५७७. पितृ कर्म : तर्पण बिधि र श्राद्ध कर्म विशेष एकोदृष्ट तथा पार्वण (महालय) श्राद्ध आधारभूत परिचयात्मक टिप्पणी

पितृदेवो नमो नम:

पितृ कर्म : तर्पण बिधि र श्राद्ध कर्म विशेष एकोदृष्ट श्राद्ध आधारभूत परिचयात्मक टिप्पणी 🕉️

पिता स्व. बलदेवप्रसाद अधिकारी 
जन्म : बि.सं. १९८७ तिराम, प्युठान 
ब्रह्मलिन : २०३६ फाल्गुन शुक्ल द्वितिया 

१. प्रारम्भिक तयारी :

कच्ची भुँई भए लिप्नका लागि गोबर, पक्की भुँई भए धुनका लागि चोखोपानी अनि कुश मुठा: एकोदृष्टमा भए दुईवटा सिधा , छ: वटा दुना, पार्वण भए पाँचोटा सिधा, बाईस वटा दुना,; एक पार्वण भए तिनोटा सिधा,दुईवटा ब्राह्मण अनि दुना, टाकनटुकनको लागि धुप-कुश, कातेका बत्ती-पान- जनै- बस्त्र, घिउ-मह-जल-वेदी-वेदी बनाउन शुद्ध  माटो वा बालुवा, पिण्ड पकाउन गाईको काँचो दूध, पिण्ड पकाउन स्टील वा फलाम बाहेकको भाडो, नैबैद्यहरु,कपुर, भेटी, दक्षिणा, कुशासन - कम्बलासन - कर्मपात्रो बनाउन तामाको थाली, तर्पण दिन तामाको कुनै थाली, जौ, तिल, केसरीको पहेँलो चन्दन, चन्दन मुछिएका पहेँलो अक्षता, सेता फुल, दियो राख्ने ब्राह्मण थाप्ने चार्कुनेमा चामल, अर्घौंतो यति ठिक पार्नुपर्छ । सके ब्राह्मण भोजनका लागि खिर वा मिठाई नसके सिधै दिए पनि हुन्छ ।

एकोदृष्टमा - चारोटा पवित्र, बाह्रओटा मोटक, दुईवटा सिधा, छ वटा दुना । श्राद्ध कर्म गर्दा पैंती, पवित्री, मटक, ब्राह्मण समेत कुशको बनाउनु पर्दछ । सामान्य बिधि देहायबमोजिम रहेकोे छन् :
पैंती - सिखा गाँठो दुईवटा धर्सा कुस ।
पवित्री - सिखा गाँठो दुईतिर खुल्ला/एक धर्से कुश २-३ वटा ।
कुशको ब्राह्मण : पैंती जस्तैः टाउके कुशको बाहुन ।
मटक - सिखा गाँठो एकधर्से कुशको सानो ।
ब्राह्मण : तिल, घृत, मधु, जल तयारी पहिला कर्म पात्रो बनाउने । 

पार्वणमा - सातोटा पवित्र, पाँचवटा सिधा, तर्पण गरिएका समस्त पितृहरुको दोब्बर - भन्दा सत्रोटा बेसी मोटक, पच्चीस वटा दुना, कर्मपात्र बनाउन दुईवटा तामाका थाली, कुशे ब्रह्माण्ड चार ( विश्वदेव दुई र पितृ दुई ।)

एक पार्वणमा विशेष : एक पार्वणमा तीनवटा पिण्ड चाहिन्छ । एउटा विश्वदेव र एउटा पितृ ब्राह्मण गरि दुईवटा कुशे ब्राह्मण  थपिन्छन् । दीयो, दुना, कुश, मोटक, पवित्र, आदि एकोदृष्टमा जति नै चाहिन्छ । दुईवटा कर्मपात्र, तिनोटा सिधा, तिनोटा पिण्ड चाहिन्छ । बाँकी एकोदृष्टमा जस्तैः हो ।

२. स्पष्टोक्ति :

उहिले विश्वदेव ब्राह्मण (कुशे बाहुन) पितृपक्षका तीन र मातृपक्षका तीन गरि जम्मा छ: वटा चाहिन्थ्यो । अनि पितृब्राह्मण पनि त्यसैगरी छ वटै चाहिन्थ्यो र जम्मा बाह्र वटा कुशे बाहुन थपिन्थ्यो र साढे तीन हात अग्लो मान्छेको मुठीले सग्ला चामलका छपन्न - छपन्न मुठीका प्रत्येक सिधा सोही अनुसार परिकार भरिएको भुस्वामीलाई सहित तेह्रवटा सिधा चाहिन्थ्यो ।

पछि देशमा म्लेच्छहरुको दङ्गे शासन चलेपछि त्यस आपत्कालमा पितृ-मातृका दुवै पक्षका वसु वसुलाई एक, रुद्र - रुद्रलाई एक र आदित्य -आदित्यलाई एक गरि जम्मा विश्वे ब्राह्मण र त्यसैगरी पितृ ब्राह्मण पनि तिनोटै गरि जम्मा छ ब्राह्मण र सोह्र सोह्र मुठे (दुई माना) (अनाध्यात्मिका असुरा) चामलका परिकार सहितको सातोटा सिधाको चलन चल्यो ।

तीर्थ श्राद्धमा - कुश, कर्मपात्र र पितृसंख्याको दोब्बर भन्दा चार/ पाँच ज्यादा मोटक, कुशका टुक्रा, पिण्ड दिने वेदी बनाउन बालु, पिण्डका लागि जौंको पिठो -मह- तील- जल- जौ - जनै । तीर्थ श्राद्धमा बत्ती बाल्नु पर्दैन । सिधा चाहिन्न । अवनेजनको (मोटक) को माथी कर्मैले पिण्ड दिएर फ़ेरि पिण्ड माथी क्रमैले पिण्ड प्रत्यवनेजन दिईसके पछि तिनै प्रत्यवनेजन माथी क्रमैले पितृहरुलाई तर्पण दिनुपर्छ ।

३. श्राद्धभूमि - शोधनं पात्रासादनं च

वरिपरिको भूमिसहित श्राद्धभुमिलाई बढार कुढार पारेर सफा पारी, कच्ची भुईभए गाईको गोबरले लिपेर, पक्की भुई भए पवित्र पानीले पखालेर ओभाउन दिनु र श्राद्धकर्ता  श्राद्धभूमिको उत्तरपट्टी दक्षिण मुख गरेर कुशासनमा बस्नु र जनै फेर्नु अनि आफ्नो अगाडि पिण्ड दिने वेदी बनाउन ठाउँ राखेर आफ्ना दाहिने पट्टि दक्षिण मुख गरेर कुशासनमा बस्नु र जनै फेर्नु । अनि आफ्नो अगाडि पिण्ड दिने वेदी बनाउन ठाउँ राखेर आफ्ना दायाँ  पट्टि आचमन गर्न आचमनी सहित पञ्चपात्रमा जल राख्नु र त्यसको दक्षिण पट्टी चढाउने जल पञ्चपात्रमा आचमनी सहित राख्नु । आफ्नो बायाँ पट्टी कर्मपात्र बनाउन तामाको थाली राख्नु, अनि दुना दुनामा चढाउन केसरीको चन्दन, केसरी मिलाएको पहेँलो अक्षेता अनि चार्कुनेमा चढाउने सेता फुल अनि एउटा दुनामा केहि तील र अर्को दुनामा केहि केहि जौ राख्नु । अनि आफ्नो सामु पिण्ड दिने वेदीको दक्षिण चार्कुनेमा एकमाना चामल भरेर त्यसमाथि घ्यूमा भिजाएको बत्ती केही घ्यू सहित आफू पट्टी फर्काएर राख्नु अनि एक कुरेत लामा तीनोटा दह्रा कुशका टुक्राले बनाएको कुशको ब्राह्मणलाई चारकुनेमा भरिएको एकमाना चामल माथी आफुपट्टी फर्काएर ठाडो पारी राख्नु त्यसपछि कुनै पात्रमा अर्घौतो राख्नु पुरेत बाजेलाई बस्न कुशे बाहुनको बाहिर कम्बलासन बिछ्याउनु र बसाउनु अनि श्राद्धकर्ताले आचमन गरेर तीन टुक्रा कुश जौ तील जल दाहिने हत्केलामा समाएर श्राद्धाङ्ग तर्पण गर्नका लागि संकल्प गर्नु ।

४. कर्मपात्रको सामग्री :

अघि राखेको कर्मपात्रोको थालीमा चारवटा पवित्र राख्नु, अनि बाह्र वटा मोटक राख्नु, कुशका टुक्राहरु राख्नु, अनि तिल हाल्नु, चन्दन हाल्नु, अक्षेता हाल्नु, फुलहरु हाल्नु अनि मोटकको औँठी लाउनु र श्राद्ध गर्न थाल्नु ।

५. श्राद्धकर्म प्रारम्भ : तर्पण बिधि
                         ।। श्री : ।।
                        अथ: श्राद्धविधि
                         तत्रादौ तर्पणम्
१. नित्यक्रिया सकेर आचमण गरि जौं, तिल, कुश लिएर संकल्प  गर्नु ।

अथ: संकल्प :

हरि ॐ तत्सत् तत्सत् तत्सत् ॐ बिष्णु बिष्णु बिष्णु श्रीमद्भागवतो महापुरुषोस्य बिष्णोराज्ञया प्रवर्तमानस्य सकल जगत सृष्टिकारिणो ब्रह्मणो द्वितीयराद्वेवैवस्वमन्वन्तरे अष्टाविशतमे युगे सत्य त्रेता द्वापरान्ते कलियुगेकलियुगस्य प्रथम चरणे भारत बर्षे जम्बुद्विपे भरतखण्डे आर्यावर्तान्त्रगते पशुपत मुक्ति क्षत्रे बबई सरयु गंगा निकटे शुभ पुण्यस्थाने अमुक अमुक स्थाने षष्टी संवत्सराणां मध्ये पिङ्गला नाम संवत्सरे श्री सुर्य उत्तरायणे  शिशिर ॠतौ फागुन मासे ----पक्षे आज द्वितीया तिथौ --- वासरे श्री सुर्य-----राशिस्थितौ चन्द्रमासी यथा यथा स्थितिसौ ग्रह, देव, गुरु, अन्नेषु ग्रहेषु यथा यथा राशी स्थितेषु अस्मद् पितृ पितामहासाय ----गोत्रस्य मध्यदिन शाखा (प्रवर- कश्यप- आवत्सर- नैधृव) पिता -----प्रपितामह-----बृद्ध प्रपितामह -----सपत्नीक नाम मातामह, प्रमातामह, वृद्ध प्रमातामह नाम यथा यथा नाम सत्सु येन ग्रहगण विशेषेण विशिष्टाम् अद्येह -----गोत्र ---- शर्मा मम नित्य कर्मागत्वेन एकोदृष्ट/पार्वण श्राद्ध गत्वेण श्रीमत्परमेश्वर्या प्रीतये देवर्षिणां, मनुष्याणां देवपितृणां स्वपितृणां अहम् तर्पणं करिष्ये । इति संकल्प
अनि आफ्नो अगाडि तामाको थाली राखेर त्यसमा पुर्व मुख गरि देवर्षी-मनुष्य -दिव्यपितृ र आफ्ना पितृलाई खगौतोले वा अर्घौतोले तर्पण दिनु । अनि दियो बालेर दियोलाई पुर्व फर्केको ठानी पुजा गरि आफू दख्खिनै फर्केको भएपनि कुशे ब्राह्मण लाई पुर्व फर्केको ठानी कुशे ब्राह्मण लाई निम्ताएर उनलाई श्राद्ध भुमिमा बसाएको गराउन छोईदिनु र कर्मपात्र बनाउनु ।

