४१५. हिन्दु धर्म वेद वेदांस, गीता सम्बन्धि सामान्य ज्ञान सार

हिन्दु धर्म वेद वेदांस सम्बन्धि, गीता सम्बन्धि सामान्य ज्ञान सार                                                                                         
✍️ वसन्तराज अधिकारी
                                     घोराही, दाङ                                    
वेदमा ब्रह्म -परमेश्वर, देवता, ब्रह्माण्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, संस्कार, रीतिरिवाज आदि लगभग सबै विषयसँग सम्बन्धित ज्ञान समाहित छ ।  वेद चारवटा छन्- ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । चारै वेदका उपवेद पनि छन् । ऋग्वेदको आयुर्वेद, यजुर्वेदको धनुर्वेद, सामवेदको गन्धर्ववेद तथा अथर्ववेदको स्थापत्यवेद उपवेद हुन् । वेदका मन्त्रहरूलाई ऋचा  भनिन्छ ।                                            
ऋग्वेद                                                                                   
ऋक् को अर्थ हुन्छ- स्थिति एवं ज्ञान । यसमा भौगोलिक स्थिति एवं देवताहरूलाई  आवाहन गर्ने मन्त्रहरू छन् । ऋग्वेदका ऋचाहरूमा देवताहरूको प्रार्थना, स्तुति एवं देवलोकमा उनीहरूको स्थिति वर्णन गरिएको छ । यसमा जल चिकित्सा, वायु चिकित्सा, सौर चिकित्सा, मानस चिकित्सा एवं हवनद्वारा चिकित्साका विषयमा जानकारी पाइन्छ ।                                                                                 
यजुर्वेद                                                                                  
यजु को अर्थ हुन्छ- गतिशील आकाश एवं कर्म । यजुर्वेदमा विभिन्न यज्ञ विधि एवं यज्ञहरूमा प्रयोग गरिने मन्त्रहरू छन् । यसमा तत्वज्ञान अर्थात् रहस्यमयी ज्ञानको वर्णन पनि पाइन्छ । जसअन्तर्गत ब्रह्माण्ड, आत्मा, ईश्वर एवं पदार्थको ज्ञान  पर्दछन् । यो वेदका दुई शाखा शुक्ल यजुर्वेद एवं कृष्ण यजुर्वेद छन् ।                                                    
सामवेद                                                                                 
साम को अर्थ हुन्छ- रूपान्तरण एवं संगीत । यो वेदमा ऋग्वेदकै ऋचाहरूको संगीतमय रूप पाइनछ । यसमा सविता, अग्नि, इन्द्र आदि देवताको उल्लेख पाइन्छ । यसमा शास्त्रीय संगीत एवं नृत्यको उल्लेख गरिएको छ । यो वेदलाई संगीत शास्त्रको मूल स्रोत मानिन्छ । यसमा संगीतको विज्ञान तथा मनोविज्ञानको वर्णन पनि पाइन्छ ।          
अथर्ववेद                                                                                 
थर्वको अर्थ कम्पन हो भने अथर्व को अर्थ हुन्छ- अकम्पन । या वेदमा रहस्यमयी विद्या, जडिबुटी, जादू तथा चमत्कार, आयुर्वेद आदिको उल्लेख पाइन्छ । यसमा भारतवषर्ीय परम्परा एवं ज्योतिषीय ज्ञान समेत पाइन्छ ।                                                                        
