२८४. भगवान गौतम बुद्धका बत्तीस महापुरूष लक्षण

भगवान गौतम बुद्धका बत्तीस महापुरूष लक्षण             

📝 वसन्तराज अधिकारी र एशोदा अधिकारी
तस्बिर : मायादेवी मन्दिर, बुद्ध जन्मस्थल लुम्बिनी  सांस्कृतिक संग्रहालय, लुुुम्बिनी, नेपालमा हामी  
     

मानिसमा ३२ वटासम्म लक्षणहरू हुन्छन् भनेर पूर्वीय दर्शन शास्त्रहरूमा उल्लेख गरिएकाे र जस्मा यी सबै लक्षण भेटिन्छ त्यस्ता व्यक्ति चक्रबर्ति राजा वा सम्यक सम्बुद्ध हुन्छन् भन्ने स्थापित मान्यता छ । वर्तमानमा भने ज्याेतीष विज्ञान बाहेक यस सम्बन्धी अध्ययन गरिने छुट्टै शास्त्र लाेप भैसकेकाे छ । हाम्राे समाजमा शिशु जन्मनासाथ संतपुरूषकाे हातमा नवजात बालक सुम्पेर बालकमा के कस्ता लक्षणहरू बिद्यमान छन् र भावी जीवन कस्ताे रहला भनेर थाहा पाउने प्रचलन अद्यापी कायम छ ।

ऋषि कालदेवल :

पृथ्वीमा बुद्धकाे जन्म भएकाे खबर सुनेर शिशु सिद्धार्थ गौतमकाे दर्शन गर्न भनी हिमालयमा तपस्यारत ऋषि कालदेवल राजा सुद्धाेधनकाे लुम्बिनी कपिलबस्तु स्थित दरवार अाए र सिद्धार्थकाे रूप र लक्षणबाट उनी भाव विभाेर भए । तर गौतमले सम्यक सम्बाेधी प्राप्त गर्नु पूर्व नै अाफूले यस धरती छाडी सक्ने कुराले भने उनकाे अाँखाबाट अस्रुधार बहि नै रह्याे ।

आठ ब्राह्मण ज्याेतिषाचार्य :

राजा सुद्धाेधनकाे निमन्त्रणामा अाएका त्यस बेलाका अाठ प्रसिद्ध ज्याेतिषाचार्यहरूले बालककाे शरीरमा बत्तीस महापुरूष लक्षण देखेपछि सातजनाले यी वालक ठूलाे भएपछि यदि गृहस्थ भए भने चक्रवर्ती सम्राट हुनेछन् तर गृहत्यागी भए भने त सम्यक सम्बुद्ध हुनेछन् भनी शरीर लक्षणकाअाधारमा भविष्यवाणी गरे।
ती ज्याेतिष मध्ये सबैभन्दा कम उमेरका कौडण्यले दृढताका साथ भविष्यवाणी गरे कि यी बालक सम्यक सम्बुद्ध नै हुनेछन्।

बत्तीस महापुरूष लक्षणहरू :

