३२८. गौरा पर्व : एक चर्चा : नेपालकाे सुदुर पश्चिमको एक प्रमुख चाड

गौरा पर्व : एक चर्चा : नेपालकाे सुदुर पश्चिमको एक प्रमुख चाड              

✍️ वसन्तराज अधिकारी 

१. परिचय :

गौरा  सुदुर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो। गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो ।  गौरा पर्व  भाद्र कृष्णको  षष्टीदेखि  अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा 'बिरुडा' अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् ।  गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने  शिव र  गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ ।  बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिक रूपमा  धान, साउँ,  तिल,  अपामार्ग आदि बिरुवाका बोट बाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन्।  धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा गर्ने गरिन्छ ।  गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा  देउडा, चैत ,धमारी, आदि खेल  खेलेर आनन्द लिन्छन्  । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । सुदूपश्चिमेली हरूले धुमधामका साथ मनाइने गौरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ ।  गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । यो पर्व सुदूरपश्चिममा एक ठूलो पर्वको रूपमा मनाइन्छ । साथै यस पर्वमा सरकारले देशभर गौरा पर्व मनाउने समुदायलाई सार्वजनिक विदा दिने गर्दछ ।
                     

गौरापर्वमा माता गौरी (पार्वती) को मुर्ति 

२. आधिकारिकता नामाकरण :

आधिकारिक नाम : गौरा पर्व
अन्य नाम (हरू) : गौरा 
प्रकार: हिन्दु
सुरू : भाद्र कृष्ण षष्टी
समापन : भाद्र कृष्ण  अष्टमी मनाइन्छ
बार्षिक सम्बन्ध : सुदुरपश्चिम (नेपाल), कुमाउँ (भारत)

३. मनाउने तरिका

गौरा पर्वमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाइने अन्नको समिश्रणलाई बिरुडा भन्ने गरिन्छ । महिलाहरूले गौरा पर्व सुरु भएको दोस्रो दिन भोलि पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा विशेषगरी गौरी अर्थात्  पार्वतीको पूजाअर्चना गरिन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पुजा–अर्चना गरी महिलाहरूले दुबधागो चढाउने गर्छन्। अष्टमीका दिन त्यही दुबधागो अभिषेक गरेर घाँटीमा लगाएर देवीको पुजा गर्ने परम्परा रहेको छ । सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको र पुरुषले लगाउने जनैको जस्तै महत्त्व रहेको छ । गौरापर्वमा ब्रतालु तथा  श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादको रूपमा प्रयोग गर्ने गरिन्छ । बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूति) बनाई गौराघरमा भित्र्याउँछन् । गौरा भित्र्याइ सकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुरयाउने मात्र नभई यस पर्वमा ब्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ।
                      

गौरापर्व मनाउँदै गर्दाको नृत्य झलक 

४. प्राचीन कथा

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणँहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो । यो पर्वमा देउडा र धमारी खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्नुका साथै माया, प्रेम बाँड्ने गरिन्छ ।                                                             

महिलाहरुद्वारा गौरा देवीलाई पुजा अर्चना गर्दै 

५. उपसंहार

गौरा पर्व सुदुरपश्चिम नेपाल मुलतः डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र सो आसपासका क्षेत्रहरु र  कुमाउँ प्रदेश पिथौरागढ, अल्मोडा, टेडिगडवाल, पौडीगढवाल र देहरादुन आसपासका क्षेत्रमा मनाईने धार्मिक सांस्कृतिक पर्व हो । हिजोआज काठमाडौंमा पनि सुदुर पश्चिम क्षेत्रवाट विभिन्न पेशा व्यवसाय र बसोबास गर्ने मानिसहरूले यो पर्व टुँडिखेलमा धुमधाम साथ मनाउने गर्दछन् । आदि देवी गौरी (पार्वती) र शिवको आराधना पुजा व्रत गरि मनाउने हुँदा यसको आफ्नै विशिष्ट महत्वका साथै हिन्दु धर्मावलम्बीहरुको सन्निकट सम्बन्ध रहेकोे छ । सरकारले गौरा पर्व मान्ने समुदायका लागि सार्वजनिक विदा दिने गरेको छ । स्थानीय राष्ट्रिय चाडपर्वको आफ्नै विशेष महत्व रहेकोे हुन्छ । यिनको बिशेष संरक्षण, सम्बर्द्धन र विकास गर्नमा विशेष ध्यान सम्बन्धित प्रदेश सरकार र प्रदेश सरकारलाई संघीय सरकारले आवश्यकता अनुरुप सहयोग र समन्वय  गर्नुपर्छ । आफ्नो मौलिक धर्म, संस्कृतिको संरक्षण गरेमा मात्र "धर्मो रक्षती रक्षित:" अर्थात् हामीले धर्मको रक्षा गरे मात्र धर्मले हाम्रो रक्षा गर्छ भन्ने वैदिक वाक्य सार्थक हुन्छ । यो टिप्पणीकार बि.सं.२०४९ देखि २०५३ र बि.सं.२०६९ मा  गरि करिब ५ बर्ष जागीरे जीवनमा सुदुर पश्चिमका डोटी, डडेल्धुरा र दार्चुला जागीरकै सिलसिलामा बसेको र अन्य प्रायः सबै जिल्लाहरुको घरदैलोमा पुगि भाषा, भेष, संस्कृति, धर्म, चाडपर्व रीतिरिवाज रहनसहन सँग भलिभाँति परिचीत भएकाले धृष्टताका साथ अनुरोध गर्दछ कि जीवनमा एकपटक सुन्दर सुदुर पश्चिम अवश्य जानूस्,  सुदुर पश्चिमको अवलोकन, निरीक्षण भ्रमण अवश्य गर्नुस् । हवस् त धन्यवाद ।

सन्दर्भ स्रोत र तस्बिर डाउनलोड : गुगल विकिपिडिया

लेखक तथा सम्पादक :

अधिवक्ता श्री वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, लुम्बिनी प्रदेश, नेपाल 
@ कीर्तिपुर, काठमाडौं, नेपाल ।
[शुक्रबार ११ भाद्र २०७८ तदनुसार 27/08/2021]

Comments