उपनिषद् के हो ?                                                                      
उपनिषद् वेदको सार अर्थात् निचोड हो । उपनिषद् भारतवर्षीय आध्यात्मिक चिन्तनको मूल आधार हो । आध्यात्मिक दर्शनको स्रोत हो । ईश्वर छ कि छैन, आत्मा छ कि छैन, ब्रह्माण्ड कस्तो छ आदि सम्पूर्ण गम्भीर विषय, तत्व ज्ञान, योग, ध्यान, समाधि तथा मोक्षको कुरा उपनिषद्मै  पाइन्छ । उपनिषद्को अध्ययन गर्नु प्रत्येक हिन्दूको कर्तव्य हो । उपनिषद्को अध्ययन गर्नाले ईश्वर, आत्मा, मोक्ष एवं जगतका विषयमा वास्तविक ज्ञान प्राप्त हुन्छ । उपनिषद्लाई वेदान्त पनि भनिन्छ । वेदान्तको अर्थ हुन्छ- वेदको अन्तिम भाग । उपनिषद्मा तत्वज्ञानको चर्चा छ । उपनिषद्को संख्या १०८ वटा भए पनि १२ वटालाई मुख्य मानिएको छ । ती हुन्- ईशावास्योपनिषद्, केनोपनिषद्, कठोपनिषद्, प्रश्नोपनिषद्, मुण्डकोपनिषद्, माण्डूक्योपनिषद्, तैत्तिरियोपनिषद्, ऐतरेयोपनिषद्, छान्दोग्योपनिषद्, बृहदारण्यकोपनिषद्, कौषीतकि उपनिषद् तथा श्वेताश्वेतरोपनिषद् ।                                                                  
षड्दर्शन के हो ?                                                                                    
षड्दर्शन वेदबाटै निक्लिएको हो । वेद तथा उपनिषद्हरूको अध्ययन गरेर त्यसकै आधारमा ६ जना ऋषिहरूले ६ वटा मौलिक दर्शन निर्माण गरे जुन षड्दर्शनका रूपले चिनिन्छ । षड्दर्शन हुन्- न्याय, वैशेषिक, सांख्य, योग, मीमांसा र वेदान्त । वेदका अनुसार सत्य अर्थात् ईश्वरलाई कुनै एउटा माध्यमबाट मात्र जान्न सकिँदैन । यसैकारण वेदले थुप्रै मार्ग तथा माध्यमको चर्चा गरेको पाइन्छ ।            
गीतामा के छ ?                                                                       
महाभारतको १८ पर्वमध्ये एक भीष्मपर्वको हिस्सा हो गीता । गीतामा पनि जम्मा १८ अध्याय नै छ । यसमा जम्मा श्लोकसंख्या ७०० छ । श्रीकृष्णले वेद तथा वेदान्तको ज्ञानलाई नयाँ तरिकाले व्यवस्थित गरेका छन् जुन गीता हो । यसकारण वेदको सर्वमान्य अर्थात् सार संस्करण हो गीता । जोसँग वेद तथा उपनिषद्को अध्ययन गर्ने समय छैन उनीहरू गीता पढेर मात्रै पनि हिन्दू धर्मको मूल मर्म बुभ\mन सक्छन् । गीतालाई बारम्बार मनोयोगपूर्वक अध्ययन गर्नाले त्यसको वास्तविक ज्ञान खुल्न थाल्दछ ।
गीतामा भक्ति, ज्ञान तथा कर्म मार्गको चर्चा गरिएको छ । यसमा यम, नियम एवं धर्मकर्मका विषयमा पनि बताइएको छ । गीताले भन्दछ- ब्रह्म -ईश्वर) एउटै मात्र छ । गीता त्यस्तो ग्रन्थ हो जसको प्रत्येक शब्दमाथि फरक फरक ग्रन्थ लेख्न  सकिन्छ ।
गीतामा प्रकृति, सृष्टि, जीव विकास क्रम, हिन्दू सन्देशवाहक क्रम, मानव उत्पत्ति, योग, धर्म, कर्म, ईश्वर, भगवान्, देवी-देवता, उपासना, प्रार्थना, यम, नियम, राजनीति, युद्ध, मोक्ष, अन्तरिक्ष, आकाश, धर्ती, संस्कार, वंश, कुल, नीति, अर्थ, पूर्वजन्म, जीवन व्यवस्थापन, राष्ट्र निर्माण, आत्मा, कर्मसिद्धान्त, त्रिगुणको कल्पना, सम्पूर्ण प्राणीप्रति मैत्रीभाव आदि कुराको जानकारी पाइन्छ ।
