५.१ सार्वजनिक ऋणको अवधारणा 📒 वसन्तराज अधिकारी
५.१.१ शास्त्रीय अवधारणा :
शास्त्रीय अर्थशास्त्रीहरूले सरकारले आम्दानी अनुसार खर्चको बजेट बनाउनु पर्छ भनि सन्तुलन बजेट प्रणालीलाई जोड दिने गरेका थिए । त्यसैले सरकारले ऋण लिएर खर्च गर्नु हुँदैन किनभने सार्वजनिक ऋणले जनतालाई थप करको भार पर्न जान्छ र अघिल्लो पुस्ताको सेवा सुविधामा भएको खर्चको साँवा व्याज पछिल्लो पुस्ताको थाप्लोमा पर्ने भएकोले सके सम्म राज्य सञ्चालनमा सार्वजनिक ऋण लिनु हुँदैन । यदि लिनै पर्ने बाध्यता भएमा उत्पादकत्व वृद्धि हुने विकास कार्यमा मात्र खर्च गर्ने गरी सार्वजनिक ऋण लिनु पर्छ ।
५.१.२ किन्सियन (Kenysian) अवधारणा :
आर्थिक, सामाजिक विकास पूर्वाधारको स्थापना र बेरोजगारीको अन्त्य गर्न आम्दानी भन्दा खर्च बढी भएको घाटा बजेट सञ्चालन गर्नु पर्छ भनि किन्सले सार्वजनिक ऋणको अवधारणा अघि सारेका थिए ।
५.१.३ आधुनिक अवधारणा (Modern Concept)
दोस्रो विश्वयुद्धले तहसनहस पारेको विश्व अर्थतन्त्रमा कतिपय विकसीत देशहरू समेत विकास खर्च धान्न नसक्ने अवस्थामा पुगे । जसको फलस्वरूप विश्व अर्थतन्त्र डाँवाडोलको अवस्थामा रहेकोले त्यसको सुधार गर्न गर्न एवं युद्धवाट ध्वस्त संरचनाको पुनर्निमाण गर्न सरकारले आन्तरिक र बाह्य सार्वजनिक ऋण लिनु पर्छ भन्ने अवधारणाको सूत्रपात भयो । सार्वजनिक ऋणको अवधारणा अनुसार आन्तरिक ऋण घाटा बजेट पूर्ति गर्न र बजारको नियमन गर्ने उद्देश्यले लिईन्छ भने बाह्य ऋण पूँजी निर्माण र विदेशी मुद्राको आवश्यकता पूर्तिका लागि लिईन्छ ।
५.२ सार्वजनिक ऋणका विशेषताहरू
सरकारीस्तरवाट ग्रहण गर्ने ऋणहरू व्यक्ति वा संस्थाको भन्दा फरक प्रकृतिको हुनाले यसका निम्न विशेषताहरू हुन्छन् :
© यो सरकारको जमानतमा लिईएको ऋण हो ।
© यो बजेट घाटा पूर्ति गर्न लिईन्छ ।
© यस्तो ऋण सार्वजनिक निर्माण, सार्वजनिक सेवा तथा सुरक्षा र अर्थतन्त्रको विकासको काममा प्रयोग गरिन्छ ।
© साधारणतया यो लामो अवधिकोलागि हुन्छ ।
© यो एक प्रकारको सरकारी आम्दानी हो ।
© यो राज्यको दायित्वमा पर्ने ऋण हो ।
५.३ सार्वजनिक ऋणका स्रोतहरू
सरकारले देहाएका स्रोतवाट सार्वजनिक ऋण प्राप्त गर्दछ :
(क) बाह्य स्रोत :
® द्विपक्षीय,
® बहुपक्षीय ।
(ख) आन्तरिक स्रोत :
® बैङ्किङ क्षेत्र,
® गैर बैङ्किङ क्षेत्र ।
५.४ सार्वजनिक ऋणका उद्देश्यहरू
® राष्ट्रिय उत्पादन र आम्दानीका वृद्धि गर्नु
® उच्च आर्थिक वृद्धि दर हाँसिल गर्नु
® रोजगारी अभिवृद्धि गर्नु
® आर्थिक मन्दिको सामना गर्नु
® बजेट घाटा पूर्ति गर्नु
® सामाजिक सेवाहरूको विस्तार गर्नु
® विकास आयोजनाहरूको सञ्चालन गर्नु ।
५.५ नेपालको सन्दर्भमा सार्वजनिक ऋणका कमजोर पक्षहरू
© नेपाल र नेपालीको आवश्यकता पहिचान नगरी ऋण लिनु
© दाताको शर्तमा ऋण स्वीकार गर्नु
© विदेशी विनिमय दरको नेपाली मुद्रामा ऋणको सम्झौता नगर्नु
© जुन समयमा ऋण लिएको हो सोही दिनको विनिमय दरमा ऋण भूक्तानी गर्ने शर्त नराख्नु
© समयमा निर्णय लिन नसक्नु
© परामर्शदाता र विज्ञहरू पनि दाताहरूले गरि सम्झौंता गर्नु
© दाताले बढी फाईदा लिने गरी ऋण स्वीकार गर्नु ।
५.६ सार्वजनिक ऋणको भार
अत्यधिक सार्वजनिक ऋण प्राप्तीले अर्थतन्त्रमा नकारात्मक असर पर्नुका साथै देहाएका असरहरू उत्पन्न हुन सक्छन् :
© ऋणको चंगुलमा फस्ने (Trapped in the clutches)
© अनुत्पादक क्षेत्रमा लगानी (Investment in unproductive sectors)
© आश्रित प्रवृत्ति बढने
© मौद्रिक असन्तुलन र
© व्यापार घाटामा वृद्धि ।
Comments
Post a Comment