३३०. कृष्ण जन्माष्टमी : भगवान कृष्णको जन्मदिन

कृष्ण जन्माष्टमीको शुभ दिनमा सबैमा हार्दिक मंगलमय शुभकामना !!!

सन्दर्भ : भगवान कृष्णको जन्मदिन प्रसंग 

श्रीकृष्ण जन्माष्टमी पर्व, २०८० को शुभ अवसरमा सबै अध्यात्मिक आफन्तजन तथा साथीभाइ, शुभेच्छुक स्वजन मित्रहरुमा हार्दिक मंगलमय शुभकामना 🌻🙏🕉️

                 

१. निचोड  :

चतुश्लोकी श्रीकृष्ण चरित्र

आदौ देवकी देव गर्भ जननं गोपि गृहे बर्धनम् ।
माया पुतनाजिवीताप हरणं गोबर्धनोधारणम् ।।
कंशच्छेदनवकौरवादी हननम् कुन्ति सुतापालनम् ।
श्रीमद्भागवत पुराण कथितं श्रीकृष्ण लिलाSमृतम् ।।

भावार्थ :

आदिकालमा पिता वसुदेव र माता देवकीका गर्भवाट जन्मलिई नन्द एशोदा गोपि गृहमा हुर्की बढी मायावी पुतनाको बध गरि जीवको ताप नाश गर्दै गोबर्धन स्वरुप धारण गरि कंश र कौरवहरुलाई संहार गरि कुन्तीका सुतहरु पाण्डवहरुको पालन संरक्षण गर्नुभयो । श्रीमद्भागवत र पुराणले मुक्तकण्ठले गायन गरिएका श्रीकृष्णका लिला अमृत समान छन् ।

एकेश्वरवाद, ज्ञान योग, भक्ति योग र कर्म योगका प्रणेता भगवान श्रीकृष्णको शाश्वत धर्म दर्शन र अमर दृष्टान्त श्रीमद्भागवत गीता सबैले पढनै पर्ने र गीता ज्ञान बिना मानव जीवन अपुर्ण रहने तथ्य घाम जत्तिकै छर्लङ्ग रहेकोे छ । तसर्थ गीताको एकश्लोक याहाँ प्रस्तुत गर्न सान्दर्भिक होला :

वसुदेवं सुत देवं कंशचार्णुरमर्दनम् ।
देवकी परमानन्दं कृष्णं बन्दे जगत्गुरुम् : ।।

भावार्थ :

वसुदेवका छोरा स्वयं वासुदेव कंश र चार्णुरजस्ता महावलशाली दानवराजको संहारकर्ता, माता देवकीलाई परम आनन्द दिने श्रीकृष्ण जगत्कागुरु हजुरलाई बन्दना गर्दछु ।

हिन्दु धर्ममा ४ महान रात्रीहरु हुन्छन् । श्रीकृष्ण जन्माष्टमी "मोहरात्री" बडादशैंको सप्तमीको रात्री "कालरात्री" भाइ तिहार "दिपावली" को रात्री "सुखरात्री" र देवाधिदेव महादेव भगवान् शिव बाबाको प्रकट "शिवरात्री" अत्यन्तै पवित्रै रातहरु हुन् ।

२. श्रीकृष्ण जन्म प्रसङ्ग

कृष्ण जन्माष्टमीलाई सातम आठमगोकुलष्टमीअष्टमी रोहिनीश्रीकृष्ण जयन्तीश्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।

३. अवतार पुरुष  श्रीकृष्ण

भगवान  बिष्णुको आठौँ अवतारको रूपमा श्रीकृष्णको जन्मदिनको अवसरमा  हिन्दुहरूले मनाइने वार्षिक पर्व हो । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्रीकृष्ण को  पुजा -आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् ।

४. श्रीकृष्ण महिमा :

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म  द्वापरयुगमा  हिन्दु पञ्चाङ्ग अनुसार  भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । जन्माष्टमीका दिन  नेपाल राज्यका कृष्ण मन्दिर हरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।  अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न  पाण्डवहरू मध्येका  अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उनका मुखारविन्दबाट व्यक्त श्रीमद्‍भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए । जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ । यसै उपलक्ष्यमा  काठमाडौं लगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक सङ्घ/संस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ । भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन् ।

५. नामाकरण :

कृष्ण जन्माष्टमी
अन्य नाम(हरू) : जन्माष्टमी / दही हाडी
समुदाय : हिन्दू
प्रकार: धार्मिक अनुष्ठान पर्वहरूव्रत
आराधना : मिति भाद्र कृष्ण अष्टमी  बुधबार २० भाद्र २०८० तदनुसार 06/09/2023

६. किंवदन्ती

देवकी तथा वसुदेवका आठौँ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो । प्राचीन अभिलेखहरूको आधारमा तथा खगोलीय गणनाको आधारमा कृष्णको जन्म जन्माष्टमी, १८ जुलाई ३२२८ इसापूर्वमा भएको थियो र उनी १८ फेब्रुअरी ३१०२ इसापूर्वसम्म धर्तीमा रहेका थिए । कृष्ण मथुराका यादवको भृष्नी कुलका थिए ।

मथुरा (वर्तमान समयमा मथुरा जिल्ला, उत्तर प्रदेश) यादवहरूको राजधानी रहेको थियो । देवकीको भाइ राजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेलमा राखी आफूले राज्यसत्ता कब्जा गरेका थिए । एउटा भविष्यवाणीबाट डराएर उनले दुवै देवकी र उनको पतिलाई जेलभित्र कैद गरेर राखेका थिए । भविष्यवाणी अनुसार उसको मृत्यु देवकीको आठौँ सन्तानको हातबाट हुने भन्ने थियो । कंशले सुरूका छ सन्तानलाई मारेपछि देवकीले सातौँ सन्तानलाई गायब पारेकी थिइन् । (यथार्थमा देवकीले गोप्यरूपले सो बच्चा रोहिणीलाई दिएकी थिइन् जो बलराम थिए ।) आठौँ सन्तानको रूपमा कृष्णको जन्म भयो । जन्मिने बित्तिकै विष्णुले वासुदेवलाई कृष्णलाई  नन्द  र  यसोदा  बसोबास गर्ने स्थान गोकुल पुर्‍याउन लगाए, जहाँ कृष्ण आनन्दले आफ्नो काका कंशबाट टाढा रही बाँच्न सक्थे । वासुदेवले कृष्णलाई लिएर यमुना नदी तारी सकुशल गोकुल पुर्‍याए । त्यहाँ सबैजना सुतिरहेकोले वासुदेवले कसैलाई पत्तो नदिइकनै कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आए । कंशले त्यस अबोध बच्चालाई देवकीको आठौँ सन्तान ठानी ढुङ्गामा फालेका थिए । तर उनी हावामा उडी योगमाया (विष्णुको सहायक) को रूपमा स्थानान्तरित भइन् र कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायब भइन् । कृष्ण गोकुलमै आफ्ना दाइ बलरामसँग हुर्केका थिए । पछि उनी मथुरा फर्के र बलरामको सहायताले कंशको संहार गरे ।      

🕉️ माता यशोदाका साथ श्रीकृष्ण लिला 

स्रोत तथा सन्दर्भ : गुगल विकिपिडिया

सम्पादन तथा लेखन : 

अधिवक्ता श्री वसन्तराज अधिकारी

[पुर्व उपसचिव, नेपाल सरकार] 

घोराही उपमहानगरपालिका, दाङ, लुम्बिनी प्रदेश, नेपाल
[मंगलबार १९ भाद्र २०८०  तदनुसार सन् 05/09/2023]

Comments