४१८. यहीँ हो कठोपनिषद्को उपदेशात्मक पद्यांश उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत । क्षुरस्य धारा निशिता दुरत्यया दुर्गं पथस्तत्कवयो वदन्ति ।।

यहीँ हो कठोपनिषद्को उपदेशात्मक पद्यांश
उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत ।
क्षुरस्य धारा निशिता दुरत्यया दुर्गं पथस्तत्कवयो वदन्ति ।।

Me वसन्तराज अधिकारी & Madam एशोदा 

अत्यन्तै सुन्दर मनोरम सुखदायी  प्रहर
अहा ! आनन्दित प्रभातकालिन समय ।
कामकाजी व्यस्त जागरुक मानिसहरू
बिद्यालय महाविद्यालयका छात्रछात्राहरु ।।
गल्ली सडक न धेरै चाँप न हुन्छ खाली
बिहानीको शितलताले मनै फुरुङ्ग उचाली ।।१।।

रातको मीठो निन्द्रा र सपनीवाट व्युझेर
तनमा स्फुर्तिदायी र रोमाञ्चकता ल्याउँदै ।
प्रायः स्फुर्ती साथ हिड्ने गर्दा बिहान बिहान्
सुखद आनन्दित दिनको आमन्त्रण भैरहेछ ।।
चेतना जागरण भएका शारीरिक वजन बढेका ।
आफ्नो शारीरिक अवस्था सन्तुलन राख्दैछन् ।।२।।

आलस्यतालाई फालेर आफुवाट धेरै टाढा
आँटीला मानिसहरु हिंडिरहेका छन् ।
चरैवेति चरैवेति: मुलमन्त्रलाई पालन गर्दै
यहि हो योग साधनाको प्रारम्भ बिन्दु ।।
नित्य अभ्यासले मात्र बन्दछ साधना ।
अनि मात्र हुन्छ इष्टदेव परमेश्वर आराधना ।।३।।

उठ, जाग र जानकार श्रेष्ठ पुरुषको गर संगत
ज्ञान प्राप्तीको मार्ग छुराको धारमा हिंड्नु पर्दछ ।।
कठोपनिषद्मा गौतम ॠषि पुत्र नचिकेतासँग ।
मृत्युको देवता यमसँगको संवाद छ अध्यात्मिक ।।
स्वामी विवेकानन्दले जुन मन्त्रको आरम्भ अंश ।
बिस्तार प्रशारण गरे जगत कल्याण खातिर ।।
यहि हो कठोपनिषद्को उपदेशात्मक पद्यांश
उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत ।
क्षुरस्य धारा निशिता दुरत्यया दुर्गं पथस्तत्कवयो वदन्ति ।।४।।

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ, नेपाल
शनिबार ४ असार २०७९

Comments