श्री दुर्गासप्तशती
✍️ वसन्तराज अधिकारी |
अथ देव्या: कवचम्
ॐ अस्य श्रीचण्डीकवचस्य ब्रह्मा ॠषि: अनुष्टुप् छन्द:, चामुण्डा देवता, अङ्गन्यासोक्तमातरो बिजम्, दिग्बन्धदेवतास्तत्त्वम्, श्रीजगदम्बाप्रीत्यर्थे सप्तशतीपाठाङ्गत्वेन जपे विनियोग: ।।
ॐ नमश्चण्डिकायै ।।
मार्कण्डेय उवाच
ॐ यद्गुह्यं परमं लोके सर्वरक्षाकरं नृणाम ।
यन्न कस्यचिदाख्यातं तन्मे ब्रुहि पितामह ।।१।।
ब्रह्योवाच
अस्ति गुह्यतमं विप्रं सर्वभुतोपकारकम् ।
देव्यास्तु कवचं पुण्यं तच्छृणुष्व महामुने ।।२।।
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्यचारिणी ।
तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम् ।।३।।
पञ्चमं स्कन्दमातेति षष्टं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।४।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकृतिता: ।
उक्तान्येतानि नामानि ब्रह्यणैव महात्मना ।।५।।
अग्निना दह्यमानस्तु शत्रुमध्ये गतो रणे ।
विषमे दुर्गमे चैव भयार्ता: शरण गता: ।।६।।
न तेषां जायते किंचिदशुभं रणसंकटे ।
नापदं तस्य पश्यामि शोकदु:खभयं न हि ।।७।।
यैस्तु भक्त्या स्मृता नुनं तेषा वृद्धि: प्रजायते ।
ये त्वा स्मरन्ति देवेशि रक्षसे तान्न संशय: ।।८।।
प्रेतसंस्था तु चामुण्डा वाराही महिषासना ।
ऎन्द्री गजसमारुढा वैष्णवी गरुडासना ।।९।।
माहेश्वरी वृषारुढा कौमारी शिखिवाहना ।
लक्ष्मी: पद्यसना देवी पद्यहस्ता हरिप्रिया ।।१०।।
श्वेतरुपधरा देवी ईश्वरी वृषवाहना ।
ब्राह्यी हंससमारुढा सर्वाभरणभुषिता ।।११।।
इत्येता मातर: सर्वा: सर्वयोगसमन्विता: ।
नानाभरणशोभाढ्या नानारत्नपशोभिता: ।।१२।।
दृश्यन्ते रथमारुढा देव्य: क्रोधसमाकुला: ।
शङ्खं चक्रं गदां शक्ति हलं च मुसलायुधम् ।।१३।।
खेटकं तोमरं चैव परशुं पाशमेव च ।
कुन्तायुधं त्रिशुलं च शाङ्ग्रमायुधमुत्तमम् ।।१४।।
दैत्यानां देहनाशाय भक्तानामभयाय च ।
धारयन्त्यायुधानीत्थं देवानां च हिताय वै ।।१५।।
नमस्तेस्तु महारौद्रे महाघोरपराक्रमे ।
महाबले महोत्साहे महाभयविनाशिनि ।।१६।।
त्राहि मां देवि दुष्प्रेक्ष्ये शत्रुणां भयवर्धिनि ।
प्राच्यां रक्षतु मामैन्द्री आग्नेय्यामग्निदेवता ।।१७।।
दक्षिणेSवतु वाराही नैॠत्यं खड्गधारिणी ।
प्रतीच्यां वारुणी रक्षेद् वायव्यां मृगवाहिनी ।।१८।।
उदिच्यां पातु कौमारी ऎशान्यां शुलधारिणी ।
उर्ध्वं ब्रह्माणि मे रक्षेदधस्ताद् वैष्णवी तथा ।।१९।।
एवं दस दिशो रक्षेच्चामुण्डा शववाहना ।
जया मे चाग्रत: पातु विजया पातु पृष्ठत: ।।२०।।
अजिता वामपार्श्वे तु दक्षिणे चापराजिता ।
शिखामुद्योतिनी रक्षेदुमा मुध्र्नि व्यवस्थिता ।।२१।।
मालाधरी ललाटे च भ्रुवौ रक्षेद् यशस्विनी ।
त्रिनेत्रा च भ्रुवोर्मध्ये यमघण्टा च नाशिके ।।२२।।
शङ्खिनी चक्षुषोर्मध्ये श्रोत्रयोद्र्वारवासिनी ।
कपोलौ कालिका रक्षेत्कर्णमुले तु शांकरी ।।२३।।
नासिकायां सुगन्धा च उत्तरोष्ठे च चर्चिका ।
अधरे चामृतकला जिह्वायंच सरस्वती ।।२४।।
दन्तान् रक्षतु कौमारी कण्ठदेशे तु चण्डिका ।
घण्टिकां चित्रघण्टा च महामाया च तालुके ।।२५।।
कामाक्षी चिबुकं रक्षेद् वाचं मे सर्वमङ्गला ।
ग्रीवायां भद्रकाली च पृष्ठवंशे धनुर्धरी ।।२६।।
नीलग्रीवा बहि:कण्ठे नलिकां नलकुबरी ।
स्कन्दयो: खड्गिनी रक्षेद् बाहु मे वज्रधारिणी ।।२७।।
हस्तयोर्दण्डिनी रक्षेदम्बिका चाङ्गुलिषु च ।
नखाञ्छुलेश्वरी रक्षेत्कुक्षौ रक्षेत्कुलेश्वरी ।।२८।।
स्तनौ रक्षेन्महादेवी मन: शोकविनाशिनी ।
ह्रदये ललिता देवी उदरे शुलधारिणी ।।२९।।
नाभौ च कामिनी रक्षेद् गुह्यं गुह्येश्वरी तथा ।
पुतना कामिका मेढ्रं गुदे महिषवाहिनी ।।३०।।
कट्यां भगवती रक्षेज्जानुनी विन्ध्यवासिनी ।
जङ्घे महाबला रक्षेत्सर्वकामप्रदायिनी ।।३१।।
गुल्फ्योर्नारसिंही च पादपृष्ठे तु तैजसी ।
पादाङ्गुलीषु श्री रक्षेत्पादाधस्तलवासिनी ।।३२।।
नखान द्रंष्टाकराली च केशांश्चैवोध्र्वकेशिनी ।
रोमकुपेषु कौबेरी त्वचं वागीश्वरी तथा ।।३३।।
रक्तमज्जावसामांसान्यस्थिमेदांसि पार्वती ।
अन्त्राणि कालरात्रीश्च पितं च मुकुटेश्वरी ।।३४।।
पद्यावती पद्यकोशे कफे चुडामणिास्तथा ।
ज्वालामुखि नखज्वालामभेद्या सर्वसंधिषु ।।३५।।
शुक्रं ब्रह्माणि मे रक्षेच्छायां छत्रेश्वरी तथा ।
अहंकार मनो बुद्धि रक्षेन्मे धर्मधारिणी ।।३६।।
प्राणापानौ तथा व्यानमुदानं च समानकम् ।
