा       संवेश्य च गृहान्तरे ।

   ‎आतिथ्यं तस्य वै कर्तुं मनसा परिचिन्त्य सा ।। ७९ ।।

   ‎गृहे नास्ति च मे किंचित्किं करोमीति दु:खिता ।

   ‎कर्तितं सूत्रमादाय          ताम्बुलार्थं जगाम ह ।। ८० ।।

   ताम्बूलं पूगसहितं           गृहित्वा गृहमागता ।

   ‎तावदेव गृहे तस्या       निधिं दत्वा गतो मुनि: ।। ८१ ।।

   ‎ब्राह्मणी गृहमायाता    न    ददर्श मुनीश्वरम् ।

   ‎गेहं सम्मार्जनं चक्रे        विषादेन युता सती ।। ८२ ।।

   ‎भद्रपीठं समुत्थाप्य तत्र      दृष्टो निधिस्तत: ।

   ‎व्रतोपदेशमात्रं       वै      नायं दातुं मुनिश्वर: ।। ८३ ।।

   ‎धर्मव्याजैर्निधिमपि      मह्यं दातुं समागत: ।

   ‎इत्यानन्देन मनसा     जग्राह निधिमुत्तमम् ।। ८४ ।।

   ‎तत: सा तद्व्रतं चक्रे मुनिनाsभिहितं यथा ।

   ‎पूपाष्टकं तु संस्थाप्य पुत्राssगमनकाङ्क्षया ।। ८५ ।।

   ‎स्वयं शतं सा बुभुक्षे        सिताक्षीरघृतैर्युतम् ।

   ‎तद्व्रतस्य प्रभावेण         रात्रौ तत्पुत्रमागत: ।। ८६ ।।

   ‎आशीर्भिरर्चयामास       सूनुनासौ नमस्कृता ।

   ‎पूपाष्टकं च पुत्राय ददौ        सा गोमयोद्भवा ।। ८७ ।।

   ‎दत्तं पूपं च बुभुजे          सिताक्षीरघृतैर्युतम् ।

   ‎परस्परकथां कृत्वा ह्युभाभ्यां गमिता निशा ।। ८८ ।।

   ‎प्रात: ततश्च जननीं          नवराजमुवाच ह ।

   ‎गङ्गातीरे च गत्वा त्वं स्नान   कुरु विधानत: ।। ८९ ।।

   ‎ततो विश्वम्भरं देवं       ध्यानेन परिचिन्तय ।

   ‎इति मातृवच: श्रुत्वा   कृतगङ्गाप्लवो द्विज: ।

   ‎कृत्वा विश्वेश्वरीं पूजां महास्तोत्र मुवाच ह ।। ९० ।।

   ‎           यं वै वेदो वेदनो नैव विष्णु- ।

   ‎           र्नोवावेधा नर्पयो नैववाणी ।।

   ‎           तं देवेशं मादृश: कोल्पबुद्धी- ।

   ‎           र्यथार्थं वै वेत्यहो विश्वनाथम् ।। ९१ ।।

   ‎श्रुत्वा स्तोत्रमिदं          तुष्टो जगाद परमेश्वर: ।

   ‎कालान्तरे च ते राज्यं      नवराज भविष्यति ।।

   ‎इत्युक्त्वा गोमयासूनु   मन्तर्ध्यानं गत: शिव: ।। ९२ ।।

   ‎ब्राह्मणोsपि वरं प्राप्य जगाम स्वनिकेतनम् ।

   ‎एतस्मिन्नन्तरे काले     लावण्याख्यपुरीश्वर: ।। ९३ ।।

   ‎मृत: कालवशेनैव       राजा पुत्रादिवर्जित: ।

