१०३.निजामती सेवामा बिकृतिहरुको नियन्त्रण (Concept of Bereaupathology & It's Control at Civil Service) अवधारणा : संक्षिप्त परिचय

निजामती सेवामा बिकृतिहरुको नियन्त्रण (Concept of Bereaupathology & It's Control at Civil Service) अवधारणा : संक्षिप्त परिचय

✍️ बसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार
१. अवधारणा (Concept) : Vernacular word : "गर्न नहुने भन्ने थाहा हुँदा हुँदै पनि गर्ने र गर्नु पर्ने कार्य नगर्ने कार्य नै बिकृती हो ।" बिकृतिलाई अध्ययन गर्ने बिधालाई अंग्रेजीमा ब्युरोप्याथोलोजी भनेर पहिचान गरिन्छ मुलतः Bureaupathology (Red-tape syndrome) लाई पहिचान गर्ने मुलभुत अवधारणा (Concept) …… "The manifestations of exaggerated bureaucratic behaviour (seebureaucracy). They include resistance to change, an obsessive reliance on rules and regulations, and an individual incapability of responding to unpredictable events. The bureaupath tends to believe the policies and procedures of an organization constitute an end in themselves, rather than a means to an end.... ..." २. बिकृतिको परिचय (Introduction of Bureau pathology) निजामती सेवाभित्र बिद्यमान, हुर्कदै, मौलाउँदै र बढ्दै गएका र सम्पुर्ण सेवालाई नकारात्मक प्रभाव पार्ने अवाञ्छित कृयाकलापहरुको सन्जाललाई बिकृती भनिन्छ । यश प्रकारको बिकृतिको परिणाम निजामती सेवालाई जनमुखी भै लक्ष्यमा पुग्न नदिने, गलत आचरण तर्फ उन्मुख गरि भ्रमपुर्ण स्थितिको सिर्जना गरि पथ भ्रष्ट गर्ने कार्य गर्दछ । बिशेषत: निजामती सेवावाट प्राप्त हुने सेवा, उत्तरदायित्वको अवस्था, जनसम्पर्कको स्थिति, लक्ष्य प्राप्तीमा योगदान, सेवाको आकर्षण, अधिकार प्रत्यायोजनको स्थिति, सच्चरित्रता, कर्तव्यनिष्ठता, नागरिकको अपेक्षा, जनगुनासो आदि बिशेषताहरुको सुक्ष्म एवम् गहन अध्ययनवाट बिकृती पहिचान हुन्छ । ३. बिकृती नियन्त्रण चक्र (Bureau Pathology Cycle) (क) बिकृतिको पहिचान, (ख) बिकृती आउने कारण, (ग) नियन्त्रण, (घ) अनुगमन तथा मुल्यांकन, (ङ) पृष्ठपोषण संयन्त्र (Feedback mechanism) निजामती सेवामा बिद्यमान बिकृती नियन्त्रण गर्नकालागी उपरोक्त बमोजिमका बिकृति चक्रका सबै चरणहरुलाई प्रभावकारी सुक्ष्मरुपमा नियालेर हेर्नु पर्दछ । सर्वप्रथम बिकृतिको पहिचान भै सकेपछि त्यसको मुल कारण  (root cause) पत्ता लगाएमा प्रभावकारी तवरले त्यस्तो बिकृती नआउनेदिने तर्फ व्यवस्थापनले हर्दम हरप्रयाश पर्याप्त कदम चाल्न सक्छ, यसलाई कति प्रभावकारी भयो भएन भनेर निरन्तररुपमा अनुगमन मुल्यांकन समेत गरिनु पर्दछ । यति हुँदा हुँदै पनि बिकृती आएमा पुनः पहिचान गरि बिकृतिको निराकरण गर्ने तर्फ व्यवस्थापनले