वज्रहस्ता च मे रक्षेत्प्राणा कल्याणशोभना ।।३७।।
रसे रुपे च गन्धे च शब्दे स्पर्शे च योगिनी ।
सत्वं रजस्तमश्चैव रक्षेन्नारायणी सदा ।।३८।।
आयु रक्षतु वाराही धर्म रक्षतु वैष्णवी ।
यश: कीर्ति च लक्ष्मीं च धनं विद्या च चक्रीणी ।।३९।।
गोत्रमिन्द्राणि मे रक्षेत्पशुन्मे रक्ष चण्डिके ।
पुत्रान् रक्षेन्महालक्ष्मीर्भार्यां रक्षतु भैरवी ।।४०।।
पन्थानां सुपथा रक्षेन्मार्गं क्षेमकरी तथा ।
राजद्वारे महालक्ष्मीर्विजया सर्वत: स्थिता ।।४१।।
रक्षाहीनं तु यत्स्थानं वर्जितं कवचेन तु ।
तत्सर्वं रक्ष मे देवि जयन्ती पापनाशिनी ।।४२।।
पदमेकं न गच्छेतु यदीच्छेच्छुभवात्मन: ।
कवचेनावृतो नित्यं यत्र यत्रैव गच्छति ।।४३।।
तत्र तत्रार्थलाभश्च विजय: सर्वकामिक: ।
यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् ।
परमैश्वर्यमतुलं प्राप्स्यते भुतले पुमान ।।४४।।
निर्भयो जायते मर्त्य: संग्रामेष्वपराजित: ।
त्रैलोक्य तु भवेत्पुज्य: कवचेनावृत: पुमान् ।।४५।।
इदं तु देव्या: कवचं देवानामपि दुर्लभम् ।
य: पठेत्प्रयतो नित्यं त्रिसन्ध्यं श्रद्धयान्वित: ।।४६।।
दैवी कला भवेत्तस्य त्रैलोक्येष्वपराजित: ।
जीवेद् वर्षशतं साग्रमपमृत्युविवर्जित: ।।४७।।
नश्यन्ति व्याधय: सर्वे लूताविस्फोटकादय: ।
स्थावरं जङ्गमं चैव कृत्रिमं चापि यद्विषम् ।।४८।।
अभिचाराणि सर्वाणि मन्त्रयन्त्राणि भूतले ।
भूचरा: खेचराश्चैव जलजाश्चोपदेशिका: ।।४९।।
सहजा कुलजा माला डाकिनी शाकिनी तथा ।
अन्तरिक्षचरा घोरा डाकिन्यश्च महाबला: ।।५०।।
ग्रहभूतपिशाचाश्च यक्षगन्धर्वराक्षसा: ।
ब्रह्मराक्षसवेताला: कुष्माण्डा भैरवादय: ।।५१।।
नश्यन्ति दर्शनात्तस्य कवचे ह्रदि संस्थिते ।
मानोन्नतिर्भवेद् राज्ञस्तेजोवृद्धिकरं परम् ।।५२।।
यशसा वर्धते सोSपि कीर्तिमण्डितभूतले ।
जपेत्सप्तशतीं चण्डीं कृत्वा तु कवचं पूरा ।।५३।।
यावद्भूमण्डलं धत्ते सशैलवनकाननम् ।
तावत्तिष्ठति मेदिन्यां संतति: पुत्रपौत्रिकि ।।५४।।
देहान्ते परमं स्थानं यत्सुरैरपि दुर्लभम् ।
प्राप्नोति पुरुषो नित्यं महामायाप्रसादत: ।।५५।।
लभते परमं रुपं शिवेन सह मोदते ।।ॐ ।।५६।।
इति देव्या: कवचं सम्पूर्णम् ।
सरल नेपाली भाषामा भावार्थ :
'कवच' शब्दले अंग रक्षाको साधन भन्ने बुझिन्छ । कवच पहिरिए पछि शत्रुहरुले प्रहार गरेका अस्त्रहरुले पनि छुन सक्तैनन् आत्मरक्षा सजिलैसँग हुन्छ । लडाइँ होस् वा अन्य कुनै ठाउँ होस् त्यस ठाउँमा प्रवेश गर्दा नै कवच पहिरिनु जरुरी हुन आउँछ । कवच बिना विजय पाउनलाई मुस्किल पर्दछ अर्थात् कवच बिना विजय पाउनेछु भन्नू बेकारको आशा मात्र हो । यसैले भनिएको छ "जपेत् सप्तशती चण्डिं कृत्वा तु कवचं पूरा। निर्विघ्नेन भवेत सिद्धी चण्डी जप समुद्भवा" तात्पर्य यो हो कि सप्तशती चण्डी पाठ गर्नु अगाडि 'दुर्गा कवच' पाठ गर्नु अनिवार्य ठानिएको छ । कवच पाठ गर्नु घेरावन्दी गर्नु समान हो । कवच पाठ गर्ने कार्यले चण्डी - जप र पाठको कार्यमा विघ्न वाधा आइपर्दैन सफलता सिद्धी प्राप्त हुने गर्दछ । विशेष गरेर पाठकर्ता वा अनुष्ठानकर्ताका कुन चाहिं शारीरिक अङ्ग र अवयबहरुमा कुन देवीले संरक्षण दिनुपर्दछ भन्ने विषयवस्तुहरु 'दुर्गा कवच' मा संगालिएका छन् ।
मार्कण्डेय भन्नुहुन्छ - हे पितामह ब्रह्माजी ! यश संसारमा सम्पुर्ण मानवहरुको रक्षा गर्ने पहिले कसैलाई पनि नबताईएको कुन तत्व छ मलाई कृपा गरेर बताइदिनुहवस् ।
ब्रह्माजी आज्ञा गर्नुहुन्छ - हे ब्राह्मण ! अत्यन्तै गोप्य र पवित्र भनिएको यो देवीको कवच हो । यसले सम्पुर्ण प्राणीको उपकार पनि गर्दछ । विश्वमा नवदुर्गा भन्ने प्रसिद्धि पाउने देवीहरुमा पहिली शैलपुत्री, दोस्री ब्रह्मचारिणी, तेस्री चन्द्रघण्टा, चौथी कुष्माण्डा, पाँचौं स्कन्दमाता, छैटौं कात्यायनी, सातौं कालरात्री, आठौं महागौरी, नवौं सिद्धीदात्री छन् । यी नामहरु प्रजापिता ब्रह्माले नै राख्नुभएको हो । डढेलोमा परेर आगोले पोल्न लाग्दा समरभुमि बीच शत्रुले घेरिंदा संकट एवम् आपदविपद् पर्दा र डरले आकुलव्याकुल भएका बखत देवीको शरण परेपछि सुरक्षीत होईन्छ । जुन व्यक्ति यो दुर्गाको कवच पाठ गर्दै देवी भवानीको शरणमा पर्दछ, युद्धबाट आईपर्ने समस्त संकटहरु र पिर, पिडा, डर आदिका खतराहरु स्वत: टरेर जान्छन् । मनमा भक्तिभाव राख्दै देवताहरुका पनि आराध्यदेवी भवानीको जसले स्मरण गर्दछ भगवतीले उसलाई सुरक्षीत तुल्याउनुहुन्छ ।
