फ़ोहोरमैला व्यवस्थापन
दाङ, घोराही ✍️ वसन्तराज अधिकारी
परिचय
१) फोहोरमैला भनेको के हो ? : यसको उत्पत्ति कसरी र कहाँबाट हुन्छ ? फोहोर बाट के के हानी नोक्सानी र के के फाइदा र वेफाइदा छन् ? फोहोर व्यवस्थित गर्न को को जिम्मेवारी हुनुपर्दछ र किन ? फोहोर मैला कसरी र कहाँ लिएर तह लगाउने भन्ने कुराको सबै सबै सरोकारवाला पक्ष लाई जानकारी हुन अति जरुरी हुन्छ । जो जिम्मेवारी पक्ष हो त्यो नै पक्ष किन जवाफदेही बन्न सकिराखेको छैन र फोहर मैलाको व्यवस्थापन गर्न सकिराखेको छैन भन्ने कुराको जानकारी हुन पनि जरुरी छ । फोहर कति प्रकारको हुन्छ ? यसको किसिम कस्तो हुन्छ भन्ने कुराको पनि जानकारी हुन जरुरी हुन्छ ।
फोहर मैला भनेको घीन लाग्दो चिज, वस्तु, मलमूत्र लगायतका दुर्गन्धित वस्तु, चीज बिज र मयलले हेर्न नहुने, काम नलाग्ने कालो धमिलो र मैलालाई नै फोहर मैला भनिन्छ । हो फोहोर मैला भनेको दुर्घन्धित वस्तुको समूहलाई बुझाउँछ । फोहोर ठोस र तरल दुबै हुन्छ । चर्चा परिचर्चामा ठोस फोहोरको नै बढी चर्चा परिचर्चा आउँछ ।
२) ठोस फोहोर मैला ः हाम्रो घरघरमा प्रयोग गरेर बाँकी रहेका काम नलाग्ने वस्तुहरु उद्योग धन्दा कलकारखाना, उद्योग धन्दाहरुबाट निस्किएका वा वस्तुहरु खेतबारीबाट उत्पादित भएका पm्याकिने वस्तुहरु लाई नै ठोस फोहोर मैला भनिन्छ । जो कोहीले काम नलाग्ने भनि फालेका वस्तु अर्को लाई काम लाग्ने पनि हुन सक्छ । ती वस्तुहरु कच्चा पदार्थका रुपमा पनि प्रयोग ल्याउन सकिन्छ । जस्तै प्लाष्टिक, कागज, फलामका टुक्रा, काचका बट्टा, सिसाका बोतल, टिनका पाता, रङका बट्टा र वाल्टी आदिलाई फाल्छौ तर पछि तिनै वस्तुहरु सम्वन्धित कारखानाहरुमा लिएर विक्रि गरेमा धेरै पैसामा विक्रि गर्न पनि सकिन्छ । एवं प्रकारले त्यस्तै तरकारी केलाउँदा निस्केका वोक्रा, फलफूल खाएका बोक्रा र झारपातलाई किसानले कम्पोष्ट मल बनाउँदा प्रयोगमा ल्याउन सक्छन् ।
३) फोहोर मैलाका प्रकार
१) जैविक फोहोर
जैविक फोहर भनेको शेस नै नरहने गरी कुहिएर जाने फोहोरलाई जनाउँछ । जैविक फोहोरमा खास गरेर वोटविरुवा, झारपात, माटो, मरेका जनावर, पशुपंक्षी अन्नपात र अरु खाने कुरा लगायत अन्य कुहिने वस्तु र चीज बिज आदि पर्दछन् । यस्तै खालका जैविक पदार्थलाई एक ठाउँमा जम्मा गरेर समय समयमा वल्टाई पल्टाई पारी कम्पोस्ट मल पनि बनाउन सकिन्छ । अर्को अर्थमा भन्दा यी जैविक पदार्थबाट नै माटो बन्द छ र जमिनमा मिसिन्छ ।
२) अजैविक फोहोर
