विकेन्द्रीकरणको अर्थ, परिभाषा, क्षेत्र, महत्व, किसिम, कमी कमजोरीहरु र मुल्यांकन
✍️ बसन्तराज अधिकारी |
१. विकेन्द्रीकरणको अवधारणा :
सारमा केन्द्रीकृत शासन व्यवस्थाको विकल्प शासकीय शक्ति वा अधिकार विकासका कार्य आदि कुराहरू केन्द्रबाट स्थानीय तहको शुरु इकाई सम्म ल्याई प्रयोग गरिने प्रक्रिया नै विकेन्द्रीकरण हो ।
विकेन्द्रीकरणका सम्बन्धमा London of School Economics को Fiscal Decentralization and Economic Grouth and Central Eastern Europe" शीर्षक अनुसन्धानमूलक प्रकाशनमार्फत 'आर्थिक विकासको प्रारम्भिक औजार भनेकै आर्थिक विकेन्द्रीकरण हो' भन्ने तथ्यलाई सन् २००९ मै बलियो रूपमा अघि सारिएको थियो । युरोपको आजको विकास कायाकल्परूपी मन्त्रको आधारशीला त्यही औजार हो भन्नेमा धेरै जानकारहरुको एकमत छ ।
दक्षिण एसियाको एउटा सानो द्वन्द्वोत्तर मुलुक नेपालको साँघुरिदै गएको समृद्धिको द्वार उघार्ने हो भने पनि आर्थिक विकेन्द्रीकरण नै सबैभन्दा उत्तम उपाय हुन सक्छ।
उदाहरणको रुपमा विकेन्द्रीकरण लाई अर्थाउँदा
प्रशासनिक र राजनीतिक क्षेत्र तथा शक्तिको पूर्ण विकेन्द्रीकरण गर्नु आवश्यक छ।
२. विकेन्द्रीकरणको परिभाषा :
Willouby का अनुसार – ”अत्यधिक केंद्रीकृत व्यवस्थामा स्थानीय इकाइ केवल कार्यवाहक संयन्त्रको को रूपमा कार्य गर्दछन् । यिनलाई आफ्नो प्रयासमा कुनै पनि कार्य गर्ने सामर्थ्य हुँदैन …..प्रत्येक कार्य केन्द्रीकृत कार्यालय वाट सम्पादन गरिन्छ ।
केंद्रीकरण तथा विकेंद्रीकरण को अझ धेरै स्पष्टरूपमा हामी यसको निम्नलिखित पाँच पक्षवाट स्पष्ट गर्न सक्दछौं जो विकेंद्रीयकरण हुन्छ र यसको बिपरित केन्द्रीकृत भन्ने बुझ्न सकिन्छ ।
२.१ प्रशासकीय पक्ष :
शासकीय स्वरुप हस्तातंरण यश प्रकार गरिन्छ कि स्वेच्छाले कार्य गर्ने बिशाल क्षेत्र अधीनस्थ कर्मचारीहरुलाई सुम्पिईन्छ तथा शीर्षस्थ मुख्य अधिकारी लाई कम भन्दा कम कार्य बोझ रहन जावस ।
२.२ कानुनी पक्ष :
कानुनत: गरिने विकेन्द्रीकरणलाई अधिकारको निक्षेपण (Devolution of Power) भनिन्छ । यसमा कानुन बनाई स्थानीय तहहरुलाई सशक्तीकरण गरिन्छ ।
२.३ सांगठनिक पक्ष :
संगठनका व्यक्ति एकाईमा धेरै शक्ति सुम्पिईन्छ जस्ले सदैव मुल केन्द्रिय कार्यालयको नियन्त्रण सदैव राखी राख्न सकियोस् ।
२.४ राजनीतिक पक्ष:
जन निर्वाचित निकायमा धेरै शक्ति हस्तान्तरण गरिन्छ जस्ले र प्रशासनको कार्यसम्पादन जनताको हित भलो को लागि हुन्छ ।
२.५ भौगोलिक पक्ष:
जनताको नजिक तथा मुख्य कार्यालय प्रदेश र स्थानीय तहका विभक्त एकाईहरुलाई स्वतन्त्रता एवम् सशक्तीकरण गरिन्छ ।
२.६ कार्यात्मक पक्ष:
विभिन्न कार्यहरू सम्पन्न गर्न विभिन्न बिभागहरुलाई उत्तरदायी बनाईन्छ । जवाफदेहिता (Answearbility) केन्द्रमै निहित रहन्छ ।
अत: जुन शासकीय पद्धति वा स्वरुपमा केन्द्रिय सरकारका अधिकारीको हातमा धेरै शक्ति केन्द्रित रहन्छ जस्को परिणामस्वरूप निम्नस्तरका शासकीय कर्मचारीको शक्ति र विवेकमा कमी हुनु लाई नै केंद्रीकृत व्यवस्था (Centralized System) भनिन्छ ।
यसको विपरीत, जुन शासकीय प्रणाली मा कानून या संविधान द्वारा स्थानीय तहमा पर्याप्त अधिकार शक्ति दिईएको हुन्छ सो व्यवस्था लाई ‘विकेंद्रीकृत व्यवस्था (Decentralization) भनिन्छ ।
३. विकेंद्रीकरण र अधिकार प्रत्यायोजन मा अंतर (Difference in Decentralization and Delegation):
विकेंद्रीकरण अधिकार प्रत्यायोजन भन्दा भिन्न हो । विकेंद्रीकरण अंतर्गत केंद्रीय शासकीय स्वरुप आफ्ना केही शक्ति र स्थानीय अधिकारीलाई शक्ति प्रदान गर्दछ फलस्वरूप स्थानीय अधिकारी आफ्नो कार्य क्षेत्रमा पूर्णतः स्वायत्त हुन्छन् । यसको विपरीत अधिकार प्रत्यायोजन मा केंद्रीय शासकीय अधिकार स्थानीय तहलाई कार्य हस्तान्तरण गरिन्छ यसरी स्थानीय तह स्वायत्त हुँदैनन् केन्द्र प्रति उत्तरदायी हुन्छन् ।
वास्तवमा केंद्रीय शासकीय स्वरुपको नाम वाट स्पष्ट हुन्छ कि यसले शक्तिको प्रयोग गर्दछ स्थानीय तह केन्द्रिय शासकीय स्वरुपको एजेन्ट वा सहायकको हैसियतले कार्य गर्दछ अन्ततः केन्द्रिय शासकीय स्वरुपको आदेश निर्णय परिवर्तन गर्न सक्दछ ।
४. केंद्रीकरण तथा विकेन्द्रीकरणको निधार्रक तत्व वा क्षेत्र (Determinants or Scope of Centralization and Decentralization))
फेजलरले यसलाई चार तत्वमा बिभाजन गरेका छन् :
४.१ प्रशासनिक तत्व:
४.२ कार्यात्मक तत्व:
४.३ बाह्य तत्व:
५. विकेंद्रीकरणको सीमा(Limitations of Decentralization)::
केही बिचारकहरुको अनुसार विकेन्द्रीकरण केवल एक सीमा सम्म लागू गर्न सकिन्छ । अत: प्रशासकीय प्रणालीमा यसकारण आरक्षण (Reservation) को व्यवस्था गरियोस् ।
६. केंद्रीकरण एवं विकेंद्रीकरण को गुण तथा दोष (Properties and Defects of Centralization and Decentralization)::
केंद्रीकरणको गुण:
६.१ पर्याप्त एवं प्रभावशाली नियंत्रण
६.२ एकरूपता फलस्वरूप शासनमा सुविधा रहन्छ
६.३ मितव्ययिता
६.४ राष्ट्रीय हित सर्वोपरि
६.५ निर्णयमा सहजता ।
७. केंद्रीकरण को दोष:
७.१ केन्द्रीकरणको परिणामस्वरूप निरंकुशता
७.२ स्थानीय परिस्थिति, स्रोत साधनको अनभिज्ञता
७.३ प्रशासनिक लचिलोपनको अभाव
७.४ जनताको प्रत्यक्ष सहभागिता नभई अलोकतान्त्रिक पद्धतिको बढोत्तरी ।
८.विकेंद्रीकरण को गुण:
८.१ शीघ्र निर्णय
८.२ शिर्षस्थ अधिकारी वा मुख्य कार्यालयको भार वा कार्यबोझ कम
८.३ स्वतन्त्रता