देवी चामुण्डाको बाहन प्रेत हो,बाराहीको भैंसी,इन्द्राणीको ऎरावत हात्ती र वैष्णवीको गरुड बाहनहरु हुन् । माहेश्वरीले साँढे कुमारीले मयुर चढने गर्छन् । हातले कमल समाउने हरिप्रिया लक्ष्मी कमलमा नै बसेकी छन् । गोरी वर्ण भएकी पार्वती साँढेमा (वृषभमा) बसेकी छन् भने सम्पुर्ण गर गहनाहरु पहिरिएकी ब्रह्माणी हाँसमाथि सवार छिन् । यी सबै देवी माताहरु अनेकौं शस्त्रहरु लिएका र गहनाहरु पहिरिएर राम्रा भएका छन् । सबै देवीहरुले शंख, चक्र, गदा, शक्ति,हलो र मुसल समाएका छन् । उनीहरुको अनुहार पनि रिसले चुर भएको छ । सबै देवी माताहरु रथमा सवार छन् । देवीहरुले खेटक (फ़लेक) बञ्चरो,टुप्पो तीखो भएको तोमर, भाला (कुन्त), त्रिशुल र सार्ङ्गधनु आदि असल हातहतियार बोकेका छन् । दैत्यहरुको देहनाश गर्न वा उनिहरुलाई मार्न, आफ्ना भक्तजनहरुलाई निर्भय तुल्याउन देवताहरुको हित गर्न यी देवी माताहरुले हातहतियार समाएका छन् । हे देवी ! तपाईं रौद्र रुप धारण गर्नुहुन्छ । ज्यादै पराक्रमी पनि हुनुहुन्छ । ठूलो उत्साह र बलद्वारा सम्पन्न हुनुभएको छ । भयको नाश पनि गर्नु हुने हजुरलाई नमस्कार छ । हेर्दा खेरि डरलाग्दो रुप भएकी शत्रुहरुलाई तर्साउने देवी भगवती हुनुहुन्छ । पुर्व पट्टिको दिशामा इन्द्राणि देवीले र आग्नेय दिशातर्फ अग्निदेवताले रक्षा गरुन् । बाराहीले दक्षिण तर्फ, खड्ग धारिणिले नैऋत्य तर्फ, पश्चिममा बारुणिले, बायव्यमा सिंहवाहिनीले रक्षा गरुन् । उत्तर दिशातर्फ कौबेरी र ईशानमा शुलधारिणीले रक्षा गरुन् । माथिपट्टी (उर्ध्व दिशामा) ब्रह्माणीले अनि तलतिर (अधो दिशामा) वैष्णवीले रक्षा गरुन् । शव (मुर्दा) बाहन भएकी चामुण्डाले दशै दिशाभरी रक्षा गरिरहुन् । जयाले अगाडि पट्टी र बिजयाले पछाडि पट्टी रक्षा गरुन् । शरिरको दायाँ भागको अजिताले, बायाँ भागको अपराजिताले शिखाको उधोतिनीले अनि मस्तक (टाउको) को रक्षा उमाजीले गरुन् । मेरो निधारको मालाधरी नाम गरेकी देवीले र यशस्विनी देवीले मेरा आँखिभौंहरुको रक्षा गरुन् । आँखिभौंको बीच भागमा त्रिनेत्रा र नाकका पोरालाई यमघण्टा नाम भएकी देवीले रक्षा गरुन् । शाकिनीले दुवै आँखाका मध्यभागमा दुवै कानमा द्वारवासिनीले रक्षा गरुन् । कालिका देवीले दुवै गालाको र शांकरी देवीले दुवै कानका जर्वुटाको रक्षा गरुन् । दाँतहरुको रक्षा कौमारीले गरुन् । घाँटी (कण्ठ प्रदेश) को चण्डीकाले रुद्रघण्टीको चित्रघण्टाले तथा तालु (माथिल्लो दाँतको फ़ेदको प्रदेश - च्यापु) को महामाया देवीले रक्षा गरुन् । चिउडोलाई कामाक्षीले बोलीलाई सर्वमङ्गलादेवीले रक्षा गरुन् । भद्रकालीले घाँटीमा र पृष्ठवंश (मेरुदण्ड पिठ्युको मुल हाड) लाई धनुर्धरीले रक्षा गरुन् ।
घाँटीको बाहिर पट्टी नीलग्रीवा देवीले, कण्ठ नलिका (निल्ने ढोडे नसो) मा नलकुबरी देवीले बचाउ गरुन् । खड्गहस्ता (खड्गिनी) ले दुवै काँधको र दुवै बाहु (पाखुरा) को बज्रधारिणीले रक्षा गरुन् । दुवै हात र औंलाहरु, नङ र कोखाहरुको क्रमशः दण्डिनी, अम्बिका, शुलेश्वरी र कुलेश्वरी देवीले रक्षा गर्दै जाउन । कुच द्वय (दुवै स्तन) को रक्षा महादेवीले गरुन् । ललितादेवीले छातिको शोकविनाशिनीले मनको र शुलधारिणी देवीले पेटको रक्षा गरुन् । कामिनी देवीले नाभि (नाइटो) भागको, गुह्य (गुप्ताङ्ग) को गुह्येश्वरी देवीले? पुतना र कामिकाले लिङ्ग (मेढ्र) को तथा महिषवाहिनी देवीले गुदद्वारको बचावट गरुन् । कम्मर भागको भगवतीले, घुँडाहरुको विन्ध्यवासिनीले रक्षा गरुन् । मनले इच्छा गरेका सम्पुर्ण कुराहरू दिने भएकी महाबला देवीले जाँघको रक्षा गरुन् । नारसिंही देवीले गोलि गाँठोको, गोडाको माथिल्लो भागको तैजसी र कुर्कुचाको श्रीदेवीले रक्षा गरुन् । अनि तलवासिनी देवी पैतालामा बास गरुन् । द्रष्टाकराली देवीले नङहरुको, उर्ध्वकेशिनीले केशहरुको (कपालको) रौ उम्रने प्वाल (रोम कुप) मा कौवेरी देवीले र बागीश्वरी देवीले छालाको रक्षा गरुन् । रगत, मज्जा (मासी) बोसो, हाड, मेद (मासु) आदिको पार्वतीले र आन्द्राको कालरात्रीले तथा पित्तको मुकुटेश्वरी देवीले रक्षा गरुन् । मुलाधार आदि कमलकोशहरुमा पद्मावती देवीले कफमा चुडामणिा देवी बसिकन रक्षा गरिदिउन । नङको तेजलाई ज्वालामुखी देवीले र कुनै शस्त्रास्त्रद्वारा पनि भेदन गर्न नसकिने भएकी अभेद्या देवीले शरिरका सबै मर्मसन्धि (जोर्नी) हरुमा रहेर रक्षा गरुन् ।
