३८६. सडक सुरक्षा

✍️ वसन्तराज अधिकारी 

                                                                                          सडक सुरक्षा

सडक सुरक्षाको व्यवस्थापन, सडक र यात्रालाई सुरक्षित बनाउन, यातायातका बाहानलाई सुरक्षित बनाउन, आवश्यक ज्ञान शिक्षा र सचेतना प्रदान गरेर सडक प्रयोगकर्ताहरुलाई सुरक्षित पार्न र दुर्घटना पश्चात्को उद्धार र स्याहारको व्यवस्थापन मिलाउन जरुरी छ ।

नेपाल सरकारले अनुमोदन गरेको राष्ट्र संघिय दिगो विकास लक्ष्यले तोकेको सन् २०२० भित्र सडक जन्य दुर्घटनाहरुमा ज्यान गुमाउने र घाइतेहरुको संख्या आदि घटाउने लक्ष्य प्राप्त गर्न नेपाल सरकार लगायत सबै सरोकारवालाहरुको प्रतिवद्धता सुनिश्चित गराउन जरुरी छ ।
नेपाल सरकारले तयार पारेको राष्ट्रिय सडक सुरक्षा कार्य योजना २०१३–२०२० अनुरुप सम्बन्धित सबै पक्षको जिम्मेवारी र जवाफदेही तय गरी नेपालका सडक यात्रु र सर्वसाधारणलाई सुरक्षित तुल्याउन ।

संयुक्त राष्ट्र संघिय सडक सुरक्षा २०११–२०२० (ग्ल् च्यबम क्बाभतथ मभअबमभ) नेपाल सरकारले अुनमोदन र कार्यान्वयनमा लेराउनु पर्दछ । सडक सुरक्षाका लागि निम्न कार्यहरु गर्दा सडक दुर्घटनमा न्यूनीकरण ल्याउन सकिन्छ ।

१) नेपालमा लगभग १ लाख ९० हजार किमी सडक एकै निकाय मार्फत हुनु पर्ने ।
२) रोड सोफ्टी काउन्सील स्वतन्त्र रुपले गठन हुनु पर्ने ।
३) २ हजार ५० किमी भन्दा लामो यात्रामा सार्वजनिक यातायातमा दुईजना अनिवार्य चालक राख्नुपर्ने ।
४) ड्राइभिङ्ग स्कुलको स्तर उन्नति गर्दै उक्त स्कूललाई सिटिभिटी अन्तर्गत राख्नु पर्ने ।
५) भेकल फिटनेस सेन्टर सात वटै प्रदेश र काठमाण्डौ लगाएत ८ वटै स्थानमा संचालन गर्नु पर्ने ।
६) गुणस्तरीय हेल्मेट दुवैले लगाउनु पर्ने ।
७) गाडी मर्मतको लागि अटोल्यानको व्यवस्था गर्नुपर्ने ।
८) ट्राफिक संकेत र सुरक्षाका उपकरणहरु राख्ने, सडकको स्तर निर्धारण गर्ने, उपयुक्त यातायात साधनको अनुमति, पैदल यात्री, साईकल यात्रीको लागि सुरक्षित वातारणको निर्माण, यातायात साधनको जाँच र परिक्षण गर्ने, चालक अनुमति पत्र जारी र नियमन गर्ने, टाफिक प्रहरीको व्यवस्थाको दण्ड र जरिवान गर्ने, आम सडक प्रयोग कर्ताहरुको लागि सचेतना कार्यक्रम चलाउने, भविष्यमा परिवर्तन हुने यातायात र सडक संजालको ध्यानमा राखी निरन्तर भावि योजना तयार गर्ने आदि यस्ता कामहरु राज्यले गर्न सकेमा मात्र सडकको सुरक्षा सुनिश्चित गर्न सकिन्छ ।

त्यसैले नागरिक एवंम सडकको सुरक्षा गर्नको लागि सत्तापक्ष, प्रतिपक्ष केही नभनीकन हामीले ईच्छा शक्तिको भावनाले सडकको सुरक्षा गर्नै पर्छ । यो अत्यन्तै जरुरी महत्वको विषय हो । यसका लेखक डा. डिला संग्रौला नेपाली काँग्रेसका सांसद एवम् महिला नेतृ हुनुहुन्छ ।

डक दुर्घनाबाट कोही पनि अछुतो छैन । नेपाल प्रहरीको तथ्याङ्ग अनुसार पछिल्लो (२०६९।०७० र २०७४।०७५) सम्म ४०,७७७ दुर्घटना भए जसमा आठ हजार नौ सय बयासी जनाको मृत्यु भएको छ । यसरी हेर्दा सरदर २,००० व्यक्तिले सडक दुर्घटनामा ज्यान गुमाएको तथ्याङ्क देखिन्छ । प्रहरीकै तथ्याङ्क अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा दुर्घटनाबाट मृत्यु हुनेको संख्या ३० प्रतिशतले बृद्धि भएको छ ।

Comments