३३९. सप्त ऋषि : भारत बर्ष "हिन्दूस्तान" का महान सात संत र वाहाँहरुको योगदान

सप्त ऋषि : भारत बर्ष "हिन्दूस्तान" का महान सात संत र वाहाँहरुको योगदान      

✍️ वसन्त राज अधिकारी
     घोराही उपमहानगरपालिका १७ सरस्वतीटोल, स्वनिवास, पनौंंरा, दाङ लुम्बिनी प्रदेश, नेपाल 


आकाशमा सात ताराहरुको एकमंडल देखिन्छन् तिनलाई  सप्तॠषिको मंडल भनिन्छ । उक्त मंडल का ताराहरुको नाम भारतका महान सात संतहरुको आधारमा राखिएको छ ।  वेदमा उक्त मंडल को स्थिति, गति, दूरी र विस्तार को विस्तृत चर्चा पाईन्छ ।  प्रत्येक मनवंतर मा सात सात ऋषि हुन्छन् । यहां प्रस्तुत छन्  वैवस्तवत मनु को कालमा जन्मेंका सात महान ‍ऋषिहरुको संक्षिप्त परिचय ।

वेदको रचयिता ऋषि : ऋग्वेदमा लगभग एक हजार सूक्त छन् लगभग दस हजार मन्त्र छन् । चार वेद मा करीब बीस हजार छन् र यि मन्त्रहरुको  रचयिता कविहरुलाई हामी ऋषि भन्दछौं । बाकी तीन वेदहरु का मन्त्रहरु को सरह ऋग्वेद को मन्त्रहरुको रचनामा पनि  अनेकानेक ऋषिहरु को योगदान रहेकोे छ । तर यिनमा  पनि सात ऋषिहरु यस्ता छन्  जसको कुलमा मन्त्र रचयिता ऋषिहरु को एक लामो परम्परा रहेको छ । यो कुल परंपरा ऋग्वेद को सुक्त दस मंडलहरुमा संग्रहित हुन्छन् र यिनमा दुई भन्दा सात अथवा छ मंडल यस्ता छन् जुन हाम्रो परम्परावाट वंशमंडल भनिन्छ किनकि इनमा छ ॠषिकुलहरुका ॠषिहरुले मन्त्र दिएका छन् ।

वेदहरुको अध्ययन गर्ने बेला अध्ययन जुन सप्त ॠषिहरुको ॠषिकुलको नाम जानकारी हुन्छ ती नाम यसप्रकार छन् :- १.वशिष्ठ, २.विश्वामित्र, ३.कण्व, ४.भारद्वाज, ५.अत्रि, ६.वामदेव र ७.शौनक ।

पुराणमा सप्त ॠषिका नाम अलगअलग पाईन्छन् । बिष्णु पुराण अनुसार यश मन्वन्तरका सप्त ॠषि यश प्रकार छन् :-

वशिष्ठकाश्यपो यात्रिर्जमदग्निस्सगौतम्  ।
विश्वामित्रभारद्वजौ सप्त सप्तर्षयोभवन्।।

अर्थात् सातौं मन्वन्तरमा ॠषि यसप्रकार छन् :- वशिष्ठ, कश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भारद्वाज ।

यसको अतिरिक्त पुराणका अन्य नामावली यश प्रकार छन् :- यि क्रमशः केतु, पुलह, पुलस्त्य, अत्रि, अंगिरा, वशिष्ट तथा मारीचि हुन् ।

महाभारतमा सप्त ॠषिका दुई नामावली पाईन्छन् । एक नामावलीमा  कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ को नाम आउँछ भने दोस्रो नामावलीमा पाँच नाम परिवर्तन हुन्छन् । कश्यप र वशिष्ठ उहीँ रहन्छन् किन्तु बाँकी परिवर्तित नामहरु मरीचि, अंगिरस, पुलस्त्य, पुलह र क्रतु नाम आउँछन् । केहि पुराणहरुमा कश्यप र मरिची एउटै मानिन्छन् र कहिँ कश्यप र कन्वको पर्यायवाची नाम मानिन्छन् । यहाँ प्रस्तुत वैदिक नामावली अनुसार सप्त ॠषिको परिचय ।

१. वशिष्ठ :