हे ब्रह्माणी देवी ! तपाईले मेरो शुक्र (वीर्य) को रक्षा गरिदिनुस् । छत्रेश्वरीले छायाको र मेरा अहंकार मन, बुद्धिको रक्षा धर्मधारिणीले गरिदिउन । बज्र हातमा लिएकी बज्रहस्ता नाम गरेकी देवीले मेरो प्राण (छातीमा रहने), अपान (गुदद्वारमा रहने), व्यान (शरीर भरी रहने), उदान (घाँटीमा रहने) र समान वायुको रक्षा गरुन् । भलो कुराहरुले शोभायमान भएकी कल्याण शोभना देवीले मेरो प्राण (जीवन) को रक्षा गरुन् । रस, रुप, गन्ध, शब्द,स्पर्श यी पाँच बिषयहरुको अनुभव गर्दाका बखत योगिनी देवीले र म आफू भित्र रहेका सत्वगुण, रजोगुण, तमोगुणहरुको रक्षा कार्य नारायणी देवीले गरुन् । बराहदेवकी शक्ति बाराहीले आयु बढाउन् । धर्मको रक्षा वैष्णवी देवीले गरुन् । चक्र हातमा लिएकी चक्रीणिले यश, कीर्ति, लक्ष्मी (ऎश्वर्य) धन र विद्या समेतको रक्षा गरुन् । इन्द्राणी देवीले मेरो गोत्र (कुल) को, चण्डिका देवीले पशुधनको र महालक्ष्मीले छोराछोरीहरुको एवं भैरवी देवीले मेरी पत्नीको रक्षा गरुन् । मेरो गल्ली गोरेटो सुपथा देवीले र राजमार्ग क्षेमकरी देवीले रक्षा गरुन् । महालक्ष्मीले मलाई राजदरबारमा रक्षा गरुन् । सर्वव्यापिनी बिजया देवीले सम्पुर्ण भयहरुवाट मलाई जोगाउन । जुन अंग प्रत्यंग र अवयबहरुको बारे यश दुर्गा कवचले बताएको छैन ती सबैको हे बिजय शालीनी ! तथा पापनाशिनी देवी ! तपाईले नै रक्षा गरिदिनु हवस् ।
यदि कुनै मानिसले आफ्नो शरीरको भलाई चाहेको छ भने कवच पहिरेर मात्र हिडडुल गर्ने गरोस् । बेगर कवचले एक पाइला पनि नहिडोस । यात्रा गर्दा पनि यश कवचक पाठ गर्ने नै गर्नुपर्दछ । जहाँ जहाँ मानिस कवचले ढाकिएर बस्छ त्यहाँ त्यहाँ उसलाई धन प्राप्ति हुन्छ । सम्पूर्ण कामनाहरुको सिद्धी गरिदिने जीतबाजी हात लाग्छ । जसले जुन जुन अभिष्ट बस्तुको चिन्तन गर्दछ उसले ति ति कुरा अवश्य पाउनेछ । त्यस मान्छेले यश पृथ्वीमा अतुलनीय ऎश्वर्यको भोग गर्न पाईरहनेछ । कवच लगाएको मान्छे निर्भीक एवम् भयरहित हुन्छ । उसले लडाइँ अवश्यै जित्दछ तथा उसलाई तिनै लोकभरी सम्मान समेत गरिन्छ । देवताहरुले पनि प्राप्त गर्न गाह्रो पर्ने यो देवी कवचलाई सधैभरी बिहान दिउँसो र साझमा श्रद्धा साथ पाठ गर्ने गरोस् । उसलाई दैवीगुणहरु प्राप्त हुनेछन् र आफू त्रिलोक विजयी बन्न पाउनेछ ।
(यसरी श्रद्धा पुर्वक नित्य बिहान मध्यान्ह र साझमा देवी कवचको पाठ गरिसकेपछि)
मानिसमा दैवी कला (देवताहरुमा रहने गुणहरु) को प्राप्ति हुन्छ । तीनै लोक (स्वर्ग मर्त्य पाताल) भरी उसले कसैसँग हार खान पर्दैन । उसलाई अकाल मृत्यु (आगो- पानी- बिजुली- सर्प- जनावर- आदिवाट हुने मृत्यु) आइपर्दैन । सय बर्ष भन्दा बढी बाँच्न पाउँछ । दादुरो, विफर, लुतो, ठेउला, कुष्टरोग, खटिरा आदि र तिनका सम्पुर्ण व्याधीहरु नाश हुन्छन् । भाङ, धतुरो, अफिम, चरेस आदि स्थावर बिषहरु तथा सर्प, बिच्छी आदिको टोकाइबाट पैदा हुने जङ्गम बिषहरु एवम् अफिम र तेल आदि रसायन पदार्थ मिसाएर बनाएको कृत्रिम बिषहरुको पनि कुनै असर पर्दैन । टुनामुना जादु जन्तर मन्तर आदिवाट हुनसक्ने अनिष्टहरु मान्छेको छातिमा झुण्ड्याईएको देवीको कवच देख्ना साथै असरहीन हुन गै बिनष्ट हुन्छन् । यतिमात्र होईन पृथ्वी भरी घुम्ने (भूचर ग्राम देवताहरु) आकाशमा डुल्ने आकाशदेवी, पानीवाट पैदा हुने नाग र उपदेशमात्रवाट खडा हुने नीच देवताहरु, आफू जन्मदादेखिनै प्रकट भएका देवता, कुलदेवता, माला (कण्ठमाला) डाइना (डाकिनी) बोक्सी (शाकिनी) आकाशमा परिभ्रमण गर्ने बलिया र डरलाग्दा किचकिन्नी डुलुवा इत्यादि (डाकिनीहरु) ग्रह, भुत,पिशाच, यक्ष्री गन्धर्व, राक्षस, ब्रह्मराक्षस,वेताल, कुष्माण्ड, भैरव इत्यादि अनिष्टकारक देवताहरु पनि छातिमा राखेको कवच देख्नासाथ भागी हाल्छन् । यो कवच धारण गर्ने मानिसले राज्यवाट (सरकारवाट) सम्मान, पदवी, मान प्राप्त गर्दछ । मान्छेको तेज बढाउने उत्तम चिज देवी कवच नै हो । पहिले यो देवी कवचको पाठ गर्नुपर्दछ । पाठ गरिसकेपछि दुर्गासप्तशती (चण्डी) को पाठ गरोस् यसो गर्ने मान्छेको संसारमा सुनाम फिजिनेछ र सुकीर्तिले विभुषित पनि हुन पाउनेछ । जवसम्म यो ब्रह्माण्डमा पृथ्वी माताले अचल (पहाड) वन, कानन धारण गर्लीन् तवसम्म देवी कवच पाठ गर्ने व्यक्ति पनि पुत्र पौत्रादी सन्तानले सुखी भै बाँचीरहनेछ । पहिले देवी कवच अनि दुर्गा सप्तशती (चण्डी) पाठ गर्ने मान्छेले आफ्नो मृत्यु पश्चात् पनि देवताहरुलाई समेत दुर्लभ मानिएको परम स्थानमा जान पाउनेछ । त्यहाँ उसले सुन्दर र आकर्षक शरीर धारण गरेर भगवान शिवजीका साथमा आनन्दको उपभोग गर्नेछ ।