२. सङ्कल्प गरि पुर्व फर्केर देवतीर्थले जौ, तिल, कुश लिई यि दुई मन्त्र पढी विश्वदेवको आवाहन गर्नु ।

 
उपवीती पाङ्मुख: कुशपाणिर्देवतीर्थवर्तिना यवकुशोदकेन - ॐ विश्वान् देवान् आवाहयिष्ये, ॐ आवाहय प्रतिवचनम् । आवाह्य तर्पयेत् - ॐ विश्वदेवासSआगतश्रुणुतामSइम  £•हवम् । एदं बहिर्निषीदत ।। ॐ विश्वेदेवा: श्रुणुतेम £• हवम्मेयेSन्तरिक्षेयS उपद्यविष्ठ । येSअग्निजिह्वाSउतवायजत्राSआसद्यास्मिन्बर्हिषिमादयध्वम् ।। ॐ भुर्भुव: स्व:, ब्रह्मादयो देवा इहाSSगच्छन्तु, इह तिष्ठ्न्तु, गृहण न्त्वेताञ्जलाञ्जलीन् ।।


३. ॐ नारदस्तृ° । यहाँसम्म पढेर अर्घको जल-फुल सबै थालीमा खन्याईदिनु ।


अर्घको जल फुल लिएर तर्पण गर्ने -- ॐ ब्रह्मा तृप्यताम् । ॐ विष्णुस्तृ° । ॐ रुद्रस्तृ° । ॐ प्रजापतिस्तृ° । ॐ देवास्तृप्यन्ताम् । ॐ छन्दांसि तृ° । ॐ वेदास्तृ° । ॐ ॠषयस्तृ° । ॐ पुराणाचार्यस्तृ° । ॐ गन्धर्वास्तृ° । ॐ इतराचार्यस्तृ° । ॐ संवत्सर सावयवस्तृप्यताम् । ॐ देव्यस्तृप्यताम् । ॐ अप्सरस्तृ° । ॐ देवानुगास्तृ° । ॐ नागास्तृ° । ॐ सागरास्तृ° । ॐ पर्वतास्तृ° । ॐ सरितस्तृ° । ॐ मनुष्यस्तृ° । ॐ यक्षास्तृ° । ॐ रक्षांसि तृ° । ॐ पिशाचास्तृ° । ॐ सुपर्णास्तृ° । ॐ भूतानि तृ° । ॐ पशवस्तृ° । ॐ वनस्पतयस्तृ° । ॐ ओषधयस्तृ° । ॐ भूतग्रामचतुर्विधस्तृप्यताम् । ॐ मरिचिस्तृप्यताम् ।  ॐ अत्रिस्तृ° । ॐ अङ्गिरास्तृ° । ॐ पुलत्स्यस्तृ° । ॐ पुलहस्तृ° । ॐ कर्तुस्तृ° । ॐ प्रचेतास्तृ° । ॐ वशिष्ठस्तृ° । ॐ भृगुस्तृ° ।

 
४. जनै माला जस्तो घाँटीमा लयायर कायतीर्थले तिल-कुश-जल- लिई सनकादिलाई दुइ - दुइ अंजली जल दिनु -


तत: कण्ठे सुत्रं कृत्वा निवीति उदङ्मुख: कायतीर्थवर्तिना सकुशोदकेनाSञ्जलौ तिरश्च: कुशान् कृत्वा मनुष्याँस्तर्पयेत् । ॐ भुर्भुव: स्व: सनकादय: सप्त मनुष्या इहाSS गच्छन्त्विह तिष्ठन्तु गृहण न्त्वेताञ्जलाञ्जलीन् ---- द्वौ द्वौ अञ्जलि दद्यात् । ॐ सनकस्तृप्यताम् २ । ॐसनन्दनस्तृ° २ । ॐ पञ्चशिखस्तृ° २ ।

५. अब अपसव्य भएर दक्षिण तिर फर्किई बायाँ घुँडा मोरेर तिल, जल, मोटक लिई पितृतिर्थले खड्ग पात्रले दिव्य - पितृहरुको आवाहन गरेर यि मन्त्र पढी दुई -दुई अञ्जलि कान्छी औंलाले दिनु -

 
ततोSपसव्येन प्राचिनावीति दक्षिणाभिमुख: पतितवामजानुर्मोटितकुशतिलाञ्जलीत्रयणपितृतीर्थेन खड्गपात्रेण च दिव्यपितृणावाह्म तर्पयेत् ---- ॐ उशन्तस्त्वानिधीमह्युशन्त: समिधीमहि । उशन्नुशतSआवहपितृन्हविषेSअत्तवे ।। ॐ आयन्तु न: पितर: सोम्यासोग्निष्वात्ता: पथिभिर्देवयानै: अस्मिँयज्ञेस्वधयामदन्तोधिब्रुवन्तु तेवन्त्वस्मान् । ॐ कव्यवाडनलादयोदिव्यपितर इहाSSगच्छन्तु, इह तिष्टन्तु गृहण न्वेताञ्जलाञ्जलीन् -- आवाह्य तिलमिश्रान् त्रीन् त्रीन् अञ्जलीन् दद्यात् ।।


६. अब कव्यवाडनलदेखि ॐ चित्रगुप्तायसम्म पढेर तीन तीन अञ्जलि दिनु ।


ॐ कव्यवाडनलस्तृप्यतामिदं तिलोदकं तस्मै स्वधा नम: ३ । ॐ सोमस्तृ० ३ । ॐ यमस्तृ० ३ । ॐ अर्यमास्तृ० ३ । ॐ अग्निष्वात्तास्तृप्यन्तामिदं तिलोदकं तेभ्य: स्वधा नम:३ । ॐ सोमपास्तृ० ३ । ॐ बर्हिषदस्तृ० ३ । ॐ यमाय नम: ३ । ॐ धर्मराजाय नम: ३ । ॐ मृतवे नम: ३ । ॐ अन्तकाय नम: ३ । ॐ वैवस्वताय नम: ३ । ॐ कालाय नम: ३ । ॐ सर्वभुतक्षयाय० ३   । ॐ औदुम्बराय० ३ । ॐ दध्नाय० ३ । ॐ नीलाय० ३ । ॐ परमेष्टिने० ३ । ॐ वृकोदराय० ३ । ॐ चित्राय० ३ । ॐ चित्रगुप्ताय० ३ ।


७. ॐ आगच्छन्तु०, ॐ उदीरता० र संकल्प पढी पितालाई प्रथम अञ्जलि दिनु ।


तत: आगच्छन्तु मे पितर इमान् गृहणन्त्पोS ञ्जलीन् - पितृनावाह्य तर्पयेत् । ॐ उदीरतामवरSउत्परासS उन्मध्यमापितर: सोम्यास: ।। असुँय्यSईयुरवृकाS ॠतज्ञास्तेनोवन्तुपितरोहवेषु । ॐ अद्येहा……गोत्रोS स्मत्पिता…………  वसुस्वरुपस्तृप्यतामिदं तिलोदकं तस्मै स्वधा । प्रथमाञ्जलिं पित्रे दद्यात् ।।


८. अब अङ्गिरसोन:० यो मन्त्र मुल अनुसार पढी संकल्प गरेर पितालाई दोस्रो अंञ्जलि दिनु ।


ॐ अङ्गिरसोन: पितरोनवग्वाSअथर्वाणोभृगव: सोम्यास: तेषां व्वय£• सुमतौयज्ञियानामपिभद्रेसौमनसे स्याम ।। पुर्वपद् द्वितियाञ्जलिं पित्रे दद्यात् ।


९. अब ॐ अयन्तु न:० मन्त्र पढी संकल्प पहिले जस्तैः गरि पितालाई तेस्रो अञ्जलि दिनु ।


ॐ अयन्तु न: पितर: सोम्यासोSग्निष्वात्ता: पथिभिर्देवयानै: अस्मिन् यज्ञे स्वधयामदन्तोधिब्रुवन्तुतेवन्त्वस्मान् । पुर्वपद् तृतियाञ्जलिं पित्रे दद्यात् ।


१०. ॐ उर्ज्जंवयन्ती० मन्त्र र संकल्प पढी पितामहलाई प्रथम अञ्जलि दिनु ।


ॐ उर्ज्जं वयन्तीरमृतं घृतम्पय: कीलालं परिस्रुतम् । स्वधास्थतर्पयतमे पित्रीन् ।।


११. ॐ पितृभ्य: स्वधायिम्य: ० मुल अनुसार यो मन्त्र पढेर पितामहलाई दोस्रो अञ्जलि दिनु - ॐ पितृभ्य: स्वधायिम्य: स्वधा नम: पितामहेम्य: स्वधायिम्य: स्वधा नम: पितामहेम्य: स्वधायिम्य: स्वधा नम: प्रपितामहेम्य: स्वधायिम्य: स्वधा नम: । अक्षन पितरोमीमदन्त पितरोतीतृपन्तपितर: पितर: शुन्धध्वम् । पितामहाय ॐ अद्याहा कश्यपगोत्रोSस्मपितामहाय खेतुलाल शर्मन् रुद्रस्वरुपस्तृप्यतामिदं तस्मै स्वधा । पितामहाय पुर्ववद् द्वितियाञ्जलिं दद्यात् ।


१२. ॐ यचेह पितरो० मुल अनुसार यो मन्त्र र संकल्प पढेर पितामहलाई तेस्रो अंजली दिनु ।


