३६. घर संग साथीत्व-१

 घर संग साथीत्व-१

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
बस्नलाई बाँस सुरक्षाको पहरेदार । कसैको छैन त्राश यहि नै त पाईन्छ । दुई छाक गाँस ।।१।। सानोमा गाउँमा घर थियो बाबू आमा भाइ बहिनीहरुको अपार प्यार र आत्मियता ठूलो हुँदै गए पछि "जिजिविषा" ले भत्काउँदै लगे र अस्तित्व मेटाईदिए ।।२।। जिजिविषाको पराकाष्ठा "बिजिगीषा" अगाडि आयो । शहरमा डेरा भयो एउटा कोठाको घर । बिजिगिषाले शाखा फैलायो सन्ततिहरु पनि पदचाँप पछ्याउँदै । बिसौं बर्ष बिते र अझै बितिरहेछन नि त त्यही साहुको डेराको कोठे घरमा ।।३।। दशैं तिहार जस्ता ठुला चाड पर्वमा घर गाउँ फर्कदा जिस्काउँथे आफ्नैले । शहर गाको ठूलो मान्छे बन्न तर तिनीहरु मध्ये कतिपय त शहरमा । टिक्न नसकेर आफ्नै गाउँ फर्की आएँ भन्ने गीत गाउँदै गाउँमै फर्किएका पनि थिए ।।४।। अर्काको घर स्वतंन्त्रता कहाँ पाईन्छ ? न मुक्त कण्ठले हाँस्न पाईन्छ न त जोडले काँस्न पाईन्छ । काठमाण्डौको साहुको डेरा न बत्ती न पानी पाईन्छ । सक्रान्तिको दिनमै घरबेटीलाई अग्रिम भाडा चाहिन्छ । हरे शिव कहाँ पाईन्छ र अर्काको घरमा, स्वतन्त्रता, उन्मुक्ती र स्वाभिमान ?? ।।५।। खुला आकाशमा स्वन्तन्त्र पंङ्ख फिजाउँदै उडने । पंन्छिहरु पनि अन्तन्त: बेलुका बासमा आफ्नै गुड्मा फर्कन्छन । पशुहरु र अरु अरु फर्कन्छन आफ्नै । गोठ र कटेरोमा तर मान्छे फर्कन्न ! किन ??।।६।। सायद ! मानिस अत्युत्तम सचेत र चेतनशिल प्राणी । हो र ढुङ्गे र शिकारी युगदेखि हिडिरहेछ ! हिडिरहेछ !! चरैवेती ! चरैवेती !! फर्केको छैन आफ्नो गुडमा र त अगाडि बढिरहेको छ । पुर्खा र बाबुबाजेदेखिको यहि परम्परा र मुल्य-मान्यता । स्थापित गरिसकेको छ । अनि त बिश्वभरी छरिएका र फिजिएका छन ! नेपालीहरु ।।७।। भोगीसकेको अतित, चुनौती पुर्ण वर्तमान, र अनिश्चित भविश्यभन्दा प्रिय लाग्छ र त मान्छे आफ्नो वाल्यकाल र जवानीको स्मरणमा हराउँछ  । आफ्नो सुदुर  अतीत नै प्यारो लाग्छ ।। ८।। जस्तो सुकै सिदा र सरल मानिसले पनि आफ्नो । भविष्यको योजना बनाउँछ र त्यही परिपुर्ती गर्न तल्लिन हुन्छ । शिक्षा हाँसिल गर्नु सीप वा बृत्ति रोज्नु । कर्म क्षेत्रमा लाग्नु बिबाह र सन्तान उत्पादन । कर्तव्य-कर्मको घेरा जीवन पर्यन्त चलिरहन्छ ।।९।। जीवन उप्रान्त पनि पुनर्जन्ममा विश्वास, र बुध्दिष्ट र हिन्दुवादी समेत विश्वास गर्दछन । वैज्ञानिक कार्य र  कारणले प्रयोगसिध्द नभएपनि । पुनर्जन्म नकार्न सकिँदैन । मानिसको सृष्टिको क्रम-शृङखला कसरी ?? निरन्तर/अनवरत चलिरहेछ । यहीँ अर्थमा बिज्ञान भन्दा ज्ञान अग्रगामी छ । "ज्ञान मर्दछ हाँसेर रोई बिज्ञान मर्दछ भनेर कवि/कलाकारहरुले चिच्चाईरहेछ्न । चिच्चाईरहेछन !! ।।१०।। रचनाकार : बसन्तराज अधिकारी मिति: मंगलबार, चैत्र १६, २०७२ स्थान: स्वनिवास (घर) : घोराही, दाङ । हाल: राजापुर, बर्दिया ।

Comments