लामो समयको अन्तरालमा हाम्री फुबुसँग भेटघाट भलाकुसारी र वाहाँसँगको व्यतीत अतीत स्मरण साथमा श्रीधर भाञ्जदाइसँग भेटघाट ❤️🌻💑🙏🏣🕉️
हाम्री फुबुसँग हामी |
दाङको करिब प्रवेशद्वार मानिने घोराही सिमेन्ट कारखाना, गोग्लीको वारितिर घोराही उपमहानगरपालिका वार्ड नं.१७ बेलभार गोग्ली सिस्नेखोला वल्लोपट्टी प्राकृतिक रमणीय स्थान रहेकोे छ । यो स्थानसँग परम पुज्यनीय बुबा बलदेवप्रसाद अधिकारीको देहावसान बि.सं. २०३६ साल पश्चात् परिचित रहेकोे छु । याहाँ बुबाको सानीमाकी छोरी फुबुको घर छ । फुबुको नाम बिष्णुदेवी घिमिरे हो । वाहाँको जन्म बि.सं.१९९७ फुबुकै मुखारबिन्दवाट भन्नू भएको अहिले ८२ बर्ष हुनुभयो । फुबुलाई बि.सं. २०३६ सालदेखि मैले चिनेको हो । मेरो बुबा स्व. बलदेवप्रसाद अधिकारी कडा बिरामी भै तत्कालीन महेन्द्र अस्पताल (हाल राप्ती उपक्षेत्रीय अस्पतालमा स्तरोन्नति भएको) दाङ, घोराहीमा उपचारार्थ भर्णा हुनुभएको बेला अस्पतालले पनि त्यतिबेला प्राणघातक मानिने टिभी रोग निको नहुने भनि बिदा दिएपछि बुबाले मलाई भन्नुभयो - "बेलभारमा मेरी सानिमाकि छोरी बिष्णु बहिनी छिन् । युगबोध पत्रीकाको प्रेस अफिसमा काम गर्ने अङ्कल गिरीराज अधिकारीलाई खबर गरेर मजगैंका बलदेव दाइ बिरामी हुनुहुन्छ भेटन आउनु भन्ने खबर गर्नु" भन्ने आदेशानुसार मैले खबर गरे पश्चात् भोलीपल्ट बिहानै फुबु अस्पतालमा आउनुभयो । त्यतिबेला म करिब १४ बर्षको छँदा फुबु ४२ बर्षको हुनुहुन्थ्यो । फुबुको कपाल सेतै हिमाल जस्तै फुलेको थियो । पातलो कदको हँसिलो फरासिलो स्वभाव थियो फुबुको । सदैव गीता पाठ गर्ने अत्यन्त धार्मिक स्वभावको हुनुहुन्थ्यो । फुबु अत्यन्त सहयोगी सरल ह्रदय अध्यात्मिक स्वभावको हुनुहुन्छ । बुबाको निधन पश्चात् बुबातर्फका आफन्तहरूमा हामीलाई बराबर भेटने सर सहयोग, सल्लाह, परामर्श हौंसला दिने थोरै मात्र आफन्त मानिसहरूमा फुबु अग्रणी हुनुहुन्छ ।
मेरो घरदेखी टाढा निजामती सेवाका जागीरे दिनहरूमा फुबु बसन्ते भदै घर आएको सुन्दा घर मजगैं मजगाउँ आउनुहुन्थ्यो । फुबु भदै घण्टौ सम्म धेरै शास्त्रार्थ गर्दथ्यौं । मलाई रामायण, गीता, कतिपय महाभारत, शिव, गणेश, बिष्णु, देवी स्तुतिका संस्कृत पद्य श्लोक मुखाग्र आउँथ्यो । फुबु खुब खुशी हुनुहुन्थ्यो । धार्मिक स्वभावले गर्दा र असामयिक बालककालमा बुबाको देहावसान पश्चात् कठिन दिनहरूमा फुबुले आत्मियता देखाउनुहुन्थ्यो । फुबाजु चाँडै स्वर्गवास हुनुभएकोले घर व्यवहारमा फुबु अब्बल हुनुहुन्थ्यो । भाञ्जदाजी श्रीधर घिमिरे सरल, मिजासिला, सज्जन र भलाद्मी हुनुहुन्छ । भाञ्जी भाउजुको असामयिक देहावसान पश्चात् वाहाँ एकल हुनुहुन्छ । शिक्षक सेवावाट निवृत्त भाञ्जदाजीसँग पनि भेटघाट भयो । श्रीधर भाञ्जदाइका छोराहरु दुईजना छन् । जेठो शम्भु घिमिरे र कान्छो सन्दीप घिमिरे । छोरीहरूको बिबाह भै घरवारमा छन् । शम्भु हाल लुम्बिनी प्रदेश मन्त्रालय तिर कम्प्युटर अधिकृत छन् । लामो समय काठमाडौ बस्दा बराबर भेट हुन्थ्यो । म शिक्षा मन्त्रालय र अन्तर्गत कार्यरत छँदा शम्भु केन्द्रिय तथ्यांक बिभाग, थापाथलीमा कम्प्युटर अपरेटरमा कार्यरत थिय । शम्भु घिमिरेको कान्छो भाइ घोराही उपमहानगरपालिका कार्यालयमा सिभिल इन्जिनियर छन् । शम्भुको धर्मपत्नी सदिच्छा र पुत्र बाबुराम घिमिरे हुन् ।
वाहाँको आफ्नै घरमा आकर्षक ढुण्डी ड्रीम पार्क, बेलभार दाङ रहेको छ । याहाँ हवाईजहाज, बाल उद्यान, बालबालिकाहरुका लागि आकर्षक स्थल र घुम्नलायक स्थान रहेको छ । लामो कोरोनाको कालमा बन्द रहेको यो पार्क अहिले आफ्नो लयमा फर्कदै रहेछ । अहिले फुबु शारीरिक रुपमा अशक्त हुनुहुन्छ । हाम्रा भाइबहिनीहरुले पनि सीताराम बैरागी श्रीबैष्णव भएकी आफ्नै फुबुलाई "हेमन्तपुर फुबु" र बेलभार फुबुलाई "हाम्री फुबु" भन्दथे । भेटघाट भलाकुसारीको अन्त्यमा फुबुले आमा भाइबहिनी, हाम्रा छोराछोरी सबैलाई सोधपुछ गर्नुभयो र "म पहिलाको जस्तो फुबु छैन बा केवल शरीर मात्र छ भन्नुभयो ।" यो संसारमा जन्मेपछी सबै एकदिन बूढो अवश्य हुनुपर्छ भन्ने सान्त्वना शब्द व्यक्त गरे । गोडा भाँचिएपछि फुबु हिड्न असमर्थ हुनुहुन्छ । अहिले बुहारी सदिच्छा र भाञ्जदाइ फुबुको सेवामा खटिएका छन् । हाम्रो परिवारसँग नजिक रहेका फुबुसँगका धेरै स्मरणीय कथाहरू रहेपनि यहाँ केवल संक्षेपमा प्रस्तुत गरे । साथै बेलभार "हाम्री फुबुसँग" लिएका श्रीमती एशोदा र मेरा तस्विर पनि साझा गरे । 🙏 धन्यवाद
✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ बेलभार, दाङ, नेपाल
शनिबार, साउन २८, २०७९ शुभम् ।
Comments
Post a Comment