अजैविक फोहोर भनेको नकुहिने वस्तु वा पदार्थलाई भनिन्छ । नकुहिने वस्तु वा चिज वा कतिपय पदार्थलाई हामी पुन ः प्रयोगमा ल्याउन सक्दछौ । विभिन्न प्रकारका सिसिहरु बट्टा हरु घरायसी कामको लागि प्रयोगमा ल्याउन सकिन्छ । चिडिएका च्यातिएका लुगाकपडा हरुबाट नयाँ किसिमका चकटी, तकिया, डसना बनाउने पनि सकिन्छ । एकपटक प्रयोग गरी सकेपछि को पोलिथिन झोला सफा गरेर नफाटे सम्म प्रयोग गर्न सकिन्छ तर कुनै कुनै अजैविक पदार्थलाई फेरी पनि प्रयोग गर्न सकिदैन । च्यातेका पोलिथिन झोला फुटेका सिसी, कुच्चिएका बट्टाहरु, स्टिल फुटेका भाडावर्तन गाल्न वा पगाल्न नसकिने प्लास्टिक मिसिएको कागज, च्यातिएका जुत्ता चप्पल, आदिलाई फेरी प्रयोग गर्न सकिदैन । ती मध्ये कागज, कपडा, फलाम , सिसी, प्लास्टिक, पोलोथिन आदिलाई कारखानामा लिएर केही नयाँ सामान बनाउँन सकिन्छ ।
यसरी नियालेर हेर्दा कुनै पनि फाल्तु वस्तुलाई फोहोर मैला केहि नलिएर त्यसको महत्व बुझ्न सकेमा हेर्दा पनि ठोस फोहोर मैलाको समस्या त्यति जटिल हुन पाउदैन ।
५) फोहोर मैला निस्किने स्रोतहरु
क) भान्सा
हरेक घरका भान्सा हरुबाट हरेक प्रकारका फोहोरमैला निकिन्छन् । भान्साबाट निस्किने फोहोर वस्तुहरुमा तरकारी कलाएका बोक्रा, तरकारी खुर्केका भूस, विग्रीएका वा कुहिएका बासी खाना, खरानी, कोइला, तरकारी मुठ्ठा पारेका पराल, भिमल, र अन्य बान्ने वनाएका त्यान्द्रा, पोको परेर ल्याएका कागज, बट्टा, प्लास्टिक झोला, धूलो कसिंगर, आदी । यस्ता वस्तुहरुलाई जथाभावि र जहाँ पायो त्यही फालेमा फोहोर मैलाका रुपमा रही रहन्छन् । यी फोहोर नै भान्सा बाट निस्किने फोहोर हुन् । यसलाई राम्रोसँग तहलगाउन पर्दछ ।
ख) घरबाट निस्किने फोहोर
घरबाट निस्किने अन्य फोहोरहरुमा भान्साबाट बाहेक अन्य ठाउँहरुबाट पनि काम नलाग्ने फाल्तु वस्तुहरु निस्किन्छन् । चिरिएका वा फाटेका लुगा कपडा, विभिन्न प्रकारका कागजहरु, सिसाकलमका टुक्रा काटेका भुस,धुलो, बट्टा, सिसीहरु, माकुराको जालो र अन्य वस्नुहरु लगायत आदि घरबाट निस्केका फाल्तु वस्तुहरुलाई घरबाट निस्केका फोहोर हुन् ।
ग) घर बाहिरबाट निस्कने फोहोर
विभिन्न प्रकारका वोटविरुवा, झारपात माटो, इट्टा, ढुङ्गा, रोडा, काठका टुक्रा, छारोधुलो, वालुवा, मरेका विभिन्न प्रकारका पशुपंक्षीका अवशेष छाला हड्डी, बङ्गारा, आदी घरबाहिरबाट निस्किने फाल्तु वस्तुलाई नै घरबाहिबाट निस्कने वस्तु नै फोहोर हुन् ।
घ) विद्यालयबाट निस्निे फोहोर
विद्यालयबाट निस्किने फोहोर वस्तुहरुमा खास गरेर कागजका विभिन्न प्रकारका टुक्रा, चक, सिसाकलमको धुलो, बिस्कुट, चक्लेट, पाउरोटी, लगायत अन्य खाने वस्तु मोरेका वा बेरेका खोलहरु र खाना नास्ता खाएर बचेका खानाका शेष प्लाष्टिक झोला, धुलो माटो, भूईबाट निस्केको लेउटा आदी । काम नलाग्ने खालका अन्य विभिन्न बस्तुहरु नै फोहोर हुन् ।
ङ) बजारबाट निस्किने फाहोर