   ‎तस्मिन् देशे गजेन्द्रेण कश्चिद्राजा विधीयते ।। ९४ ।।

   ‎इति श्रुत्वादेशदेशादागता       लोकपंक्तय: ।

   ‎वस्त्रालंकारसंयुक्ता  नानाशोभासमन्विता: ।। ९५ ।।

   ‎स्थिता लावण्यपथ्यासु राज्यलोभेण वै नरा: ।

   ‎गोमया सापि लोभेण     सपुत्र स्वगृहाद्ययो ।। ९६ ।।

   ‎सपुत्र लज्जया सा वै संतस्थौ  गृहकोणत: ।

   ‎सजलं स्वर्णकुम्भं च गृहित्वा  राजमार्गत: ।। ९७ ।।

   ‎तेषु सर्वेषु तिष्ठत्सु   गजेन्द्रोsन्वेषयन्नरान् ।

   ‎गृहकोणगत: सो वै     नवराज: समातृक: ।। ९८ ।।

   ‎स्नापितस्तद्जलेनैव स्वस्कन्धे स्थापितस्तदा ।

   ‎राजगेहे स नीतश्च          दोलया तत्प्रसूरपि ।। ९९ ।।

   ‎पुरोहितादयश्चक्रु:   सर्वे   तस्याsभिषेचनम् ।

   ‎वीणामृदङ्गपटहशंखदुन्दुभिनि:         स्वनै: ।। १०० ।।

   ‎लाजापुष्पादिसिन्दूरैर्युक्तं प्राप्य महोत्सवम् ।

   ‎नवराजस्थितो तत्र        सिंहासन गत प्रभु ।। १०१ ।।

   ‎मातरं परिपप्रच्छ     प्रिया मे क्व गतेति वै ।

   ‎स्वस्थानीं सा न जानाति सर्वदुख विनाशिनीम् ।। १०२ ।।

   ‎त्वत्प्रसादेन भूपोsहं जातो वै त्वत्प्रभावत: ।

   ‎महादु:खं त्वया प्राप्तमित्युक्त्वा मातरं प्रति ।। १०३ ।।

   ‎प्रियाय प्रेषयद्दोलां    गतास्तस्याsज्ञया जना: ।

   ‎ददृशुस्तां  स्त्रियं ते वै नदीतीरे   निवासिनीम् ।। १०४ ।।

   ‎ततोsगच्छन् हो का त्वं भो नवराजप्रिया कुत: ।

   ‎तौ पृष्टा चारुनेत्रा सा      कथयामास भारकान् ।। १०५ ।।

   ‎पत्न्यहं नवराजस्य             परमप्रीतिदायिनी ।

   ‎गोमया पतिमाता च गच्छामि        यत्र मत्प्रभु: ।। १०६ ।।

   ‎तस्यास्तद्वचनं श्रुत्वा          भटास्ते हर्षसंयुता: ।

   ‎दोलायां        स्थापयित्वा तां प्रेषयामासुरादृता : ।। १०७ ।।

   ‎तैर्भारवाहकै:      सर्वैर्दोला      नीता   नदीतटे ।

   ‎अप्सरोभि: कृतं तत्र         ददृशुस्ते व्रतोत्तमम् ।। १०८ ।।

   ‎तद्दृष्ट्वा भारिका:       सर्वेतमाश्वस्य गतास्तत: ।

   ‎यत्राप्सरोगणै:     सर्वै:    स्वस्थानीव्रतमादृतम् ।। १०९ ।।

   ‎                    भारिका उचु: 

   ‎भो भो देव्य किमेतद्वै        क्रियते व्रतमुत्तमम् ।

                          ‎अप्सरस उचु: 

