३२१. अतितका पुराना दिनहरु सुन्दर सुदुर पश्चिमको स्मरण

अतितका पुराना दिनहरु स्मरण मुलतः बि.सं. २०४९ देखि २०५३ क्षेत्रीय तथ्यांक कार्यालय, दिपायल, डोटी र जिल्ला शिक्षा कार्यालय, दार्चुला र बि.सं.२०६९ सालमा जिल्ला मालपोत कार्यालय, डडेल्धुरा र बि.सं. २०६४ मा पाठ्यक्रम विकास केन्द्रमा कार्यरत छँदा बि.सं.२०६४ मा शिक्षक प्रबोधिकरण तथा तालिम कार्यक्रममा जाँदा र राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरबारवाट २०७२ सालमा जिल्लास्तरीय अनुगमन तथा निरीक्षणमा जाँदा समेतका  सुन्दर सुदुरपश्चिमवाट संकलन गरिएको सुन्दर रचनाहरुको सङ्गालो हजुरहरुकै देउडाको साथमा ❣️🌻🙏🌹🇳🇵           

✍️ राष्ट्रिय विभुती बाघ अमर सिंह थापासँग म अमरगढी नगरपालिका, डडेल्धुरा बजारमा ।

१. देउडा गीत = डोटेली झ्याउरे भाकामा

डोटी जिल्ला नराम्रो थिएन ।
करमैले बसनै दिएन ।।

एक माना चामलका पिठा लाल परेका रोटी ।
कसरी छोडेर बाईजाउ यति राम्री डोटी ।।१।।

डोटी जिल्ला नराम्रो थिएन ।
करमैले बसनै दिएन ।।

हप्ता दिन मैलेका लत्ता शनिवार धुन्छु ।
मायालाई सम्झेका बेला दिनभर रुन्छु ।।२।।

डोटी जिल्ला नराम्रो थिएन ।
करमैले बसनै दिएन ।।

काँ जान्छेई बगन्या पानी कै का लत्ता धुन्छेई ।
रात बिस्तरामी उठी कै सम्झेर रुन्छेई ।।३।।

डोटी जिल्ला नराम्रो थिएन ।
करमैले बसनै दिएन ।।

गाडका धमिला पानी मुन्टो जन धोए ।
जति मै बाडुली लाउँलो उति जन रोए ।।४।।

डोटी जिल्ला नराम्रो थिएन ।
करमैले बसनै दिएन ।।

अछाम असिना पड्या बम्बै पड्या गोला ।
यो हाँसेको यो बोलेको नबिर्सनु होला ।।५।।

डोटी जिल्ला नराम्रो थिएन ।
करमैले बसनै दिएन ।।

सुतन्या डसना मुनि हातकी घडी रहि ।
काँ मेरो हिरालाल रह्यो काँ मैना चडिरही ।।६।।

डोटी जिल्ला नराम्रो थिएन ।
करमैले बसनै दिएन ।।

दुल्लु है धेखिन लाग्या दल्लेखकी गडी ।
ऎले म झलक्क सम्झ्या काँ छ है रानीचडी ।।७।।

डोटी जिल्ला नराम्रो थिएन ।
करमैले बसनै दिएन ।।

किताब पडनु रामायणको गीत सुन्नु गीताको ।
कसरी बनबास भयो रामचन्द्र सीताको ।।८।।

डोटी जिल्ला नराम्रो थिएन ।
करमैले बसनै दिएन ।।

📘 बि.सं.२०५० सालमा दिपायल क्षेत्रीय तथ्यांक कार्यालयवाट जिल्ला शिक्षा कार्यालय, दार्चुलामा सरुवा भैजाँदा बिदाई कार्यक्रममा दिपायल, डोटीमा संकलन गरिएको ।

२. सम्झन्छु जैबेला तिमी रुन्छु मनै मन

नाम मात्तरै घनघस्याको लेक ठूलो कस्याको ।
सम्झिरह्या बिसर्या जन एक साथ बस्याको ।।१।।