गीता योगेश्वर श्रीकृष्णको वाणी हो । यसको प्रत्येक श्लोकमा ज्ञानरूपी प्रकाश छ, जुन प्रस्फुटित भएसँगै अज्ञानरूपी अन्धकार नष्ट हुन्छ । गीताले निर्दिष्ट गरेको मार्ग अनुसरण गर्ने व्यक्ति निश्चय पनि परमपदको अधिकारी हुन्छ ।                                                       
माथि उल्लेखित ग्रन्थहरूको ज्ञान सार                                           
१. ईश्वर                                                                                  
ब्रह्म (परमात्मा, परमेश्वर) एउटै छ जसलाई कसैले सगुण -साकार) त कसैले निर्गुण -निराकार) मान्छन् । जब कि ऊ अजन्मा एवं अप्रकट छ । उसको न कोही पितामाता छन् न त कुनै पुत्र छन् । ऊ कसैको भाग्य वा कर्मलाई नियन्त्रित  गर्दैन । न त कसैलाई दण्ड वा पुरस्कार नै  दिन्छ । उसको न कुनै प्रारम्भ छ न त कुनै अन्त । ऊ अनादि एवं अनन्त छ । उसको उपस्थिति मात्रले नै सम्पूर्ण ब्रह्माण्ड चलायमान छ । जे जति छ सम्पूर्ण उसैबाट उत्पन्न भएर उसैमा लीन हुन्छन् । ब्रह्मलीन ।                                                                               
२. ब्रह्माण्ड                                                                             
यो देखिने संसार फैलँदै गइरहेको छ र अर्कोतर्फबाट यो खुम्चँदै पनि गइरहेको छ । खरबौँ सूर्य, तारा एव. धर्तीको जन्म छ भने साथमा अन्त्य पनि । जो जन्मिन्छ त्यो मर्छ । सम्पूर्ण उही ब्रह्मबाट जन्मन्छन् भने उसैमा लीन पनि हुन्छन् । ब्रह्माण्ड परिवर्तनशील छ । यो ब्रह्माण्डको सञ्चालन उसकै शक्तिका कारण स्वतः भइरहन्छ । जसरी सूर्यको आकर्षण शक्तिका कारण पृथ्वी आप\mनो कक्षमा अडिएर चलायमान छ । त्यसैगरी लाखौँ सूर्य एवं तारा एउटा महासूर्यको आकर्षणका कारण अडिएर सञ्चालित भइरहन्छन् । त्यसरी नै लाखौं महासूर्य पनि एउटा ब्रह्माको शक्तिका कारण ब्रह्माण्डमा विद्यमान छन् ।                                                                                           
३. आत्मा                                                                                
आत्माको स्वरूप ब्रह्म -परमात्मा) कै जस्तो छ । जसरी सूर्य र बत्तीमा फरक छ त्यही फरक आत्मा र परमात्माका बीच रहेको छ । आत्मा शरीरमा रहेकै कारण शरीर सञ्चालन भइरहेको छ । जसरी सम्पूर्ण ब्रह्माण्ड, सूर्य, ग्रह, नक्षत्र आदि परमात्माको उपस्थितिका कारण सञ्चालित भइरहेका छन् ।
आत्मा न जन्मन्छ न त मर्छ । आत्माले एउटा शरीर छाडेर अर्को शरीर धारण गर्छ । आत्मा अजर एवं अमर छ । आत्मालाई प्रकृतिप्रदत्त तीन शरीर प्राप्त हुन्छन्- स्थूल, सूक्ष्म र कारण शरीर । हामीले देख्ने शरीर स्थूल शरीर हो । सूक्ष्म शरीर ध्यानमा पारंगत भइसकेका योगीहरूले मात्र देख्न सक्छन् । कारण शरीरलाई भने देख्न अत्यन्त मुस्किल छ । उक्त शरीरलाई त्यही आत्माले मात्र महसुस गर्न सक्छ जो उक्त शरीरमा रहेको हुन्छ । सम्पूर्ण प्राणी बाहिरी रूपमा वा स्थूल शरीरका कारण, नामभेदका कारण फरक देखा परे पनि आत्माका रूपमा एउटै हुन् । भित्री स्वरूप सबैको एउटै हुन्छ ।                         