ॐ येचेहपितरोयेचनेहयाँश्चाविध्मयाँSउचनप्रविध । त्वंवेत्थयतिते जातवेद स्वधामिर्यज्ञ £• । सुकृतञ्जुषस्व ।। पितामहाय ॐ अद्येहकश्यपगोत्रोSस्मपितामहाय खेतुलाल शर्मन् रुद्र स्वरुपास्तृप्यतामिदं तस्मै स्वधा ।

 
१३. ॐ मधुव्वाता० यो मन्त्र पढेर संकल्प पढी प्रपितामहलाई प्रथम अंञ्जलि दिनु ।


ॐ मधुव्वाताSॠतायते मधु क्षरन्ति सिन्धव: । माध्वीर्न: सन्तोषधी: ।। ॐ अद्येहाSमुकगोत्रोस्मत्प्रपितामहोमहोSमुकशर्मा आदित्यस्वरुपस्तृप्यतामिदं तिलोदकं तस्मै स्वधा । प्रपितामहाय प्रथमाञ्जलिं दद्यात् ।


१४. ॐ मधुनक्त० यो मन्त्र र पुर्ववत् संकल्प पढी प्रपितामहलाई द्वितीय अंजलि दिनु ।


ॐ मधुनक्तमुतोषसोमधुमत्पार्थिव£• रज: । मधुद्यौरस्तु न: पिता । प्रपितामहाय पुर्वपद् द्वितीयाञ्जलिं दद्यात् ।


१५. ॐ मधुमान्नो° यो मन्त्र र संकल्प पढी प्रपितामहलाई तेस्रो अञ्जली दिनु ।


ॐ मधुव्वाताSक्रतायते मधुक्षरान्ति सिन्धव: माध्वीर्न: सन्तोषधी: ।। ॐ अद्येहाकश्यपगोत्रोSस्मत्प्रपितामहोSमुक शर्मा आदित्यस्वरुपस्तृप्यतामिदं तिलोदकं तस्मै स्वधा: प्रपितामह निधुलाल शर्मन् प्रथमाञ्जली दद्यात ।
ॐ मधुनक्त० यो मन्त्र र पुर्ववत संकल्प पढी प्रपितामहलाई तेस्रो अञ्जलि दिनु - ॐ मधुनक्तमुतोषसोमधुमत्पार्थिव £• रज: । मधुद्योरस्तु न: पिता । ॐ अद्येहाकश्यप गोत्रोSस्मत्प्रपितामहो निधुलाल शर्मन् द्वितीयाञ्जली दद्यात ।
ॐ मधुमान्नोव्वनस्यातिर्भधुमाS ।। अस्तु सुर्य्य: ।। माध्वीर्गावो भवन्तु न. । प्रपितामहाय अद्येहकश्यपगोत्रोत्पन्न अस्मद प्रपितामह निधुलाल शर्मन् तृतीयाञ्जली दद्यात ।

 
१६. ॐ आमावाजस्य० यो मन्त्र र संकल्प पढी आमालाई यहि मन्त्रले प्रथम, द्वितीय र तृतीय अञ्जलि दिनु ।


ॐ आमावाजस्य प्रसवोजगम्योदेमेद्यावापृथ्वीविश्वरुपे ।।

 
१७. ॐ आमावाजस्य० यो मन्त्र र संकल्प पढी आमालाई यहि मन्त्रले प्रथम, द्वितीय र तृतीय अञ्जलि दिनु ।


ॐ अद्येहा----अमुकगोत्रोSस्मदपितामहि अमुकीदेवी आदित्यस्वरुपा तृप्यतामिदं तिलोदकं तस्यै स्वधा त्रि: ।


१८. ॐ नमो व: पितरो० यो मन्त्र र संकल्प पढेर मातामहलाई प्रथम अञ्जलि दिनु ।


ॐ नमो व: पितरोरसापनमो व: पितरोजीवायनमो व: पितरोमन्यवेनपो व: पितर: पितरोमन्यवेनमो व: पितर: पितरोनमोगृहान्न: पितरोदत्तसतोव: पितरोदेष्मै तदव: पितरो व्वास: ।। ॐ अद्येहाSमुकगोत्रोSस्मन्मातामहोSमुकशर्मा वसुस्वरुपास्तृप्यतामिदं तिलोदकं तस्मै स्वधा प्रथमाञ्जलि मातामहाय दद्यात ।

 
१९. ॐ नमो व: ० मन्त्र पढेर संकल्प गरि प्रमातामह र वृद्धप्रमातामहलाई पनि प्रथम, द्वितीय र तृतिय अञ्जलि दिनु ।


ॐ नमो व: इति मन्त्रेण पुर्ववद द्वितीयतृतीयाञ्जली ॐ अद्येहाSमुकगोत्रोSस्मतप्रमातामहोSमुखशर्मा रुद्रस्वरुप स्तृप्यतोमिदंतिलोदकं तस्मै स्वधा । प्रमातामह प्रथम - द्वितीय - तृतीयाञ्जलीन् दद्यात् ।

 
२०. अनि ॐ आमावाजस्य० यो मन्त्र पढदै संकल्प भिन्न-भिन्न गरेर मातामही र वृद्धप्रमातामहिलाई तीन तीन अञ्जलि दिनु ।


ॐ आमागन्ताम्पितरामाचामसोमोSमृतत्वेन गम्यात् ।। ॐ अद्येहाSमुकगोत्राSस्मत्मातामही अमुकीदेवी वसुस्वरुपा तृप्यतामिदं तिलोदकं तस्यै स्वधा - त्रि: ।
ॐ आमागन्ताम्पितरा चामासोमोSमृत्त्वेन गम्यात् ।।ॐ अद्येहाSमुकगोत्राSस्मत्प्रपितामहि अमुकीदेवी रुद्रस्वरुपा तृष्यतामिदं तिलोदकं तस्यै स्वधा - त्रि: ।
ॐ आमागन्ताम्पितरामातराचामासोमोSमृतत्वेन गम्याव ।। ॐ अद्येहाSमुकगोत्रोSस्मदृबृद्धप्रमातामही अमुकीदेवी आदित्यस्वरुपा तृप्यतामिदं तिलोदकं तस्यै स्वधा ---त्रि: । तत: क्रमेण जेष्ठकनिष्ठादिन् सपत्नीकाँश्च तर्पयेत् ।
अनि ॐ अमावाजस्य० यो मन्त्र पढ्दै संकल्प भिन्न - भिन्न गरेर मातामही, प्रमातामही र वृद्धप्रमातामहीलाई तीन-तीन अंञ्जलि दिनु ।
ताताम्ब - तृतयं सपत्नजननी मातामहादित्रयम् सस्त्री स्त्री - तनयादि तातजननीस्वभ्रातर: सस्तृय: ।। ताताम्बात्ममगिन्यपत्यधवयक जाया - पिता सदगुरु: । शिष्याप्ता पितरो महालयविधौ तीर्थे तथा तर्पणे ।। क्रमशः वसु - रुद्र - आदित्य स्वरुप पिता- पितामह- प्रपितामह; त्यस्तै माता- पितामही - प्रपितामहि; त्यस्तै मातामह- प्रमातामह- वृद्धप्रमातामही र अरु वसुस्वरुपका सौतेनी आमा, स्त्री, छोराछोरी, बाबुका दाजुभाइ र तिनका स्त्री, छोराछोरी, बाबुका दाजुभाइ र तिनका स्त्री, आफ्ना दाजुभाइ र तिनका स्त्री, बाबुका दिदीबहिनी, आमाका दिदीबहिनी, आफ्ना दिदीबहिनी र तिनका छोराछोरी - पति, सासू, ससुरा, गायत्री गुरु, शिष्य,मित्रहरू जो - जो छैनन् यी पितृहरुलाई तर्पण दिनुपर्छ र महालय श्राद्धमा तथा  तीर्थश्राद्धमा गोत्र नाउँ स्वरुपपुर्वक पिण्ड पनि दिनुपर्छ ।

 
२१.अब मुलको श्लोक अनुसार जेष्ठ, कनिष्ठादि क्रमैले सबैले अञ्जलि दिएर धागो नटुटाई ॐ आब्रह्मदेखि तिलोदकम् सम्म पढ्दै जलको धारा दिईरहनु ।


ॐ आब्रह्मस्तम्बपर्यन्त देवर्षि - पितृ - मानवा: । तृप्यन्त पितर: सर्वे मातृमातामहादय: ।। पितृवंशे मृता ये च मातृवंशे तथैव च । गुरुश्वशुर बन्धुनां ये चाSन्ये बान्धवा मृता: ।। ते तृप्तिमखिलवा येSन्यजन्मनि बान्धवा: ।। ते सर्वे तृप्तिमायान्तु मद्दत्तेनाSखिला: ।। देवासुरास्तथा यक्षा नागा गन्धर्वराक्षसा: ।। पिशाचागुह्यका: सिद्धा: कुष्माण्डास्तरव: खगा: । जलेचरा भुमिचरावाय्वाहाराश्च जन्तव: । ये तृप्तिमखिलायान्तुयातनासु च ये स्थिता: ।। तेषामाप्यायनायैतददीयते सलिल मया । तेषामाप्यायनायैतददीयते सलिल मया । अतीतकुलकोटीनासप्तद्वीपनिवासिनाम् । यत्रक्वचन संस्थानं क्षुत्तृष्णोपहतात्मनाम् ।। इदमक्षप्यमेवाSस्तु मया दत्तं तिलोदकम् ।।

 
२२. अब स्वच्छ जलले जनै वा वस्त्र भिजायर निचोरिदिनु । मन्त्र - ॐ येकचाSस्मत० पढ्नुपर्दछ ।


वस्त्रनिष्पीSनम् - ये के चाSस्मत्कुले जाता अपुत्रा गोत्रिणो मृता: । ते पिवन्तु मया दत्तं वस्त्रनिष्पीSनोदकम् ।।


२३. अब सव्य भएर पुर्वतिर फर्किई आचमन गरेर ब्रह्मा आदिको ॐ ब्रह्माय ज्ञानं० यश मन्त्रले र विष्णुको ॐ इदं विष्णु० अनि ॐ नमस्ते रुद्रले रुद्रको, अनि गायत्री मन्त्रले सुर्यको, ॐ मित्रस्य० यश मन्त्रले मित्रको अनि ॐ वरुणस्यात्तम्भनमसि० यश मन्त्रले वरुणको पुजा गरिदिनु ।


