५५९. जनैपूणिर्मा र रक्षाबन्धन सांस्कृतिक पर्व

जनैपूणिर्मा र रक्षाबन्धन सांस्कृतिक पर्व     

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

ब्राह्मण क्षत्रीय समेत द्विजाति तागाधारीहरुले
गर्धनदेखि कटीभाग कम्मर भाग सम्म ।
जातिअनुसार सरा निर्मित पवित्र ब्रह्मसुत्र जनै
सभ्य वा दाहिना तर्फ धारण गर्ने गर्दछन् ।।१।।

जनैपूणिर्माका पवित्र पावन दिन जनै र धागोको
पुजा अर्चना समेत  गरि पैह्रीन योग्य बनाउँछन् ।
विशेषतः बिधिपुर्वक अग्निस्थापना रुद्राभिषेक गरि
मन्त्रीएको ब्रह्मसुत्र "जनै" धारण गर्ने गरिन्छ ।।२।।

"येन बद्धो बली राजा दानेन्द्रो महाबला
त्व नित्यां प्रतिबध्नानी रक्षमा चलमाचल ।"
महादानवीर बलिराजाको प्रार्थना गरिन्छ
देवताको रक्षार्थ बामन अवतारले पाताल पुर्याए ।।३।।

सत्य धर्म र न्यायको संरक्षण गर्नका लागि
भगवान श्री बिष्णुले वामन अवतार लिए ।
कालान्तरमा यो चलन दिदीबहिनी र दाजुभाइ
बीचको भ्रातृत्व भगिनीत्व प्रेमको एक्यवद्धता ।।४।।

ब्राह्मणले जनै र रक्षाबन्धन पुज्ने प्रचलन
कर्मकाण्डीय शास्त्रीय पद्धति रहेको छ ।
तथापि हिजोआज देवस्थल मन्दिरमा पुज्ने
दिनानुदिन प्रचलन बढोत्तरी हुँदै गैरहेछ ।।५।।

ब्रह्मसुत्र जनै धागो शास्त्रीय पुजनादि गर्दा
अथ अग्निस्थापन बिधि रुद्राभिषेक बिधि ।
अथ रक्षाबन्धन पुजा गर्ने बिधि रहेकोे छ
शतरुद्रीय मन्त्र पाठको विशिष्ट अर्थ रहन्छ ।।६।।

हरि ॐ गणनांत्वागणपतिगुङहवामयवाट
ॐ शान्ति शान्ति शान्ति ॐ साम्बसदाशिवाय नम: ।
ब्राह्मण बन्दना महामृत्युञ्जय मन्त्र गायत्री मन्त्र
स्वस्ति शान्ति प्रशस्ति पाठ ध्यान महामन्त्र छन् ।।७।।

यसरी मन्त्रीएको ब्रह्मसुत्र जनै रक्षाबन्धन धागो
धारण गर्दा रक्षा हुनुका साथै आजापुजा गर्न हुन्छ ।
अब उप्रान्त चाडपर्वको मेलोमेसो प्रारम्भ हुन्छ
कृष्णाष्टमी, श्राद्ध, तीज पञ्चमी दशै तिहार आदि ।।८।।

हरेक चाडपर्वको अआफ्नै अविछिन्न महत्व छ
बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बींड ।
कोहि दम्भि ज्ञानहिन र मुर्खहरुले बिरोध गर्दैमा
सनातनी चाडपर्वको महत्व कहाँ घटेको छ र !? ।।९।।

हिजोआज म्लेच्छ धर्म मान्ने बिदेशी पैसोमा रम्ने
आफ्नो स्वाभिमान गुमाउनेहरुको बिग्बिगी बढेछ ।
नाभिमा कस्तुरी बिना छँदाछँदै बन्को मृग सरि भएर
भौतारिनेसँग "स्वधर्म निधन श्रेय"को अर्थ बोध होस् ।।१०।।

✍️ रचनाकार : वसन्तराज अधिकारी
ठेगाना : घोराही उपमहानगरपालिका, दाङ, नेपाल
मिति : जनैपूणिर्मा, रक्षाबन्धन र संस्कृत दिवस २०८० शुभम् ।

Comments