१०१. संकट व्यवस्थापन (Crisis Management) को सैद्धान्तिक अवधारणा : संवैधानिक व्यवस्था संकट चक्र, प्रकार र व्यवस्थापन र वर्तमान सन्दर्भ

संकट व्यवस्थापन (Crisis Management) को सैद्धान्तिक अवधारणा : संवैधानिक व्यवस्था संकट चक्र, प्रकार र व्यवस्थापन र वर्तमान सन्दर्भ

✍️ बसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार
१. अवधारणा (Concept) : संकट व्यवस्थापन (Crisis Management) बारे अर्थाउँदा संकटलाई कसरी उपयुक्त तरिकाले व्यवस्थापन र समाधान गरि पुर्ववत शान्ति वा प्रगतिको अवस्था बहाली गर्न सकिन्छ भन्ने तथ्य सँग सम्बन्धित रहेकोे छ । संकट प्रशासनिक र राजनीतिक र हालका दिनहरूमा जनस्वास्थ्य क्षेत्रमा  समेत  अत्यधिक रूपमा प्रयोग हुने शब्द हो । संकट भन्नाले - Critical movement  when national characters and Institutions were through to have been dicevely tested. - "संकट त्यस्तो नाजुक घडी हो जुन बखत राष्ट्रिय चरित्र एवम् संस्थाहरुको निर्णायक अग्निपरीक्षा हुन्छ ।" केही बिज्ञहरुले Crisis लाई त्यस्तो चाहना मानेका छन् जुन संकटको रणनीतिक उद्देश्यमा नै आघात पार्ने स्थिती ल्याउँछ । २. संवैधानिक व्यवस्था : नेपालको संविधान, २०७२ को भाग -३० संकटकालिन अधिकार धारा -२७३ मा संकटकालिन व्यवस्था बारे संवैधानिक व्यवस्था रहेको छ :  (१) नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह, चरम आर्थिक बिशृङखलता वा प्राकृतिक बिपद वा महामारीको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रपतिले नेपालभर वा नेपालको कुनै खास क्षेत्रमा लागू हुने गरि संकटकालिन अवस्थाको घोषणा गर्न वा आदेश जारी गर्न सक्नेछ । (२) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै प्रदेशमा प्राकृतिक विपद वा महामारीको कारणले गम्भीर संकट उत्पन्न भएमा सम्बन्धित प्रदेश सरकारले नेपाल सरकार समक्ष यश धारा बमोजिम प्रदेश वा प्रदेशको कुनै भागमा संकटकालिन अवस्थाको घोषणा वा आदेश जारी गर्नका लागि अनुरोध गर्न सक्नेछ । (३) उपधारा (१) बमोजिम गरिएको घोषणा वा आदेश त्यस्तो घोषणा वा आदेश भएको मितिले एक महिना भित्र अनुमोदनका लागि संघीय संसदका दुवै सदनमा पेश गरिनेछ । (४) उपधारा (३) बमोजिम अनुमोदनका लागि पेश भएको घोषणा वा आदेश संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेको सम्पुर्ण सदस्य संख्याको कम्तीमा दुईतिहाई बहुमतले अनुमोदन गरेमा त्यस्तो घोषणा वा आदेश भएको मितिले तीन महिनासम्म कायम रहनेछ । (५) उपधारा (३) बमोजिम अनुमोदनका लागि पेश भएको घोषणा वा आदेश उपधारा (४) बमोजिम अनुमोदन नभएमा स्वत: निष्क्रिय हुनेछ । (६) यश धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि  उपधारा (१) बमोजिमको अवस्था अझै विद्यमान