तत: सव्यं कृत्वा पुर्वाभिमुखो भुत्वा आचम्य ब्रह्मादीत् पुजयेत । [षट्कोण लेखेर]
ॐ ब्रह्मायज्ञानम्प्रथमम्पुरस्ताद्विसीमित: सुरुचोब्बेनSआवरसबुद्ध्म्याSउपमाSअस्य विष्ठा: सतश्चमेनिमसतश्चविस ॐ ब्रह्मणे नम: । ॐ इदं विष्णुर्विचक्रमेत्रेधानिदधेपदम् । समुढमस्यया °¥° सुरे स्वाहा ! ॐ विष्णवे नम: ॐ नमस्तेरुद्रमन्न्यवSउतोतSइषवेनम: । बाहुभ्यमुतते नम: । ॐ रुद्राय नम: {मनसी (मनमनै भन्ने)}
ॐ भुर्भुव: स्व: तत्सवितुर्वरेण्यं भर्गोदेवस्य धीमहि । धियोयो न: प्रचोदयात् । ॐ सावित्रे नम: । ॐ मित्रस्यचर्षणीधृतोवोदेवस्यसानसि । द्युम्नाञ्जित्रश्रीवस्तवम् । ॐ मित्राय नम: । ॐ ब्बरुणस्योत्तम्मनमसिव्वरुणस्य स्कभ्मसर्ज्जनीस्त्व्वरुणस्यSक्रतसदनन्न्यसी व्वरुणस्यSक्रतसदनमसि व्वरुणस्यSक्रतसदनमासिद । ॐ बरुणाय नम: । ॐ एहि सुर्य सहस्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहाणाध्र्यम् दिवाकर ।। सुर्याध्र्यम् ।।


२४. अब 'एहि सुर्य सहस्रांशो० यश मन्त्रले अर्घ्यदिई दुवै हात मास्तिर उचाली सुर्यको उपस्थान गर्दा ॐअदृश्रमस्य केतवो० ह£•स:० यी दुवै मन्त्र पढिलिनु । 


ॐ अदृश्रमस्यकेतवोव्विरश्मयोजनाS ।। अनुभ्राजेन्तोSअग्नु यो यथा । उपयाम गृहितोसिसुर्यायत्वाब्भ्राजिष्ठोहम्मनुष्येषुभुयासम् । ॐ £• £• स: शुचिषहसुस्तरिक्षसद्धोतावेदिषदतिथिद्ररोणसत् । नृषद्वरसद्वतसदृतसदव्योससदब्जागोजाSद्विजाक्रतम्बृहत् ।। इति सुर्यमुपस्थाय प्रदक्षिणीकृत्य । दिग्भो दिग्देवभ्यश्च प्रणमेत -

 
२५. अब ॐ प्राच्यै दिशे नम:० यहाँ देखि ॐ वरुणाय नम: सम्म पढदै जानू र नमस्कार गर्दै रहनु अनि ॐ सवर्चसा पयसा० यो मन्त्र पढेर र बुढी र कान्छी औंला तर्पणको जलमा घुमाई आँखामा लगाउनु ।


ॐ प्राच्यै (पुर्व) दिशे नम:, ॐ इन्द्राय नम:, । ॐ आग्नेय दिशे नम:, ॐ अग्नये नम: । ॐ दक्षिणायै दिशे नम: ॐ यमाय नम: । ॐ वायव्यै दिशे नम:, ॐ वायवे नम: । ॐ उदिच्यै दिशे नम:, ॐ कुबेराय नम: । ॐ ऎशान्यै दिशे नम:, ॐ ईशानाय नम: । ॐ उर्ध्वायै दिशे नम:, ॐ ब्रह्मण्ये नम: । ॐ अधोदिशे नम:, ॐ अनन्ताय नम: । तत: उपविश्य नमेत् । ॐ ब्रह्मण्ये नम: । ॐ अग्नेय नम:, ॐ पृथ्वीव्यै नम: । ॐओषधिभ्यो नम:, ॐ बरुणाय नम: ।
ॐ सव्व्र्यसापयसासत्तनुभिरगन्महिमनसास£•शिवेन । त्वष्टासुदत्रोब्बिदधातुरायोनुमार्ष्टुतचोयद्विलिष्टम् ।। {अनामिका (पैंती औंला अँगुष्टा छोयर} तर्पणजलावर्तनम्, मुखभमिमृश्य ।ॐ तच्चक्षुद्द्रेवहितम्पुरस्ताच्छुक्रमुच्चरत । पश्येम शरद: सतात ।। इति मन्त्रेणा अनामिका अङ्गुष्टाभ्यां जलंस्पृष्ट्वा चक्षु: स्पर्श: कार्य: ।

 
२६. ॐ देवा गातु० पढेर विसर्जन गर्नु । तर अगाडि श्राद्ध पनि गर्नै छ भने विसर्जन नगर्नु । इति ।।


ॐ देवा गातु विदो गातु वित्वा गातुमित मनसस्पतSइमन्देवयज्ञ £• स्वाहा व्वातेधा: ।।[इति पितृन विसर्जयत्] ।। इति संक्षिप्त तर्पणविधि: ।।
# नेवैद्य,धूपवाती, चिनी, धुपम्, दिपम्, नैवेद्यम्, चन्दन, अक्षता, फुलले तर्पण विसर्जन पुजा गरि हटाउने । आचमन गर्ने ।।

६. अथ: एकोदृष्टश्राद्धविधि
श्राद्धकाल :
कात्यायनपरिशिष्टे -
पूर्वाह्ने मातृकं श्राद्धमपरान्हे तु पैतृकम् ।
एकोदृष्टं तु मध्यान्हे प्रातर्विद्धिनिमित्तकम् ।।
एकं पवित्रमेकोSर्घ एकपिण्डो नाSSवाहनाग्नौकरणे, नाSत्र विश्वेदेवा: ।।


२७. अब कुशको औंठी पहिरी कर्ताले आचमन तथा प्राणायाम गरि गोबरले लिपेको स्थानमा बत्ति बालिदिनु र ॐ नमोSस्वनन्ताय० यश मन्त्रले दीपको पुजा गरिदिनु ।


तद्यथा : एकोदृष्टं देवहीनमेकार्होकपवित्रकम् । आवाहनाग्नौकरणं रहितं ह्यपसव्यकम् ।। स्मृति: ।।
पवित्रधारणम्, आचम्य प्रणानायम्य गोपयोपलिप्ते प्राङ्गणे दीपं प्रज्वाल्य - दीपो देवालय प्राच्यां श्राद्धे वै दक्षिणामुख: । प्रमादाद् व्यत्ययं कर्ता प्रायश्चित्तं समाचरेत - स्कान्दे ।
अब कुशको औंठी पहिरी कर्ताले आचमण तथा प्राणायाम गरि गोबरले लिपेको स्थानमा बत्ती बालिदिनु र ॐ नमोSस्त्वनन्ताय यश मन्त्रले दीपको पुजा गरिदिनु ।
ॐ नमोSस्त्वनन्ताय सहस्रमुर्तये, सहस्रपादाक्षिशिरोरुबाहवे ।
सहस्रनाम्ने पुरुषाय शाश्वते, सहस्रकोटीयुगधारिणे नम: ।।


२८. अब अपसव्य भएर दक्षिणतिर फर्किई पितृतीर्थले पान - सुपारी ब्राह्मणको अगाडि राखिदिनु र आफ्नु बायाँ घुँडा मोरेर निमन्त्रणा दिंदा ॐ अद्येह० देखि निमन्त्रीत: सम्म पढ्नु अनि ब्राह्मणले ॐ निमत्रितोSस्मि भन्नू ।


- सम्पुज्य अपसव्यं कृत्वापितृतीर्थेनताम्बुलादिकंविप्रहस्ते दत्वा दक्षिणाभिमुखो भुत्वा उदङ्मुखस्य पितृब्राह्मणस्य वामजानु स्ववामहस्तेन स्पृष्टवा स्ववामजानुच पातयित्वा निमन्त्रयेत -
ॐ अद्येत्यादि अमुकगोत्रोस्याSस्मत् पितृरमुकशर्मण: वसुस्वरुपस्याSधकर्तव्ये सांवत्सरिकैकोदृष्टश्राद्धे अनेन ताम्बुलगन्धपुष्पाक्षतेन तब मया निमन्त्रित् : । ॐ निमन्त्रितोSस्मि - ब्राह्मण - प्रतिवदेत ।

 
२९. ॐ अक्रोधनै:० मन्त्र पढेर हात जोर्नु । अनि ब्राह्मणले -  भवितव्यम् भनेर उत्तर दिनु ।


यजमान:- ॐ अक्रोधनै: शौचपरै: सततं ब्रह्मवादिभि: भवितव्यं भवद्भिर्नोSद्यतने श्राद्धकर्मणि ।। ब्राह्मण :- 'भवितव्यम्' ---प्रतिवचनम् ।


३०. अब ब्राह्मणको चरण धोईदिनु - दुनामा जल, फुल, कुश हालेर त्यहीँ जलले बाहुनलाई सेंचन गर्दा ॐ नमोत्स्त्वनन्ताय, ॐ शन्नोदेवी० ॐ यत्फलं कपिला० इत्यादि मन्त्र पढी मोटक लिएर दुनामा संकल्प गरि एष पादार्घस्ते स्वधा सम्म पढ्नु । अनि सभ्य भएर आचमन गरि अपसव्य भएर ॐ आगता युयम, ॐ सुस्वागता वयम्, ॐ इदामासनमास्येताम् र ॐ आसे भन्नू र आफुतिर मुख फर्काई ब्राह्मण स्थापना गर्नु ।


ततो ब्राह्मण चरणौ प्रक्षालयेत -
ॐ नमोSस्त्वनन्ताय सहस्रमुर्तये, सहस्रपांदाक्षिशिरोरुबाहवे । सहस्रनाम्ने पुरुषाय शास्वते, सहस्रकोटीयुगधारिणे नम: ।।
ॐ शन्नोदेवीरभिष्टयSआपोभवन्तु पीतये । शय्योरमिस्रवन्तु न: ।। यत्फलं कपिलादाने कार्तिक्यां जेष्ठ पुष्करे । तत्फलं पाण्डवश्रेष्ठ । विप्राणां पादशौचने ।। ततो मोटकादिकदिकमादाय, ॐ अद्याSमुकगोत्राSस्मत्पितरमुकशर्मण् वसुस्वरुपाSद्यकर्तव्य सांवत्सरिकैकोदृष्टश्राद्धे एष पादार्घस्ते स्वधा । तत: सव्येनाSSचम्य गृहं प्रवेशयेत । अपसव्येन - ॐ आगता युयम, 'ॐ आसे प्रतिवचनम् । ब्राह्मणमुदङमुखमुपवेययेत् ।

 
३१. त्यसपछि कर्मपात्र बनाउन प्रश्नोत्तर गरि 'कुरुष्व' भनेपछि ॐ यद्देवादेव० यश मन्त्रले जल तामाको थालीमा राख्नु । 