सबैभन्दा बढी फोहोर निस्किने भनेको बजारबाट नै हो । यहाँबाट विभिन्न प्रकारका काम नलाग्ने वस्तु तथा चीजबिजहरु निस्किन्छन । त्यसको व्याख्या गरेर साध्य नै छैन । कागजका टुक्रा, कपडाका टुक्रा, विभिन्न प्रकारक तारका टुक्रा, रङका टुक्रा, वाल्टि, फलामका टुक्रा, छाला, जुत्ता, चप्पल, बाकस, झोला, टाएरका टुक्रा, पुराना लुगा कपडा, फाल्तु छाता, ब्रिफकेश चुरोटका बट्टा, विस्कुट, चक्लेट मिठाई विभिन्न प्रकारका, सुर्ति खैनीका बट्टा खोल, चाउचाउ, लगायतका खाद्य वस्तु राखेका खोल, रित्ता बोतल, होटलबाट निस्किने विभिन्न प्रकारका फाहोर सामान राखेका मध्य अधिकांश फोहोर पसल र होटल, उद्योग धन्दा र कलकारखानाबाट निस्किने फोहोर नै भयावह प्रकारको फोहोर हुन्छ । यस्तो फाहोरलाई सबै सरोकार पक्षले तह लगाई व्यवस्थित गर्न गराउन सक्नुपर्छ ।
छ) फोहोरबाट हानी नोक्सानी
फोहरमैला मानव स्वास्थ्यको लागि मात्र हानीकारक नभई वातावरणकै र विश्व व्रह्माण्डकै लागि हानीकारक वस्तु हो । फाहोर मैला जताततै फाल्ना वा गर्नाले वातारण नै अशोभनिय देखिनुका साथै गनाउने हुन्छ । दुर्गन्धको थुप्रोमा झिङ्गा भन्किने र झिङ्गाले फोहोरमा रहेका किटानुहरुलाई सारेर विभिन्न प्रकारका ठाउँहरुमा फैलाउने गर्दछ । फाहोर मैला पानीमा फ्याकेमा झन पानी नै दूषित भई त्यस्तो पानीको प्रयोगबाट सारा प्राणीलाई नै पानीबाट सबै बिभिन्न प्रकारका रोगहरु लाग्न सक्दछन् ।
आज भन्दा केही समय अगाडी वा पहिले पहिले फोहरलाई जलाउनू पर्ने काम राम्रो मानिन्थ्यो । तर आज भोली आएर फाहोर मैला र प्लास्टिक जलाउनुले वायुमण्डलमा कार्बोन मात्रको मात्र अत्यधिक बढी वातावरण नै दुषित बनाई ब्रह्माण्डमै दूषित भई सबै जिवित प्राणीलाई हानी नोक्सानी पु¥याउने कुरो वैज्ञानिकहरुले नै भन्न थालेका छन् ।
प्रत्येक घरवाट दैनिक औसत ५ केजी फोहोर निस्किने गर्दछ । सहरमा हेर्ने हो भने एकै घरमा एक भन्दा बढी परिवार रहने भएकाले फोहोर यो भन्दा बढी निस्किरहेको अवस्था छ । तर यसरी तपाई घरमा उत्पादित फोहोरलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? भए भरका फोहोरलाई एउटै प्लाष्टिकको झोलामा खाँदखुँद पारेर नगरपालिकाको गाडी आएको बेला पठाउनुहुन्छ वा छुट्टाछुट्टै राखेर पठाउनुहुन्छ ? अहिले सम्म जे जस्तो अभ्यास गर्दै आएपनि अब बानी बदल्नुहोस् । फोहोरको उचित व्यवस्थापनका लागि केहि उपायहरु यस प्रकार छन् :
फोहोर उत्पादनमा कमी : फोहोर व्यवस्थापनको पहिलो उपाय फोहोर कम उत्पादन गर्ने हो । यसका लागि खाना पकाउँदा पुग्दो मात्र पकाउने, कपडाहरु लामो समयसम्म टिकाउ हुने खालका किन्ने, पैसाले पुग्यो भन्दैमा एकै व्यक्तिले धेरै जोर कपडा नकिन्ने, जुत्ताको प्रयोग त्यही तरिकाले गर्ने, सकभर प्लाष्टिकका भाँडाकुँडा प्रयोग नगर्ने, प्लाष्टिक झोलाको सट्टा कपडाको झोला प्रयोग गर्ने गर्नुपर्दछ ।
फोहोरलाई चिन्नुहोस् : हामीले फोहोर भन्दै सबै चीज एकैठाउँमा पोका पारेर नगरपालिकाको गाडी आउँदा त्यसैमा हालेर पठाउदै आएका छौं, तर त्यसो होइन, यसलाई चिन्न सक्नुपर्छ । फोहोरलाई चिन्न सक्यौं भने एक व्यक्तिका लागि फोहोर वस्तु अर्को व्यक्तिका लागि कच्चा पदार्थ पनि हुनसक्छ ।
