२८७. गुरु पुर्णिामा तथा व्यास जयन्तीको महिमा र सान्दर्भिकता : एक संश्लेषणात्मक अध्ययन

गुरु पुर्णिामा तथा व्यास जयन्तीको सन्दर्भ  २०७८ को सम्पुर्ण गायत्री, शिक्षा र दीक्षा गुरु वर्ग, विद्यार्थी तथा अध्येता ज्ञान एवम् बिद्याका उपासक साधक सबैमा हार्दिक शुभकामना ❣️🌻🙏

गुरु पुर्णिामा तथा व्यास जयन्तीको महिमा र सान्दर्भिकता : एक संश्लेषणात्मक अध्ययन 

✍️ वसन्तराज अधिकारी
                   घोराही उपमहानगरपालिका, दाङ, नेपाल 
                              @ कीर्तिपुर, काठमाडौंं 

"गुरु" सामान्य शब्द मात्र होईन "शब्दब्रह्म" हो । सामान्य शब्द औपचारिकतामा लोक व्यवहारमा प्रयुक्त हुन्छ किन्तु  शब्दब्रह्म इहलौकिक र पारलौकिक रुपमा सर्वकालिक वा त्रिकालिक वर्तमान, भुत र भविष्यको द्योतक हो । सात्विक, राजसी र तामसी त्रिगुणात्मक संश्लेषणात्मक प्रतिबिम्बित अवस्था हो । गुरु सादृश्य महान ज्ञान बारे मेरो अल्प वा लघुज्ञानले लेख्न खोज्नु किमार्थ पाण्डित्याई नभई गुरु बारे आफुलाई ज्ञात भएका सामान्य ज्ञानको हिमशिला (Iceburg) कोर्तने अर्थात्  विद्वत वर्गमा सुत्राधारको सत्प्रयाश  मात्र हो । गुरुको सार अर्थ गु=अन्धकार र रु=नाश गर्ने अर्थात् अँध्यारो नाश गर्ने जसरी रातको अन्धकारमा दियोको प्रकाश दिनमा सम्पुर्ण लोकमा श्री सुर्यनारायणले प्रकाश छरेर उज्यालो बनाउनु हुन्छ । गुरु लाई "अज्ञाना तिमीरान्धश्य ज्ञानञ्जन्य सलाकया चक्षुरुण्मिलितं येन: तस्मै श्रीगुरुवे नम:" यसको भावार्थ - अज्ञानरुपि अन्धकारलाई ज्ञानरुपी उज्यालो ज्योतिले नाश गर्ने आँखाको ज्योति समान परम आदरणीय गुरुवर प्रति नमस्कार छ ।

शुक्ल पक्षको अन्तिम दिन पुर्णिामा हो । पुर्णिमाका दिन अत्यन्त पवित्र दिनको रुपमा लिईन्छ । अध्यात्मिक तथा धार्मिक उपासना, व्रत, जागरण पुजा पाठ अध्यात्मिक साधनाका उत्तम समयका रुपमा मानिदैं आएको प्रचलन परापुर्व देखि वर्तमान अवस्था सम्म सामाजिक लोक व्यवहार रीतिरिवाज चालचलन,  संस्कार र संस्कृतिका रुपमा रहँदै धार्मिक आस्था वा विश्वासको रूपमा यद्यपि  रहेको छ । भौतिक र अध्यात्मिक संयोजन भएमा पराभौतिक (Metabolic) प्रक्रियासँग निराहार व्रतले शारीरिक रोग व्याधी नष्ट हुने बिश्वास गरिन्छ । यश दिन शुद्धता पवित्र भएर भगवान बिष्णु र शिवको आराधना गरेमा मनोकांक्षा पुर्ण हुने विश्वास गरिन्छ । गुरुको भुमिका यश प्रकार बर्णन गरिन्छ :

ॐ असतोमा सतगमय
तमसोमा ज्योतिर्गमय
मृर्त्योमा अमृतोदगमय
ॐ शान्ति : शान्ति : शान्ति : ।