छ भनि उपधारा (४) बमोजिमको अवधि समाप्त नहुँदै अर्को एकपटक तीन महिनामा नबढाई संकटकालिन घोषणा वा आदेशको अवधि संघीय संसदमा पेश गर्न सकिनेछ । (७) उपधारा (६) बमोजिमको प्रस्ताव संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेको सम्पुर्ण सदस्य संख्याको कम्तीमा दुईतिहाई बहुमतले पारित भएमा त्यस्तो प्रस्तावमा उल्लिखित अवधि सम्मका लागि संकटकालिन अवस्थाको घोषणा वा आदेश कायम रहनेछ । (८) प्रतिनिधिसभा विघटन भएको अवस्थामा उपधारा (३),(४), (६), (७) बमोजिम संघीय संसदले प्रयोग गर्ने अधिकार राष्ट्रिय सभाले प्रयोग गर्नेछ । (९) उपधारा (१) बमोजिम संकटकालिन अवस्थाको घोषणा वा आदेश भएपछि त्यस्तो अवस्थाको नियन्त्रण गर्न राष्ट्रपतिले आवश्यक आदेश जारी गर्न सक्नेछ । त्यसरी जारी भएको आदेश संकटकालिन अवस्था बहाल रहेसम्म कानुन सरह लागू हुनेछ । (१०) उपधारा (१) बमोजिम संकटकालिन अवस्थाको घोषणा वा आदेश जारी गर्दा त्यस्तो घोषणा वा आदेश बहाल रहेसम्मका लागि भाग ३ मा व्यवस्था भएका मौलिक हक निलम्बन गर्न सकिनेछ । तर धारा १६, धारा १७ को उपधारा (२) को खण्ड (ग) र (घ), धारा १८, धारा १९ को उपधारा (२) धारा २०, २१, २२,२४ धारा २६ को उपधारा (१), २९,३०,३१,३२,३५,३६ को उपधारा (१) र (२), ३८,३९,४० को उपधारा (२) र (३), ४१,४२,४३,४५ र धारा ४६ बमोजिमको संवैधानिक उपचारको हक र बन्दी प्रत्यक्षीकरण्को उपचार प्राप्त गर्ने हक निलम्बन गरिनेछैन । (११) उपधारा (१०) बमोजिम यश संविधानको कुनै धारा निलम्बन गरिएकोमा सो धारा द्वारा प्रदत्त मौलिक हकको प्रचलनका लागि कुनै अदालतमा निवेदन दिन वा त्यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन सकिने छैन । (१२) यश धारा बमोजिमको घोषणा वा आदेश बहाल रहेको अवस्थामा कुनै पदाधिकारीले बदनियत साथ कुनै काम गरेवाट कसैलाई कुनै प्रकारको क्षति भएको रहेछ भने पिडितले त्यस्तो घोषणा वा आदेश समाप्त भएको मितिले तीन महिना भित्र आफुलाई परेको क्षतीवापत क्षतिपूर्ति भराईदिन पीडकलाई सजाय गर्न सक्नेछ । (१३) यश धारा बमोजिमको घोषणा वा आदेश राष्ट्रपतिले जुनसुकै बखत फिर्ता लिन सक्नेछ । ३. संकट चक्र (Crisis Cycle) : संकट चक्र अध्ययन गर्दा मुलतः संकटपुर्ण नाजुक अवस्थामा खासगरी यी तीन कुराहरू विद्यमान हुन्छन् : ® निर्णय प्रक्रियाको महत्वपूर्ण एवम् दुरगामी लक्ष्यलाई चुनौती दिनु (Threat) ® निर्णय गर्नका निमित्त प्रतिक्रिया समय (Reaction Time) लाई सीमित गरिदिनु ® निर्णय गर्ने अवयबलाई किकर्तव्यविमुढ (Astonishment) अवस्था सिर्जना हुनु । २.१ Crisis Cycle मुलतः त्रिभुज आकारमा निम्नलिखित तथ्यहरु वाट देखाउन सकिन्छ : २.१.१ धम्की (Threat) २.१.२ प्रतिक्रिया समय (Reaction Time) र २.१.