२९५. भ्रष्टाचारको अर्थ तथा परिभाषा, भ्रष्टाचार निवारण ऎन, २०५९ मा भ्रष्टाचार सम्बन्धि व्यवस्था, भ्रष्टाचार बढनुको कारण, न्यूनीकरणका उपाय र भ्रष्टाचार विरुद्धको अभियान, सम्पुर्ण उपचार समेत : संक्षिप्त विवेचना

सदाचार प्रवर्द्धन कार्यक्रम  

भ्रष्टाचारको अर्थ तथा परिभाषा, भ्रष्टाचार निवारण ऎन, २०५९ मा भ्रष्टाचार सम्बन्धि व्यवस्था, भ्रष्टाचार बढनुको कारण, न्यूनीकरणका उपाय र भ्रष्टाचार विरुद्धको अभियान, सम्पुर्ण उपचार समेत : संक्षिप्त विवेचना         

✍️ वसन्तराज अधिकारी

१. भ्रष्टाचारको अर्थ तथा परिभाषा :

१.१ भ्रष्टाचार (Corruption) ल्याटिन भाषाको शब्द "Corrupt" बाट आएको हो । जस्को अर्थ हो भत्काउनु, बिगार्नु वा बिनाश गर्नु भन्ने हुन्छ ।

१.३ शाब्दिक अर्थमा "भ्रष्ट" र "आचार" दुई शब्दहरुको सन्धी मिलेर बनेको छ ।

१.३ भ्रष्टाचारको अर्थ "पतित आचरण, दुषित मर्यादा, नियम वा कानुन विरुद्ध नैतिक पतन हुने काम गरि घुस खाई पक्षपातपुर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनसाय वा घुसखोरीको काम ।"

१.४ संयुक्त राष्ट्र संघका अनुसार - निजी लाभका लागि (सार्वजनिक) पद र शक्तिको दुरुपयोग हो, जसले सार्वजनिक हितमा अवरोध ल्याउँछ ।

१.५  विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–

“भ्रष्टाचार” भन्नाले परिच्छेद–२ अन्तर्गत सजाय हुने कसुर सम्झनु पर्छ । भ्रष्टाचार निवारण ऎन, २०५९ अनुसार - “रिसवत” भन्नाले नगदी, जिन्सी वा अन्य जुनसुकै किसिमको लाभ वा सुविधा सम्झनु पर्छ र सो शब्दले घूस समेतलाई जनाउँछ ।

२. भ्रष्टाचार निवारण ऎन, २०५९ को परिच्छेद २ भ्रष्टाचारको कसुर (दफा ३ देखि २४ सम्म)

२.१ प्रस्तावनाः

सर्वसाधारणको सुख, शान्ति र आर्थिक हितको निमित्त समाजमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्न भ्रष्टाचार निवारणका सम्बन्धमा समयानुकूल कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले संसदले यो ऐन बनाएको छ ।

२.२ “कसुरको मात्रा” भन्नाले यस ऐन अन्तर्गत सजाय हुने कसुर गरेको वा गर्ने उद्योग गरेको अवस्था, परिस्थिति र त्यस्तो कसुरको गाम्भीर्यता वा त्यस्तो कसुर गर्ने वा गर्न उद्योग गर्ने व्यक्तिको नियत, योग्यता, ओहदा र हैसियत समेतको आधारमा निर्धारण गरिने कसुरको मात्रा सम्झनु पर्छ ।

२.३ “अनुसन्धान अधिकारी” भन्नाले भ्रष्टाचार सम्बन्धी कसुरको अनुसन्धान, तहकिकात र मुद्दा दायर गर्न प्रचलित कानुनबमोजिम अख्तियारी पाएको निकाय वा अधिकारी सम्झनु पर्छ ।

२.१ रिसवत लिने,

२.२ बिना मुल्य कम मुल्यमा बस्तु वा सेवा लिने,

२.३ दान, दातव्य, उपहार वा चन्दा लिने,

२.४ कमिशन लिने,

२.५ गैरकानुनी लाभ वा हानी पुराउने बद्नियतले काम गर्ने,

२.६ राजश्व चुहावट गर्ने,

२.७ गलत लिखत तयार गर्ने,

२.७ गलत अनुवाद गर्ने,

२.८ सरकारी कागजात सच्याउने,

२.९ सरकारी कागजात नोक्सान गर्ने,

२.१० प्रश्नपत्रको गोपनियता भंग गर्ने,

२.११ परीक्षाको परिणाम फ़ेरबदल गर्ने,

२.१२ गैर कानुनी व्यापार व्यवसाय गर्ने राष्ट्रसेवक,

२.१३ नपाएको ओहदा पाएँ भन्ने,

२.१४ झुट्ठा विवरण दिने,

२.१५ सार्वजनिक सम्पत्ति हानी नोक्सानी गर्ने,

२.१६ गैरकानुनी दबाब दिने,

२.१७ गलत प्रतिवेदन दिने,

२.१८ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको मानिने,

२.१९ उद्योग गर्नेलाई सजाय हुने,

२. २० मतियारलाई सजाय हुने,

२.२१ थप सजाय हुने ।

उपरोक्त बमोजिमको भ्रष्टाचारको कसुर, सजाय र थप सजायको कानुनी व्यवस्था समेत गरिएको छ ।

