५२०. नेपाली उखान संकलन

उज्यालो कायाकैरनवाट नेपाली उखान टुक्का संकलन        

आमासँग म आज मातातीर्थ औंसी २०८० 

                                                
१. मेला पर्खिन्छ बेला पर्खिदैन ।
२. थाल खानु नभात खानु ।
३. खल्ती भन्दा खाँचो ठूलो ।
४. आशाको त्यान्द्रोले जीवन थाम्छ ।
५. मितको नाता यता न उता ।
६. खुश खानु घुस नखानु ।
७. वरपर जाँदा जुल्फी र फाँट घरमा बस्दा पत्तो न फाँट ।
८. जुक्ति बुद्धिको सामु शक्तिको केहि लाग्दैन ।
९. बाबुले किनेको भैंसी छोराले बाटेको दाम्लो ।
१०.सित्तैमा च्युरा बडा बडा फाँका ।
११. मनको ताईमा फुरौला पाक्दैन ।
१२. दाम दिएर पाएको आशिषको के भर ।
१३. सुने दु:ख नसुने सुख ।
१४. गुन गर्ने बानी गरे सुन टिप्न पाईन्छ ।
१५. भनु भने मुख मैलो नभनु भने रित्तो थैलो ।
१६. च्याउ झै गुट आपतमा फुट
१७. ध्यान गरे ज्ञान पाईन्छ ।
१८. खाजा नहुनेका फाँका ठुला ।
१९. महको लोभले मौरी नमार्नु ।
२०. खाँचो टर्यो दु:ख बिर्स्यो ।
२१. जराले हलो रोक्छ गोरु कुटेर के हुन्छ ?
२२. भाषण त छ तर राशन छैन ।
२३. जोत्ने गोरुलाई धुलो न हिलो ।
२४. मीठो खानेलाई रोगै रोग नमिठो खानेलाई भोकै भोक ।
२५. असोजमा पानी धान हुने मनमानी ।
२६. सपना बिर्सेकै राम्रो ॠण तिरेकै राम्रो ।
२७. सच्चाको बोलबाला झुट्टाको मुखकाला ।
२८. भाग्ने मान्छेलाई बाटो चाहिंदैन ।
२९. दशैंको सोंच अगाडि नै गर्नुपर्छ ।
३०. दस तिरको जोहो एकतिरको लहना ।
३१. इतिहासका पानामा भुतको कथा ।
३२. देख्नाको राम्रो खान लाग्यो चाम्रो ।
३३. तीनै लोक चहारेपनि घरै प्यारो ।
३४. यशो गर्यो उसो गर्यो सबै कुरो पैसो ।
३५. फुल टिप्नु हाँगा नभाँच्नु ।
३६. दिनेको हात माथी लिनेको हात तल ।
३७. काँचो खरमा आगो लाग्दैन ।
३८. दशौको टीका र जमरा ।
३९. इष्ट भनेको लाख धन भनेको खाक ।
४०. बर्षाको यात्रा आफ्नै ज्यानको जात्रा ।
४१. माया र मौसमको भर हुँदैन ।
४२. जत्रो चरी उत्रै फत्र्याक ।
४३. घोचो तिखार्नु कुरो निखार्नु ।
४४. स्वाँग पार्ने भ्वाङमा पर्छ ।
४५. बाटो चुके दिनको फ़ेर मौका चुके युगको फ़ेर ।
४६. दु:खको मानो सुखको निन्द्रा ।
४७. तेल छउन्जेल नै बत्तीको खेल ।
४८. आफ्नो आफ्नो पिरको आफ्नो आफ्नो बिलौना ।
४९. कहाँको ढुङ्गा कहाँको चरो ।
५०. उतिबेला पाईएन यतिबेला चाहिएन ।
५१. लयकी लक्ष्मी धनकी धन्दा ।
५२. गाई भए गोरस भाइ भए भरोस ।