४. स्वर्ग तथा नर्क                                                                          
वेदका अनुसार पुराणमा वणिर्त स्वर्ग वा नर्कलाई गतिका नामले बुभ\mन सकिन्छ । सवर्ग र नर्क दुई फरक गति हुन् । आत्माले जब शरीर त्याग गर्छ, मुख्य रूपमा उसको दुई गति हुन्छ – गति र अगति ।  
क) गति                                                                                 
गतिमा जीवलाई कुनै अन्य लोकमा जानुपर्छ वा उ;म आफ्नो कर्मका कारण मोक्ष पनि प्राप्त गर्नसक्छ । गति ४ प्रकारका छन् अर्थात् यसमा ४ वटा लोक पर्छन्ः                                                         
अ) ब्रह्मलोक आ) देवलोक इ) पितृलोक र ई) नर्कलोक
जीव आफूले गरेको कर्मअनुसार यी ४ लोकमध्ये कुनै एकमा पुग्छ ।    
ख) अगति                                                                              
अगतिमा व्यक्तिलाई मोक्ष मिल्दैन अर्थात् उसले फेरि जन्म लिनुपर्ने हुन्छ । अगति पनि ४ प्रकारका छन् : अ) क्षिणोदर्क आ) भूमोदर्क इ) अगति र ई) दुर्गति                                                                    
क्षिणेदर्कमा जीव पुनः पुण्यात्माका रूपमा मत्र्यलोकमा जन्म लिन्छ । उसको जीवन सन्तजस्तो हुन्छ । भूमोदर्कमा उसले सुखी एवं सम्पन्नशाली जीवन प्राप्त गर्दछ । अगतिमा नीच अर्थात् पशु योनिमा जन्मन्छ भने दुर्गतिमा परेको जीव कीरा, फट्याङ्ग्राको जुनीमा  पुग्छ ।
यात्राका तीन मार्ग                                                                     
जब कुनै मानिस मर्छ वा आत्माले शरीर त्यागेर यात्रा प्रारम्भ गर्छ, त्यतिबेला उसलाई तीनवटा बाटो फेला पर्छ । आत्मा कुन मार्गमा अघि बढ्छ  भन्ने कुरा उसको कर्ममाथि निर्भर हुन्छ । यी तीन मार्ग हुन्- अर्चि मार्ग, धूम मार्ग एवं उत्पत्ति-विनाश मार्ग । अर्चि मार्ग भएर ब्रह्मलोक तथा देवलोक पुगिन्छ । धूममार्गको यात्रामा पितृलोक पुगिन्छ भने उत्पत्ति-विनाशको मार्गबाट नर्क पुगिन्छ ।                      
५. धर्म एवं मोक्ष                                                                       
यम एवं नियमको अर्थ बुझेर त्यसलाई पालन गर्नु नै धर्म हो । नियम नै धर्म हो । धर्म, अर्थ, काम एवं मोक्षमध्ये मानिसको अन्तिम लक्ष्य हो – मोक्ष । हिन्दू धर्मले मानिसलाई मोक्ष मार्गमा लाग्न निर्देश गरेको छ । मोक्ष के हो त ? स्थितप्रज्ञ आत्मालाई मोक्ष प्राप्त हुन्छ । आत्मा शरीर होइन भन्ने सत्यलाई अनुभव गरेर अशरीरी भइसकेपछि स्वयंको अस्तित्वबोध हुनुलाई मोक्षमार्गको प्रथम सिँढी मानिन्छ ।                   