राजा दशरथको कुलगुरु ऋषि वशिष्ठलाई सबैले  जान्दछन् ।  यी दशरथका चारवटा छोराहरूका गुरु थिए । वशिष्ठको आदेशानुसार दशरथले आफ्ना चारवटा छोराहरुलाई ॠषि विश्वामित्रसँग आश्रममा राक्षसहरुलाई बध गर्न पठाए । कामधेनु गाईको लागि वशिष्ठ र विश्वामित्र विच युद्ध समेत भएको थियो । वशिष्ठले राज्यसत्ताको नियन्त्रण गर्ने बिचार दिए भने उनकै कुलका मैत्रावरण वशिष्ठले सरस्वती नदीको किनारमा सय सूक्ति एक साथ रचना गरेर नयाँ इतिहास निर्माण गरे ।

२.विश्वामित्र :

ॠषि हुनु भन्दा पहिला विश्वामित्र राजा थिए र ॠषि वशिष्ठका कामधेनु गाई कब्जा गर्नका लागि युद्ध गरे । तर हार भयो । यहि हारवाट उनले ठूलो तपस्याका लागि उत्प्रेरणा प्राप्त गरे । विश्वामित्रको तपस्या र अप्सरा मेनकाले तपस्या भंग गरेको कथा लोक प्रसिद्ध छ । विश्वामित्रले आफ्नो तपोबलमा त्रिशंकुलाई सशरीर स्वर्ग पठाए । यसैरितका विश्वामित्रका असंख्य कथाहरु छन् ।

यो मानिन्छ कि हरिद्वारमा आज जहाँ शान्ति कुञ्ज छ सोही स्थानमा विश्वामित्रले घोर तपस्या गरेर इन्द्रसँग रुष्ट भएर एक अलग्गै स्वर्गको रचना गरे । विश्वामित्रले भारत बर्षमा ॠचा बनाउने बिद्या प्रदान गरे । जो भारतको ह्रदयमा र जनजिब्रोमा हजारौं बर्ष देखि आजसम्म अनवरत बसिरहेका छन् ।

३. कण्व : मानिन्छ कि महत्वपूर्ण सोम यज्ञको व्यवस्थापन कण्व ॠषिले गरेका थिए । कण्व वैदिक कालका ऋषि थिए । इनको आश्रममा हस्तिनापुर को राजा दुष्यंतको पत्नी शकुंतला एवं उनका पुत्र भरतको पालन-पोषण पनि भएको थियो ।

४. भारद्वाज : वैदिक ऋषिहरुमा भारद्वाज-ऋषि को उच्च स्थान छ । भारद्वाज को पिता बृहस्पति र माता ममता थींईन । भारद्वाज ऋषि राम भन्दा पहिला थिए तर  एक उल्लेख अनुसार उनको लामो आयु को थाहा लाग्दछ कि बनवासको समय श्रीराम उनको आश्रममा गएका थिए । जो ऎतिहासिक दृष्टिकोणवाट त्रेता-द्वापरको संक्रमणकाल मानिन्छ । यो मानिन्छ कि भारद्वाजमा एकजना भारद्वाज विदथ थिए, दुश्यन्त पुत्र भरतका उत्तराधिकारी बने राजकाज गर्दै मन्त्रको रचना जारी राखेका थिए ।

ऋषि भारद्वाजको छोराहरूमा १० ॠषि ॠग्वेदका मन्त्रद्रष्टा हुन् र एक छोरी "रात्रि" थिईन । उनी पनि रात्रि सुक्तकी मन्त्रद्रष्टा मानिन्छीन् ।  ॠग्वेद को छैठौं मण्डल को द्रष्टा भारद्वाज ऋषि हुन् । यस मण्डल मा भारद्वाजका ७६५ मन्त्र छन् । अथर्ववेदमा पनि भारद्वाजका २३ मन्त्र पाईन्छन् । 'भारद्वाज-स्मृति' एवं 'भारद्वाज-संहिता' को रचनाकार पनि ऋषि भारद्वाज नै थिए । ऋषि भारद्वाजले 'यन्त्र-सर्वस्व' नामक बृहद् ग्रन्थको रचना गरेका थिए । यस ग्रन्थ को केही  भाग स्वामी ब्रह्ममुनि ले 'विमान-शास्त्र' को नाम वाट प्रकाशित गराए । यस ग्रन्थ मा उच्च र निम्न स्तर मा उडानका लागि विविध धातुहरुको निर्माणको बर्णन गरेको  पाईन्छ ।