सौकेनी तरेका घाट सौको तरौं जन ।
भिट होईझौं बरख दिनम माया मारौं जन ।।२।।

राम चन्दर सीताको डोली गयो बनै बन ।
सम्झन्छु जैबेला तिमी रुन्छु मनै मन ।।३।।

३. आउँदा जाँदा पानी खाउँली नैसुके कर्णाली

तली पर्यो बैतडी जिल्ला मथी पर्यो दुनि ।
एकै सुर्य घाम तापनी भिट कहिल्यै नहुनी ।।१।।

अछामका छोरेटीका माथमा फुल हुँदो ।
नैबोलाउँतो कुत्कुती लाग्दो बोलाउँदो हुल हुँदों ।।२।।

डोटी राजा चौतरिया अछाम राजा मल्ल ।
खेत बाँझो केखिलाई राखी बिउँ पाईनकी बल्ल ।।३।।

अछाम ताल कुँची रहिग्या बम्बै रहिग्या साँचा ।
लामडे बिउँ छडन्या है त खेतै रन्या बाझा ।।४।।

जेठा राजा मंगलसेन कान्छा राजा दर्नाली ।
आउँदा जाँदा पानी खाउली नैसुके कर्णाली ।।५।।

📘 संकलन : बसन्तराज अधिकारी
दिपायल, २०५०

४. देश फ़ेरि घर ब आए हिरुलाल
जोगीभए जन, मेरै माया जाल ।।

काफल खाउँला काला काला हिरुलाल
जिरो नुन लाएका मेरै माया जाल ।।१।।

संझिरौला नाईबिसरौं हिरुलाल ।
तमरा गुण लाएका मेरै माया जाल ।।२।।

लेक भैंसी धनबिरेका हिरुलाल
पातल हरिका मेरै माया जाल ।

इसाई दिन रन्या हुन् कि हिरुलाल
जनम भरिका मेरै माया जाल ।।३।।

बैतडी च्याँखुरा राम्रा हिरुलाल
दार्चुलाकी केटी मेरै माया जाल ।।

डडेल्धुरा घण्टेश्वरमा हिरुलाल
फुल चढाउँ कि भेटी मेरै माया जाल ।।४।।

काट भञ्चे बाजैका सौला हिरुलाल
नहेर भञ्छे मुख मेरै माया जाल ।

देश फ़ेरि घर ब आए हिरुलाल
जोगी भए जन मेरै माया जाल ।।४।।

📘 वसन्तराज अधिकारी
दार्चुला, २०५१

५. बिरही लोक गीत

चौतारिमा वर पिपल कति राम्रो छाया ।
चिट्ठीमा खबर दिउँला बाडुलीमा माया ।।

म सेल (छाया) कैले नबस्याँ
पिपल ढल्या पछि ।
मान्सा डोष कसै न डिनो
करम बल्या पछि ।।१।।

गाड गंगा धमिलो पानी
रुमाल धुन्थ्या रे ।
लैझा सुवा मेरो माया
निझर्की हुन्थ्या रे ।।२।।

बम्बै सन्टर बस्नु पर्यो
गाडी लेट हुनाले ।
सपना रोई काट्या मैले
सैना भिट हुनाले ।।३।।

सेउँ सेउँ खोला सेउँ सेउँ पानी
तर्न सकिदैन ।
माया मानी म क्या अरु
मर्न सकिदैन ।।४।।

रामले चिनेका धारा पानी खाई झाउ सीता ।
मन भन्छ घरबारी होईझौं करम भन्छ बिता ।।५।।

हरियो सागको खाना कति रामरी होला ।
बाँची रहे सधैंभरि भिट हामरो होला ।।६।।

लेक फुल्यो लाली गुँराश बनमै रमझना ।
सधैंभरी तिम्रै आउँछ मलाई त समझना ।।७।।

कोइली तिमी नगाउ गीत माया लाग्छ मनमा ।
हरियाली छाएको छ चारैतिर बनमा ।।८।।

चौतारीमा बरपिपल कति राम्रो छाया ।
चिट्ठीमा खबर दिउँला बाडुलीमा माया ।।९।।

६. बझाङ्गी - दार्चुले गीत

शिवजीका मन्दिरमा घोघा हुन् कि मोहका ।
प्यारीका झल्कने दन्त खाए हुन् कि भोका ।।

दुल्लुका छिनौटा भित्र दैलो घाम परिझौं ।
प्यारीका हिंडने बाटा मेरा काम गरिझौं ।।१।।