  स्वस्थानीव्रतमेतद्धि               सर्वकामफलप्रदम् ।। ११० ।।

  एतद्व्रतप्रमाणेन                  स्वर्गलोके महीयते ।

  इति श्रुत्वा भारिकास्ते        पुष्पादीनि प्रयाच्य वै ।। १११ ।।

  ‎अप्सरोभि: सहैवात्र         स्वस्थान्याश्चकृरे व्रतम् ।

  ‎पुनस्तत्र समायाता यत्र          सा भोगिनी स्थिता ।। ११२ ।।

  ‎ततोsतीव          प्रक्रुद्धासीद्विलम्बेन च सा प्रिये ।

  ‎स पुष्पतिलकान् दृष्ट्वा भारावाहान् मुदान्वितान् ।। ११३ ।।

  ‎सपुष्पफलहस्ताब्जानाहता            पापिनी वधू ।

  ‎भारवाहा विलम्बो हि युस्माभि:       कृयते कुत: ।। ११४ ।।

  ‎इति श्रुत्वा भारवाहा           विज्ञप्ति चकृरे मुदा ।

  ‎अप्सरोभि: कृतं चैव         नानाकामप्रदं शुभम् ।। ११५ ।।

  ‎स्वस्थान्यश्च व्रतं     दृष्ट्वा न: श्रद्धा समजायत ।

  ‎फलाभिलाषिमिश्चैव      ह्यस्माभिरपि तत्कृतम् ।। ११६ ।।

  ‎भवदर्थं पुष्पफलं             समानीतं गृहाण भो ।

  ‎एतत्छ्रुत्वा वाहवाक्यं      क्रुद्धातीवाsब्रवीत्तदा ।। ११७ ।।

  ‎स्वस्थानीका मयाsद्यापि   वेदे लोके च न श्रुता ।

  ‎इति वज्रसमं वाक्यमुक्त्वा      सा पापिनी तदा ।। ११८ ।।

  ‎तद्दत्तपुष्पफलयोश्चक्रे              सा क्षेपणं रुषा ।

  ‎तस्यास्तत्कर्म दोलायां दृष्ट्वा संस्थाप्य पापिनाम् ।। ११९ ।।

  ‎निन्युर्मार्गेण त्वरया          भारवाहा भयान्विता: ।

  ‎अथ तत्र समानाताजलsल्पे          सुगमा नदी ।। १२० ।।

  ‎ते सां हि पापिनी         निन्युर्नदी तर्तुं यदा प्रिये ।

  ‎तदा प्रलयावान्मेघा              गर्जनं चकृरे प्रदा ।। १२१ ।।

  ‎पपात वात वेगेन             नदीमध्ये च पापिनी ।

  ‎साsदृष्टा पापिनी जाता       गलत्कुष्टेन संयुता ।। १२२ ।।

  ‎तद्व्रतस्य प्रभावेण          वाहकास्ते दिवंगता: ।

  ‎तत्पापिनी स्पर्शभित्या जलं   पातालमाश्रितम् ।। १२३ ।।

  ‎सङ्कटं कर्दमं तत्र         दृश्यते पथिकै: सदा ।

  ‎तत्र द्वादशवर्षाणि कर्दमे         पापिनी स्थिता ।। १२४ ।।

  ‎ततो वंशादिभिस्तस्या       शोधितं कर्दमं जनै: ।

  ‎तदा वंशाग्रसंलग्ना प्रोत्प्लुत्या    पापिनी गता ।। १२५ ।।

  ‎कुशस्थाने च पतितं         सङ्कटे दैवयोगत: ।

  ‎सर्वदा सा ज्वलद्वह्निज्वालया      परिपीडिता ।। १२६ ।।

  ‎तत: स नवराजो हि मातरं      प्रति चोक्तवान् ।

  ‎राज्यलक्ष्मींश्च संप्राप्तयतो      मात: प्रसादत: ।। १२७ ।।

  ‎सर्वदानं करिष्येsतो ब्राह्मणेभ्यश्च      श्रद्धया ।

  ‎इत्युक्त्वा देशदेशाश्च ब्राह्मणा:    सन्निमन्तृता ।। १२८ ।।

  ‎कपिल: शिष्यसंयुक्तस्तदुद्दिश्या     जगाम स: ।

  ‎मुनिना कपिलेनाथो दृष्टा सा      पापिनी तदा ।। १२९ ।।

  ‎मुनिना परिपृष्टा सा         दग्धकाष्ठाकृतिर्वधू: ।

