५७४. माघे सङ्क्रान्ति २०८० "षट् तिल कर्म"

माघे सङ्क्रान्ति/मकर सक्रान्ति/घ्यु चाकु खाने दिन/मकर स्नान आरम्भ/उत्तरायन आरम्भ र
थारू जातिको महान पर्व "माघी" थारू संवत् २६४७
माघे सङ्क्रान्ति २०८० "षट् तिल कर्म"          

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

तिल #स्नान अर्थात्
तिल मिसिएको पानीमा
स्नान गर्ने गर्नुपर्छ ।।
तिल #दीप अर्थात्
तेल वा तेलका गेडा भएको
तेलमा दीप बाल्ने ।।
तिल #होम अर्थात्
तिलको प्रयोग
चरुको रूपमा गर्ने ।।
तिल #तर्पण :
पितृ कर्मको तर्पणमा
तिलको प्रयोग गर्ने ।।
तिल #दान :
तिल दान गर्ने ।
तिल #भक्षण अर्थात्
तिलको सेवन गर्ने ।।
माघे सङ्क्रान्तिमा
तिलको बहुआयामिक प्रयोग ।
उत्तरायणको सुरुवाती दिन ।।१।।

एक बर्षमा बाह्र महिना
चारवटा ॠतु ।
बाह्र वटै मसान्त र
बाह्र वटै सक्रान्ति ।
विक्रम संवत् महत्वपूर्ण गणक ।।
वैशाख सङ्क्रान्तिवाट प्रारम्भ
क्रमशः विभिन्न मसान्त र
सक्रान्ति हुँदै चैत मसान्त अन्त्य ।।२।।

माघे सङ्क्रान्ति अर्थात्
माघ महिनाको प्रथम दिन ।
माघ मध्य हिउँदको
एउटा महत्वपूर्ण महिना ।।
सुर्य धनु राशिवाट
मकर राशिमा प्रवेश ।
आजको विशेष दिन
माघे सङ्क्रान्ति
तिलुवा सङ्क्रान्ति या
मकर सङ्क्रान्ति र
माघीका रूपमा
अ-आफ्नै विशेषता र
सांस्कृतिक महत्व ।।३।।

सनातन संस्कारमा
तिलको महत्व ।
तिलुवा सङ्क्रान्ति ।
होम,जप, चरुको रूपमा
पुजा गर्दा, दान गर्दा
पितृ कर्म अनि शुभ कर्म
तिल सदा अपरिहार्य ।।
तिलको पकवान् प्रसिद्ध
तिल भुटेर सख्खरमा मुछेर
लड्डु विशेष परिकार
तसर्थ तिलुवा सङ्क्रान्ति ।।४।।

उत्तरी र दक्षिणी ध्रुव
पृथ्वीको दिशाको अवस्थिति
गरिने गणना र मापन ।।
अब उप्रान्त सुर्यको दिशा
बढदै जान्छ उत्तरायण ।
उत्तराभिमुख दिशा न्यानो असर
हिउँद घटदै जाने र
वसन्तका साथै गृष्म बढदै जाने ।।५।।

घ्यू चाकु खाने दिन
तिलको लड्डु ।
भुजा अर्थात् मुरैको लड्डु
अनि च्युराको लड्डु ।।
सख्खर या चिनीको पाग महमा
तरुल, सखरखण्ड पिंडालु ।
खिचडी जाउलो खाने ।
मैथिली कहावत यस्तो छ -
खिचडीका चार यार
दही पापड घी या अचार ।
तात्तातो खिचडी खाने ।।६।।

बिहान् सबैरै शौच निच
स्नानादी नित्य कर्म ।
चोखो कपडा दान दक्षिणा ।
रुद्री वा सत्यनारायण पुजा ।।
तिल र चाकु मिसाएको परिकार
तील चाकु तरुल खादा
जाडोमा शरीरलाई न्यानो प्राप्ति ।
केवल धार्मिक र सांस्कृतिक मात्र नभै
बैज्ञानिक र अर्थपूर्ण नेपाली संस्कार ।
यस्ता पोषिला खाना खाँदा
न्यानो, अन्य चर्म रोग र जोर्निको समस्या
आदि समेतवाट मिल्दछ राहत ।।७।।

मधेसमा मैथिली र थारू संस्कृतिको
माघी दुंगका रूपमा अर्थात् नयाँ बर्ष
किरात वंशले काठमाडौ उपत्यका
विजय हाँसिल विजय उत्सव ।
किरात संवत् सुरु ।।
थारू समुदायमा पौष महिना
अन्तिम दिन जिता मरना भन्दै
सुगुर काटने प्रचलन ।।
सुगुरको मासु सामुदायिक रूपमा
धमार गीत गाउँदै रमाइलो भोज ।
जाग्राम गर्ने प्रचलन रहेको छ ।।
अनदी नामक चामलको जाँड
पश्चिम थारू समुदायमा
बहुचर्चित रहेको छ ।
छोरी चेलीहरु माइती आउने
फर्कदा 'निसराउ' अर्थात्
उपहार दिएर पठाउने चलन ।।८।।

नेवार समुदायमा 'घ्यूचाकु सँल्हु'
माघे सङ्क्रान्ति चाकुमा तिल मिलाई
लड्डु बनाई खाने र दान दिने ।
काठमाडौ उपत्यका नजिकै
पनौतिमा ऎतिहासिक मकर मेला ।
लिच्छवि राजा मानदेवका पालादेखि
मेला सुरुभएको थियो ।।९।।