।। इति देव्या: कवचं सम्पुर्णम् ।।
दुर्गा कवच पुरा भयो ।
अथार्गलास्तोत्रम् /अथ कीलक स्तोत्रम्
ॐ अस्य श्रीअर्गलास्तोत्रमन्त्रस्य विष्णुॠषि:, अनुष्टुप् छन्द:, श्रीमहालक्ष्मीदेवता, श्रीजगदम्बाप्रीतये सप्तशतीपाठाङ्ग्त्वेन जपे विनियोग: ।
ॐ नमश्चण्डिकायै ।।
मार्कण्डेय उवाच
ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोSस्तु ते ।।१।।
जय त्वं देवि चामुण्डे जय भुतार्तिहारिणी ।
जय सर्वगते देवि कालरात्रि नमोSस्तु ते ।।२।।
मधुकैटभविद्राविविधातृवरदे नम: ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।३।।
महिषासुरनिर्णाशि भक्तानां सुखदे नम: ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।४।।
रक्तबीजवधे देवि चण्डमुण्डविनाशिनि ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।५।।
शुम्भस्यैव निशुम्भस्य धुम्राक्षस्य च मर्दिनि ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।६।।
वन्दिताङघृयुगे देवि सर्वसौभाग्यदायिनि ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।७।।
अचिन्त्यरुपचरिते सर्वशत्रुविनाशिनि ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।८।।
नतेभ्य: सर्वदा भक्त्या चण्डिके व्याधिनाशिनि ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।९।।
स्तुवद्भ्यो भक्तिपुर्वं त्वां चण्डिके दुरितापहे ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।१०।।
चण्डिके सततं ये त्वामर्चयन्तीह भक्तित: ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।११।।
देहि सौभाग्यमारोग्यं देहि मे परमं सुखम् ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।१२।।
विदेही द्विषता नाशं विधेहि बलमुच्चकै: ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।१३।।
विधेहि द्विषतां नाशं विधेहि बलमुच्चकै: ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।१४।।
सुरासुरशिरोरत्ननिघृष्टचरणेSम्बिके ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।१५।।
विद्यावन्तं यशस्वन्तं लक्ष्मीवन्तं जनं कुरु ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।१६।।
प्रचण्डदैत्यदर्पघ्ने चण्डिके प्रणताय मे ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।१७।।
चतुर्भुजे चतुर्वक्त्रसंस्तुते परमेश्वरि ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।१८।।
कृष्णेन संस्तुते देवि शश्वद्भक्त्या सदाम्बिके ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।१९।।
हिमाचलसुतानाथसंस्तुते परमेश्वरि ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।२०।।
इन्द्राणीपतिसद्भावपुजिते परमेश्वरि ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।२१।।
देवि प्रचण्डदोर्दण्डदैत्यदर्पविनाशिनि ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।२२।।
देवि भक्तजनोद्दामदत्तानन्दोदयेSम्बिके ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।२३।।
पत्नीं मनोरमां देहि मनोवृत्तानुसारिणीम् ।
रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।२४।।
इदं स्तोत्रं पठित्वा तु महास्तोत्रं पठेन्नर: ।
स तु सप्तशतीसंख्यावरमाप्नोति सम्पदाम् ।।ॐ ।।
इति देव्या अर्गलास्तोत्रं सम्पुर्णम् ।।
अर्गलास्तोत्रम् नेपाली भाषामा भावार्थ :
अर्गल शब्दले ढोकाको आग्लोलाई बुझाउँछ । जसरी आग्लो बन्द गरेपछि (लगाएपछि) सरासर घरभित्र पस्न कुनै पनि मान्छे सक्तैन । त्यसै गरि देवी महात्म्यलाई पाठ गर्नु अगाडि अर्गलास्तोत्रम् लाई पाठ गर्दा विषयान्तर तर्फ चित्त नजाने हुन्छ । बाहिरी बिषयमा मन लगाउने र चञ्चल मन भएको मान्छेलाई चण्डी तत्वमा प्रवेश गर्न गाह्रो पर्दछ । यहि सत्यतथ्य विषयलाई ह्रदयाङ्गम गरेर पुर्वाचार्यहरुले चण्डी पाठ गर्नुभन्दा पहिले अर्गलास्तोत्र पाठ गर्नुपर्छ भन्ने प्रावधान बनाएका हुन् ।
चण्डिका देवीलाई नमस्कार छ -
मार्कण्डेय ॠषिले भन्नुभयो -