६. व्रत तथा पर्व                                                                        
हिन्दू धर्मका सबै व्रत तथा पर्व वा तीर्थ मोक्ष प्राप्तिकै उद्देश्यले निर्माण भएका हुन् । मोक्ष तब मात्र मिल्छ जब कुनै व्यक्तिले स्वस्थ एवं प्रसन्न भएर सुखपूर्ण जीवन  व्यतीत गर्छ । व्रतले शरीर तथा मन स्वस्थ राख्छ । पर्वले मन प्रसन्न पार्छ भने तीर्थले मनमस्तिष्कमा वैराग्य तथा अध्यात्मको जन्म हुन्छ ।
मौसम तथा ग्रहनक्षत्रका गतिलाई ध्यानमा राखेर बनाइएका व्रत तथा पर्वको महत्व पनि बढी नै हुन्छ । चतुर्थी, एकादशी, प्रदोष, औंसी, पूणिर्मा, साउन महिना तथा कात्तिक महिनाको व्रत बस्नु उत्तम मानिन्छ । यी सबै व्रत नसके पूरै साउन महिनाको व्रत गर्दा पनि हुन्छ । पर्वहरूमा माघे संक्रान्ति, महाशिवरात्रि, नवरात्रि, रामनवमी, कृष्णजन्माष्टमी एवं हनुमान जन्मोत्सव मनाउनु उत्तम मानिन्छ । पर्वमा श्राद्ध तथा कुम्भ मेला मनाउनु श्रेष्ठ मानिन्छ ।
व्रत गर्नाले शरीर निरोगी हुन्छ र जीवनमा शान्ति मिल्छ । एक वर्षमा सूर्यको १२ र चन्द्रमाको १२ वटा संक्रान्ति हुन्छ । सूर्य संक्रान्तिमा उत्सव तथा चन्द्र संक्रान्तिमा व्रतको महत्व बढी छ । साउन महिनाको व्रत उत्तम हुन्छ भने हरेक महिनाको एकादशी, चतुर्दशी, चतुर्थी, पूणिर्मा तथा औंसीका साथै अधिकमासका व्रतको फरक महत्व छ । सौरमास तथा चन्द्रमासका बीच बढेका दिनलाई अधिकमास वा मलमास भनिन्छ । यो वर्ष अर्थात् विक्रम संवत २०७५ को जेठ महिनामा मलमास परेको छ । यसैगरी चतुर्मास अर्थात् साउन, भदौ, असोज र कार्तिकको व्रत पनि अत्युत्तम मानिन्छ ।
उत्सव, पर्व तथा चाडबाड सबैको अलग-अलग महतव छ । प्रत्येक ऋतु एक उत्सव हो । स्थानीय परम्परा वा संस्कृतिका कारण सिर्जित चाडपर्व तथा मेलाभन्दा वैदिक धर्मग्रन्थ, धर्मसूत्र, स्मृति एवं आचार संहिता आधारमा निर्मित चाडपर्व तथा मेलालाई उत्तम मानिन्छ । सूर्यका १२ संक्रान्तिमध्ये मकर, मेष, तुला तथा कर्कट संक्रान्ति अर्थात् माघ, वैशाख, कात्तिक तथा साउन महिनाका संक्रान्ति महत्वपूर्ण मानिन्छन् । सूर्यको उपासनाका लागि प्रसिद्ध पर्व हुन्- छठ, संक्रान्ति एवं कुम्भ मेला । सबै पर्वमध्ये माघे संक्रान्ति तथा कुम्भ मेलालाई उत्तम मानिएको छ ।                                                    
७. तीर्थ                                                                                 
तीर्थको यात्रा गर्नु सबैभन्दा ठूलो पुण्यकर्म हो । सनातन धर्मसँग सम्बन्धित तीर्थ यात्राले मात्र पुण्य प्राप्त हुन्छ मनोमानी हिसाबका तीर्थयात्राले हुँदैन । तीर्थहरूमा चार धाम, बार्‍ह ज्योतिर्लिङ्ग, अमरनाथ, शक्तिपीठ एवं सप्तपुरीको यात्रा शुभ मानिन्छ । अयोध्या, मथुरा, काशी र प्रयागलाई तीर्थहरूको प्रमुख केन्द्र मानिन्छ जब कि हिमालय क्षेत्र एवं कैलाश मानसरोवरलाई सर्वोच्च तीर्थ मानिएको छ । बद्रीनाथ, द्वारका, रामेश्वरम एवं जगन्नाथ पुरी चार धाम हुन् । सोमनाथ, द्वारका, महाकालेश्वर, श्रीशैल, भीमाशंकर, ॐकारेश्वर, केदारनाथ, विश्वनाथ, त्र्यम्बकेश्वर, रामेश्वरम, घृष्णेश्वर एवं बैजनाथ द्वादश ज्योतिर्लिङ्ग हुन् । काशी, मथुरा, अयोध्या, द्वारका, माया, कांची एवं अवन्ति सप्तपुरी हुन् । यी तीर्थको यात्रा गर्नुलाई धर्मसम्मत मानिएको छ ।                                                                         