८.४ प्रशासनिक बिकृती, लालफिताशाही, ढिलासुस्ती, अकर्मण्यता रहदैन
८.५ आदेश पर्खन नपर्ने र उचित समाधान निकाल्न सकिने ।
९. विक्रेद्रीकरणको दोष:
९.१ स्वेच्छाचारी कर्मचारी, बजेट निर्माण र कर राजस्व अपर्याप्त
९.२ समन्वयको समस्या
९.३ दुई प्रकारका कर्मचारीले कार्यसम्पादन गर्नु पर्दा बढी खर्चिलो ।
९.४ राष्ट्रिय हित भुलेर स्थानीय स्वार्थ पुर्तिमा लाग्ने
९.५ शासकीय स्वरुपमा एकरुपताको अभाव ।
१०. मूल्यांकन:
कुनै बिशेष सांगठनिक निकायलाई केन्द्रीयकरण तथा विकेन्द्रीकरण गर्न कुन राम्रो भन्ने कुरा कुनै पनि मुलुकको समय, परिस्थिति र कार्य प्रकृतिको आधारमा निर्धारण गरिन्छ ।
विलोबीको भनाई छ – ”संघीय सरकार को सेवाहरु द्वारा यी दुईमध्ये कुन पद्धति अपनाउने भन्नेमा सामान्य अभिमत दिन सकिदैन कार्यप्रकृती र अन्य बिशेष प्रणालीमा निर्भर रहन्छ ।
डेविड डी हुमेनको निष्कर्ष छ – यी दुवै पद्धतिमा हरेक सांगठनिक निकायमा देख्न सकिन्छ । यो साध्य (Ends) होईन साधन (Means) मात्र हो । शासकीय कुशलता अनुरुप प्रयोग गर्नुपर्छ । ”
वर्तमान समय संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा विकेन्द्रीकरण अवश्यम्भावी तथा अपरिहार्य रहन्छ । नेपालको संविधान २०७२ ले राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरुमा विकेन्द्रीकरणलाई आत्मसात गरेको छ जुन आदर्शात्मक संघीयताको व्यवस्थालाई संविधानसभा मार्फत संवैधानिक प्रत्याभूति गरिएको र ऎतिहासिक निर्वाचन मार्फत स्थानीय, प्रदेश, प्रतिनिधिसभा, राष्ट्रिय सभा, उपसभामुख, सभामुख, उपराष्ट्रपति, राष्ट्रपतिको निर्वाचन सम्पन्न भै पुर्णतः कार्यान्वयन चरणमा गै संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक व्यवस्था कार्यान्वयन सशक्त एवम् प्रभावकारी रूपमा रहेको छ ।
Refrences: Releted Articles:
१. नेपालको संविधान, २०७२
२. Centralisation and Decentralisation of Authority | Hindi | Public Administration
३.Decentralisation of Authority | Hindi | Public Administration
४.अंतर: जिम्मेदारी और जवाबदेही | Difference: Responsibility and Accountability | Hindi
५. Centralisation of Authority | Hindi | Organisation | Public Administration
लेखक परिचय :
~~~~~~~~~~
✍️ बसन्तराज अधिकारी
अधिवक्ता एम.ए. (राजनीतिशास्त्र) ; बी.एल:, (कानुन) बी.ए. (अर्थशास्त्र/राजनीतिशास्त्र) ; बी.एड. (शिक्षा)
हाल : उपसचिव, नेपाल सरकार
कामकाज : प्रमुख प्रशासकीय अधिकृत
राजापुर नगरकार्यपालिका कार्यालय
राजापुर, बर्दिया ।
✍️ रचनाकार : बसन्तराज अधिकारी
घोराही, दाङ
हाल: राजापुर, बर्दिया ।
Comments
Post a Comment