अर्थात् हे भगवान् ! सदैव असत्य वाट सत्य तर्फ, अज्ञानतावाट ज्ञानको ज्योति तर्फ मृत्युु वाट अमरत्व तिर ज्ञान र चेतनाको उज्यालो देउ । त्यस तर्फको मार्ग देखाउ र मलाई यस्तो ज्ञान देउकी म यो भौतिक संसार र मृत्युको भय भन्दा पर ज्ञानको उज्यालोमा अमरत्व प्राप्त गर्न सकुँ । यो संसारमा शान्ति होस् । आदि भौतिक शान्ति होस् र अध्यात्मिक शान्ति होस् । उपनिषद्का यी शाश्वत वचन र मन्त्रको अर्थले नै जगतरुपि उज्यालो र त्यसको महत्वलाई चित्रण गर्दछ । गुरुले प्रदान गर्ने ज्ञान र त्यसको मानव जीवनसँग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहि आएको छ । गुरु ~ ज्ञान वा विद्याको बर्णन यसप्रकार गरिएको छ -

न चौर्य हार्यम् न च राज्य हार्यम् ।
न भ्रातृभाज्यं नच भारकारी ।।
व्ययकृते बर्धत एवं नित्यम् ।
बिद्या धनं सर्व धनम् प्रधानम् ।।

न त चोरले हरण गरेर लैजान सक्छ । न त राज्यले हरण गर्न सक्छ । न त भाइ बण्डा लाग्छ । न त भारी वा बोक्न गह्रौ हुन्छ । जतिखर्च गर्यो त्यति बढने बिद्या नै सबै धनहरुमा प्रधान धन हो ।

यसैगरी अगाडि गुरु ज्ञान वा बिद्या महिमाका संस्कृतका अमृत श्लोकवद्ध रुपमा भनिएको पनि छ जस्को भावार्थ  :

अज: राम वरत्प्राज्ञ बिद्याSर्थच चिन्तयेत ।
गृहित्वा इव केषेशु मृत्युना धर्ममा चरेत : ।।

भावार्थ : हे राम ! हे प्राज्ञ !! बिद्या र अर्थोपार्जन गर्न म कहिल्यै मर्दैन र कहिल्यै बूढो हुँदैन भनेर गर्नु । काल वा मृत्युुले टुप्पिमा समातेर घिसार्न लागेझै गरि धर्म कर्ममा मन दिनु ।

काव्य शास्त्र बिनोदेन काल: गच्छति धिमताम् ।
व्यसनेन च मुर्खाणां निद्रया कलहेन वा ।।

भावार्थ : काव्य शास्त्रको ज्ञानरुपी अमृतपानको आनन्दले विद्वानहरुको समय व्यतीत हुन्छ । मुर्खहरुको समय दुर्व्यसन कुलत, निन्द्रा, तन्द्रा र झैझगडामा व्यतीत हुन्छ ।

रुप यौवन सम्पन्ना विशाल कुल सम्भवा :
बिद्या हिन नशोभन्ते निर्गन्धा इव किशुका ।।

भावार्थ : रुप र यौवन जवानीले सम्पन्न ठूलो कुलमा जन्मलिएको भएपनि बिद्या नभएको त्यस मुर्खले बासना हिन केतुकिको फुल जस्तैः शोभा पाउँदैन ।

माता शत्रु पिता बैरी येन बालो नपाठित ।
नशोभन्ते सभा मध्ये हंस मध्ये बको यथा ।।

भावार्थ : ती आमा बाबू शत्रु बैरी हुन् जस्ले आफ्ना सन्ततिलाई अनपढ बनाए । अनपढ सभामा शोभायमान् हुँदैनन् जस्तो हाँसको बिचमा बकुला जस्तैः ।