निरन्तर लाग्नु पर्ने अनिवार्य शर्त  भएकोले यसलाई निरन्तर चलिरहने प्रक्रियाकोरुपमा हेरिनु पर्दछ । सार्वजनिक सेवामा मुख्यत: ३ (तीन) वटा Actors हुन्छन् तिनका अ-आफ्नै अपेक्षा पनि । यदि कुनै पनि देशको सरकारले त्यहाँका राष्ट्रसेवक/ कर्मचारीहरुको मांगलाई यथेष्टरुपमा सम्बोधन नगरेमा कर्मचारीको पक्षवाट गलत क्रियाकलापहरु मार्फत आय आर्जन वृद्धि गर्न लाग्ने हुनाले भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता (Zero Tolerance) कायम नभई  बिकृति तथा विसंगतिहरु बढेर जान्छन् । यी ३ (तीन) वटा Actors को अपेक्षालाई गहनरुपमा यसरी नियाल्न सकिन्छ । यसलाई संगठनको कार्यशैलीवाट पहिचान गरौं : ३.१  सरकारको अपेक्षा : ३.१.१ कम तलव दिई बढी काम लिने । ३.२ कर्मचारीको अपेक्षा : ३.२.१ आर्थिक र गैरआर्थिक सुबिधा बढी खोज्ने प्रवृत्ति । ३.३ जनताको अपेक्षा : ३.३.१ गुणस्तरीय, प्रभावकारी, छिटोछरितो, मितव्ययी, चुस्त दुरुस्त र कार्यकुशलतापुर्वक सेवा प्राप्त गर्ने चाहना । ४. विकृतिको पहिचान : विकृतिको पहिचान पहिलो र महत्वपूर्ण कुरा हो  । भनिन्छ, "समस्याको सहि तरिकाले पहिचान गर्नु नै समस्याको आधा समधान गर्नु हो ।" तसर्थ, समस्याको पहिचान गर्न पुर्व उच्च सतर्कता, निगरानी (surveillance) गर्नु पर्दछ । आवश्यकता अनुरुप अनुसन्धान, Vigilance र अन्ततः String operations समेत गर्नुपर्ने अवस्था आउन सक्छ । यश सम्बन्धमा निगरानी निकाय उच्च सतर्कता (High Alart) को अवस्था भन्दा अगाडि Actions Preparations हर सम्भव गरिनु पर्दछ । मुलतः प्रवर्द्धनात्मक तथा सचेतनामुलक, निरोधात्मक र उपचारात्मक विधि वा पद्धति वाट नियन्त्रण गर्न सकिन्छ साथै अध्ययन अनुसन्धान र सूचना प्रविधिको अत्युत्तम प्रयोग विकृतिको पहिचानमा सहायक सिद्ध हुन्छन् भने सार्वजनिक निकाय, सरकारी कार्यालय, सरकारी संस्थान सेवा बस्तुको आर्थिक तथा बित्तीय कारोबार हुने स्थानमा बिशेष कडा ध्यान दिनुपर्दछ । ५. विकृति आउने कारण : बास्तवमा बिकृतिको मुल कारण सामाजिक असहिष्णु, सदाचार तथा प्रशासकीय संस्कृतिको ह्रासोन्मुख अवस्था र दण्डहीनताको अवस्था नै हो भन्दा अत्युक्ति नहोला । खासमा भन्ने हो भने देहायका बुँदाहरुलाई बिकृती आउने कारणको रूपमा लिन सकिन्छ : ३.१ व्यक्तिगत महत्वाकांक्षा धनी बन्ने लालसा ३.२ असहिष्णु सामाजिक रीतिरिवाज, प्रथा प्रचलन र मुल्य मान्यता ३.३ भोगवादी संस्कृति, बिलासी जीवनशैली ३.४ नैतिक शिक्षाको अभाव ३.४ राष्ट्रियता, मौलिकताको शुन्यता ३.५ सामाजिक उच्छृङ्खलता ३.६ सदाचार शिक्षा नहुनु ३.७ महङ्गो निर्वाचन पद्धति ३.८ राजनीतिक संरक्षण ३.९ योग्यता प्रणालीको पुर्ण पालना नहुनु ३.१० दण्डहीनताको अवस्था । ६.  नियन्त्रण  बिकृतिको नियन्त्रण गर्नु भनेको उच्च ज्वरो आएको बिरामीलाई सिटामोल ख्वाएको जस्तो कुनै एकसुत्रीय उपाय वा रामवाण भने छैन ।  