३  किंकर्तव्यबिमुढ (Astonishment) । संकट एक बहुआयामिक प्रक्रिया हो । संकटलाई रणनीतिक आयाम (Strategic Dimension) को दृष्टिकोणले हेर्नुपर्दछ । ४. संकटका प्रकार (Types of Crisis) : साधारणतया मानवजन्य प्राकृतिक संकट घटना अघि पनि पछि पनि हुन्छ । यो एक जटिल बिषय हो । सुपरिचित संकटहरुमा प्राकृतिक प्रकोप, वातावरणीय विप्लवहरु, प्रविधि असन्तुलन, अन्तर्राष्ट्रिय तनाव र विवाद, जनसंख्या र बसाइँसराइको असन्तुलन, हुलमुल, Leisure Disaster, भिडभाड अव्यवस्थित, हुल हुज्जत, आतंकवाद, ठुल्ठुला आयोजनाहरुको खतराहरु पर्न आउँछन् । जस्तो : क्युवाको मिसाईल संकट, बोस्नियाको राजनीतिक संकट हुन् तसर्थ बैज्ञानिक, वातावरणीय, व्यवस्थापकीय, संस्थागत आदि हुन सक्छन्  त्यसैले संकटको क्षेत्रको आधारमा यो बृहत र निर्दिष्ट (Macro & Micro) तहमा पनि हुन्छ । ५. संकट व्यवस्थापन (Crisis Management) : ५.१ संकटबोध (Crisis Identify) : ५.२ रोकथाम, रणनीति तथा नीतिहरु ( Prevention, Strategy and Policy) : ५.३ तयारी (Preparedness) : ५.४ संकट विरुद्धको योजना ( Planning against Crisis) : ५.५ संकट ग्रहण (Crisis accepted) : ५.६ सफ़ल वा असफ़ल (Success or Failure) : ५.७ पुनर्स्थापना नीतिहरु ( Recover policy) : ६. संकट व्यवस्थापनमा बहुआयामिक पक्ष (multi-dimension aspect on crisis management) : ६.१ व्यवस्थापनको संकट ६.२ संचालनको चरण ६.३ वैधताको चरण ६.४ संकट व्यवस्थापनको निम्ति परिवर्तित रणनीति (Changing policy) ६.६ प्रतिरक्षा (Defence) ६.७ सुदृढीकरण (Consolidation) ६.८ पुनर्स्थापना वा पुनर्जीवन भएर हेर्नुपर्छ (Diffence see through Recovery strategy) उदाहरण : ऎतिहासिक उदाहरण लिनु पर्दा लकहवीमा भएको पानामा जहाज विस्फोटन पछि पानामा  कम्पनी बन्द हुनुमा आतंकवादी क्रियाकलाप वाट भएको विष्फोटन भन्दा नै खाडी युद्ध नै थियो भन्ने जिकिर छ । यसले गर्दा कम्पनीको साख गिर्दै गएको र कम्पनीले कहिल्यै पुनर्जीवन पाएन । वर्तमान अवस्था चिनको बुहानवाट उत्पत्ति भै विश्वव्यापी नरसंहारकारी महामारीको बिश्वका २०० भन्दा बढी मुलुकहरूमा असाध्य रोगको रुपमा व्याप्त लाखौंको ज्यान लिईसकेको र लाखौं संक्रमित र अझै संक्रमित बढिरहेको बिश्वका सक्षम र सबल स्वास्थ्य सेवा भएका मुलुकहरू लाई खतरापूर्ण चुनौती रहेको कोभिड १९ लाई लिन सकिन्छ । ७. संकट व्यवस्थाका सुत्र ७ C  ( Formula 7 C's of Crisis Management) : ६.१ न्यानो त्रिभुज (Warm Traingle) ६.१.१ संस्कृति (Culture)                                       } ६.१.२ सञ्चार (communication)                        } ६.१.३ एकीकृत स्वरुप (configuration)                 } ६.१.२ चिसो वर्ग (Cold square) ६.१.४ मापन योग्य जटिलता (compling                } compliexity)                                                      } ६.