२९६. कायाकैरन र अन्य वाट संकलित केही मौलिक नेपाली उखान

कायाकैरन र अन्य वाट संकलित केही मौलिक नेपाली उखान 

संकलन  📝 वसन्तराज अधिकारी
                      घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

१.“नल गोडेर फल फल्दैन ।”
२. “मन चिन्नु आफ्नो बानी चिन्नु अर्काको ।”
३.“हाँस त तिमी संग संसार हाँस्छ, रोयौ भने तिम्ले एक्लै रूनुपर्दछ ।”
४. “लिंदा जस्तो तिर्दा हुँदैन ।”
५.“धनुवाण भन्दा मुखवाण तिखो हुन्छ ।”
६. “गाढेको धन र डढेको मनको उपयोग छैन ।”
७. “सुख र दुःख दुई भाइ ।”
८. “बढ्ता उम्लियो भने पोखिन्छ ।”
९..“उल्टि गंगा पल्टि धार पल्टि गंगा उल्टि धार ।”
१०.“बाचुञ्जेल चरो मरे पछि बिचरो ।”
११.“भाग्य कसैको पेवा हैन ।”
१२.“जति तर्किए पनि तेल माथिको पानी तेल माथि ।”
१३.“कुराले च्यूरा भिज्दैन ।”
१४.“नहिड्ने गाउँको बाटो नसोध्नु ।”
१५.“धान असिनाको घान मकै खडेरीले हान ।“
१६. “धनको सुख भन्दा मनको सुख उत्तम”
१७. “पसिना बगाएको काम आफैले पकाएको माम”
१८. “बल न बुता भालु संग मित ला”
१९. “आफै महादेव उत्तानो परे कल्लाई देउला बर”
         ( He himself a begger, a begger at his door.)
२०. “दशैंको टिको कान्छावाट तिहारको टिको जेठावाट” कायाकैरन, उज्यालो नेटवर्क, बडा दशैं, २०७०
२१.  “सर्पको खुट्टा सर्पले देख्छ ।”
२२. Speech is Silver, Silence is gold.
२३.  “भकारीमा धान भए, भातको के दुःख”
२३.  “बगेको खोला फर्कदैन, वितेको समय पर्खदैन”
२४. “चैतमा चना बैशाखमा बेल”
२५. “जसको दाम, उसको काम”
२६. “नयाँ नो दिन पुरानो सों दिन”
२७. “तेल छउञ्जेल नै बत्तिको खेल”
२८. मानको पान हिरा समान
२९. कामको लेखो न खुट्टाको टेको
३०. मुठीको माखो मिचे मर्छ छोडिदिए उड्छ
३१. धानको चिन्ह परालवाट थाहा हुन्छ
३२. नयाँ लुगा नयाँ जाडो
३३. बोझ अर्काको लिनु आँट आफ्नो गर्नु
३४. चलाउनु काम जोगाउनु दाम
३५. फूल पार्ने कोईली आमा बन्ने काग
३६. कागले आफ्नो नाम आफै काढछ
३७. उकालोको टुप्पो र कितावको थुप्रो हेर्नु हुँदैन
३८. बोल्नेको पिठो बिम्छ नबोल्नेको चामल बिक्दैन
३९. पानी माथिको ओभानो
४०. मान्छेको मन र पिपलको पात
४१. छिनमा तोला छिनमा मासा
४२. पर्खै भेटिन्छ सहे देखिन्छ
४३. थपि थपि दुध र भात
४४. भोजन पछि मात्र भजन
४५. धन हुनेका कुरा ठूला मन हुनेका आँखा ठूला
४६. थोरै भए सरासर धेरै भए हेराहेर
४७. मान्छेको मुख टालेर सकिन्न
४८. धनीको धन गरिबको मन
४९. धेरै लुगा धेरै जाडो थोरै लुगा थोरै जाडो
५०. बतास चल्नु र रूख ढल्नु
५१. तिहुनको स्वाद डाडूलाई के थाहा
५२. पुस फास फुस
५३. खोलो हिडेको ठाउँमा चिसो हून्छ
५४. नास्सिने चरीको पातै पात गुँड
५५. भोवन भन्दा भोक मिठो ओछ्यान भन्दा निन्द्रा
५६. भुटे भाङ पोले पिडालु
५७. मित भन्दा हित ठूलो
५८. विना सित्ति साग खाएको दाँत देखाउने
५९. दुःख बाँडे आधा हुन्छ सुख बाँडे दोब्बर
६०. झिगाँको अगाडि घिउ जोख्न हुँदैन
६१. आँगालोको माला भँगालोको पानी
६२. दशैंको सोंच अगाडि नै गर्नुपर्छ
६३. काम गर्न गाहारो भाषण गर्न सजिलो
६४. बाङ्गो काठ र छुचो मान्छे कहि पनि मिल्दैन
६५. पूजा न आजा टाउकोमा चन्दन
६६. “साँपको खुट्टा साँपले देख्छ ।” —नेपाली उखान
६७. भाग खाउँ कि थाल खाउँ । —नेपाली उखान
६८.उम्ले पोखिन्छ, दगुरे लडिन्छ । —नेपाली उखान
६९. भलो सुन्नु, पुरानो खानु र नयाँ लाउनु । —नेपाली उखान
७०.तेल र बोली पोखिएपछि उठाउन मिल्दैन । —नेपाली उखान
७१.मनको लड्डुले पेट भरिन्न । —नेपाली उखान
७३.बगर रूघें खोला आउँछ, घाट रूँघे मुर्दा आउँछ । —नेपाली उखान
७४.दौराको फेर कति बेर । —नेपाली उखान

Comments