ॐ पवित्रेस्थो० यसले पवित्र राख्नु । ॐ शन्नोदेवी यसले जल हाल्नु । ॐ तिलोसि० यश मन्त्रले तिल राख्नु । ॐ गन्धद्वारान० यसले चन्दन र ॐ अक्षन्नमी० यसले अक्षता । श्रीश्चते० यसले फुल राख्नु ।
ॐ कर्मपात्रमहंकरिष्ये, ॐ कुरु तब । तत मन्त्र: - ॐ यद्देवादेवहेडनन्देवाश्च क्रमाव्वयम् ।। सुर्य्योमा तस्मोदेवसो विश्वानुमुञ्चत्व: हस ।।
ॐ पवित्रेस्थोवैष्णव्व्यौसवितुर्व: प्रसवSउत्पनाम्यच्छिद्रेण पवित्रेण सुय्र्यस्यरश्मिभि ।  पवित्र क्षिपेत् । ॐ स्गन्नोदेवीरभिष्टयSआपोभवन्तु पीतये । शय्योरभिस्त्रवन्तु न: ।। जलम् ।। ॐ तिलोसिसोमदेवत्यो गौसवादेवनिर्मित: प्रत्नमद्वि: पृक्त: स्वधयापितृलोकान् पृणाहीन् स्वाहा ।। तिलान्  । ॐ गन्धद्वारान्दुराधर्षान्नित्यपुष्टाकरीषिणीम् । ईश्वरी सर्वभुतानां तमिहोपह्रये श्रियम् ।। गन्धम । ॐ अक्षन्नभीमदत्तह्येमवपृयाSधुषत् । अस्तोषात स्वभाववोव्विप्रानविष्ठयामतीयोSजान्विन्द्रते हरी ।। - अक्षतान् ।। ॐ श्रीश्चतेलक्ष्मीश्चपत्कन्यावहोरात्रीपाश्श्र्वे नक्षत्राणिरुपमश्विनौ व्यात्तम । इष्णन्निषाणाम्मSSषाण सर्वलोकम्मSइषाण - पुष्पाणि ।

 
३२. अब सव्य भएर कर्मपात्रवाट तीन टुक्रा कुश लिई ॐ अपवित्र: पवित्रोवा० यसले आफुलाई र श्राद्धको सामग्रीलाई पनि जल छर्कनु र त्यहीँ कुशले संकल्प गरि लिनु ।

 
तत: सव्येन कुशत्रय सहितं कर्मपात्रोदकमादाय - ॐ अपवित्र: पवित्रो वा सर्वाSवस्थां गतोSपि वा । य: स्मरेत पुण्डरीकाक्षं स वाह्याSSभ्यन्तर: शुचि: ।। पुण्डरीकाक्ष: पुनातु ।। श्राद्धदेशं द्रव्याणि आत्मानां च सिञ्चेत । तत: कुशदिकमादाय, ॐ अद्येत्यादि अमुकगोत्रस्याSस्मत्पितुरमुकशर्मण: वसुस्वरुपस्याSधकर्तव्यसावत्सरिकैकोदृष्टक्षयाहश्राद्धमेमिर्द्रव्यरहकरिष्ये - संकल्प

 
३३. अनि ॐ देवताभ्य० तीनपल्ट पढिलिनु । अनि हात जोरेर ॐ सप्तव्याधा० देखि पितृ-मुक्ति-हेतो' सम्मका सबै श्लोक पढ्नु पर्दछ ।

 
ॐ देवताभ्यपितृभ्यश्चमहायोगीभ्यएवच । नम स्वहायै स्वधायै नित्यमेव नमो नम: ।। त्रि: ।। सप्तव्याधादशार्णेषु मृगा: कालञ्जरे गिरौ । चक्रवाका: सरद्विपे हंसा: सरसिमानसे ।। तेSपिजाता: कुरुक्षेत्रे ब्राह्मणा वेदपारगा: । प्रस्थिता दीर्घ मध्वानं युयं किमवसिदथ ? ।।
ये विप्रमुख्या: कुरुजाङ्गलेषु, जातास्थता दासकुले भृगाश्च । कालञ्जरे सप्त च चक्रवाका, ये मानसे ते वयमत्र सिद्धा: ।। पञ्चकोशं गयाक्षेत्रं कोशमेकं गयाशिर: । यत्र यत्र स्मरेद विद्वान पितृणां दत्तभक्षयम् ।। श्राद्धभुमौ गया ध्यात्वा तथा देवं गदाधरम् । उमाभ्यां च नमस्कृत्यतत: श्राद्धं समारभेत । गया गयो गयाSSदित्यो गायत्री च गदाधर: गयासुरश्चैवषडगया मोक्षदायका: ।।
इशानविष्णुकमलासनकार्तिकेय -
वन्हित्रयार्करजनीशगणेश्वराणाम् ।
क्रौञ्चामरेन्द्रकलशोभ्द्रव कश्यपानां,
पादान्नमामि सततं पितृमुक्तिहेतो: ।।


३४. अब गयायै नम: गदाधरायै नम: भनेर अपसव्य भइ तिलसहित मोटक लिई सबै दिशाहरु र भुमि तथा आकाशमा तिल छर्कनु र ॐ अग्निष्वाता: पितृगणास यहाँ वाट ॐ अपहताSसुरा० सम्मको मन्त्र पढ्दै जानू । अनि मोटक बायाँ तिर कम्मरमा घुसार्नु पर्दछ । त्यसमा 'ॐ निहन्मि सर्वम्०' यो मन्त्र पढ्नु अनि तीन टुक्रा कुश तिलमा चोभेर दक्षिण तिर फाल्दा ॐ प्रियान्तु० भन्ने मन्त्र पढ्नु ।

 
ॐ गयायै नम: ॐ गदाधरायै नम: ।। दिग्बन्धनं नीवीबन्धनं च अपसव्येन तिलसहितमोटकामादायतिलान् पुर्वादिक्रमेण वक्ष्यमाणमन्त्रैर्विकिरेत - ॐ अग्निष्वात्ता: पितृगणा: प्राची रक्षन्तु मे दिशम् । अपहताSअसुरा रक्षा £° सिव्वेदिषद: ।। ॐ प्रदीचीमाज्यपास्तद्वत । अपहताSअसुरा रक्षा £° सिव्वेदिषद: ।। ॐ उदीचीमपिसोमपा: पान्तु । अपहताSअसुरा रक्षा £° सिव्वेदिषद: ।।
ॐ उध्र्वतस्त्वर्यमा रक्षेत् कव्यवाSनलोSय्यध: । रक्षोभुतोपिशाचेभ्यस्तथैवाSसुरदोषत: ।। सर्वतश्चाधिपस्तेषांयमोरक्षां करोतुमे ।। मोटकं वामकट्यां नीव्यां धारयेदनेन मन्त्रेण - ॐ निहन्मि सर्वम् यदमेह्यवद्धवेद्धताश्च सर्वेSसुरदानवा भयो । रक्षांसी यक्षा: सपिशाश्चगुह्यका, हतामयायातुधानाश्च सर्वे ।। इति दिग्बन्धनम् । तिलसहित - कुशखण्डत्रयं गृहित्वाप्रयान्तुदुरत: सर्वे दैत्यषा दानवास्तथा । सर्वविघ्नोपशान्तर्यम् क्षियामि च कुशाँस्तिलान् ।। दक्षिणस्या क्षिपेत ।।


३५. अनि सव्य भएर विष्णुको स्मरण गर्नु । अनि ॐ नमो नमस्ते० मन्त्र पढेर हात जोर्नु । अपसव्य भएर मोटक लिई संकल्प गरेर ब्राह्मणलाई आसन दिनु ।

 
सव्येन बिष्णुस्मरणम् ।।
ॐ नमो नमस्ते गोविन्द पुराण पुरुषोत्तम । इदं शास्त्र ॠषिकेश रक्षतात् सर्वतो दिश : ।। आसनम् । अपसव्येन मोटकमादाय, ॐ अद्याSमुकगोत्रस्याSस्मत्पितुरमुकशर्मण: वसुस्वरुपस्याSधकर्तव्यसावत्सरिकैकोदृष्टश्राद्धे इदं  मोटकरुपमासनते स्वधा ब्राह्मणाय आसनं दद्यात् ।।


३६. अनि हस्तार्घपात्रको प्रश्नोत्तर गरेर ब्राह्मणको अगाडि एउटा दुनामा ॐ पवित्रेस्यो० यश मन्त्रले उत्तराग्र पारेर पवित्र राख्नु । 