५३. टीका लगाएको अनुहार र तिलक लगाएको चेहरा ।
५४. धन कमाई धाक साथी कमाई लाख ।
५५ . छेउ न टुप्पो कुराको भने झुप्पो  ।
५६. मनमा भए बनमा पनि हुन्छ ।
५७. ठक्कर नखाई अक्कल आउँदैन ।
५८. घट्टको पिठो अति नै मीठो ।
५९. कोशेली र सुसेली एकैपटक हुँदैन ।
६०. कहिलेको दिन ठूलो कहिलेको रात ठूलो ।
६१. जङ्घार नआई सुरुवाल नसुर्कनु ।
६२. कामले काम सिकाउँछ अनि माम पनि दिलाउँछ ।
६३. मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन ।
६४. आफ्नो आफ्नो खैजडी आफ्नो आफ्नो बिलौना ।
६५. पशुपतिको जात्रा सिद्राको बेपार ।
६६. खेत न पात देउ मीठो देउ भात ।
६७. कसौंडी पाक्यो भात भने काँचै ।
६८. छेपारालाई जाडो भयो भनेर आधा राती घाम लाग्दैन ।
६९. सय गोठाला दुई सलाह ।
७०. गफ गरे लाखको लगानी पाँचको ।
७१. काम गर्न गाह्रो भाषण गर्न सजिलो ।
७२. केहि बोलिको लोलि केहि कोशेलीको झोली ।
७३. एकातिरको गाँस अर्कोतिरको बाँस ।
७४. धानको चिन्ह परालवाटै चिनिन्छ ।
७५. एउटा भए बाबियो धेरै भए डोरी ।
७६. गुन्द्री अनुसार खुट्टा पसार्नु ।
७७. पटुकामा रुपैयाँ बटुकामा भात ।
७८. कुखुरा नबासे पनि बिहान हुन्छ ।
७९. मनको लड्डुले पेट भर्दैन ।
८०. गहिरो नदीको स्वर हुँदैन ।
८१. ठुला माछाले साना माछालाई खान्छ ।
८२. घोचो तिखार्नु कुरो निखार्नु ।
८३. घुमिफिरी रुम्जाटार ।
८४. भुईंको टिप्दा पोल्टाको नपोखियोस् ।
८५. ठाउँ हेरि खुट्टा राख्नु ।
८६. नयाँ पात आउँछ पुरानो पात झर्छ ।
८७. ओखलेको मुला रोपेर सर्दैन ।
८८. तीनै लोक चहारे पनि घरै प्यारो ।
८९. चरालाई सुनको पिंजडा भन्दा जंगलै प्यारो ।
९०. एकतामै बल हुन्छ ।
९१. गुन्यु फाटे थाङना थाङना फाटे आँगना ।
९२. फुल पार्ने क्वैली आमा बन्ने काग ।
९३. पुस फास फुस ।
९४. हुने हार दैव नटार ।
९५. दु:खको मित्र पक्का मित्र ।
९६. बढन नसकेपनि अड्न सक्नुपर्छ ।
९७. मादल एउटै ताल थरीथरी ।
९८. नाउँ एउटाको गाउँ एउटाको ।
९९. मल नजल खान खोज्छ फ़ल ।
१००. छुटनुमा भन्दा जुटनुमा बल ।
१०१. जीउ भन्दा जीविका प्यारो ।
१०२. पराईको आश नित्य उपवास ।
१०३. भात्  त गयो भने माडको के माया ।
१०४. खिया लाग्नु भन्दा खिईनु बेश ।
१०५. ओरालो लागेको मृगलाई बाच्छाले पनि खेदछ् ।
१०६. आफ्नो टाउको फुटे पछि मितको टाउको बेलै सरि ।
१०७. आफ्नो मीठो अरुको तीतो ।
१०८. घाँटी हेरि हाड निल्नु ।
१०९. भाग्यमा भए लडि लडि आउँछ ।
