📒 वसन्तराज अधिकारी |
हाल बढ्दै गएको सामाजिक तथा मानवीय जटिलता, पर्यावरणीय असन्तुलन र सामाजिक, आर्थिक तथा वातावरणीय पक्षलाई ध्यानमा राखी विश्वका १९३ राष्ट्रहरुले सेप्टेम्बर २५, २०१५ का दिन देखि २०३० सम्म मा पुरा गर्नका लागि विभिन्न १७ वटा लक्ष्यहरुलाई आत्मसात गरेका छन् जसलाई दीगो विकासका लक्ष्य (दी.वि.ल.) भनिएको छ । २०३० एजेन्डा आत्मसाथ गरिरहदा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले “कोहि पनि पछाडि छोडिने छैन्” भन्ने कुराको सुनिश्चतताका साथ (दी.वि.ल.) प्राप्तिमा अघि बढ्ने प्रतिज्ञा समेत लिएका छन् ।
सन २०१५ मा संयुक्त राष्ट्र संघको साधारण सभाबाट अनुमोदन गरिएका १७ वटा महत्वाकाँक्षी दी.वि.ल. १५ वर्षमा पुरा गर्न विश्वव्यापी रुपमा १६९ वटा परिमाणात्मक लक्ष्य निर्धारण गरी यसको प्रगति मुल्याँकन गर्न २३२ सूचकहरु पनि तयार गरिएका छन् । यसै गरी नेपालमा ति १७ वटा लक्ष्य पुर्तिका निम्ति ४७९ वटा सूचकहरु निर्धारित गरिएका छन् । यसरी निर्धारण गरिएका १७ वटा लक्ष्यहरु एक–आपसमा अन्तररसम्बन्धित छन् ।
६. सफा पानी तथा सरसफाइ
सबैका लागि सफा पानी तथा सरसफाइमा पहँचु सुनिश्चित गर्ने
सबैका लागि सुरक्षित तथा खर्चले धान्न सक्ने मूल्यमा पिउने पानीमा सर्वसुलभ तथा समतामूलक पहुँच हासिल गर्ने
सबैका लागि पर्याप्त तथा समतामूलक सरसफाइ र स्वच्छतामा पहुँच हासिल गर्ने र खुला ठाउँमा दिसा गर्ने चलनको अन्त्य गर्ने
पानी तथा सरसफाइ व्यवस्थापनको सुधारका लागि स्थानीय समुदायहरूको सहभागितालाई साथ दिई त्यसलाई अझ सबल बनाउन
११. दिगो सहर र समुदायहरू
सहरहरूलाई समावेशी, सुरक्षित, सबल र दिगो बनाउने
पर्याप्त, सुरक्षित तथा खर्चले धान्न सक्ने आवास र आधारभूत सेवाहरूमा सबैको पहुँच सुनिश्चित गर्ने र झुपडवस्तीहरूको स्तरोन्नति गर्ने
सडक सुरक्षामा सुधार गर्दै सुरक्षित, धान्न सकिने, सहज र दिगो यातायात व्यवस्थामा पहुँच उपलब्ध गराउने
विपद्का कारण हुने मृत्यु, प्रभावित व्यक्तिहरूको सङ्ख्या र आर्थिक क्षतिलाई उल्लेख्यरूपमा कम गर्ने
१२. जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन
दिगो उपभोग तथा उत्पादनको ढाँचा सुनिश्चित गर्नेे
प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन तथा चुस्त प्रयोग हासिल गर्ने
स्रोतमै फोहोरको कम उत्पादन, न्यूनीकरण, पुनर्उत्पादन (रिसाइकल) र पुनःप्रयोग मार्फत् फोहोर उत्पादनमा उल्लेख्यमात्रामा कमी ल्याउने
दिगो विकास र जीवनशैलीबारे सबै ठाउँका मानिसहरूमा आवश्यक जानकारी र सचेतना होस् भन्ने सुनिश्चित गर्ने
१३. जलवायु सम्बन्धी कारबाही
जलवायु परिवर्तन तथा यसका प्रभावहरूविरुद्ध लड्न तत्काल कारबाही थाल्ने
सबै मुलुकमा प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमहरूको सामना गर्नसक्ने र अनुकूलन क्षमता वृद्धि गर्ने
जलवायु परिवर्तनसम्बन्धी उपायहरूलाई राष्ट्रिय नीति, रणनीति र योजनाहरूमा समायोजन गर्ने
जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन, प्रभाव न्यूनीकरण तथा पूर्व चेतावनी दिने सम्बन्धमा शिक्षा, जनचेतना अभिवृद्धि र संस्थागत क्षमतामा सुधार गर्ने
१४. जलमुनिको जीवन
समुद्र, महासागर र समुद्री स्रोतहरूको संरक्षण तथा दिगो प्रयोग
१५. जमिनमाथिको जीवन
वनको दिगो व्यवस्थापन गर्ने, मरुभूमीकरणविरुद्ध लड्ने, भूक्षयीकरण रोकेर त्यस्तो प्रक्रियालाई उल्ट्याउने तथा जैविक विविधताको क्षतिलाई रोक्ने
सन् २०२० सम्ममा, मरुभूमीकरणविरुद्ध लड्ने र खडेरी तथा बाढीप्रभावित भूमिलगायत अन्य भूमि तथा माटोमा आएको ह्रासलाई सुधार गरी पहिलेकै अवस्था पु¥याउने
दिगो विकासका लागि अत्यावश्यक लाभहरू उपलब्ध गराउने हिमाली पारिस्थितिकीय प्रणाली (इकोसिस्टम)को क्षमता अभिवृद्धि गर्न जैविक विविधतासहित तिनको संरक्षण सुनिश्चित गर्ने
संरक्षित जीवजन्तु तथा वनस्पतिको चोरीसिकार तथा अवैध ओसारपसार अन्त्य गर्न तत्काल कारबाही थाल्न
Comments
Post a Comment