सबैभन्दा महान् भएकी जयन्ती देवी, भक्तजनका जन्ममरण इत्यादि सांसारिक बन्धनहरुलाई हटाएर मङ्गलकारिणी मोक्षदातृमंगलादेवी, प्रलयको बेला संसारका सम्पुर्ण सृष्टिलाई आफ्नो गाँस तुल्याउँने महाकाली काली, भक्तहरुलाई सुख कल्याण दिने सुखदायिनी भद्रकाली, हातले खप्पर समाउँदै नरमुण्डको माला लगाएकी कपालिनी देवी, योग, कर्म, उपासना जस्ता कठोर साधनवाट पाउन सकिने दुर्गा सम्पूर्ण जगतकी आमा हुनाले अति नै करुणामय स्वभाव लिंदा भक्तजन र अरुहरुका पनि अपराधहरुलाई सहन गर्ने क्षमा माता, सबैको भलो गर्ने शिवा, सारा संसारलाई धारण पालन-पोषण गर्ने धात्री, यज्ञ भाग लिएर देवतालाई पतिपोषण गर्ने स्वाहा देवी, श्राद्ध तर्पण आफुले लिएर सम्पूर्ण पितृहरुलाई तृप्त गर्ने स्वधा देवी सबैको जय होस् ।
हे चामुण्डे देवी ! तिम्रो जय होस् । सम्पुर्ण प्राणीहरुको पीडा (संकष्ट) लाई नाश गर्ने भएकी दे देवी ! तिम्रो जय होस् ! सर्वत्र फैलिएर रहेकी हे देवी ! तिम्रो जय होस् काललाई संहार गर्ने हे कालरात्री देवी ! तिमीलाई नमस्कार छ । मधु र कैटभ दुई दैत्यलाई तिमीले मारेपछी निर्भीक भएका ब्रह्माजीले तिमीवाट नै वरदान प्राप्त गरेका थिए । मधु कैटभ नाशिनी तिमीलाई नमस्कार छ । तपाईले मलाई रुप (आत्मस्वरुप ज्ञान) जय (मोह उपरको विजय), यश (मोह विजय र ज्ञान प्राप्ति रुप यश) दिनुहोस् । काम, क्रोध, लोभ, मोह, आदि शत्रुहरुलाई पनि नाश गरिदिनुस् । महिषासुरलाई मारेर भक्तहरूलाई सुख दिने हे देवी ! तिमीलाई प्रणाम छ । तिमीले मलाई रुप,जय, यश दिंदै काम, क्रोध आदि गरिएका सबै शत्रुहरुको नाश पनि गरिदेउ । रक्तबिज (दैत्य) को बध र चण्ड र मुण्ड (दुवै दैत्य) लाई नाश गर्ने भएकी हे देवी ! तिमी रुप, जय, यश देउ शत्रुहरुको संहार गर ।
शुम्भ, निशुम्भ, धुम्राक्ष (धुम्रलोचन) नाउँका दैत्यहरुलाई मर्दन गर्ने (निमोठ नामोठ पार्ने) हे देवी ! तिमीले रुप, जय, कीर्ति देउ, शत्रुहरुको पनि नाश गर । तपाईका दुवै पाउको वन्दना सबैले गर्ने गर्दछन् । तपाईले पनि सबैलाई सौभाग्य (असल कुराहरु) दिने गर्नुभएको छ । हे देवी ! तिमीले रुप, जय, यश देउ र वैरीहरुलाई निर्मुल पार । अचिन्त्यरुप एवम् अचिन्त्य चरित्र भएकी हे शत्रु बिनाशिनी देवी तिमीले रुप, जय, यश देउ र वैरीहरुलाई निर्मुल पार । हे पापलाई हटाईदिने चण्डिका देवी ! जसले भक्तिपुर्वक तिम्रो पाउमा मस्तक झुकाउँछ उसलाई (भक्तलाई) रुप, जय, यश देउ र उनिहरुका शत्रुको नाश गर । हे चण्डिके ! यश संसारमा जसले भक्तिपुर्वक तिम्रो पुजा गर्दछ उसलाई तिमी रुप, जय, यश देउ र उनिहरुका शत्रुहरुको नाश गर । हे चण्डिके ! जसले भक्तिसाथ सधैं तिम्रो पुजा अर्चना गर्दछ । उसलाई रुप द्यौ जय द्यौ यश द्यौ र उसका शत्रुहरुको बिनाश गर । मलाई सौभाग्य देउ, आरोग्यता देउ, परम सुख देउ र सारा शत्रुहरुको विनाश गर ।
हे देवि ! जसले मसित द्वेष (रिस, राग) राख्तछन् तिनको नाश गरेर मेरो बल वृद्धि गर । मलाई रुप, जय, यश देउ दुश्मनहरुलाई मार । हे देवी ! मेरो कल्याण (भलो) गर । मलाई धेरै धन, दौलत, ऎश्वर्य पनि देउ । रुप देउ, जय देउ, यश देउ, मेरा शत्रुहरुलाई नाश गर । देवताहरु र दैत्यहरु सबैका शिरपेचमा जडिएका रत्नहरुले दुवै पाउ घोटिएको (सबैद्वारा शाष्टाङ्ग नमस्कार गरिएकी) हे अम्बिके ! मलाई रुप, जय, यश देउ, मेरा शत्रुहरुलाई नाश गर । देवताहरु र दैत्यहरु सबैका शिरपेचमा जडिएका रत्नहरुले दुवै पाउ घोटिएको (सबैद्वारा शाष्टाङ्ग नमस्कार गरिएकी) हे अम्बिके ! मलाई रुप, जय, यश देउ मेरा शत्रुहरुको संहार पनि गरिदेउ । हे देवी ! तपाईंले आफ्ना भक्तहरुलाई विद्वान, कीर्तिशाली एवं धनी बनाई दिनुस् । त्यस्तै रुप, जय, यश दिनुहोस् अनि शत्रुहरुको नाश पनि गर्नुहोस् । ठुल ठुला प्रचण्ड दैत्यहरुको घमण्डलाई चकनाचुर पारिदिने हे चण्डिके ! तिम्रो शरणमा पर्न आएको मलाई रुप, जय, यश दिएर मेरा शत्रुहरुलाई विनाश पारिदेउ । चारवटा हात र चारै वटा मुख भएका ब्रह्माजीले स्तुति गरिएकी हे परमेश्वरी ! मलाई रुप, जय, यश दिएर मेरा शत्रुहरुको नाश गर्नु हवस् । हे देवि ! हे अम्बिके ! (हे आमा) तपाईं सधैं भगवान् कृष्ण (श्री बिष्णु) द्वारा भक्तिपुर्वक स्तुति गरिएकी हुनुहुन्छ । तिमी मलाई रुप, जय, यश देऊ र मेरा शत्रुहरुको विनाश गरिद्यौ । हिमालयकी छोरी पार्वतीका पति महादेवले समेत स्तुति र सम्मान गरिएकी, हे परमेश्वरी ! मलाई रुप, जय, कीर्ति देउ, मेरा वैरीहरुको नाश गर । इन्द्राणिका पति देवराज