८. संस्कार                                                                              
संस्कारहरू सोर्‍हवटा छन् जसको पालना गर्नु प्रत्येक हिन्दूको कर्तव्य हो । यी संस्कार हुन्- गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, निष्क्रमण, अन्नप्राशन, चूडा, कर्णवेध, विद्यारम्भ, उपनयन, वेदारम्भ, केशान्त, समावर्तन, विवाह एवं अन्त्येष्टि । प्रत्येक हिन्दूले यी संस्कारको यथोक्त नियमपूर्वक पालना गर्नुपर्छ । यी संस्कारहरूलाई वैदिक नियमद्वारा सम्पन्न गर्नु नै हिन्दूको पहिचान हो ।                      
९. पाठ                                                                                   
वेद, उपनिषद् वा गीता पाठ गर्नु नसके सुन्नु प्रत्येक हिन्दूको कर्तव्य हो । उपनिषद् एवं गीताको स्वाध्ययन गरेर त्यसका विषयमा जिज्ञासुसमक्ष चर्चा गर्नु पुण्यकार्य मानिन्छ तर कुनै बहसकर्ता वा भ्रमित व्यक्तिका अगाडि वेद वचन सुनाउनु निषेध छ । प्रत्येक दिन धर्मग्रन्थको पाठ गर्नाले दैवीशक्तिको कृपा प्राप्त हुन्छ । हिजोआज विभिन्न पुराण तथा त्यसैका कथाको चलन सुरु गरिएको भए पनि वेद तथा गीता पाठ गर्नुजस्तो पुण्यकार्य अरू कुनै छैन ।                          
१०. धर्म, कर्म एवं सेवा                                                                     
धर्म, कर्म एवं सेवा गर्नुको उद्देश्य हो- मनमस्तिष्कको शान्ति तथा मोक्षप्राप्ति । यसबाट समाज तथा राज्यको हितसमेत हुन्छ । धर्म, कर्म एवं सेवा यस्ता कार्य हुन् जसबाट परिवार, समाज, राज्य एवं स्वयंलाई लाभ मिल्छ । धर्मकर्मलाई व्रत, सेवा, दान, यज्ञ, प्रायश्चित्त आदि विभिन्न तरिकाले साधना गर्न सकिन्छ ।
आमाबाबु, छोरी तथा दिदीबहिनी, दाजुभाइ आदिलाई कुनै पनि प्रकारले सहयोग गर्नु सेवा हो । यसका साथै गुरु, अपाङ्ग, विद्यार्थी, सन्यासी, चिकित्सक एवं धर्मको रक्षा गर्ने कार्यमा लागेका व्यक्तिको सेवा गर्नुलाई पुण्यको काम मानिएको छ । यसबाहेक सबै प्राणी, पशुपक्षी आदिलाई अन्नजल दिनु, उनीहरूको जीवन रक्षाको प्रयास गर्नुलाई पनि यज्ञ अर्थात् पुण्यकर्म मानिएको छ ।                            
११. दान                                                                                