गुरू अत्यन्त सम्मानित र आदरार्थी शब्द हो । मातृदेव, पितृदेव, आचार्यदेव भनेर सम्बोधन गर्ने गरिन्छ । गुरू ब्रम्हा, गुरू विष्णु, गुरूदेव महेश्वर भनेर गुरूलाई ब्रम्हा, विष्णु, महेश्वरसंग समानरूपमा तुलना गरेको पाईन्छ । हिन्दु धर्ममा प्राचीन ऋषि, मुनि, महर्षिहरूलाई गुरूकोरूपमा लिईन्छ । शिख धर्मको ‘गुरू ग्रन्थ साहिव‘ मा गुरूको महिमा अपार छ । गुरू शब्द हिजो आज व्यापकरूपमा प्रयोग भएको पाईन्छ । जस्तो शिक्षक, प्राध्यापक,मास्टर..........आदि लगायत सवारी चालकलाई पनि ‘गुरू’ भनि सम्वोधन गर्दछ । यस्तै प्रहरी वा सेनामा प्रशिक्षण दिने प्रशिक्षकलाई पनि उनिहरूका प्रशिक्षार्थीहरूले गुरू भनि सम्वोधन गरेको पाईन्छ । वास्तवमा सच्चा गुरू ति महापुरूष हुन् जसले कुनै आकांक्षा वा मोलतोल विना जीवनयापनकालागि आवश्यक पर्ने, ईश्वर प्राप्त गर्न सहज हुने, सामाजिक कुल, धर्म, रित परम्परा, सदाचार पालन गर्न उत्प्रेरित गर्ने सैद्धान्तिक शिक्षाको साथै व्यावहारिक प्रयोगात्मक कसीमा घोटी शिक्षा वा ज्ञान प्रदान गर्दछन् । यस्ता दिक्षितहरू नै राष्ट्र सेवाको महान गरिमामय दायित्व ईमान्दारी र सजगतापूर्वक सम्हाल्न सक्षम हुन्छन् । त्यसैले भनिएको छ –“विद्या निष्फल त्यस्को भो जो छैन देश सेवक” वास्तवमा देशको सेवा नै महान धर्म हो ।

 सामान्य अर्थमा विद्यारूपी शास्त्र वा ज्ञान प्रदान गर्ने व्यक्तित्वलाई गुरू भन्ने गरिन्छ । विद्या वा शास्त्र भन्नाले ज्ञान, अभिरूची, सीप, नयाँ नयाँ खोज, अनुसन्धान विश्व परिवेश समेटिएको अभौतिक सम्पत्तिलाई बुझाउँछ ।

“विद्या मै छ महाशक्ति कर्म मै छ सुपुजन” भन्ने वाक्यांश ज्ञानबर्धक र मानव जातीलाई विद्वान र कर्मयोगी बनाउने शिक्षा प्रदान गरेको छ । गुरूको शब्दिक अर्थ यस प्रकार छ –‘गु’को अर्थ अन्धकार र ‘रू’को अर्थ नाश गर्ने अर्थात समष्टि अर्थ अन्धकार नाश गर्ने भन्ने रहेको पाईन्छ । गुरू शब्द संस्कृत शब्द भए तापनि नेपालीमा आगन्तुक शब्दकोरूपमा यसको बरावर प्रयोग पाईन्छ ।

 गुरूको महिमा अपरम्पार छ –

‘अखण्डमण्डलाकारं व्याप्तयेनं चराचरम्, तदपदं दर्शितम् येन तस्मै श्रीगुरूवे नमः’ भनि गुरूस्तुती गरिएको छ भने सन्त कविरदास ‘गुरू र गोविन्द भगवान साथ साथै उभिएका छन् भने कसको पाउमा पहिला ढोग गर्ने भन्ने द्विविधा उत्पन्न हुँदा पहिला गुरूको पाउ परेर मात्र ईश्वरलाई ढोग्ने सल्लाह दिन्छन् । यसको कारण गुरूको ज्ञान वा शिक्षा विना ईश्वरलाई चिन्न सकिदैंन । ईश्वरलाई चिनाउने पहिला गुरू नै हुन् त्यसैले गुरू महान् छन् । प्रत्येक वर्ष एकपटक गुरू पूर्णिमा भनेर आषाढ शुक्लपूर्णिमाका दिन सामान्य औपचारिकतामा मात्र गुरूपूर्णिमा वा व्यास पूजा भनेर मनाउने गरिन्छ । वास्तवमा गुरूलाई त प्रत्येक दिन विहान उठे देखि बेलुका निन्द्रा देवीको शरण नपर्दासम्म स्मरण गरिराख्नु पर्छ । निन्द्रा देवीको शरण परेपछि स्वयं जगदिश्वरले रक्षा गर्नु हुन्छ ।