३. भ्रष्टाचार बढनुको कारण :

३.१ बढदो आवश्यकता र महत्वकांक्षा,

३.२ व्यक्तिगत लोभ लालचको बाहुल्यता,

३.३ कानुनको अक्षरश: पालन नगर्ने,

३.४ स्वार्थ अनुकूल कानुनको व्याख्या गर्ने प्रवृत्ति,

३.५ अवसरको लागि शक्ति र पहुँचमा विश्वास,

३.६ पेशागत आचरणको पालना नहुनु,

३.७ काममा पारदर्शिता जिम्मेवारी र जवाफदेहिको अभाव,

३.८ भ्रष्टाचार विरुद्ध जनचेतनाको अभाव ।

४. भ्रष्टाचार सम्बन्धि अपराध र यसको न्यूनीकरण :

४.१ आवश्यकताको प्राथमिकीकरण गरिनुपर्छ ।

४.२ आदर्श तथा सरल जीवनशैली अपनाउनु पर्छ ।

४.३ सार्वजनिक हित प्रवर्द्धन गर्ने कार्य गर्नुपर्ने ।

४.४ सार्वजनिक भलाईको प्रधानता हुनुपर्ने ।

४.५ कानुनको पालनामा इमान्दारीताको परिपालना ।

४.६ धैर्यता र प्रक्रियाको अनुसरण गरिनुपर्छ ।

४.७ पेशागत आचरणको पालनामा इमान्दारीता कायम हुनुपर्ने ।

४.८ काममा पारदर्शिता, जिम्मेवारी र जवाफदेहीको विद्यमानता हुनुपर्ने ।

४.९ जगैवाट सदाचार, नैतिकताको बिकास गर्नुपर्ने ।

४.१० सदाचार संस्कृति अर्थात् सदाचारितालाई प्रोत्साहन र पुरस्कार गर्नु ।

५. भ्रष्टाचार विरुद्धको अभियानमा साझेदारहरु :

५.१ सार्वजनिक क्षेत्र (Public Sector),

५.२ निजी क्षेत्र (Private Sector) &

५.३ नागरिक समाज (Civil Society) ।

६. भ्रष्टाचार विरुद्धको अभियानमा सम्पुर्ण उपचार :

६. १ शिक्षा -------------------------प्रवर्द्धनात्मक

६. २ सुधार -------------------------निरोधात्मक

६. ३ कारबाही ---------------------दण्डात्मक ।

७. उपसंहार :

७.१ मुलतः भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी उपायहरू २ वटा हुन् पहिलो सतर्कता (ptoactive) र दोस्रो उपचारात्मक (reactive) उपायहरू नै हुन् ।

७.२ नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गत राष्ट्रिय सतर्कता केन्द्र जुन नामवाटै स्पष्ट पनि छ र यस्ले प्रवर्द्धनात्मक कार्य (Promotional Acts) र निवारणात्मक  (Preventive Acts) कार्यसम्पादन गर्दछ जुन कार्य पुर्व सतर्कता अध्ययन, अनुसन्धान र बार्षिक प्रतिवेदन सामान्य चेतावनी र सतर्कता सँग सम्बन्ध राख्दछन् ।

७.३ नेपालको संविधान, २०७२ को भाग २१ धारा २३८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र  धारा २३९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारको संवैधानिक व्यवस्था गरिएको छ । 

७.४ संघीयताको कार्यान्वयनमा संविधानत: हाल ३ तहको सरकार संघ, प्रदेश र स्थानीय तह रहेको हुँदा भ्रष्टाचार नियन्त्रण र अख्तियार दुरुपयोग तथा सुशासन बहालीका लागि नियमनकारी निकायको क्षेत्राधिकार बढाउनु पर्ने टट्कारो आवश्यकता र समयको मांग रहेको छ ।

७.५ भ्रष्टाचार न्यून रहेका स्केन्डेभियन मुलुकहरूमा प्रभावकारी सशक्त निकाय Ambusdman (अम्बुड्सम्यान) जस्तो संस्थाको स्थापना जस्तैः हाम्रो देशमा पनि भ्रष्टाचार नियन्त्रणका लागि सशक्त र प्रभावकारी संस्थाको दिनानुदिन टट्कारो आवश्यकता रहेको छ ।    ® धन्यवाद

✍️ लेखक : अधिवक्ता श्री वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, लुम्बिनी प्रदेश
@ कीर्तिपुर, काठमाडौं, नेपाल

सन्दर्भ स्रोत सामग्री :

१. नेपालको संविधान, २०७२
२. भ्रष्टाचार निवारण ऎन, २०५९
३. तत्कालीन शाखा अधिकृत, नेपाल सरकार राष्ट्रिय सतर्कता केन्द्र, अनुगमन तथा अनुसन्धान शाखा, सिंहदरबारमा कार्यरत छँदा जिल्लास्तरीय अनुगमन तथा निरीक्षण सामग्री
४. My autobiography श्री बसन्तराज अधिकारी fb page
५. जागीरे यात्रा सिर्जनाका सङ्गालो, २०७० ।

Comments