ॐ शन्नोदेवी० पढेर जल राख्नु । ॐ तिलोसि० यश मन्त्रले तिल राख्ने । ॐ श्रीश्चते० यसले फुल राख्नु अनि ॐ गन्धद्वारान० यश मन्त्रले चन्दन राख्नु । अनि हस्तार्घ पात्र उठाउने प्रश्नोत्तर मुल अनुसार गरेर हस्तार्घपात्र बायाँ हातमा लिन र दाहिने हातले फुल पवित्र ब्राह्मणमा घुमाएर राखिदिनु ।अनि उत्तानो हातले दुना ढाक्दा - ॐ या दिव्या० मन्त्र पढनु । अनि मोटक लिएर दुनाको संकल्प गरेर ब्राह्मणमा अलिकति जल चढाई फुल - पवित्र फ़ेरि दुनामै राख्नु । अनि सभ्य दुनाको जल ' ॐ तच्चक्षु०' मन्त्र पढेर आँखामा लगाउनु र अपसव्य भएर अर्घपात्र ब्राह्मणको बायाँतिर 'ॐ पितृभ्य: स्थानमसि' मन्त्र पढेर घोप्टाई दिनु र त्यसमाथि तीन  टुक्रा कुश राखिदिनु ।
हस्तार्घपात्रमहं करिष्ये इति पृच्छेत, ' ॐ कुरुष्व ' इति अनुज्ञात: सन पुटकमेकमग्रे कृत्वा तत्र - ॐ पवित्रेस्त्थोव्वैष्णव्व्यौ सवितुर्व: प्रसवSउत्पुनाम्यच्छिद्रेण पवित्रेण सुर्य्यस्य रश्मिभि: । उत्तराग्र पवित्रं क्षिपेत । ॐ शन्नोदेवीरामेष्टSयआपो भवन्तु पीतये । शयोरभिस्त्रवन्तु न: ।। जलम् । ॐ तिलोसिसोमदैवत्यो गोसवो देवनिर्मित: । यत्नमाभ्दि पृक्त: स्वधया पितृल्लोकान् प्रणाही न : ।। जलम् । ॐ तिलोसिसोमदैवत्यो गोसवो देवनिर्मित: । यत्नमाभ्दि पृक्त: स्वधया पितृलोकान् प्रणाहि न: स्वाहा- तिलान् । ॐ श्रीश्चते लक्ष्मीश्च पत्न्यावहोपात्रपाश्व नक्षत्राणि रुपमश्विनौ व्यात्तम् । इष्णन्निषाणामुम्मSSषाण सर्वलोकानातामिहोमह्रये श्रियम् ।। - गन्धम् ।। ॐ हस्तार्घपात्रं सम्पन्नम् - ब्राह्मणं पृच्छेत, ॐ सुसम्पन्नम् - तेनोक्ते, ॐ हस्तार्घपात्रमुत्थापयामि, उत्थापय 'इत्यनुजातो हस्तार्घपात्रं, वामहस्ते कृत्वा 'ॐ नमो नारायणाय' - पुष्पसहितं पुर्वाग्र पवित्रम् उतान - स्वदक्षिणहस्तेन विप्रकरे धृत्वा वामहस्तस्यं हस्तार्घपात्रमुत्तान - दक्षिणकरेणाSपिधाय, ॐ या दिव्याSआप: शिवा: श£•स्योनासुहवाभवन्तु ।। अर्घपात्रस्यजलम्भिमन्त्र्य, जलतिलमोटकमादाय, ॐ अद्यामुकगोत्रास्मत्पितरमुकशर्मन् वसुस्वरुपाद्यसावत्सरिकैकोदृष्टश्राद्धेएषहस्तार्घस्ते स्वधा - ब्राह्मण करे अर्घ दद्यात् । 'अर्घे पुनः प्रत्यर्घमस्तु' पुपाय - पवित्र सहितं तदर्घ पात्रं भुमा घृत्व सव्य कृत्वा तत्रस्यजलेन्, ॐ तच्चक्षुर्देवहितं पुरस्तच्छक्रमुच्चरते । पश्चेम शरद: शतज्जीवेमशरद् : शत£•श्रुणुयामशरद शत्प्रब्रवामशरद: शतमदिना: स्याम शरद: शतम्भुमश्छ शरद: शतात् ।। चक्षुस्पर्श: कर्तव्य: । ततोSपसव्येनधिपात्रं गृहित्वां ब्राह्मणस्य वामपार्श्वे पित्र स्थान्मसिति:न्युब्जंकर्यात् । तदुपरी कुशत्रय दयात् ।

 
३७. अब पुजाको प्रश्नोत्तर गरि जल, चन्दन, अक्षता, फुल, जनै, पान,धूप, दीप नैवेद्य, द्रव्य र वस्त्र चढाई ब्राह्मणको पुजा गर्नु । अन्य निमन्त्रीत ब्राह्मणलाई पनि टीका लगाईदिनु अनि मोटक लिएर संकल्प पढ्नु ।

 
तत: 'ॐ अर्चयिष्ये' - ब्राह्मण पृच्छेत । 'ॐ अर्चय' इत्युक्ते जलचन्दनपुष्पाक्षतताम्बुल यज्ञोपवितवातद्रव्याणिदिभि: समभ्यर्च्य धूप दीपौ च  कारयेत् । मोटकादिकमादाय, ॐ अद्यामुकगोत्राSस्मत्पितरमुकशर्मन् वसुस्वरुपाSद्यसांवत्सरिकैकोदृष्टश्राद्धे एतान्यर्चनानि अत्र गन्ध पुष्पाक्षतताम्बुलयज्ञोपवितधूपदीप द्रव्यवासांसि ते स्वधा ।।


३८. अब 'अर्चनविधे: सर्वम् परिपुर्ण्मात्तु' भनेर जल ब्राह्मणमा चढाउनु । अनि सव्य भएर आचमन गरि अपसव्य भएर - ॐ चक्रायधो० मन्त्र पढेर वामावर्त पारी चारपाटे मण्डल भस्मले वा जलले बनाउन अनि तिल, घृत, मधु, जल सहित सिधा मोटक लिएर ॐ इदमन्नं० पढेर जल दुनामा छाडिदिनु ।

 
'अर्चनविधे: सर्व परिपुर्णमस्तु' विप्रकरे जलं दद्यात् 'ॐ अस्तु' - प्रतिवचनम्
तत: सव्येनाSSचम्य अपसव्येन - ॐ यथा चक्रायुधो विष्णुत्रैलोक्यं परिरक्षति । एवं मण्डलभस्मैतत्सर्वभुतानि रक्षतु । वामवर्तेन चतुष्कोण मण्डलं विधाय तिलघृतमधुजलयुतमन्नं मोटकादिसहितमादाय दक्षिणाहिमुखो भुत्वा 'ॐ इदमन्नं सजल मेतद्भूस्वामिपितृभ्यो नम: 'उत्सृजेत ।


३९. अन्न संकल्पमा पहिले सिधामा तिल-जल-मह-छर्केर-छर्केर एउटा दुनामा जल हाली घोप्टो हातले सिधालाई छोएर ॐ पृथ्वी ते पात्रं० र ॐ इदं विष्णु० तथा विष्णो कव्यमिदं० पढ्दै बाहुनको बुढी औंला स्पर्श गरेको भावना दर्शाई इदमन्नं र ॐ अपहताSअसुरा० पढ्दै सिधाको वरिपरि तिल छर्किई जल- तिल- मोटक लिएर बायाँ हातको चोर औंला र बुढी औंलाले सिधामा छोई संकल्प गर्दा ॐ अद्येह० देखि 'अक्षय्य तृप्ति हेतोस्ते स्वधा' भनेर मोटक भुमिमा छोडिदिनु । अन्न संकल्प सिद्ध भयो भनि ब्राह्मणमा जल दिनु । अनि कर्ताले एक टुक्रा कुश आसनमुनि राख्नु । अनि प्रणव सहित गायत्री जपेर ॐ मधुव्वाता० मन्त्र पढी तीन पल्ट मधु मधु मधु भन्नू । अनि पितृसुक्त र रामगीता पाठ गराउने । त्यो यहि पुस्तकको अन्त्यमा छ । अनि अपसव्य भएर विकरको आसन  'ॐ असंस्कृत०' पढेर जल-तिल- मोटक लिई दुनामा विकर लिएर त्यहीँ आसनमा घोप्ट्याई दिनु । कुशको औँठी त्यँही छाडिदिनु । सभ्य भएर आचमन गरि हात जोरेर ॐ अन्नहिनं० । ॐ नमस्तुभ्यं० पढिलिनु । अपसव्य भएर ब्राह्मणमा जल चढाउनु । अनि सभ्य भएर गायत्री मन्त्र पढनु । अनि मधुव्वाता० का तीन मन्त्र पढिलिनु । अनि ब्राह्मणलाई प्रश्न गर्नु - स्वदितं - सुस्वदितं, पिण्डदान गरौं ? गर । शेष अन्न के गरौं ? आफ्ना इष्ट मित्र - बन्धु समेत भै भोजन गर भन्नू ।

 
अन्न संकल्प: ।। सोपस्करं जलयुतमन्नमुपनीय मधुनाSभिधार्य अधोमुखाभ्याव्यस्तभ्यांपाणिभ्याभन्नपात्रभातभ्य, ॐ पृथ्वी तेपात्रंधौरपिधानं ब्राह्मणस्य मुखेSअमृतंजुहोमि स्वाहा । ॐ इदं विष्णुरित्यादि सुरेत्तम् । ॐ विष्णो काव्यमिदं रक्ष भदीयम् । ॐ विष्णो कव्यमिदं रक्ष भदीयम् । विप्रदक्षिणाङ्गुष्ठं गृहित्वा, ॐ इदमन्नम् इत्पन्ने ॐ इमा आप: - जले, ॐ इदामाज्यम् - घृते, ॐ इदं हवि: - पुनरन्ने, क्रमेणान्नजलघृतादिषु विप्रदक्षिणाङ्गुष्ठं निवेश्य, अपहताSअसुरारक्षा £• सिव्वेदिषद्: । वामावर्तेन श्राद्धदेशे तिलान् विकिर्स मोटकादिन्यादाय वामहस्ताङ्गुष्ठाSङ्गुलिभि: क्रमणातमपश्च स्पृष्टवा, ॐ वसुस्वरुपायाद्य सांवत्सरिकैकोदृष्टिश्राद्धे इदमन्नं सजलं सोपस्करं परिविष्टं परिवेक्ष्यमाणाम् । अक्षय्य तृप्ति हेतोस्ते स्वधा - भुभावेव१ {श्राद्रीयान्नस्य संकल्पो भुमानेव प्रदीयते । हस्तेषु दीयमानं तु पितृणा नोपतिष्ठते ।। ✍️ धर्मप्रदीपे} मोटकादीकं उत्सृज्यते ।। ॐ अन्नसंकल्पसुद्धिरस्तु, भवान प्राशयतु विप्रकरं जलं दद्यात ।। तत: श्राद्धकर्ता कुशोपरि विशन सव्येन सप्रणवव्याह्रतिका गायत्री त्रिर्जयित्वा ॐ मधुव्वाता ॠतायते मधुक्षरन्ति सिन्धव: । माध्वीर्न: सन्तोषधी: ।। मधुनक्तमुतोषसोमधुभत्पार्थिव£•रज: मधुचौरस्तु न: पिता ।। ॐ मधु मधु मधु । ॐ अन्नहिनं क्रियाहिनं विधिहिनं चयदभवेदत् । तत सर्वमद्दिद्रमस्तु भास्करस्य प्रसादत: ।। ॐ नमस्तुभ्यं विरुपाक्ष नमस्तेSनेकचक्षुषे ।
नम पिनाकहस्ताय वज्रहस्ताय वै नम: ।।
यथा सुखं जुषस्व वचनानन्तरं पितृसुक्तं च पठेत ।१
१. ॐ अग्नेय कृष्यवाहनाय षट् ६ । ॐ तदेव १६ । ॐ कृष्ण्ष्वपाज इति पञ्च ५ । ॐ सुरावत्तमिव्यादि अपाफेनेत्यत्तम्३९ ॐ सहर्षशिर्षेति १६ ॐ ननस्ते६६ माध्वीर्गावो भवन्तु न: ।। ॐ मधु मधु मधु । ततोSपसव्येनैवाञ्जलिं वध्वां ब्राह्मण पृच्छेत् । ॐ स्वदितम्, ॐ सुस्वदितम् - प्रतिवचनम् - । शेषमन्नं कि क्रियताम? ॐ इष्टै: सह भुञ्जताम् - प्रतिवचनम् ।