दान गर्नाले इन्दि्रयहरूको भोगप्रतिको आशक्ति छुट्छ । मनका गाँठो फुक्छन् र मर्न सजिलो हुन्छ । परमात्माको सेवा गर्ने सबैभन्दा उत्तम उपाय दान नै हो । वेदमा तीन प्रकारका दाताको उल्लेख पाइन्छ- उत्तम, मध्यम एवं निकृष्ट । धर्मको उन्नतिस्वरूप सत्यविद्याका लागि दिइने दान उत्तम दान हो । कीर्ति वा स्वार्थप्रेरित भएर दिइने दान मध्यम हो भने वेश्यागमनका लागि, अनावश्यक एवं अयोग्य प्रशंसा गर्ने व्यक्तिलाई दिइने दान तथा पण्डालाई दिइने दान निकृष्ट मानिएको छ । पुराणमा अन्नदान, वस्त्रदान, विद्यादान, अभयदान एवं धनदानलाई श्रेष्ठ मानिएको छ जुन पुण्यकर्म पनि  हो ।                      
१२. यज्ञ                                                                                 
यज्ञ पाँच प्रकारका छन्- ब्रह्मयज्ञ, देवयज्ञ, पितृयज्ञ, भूतयज्ञ एवं अतिथि यज्ञ । यी यज्ञ गर्नाले ऋषि ऋण, देवऋण, पितृऋण, धर्मऋण, प्रकृति ऋण एवं मातृऋण समाप्त हुन्छ । नित्य सन्ध्यावन्दन, स्वाध्याय तथा वेदपाठ गर्नु ब्रह्मयज्ञ हो । सत्संग तथा अग्निहोत्र गर्नाले देवयज्ञ सम्पन्न हुन्छ । श्राद्धकर्म पनि पितृयज्ञ हो । पिण्डदान, तर्पण एवं सन्तानोत्पत्ति गर्नाले यो यज्ञ सम्पन्न हुन्छ । सम्पूर्ण प्राणी तथा वनस्पतिप्रति करुणा एवं कर्तव्य बुझेर उनीहरू अन्न एवं जलदान दिनु भूतयज्ञ हो । यसलाई वैश्वदेव यज्ञ पनि भनिन्छ । पाहुनाको सेवा गर्नु अतिथि यज्ञ हो ।  साथै गुरु, अपाङ्ग, विद्यार्थी, सन्यासी, चिकित्सक एवं धर्मको रक्षा गर्ने कार्यमा लागेका व्यक्तिको सेवा गर्नु पनि अतिथि यज्ञ हो । यीबाहेक यजुर्वेदमा अग्निहोत्र, अश्वमेध, वाजपेय, सोमयज्ञ, राजसूय एवं अग्निचयनको वर्णन पाइन्छ ।                                     
१३. मन्दिर दर्शन                                                                      
प्रत्येक विहिवार मन्दिर जानुपर्छ । मन्दिर घरमा बनाउनु हुँदैन । मन्दिर गएर परिक्रमा गर्नुपर्छ । मन्दिर, तीर्थ एवं यज्ञको परिक्रमा गर्ने प्रचलन प्राचीन कालदेखि नै चलिरहेको पाइन्छ । प्रदक्षिणा गर्नु षोडशोपचार पूजाको एक अंग पनि हो । मन्दिरमा ७ पटक परिवर्तन गर्नु पर्छ भन्ने भनाइ छ । मन्दिर जानुअघि शुद्ध हुनु आवश्यक छ ।                        
१४. सन्ध्यावन्दन                                                                     
सन्धयावन्दनलाई सन्ध्योपासना पनि भनिन्छ । मन्दिर तथा नदीमा गएर सन्धिकालमा सन्ध्यावन्दन गरिन्छ । एक दिनमा आठ सन्धि मानिएको छ । त्यसमा पनि पाँचवटा महत्वपूर्ण मानिन्छ । पाँचमध्ये पनि सूर्योदय एवं सूर्यास्त समयको सन्धि महत्वपूर्ण मानिन्छ । यो बेलामा मन्दिर एवं एकान्तमा शौच, आचमन, प्राणायाम आदि गरेपश्चात गायत्री मन्त्रद्वारा निराकार ईश्वरको प्रार्थना गरिन्छ । सन्ध्यावन्दनका चार प्रकार छन्- प्रार्थना, ध्यान, कीर्तन एवं पूजा आरती । यी चारमध्ये जसलाई जेमाथि श्रद्धा छ उसले त्यसैअनुसार गर्नसक्छ ।                                                                             
१५. धर्मको सेवा                                                                      