५. अत्रि : ऋग्वेद को पंचम मण्डल को मन्त्र द्रष्टा महर्षि अत्रि ब्रह्माको पुत्र थिए, सोम को पिता र कर्दम प्रजापति साथै देवहूति को पुत्री अनुसूयाको पति थिए । अत्रि जब बाहिर गएका थिए तब त्रिदेव अनसूयाको घरमा ब्राह्मण को भेष मा भिक्षा मांगन लागे र अनुसूया संग भने कि जब हजुरले आफ्नो सम्पुर्ण बस्त्र खोल्नु हुन्छ तब मात्र हामी भिक्षा स्वीकार गर्छौं ।  तब अनुसूयाले आफ्नो सतित्वको बलमा उक्त तीनै देवतालाई अबोध बालक बनाएर भिक्षा दिनुभयो । माता अनुसुयाले देवी सीतालाई पतिव्रताको उपदेश दिनुभएको थियो ।

अत्रि ऋषिले भारत बर्ष "हिन्दूस्तान" मा कृषिको बिकासमा पृथु र ऋषभ को सरह योगदान दिएका थिए । अत्रिहरु नै सिन्धु पार गरेर पारस (आजको ईरान) गएका थिए, जहां उनले यज्ञको प्रचार गरे । अत्रिहरुको कारण नै अग्निपूजकहरु को धर्म पारसी धर्म को सूत्रपात गरेका थिए । अत्रि ऋषिको आश्रम चित्रकूटमा थियो । अत्रि-दम्पति को तपस्या र त्रिदेव को प्रसन्नताको फलस्वरूप विष्णुको अंशवाट महायोगी दत्तात्रेय, ब्रह्माको अंशवाट चन्द्रमा तथा शंकरको अंशवाट महामुनि दुर्वासा महर्षि अत्रि एवं देवी अनुसूया को पुत्र स्वरूपमा  जन्मे। ऋषि अत्रिमा अश्विनीकुमार को पनि कृपा थियो ।

६.  वामदेव : वामदेवले भारत बर्षमा  सामगान (अर्थात् संगीत) दिनुभयो । वामदेव ऋग्वेदको चतुर्थ मंडलको सुक्तद्रष्टा, गौतम ऋषिको पुत्र तथा जन्मत्रयीको तत्ववेत्ता मानिन्छन् ।

७. शौनक : शौनकले हजार विद्यार्थिहरुको  गुरुकुल चलाएर कुलपतिको विलक्षण सम्मान हासिल गरे र कुनै पनि ॠषिले प्राप्त गरेको यो पहिलो सम्मान हो । वैदिक आचार्य र ऋषि जुन शुनक ऋषिका  पुत्र थिए । 

फ़ेरि पनि भन्नू पर्दा वशिष्ठ, विश्वामित्र, कण्व, भरद्वाज, अत्रि, वामदेव और शौनक- यी सात ऋषि जसले भारत बर्षमा धेरै योगदान दिएका कारण कृतज्ञता पुर्वक भारत बर्ष हिन्दुस्तानले  यिनलाई आकाशको तारामंडलमा बसाएर यस्तो अमरत्व दिएका सप्तर्षि शब्द सुन्दा नै हाम्रो कल्पना आकाशमा रहेका तारामंडलमा अडिन्छ ।

यसको अतिरिक्त मान्यता छ कि  अगस्त्य, कष्यप, अष्टावक्र, याज्ञवल्क्य, कात्यायन, ऐतरेय, कपिल, जेमिनी, गौतम आदि सबै ऋषि उक्त सात ऋषिहरुको  कुलको भएको कारण यिनलाई पनि सोही दर्जा प्राप्त भएको छ । 

✍️ अनिरुद्ध जोशी 'शतायु' को हिन्दी संस्करण गुगल मिडियावाट साभार गरि नेपाली भाषामा परिमार्जन लेखन तथा अनुवादक अधिवक्ता श्री बसन्तराज अधिकारी श्री ॠषि पञ्चमी, २०७८ शुभम् ।

Comments