५६०. सोह्रौ पुस्तकालय दिवस २०८० को सन्दर्भमा नेपाल राष्ट्रिय पुस्तकालय र आधुनिक पुस्ता

सोह्रौ पुस्तकालय दिवस २०८० को सन्दर्भमा

नेपाल राष्ट्रिय पुस्तकालय र आधुनिक पुस्ता     

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

बि.सं.२०५३ साल देखि २०५६ सम्म
तीनबर्षको समयावधि कालक्रममा ।
नेपाल राष्ट्रिय पुस्तकालय, हरिहरभवनमा
व्यतीत भाथ्यो प्रशासकीय पदमा ।।१।।

पुस्तकालय प्रमुख  मेडम सुशीला द्वीवेदी र
तत्पश्चात दशरथ थापा हुनुहुन्थ्यो ।
पुस्तकालय अधिकृत भोला कुमार श्रेष्ठ र
दामोदर भट्टराई सँगको सहकार्य ।।२।।

प्रतिलिपी अधिकार शाखाको काम पनि
निमित्त सहायक रजिस्ट्रारको भुमिकामा  ।
कामकाज भएको अझै ताजा सम्झना छ
तिन्ताका कीर्तिपुरमा मेरो डेरा थ्यो ।।३।।

पुस्तकालय अधिकृत श्री दामोदर भट्टराईसँग
कञ्चनपुर र पाल्पा धवल पुस्तकालय ।
युएन्डिपीको सामुदायिक पुस्तकालय प्रबर्द्धन
रमाइलो उपलब्धिमूलक भ्रमण रह्यो ।।४।।

तत्कालीन समयमा पुस्तकालय सहायक
लोक सेवाको अधिकार प्रत्यायोजन ।
नयाँ भर्णा नियुक्ति पदस्थापन पनि गरियो
अहिले विभिन्न जिम्मेवार पदमा हुनुहुन्छ ।।५।।

पुस्तकालय बिज्ञान सहायक तालिम गरियो
पुस्तकालय क्याटलग क्लासिफिकेसन ।
डिवे डेसिमल सिष्टम पुर्वीया बैज्ञानिक सिद्धान्त
नेपाल पुस्तकालय संघको सदस्य पनि भै यो ।।६।।

राष्ट्रिय पुस्तकालयमा रहेको प्रारम्भिक दिनमा
स्वनामधन्य लाईब्रेरियन सँगको सहकार्य ।
एक्दिन हिन्दी शाखामा बंगाली लिपीका पुस्तक
एउटा दराजभरि एक्कासि देखिएपछि ।।७।।

पुस्तकालय अधिकृत दामोदर भट्टराईसँग सोधे
यी किताब हामी कहाँ कस्ले पढ्छ सरजी ।
मेरो प्रश्नमा भट्टराई महोदय प्रष्ट पार्दै भन्नू भो
हामी गुरुका गुरु हाम्रा पाठक विश्वभर छरिएका छन् ।।८।।

मलाई गुरुका गुरु भन्नू भा त ठिकै पनि लाग्यो
पाठक विश्वभर छरिएका बुझ्न नसकेर सोंधे ।
पुस्तकालयमा कार्यरत भएपछि छ महिनामा बुझ्नु हुन्छ
नभन्दै समय वित्दै गयो एक्दिन ५-६ जना बंगाली आए ।।९।।

पगरी गुथेका एक्जना युवा त्यहि पुस्तकमा घोप्टिए
धेरै बेर वल्टाई पल्टाई पुस्तक पाना पाना हेरे ।
भक्कानो छोडेर धरधर आँसु बहाउँदै रोएको देखे
अचम्म पर्दै मैले सोधे हाउ आर यु ह्वाट हैपन्ड ? ।।१०।।

तिन्ताका प्रशासन कामको अतिरिक्त मेरो काम
पथ प्रदर्शक पनि कार्यसम्पादन थियो ।
ति बंगाली बाबुले मसँग बिनम्रता पुर्वक भने
आई वान्ट दिस बुक आई पे इट्स् डबल प्राईज ।।११।।

मैले भने नेशनल लाईब्रेरी नेपाल नेभर सोल्ड बुक
बट मिस्टर ह्वाई यु वान्ट वन्लि दिस बुक ? ।
माई लर्ड अनेरेबल गुरु रोट दिस रेयर बुक
आई क्यान नट फाउन्ड दिस बुक अल्सो कलकत्ता नेशनल लाईब्रेरी ।।१२।।

यत्तिकैमा उनि त्यो किताब पाउन लाई जिद्दी गरिरहे
अन्ततः मैले पुस्तकालय अधिकृत भट्टराई सँग पुराए ।
दामोदर सर बडो भद्र मुस्कानमा मलाई हेर्दै भन्नु भो
देख्नुभो संसारका मानिस आउँछन् नेशनल लाईब्रेरीमा ।।१३।।

राजगुरु पण्डित स्व. हेमराज पाण्डेवाट प्राप्त हजारौ पुस्तक
राष्ट्रिय पुस्तकालयले केहि बर्षेनि खरिद पनि गर्थ्यो ।
बिदेशी संघ संस्था र निकायको भरपुर सहयोग पनि थ्यो
आहा ! तिन्ताका राष्ट्रिय पुस्तकालय हाईहाई थियो ।।१४।।

करिब २-३ महिना डा. डिल्लीरमण रेग्मी पुस्तकालय 

लैनचौरमा पनि रेग्मी बा सँग भेटवार्ता  गरियो ।

धेरै छन् बिस्मृत गर्भका स्मृति भित्र छरपस्ट बसेका 

सान्दर्भिक भए फ़ेरि कुनै दिन सबिस्तार गरौला ।।१५।।

परन्तु ! ०७२ सालको भुकम्पले हरिहरभवन ढलेपछि
निजामती किताबखाना र राष्ट्रिय पुस्तकालय संकटमा परे ।
राष्ट्रिय किताबखाना त कृषि पशुका भवनमा बाच्दैछ
पुस्तकालय भने उठनै नसक्ने गरि ढलिरहेको  छ ।।१६।।

जमलमा निर्माणाधीन  पुस्तकालय बोर्ड सम्म देखिन्थ्यो
सरकारको प्राथमिकतामा नपरेर पनि हो सायद ।
पुस्तकालय प्रति ध्यान र ज्ञान वर्तमान नेतृत्वमा छैन
हुनत गुगल र इन्टरनेटको सस्तो ज्ञान सर्वत्र छरिएको छ ।।१७।।

सोह्रौ पुस्तकालय दिवसको नारा पुस्तौ पुस्तालाई पुस्तकालय
आधुनिक गुगल फ़ेसबुके पुस्ताले पुस्तकका ठेली पढला र ।
निजामती सेवाको एउटा कालखण्डमा पुस्तकालय सेवि भाथे
अहिले पनि सुदुर स्मृतिमा यि बिषय मन्भित्र खेल्दा आनन्दानुभुति हुन्छ ।।१८।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
शुक्रवार, भदौ १५, २०८० शुभम् ।

Comments