११०.घरको माउ बाटो बिराउ ।
१११. हाँसको चाल न कुखुराको चाल ।
११२. हिउँमा ढुंगा फाले आफैलाई छिटा ।
११३. हुने कुरा टर्दैन टर्ने कुरा पर्दैन ।
११४. पशुपतिको जात्रा सिद्राको बेपार ।
११५. दिने भन्दा दिलाउने ठूलो ।
११६. मन मिले मिलेमतो मिल्छ ।
११७. फुटेको हाँडीमा भुटेको मकैं ।
११८. पालो आयो ढाटको पाखो न फाटको ।
११९. जति मान्छे त्यति खिचडी ।
१२०. माना जत्रा गाउँ पाथी जत्रा कुरा ।
१२१. बतास चल्नु र रुख ढल्नु ।
१२२. मितको नाता यता न उता ।
१२३. चंगाको चाल हावाको इशारा ।
१२४. मिलिजुली बस्नु बाँडीचुँडी खानु ।
१२५. बाँदरको हातमा नरिवल ।
१२६. गाँस छोडनु आथ नछाड्नु ।
१२६. स्याउ स्याउ चल्ला बाह्र गाउँ हल्ला ।
१२७. सपना बिर्सेको राम्रो ॠण तिरेको राम्रो ।
१२८. नारी बिनाको घर माली बिनाको फुलवारी ।
१२९. भाग्यमा भए लडि लडि आउँछ ।
१३०. ढाँटको निम्तो खाई पत्याउनु ।
१३१. चाँदीको करुवामा पातको बिर्को ।
१३२. कुरो र कुलो जता लग्यो उतै जान्छ ।
१३३. घरमै चोर छ भने चिन्न गाह्रो हुन्छ ।
१३४. दिनेलाई सुन जस्तो माग्नेलाई भुस जस्तो ।
१३५. चैतमा सुत्ने भोगी असोजमा सुत्ने रोगी ।
१३६. हग गर्नेको हार हुँदैन ।
१३७. गर्ने भन्या हनुमान पगरी गुथ्ने ढेंडु ।
१३८. दु:ख्खमा राम राम सुख्खमा भुलियो नाम ।
१३९. आफ्नो मानो खाएर अरुको कुरा नकाटनु ।
१४०. चैतमा फालिएको काठ असारमा काम लाग्छ ।
१४१. आफ्नो हात जगन्नाथ ।
१४२. काफल पाकेको चराले थाहा पाउँछ ।
२४३. रामको अगाडि अयोध्याको बखान ।
२४४. कागलाई बेल पाक्यो हर्ष नबिस्मात ।
२४५. हल्लिएको दाँत एक्दिन फुक्लन्छ ।
२४६. कुर्सीमा बसेपछि फुर्ति पनि अर्को हुन्छ ।
२४७. जोत्ने गोरुलाई धुलो न हिलो ।
२४८. अकबरी सुनलाई कसी लाउनु पर्दैन
२४९. काम गर्न गाह्रो भाषण गर्न सजिलो ।
२५०. माग्नेलाई तातो भात ।
२५१. घिउ सख्खरले धोएर निम गुलियो हुँदैन ।
२५२. रहरको लहर भन्दा कहरको ठहरमा विश्वास गर्नुपर्छ ।
२५३. पुराना पात झर्छन् नयाँ पात पलाउँछन् ।
२५४. फड्क्यो उपिया मिचियो जुम्रो ।
२५५. जता काफल पाक्यो उतै चरी नाँच्यो ।
२५६. घरैमा चोर छ् भने चिन्ह गाह्रो हुन्छ ।
२५७. ऎना छँदाछँदै पानीमा छाया ।
२५८.  सुख्खले अघाईदैन दुख्खले मरिदैन ।
२५९. आमाको माया मुटुदेखि पटुकिसम्म ।

मातातीर्थ औंसी, बैशाख कृष्ण औंसी २०८०
बिहीबार, बैशाख ७, २०८० शुभम् ।

स्रोत : एफएम मध्यपश्चिम रेडियो, दाङ ।

Comments