यसका बहुआयामिक उपायहरू हुन सक्छन् । बिकृतिको नियन्त्रण गर्न मुलतः प्रवर्द्धनात्मक, निरोधात्मक, उपचारात्मक र जनचेतना मुलक उपायहरू प्रमुख रहेका छन् । सम्बन्धित नियामक निकातहरु प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गत राष्ट्रिय सतर्कता केन्द्र, संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग,  सम्पत्ति शुद्धीकरण आयोग, महालेख परिक्षक, राजश्व अनुसन्धान केन्द्र जस्ता तत् तत् निकायहरू वाट भिजिलेन्स परिचालन,  जासुसी प्रयोग, उच्च जाँचबुझ केन्द्र (Ambudsman) स्वीडिस अम्बुड्सम्यान स्वरुपको हुनु अति जरुरी रहन्छ ।  ७. अनुगमन तथा मुल्यांकन : विकृतिको नियन्त्रणका लागि बिशेष अनुगमन संयन्त्र बनाई अनुगमन तथा मुल्यांकन व्यवस्थालाई प्रभावकारी चुस्त दुरुस्त अपडेट बनाउनु पर्दछ । अनुगमन तथा मुल्यांकन वाट प्राप्त सुझाव तथा निर्देशन बमोजिम आवधिक कार्ययोजना (periodical action plan) सहित समयानुकूल सुधार गरिनुपर्दछ । ८. पृष्ठपोषण संयन्त्र (Feedback mechanism) : अनुगमन वाट प्राप्त सुझाव एवम् निर्देशनलाई कार्यान्वयन चरणमा लैजान पृष्ठपोषण संयन्त्र तयार गरि योजनाबद्ध व्यवस्थित रूपमा कार्यान्वयन गरिनुपर्दछ । मुलतः पृष्ठपोषण संयन्त्र बाह्य र आन्तरिक पक्षलाई एक्यवद्धता गरि नतिजामा आधारित हुनुपर्दछ । यो निरन्तरता चलिरहने पनि हो । एउटा परियोजनाको समाप्ति सँगै अर्को प्रारम्भ भैरहन्छ । यसमा संगठन भित्र गर्ने र बाह्यरूपमा सञ्चार गर्ने input - process - output को माध्यमवाट सूचना र तथ्यको निकासी र आन्तरिक गरिरहँदा आन्तरिकमा योजना, सुचक तथा सूचनाको प्रबोधीकरण तथा नतिजा बिश्लेषण (dissertation), नयाँ नयाँ प्रविधिको प्रयोग, तरिका, बिधि र पद्धति हुन्छन् भने बाह्ममा मुलतः कारबाही, किनारा, सुधार योजना सार्वजनिकीकरण, परिणाम प्रस्तुति गरिन्छ । लेखक परिचय : ~~~~~~~~~~~~ ✍️ बसन्तराज अधिकारी अधिवक्ता - एम.ए. (राजनीतिशास्त्र) ; बी.एल:, (कानुन) बी.ए. (अर्थशास्त्र/राजनीतिशास्त्र) ; बी.एड. (शिक्षा) हाल : उपसचिव, नेपाल सरकार कामकाज : प्रमुख प्रशासकीय अधिकृत राजापुर नगरकार्यपालिका कार्यालय राजापुर,  बर्दिया । सन्दर्भ सामग्री (References) ~~~~~~~~~~~~~~~~~~~ १. सार्वजनिक प्रशासनको सिद्धान्त र बिकास प्रशासन लेखक प्रा.डा. भिमदेव भट्ट २. Self Note & Diary of PSC officers Exam preparation ३. व्यवस्थापनको अवधारणा र सिद्धान्तहरू, दीपककुमार दाहाल, सार्वजनिक वयवस्थापन, अग्रसारथी अध्ययन तथा अनुसन्धान केन्द्र, सोपान मासिक द्वारा प्रकाशित ४. "जागीरे-यात्रा" सिर्जनाहरुको सङ्गालो, २०७० । ✍️ सम्पादन तथा लेखन : बसन्तराज अधिकारी घोराही, दाङ हाल: राजापुर, बर्दिया ।।

Comments