३८०. समुहगत कार्य

                 

📒 वसन्तराज अधिकारी 

   साझा उद्देश्य प्राप्ति गर्नका लागि कार्यालय भित्रका दुई वा सो भन्दा बढी कर्मचारीहरू एक आपसमा आबद्ध भएर गर्ने कार्यलाई समूहगत कार्य भनिन्छ ।कार्यालयमा कर्मचारीले आफ्नो कार्य जिम्मेवारी अनुरूप समूहमा बसेर साझा उद्देश्य हासिल गर्न एक–अर्काप्रति अन्तर सम्बन्धित भएर आपसी छलफल एवं समन्वयबाट कार्यसम्पादन गर्दछन् । कुनै निश्चित कार्यका लागि कार्यप्रकृतिअनुरुप सङ्गठनभित्रका निश्चित कर्मचारीहरूको समूह बनाउँदै समूहका सदस्यहरूबिच आपसी विश्वास, सद्भाव र सहयोग कायम राख्दै आपसी छलफलबाट साझा धारणा बनाउँदै कार्यसम्पादन गरिन्छ । यसरी समूहगत कार्यबाट समूहका कर्मचारीहरूमा उत्प्रेरणा बढेर कार्यालयको उत्पादन र उत्पादकत्व बढ्दछ ।      कार्यालयबाट तोकिएको जिम्मेवारी प्रभावकारी ढङ्गले पुरा गर्न समूहमा बसेर गरिने समूहगत कार्यले कार्यालयको लक्ष हासिल गर्न महत्त्वपूर्ण योगदान पुग्दछ । यद्यपि समूहगत कार्यमा सिर्जना हुनसक्ने समस्याहरूले तोकिएको कार्य प्रभाकारी हुन नसकी एकल प्रयासबाट हुन सक्ने जति पनि कार्य नभई समूह नै विघटन गर्नुपर्ने परिस्थितिको सिर्जना हुने भएकोले त्यस्ता समस्याहरूप्रति चनाखो रहँदै माथि उल्लेख गरिएका उपायहरू अवलम्बन गर्दै समूहको कार्य प्रभावकारिता अभिवृद्धि गर्नु आजको आवश्यकता हो ।

Comments