३७८. सदाचार र नैतिकता, आदर सम्मान, अधिकार र उत्तरदायित्व सम्बन्धि अवधारणा :

सदाचार र नैतिकता, आदर सम्मान, अधिकार र उत्तरदायित्व सम्बन्धि अवधारणा :      

📒 वसन्तराज अधिकारी 

सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो । सदाचार(इथिक्स) भन्नाले त्यस्ता नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्दछ ।
नैतिकता वा आचरण (मोरल) भनेको ठिक वा बेठिक, असल वा खराब चालचलन बताउने सिद्धान्त वा व्यवहार हो ।

यस प्रकार सदाचार(इथिक्स) र आचरण(मोरल) मा केही भिन्नता हुने भए तापनि व्यवहारमा यिनीहरूलाई प्रायः एक अर्काको सट्टामा समेत प्रयोग गर्ने गरेको पाइन्छ । यहाँ पनि त्यस्तै रूपमा राखिएको देखिएकोले सदाचार, आचरण वा नैतिकतालाई एकैरुपमा चर्चा गरिएको छ ।

कुनै पनि व्यक्तिले आफ्नो दैनिक गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्दा अवलम्बन गर्ने मूल्य, मान्यता, नैतिकताको समष्टि नै आचरण हो । यसले के ठिक हो र के बेठिक हो ? के गरिनुपर्दछ र के गर्नु हुँदैन भन्ने कुरालाई निर्देशन गर्दछ ।

प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ ।

प्रशासकीय आचरण निम्न अनुसार ३ स्रोतबाट प्रवाह हुन्छ: 

१) व्यवसाय आफै
२) नियम, कानुन
३) व्यक्तिका विश्वास, मूल्य

सदाचार र नैतिकताको महत्त्व :

कर्मचारीमा आत्म नियन्त्रण र स्व उत्प्रेरणा वृद्धि गर्दछ ।

सार्वजनिक सेवालाई राजनीतिबाट तटस्थ, निष्पक्ष बनाउँछ ।

सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती, लापरबाही, भ्रष्टाचार र अधिकारको दुरुपयोगलाई निरुत्साहित गर्दछ ।

सेवाग्राहीको सरकार तथा सार्वजनिक सेवा प्रतिको विश्वास अभिवृद्धि गर्दछ ।

सरकारी काम, कारबाहीलाई छिटो, छरितो गराउन सघाउँछ ।

महत्त्वपूर्ण सरकारी अभिलेखको गोपनीयता कायम गर्ने तथा संरक्षण गराउँछ ।

सरकारी सेवा सुविधा र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँछ ।

सुशासन कायम गर्न सघाउँछ ।

नेपालको सार्वजनिक प्रशासनमा सदाचार र नैतिकताको सम्बन्धमा भएको व्यवस्था :
नेपालको संविधानले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार मुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने नीति अवलम्बन गर्ने नीति अवलम्बन गरिने कुरा उल्लेख गरिएको छ ।

नैतिकता मानवीय मूल्यहरुको त्यस्तो व्यवस्था हो जसले हाम्रो व्यवहार सुधार्छ र जीवनमा खुशी ल्याउँछ। नैतिकताका कारण हामी इमान्दारीको जीवन जीउँछौं। यसबाट हाम्रो अरुसँगको सम्बन्धमा विश्वास र मित्रताको वातावरण बन्छ। नैतिकता खुशीको साँचो हो ।

आदर सम्मान

सम्मान के हो - परिभाषा

अधिकार, योग्यता, हेर्नको क्षमता र सीमाहरू, अर्को व्यक्तिको व्यक्तिगत विशेषताहरु लाई सम्बोधन गर्ने क्षमता - यसको अर्थ भनेको के हो। आदरको योग्यता समाजलाई असर गर्छ र सधैं प्रोत्साहन गरिन्छ, एक सकारात्मक प्रतिष्ठा सिर्जना गर्दै। आफैलाई र अरूको परिवारलाई सम्मान गर्नुपर्दछ, त्यसोभए प्रारम्भिक उमेरबाट यो भावना पोषण गर्न महत्त्वपूर्ण छ, यो व्यक्तिगतको सामरिक विकासमा निर्भर गर्दछ।

सम्मान कसरी देखाइएको छ?

आदर गर्ने कसरी जीत राख्नेहरूको लागि सामान्य प्रश्न हो जुन तिनीहरूका क्यारियरहरू, व्यवसाय वा पारिवारिक सम्बन्धहरू शुरु गर्दै छन्। आदरको अभिव्यक्ति बहुमूल्य छ, र दुवै सूक्ष्म रोजगारी कार्य, कार्यहरू र महान महत्वका साथ समावेश छन्। सम्मान र अरूलाई आदर गर्न आनन्दको अभिन्न भाग हो र अर्कोको गुणको मान्यता हो। तपाइँ मानिसहरूबाट कसरी आदर देखाउनुहुन्छ?

कृतज्ञताको अभिव्यक्ति एक शक्तिशाली बल हो, र धेरै समय लागेन एक सरल कार्य हो;

प्रशंसा र प्रशंसा अभिव्यक्ति;

अर्को स्थानमा आफैलाई राख्ने क्षमता;

यी प्रतिज्ञाहरूको पूर्ति गर्नुहोस्;

अन्त गर्न को लागी बाधा बिना, बाधा;

यदि त्यहाँ आलोचना छ भने, यो व्यक्तिलाई अपमानित गर्न उद्देश्य छैन, तर केवल कामकाण्डमा मात्र विशिष्ट ब्लन्डरहरूमा।

अधिकार 
स्वतन्त्रता वा कानूनी हकको, सामाजिक वा नैतिक सिद्धान्त हो। यसको अर्थ, कुनै कानुनी प्रणाली, सामाजिक अधिवेशन वा नैतिक सिद्धान्त अनुसार मानिसहरूलाई के गर्न अनुमति दिइएको छ वा मानिसहरूलाई के गर्न दिइएको छ भन्ने सन्दर्भमा अधिकार नै आधारभूत नियम हो। कानून र नीतिनियम, विशेष गरी न्याय र देवत्वशास्त्रका सिद्धान्तजस्ता विधाहरूमा अधिकारको अनिवार्य महत्व रहेको छ।

कुनै पनि सभ्यताको लागि अधिकार आधारभूत हुन्छ र सामाजिक द्वन्द्वको इतिहासलाई परिभाषित गर्ने र त्यसलाई पुनः परिभाषित गर्ने प्रयाससित प्रायः गाँसिएका हुन्छन्। नेपाली बृहत् शब्दकोश अनुसार, अधिकार भनेको कानुनी, परम्परागत वा नैतिक रूपमा प्राप्त न्यायोचित दावी हो ।

Comments