१.५  पारिस्थितिक योजना (Contengency          } planning)                                                            } ६.१.६ लागत (Cost)                                              } ६.१.७ नियन्त्रण (Control) ।                                   } न्यानो मानव र चिसो प्राविधिक दुई क्षेत्र बिच अन्तरक्रिया हुन्छ । चिसो वर्ग खासगरी प्राविधिक प्रकृतिको हुने भएकोले यसले संकटवाट उत्पन्न धेरै समस्याहरु समाधान दिन सक्छ । तर न्यानो त्रिकोण जसमा संगठनमा संस्कृति, सञ्चार व्यवस्था र स्वरुप पर्दछन् । जस्लाई साधारणतया संगठनमा भुल्ने चलन छ । यसलाई भुल्नु हुँदैन । न्यानो त्रिकोण भन्दा खेरि संगठनात्मक प्रजातन्त्र र सहभागिता जस्तो लाई बुझाउँछ । वास्तविक कुरो के हो भने दुवै न्यानो र चिसो अवयबहरुले गर्दा मात्र संकट बाट उत्पन्न मागहरूको आपूर्ति गर्न सकिन्छ । ८. नेपालको सन्दर्भ बिश्वब्यापी महामारी कोभिड -१९ वर्तमान सन्दर्भमा विश्वव्यापी महामारी कोरोना भाईरस "कोभिड -१९" संक्रमण, रोकथाम तथा नियन्त्रण विशेषतः चीनको बुहान प्रान्तवाट विश्वव्यापी रुपमा अमेरिका, युरोप, अष्ट्रेलिया, भारत हुँदै नेपालमा २०७६ चैत्र ११ गते देखि करिबकरिब ६ महिना बन्दाबन्दी (Lockdown) पश्चात् सर्ट डाउन र स्मार्ट लकडाउन सम्मका प्रयोगहरु गरिएको र यद्यपि स्थानीय तह र स्थानीय प्रशासन समेतको समन्वयमा भैरहेका छन् ।  स्वास्थ्य संकट ऎन बमोजिम संकटकाल वा सोसरहको अवस्थाको बिद्यमानता रहेको छ । आधारभुत स्वास्थ्य मापदण्डअनुसार पालन गर्नुपर्ने आधारभुत स्वास्थ्य मापदण्ड समेतको पालना गर्नुपर्ने सम्बन्धमा  विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले सूचना गरिरहेको अवस्था छ । कोभिड -१९ को भ्याक्सिन अहिलेसम्म चीन, अमेरिका लगायतका केहि मुलुकहरूले अन्तिम चरणमा प्रयोग गरिरहेको र आगामी २०२१ को शुरुमै कोभिड 19 को भ्याक्सिन प्रयोग हुनेछ भन्ने आशावादी बन्न सकिन्छ । ® समाप्त ® लेखक परिचय : ~~~~~~~~~~ बसन्तराज अधिकारी अधिवक्ता - एम.ए. (राजनीतिशास्त्र) ; बी.एल:, (कानुन) बी.ए. (अर्थशास्त्र/राजनीतिशास्त्र) ; बी.एड. (शिक्षा) हाल : उपसचिव, नेपाल सरकार कामकाज : प्रमुख प्रशासकीय अधिकृत राजापुर नगरकार्यपालिका कार्यालय राजापुर,  बर्दिया । ✍️ रचनाकार : बसन्तराज अधिकारी घोराही, दाङ हाल: राजापुर, बर्दिया । सन्दर्भ सामग्रीहरु (References) ~~~~~~~~~~~~~~~~~~~ १. नेपालको संविधान, २०७२ २. नेपाल अधिराज्यको संविधान, २०४७ ३. Hands out Note & Diary of Officers PSC Exams ४. हाम्रो भावना राष्ट्रिय दैनिक, बर्दिया पत्रिकामार्फत प्रकाशित । ८. "जागीरे-यात्रा" सिर्जनाहरुको सङ्गालो, २०७० ।

Comments