  ‎कि कुलं केन पाकेन          चेदृशीतद्दशाधुना ।। १३० ।।

  ‎मुनेस्तद्वचनं श्रुत्वा      पापिनी वाक्यमब्रवीत् ।

  ‎जात्याहं ब्राह्मणी विप्र    ह्यवस्था व्रतनिन्दया ।। १३१ ।।

  ‎क्षुधां मां बाधते नित्यं      भुक्तशेषमिहाsनय ।

  ‎तेनैव मे क्षुधाशान्तिरित्येवं    प्रार्थयाम्यsहम् ।। १३२ ।।

  ‎ओमित्युक्त्वा गतो विप्रो नवराज निवेशनम् ।

  ‎तत्र भुक्त्वा महद्भोज्य दानादि प्राप्य वै तत: ।। १३३ ।।

  ‎सर्वे द्विजा गता गेहान् स्वान्स्वानेव मुदान्विता: ।

  ‎मुनिना याचितुं नैव शक्यते        लज्जया तदा ।। १३४ ।।

  ‎इतस्ततो भ्रमन् विप्रो         नवराजनृपाङ्गणे ।

  ‎मात्रा नृपस्य दृष्टासाततो    जिज्ञासितो द्विज: ।। १३५ ।।

  ‎नृपमात्रा मुनि: पृष्ट: किं कार्यं    भवतस्त्विह ।

  ‎तेन चोक्तं परार्थं च याच्यते    भोज्यमात्रकम् ।। १३६ ।।

  ‎भण्डारिका इति श्रुत्वा दातुं   भाण्डगृहं ययु: ।

  ‎पक्वान्नादिप्रपूर्णं        तद्व्रतनिन्दाप्रभावत: ।। १३७ ।।

  ‎रिक्तं भाण्डगृहं जातं सर्वे     दृष्टा हि सत्रपा: ।

  ‎नृपमात्रे परोवृत्य         तेsवदन् सर्वमेव हि ।। १३८ ।।

  ‎सोवाच तद्वच: श्रुत्वा दीयतां भोज्यपात्रकम् ।

  ‎तस्यास्तद्वचनं श्रुत्वा       कृतवन्तस्तथैव ते ।। १३९ ।।

  ‎नूतने मृण्मये भाण्डे कृत्वा भोज्यं त्वरान्विता: ।

  ‎मुनिर्गतश्च पापेन युक्ता         सा यत्र तिष्ठति ।। १४० ।।

  ‎                     श्रीवैष्णव्युवाच 

  ‎स्वस्थानीपरमेश्वर्या           विधिवद्र्व्रतमाचर ।

  ‎तेन स्वस्थानलाभस्ते      भविष्यति न संशय: ।। १४१ ।।

  ‎इत्युक्त्वान्तर्हिता देवी वैष्णवी शान्तरुपिणी ।

  ‎तया कृते व्रत सर्वं यथा      देव्या प्रभाषितम् ।। १४२ ।।

  ‎दधिपूये तया देव्या         ह्यप्राप्ते व्रतकर्मणि ।

  ‎शर्करायस्ततोsपूपं         नदीपंकस्य वै दधि ।। १४३ ।।

  ‎कृत्वा समर्पितं बध्वा तद्द्वयं  सत्यतां गतम् ।

  ‎अष्टपूपं ससूत्रादि        नमस्कृत्य पुन: पुन: ।। १४४ ।।

  ‎नद्यां क्षिप्तं तया शीघ्रं तत्स्पर्शं प्राप्य नागिनी ।

  ‎अष्टोत्तरशतं वर्ष             पुरुषेण विवर्जिता ।। १४५ ।।

  ‎नागेन मिलिता     या च तत्पूपस्पर्शनादिभि: ।

  ‎सर्वपापैर्विनिर्मुक्ता         बभूवातीव सुन्दरी ।। १४६ ।।

  ‎आशिषं च ददौ तस्यै नागकन्याsतिविस्मिता ।

  ‎ततो बभूव सा प्राह    महालक्ष्मीस्वरुपिणी ।। १४७ ।।

  ‎केनाप्यगत्य राज्ञेsथ कथिता सुन्दरी कथा ।

  ‎पथिकस्य वच: श्रुत्वाsनुचरा: प्रेषिता पुन: ।। १४८ ।।

  ‎नानावाद्यादिघोषेण       वेदघोषेण वै तत: ।

  ‎स्वीये गृहे समायात नवराजस्य   भोगिनी ।। १४९ ।।

  ‎गोमयाया: पदद्वन्द्यं सुन्दरी  प्रणनाम सा ।

  ‎मात्रा पत्न्या स संयुक्तो नवराजो नराधिप: ।। १५० ।।