फोहोरको स्रोतमै वर्गीकरण : फोहोरलाई एकै ठाउँमा नराखी स्रोतमै वर्गीकरण ग-यौं भने व्यवस्थापनका लागि सजिलो हुन्छ । अरु तरिकाले छुट्याउन नसकेपनि कुहिने फोहोर एकातिर र नकुहिने फोहोर एकातिर छुट्याएमा कुहिने फोहोर मल बनाउन र बायोग्याँसका लागि प्रयोग गर्न सकिन्छ ।
पुनःप्रयोग गर्ने : पुराना तथा थोत्रा कपडा, जुत्ता, फलफूल, तरकारी, प्लाष्टिक, कागज जस्ता वस्तुहरुहरुलाई ठोस फोहोरमैला भनिन्छ । ती मध्ये दुई तिहाई अर्थात तीन भागको दुई भाग फोहोर कुहिने खालका हुन्छन् । कुहिने फोहोरलाई मात्र राम्ररी तह लगाउन सक्यौं भने बाँकी एक तिहाई फोहोर नगनाउने अर्थात प्लाष्टिक, कागज तथा धातुजन्य सामग्री हुन्छन् । ती मध्ये पनि पुनःप्रयोग गर्न सकिने फोहोरलाई पूनः प्रयोग गर्ने हो भने विसर्जन गर्नै पर्ने फोहोरको मात्रा अति कम हुन्छ ।
पुनःप्रशोधन गर्ने : कतिपय फोहोरहरु प्रशोधन गरेर फेरि प्रयोगमा ल्याउन सकिन्छ । त्यसलाई त्यत्तिकै फ्याँक्दा ठूलो ठाउँ ओगट्ने भई ल्याण्डफिल साइडटको आयु घटाउँछ । जस्तो कागज, फलामका टुक्रा, प्लाष्टिकका बोतल तथा तारजाली इत्यादि । यी वस्तुहरुको सामान्य प्रशोधन पछि पुनः प्रयोग गर्न सकिन्छ वा यसको स्वरुप नै बदलेर अर्कै बस्तु पनि तयार पार्न सकिन्छ ।
ल्याण्डफिलमा नपु-याइ नहुने फोहोरलाई मात्र पठाउने : अहिले जस्तो पायो त्यस्तै फोहोर ल्याण्डफि साइटमा पठाइरहेका छौं, बढीजसो त मानिसका कपडा, जुत्ता, झोला जस्ता कपडाजन्य वस्तुले नै ल्याण्डफिल साइट भरिने गरेका छन् । कम्तीमा कुहिने र नकुहिने फोहोरलाई स्रोतमै छुट्याएर पठाउने हो भने भए भरका फोहोर ल्याण्डफिल साईटमा पु-याइरहनु पर्दैन । यसले ल्याण्डफिल साइट भरिन पाउदैन ।
गन्धरहित बनाउने : सबै प्रकारका फोहोर एकैठाउँमा राख्दा फोहोर गन्हाउँछ । तपाईको कोठा वा बाहिरको वातावरण पनि प्रद्षित बनाउँछ । सबै खाले फोहोर एकै ठाउँमा हाल्दा चाँडो कुहिने हुन्छ । जसका कारण चाँडै गन्हाउछ, यदि फोहोरलाई गन्धरहित बनाउने हो भने पनि तपाईले फोहोरलाई छुटाएर राख्नु नै वेश हुन्छ । फोहोर नकुहिएपछि न झिंगा भन्किन्छ न अरु कीटपतंग नै आउँछ ।
फोहोरलाई मोहोरमा बदलौं : काठमाडौ उपत्यकामा मात्र दैनिक १ हजार टन फोहोर उत्पादन हुदै आएको छ । ती मध्ये झण्डै ७० प्रतिशत कुहिने र बाँकी नकुहिने फोहोरमैला हुन्छन् । कुहिने फोहोरमैलाबाट बायोग्याँस निकाल्ने वा कुहाएर कौसी खेती गर्ने होभ ने पनि मोहोर नै हुन्छ । त्यसका अलावा नकुहिने मध्येबाट पनि फेरि प्रयोग गर्न सकिने फोहोर जत्तिलाई पुनः प्रयोग गर्ने हो भने फ्याँक्नैपर्ने फोहोरको मात्रा एकदमै थोरै हुन्छ ।
Comments
Post a Comment