इन्द्रवाट सद्भाव (राम्रो भक्ति भावना) सँग पुजा गरिएकी हे परमेश्वरि ! तिमीले मलाई रुप, जय, कीर्तिहरु देउ साथै मेरा शत्रुहरुको संहार गरि देउ । अत्यन्त उग्र कडा हात भएका दैत्यहरुको सेखि झार्ने भएकी, हे देवि ! तिमीले मलाई रुप, जय, कीर्ति देउ मेरा शत्रुहरुको नाश पनि गर । हे देवि ! हे अम्बिके ! तिमी निरन्तर लागि परेर भक्ति गर्ने आफ्ना भक्तहरूलाई आनन्द दिने गर्दछ्यौ । मलाई रुप देऊ, कीर्ति देऊ र मेरा शत्रुहरुलाई नाशिदेऊ । मेरो मन माफिक चल्ने मनलाई आनन्दित गराउने असल खान्दानी वा कुलीन राम्री पत्नी देउ । जसले यो दुर्गम संसाररुपि महासागरवाट पार लगाउँन् । जुन मान्छे यो अर्गलास्तोत्रको पाठ गरेर सप्तशती (चण्डी) रुप महास्तोत्रको पाठ गर्दछ, उसले सप्तशतीका जप संख्याहरुवाट पाईने वरदानहरुका साथै संपत्ति पनि पाउँनेछ ।
इति श्रीदेव्या अर्गलास्तोत्रं सम्पुर्णम्
अथ कीलक स्तोत्रम्
'कीलक´ शब्दको अर्थ अभिष्ट सिद्धीमा आईपर्ने व्यवधानलाई फुकाईदिनु हो । सामान्यतया यसलाई ´श्राप´ भने पनि हुन्छ । गायत्री आदि अनेक प्रसिद्ध मन्त्रहरुमा कुनै न कुनै ॠषि या देवताको श्राप हुन्छ । साथै यो श्रापवाट कसरी उम्कन सकिन्छ भन्ने वारे पनि उल्लेख गरिएको छ । भगवतीको यो `कीलक´ स्तुति पनि श्रापोद्धारको बिषय हो । सप्तशती मन्त्रात्मक देवी महात्म्यमा पनि महादेवद्वारा स्थापीत कीलक छन् । यी कीलकहरुलाई नपन्छाएर गरिएको देवी महात्म्यको पाठ फलदायी हुँदैन । कुन क्षेत्रमा बढेर (गएर) कसरी उपयुक्त मानसिकता बनाउने, कुन उपाय अवलम्बन गरेर चण्डी तत्वमा प्रवेश गर्दा अभिष्टसिद्धी हुन्छ यिनै कुराहरुको प्रतिपादन कीलक स्तोत्रद्वारा गरिएको छ । ॐ अस्य श्रीकीलकमन्त्रस्य शिव ॠषि:, अनुष्टुप छन्द:,श्री महासरस्वती देवता, श्रीजगदम्बाप्रीत्यर्थ सप्तशतीपाठाङ्गत्वेन जपे विनियोग: ।
ॐ नमश्चण्डीकायै । मार्कण्डेय उवाच
ॐ विशुद्धज्ञानदेहाय त्रिवेदीदिव्यचक्षुषे ।
श्रेय:प्राप्तिनिमित्ताय नम: सोमार्धधारिणे ।।१।।
सर्वमेताद्विजानीयान्मत्राणामभिकीलकम् ।
सोSपि क्षेममवाप्नोति सततं जाप्यतप्तर: ।।२।।
सिद्ध्यन्त्युच्चाटनादीनि वस्तुनि सकल्यानपि ।
एतेन स्तुवतां देवी स्तोत्रमात्रेण सिद्धयति ।।३।।
नमन्त्रो नौषधं तत्र न किञ्चिदपि विद्यते ।
विना जाप्येन सिद्धयेत सर्वमुच्चाटनादिकम् ।।४।।
समग्राण्यपि सिद्धयन्ति लोकशंकामिमां हर: ।
कृत्वा निमन्त्रयामास सर्वमेवामिदं शुभम् ।।५।।
स्तोत्रं वै चण्डिकातास्तु तच्च गुप्तं चकार स: ।
समाप्तिनं च पुण्यस्य तां यथावन्नियन्त्रणाम् ।।६।।
सोSपिक्षेममवाप्नोति सर्वमेव न संशय: ।
कृष्णायां वा चतुर्दश्यामष्टम्यां समाहित: ।।७।।
ददाति प्रतिगृह्णाति नान्यथैषां प्रसीदति ।
इत्थंरुपेण कीलेन महादेवेन कीलितम् ।।८।।
यो निष्कीलां विधयैना नित्यं जपति संस्फुटम् ।
स सिद्ध: स गण: सोSपि गन्धर्वो जायते नर: ।।९।।
न चैवाप्यटतस्तस्यं भयं क्वापीह जायते ।
नापमृत्युवशं याति मृतो मोक्षमवाप्नुयात् ।।१०।।
ददाति प्रतिग्रीह्णाति नान्यथैषा प्रसीदति ।
इत्थंरुपेण कीलेन महादेवेन कीलितम् ।।८।।
यो निष्कीलां विधायैना नित्यं जपति संस्फुटम् ।
स सिध्द: स गण: सोSपि गन्धर्वो जायते नर: ।।९।।
नचैवाप्यटतस्तस्यं भयं क्वापीह जायते ।
नापमृत्युवशं याति मृतो मोक्षमवाप्नुयात् ।।१०।।
ज्ञात्वा प्रारम्भ कुर्वीत न कुर्वाणो विनश्यति ।
ततो ज्ञात्वैव सम्पन्नमिदं प्रारम्भ्यते बुधै: ।।११।।
सौभाग्यादि च यत्किञ्चित् दृश्यते ललनाजाने ।
तत्सर्वं तत्प्रसादेन तेन जाप्यमिदं शुभम् ।।१२।।
शनैस्तु जप्यमानेSस्मिन् स्तोत्रे सम्पत्तिरुच्चकै: ।
भवत्येव समग्रापि तत: प्रारम्भमेव तत् ।।१३।।
ऎश्वर्यं यत्प्रसादेन सौभाग्यारिग्यसम्पद: ।
शत्रुहानि: परो मोक्ष: स्तुयते सा न कि जनै: ।।ॐ ।।
कीलक स्तोत्रम् नेपाली भाषामा भावार्थ :
चण्डिकालाई नमस्कार छ । श्री मार्कण्डेय ॠषि भन्दछन् -
