४. मेरो आत्म कथा कवितामा

४. मेरो आत्म कथा                                                                            
📘 वसन्तराज अधिकारी
  घोराही उपमहानगरपालिका, दाङ, लुम्बिनी, प्रदेश, नेपाल  


बाबू बीते बालक कालमा, आमाको साथमा  ।
बालककालमा जिम्मेवारीको भारी काँँधमा ।।                                   
भोकै प्यासै हीडे बरु यो शिर झुकाईन ।                                           
स्वाभीमानीलाई मूर्खहरु घमण्डी हो भन्छ्न ।
त्यसैलाई देउता मान्छ्न धनी मानीजो छ्न ।

दु:ख, सुख समान ठान्ने अन्तर ज्ञान पाउँं,
हे ! ईश्वर ! सच्चीदानन्द ज्ञानको आशीर्वाद पाउँ ।।

मेरो चिनारी
आत्म कथा -१


मेरो बाल्याकालमा,
मजगै बजार थ्यो सानो ।

साना साना  घर गोठ थिए
खर/परालका  छानो ।।

मजगाउँमा ठूलो थियो,
थारु गाउँ बस्ती ।

त्यही गाउँमा काजीसाप,
गरि बस्थे मस्ती ।।

सुन्दर थियो शान्त थियो,  
 मातृृृृभूमि  घर ।

प्राकृतिक प्रकोप संग
मात्र थियो डर ।।?

प्रारब्ध त्यो बालापन,
आँखा वरिपरि ।

आउँछ याद ती दिनका,
पुनर्जन्म सरी ।

@बुलेट ब्रो

आत्म कथा-२ 

साक्षरताको प्रथम गुरु
आमा-महतारी

चन्चल थियो चित्त मन,
पढनमा भारी ।

ठूलो बर्णमाला थियो,
शिक्षाको आधार,

कण्ठाग्र श्रुति शिक्षा
जीवनको सार ।

धुलौटोमा बाह्र खरी,
दुना गणित,

 घोकी, घोकी पढाई,
थियो जीवन मुलाधार ।।

@ बुलेट ब्रो. 

आत्म कथा 
-३

बैरागी र थाप्ले सर,
मेरा प्रथम गुरु ।

औपचारिक क्षिक्षा भयो,
यिनैवाट सुरु ।।

प्राथमिक पाठशाला,
दुधरास दाङमा ।

साथी थिए धुर्वे, पप्पु
घर घर आँगनिमा ।।

रोग थियो भकभकाउने,
वचपनको बेला ।

बाखो भनी गर्थे मलाई,
साथी भाइ हेला ।।

@ बुलेट ब्रो.

Comments

Post a Comment