धर्मको प्रशंसा गर्नु र धर्मको बारेमा सही जानकारी फैलाउनु प्रत्येक हिन्दूको कर्तव्य हो । धर्मप्रचारका क्रममा वेद, उपनिषद एवं गीताको प्रचार गर्नु उत्तम मानिन्छ । धर्म प्रचार गर्नुअघि हिन्दू धर्मका विषयमा पढ्नु र बुझनु आवश्यक हुन्छ । प्रत्येक हिन्दूले धर्म प्रचारकका रूपमा धर्मको वास्तविक ज्ञान बाँड्नु जरुरी हुन्छ । यसका लागि गेरु बस्त्र धारण गर्न वा सन्यास ग्रहण गर्नैपर्छ भन्ने पनि छैन । धर्मको प्रशंसा गर्नु र खराब वा नीच कुराहरूलाई नसुन्नु नै धर्मको साँचो सेवा हो ।      
१६. मन्त्र                                                                                            
वेदमा धेरैथरी मन्त्रहरूको उल्लेख पाइन्छ तर जप गर्नका लागि केवल प्रणव -ॐ) एवं गायत्री मन्त्र बताइएको छ । बाँकी मन्त्र कुनै विशेष अनुष्ठान एवं धार्मिक कार्यका लागि हुन् । वेदमा गायत्री नामको छन्द छ जसमा हजारौं मन्त्र छन् तर प्रथम मन्त्रलाई मात्र गायत्री मन्त्र मानिन्छ । उक्त मन्त्र बाहेक कुनै अन्य मन्त्रको जप गर्नु समय एवं ऊर्जाको बर्बादी मात्र हो । गायत्री मन्त्रको महिमा सर्वविदित नै छ । अर्को मन्त्र हो-महामृत्युञ्जय मन्त्र । तर उक्त मन्त्रको जप तथा नियम कठिन भएकाले कुनै जानकारसँग सोधेर मात्र जप गर्नुपर्ने हुन्छ ।       
१७. प्रायश्चित्त                                                                         
प्राचीन कालदेखि नै हिन्दूहरूले मन्दिरमा गएर आफूबाट भएगरेका पापको प्रायश्चित्त गर्ने चलन थियो । प्रायश्चित्तका विषयमा स्मृति एवं पुराणहरूमा विस्तारपूर्वक बताइएको छ । गुरु शिष्य परम्परामा गुरुले शिष्यलाई प्रायश्चित्तका थुप्रै तरिका बताएका छन् । दुष्कर्मका लागि प्रायश्चित्त गर्नु तपस्याकै दोस्रो रूप हो । मूलतः हिन्दू धर्ममा आफूले गरेको पापको क्षमा भगवान् शिव एवं वरुणदेवसँग मानिन्छ किनभने क्षमा दिने अधिकार उनीहरूलाई मात्र छ ।                                      
१८. दीक्षा                                                                              
दीक्षाको प्रचलन वैदिक ऋषिहरूले सुरु गरेका थिए । प्राचीन कालमा पहिले शिष्य एवं ब्राह्मण बनाउनका लागि दीक्षा दिइन्थ्यो । आमाबाबुले बालकलाई शिक्षाका लागि गुरुकहाँ पठाएपछि गुरुले उसलाई दीक्षा दिन्थे । हिन्दू धर्मका अनुसार दिशाहीन जीवनलाई दिशा दिनु नै दीक्षा हो । दीक्षा एक प्रकारको प्रतिज्ञा, अनुबन्ध एवं संकल्प हो । दीक्षा प्राप्त गरिसकेपछि मानिस द्विज बन्दछ । द्विजको अर्थ हो दोस्रो जन्म । दोस्रो व्यक्तित्व ।
यसैलाई पछि अन्य विभिन्न धर्मसम्प्रदायले पनि अँगाले र पछि पछि त दीक्षालाई धर्म परिवर्तनका लागि समेत प्रयोग गराउन थालियो । यो क्रम अहिलेसम्म चलिरहेको पाइन्छ ।                                             
स्रोत साभार : अनलाईन मिडिया                                                  copied & Edited : वसन्तराज अधिकारी 

Comments