निर्मल ज्ञान नै शरीर भएका (ज्ञान स्वरुप), तीन वटै वेदहरु(ॠक-यजु-साम-साम) नै दिव्य त्रिनेत्र भएका अर्थात् ज्ञान, कर्म र उपासनालाई परिदर्शन गराउँने कल्याण प्राप्त गराउँन (मुक्ति दिलाउनमा) मुख्य कारण भएका, आफ्ना मुकुटमा अर्द्धचन्द्र धारण गर्ने भगवान् शिवलाई नमस्कार छ । पाठ गर्दा श्राप पैदा भै विघ्न पार्ने अभिकीलक (चारैतिर ठोकेको किलो बराबर) हो । अर्थात् मन्त्रहरुको सिद्धिमा विघ्न बाधा पैदा गर्ने श्रापरुपी काँढोलाई निवारण गरिदिने काम यश कीलकको पाठद्वारा गरिन्छ । सप्तशती स्तोत्रलाई पूरा पुर बुझ्नुपर्दछ र यसको उपासना समेत गर्ने गर्नुपर्दछ । हुन त सप्तशती मन्त्र बाहेक अन्य स्तोत्र र मन्त्रहरु बारे ज्ञान राख्नु पनि उत्तम ठानिएको छ । मानिसलाई आफ्नो कार्य सफल पार्ना निमित्त जप, मन्त्र, औषधि र यस्तै यस्तै अन्य कुनै पनि साधनको अवलम्बन गर्नु जरुरी छैन । अरु खाले जप मन्त्र कर्महरु यश सप्तशती पाठ गर्नाले मात्र सिद्ध हुन्छन् । अरु कुनै पनि मन्त्रहरुको जप, पाठ नगरेर केवल यो दुर्गा सप्तशती मात्रको पाठ गर्नाले उच्चाटन (आकाशमा उडन सक्ने शत्रुको बध गर्ने र सम्मोहन वा लट्ठ पार्ने सामर्थ्य) जस्ता कर्म सिद्ध हुन्छन् । विघ्न, बाधाहरु नाशिन्छन् तथा सच्चिदानन्द स्वरुपिणी देवी माता पनि सिद्ध हुन जान्छिन् अर्थात् देवी - साधनामा सफलता हासिल हुन जान्छ ।
यो सप्तशती स्तोत्र पाठ गर्नेको सम्पुर्ण अभिष्टवस्तु सिद्ध हुन्छन् । अन्य जप मन्त्र साधना गर्नु बेस हो कि दुर्गा सप्तशतीको जप पाठ गर्नु कुन उत्तम छ भनी लोकले भगवान् शंकरसंग जिज्ञासा राख्दा शिवजीले दुर्गा सप्तशती पाठ गर्नु नै सर्वश्रेष्ठ र कल्याणदायक हो भनेर शङ्का निवारण गर्नु भएको थियो । यो भगवती चण्डिका देवीको सप्तशती (चण्डी) नामक स्तोत्रको रचना महादेवद्वारा गरिएर गुप्त राखियो । सप्तशतीको पाठ गर्दा जुन पुण्य स्थायीरुपले प्राप्त हुन्छ त्यसको समाप्ति कहिल्यै पनि हुँदैन । परन्तु अरु मन्त्रहरुको जपवाट पाईने पुण्यहरु भने समाप्त पनि हुन जान्छन् । तसर्थ भगवान् शिवले अरु मन्त्रहरुको जप गर्नुभन्दा सप्तशतीको जप नै श्रेष्ठ हो भन्ने यथार्थ निर्णय दिनुभएको छ । अन्य मन्त्रहरुको जप पाठ गर्नेले यदि यो स्तोत्रलाई पाठ गर्दछ भने उसलाई कल्याण प्राप्ति निश्चितै छ । यसमा कत्ति पनि शंका गर्ने ठाउँ छैन कि जुन मान्छेले कृष्ण पक्षको अष्टमी वा चतुर्दशीका दिनमा एकाग्र चित्तले देवी भगवतीको सेवामा आफुलाई समर्पण गर्दै देवीको प्रसाद ग्रहण गर्दछ उसको श्रीवृद्धि अवश्यम्भावी छ ।
यो स्तोत्रलाई जसले आदान-प्रदान अर्थात् अरुवाट सुन्छ र आफुले अरुलाई सुनाउने गर्दछ उ सर्वत्र सफ़ल हुँदै जान्छ । सफलताको कसीको रूपमा महादेवले कीलित तुल्याउनु पनि भएको छ । जुन मनुष्यले सप्तशती स्तोत्रलाई निष्कीलन गरेर सधैं भरी स्पष्ट उच्चारण साथ पाठ गर्दछ । यस्तो गर्ने मान्छे `सिद्ध´ हुन्छ, भगवतीको गण पार्षद् बन्दछ उसले गन्धर्व पनि हुन पाउनेछ । सप्तशती स्तोत्र पाठ गर्ने मान्छेले संसारी भरी भ्रमण गर्दै रहँदा पनि उसलाई कहिँ कतै कुनै प्रकारको भय हुँदैन । उसले अकाल मृत्युको बसमा पनि पर्नु पर्दैन । उसलाई मोक्ष पनि प्राप्त हुन्छ । कीलकलाई ठम्याएर यसको परिहार गरिवरी (कीलक स्तोत्र पाठ गरि सकेर) मात्र सप्तशतीको पाठ शुरु गरोस् । यस्तो नगर्ने व्यक्ति ठगिएको हुन्छ । यसैले कीलन र निष्कीलनको ज्ञान हाँसिल गरे पछि मात्र यो स्तोत्र दोषहीन तुल्याउन यश स्तोत्रको नै पाठ आरम्भ (शुरु) गर्दछन् । ललना (स्त्रीजाति) हरुमा पनि जे जति जुन सौभाग्य आदि दृष्टिगोचर हुन्छन् ती सबै देवीका अनुकम्पाको नै फ़ल हुन् । यसैले यो कल्याणकारी स्तोत्रको पाठ सदा नै गर्नु पर्दछ । यो स्तोत्रलाई मन्द (सानो) स्वरले पाठ गर्यो भने थोरै (कम) फल मिल्दछ । तर उच्च स्वर गरेर पाठ गरेमा समग्र फ़ल प्राप्ति हुन्छ । त्यसैले स्पष्ट र उच्च स्वरले पाठ गरेमा उत्तम ठानिन्छ । देवी भगवतीका अनुग्रहले ऎश्वर्य, सौभाग्य, आरोग्य, संपत्ति - लाभ हुन्छन् । शत्रुहरुको नाश हुन गई मोक्ष समेत पाईन्छ । त्यसैले यो कल्याणमयी भगवती जगदम्बाको स्तुति मानिसहरू किन गर्दैनन् ? उनीहरू यस्तो स्तुतिमा लागिरहुन् ।
कीलक स्तोत्र पूरा भयो ।
सन्दर्भ स्रोत सामग्री
१. ।। श्रीदुर्गायै नम: ।। श्रीदुर्गासप्तशती स्थुलाक्षरैर्मुदृता (मुलभागपाठविधिसहित)
२. नेपालीमा चण्डी : दुर्गा सप्तशती - मदनप्रसाद अर्याल ।
लेखन सम्पादन
अधिवक्ता वसन्तराज अधिकारी
पुर्व उपसचिव, नेपाल सरकार
घोराही उपमहानगरपालिका १७ पनौरा, दाङ, नेपाल
नवरात्र (घटस्थापनादेखि) २०७९ सोमबार, असोज १० शुभम् ।
जय श्री नवदुर्गा भवानी माताले हाम्रो कल्याण गरुन् !!! |
अति राम्रो पठनीय/संग्रहणीय सामग्री श्री नवदुर्गा भवानी माताले सदा सर्वदा हाम्रो कल्याण गरुन् 💑
ReplyDelete