  ‎प्राप्ते निष्कण्टकं राज्यं बुभुजे सर्वसम्मतत् ।

  ‎स्वस्थानीपरमेश्वर्या: कथां श्रुत्वा च श्रद्धया ।। १५१ ।।

  ‎अपुत्रा पुत्रमाप्नोति पत्यु: प्रीतिं च विन्दति ।

  ‎कथाश्रवणमात्रेण     ह्यश्वमेधफलं लभेत् ।। १५२ ।।

।। ‎इति श्रीपद्मपुराणे पार्वतीसदाशिवसंवादे स्वस्थानी व्रतकथा समाप्त ।।

                   अथ मंगलाचरण 

  उपनयतु मंगलं व: सकल जगन्मंगलालय ।

  ‎श्रीमान् दिनकर किरण नवोधित नवनलिन्दलन्निभेक्षण: कृष्ण: 

   काले वर्षतुपर्जन्य: पृथिवी शस्यशालिनी ।

   ‎देशोयं क्षोभरहितो ब्राह्मणा सन्तुनिर्भया: ।।

   ‎अपुत्रा पुत्रिण: सन्तु पुत्रिण: सन्तु पौत्रिणा: ।

   ‎अधना सधना सन्तु जीवन्तु शरदां शतम् ।।

   ‎           तत्रैव गंगा यमुना च तत्र ।

   ‎           गोदावरी सिन्धु सरस्वती च ।।

   ‎           तीर्थानि सर्वाणि वसन्ति यत्र ।

   ‎           यत्राच्युतोदार कथा प्रसङ्ग: ।।

   ‎ कावेली बरुणा च  तोमर तथा इन्द्रावती कौशिकी ।

    मर्श्याङ्गदी कनकाई काली कमला नारायणी वाग्मती ।

    कोका वेत्रवती च राप्ती अरुणा  कर्णाली मेची तथा  ।

    काली गण्डकी भेरी सेती सुजला कूर्वन्तु ते मंगलम् ।। ६ ।।

    या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।

    या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।।

    या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।

    सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥१॥

    शुक्लां ब्रह्मविचार सार परमामाद्यां जगद्व्यापिनीं ।

    वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्‌।।

    हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थिताम्‌ ।

    वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्‌॥२॥

                 ‎कायेन वाचा मनसेन्दृयैर्वा ।

                 ‎बुध्यात्मना वा प्रकृति स्वभावात् ।।

                 ‎करोमि यद्यत्सकलं परस्मै ।

                 ‎नारायणायेति सपर्पये तत् ।।

colied & edited : Mr.Basanta Adhikari, Banke, Nepalgunj.

      साभार- श्री सुब्बा होमनाथ केदारनाथ उपाध्याय 

      ‎रामकटौरा वाराणसी द्वारा लिखित श्रीस्वस्थानी 

      ‎व्रतकथा माघ महात्म्य बाट । नेपाली नदीको 

      ‎श्लोक आफ्नै रचना थप गरेर प्रस्तुत गरेको छ ।

      सुब्बा होमनाथ केदारनाथ हितैषी कम्पनी 

      ‎पो. ब. न० १०८१ रामकटोरा रोड वाराणसी -२२१-००१

      टाईप युनिकोड मा 

      ‎केशव शरण लुईटेल

      ‎मिति-२०७४-०९-१७ गते सोमबार 

      ‎पौष शुक्ल पूर्णिमा स्वस्थानीव्रत आरम्भ 

      ‎स्थान बुढानिलकण्ठ १० कपन मिलन्चोक 

      ‎              काठमाडौ नेपाल

Comments