माघे सङ्क्रान्ति पर्व
नेपालका मगर जातिको
एउटा प्रमुख राष्ट्रिय पर्व ।।
तारो हान्ने खेल प्रचलन ।
चेलीबेटी र पितृहरुको
तीन दिनसम्म पुजा ।
बन तरुलको अनिवार्य प्रयोग
जंगलवाट तरुल खनेर ल्याउने र
अघिल्लो रात बन तरुल पकाउने ।।
घरका पुरुषहरुले धनुकाँड तारो हान्ने
काठको फल्याकमा अङ्गारले
गोलो चिन्ह लगाई निशाना लगाई
तारो हान्ने परम्परागत प्रचलन ।
तारोको निशाना लगाउनेलाई
सम्मानका साथ तितेपाति लगाएर
काँधमा बोकेर खुवाउने घुमाउने ।
मगर समुदायका केटाकेटीमा
साझमा जम्मा भै घरघरमा गै
बासी आन्द्रो पाईकी नपाई भन्दै सोध्ने
केटाकेटीलाई बचेखुचेका खानेकुरा दिने
मीठो खाने सबैको भलो चिताउने
सख्खर जस्तै गुलियो अनि लड्डु जस्तै
मिठा पलहरुको माघीको सबैलाई
मीठो हार्दिक शुभकामना ।।१०।।

मकर स्नान आरम्भ हुने दिन
नदिनाला जलासय गरिने स्नान
हिउँदमा मकर स्नान विशेष महत्व ।
माघ महिनाभरीको निरन्तरता ।।
मकर स्नान धार्मिक र पौराणिक मान्यता ।
महाभारतका भीष्म पितामह इच्छा-मृत्यु
अर्जुनका धनुष बाणहरुले शरीरमा
सर्वत्र छेडिएका भीष्म पितामहले
आजैको दिन मृत्यु इच्छा जाहेर गरेका ।
आजका दिन पवित्र नदी घाटहरु
पवित्र स्थलमा स्नान गर्ने तिर्थालु ।
नवलपरासीको देवघाट, सुनसरीको चतरा
कालीगण्डकी किनार, पर्वतको सेतीवेनी
काठमाडौको शंखमुलको वाग्मती किनार
आदि ठाउँमा स्नान गर्ने घुईचो ।
यसरी माघी नुहाई सकेपछि तिलको
सुकेको बुट्यान बालेर आगो ताप्ने चलन ।
यसरी माघी स्नान गरे पापमोचन
हुने जनविश्वास रहेको छ ।।११।।

यश दिन स्नान गरि घिउ, चाकु
तिलको लड्डु, सागपात, तरुल
बस्त्र, पानीको भाँडो र मकल सहितको
सीधा दान गरेमा विशेष फल प्राप्त हुने
भविष्य पुराणमा उल्लेख रहेको ।
सङ्क्रान्तिवाट सुरु हुने स्नान
माघ महिनाभरी चलिरहन्छ ।।
यश वर्षको मकर स्नानमा सबैलाई
स्वागत यश स्नानले सदैव
रोग, व्याध, कष्टहरु पखालेर लगोस् ।।१२।।

उत्तरायण र दक्षिणायन उत्तरायण आरम्भ
सुर्यले मकर राशिदेखि मिथुन राशिसम्म
यश अवधिमा उत्तरायण भनिन्छ ।
जब सुर्य कर्कट राशिदेखि धनुराशिसम्म
समयलाई दक्षिणायन भनिन्छ ।।
शास्त्र अनुसार उत्तरायण सकारात्मक र
दक्षिणायन नकारात्मकताको प्रतीक ।
उत्तरायणको छ महिना देवताहरुको एक दिन
दक्षिणायनको छ महिना देवताहरुको एक रात ।।
पौराणिक मान्यतामा उत्तरायणका बेला मृत्यु भए
मानिसहरू मोक्ष प्राप्ति गर्छन् भने
दक्षिणायको बेला मृत्यु भए मानिसले
पुनर्जन्म लिनु पर्ने हुन्छ ।।
यसैकारण पनि सुर्यको यी दुई स्थितिलाई
मानिसहरुको संसारवाट मुक्तिको मार्ग मान्ने ।
उत्तरायणको बेला दिनहरू लामो रातहरु छोटो
उत्तरायणमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि
विशेष शुभ कार्य गर्नु उचित मानिन्छन् ।
सबैको भलो होस् माघीको हार्दिक शुभकामना !!!

बहुजातीय बहुसांस्कृतिक अन्तर्घुलन पर्व
माघ माघे मकर सङ्क्रान्ति माघी ।
यथाशक्य रुपमा मनाउँदै रमाउँ ।।
शारीरिकरुपमा स्वस्थ्य बन्न तन, मनले
पारस्परिक सद्भाव र सौहाद्रतामा ।
मनाउने गरौं हाम्रो महत्वपुर्ण चाड्पर्व
सबै जात जाति धर्म संस्कृतिका अनुयायी ।
सामाजिक एक्यवद्धता आर्थिक मितव्ययीता
महत्वपूर्ण चाडपर्व माघे सङ्क्रान्ति २०८० को
अत्यन्त शुभ अवसरको  पुण्य घडीमा ।
सबै साथीभाइ शुभेच्छुक आफन्तजन सबैमा
हार्दिक मंगलमय हार्दिक शुभकामना ।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ नेपाल
आइतबार, २९ पुस २०८० शुभम् ।

श्रीमती एशोदाजीसँग म 

Comments