हिजो आज न गुरूमा ज्ञान गरिमा र गुरूत्व पाईन्छ न शिष्यमा गुरू प्रतिको आदर सम्मान र स्वयंमा ज्ञानको भोक वा तिर्खा । भोगवादी सामाजिक संस्कार, मूल्य–मान्यता र सभ्यताको अभाव, आधुनिक सहज र सुलभ बैज्ञानिक साधन, सूचना सञ्चारको अत्यधिक विकास, मेसिनको अधिकाधिक प्रयोग, कार्यव्यस्त मानव व्यवहार, धार्मिक र भौतिक शिक्षाको अभाव, अल्पदृष्टि, पश्चिमा सस्ता नौटङ्की संस्कृतिको प्रभाव, परसंस्कृति ग्रहण र आर्थिक, भौतिक आदि सुविधाको कारणले धर्म पलायन आदि कारणले गर्दा गुरु ज्ञानमा सच्चाभक्ति भाव पाइदैन ।

 गुरु स्तुति गर्दै शास्त्रमा लेखिएको छ

• ‘अज्ञानतिमिरान्धस्य ज्ञानञ्जन्यसलाकया, चक्षुरून्मिलितम्येन तस्मै श्रीगुरूवे नमः’ । अर्थात् अज्ञानरूपी अन्धकार ज्ञानरूपी ज्योति पुञ्जले नाश गर्ने ज्ञानको नेत्र (चक्षु) खोलिदिने गुरूलाई मेरो नमस्कार छ ।

सारमा, ज्ञानरूपी महासागर गुरूको महिमा जतिसुकै वर्णन गरेपनि लघुता हुन्छ । हिन्दु धर्म, बौद्ध धर्म, जैन धर्म, शिख धर्म आदि धर्महरू र अन्य सम्प्रदायहरूमा गुरूको महिमा अपार छ । वेद, पुराण, रामायण, उपनिषद, महाभारत, गीता आदि पूर्वीय धर्मग्रन्थ र बाईबल, कन्फ्युसियस धर्म, ईस्लाममा समेत गुरूको महिमा मुक्त कण्ठले गाईएको पाईन्छ ।

आषाढ शुक्ल पुर्णिामा अर्थात् गुरु पुर्णिामा आफुलाई शिक्षा दीक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरि मनाउने गरिन्छ । यश दिन गुरुका रूपमा ज्ञानको पुजा गर्ने गरिन्छ । गुरु प्रति श्रद्धा र सम्मान प्रकट गर्दै यश दिन देश भरि गुरु पुर्णिामा मनाउने गरिन्छ ।

गुरु ब्रह्मा गुरु बिष्णु गुरु देवो महेश्वर ।
गुरु साक्षात् परं ब्रह्म तस्मै: श्री गुरुवे नम: ।।

अर्थात्

गुरु नै ब्रह्मा हुन् । गुरु नै बिष्णु हुन् । गुरु भनेको भगवान् शंकर हुन् । गुरु नै साक्षात् पर ब्रह्म यस्ता गुरुलाई म नमस्कार गर्दछु ।

श्रीगुरु - स्मरणम्

गुरुर्ब्रह्मा गुरुर्बिष्णु: गुरुर्देवो महेश्वर: ।
गुरु: साक्षात् परब्रह्म तस्मै श्रीगुरुवे नम: ।।१।।
अखण्ड मण्डलाकारं व्याप्त येन चराचरम् ।
तत्पदं दर्शितं येन तस्मै श्रीगुरुवे नम: ।।२।।
अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया ।
चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरुवे नम: ।।३।।
गुरुरादिरनादिश्च गुरु: परमदैवतम् ।
गुरो: परतरं नास्ति तस्मै श्रीगुरुवे नम: ।।४।।
ध्यानमूलं गुरो: मुर्ति: पुजा मूलं गुरो: पदम् ।
मन्त्र मूलं गुरोर्वाक्यं मोक्षमूलं गुरो: कृपा ।।५।।
यस्य स्मरणमात्रेण ज्ञानमित्पद्यते स्वयम् ।
स एव सर्व संपत्तिस्तस्मै श्रीगुरुवे नम: ।।६।।
आनन्द-मानन्द-करं प्रसन्नम् ज्ञानस्वरुपं निज भावयुक्तम् ।
योगिन्द्रमीड्यं भवरोगवैद्यं श्रीमद्भगुरुं नित्यमहं स्मरामि ।।७।।
ब्रह्मानन्दं परमसुखदं केवलं ज्ञानमुर्ति
द्वन्द्वातीतं गगनसदृशं तत्वमस्यादिलक्ष्यम् ।
एकं नित्यं विमलमचलं सर्वधीसाक्षीभूतं
भावातीतं त्रिगुणरहितं सदगुरुं तं नमामि ।।८।।