गौको चिलो उडाई लैगो डडेल्धुरा पारी ।
झान्या हौकी माया मारी आउन्या हौ कि फ़ेरि ।।२।।

पानी कि पन्यार गए पानी पात परेको ।
दिउँसो खोली घाम लागेको मनै रात परेको ।।३।।

आईगै इजु बिसु त्यार पका ईजु पुरी ।
मेरा पाखा राखनु ईजु तल्ला पाखा धुरी ।।४।।

भोटेले बंगाला लायो चौदास माथी सिर्का ।
खाउ पानी गंगाजी ओल्ही नखाउ पानी तिर्खा ।।५।।

शिवजीका मन्दिरमा घोघा हुन् कि मोहका ।
प्यारीका झल्कने दन्त खाए हुन् कि भोका ।।

७. देउडा गीत

यत्तिकैमा गुरु बर्ग हिरा होटलैमा ।
बिदा पाउँ हजुर बैरागिरी होटलैमा ।।

हात बाला कान सुन हिरा होटलैमा ।
भोटेले लाग्दैन बैरागिरी मोटरैमा ।।
मर्ने मान्छे बग्ने पानी हिरा होटलैमा ।
फर्केर आउँदैन बैरागिरी मोटरैमा ।।१।।

लौरी बगाउँदैन बैरागिरी मोटरैमा ।
बैरागी भएको मन हिरा होटलैमा ।।
डुली अगाउँदैन बैरागिरी मोटरैमा ।।२।।

उग्रतारा मन्दिरको हिरा होटलैम ।
ठूलो छ गजुर बैरागीरि मन्दिरैमा ।।
यत्तिकैमा गुरुबर्ग हिरा होटलैमा ।
बिदा पाउँ हजुर बैरागीरि मोटरैमा ।।३।।