१. सुप्रतिष्ठित पाद : पैताला समतल हुन्छ  ।
२. चक्रवरंकित : पैतालामा चक्र अंकित हुन्छ ।
३. आयत पाष्णि : कुर्कुच्चा लामाे र चौडा हुन्छ ।
४. दीर्घ अंगुल : हात र पाउका अौंलाहरू लामा हुन्छन् ।
५. मृदुतरूणहस्त-पाद : हात र गाेडा काेमल र भरिला हुन्छन्।
६. जाल हस्त पाद : हात र पाउकाे अौंलाहरू वीच हाँसकाे खुट्टामा भएजस्ताे जाल जस्ताे त्वचा हुन्छ ।
७. उस्संख पाद : पाउका घुँडा अलि माथितिर हुन्छ ।
८. एणी जंघ : मृगकाे जस्ताे सुन्दर साँप्रा हुन्छन् ।
९. आजानुबाहु : घुडासम्मका लामा हातहरू हुन्छन् ।
१०. काेषाच्छादित वस्तिगुह्य : पुरूषेन्द्रिय त्वचाकाेषमा गुप्त गुफित रहन्छ ।
११. सुवर्ण वर्ण : त्वचा कंचन वर्णकाे हुन्छ ।
१२. सूक्ष्म- छवि : शरीरकाे छालामा सूक्ष्म त्वचा मढिएकाेले धूलाे टाँसिदैन ।
१३. एक एक लाेम : प्रत्येक राेमकूपमा एउटा एउटा मात्र रौं हुन्छ ।
१४. उर्ध्वाग्रलाेम : रौंहरू बायाँबाट दाहिनेतिर घुम्रिएकाे र माथितिर फर्किएकाे हुन्छ ।
१५. ब्राह्मऋजु-गात्र : शरीर लामाे र साेझाे हुन्छ ।
१६. सप्त उत्सद : सातै अंग विशाल एबं पूर्ण अाकारका हुन्छन् ।
१७. सिंह-पूर्वार्द्ध-काया : छाती सहित शरीरकाे माथिल्लाे भाग सिंहकाे जस्ताे हुन्छ ।
१८. चितांतरांस : दुबै काँधकाे बीचकाे भाग टम्म भरिएकाे हुन्छ ।
१९. न्यग्राेध परिमण्डल : उभिएर दुबैहात दुबैतिर फैलाउँदा जति शरीरकाे चौडाइ बन्छ, त्यतिनै शीरदेखि पाउसम्मकाे उचाइकाे नाप हुन्छ ।
२०. समबर्त स्कन्ध : समान गाेलाकार काँध हुन्छ ।
२१. रस रसाग्री : जिव्राे र त्यस सँग जाेडिएकाे घाँटीसम्म पुगेकाे एउटा नसाे हुन्छ ।
२२. सिंह हनु : चिउँडाे सिंहकाे जस्ताे चौडा हुन्छ ।
२३. चत्तालीस दन्त : चालीस वटा दाँत हुन्छ ।
२४. समदन्त : दाँतहरू समान पंक्तिबद्ध हुन्छन् ।
२५. अविवर दन्त : दाँतहरूकाे बीचमा छिद्र हुँदैन ।
२६. शुसुक्लदाढ : दाँत अत्यन्त सेता हुन्छन् ।
२७. प्रभूत जिह्वा : जिव्राे लामाे हुन्छ ।
२८. ब्रह्म स्वर : काेइलीकाे जस्ताे निनादी स्वर हुन्छ ।
२९. अभिनील नेत्र : अालसकाे फूल जस्ता नीला अाँखा हुन्छन् ।
३०. गाे-पक्ष्म : गाइकाे जस्ताे ठूलाे-ठूलाे परेलाका रौं हुन्छ ।
३१. श्वेत ऊर्णा : दुबै अाँखी भौं का बीचमा श्वेत, काेमल, रूइ सदृश वर्तुलाकार रौंहरू हुन्छन् ।
३२. उष्णीष शीर्ष : शीरकाे माथि  ठीक्क माझमा एक जटामुकुट फेटा बाधिएकाे जस्ताे एक उपशीष हुन्छ ।

सारांश :

नेपालका महान सपूत तथागत गौतम बुद्ध विश्व शान्तिका प्रतीक हुन् । माथि वर्णित सबै बत्तीस लक्षणले युक्त भगवान बुद्ध  करूणा, मैत्री, दया, प्रेम, शान्ति र सद्भावका प्रतिमूर्ति हुनुभएकाेले उहाँलाइ एसियाकाे मात्र हाेइन विश्वकै ताराकाे रूपमा ( Light of the world ) स्वीकार्नु वर्तमान समयकाे माग हाे । हत्या, हिंसा, ,राेग, भाेक र शाेकले ग्रसित वर्तमान विश्वमा बुद्ध शिक्षा विस्तार हुने हाे भने एकदिन याे संसार शान्तिकाे घर बन्नेछ । यसकाे सुरूवात बुद्धभूमी नेपालबाटै हुनुपर्छ भन्ने कुरामा विमति हुनुपर्ने कुनै कारण छैन ।

भवतु सव्व मंगलम्  ( सबैकाे मंगल हाेस् ) ।
May all beings be happy !

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
@ कीर्तिपुर, काठमाडौं, नेपाल

Comments