व्यास जयन्ती :

गुरु पुर्णिामा गुरु व्यासको जन्म दिन पर्दछ । अष्ट चिरञ्जीवी मध्येका एक चिरञ्जीवी अमर अनि गुरुका गुरु व्यासका बारेमा भन्नू पर्दा १८ पुराण र महाभारतका रचनाकार गुरु व्यास भन्नुहुन्छ -

अष्टादश पुराणेषु व्यासश्य वचनम् द्वयम् ।
परोपकार च पुण्याय पापाय परपिडनम् ।।

भावार्थ : अठार पुराणमा व्यासका वचन २ वटा छन् । अरुको उपकार गर्नु पुण्य हो भने अपकार वा अहित गर्नु पाप हो ।

महाभारतका पात्र भीष्म र व्यास नाताले सौतेनी दाजुभाइ हुन् । राजा शान्तनुले मत्स्यगन्धा वा सत्यवतिलाई विवाह गर्छन् । सत्यवतिका पिता पेशाले माझी हुन्छन् । राजाले ससुरालाई सत्यवतिका तर्फबाट भएका सन्तानलाई राज सिंहासनमा बसाउने बाचा गर्दछन् । यश अघिनै राजा शान्तनुले पुत्र भिष्मलाई राजकुमार घोषणा गरेर उत्तराधिकारी ठहर गरिसकेका हुन्छन् । पछि भिष्मले आफ्नो पिताको बाचा थाहा पाएर पितालाई बचनमा अडिग रहनका लागि आफू र स्वयंले राजकुमार वाट हटेर कुनै दावी नगर्ने घोषणा गरेका हुन् ।

गुरु व्यास सत्यवतिका विवाह अघिका पुत्र हुन् । ॠषि परासर र सत्यवतिको अध्यात्मिक समागमले व्यासको जन्म भयो । आफ्नी जन्म माताको खोजीका क्रममा व्यास हस्तिनापुर दरवार सम्म पुग्दछन् । यिनै व्यासले महाभारतका सकल घटनाक्रमहरुलाई कथेका छन्, लिपिवद्य्द गरेका छन् । सबै बेद, श्रीमद्भागवत अनि १८ पुराणका सर्जक व्यासले गुरु दत्तात्रयलाई पनि सिकाएको कुरा उल्लेख छ । व्यास गुरुका पनि गुरु हुन् । वेद मुलतः चार वटा छन् । ॠग्वेद, सामवेद, यजुर्वेद र अर्थव वेद । व्यासको गुरुत्व र श्रीगणेशका धारावाहिक लेखनीको मुर्त साक्षात् रुप वेद हो । गुरु पुर्णिामा तथा व्यास जयन्ती आजको दिनमा व्यासजीले वेदका ज्ञानलाई बाँडेर वेदका प्रकारहरु र नाम छुट्याइएको पवित्र दिनका रूपमा सम्झना गरिन्छ ।

वेद मुलतः लिखित र अलिखित मानिन्छन् । सनातन पुर्वीया वाङमय धर्म संस्कृति अन्तर्गत शिक्षा, कानुन, राजनीति, समाजशास्त्र, इतिहास, दर्शन, मनोबिज्ञान सार अर्थमा ज्ञान बिज्ञानको आदि अनन्त मुल ग्रन्थ हो भन्नुमा अत्युक्ति नहोला । 

लेखन तथा सम्पादन :

✍️ वसन्तराज अधिकारी
अधिवक्ता

सन्दर्भ सामग्री (Refrences)

१.  गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामार्फत २०५९ सालमा  प्रकाशित 
२. स्थानीयस्तर र राष्ट्रिय तथा अन्य पत्रपत्रिका मार्फत प्रकाशित आफ्नै लेख                                                                             ३. विभिन्न राष्ट्रियस्तरका सञ्चार माध्यमहरु समेत 
४. हाम्रो पात्रोमा सुयोग ढकालको आलेख र                                  ५ . स्तोत्र पुष्पाञ्जली प्रकाशक : दुर्गा साहित्य भण्डार, नेपाली खपडा, वाराणसी ।

म्याडम एशोदा अधिकारीको साथमा गुरु पुर्णिामाका दिन बिहान कीर्तिपुर नयाँ बजार, काठमाडौं, नेपाल 

Comments

Post a Comment