📝 शिक्षक श्री टेकराज भण्डारी
श्री रामपुर मा.बि. बुँडर, डोटी, २०६४

८. छमक२ यत्तिकैमा बिदा हुन्छु ।
छमक्क छमक्क दुईहात जोडि नमस्कार भिनाजु ।।

छमक्क२ रावणको सुनौलो मृग ।
छमक्क२ रामचन्द्र शिकारी भिनाजु ।।१।।

छमक्क२ भिट हुनका लागि आशाकारी ।
छमक्क२ पत्रकी भिखारी भिनाजु ।।२।।

छमक्क२ रामले चिनेका धारा ।
छमक्क२ पानी खाईजा सीता भिनाजु ।।३।।

छमक्क२ मन भन्छ तालिममै बसुँ ।
छमक्क२ करम भन्छ बिदा भिनाजु ।।४।।

छमक्क२ राई सल्ला धुपिका दाउरा ।
छमक्क२ बल्ला नमस्कार भिनाजु ।।५।।

छमक२ यत्तिकैमा बिदा हुन्छु ।
छमक्क छमक्क दुईहात जोडि नमस्कार भिनाजु ।।

📝 कल्पना, लक्ष्मी शाह र दौपती कठायत
श्री कु.नि.मा.बि.कुमालीकोट, डोटी २०६४

९. डोटेली भाषाका केहि शब्द र अर्थ

कुली = टोपी                       मिजरो = सानो कोदालो
बाउसो = ठूलो कोदालो       भाउ = भाउजू
काजी = भाइ                    बुई = बैनी
वासा = साझ                    सिने= सुत्ने
भोल = भोलि                   कुल्याउने = कुलो लाउने
वासातिर = साझतिर         तसै = त्यसो
ढोली = दमाई                  गिंगडा = भँगेरा
जाडी = जाडो                  नैभन्नु = भनेन
कसिन्नो = लोटा                तिछरौल = छेलोखेलो
झिक्क = प्रशस्त               अन्दछु = भन्दछु
राखनु = विसौनी               हरधुने = जिउ नुहाउने
लत्ता धुने = कपडा धुने       ईजा = आमा
ले = लैजाउ (गुच्चा खेलेको)  सिट्टा = पहिलो (हाल्ने)
दोप्य = सिट्टा पछि दोश्रो        बेली = हिजो
पोरु = अस्ति                        निरु= झन अस्ति
अतिनिरु = अस्तिनै              नानो = सानो
झिक्क = ठुलो                      थोक्काई = थोरै
निक्क = धेरै                        बिचल = दौड
नैजानु = जान्न                      जिनजा = नजाउ
तम = तिमी तपाईं                 तम्रो = तिम्रो, तपाईको
माद्दो = मारदो                      जाँत = जात्रा, मेला
पड्नछ = पर्दछ                    आस = आउनुस, आउ
पड्ने = पर्ने                          चेलो = छोरा
हिट् = हिड                         चेली = छोरी
खाईवट् = खाएर                 खुरखुट्टी = भर्याङ्ग
भन्यो = भन्छन्                    चाक = बरण्डा
खलो = आँगन                      लेस = दिनु
लिखु = उँखु                         जास = जानू
तकनु = हेर्नू                          बेबरी = बयर
लिस = लिनु                         द्रौवा = दाउरा
बेली - प्रभात  = हिजो बिहान्
गोंसी = नन्द                       गोसाई = देवर
खाँड = मिश्रि                      गुर = भेली
भुजा = फर्सी                     डा: = पिरो
गढ हाल्नु = रुनु चिच्याउनु   ज्यु = सासू
काल्लिनु = उभिनु              द्वार = ढोका  ।        

१०. बैतडी भाषाका शब्द बिशेष

पुतारी = श्रीमती, स्वास्नी      महतारी = आमा

११. अछामी भाषाका शब्द बिशेष

भाउ = बा                            हापुरो = माथितिर
महतारी = आमा                  मुन्छे = मानिस  ।

१२. बझाङ्गी देउडा गीत

छान्नाकी जानकी देवी सुर्माकी सरौंली ।
साई परदेश जाँदा भया मै कसो हरुँली ।।

१३. अछामी देउडा

अछामका छोरेटीका माथमा फुल हुँदो ।
नैबोलाउँतो कुत्कुती लाग्दो बोलाउँतो हुल हुँदो ।।

१४. बैतडी -दार्चुले गीत

बैतडी च्याँखुरा निका दार्चुलाकी ठिटी ।
डडेल्धुरा घण्टेश्वरमा फुल चढाउँ कि भेटी ।।

📘 संकलन : वसन्तराज अधिकारी
बि.सं. २०४९ देखि २०५३ सम्म डोटी र दार्चुला र बि.सं.२०६४ मा एक दुई डडेल्धुरा र बि.सं. २०६९ मा ६ महिना डडेल्धुरा र तत् पश्चात् राष्ट्रिय सतर्कता केन्द्रमा छँदा बि.सं.२०७२ मा समेत जिल्लास्तरीय स्थलगत अनुगमन भ्रमणमा  गएको र लामो अवधिको बसाइँ क्षेत्रीय तथ्यांक कार्यालय, दिपायल, डोटीमा कार्यरत छँदा औद्योगिक गणना, २०४९ औद्योगिक सूचकांक समेतमा क्षेत्रीय र शाखा तथ्यांक कार्यालयमा कार्यालय प्रमुखको रुपमा समेत कार्यरत छँदा तत्कालीन सुदुर पश्चिमका सबै जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा, कैलाली र कञ्चनपुर र बझाङ, बाजुरा, डोटी, अछाम र कैलाली जिल्लाका प्रायः अधिकांश भुभाग भ्रमणवाट संकलन गरिएका लोक संस्कृति देउडा समेत जागीरे यात्राको अप्रकाशित आफ्नै सिर्जनात्मक सङ्गालोवाट साभार

📘 ब्लग्स्पोटमा अभिलेखिकरण मिति : मंगलबार २५ श्रावण २०७८ शुभम् ।

Comments