१११. दु:खले गर्छ सुखको चाह, सुखमा मात्तिन्छ । सिर्जना सृष्टि दु:खमा हुन्छ, सुखले नासिन्छ ।।१।।

दु:खले गर्छ सुखको चाह, सुखमा मात्तिन्छ ।

सिर्जना सृष्टि दु:खमा हुन्छ, सुखले नासिन्छ ।।

✍️ बसन्तराज अधिकारी, घोराही दाङ हाल : राजापुर, बर्दिया

      

दु:खले गर्छ सुखको चाह, सुखमा मात्तिन्छ ।

सिर्जना सृष्टि दु:खमा हुन्छ, सुखले नासिन्छ ।।१।।


दाजु र भाइ दु:ख र सुख, घाम छाँया सरि छन् ।

सुखमा सन्तुष्ट हुने मानिस, दु:खमा आत्तिन्छन् ।।२।।


जन्म हो दु:ख आमाको उदर, गर्भको उच्छबासमा ।

मल मुत्रमा भोगाई कष्ट, परन्तु सुखको आशमा ।।३।।


हो मृगतृष्णा सुखको स्रोत, अस्थायी कल्पना ।

शाश्वत सत्य दु:ख हो मित्र, निरन्तर जीवन ।।४।।


सिद्ध र बुद्ध मुक्तिको चाह, जन्मबन्धन तोडेर ।

संस्कार छुटदैन पुनर्जन्म सम्म, शरीर छोडेर ।।५।।


सात्विक दु:ख त्यो दु:ख होईन, परम सुख हो ।

राजसी सुख र दु:ख मिश्रण, सांसारिक भोग हो ।।६।।


शारीरिक शक्ति सामर्थ्य, बुद्धि बल घटाउदैं अन्ततः 

तामसी दोषले ऎश्वर्य कान्ति पुरुषार्थ, समाप्त गर्दछ ।।७।।


प्रतिदिन जन्म र मृत्युु चक्र, नियति भाग्य भै घुम्दछ ।

विवेकशील धर्म अनुकूललाई, सब भोग मिल्दछ ।।८।।


कर्म र भाग्य पुरुषार्थ त्रय, जीवनभर घुम्दछ अनन्त ।

परस्परमा अन्तर्घुलन ॐ कार सरि, छ है यो अव्यक्त ।।९।।


सिद्धान्त बन्छ इश्वरवाद, अनिश्वरवाद  कार्य र कारण ।

सृष्टिचक्र जीवन निरन्तरता, भौतिक अन्ततः मरण ।।१०।।


✍️ बसन्तराज अधिकारी

स्वनिवास घोराही दाङ । 

रचना मिति : २०७७ मंसिर २४ बुधबार 

Comments