४०४. राजनीतिक दल भर्सेस स्वतन्त्र व्यक्ति अर्थात् निर्दल : संक्षिप्त टिप्पणी

राजनीतिक दल भर्सेस स्वतन्त्र व्यक्ति अर्थात्  निर्दल : संक्षिप्त टिप्पणी                    

Me वसन्तराज अधिकारी
                          पुर्व क्षेत्रीय निर्वाचन अधिकारी 
                             उपसचिव, नेपाल सरकार 


राजनीतिक दल भनेको सिद्धान्त वा विचारधाराको आधारमा दुई वा सो भन्दा बढी व्यक्ति वा समुहहरुको संगठित स्वरुप हो । राजनीतिक दर्शन,  विचार, सिद्धान्त वा वादको आधारमा दलहरु संगठित हुन्छन् । कुनै पनि राज्यको संविधान वा कानुन बमोजिम दर्ता भै संगठित राजनीतिक दल मुलतः पुजीवादी, समाजवादी वा मिश्रित विचारधारा बमोजिमको सामुहिक एक्यवद्धता रहेको हुन्छ । दल मातहतका कार्यालयहरू र इकाई र भातृसंगठन सञ्जालीकृत रूपमा संगठित भै परिचालन गरिएका हुन्छन् । मुलतः दलको उद्देश्य जनता वा नागरिक सेवा र लक्ष्य आफ्नो बैचारिक धरातलमा निर्धारण गरिएको हुन्छ । नेपालको सन्दर्भमा नेपालको संविधान २०७२ बमोजिम संवैधानिक निकाय निर्वाचन आयोगमा निर्वाचन प्रयोजनार्थ दल दर्ता गरिनुपर्ने र सोही बमोजिम नियमन हुने प्रावधान रहेको छ ।

"निर्दल" भन्नाले स्वतन्त्र आधिकारिक  व्यक्ति भन्ने बुझिन्छ । निर्दल कुनै दल नभएको दलविहीनता भन्ने हुन्छ । नेपालमा राजतन्त्र बहाल रहेको अवस्थामा राजाको संरक्षकत्वमा दलविहीन पञ्चायत व्यवस्था रहेको थियो । यश व्यवस्थामा दलहरूमा प्रतिबन्ध लगाईएको थियो भने जनआन्दोलन र सशस्त्र संर्घष गरि दलविहीन पञ्चायत व्यवस्था प्रतिस्थापन गरि बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बहाल रहेको छ ।

दलका बिशेष गुणहरु बिद्यमान छन् । दल सामान्यतया बैचारिक एकता, सामुहिक निर्णय प्रक्रिया, विभिन्न वर्ग र समुहको प्रतिनिधित्व जस्तो महिला, आदिवासी जनजाति, दलित बर्ग समेतको समावेशी प्रतिनिधित्व रहि समानुपातिक प्रतिनिधित्वको सिद्धान्तको आधारमा दलका क्रियाकलापहरु सञ्चालन गरिन्छन् । खासमा दलहरु आफैमा सच्चिन सक्ने गुणवत्ता र  नियन्त्रण सन्तुलनको व्यवस्था राम्रो मानिन्छ ।

निर्दल हिरोवादी वा चमत्कारिक नेतृत्वको रुपमा उदियमान हुन्छ । स्वतस्फूर्त जनाधार हुन्छ भने दल बिशेषका कमी कमजोरीहरुवाट निर्दल वा स्वतन्त्र व्यक्तिको अभ्युदय हुन्छ । एउटा रोचक बिषय दल विहिन निर्दल व्यक्ति विशेषको ऎतिहासिक पृष्ठभूमि र बैधता रहन सक्दैन । दलविहीनता जति शिघ्र उदय हुन्छ त्यति नै छिटो अस्त हुन सक्छ किनकि यिनको बैचारिक र स्थायी जनाधार हुन सक्दैन । अघि पछि प्रायः लुप्त निर्दलहरु चुनावी माहौल वा कार्यकारी  उच्च पदको चुनावी  प्रतिस्पर्धामा साउनमा च्याउ उम्रे झै यिनीहरू छ्यापछ्याप्ती सबैतिर भेटिन्छन् ।

अन्त्यमा नेपालमा अहिले निर्वाचनको प्रतिस्पर्धात्मक  वातावरण छ । आगामी दिनहरूमा  स्थानीय तहदेखि प्रदेश, प्रतिनिधि सभा, राष्ट्रिय सभा समेतको निर्वाचन सम्पन्न हुनेछन् । यश अवसरको फाईदाका लागि अहिले धेरै स्वतन्त्र व्यक्ति वा दलविहीनताहरुको सक्रियता स्वाभाविक रुपमा रहन्छ । नेपालमा बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना पश्चात् सबभन्दा बढी हालका दिनहरूमा दलहरू प्रतिको बितृष्णा वा नकारात्मकता बढी देखिन्छ खासमा यसका प्रमुख कारणहरुमा दलहरू बैचारिक धारमा नरही दलगत गुटबन्दी स्वार्थ, सत्ता वा पदलोलुपता, कामै नगरी भत्ता पचाउने, घुमाउरो तरिकाले भ्रष्टाचारमा लिप्त हुने, अकर्मण्यता, अपवित्र साँठगाठ, जनताका दु:ख, पीडा र माग सम्बोधन गर्न नसक्नु, राजनीतिकाई समाजसेवा वाट बिचलन गराई कमाई खाने जागीरे प्रवृत्ति बनाउनु प्रमुख छन् ।

अर्कोतर्फ वाट विश्लेषण गर्दा दलविहीनता वा निर्दल कदापि दलहरू भन्दा श्रेष्ठ हुन सक्दैन । दलहरू शुद्धीकरण हुनुपर्ने अवस्था एकातिर बिद्यमान छ भने दलविहीनता वा स्वतन्त्र व्यक्तिहरु नयाँ दल बनाई संगठित हुनु श्रेयष्कर हुनेछ । दलभित्रका शिर्षस्थ नेतृत्वको अविवेकपुर्ण निर्णय, चरम लापरबाही, पदलोलुपता, उत्तराधिकारीको अव्यवस्था, समावेशी प्रतिनिधित्वको अपव्याख्या जस्ता कलंकहरुलाई हटाउन सके दलहरूको गुम्दै गरेको साख हिन्दी कहावत "डुबतेको तिनकेका सहारा" जस्तैः हुनेछ । अन्यथा भिरवाट लडने गोरुलाई राम राम भन्नू सिवाय अरु बिकल्प रहन सक्ने पनि देखिदैन । 
🙏 धन्यवाद

✍️ अधिवक्ता  वसन्तराज अधिकारी
पुर्व क्षेत्रीय निर्वाचन अधिकारी
(उपसचिव, नेपाल सरकार)
हाल : घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ ।
मिति : रविवार १ जेठ २०७९ शुभम्

Comments