४०. अब पिण्डदानको लागि चार अंगुल अग्लो एकहातको चारपाटे वालुवाको वेदी बनाउनु । आफ्नो पिण्डिकामा कुशको टुक्राले ॐ आपहतो० पढेर दुईटा रेखा तानिदिनु । अनि ॐ ये रुपाणि० पढेर आगो घुमाईदिनु । कुश आफुतिर राख्नु । अनि ॐ शन्नोदेवी० मन्त्र पढेर पिण्डिकामा जल छर्किदिनु । अनि छिन्न मुल कुश बिछाएर सव्य भइ ॐ देवताभ्य० तीनपल्ट पढिलिनु । अनि अपसव्य भएर मोटक जल लिई पिण्ड उचालेर मुल अनुसार सकल्प पढीअबजनमाथि पितृतीर्थले पिण्डराखि दिनु । अनि कुशले हात पुछेर त्यो कुश फालिदिनु । अनि सव्य भएर हरि हरि हरि भन्नू र दुई पल्ट ६ आचमन गर्नु ।

 
ॐ पिण्डदानमहं करिष्ये, ॐ कुरुष्व ! पिण्डदानार्थ हस्तमितां चतुरंगुलोच्छिता सैकतादिका दक्षिणप्लवा पिण्डिकां निर्माण त हुपरी पिण्डिकामध्ये वामेन पाणिना दर्भपिञ्जुली गृहित्वा दक्षिणहस्ते कृत्वा सव्योपगृहित दक्षिणपाणिना, ॐ अपहताअसुरा रक्षा £• सिव्वेदिषद् । दक्षिणाग्रां रेखां कृत्वादर्भपिञ्जुलीन् उत्तरस्याक्षिपेत् । ॐ ये रुपाणिप्रतिमुञ्चमानाSअसुरा: सत्त: स्वधामचरन्ति ।। पुरापुरो निपुरोये भरन्त्यग्नितठाँल्लोकान् । प्रणुदात्यस्मात् । ततो जलेन - ॐ शन्नोदेवीरभिष्टSआपोभवन्तु तदनुछिन्न - मुलकुशान् दक्षिणाग्रान् पिण्डिकायां दद्यांत् । तत: सव्येन -
ॐ देवताभ्य, पितृभ्यश्च महोयोगिभ्य एव च । नम: स्वहायै स्वधायै नित्यमेव नमो नम: - त्रि:। अपसव्यं विधाय एकं पुटकं वामहस्ते कृत्वा मोटकादिकमादाय, ॐ अद्याSमुकगोत्रSस्मत्पितररमुकशर्मन् वसुस्वरुपाSद्यसांवत्सरिकैकोदृष्टश्राद्धे पिण्डस्थानेSवनेजनं ते स्वधा - अवनेजन दद्यात् । मोटकादिनी पिण्डं चाSSदाय वामहस्ते पुटकादिस्थजल मादाय - ॐ अद्यामुकागोत्राSस्मदपितरमुकशर्मन् वसुस्वरुपाSद्यसांवत्सरिकैकोदृष्टश्राद्धे एष पिण्डोSमृत स्वरुपोSक्षय्यतृप्तिहेतोस्ते स्वधा- अवनेजनोपरि पिण्डं दद्यात् । अत्र लेपभाग निषेध: । आस्तृत् कुशमुलेन करं प्रोक्ष कुशान् परित्यज्, सव्येन द्विराचम्य (६) हरि स्मरेत् ।

 
४१. अब सव्यले नै चन्दन, अक्षता, फुल लिएर सुर्यनारायणरुपि पितृको ध्यान गरेर ॐ अत्र पितरो० मुल अनुसार पढ्दै दाहिनेतिरवाट उत्तर फर्की श्वास रोकेर पितृको स्मरण गरि अपसव्य भएर दक्षिण तिर फर्की ॐ अभि मदन्त० पढेर फुल, चन्दन, अक्षता पिण्डमा चढाईदिनु ।

 
तत: सव्येनैव गन्धपुष्पादिन्पादाय पितरमुद्दिश्च । ॐ  अत्र पितरो मादयध्वंयथाभागमावृषांयध्वम् । सव्यपार्श्वेनोत्तरामिमुखो भुत्वा श्वार्स नियम्ये भास्करमुर्तिम पितरंध्यायन् अपसव्यं कृत्वां दक्षिणावर्तेन दक्षिणाभिमुखोभुत्वा - ॐ अमीमदत्तपितरोयथाभागमा बृषापिषत - गन्ध पुष्पादीनि पिण्डोपरि क्षिपेत् ।


४२. अब मोटक जल लिएर ॐ अद्य देखि स्वधासम्म संकल्प पढी पिण्डमा अवनेजन दिनु । कम्मरमा घुसारेको खसालिदिनु । अनि सव्य भएर आचमन गरि हरि स्मरण गर्नु । अनि अपसव्य भएर काँचो धागोमा चन्दन लगाई ॐ नमो व:० मन्त्र पढेर पिण्डमा सुत्र चढाईदिनु । अनि चन्दन, अक्षता, फुल, माला, धुप, दीप, नैवेद्य, बस्र, दक्षिणा, जनै, पान, सुपारी सबै बस्तु चढाएर पिण्डको पुजा गरि मोटक लिएर मुल अनुसार पढ्नु पर्दछ ।

 
ततोSवनेजन पात्रं वामहस्ते कृत्वा मोटकामादाय - ॐ अद्याSमुकगोत्राSस्मत्पितरमुकशर्मन् वसुस्वरुपपाSद्यसांवत्सरिकैकोदृष्टश्राद्धे इदं पिण्डप्रत्यवनेजनं ते स्वधा - पिण्डे प्रत्यवनेजनं दद्यात् । ततो वीवी वित्रस्त, सव्यंकृत्वाSSचम्य हरि स्मरेत्, अपसव्यं कृत्वा वामेन पाणिना धृतं सुत्रं दक्षिणेनादाय, ॐ नमो व: पितरो रसाय नमो व: पितरो शोषाय नमो व: पितरो जीवाय नमो व पितरो स्वधायै नमो व: पितरो घोराय नमो व: पितरो मन्यवे नमो व: पितर पितरो नमो: गृहान्न: पितरो दत्तसतो व: पितरो देष्मै तद्व पितरो व्वास: । पिण्डो परि सुत्रं दद्यात् । तत: पिण्डं गन्धदिभि संम्पुज्य धुपदीपौ च कारयेत । मोटकादिकमादाय - ॐ अद्यSमुकगोत्राSस्मत्पितरमुकशर्मन् वसुस्वरुपाSद्यसांवत्सरिकैअकोदृष्टश्राद्धे एतानि पिण्डचुर्वानि अत्र द्रव्यसुत्रगन्धपुष्पाSक्षतधुपदीपैक्षवादिनैवेद्यताम्बुल यज्ञोपवीतादीनिते स्वधा ।। गन्धादिकामुत्सृजेत् ।

