३२६. रोपाइँ जात्रा : परिचयात्मक जानकारी

रोपाइँ जात्रा  :  परिचयात्मक जानकारी            

✍️ वसन्तराज अधिकारी
  सन्दर्भ स्रोत सामग्री :  १. गुगल विकिपिडिया र २. हाम्रो पात्रोको लागि सुयोग ढकालको लेख ।


१.  परिचय :

रोपाईं जात्रा असारको महिना धानको रोपाइ गरी सके पछि मनाइन्छ । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ । यो जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ । रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ)मा गएर असारे गीत गाउँदै र नाँच्दै रमाईलो गर्दछन् । यश बर्ष रोपाईं जात्रा भाद्र ०८ मंगलबार तदनुसार अगष्ट २४ का दिन परेको छ ।

२. रोपाईं जात्रा मनाउने तरिका

रोपाईं जात्रालाई कर्णाली अञ्चलका जिल्लाहरूमा चोपाइ भनिन्छ । यहाँको चलन अनुसार चोपाइ एक प्रथा हो । चोपाइ प्रथामा रोपाईं जात्रा जस्तै जात्रा गरिन्छ । खास गरेर जुम्ला जिल्लामा रोपाईं जात्रालाई चोपाइ भनिन्छ । यहाँको भाषामा चोपाइ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ । जसको घरमा विवाह भएको छ अथवा जसको घरमा छोरा जन्मिएको छ त्यसको घरमा चोपाइ अथवा रोपाईंजात्रा गरिन्छ । चोपाइ गराउने व्यक्तीले आफ्नो खेतको रोपाईंको दिन गाउँका सबै मान्छेलाई बोलाउनु पर्छ । नेपालको मध्य पश्चिम र सुदूर पश्चिममा रोपाईं गर्दा खेतको वीच गरामा पुल्ती राखिन्छ । पुल्तीलाई कतै कोठा भनिन्छ, कतै भकारी भनिन्छ र कतै पोको भनेको पनि सुनिन्छ । रोपाईं जात्रामा पुल्तीको ठुलो महत्त्व हुन्छ । खास गरेर पुल्ती रोपाईं गर्नेका चेलीहरूले राख्ने प्रचलन छ । जुम्लामा चोपाइ गर्नेको खेतमा पुल्ती राखे पछि नव विवाहीत वर वधु तथा नवजात शिशुलाई पुल्तीको परिक्रमा गराइन्छ । त्यसपछि तिनलाई अक्षेता र दुबो लगाएर बाहिर पठाइन्छ । त्यसपछि पुल्ती राख्ने चेलीले दुबैहातमा बिउ लगेर पुल्ती वरीपरि नगराको तालसँगै नाचेर चोपाइको लागि नव विवाहीत दुलाहाको बुवा अथवा नवजात शिशुको बाबुलाई आमन्त्रण गर्छन् । चोपाइको आमन्त्रण गर्ने बेलामा असारेगित गाउँछन् । यसरी चोपाइको आमन्त्रण पाएपछि गाउँका तन्नेरीहरूले दुलहाको बाबु अथवा नवजात शिशुको बाबुलाई हिलोमा डुबाउछन् । प्राय रोपाईं जात्रामा रोपाईंको मालिकलाई हिलोमा डुबाउनु पर्छ भन्ने सबै तिर प्रचलन छ । रोपाईंजात्रा नेपालका सबै पश्चिमी जिल्लाहरूमा मनाइन्छ तर मनाउने तरिका फरक फरक पाइएको छ ।

३. रोपाइँ जात्राको उपादेयता वा महत्व

मुलतः गाईजात्रा अर्थात् सापारुको भोलिपल्ट मनाईने रोपाइँ जात्रा मल्लकालवाट चलिआएको प्रचलन हो । तत्कालीन समयमा समृद्ध राज्यको आधार कृषिलाई बिशेष महत्व दिंदै राजा प्रताप मल्लले रोपाइँ जात्राको प्रचलन शुरुआत गरेको मानिन्छ । विशेषतः चैत्य, बहाल र टोलका फलैंचाहरुमा आजको दिन स्थानीयहरु भेला भएर यश जात्रा मनाउने चलन छ ।