४३. अनि ब्राह्मणलाई शिवा आँप: सन्तु, भनेर जल, ॐ सौमनस्यमस्तु भनेर फुल तथा अक्षतां० भनेर अक्षता चढाउनु । अनि पुर्व फर्केर हात जोरी - ॐ अपां मध्ये० देखि 'सदा मम' सम्म पढ्नु अनि कर्मपात्रोको कुश लिएर पढदै आफ्नो शिरमा जल छर्कनु । ॐ अस्मत्कुले० देखि ॐ शान्तिरस्तुसम्म पढनु पर्दछ । द्विपदेम्यशचतुष्पदे० भनेर एकपल्ट भुमिमा छर्कनुपर्दछ ।
ततो विप्रकरे - ' ॐ शिवा आँप. सन्तु' - जलम्, 'ॐ सौमनस्यमस्तु' पुष्म, ॐ अक्षतं चरिष्टमस्तु 'तण्डुलम दद्याते' । तत: सव्येन पुर्वाभिमुखोभुत्वा - ॐ अपां मध्ये स्थिता देवा: सर्वमप्सु प्रतिष्ठितम् । ब्राह्मणस्य करे न्यस्ता: शिवा आपो भवन्तु मे । लक्ष्मीर्वसति पुष्पेषु लक्ष्मीर्वसति पुष्करे लक्ष्मीर्वसति गोष्ठेषु सौमनस्यं ददातु ते । अक्षतं चाSस्तु मे पुण्यं शान्ति: पुष्टिर्घितिस्तथा । अद्यच्छ्रेयास्करं लोके तन्तदस्तु सदामम ।
तत: कर्मपात्रोदकं कुरौर्गृहित्वा प्रतिमन्त्रं स्वशिरस्यभिषिञ्चेत् - ॐ अत्मत्कुले दीर्घमायुरस्ते, ॐ शान्तिरस्तु, ॐ पुष्टिरस्तु, ॐ बुद्धिरस्तु, ॐ यच्छ्रेयस्तदस्तु । ॐ यत्पापं तत्प्रतिहतमस्तु - भुमौ । ॐ द्विपदेभ्यचतुष्पदम्ये: शान्तिर्भवतु ।
४४. अब अपसव्य भएर पिण्डशेष पिण्डको नगिचै राखिदिनु । अनि मोटक, जल लिएर संकल्प पढी अक्षव्योदक दिनु । अनि सव्य भएर दक्षिण फर्किई 'ॐ अघोर: पिताSस्तु भनेर पिण्डमा जलधारा दिनु । अनि पुर्वतिर फर्केर अशिष प्रार्थनामा - ॐ गोत्रन्नो० देखि ॐ सन्तुसम्म पढनु पर्दछ ।
ततोपSसव्येन पिण्डशेषान्न पिण्डसमिपे विकिरेत । वामहस्ते पुटकादिस्थलजलं कृत्वामोटकादिकमादाय ॐ  अद्याSमुकगोत्रस्याSस्मत्पितुरमुकशर्मणो वसुस्वरुपास्याSद्यसांवत्सरिकैकोदृष्टश्राद्धेदत्तैतन्नपानादिकम् उपतिष्टताम् इति पिण्डेSक्षप्योदकंदद्यात् । तत: सव्येन कृताञ्जलिर्दक्षिणां दिंशमवलोकयन् - 'ॐ अघोर: पितास्तु' पिण्डोपरि पुर्वाग्राजलधारांदद्यात् । तत: प्राङ्मुखो भुत्वाSञ्जलिंवध्वाSSशिष प्राथयेत् । ॐ गोत्रन्नोवर्धताम् ॐ दातारोनोSमिवर्धताम् ॐ वेदा: वर्धताम् । ॐ वर्धन्ताम् । ॐ सन्तति वर्धताम् । ॐ वर्धन्ताम् । ॐ श्रद्धाचनोमाव्यगमत, ॐ अतिथिश्चलभेमहि, ॐ लभध्वम् । ॐ योचिताश्छ न: सन्तु, ॐ सन्तु । ॐ मा याचिष्म कञ्चन् ॐ मा याचेथा: । ॐ एता: सत्याअशिष: सन्तु, ॐ सन्तु प्रतिवचनम् ।
४५. अब पुरोहितले कर्तालाई ॐ यं कामं० पढेर तिलक लगाईदिनु । अपसव्य भएर अघि घोप्टाएको अर्घ मुनिको फुल पवित्र पिण्डमा चढाईदिनु । 'अनि स्वधावाचयिष्ये, 'ॐ वाच्यानाम् भनेर रित्ता हत्केला देखाई संकल्प पढिलिनु । अनि ॐ उर्ज्जवहन्ती० मन्त्र पढेर तिल हालेको गाईको दूध दक्षिण तिर धारो लगाई पिण्डमा चढाई दिनु । अनि अपसव्य भएर 'ॐ पिण्ड: सुसम्पन्न:' इत्यादि पढेर शिर निहुराई वास्ना लिएर पिण्ड टपरीमा उठाउनु । अनि वेदीमा बिछाएको कुश आगोमा हालिदिनु । पिण्डिकामा सात चार लेखिदिनु । र जौ ले शंख चक्रको पुजा गरिदिनु । अनि पिण्डको टपरी उचालेर वेदीमा राखिदिनु ।
ततो ब्राह्मणहस्तेन तिलकं कुर्यात् । ॐ यं काम कामयति सोSस्मै काम: समृध्यताम् ।। ततोSपसव्येन सपवित्रान् कुशान् न्युब्जपात्रात्समादाय पिण्डोत्परि निक्षिप्य, ॐ स्वधा वाचयिष्ये, ॐ वाच्यताम् - प्रतिवचनान्तरम्, ॐ रिक्ताञ्जलिना - ॐ अद्यSमुकगोत्रस्याSस्मत्पितेमुकशर्मणे वसुस्वरुपाद्यसांवत्सारिकैकोदृष्टश्राद्धे स्वघोच्यताम्, ॐ - अस्तु स्वधा । तत: पयसादिसहितं पुटकं वामहस्ते कृत्वा सपवित्र कुशापरि दक्षिणाग्रां पयोधारा दद्यात् - ॐ उजेवहन्तिरमृतम्पय: किलालम्पेरिसुतट ।। स्वधास्थार्वपयतमेपितृन ।। ततेपSसव्येन ॐ पिण्ड: सम्पन्न: । ॐ सुसम्पन्न: ।ॐ पिण्डमुत्थापयामि, ॐ उत्थापयस्व इत्यनुज्ञात: सत् नम्रीभुय सव्येन पिण्डमाघ्राय, अपसव्येन उत्थापयेत् । पिण्डघार कुशफल्मुकं च वस्त्रक्षिपेत ।।
वसन्तपूजा - सव्येन पिण्डिकायां शंख चक्रछ लिखेत, ॐ शंखाय नम, ॐ चक्राय नम: यवै: शंखचक्रपूजां विधाय, अपसव्यं कृत्वा, पिण्डमादायोत्थाय- ॐ गयायं पितृरुपेण स्वयमेव जनार्दन: । तं दृष्टवा पुण्डरिकाक्षं मुच्यते च ॠणत्रयात् ।। पिण्डं पिण्डिकोपरि निधाय ।
४६. अब सव्य भएर कर्ताले सपरिवार वसन्त पूजा गरि कपुर बालिदिनु । अनि अपसव्य भएर अर्घपात्रो उत्तानो पारिदिनु । अनि सव्य भएर दक्षिणा - संकल्प मुल अनुसार गरिदिनु । अनि भुयसी दक्षिणा पनि संकल्प गर्नु । अनि अपसव्य भएर 'ॐ अभिरभ्यताम् ॐ अभिरम्यता: स्म: 'भनेर कुशका ब्राह्मणलाई छोईदिनु र ॐ आमावाजस्य० मन्त्र पढिलिनु । अनि सव्य भएर ॐ देवताव्य० तीनपल्ट पढिलिनु ।
सव्येन पुजयेदेभिर्मन्त्रै:-
ॐ वसन्ताय नमस्तुभ्यं ग्रीष्माय च नमो नम:
बर्षाभ्यश्छ शरत्संज्ञॠतवे च नमो नम: ।।
हेमन्ताय नमस्तुभ्यं नमस्ते शिशिरायच ।
माससंवत्सरेभ्यश्चदिवसेभ्यो नमो नम: ।।
कपुरदीपं दत्त्वा । ततोSपसव्येनाSर्घपात्रमुत्तानिकृत्य सव्येन दक्षिणा दद्यात् । कुश तिल जल दक्षिणाद्रव्यंमादाय, ॐ अद्येत्यादि अमुकगोत्रस्यास्मत्पितुरमुकशर्मणोअवसुस्वरुपस्याद्यकृतैतत्सांवत्सरिकैकोद्दिष्टश्राद्धे पिण्डदान - प्रतिष्ठासिदध्यर्थ दक्षिणां रजतं चन्द्रदैवतं तन्मुल्पोपकल्पितंद्रव्यंयथानामदेवतं यथानामगोत्राय यथानामशर्मणेब्राह्मणायतुम्पमहंसंप्रददे - विप्रकरे दद्यात् । पुनः कुशदिसहितं भुयसी - दक्षिणाद्रव्यमादाय ॐ अद्येत्यादि अमुकगोत्रस्याSस्मत्पितुरमुकशर्मणो वसुस्वरुपस्याSद्यकृतैतत् सावत्सरिककोद्दिष्टश्राद्धे न्युनातिरिक्तपरिपुर्णार्थ यद्येयमन्न पानादिकं यथाद्रव्यं च यथायथानाम दैवतं नानागोत्रेभ्योनानानामशर्मेभ्यो ब्राह्मणेभ्यो यथाभागं विभज्य दातुमहमुत्सृजे । ततोSपसव्येन ॐ अभिरम्यताम्, ॐ अभिरम्यतास्म: प्रतिवचनान्ते ब्राह्मणस्य दक्षिणाङ्गष्ठगृहिवोत्थाप्य त्रिवीरिधारया संवेष्टय विसर्जयेत् । ॐ आमावाजस्य प्रसवोज गम्पादेमेद्यावापृथ्वीविश्वरुपे ।। आमागन्ताम्पितरामातरा चामासोमोSअमृतत्वेन गम्तात् । तत: सव्येन ।
ॐ देवताभ्य: पितृभ्यश्च महायोगिभ्य एव च ।
नम: स्वाहायै स्वधायै नित्यमेव नमो नम: ।।त्रि:।।
४७. अब अपसव्य भएर बत्ति ढाकिदिनु । सव्य भएर हात पाउ धोई आचमन गरेर ॐ यत्कृतं० मन्त्र पढिलिनु । अनि हात जोरेर ॐ प्रमादात् ॐ आयु: प्रजा० पढी ॐ कायेन वाचा० पढेर कर्मपात्रको कुश भुमिमा राखिदिनु । अनि हात जोरेर ॐ यस्य स्मृत्यो० पढेर तीनपल्ट ॐ अच्युताय नम: ३ भन्नू । अनि कायेन वाचा० गरिदिनु । त्यसपछि ॐ चतुर्भिश्च० मन्त्र पढ्नु पर्दछ ।
अपसव्येन दीपमाच्छाद्य, सव्य कृत्वा हस्तौ पादौ प्रक्षाल्याSSचम्य 'ॐ यत्कृतं तत्सुकृतमस्तु, यन्नकृतं तद्विष्णो: प्रसादाद् ब्राह्मणवचनात् सर्व परिपुर्णमस्तु । ॐ प्रमदात् कुर्वतां कर्म प्रच्यवेतSध्वरेषन्व । स्मरणोदव तद्विष्णो: सम्पुर्ण स्यादिति श्रुति: ।।
आयु: प्रजा धनं विद्यां स्वर्ग मोक्षं सुखानि च ।
प्रयच्छन्तु तथा राज्यं पितर: श्राद्धतर्पिता: ।।
ॐ कायेन वाचा मनसेन्दृयैर्वा, बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् । करोमि यद्यत् सकल परस्मै, नारायणेति समर्पयेतत् ।।
इति भुमौ त्यजेत् । ततो बद्धाञ्जलि: पठेत् - ॐ यस्य स्मृत्या च नामोक्त्या तप: श्राद्धक्रियादिषु । न्युनं सम्पुर्णता याति सद्दो वन्दे तमच्युतम् ।।
ॐ अच्युताय नम:, ॐ अच्युताय नम:, ॐ अच्युताय नम: ।
ॐ चतुभिश्च चतुभिश्च द्वाभ्यां पञ्चमिरेवचा । हुयते च पुनर्द्वाभ्यां स मे विष्णु. प्रसीदतु ।। ब्राह्मण वचनात् सर्व परिपुर्णमस्तु, 'अस्तु परिपुर्णम्' ।।
।। इति एकोदृष्टश्राद्धविधि: ।।

श्राद्धकर्ता :                                 आमा 

वसन्तराज अधिकारी                भावना अधिकारी एवम् 

सहायक                              सम्पुर्ण अधिकारी परिवार 

श्रीमती यशोदा अधिकारी             घोराही, दाङ ।


ब्राह्मण :

श्री गीताराम भट्टराई 

घोराही उपमहानगरपालिका वार्ड नं. १७ पनौंरा, दाङ ।



प्रवर- काश्यप-आवत्सर-नैध्रुव-नैध्रुव

तर्पण - पिण्डदान

(क) घर - बुबातर्फ
१. पिता - बलदेवप्रसाद उपाध्याय अधिकारी
२. प्रपिता - खेतुलाल
३. प्रपितामह - निधुलाल
४. जेष्ठ पिता - टीकाराम 
५. मध्यमपिता - लोकराज
६. मध्यमकनिष्ठपिता - लक्ष्मीकान्त "ब्रह्मचारी"
७. कनिष्ठ पिता - नरदेव
८. जेष्ठ पितृष्वसा - किमादेवी
९. कनिष्ठ पितृष्वसा - शिवादेवी ।

(ख) मावली घरतर्फ : गोत्र:

१. प्रपिता - कोमानिधि आचार्य
२. प्रपितामह - पुनाराम
३. बृद्धप्रपितामह - वलभद्र
४. जेष्ठ मातुल - हुकुमप्रसाद
५. मध्यम मातुल - मेघराज

(ग) गायत्री गुरु

१. सुकदेव शर्मा पौडेल

(घ) दीक्षा गुरु

१. सीताराम बैरागी श्रीबैष्णव

(ङ) भुपति : राजा

१. वीरेन्द्र वीर विक्रम शाहदेव । 

 

Comments