नेपाल एउटा कृषि प्रधान देशको रूपमा रहेको छ । कृषिमा व्यापकरूपमा मनसुनको प्रभाव पर्दछ । यश बर्ष वर्षा राम्री रहेकाले सिंचाइ सुविधा युक्त खोला खेत, गदारका अतिरिक्त खहरेवाट सिचित टारी र आकाशे पानीवाट सिंचित हुने कतिपय क्षेत्रहरूमा पनि असार र श्रावणको पहिलो हप्ता भित्र ९० प्रतिशत भन्दा बढी खेतीपाती भैसकेको अवस्था छ । रोपाइँ जात्रा काठमाडौं केन्द्रीकृत मात्र नभई पुर्वमा कोशी किनारदेखि पश्चिममा कर्णाली महाकाली किनारसम्म विभिन्न तवरमा यश जात्रा मनाईन्छ । कर्णाली किनारमा यश जात्रालाई "चोपाई" भन्ने कुरा माथी उल्लेख भैसकेको  छ । कतिपय ठाउँमा रोपाइँ सकेपछिको अवसरलाई "भुमेपाथी" पनि भनिन्छ । रोपाई र दाउन अर्थात् बाली भित्र्याउँदा एकपटक भुमेपाथी मनाउने चलन छ ।

४. उपसंहार :

विशेषतः नेवार समुदायले मनाउन शुरु गरेको रोपाइँ जात्रा देशैभर उत्सवका रुपमा मनाउने चलन छ । नेपाल भाषामा रोपाइँ जात्रालाई "सिनज्या जात्रा" भनिन्छ । रोपाइँ पश्चात् थकाइ र तनाव भुल्नका लागि मनाईने यो उत्सव ठाउँ अनुसार फरकफरक तरिकाले मनाईन्छ । कर्णाली अञ्चलमा यसलाई "चोपाई" भनिन्छ । खेतालाहरु जम्मा भएर बाजा बजाएर रोपाइँका गीतहरु गाउँदै नाच्दै धान रोपेको खेतमा पुगेर रमाइलो गर्दछ्न् । धानको खेतको असली मालिकलाई खेतभित्र हिलोमा डुबाउनु पर्दछ भन्ने मान्यता पनि धेरै ठाउँमा रहिआएको पाईन्छ । हिजोआज प्लटिङ गरेर खेत बाँझो प्रचलन बढीरहेको सन्दर्भमा यसरी खेतीयोग्य जग्गा जमीन बाँझो राख्न नपाईने नेपाल सरकारको निर्णय बमोजिम स्थानीय तहहरुले ठोस कृषि नीति बनाई यस्तो गर्ने गराउनेलाई कामकारबाहीको दायरामा ल्याउनु पर्दछ । बिश्वब्यापी कोरोना भाईरस " कोभिड - १९" को संक्रमण, रोकथाम, नियन्त्रण, उपचारको कठिन अवस्थामा सामाजिक तथा भौतिक दुरी कायम राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाउने र सुरक्षीत रुपमा अर्थात् सांकेतिक रूपमा जात्रा पर्व मनाउनु पर्दछ ।

५. अन्त्यमा

सम्पूर्ण खेतीपाती गर्ने किसान र आश्रितजन वास्तविक रुपमा "कृषि मुलश्च जीवनम्" अर्थात् जीवन जीउनका लागि कृषि नै मुल हो । भन्ने सार्थक सन्देशका साथ खेतीवाली राम्रो होस् ! सबैमा खुशी छावस् !! समृद्धि आवस् !!! दुर्भिक्ष महामारी रोगलाई परास्त गर्न सकियोस् सबैमा हार्दिक शुभकामना !!!
जय कृषि ❣️🌹🙏

लेखन तथा सम्पादन

✍️ अधिवक्ता श्री वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
@ कीर्तिपुर, काठमाडौं, नेपाल ।
[मंगलबार ०८ भाद्र २०७८ रोपाइँ जात्रा शुभम्]

Comments