२५६. मेरो करिबकरिब ४ दशक सरकारी र निजामती सेवा यात्रा प्राथमिक शिक्षक र सहलेखापालदेखि नेपाल सरकारको उपसचिव सम्म मुख्य मुख्य कार्यसम्पादन जिम्मेवारी : एक संस्मरण

मेरो  करिबकरिब ४ दशक सरकारी र निजामती सेवा यात्रा  प्राथमिक शिक्षक र सहलेखापालदेखि नेपाल सरकारको उपसचिव सम्म मुख्य मुख्य कार्यसम्पादन जिम्मेवारी  : एक संस्मरण             

✍️ वसन्तराज अधिकारी
                   घोराही उपमहानगरपालिका, दाङ, नेपाल 
                            उपसचिव, नेेपाल सरकार                                                                                                                                    अब मेरो निजामती सेवाको सक्रियतावाट निजामती सेवा कानुनतः ५८ बर्षे उमेरहदको कारणले अनिवार्य अवकाश को अवधि नजिकिदै गर्दा …………

के पाएँ मैले  करिब चारदशक जागीरे जीवनमा ? ।
हस्ततान्तरण  के ? आफैलाई सोधछु निर्धक्क साथमा ।।

तलव भत्ता पाएँ र पेन्सन पाउँछु कानुनले तोकेको ।
आफ्नो भाग्य आफैले खोजी स्वहातले लेखेको ।।

पुस्तान्तरण गरे बैँसजवानी जोश र उर्जा सामर्थ्य हिम्मत ।
कर्तव्य कर्म सदाचार इमानदारीतामा रहि सदैव अटल ।।

📘 वसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरबार, काठमाडौं, नेपाल ।
[बिहीबार २४ असार २०७८ शुभम्] 

सर्वप्रथम मलाई यश धर्तीमा पदार्पण गराउनु हुने जिउँदो देवी मेरी पुञ्जनिय आमा भावना अधिकारी, मेरा परम पुञ्ज प्रात: स्मरणीय पिताश्री स्व. बलदेवप्रसाद अधिकारी साविक मानपुर गाविस वार्ड नं.८ मजगैं - मजगाउँ दाङलाई उच्च-सम्मानका साथ सम्झन चाहान्छु । मेरा  प्रिय्  ३ बहिनीहरु बहिनी बालिका देवी न्यौपाने, मधु ज्ञवाली, सीता अर्याल र कान्छो भाइ बाबुराम अधिकारी मेरी सहधर्मिनी जीवनसाथी श्रीमती एशोदा अधिकारी, सुपुत्र श्री विशेष अधिकारी, सुपुत्री विपना अधिकारी र जुवाई रोहित फुयाल सहित  सम्पूर्ण इष्टमित्र, आफन्तजन र साथीभाइहरु सबैमा मीठो सम्झना एवम् प्रेमवत दर्जा अनुरुप न्यानो अभिवादन ट्क्याउँदछु ।

दोस्रो चरणमा मेरो अक्षरारम्भको ठूलो बर्णमालाको बिस्तृत ज्ञान प्रदान गर्ने पहिलो गुरु आमा, गायत्री गुरु स्व. सुकदेव उपाध्याय पौडेल, तत्कालीन विजौरी गाविस बघौसी, दाङ र दीक्षा गुरु तत्कालीन मानपुर गाविस हेमन्तपुर हनुमान कीर्तन मन्दिरका संस्थापक सीताराम बैरागी श्री बैष्णव र  औपचारिक शिक्षा, अनौपचारिक शिक्षा र आकस्मिक शिक्षारम्भ प्राथमिक बिद्यालयदेखी विश्व विद्यालयसम्मका गुरुवर जसको शिक्षा र दीक्षाले जीवन गति सहज र सरल रुपमा अगाडि बढिरह्यो । प्रत्यक्ष वा परोक्ष रुपमा गुरुतर भुमिकामा रहनुहुने सम्पुर्ण ज्ञात अज्ञात आत्मीय स्वजन महानुभावहरु…

तेस्रो चरणमा शिक्षक सेवा र निजामती सेवामा मार्गदर्शन गर्नु हुने ति समस्त ज्ञात अज्ञात गुरुवरहरुमा सादर नमन गर्दछु जस्को प्रेरणाको अजस्र स्रोत र अविरल ज्ञानगंगाको धाराले जीवन सदैव सक्रियताले उर्जाशिल रहि अविराम जीवनपथको  एउटा अध्याय पुर्ण गरि "बिद्या सफल त्यस्को भो जो हुन्छ राष्ट्रसेवक" को मुल आदर्श नारालाई व्यवहारमा रुपान्तरण गर्न सफलता प्राप्त भयो ।

अब म याहाँ मेरो सरकारी र निजामती सेवा यात्राका केही संक्षिप्त संस्मरण प्रस्तुत गर्ने अनुमति चाहन्छु :

क. श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, धाङसी, रोल्पा

बि.सं. २०३७ सालमा माध्यमिक तह "एस.एल.सी" परिक्षा दिए पश्चात् बि.सं. २०३६ फागुन महिनामा बुबा बलदेवप्रसाद अधिकारीको असामयिक स्वर्गारोहण भै पढाई अगाडि बढाउन असम्भव हुँदा रोल्पा जिल्लाको सदरमुकाम लिवाङ बजारदेखि उत्तरतर्फ धाङसी खोलाको शिरतर्फ पर्ने धाङसी गाउँमा अवस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, धाङसी, रोल्पामा वि.सं. २०३८ साल भदौं महिनामा प्राथमिक अध्यापक भै गएको थिए । त्यतिबेला मावली हजुरबुबा स्व. कोमानिधि आचार्य, तत्कालीन  जिल्ला शिक्षा कार्यालय, रोल्पामा टाईपिङ मुखिया पदमा कार्यरत मेरा सानबा श्री गणेशप्रसाद सुवेदीको सहयोगमा गएको थिए । त्यतिबेला तहाँ हुकुम बहादुर के.सी. आचार्य "बाघको शिला" नातामा मामा पर्ने प्रधानाध्यापक  "हेडमास्टर" हुनुहुन्थ्यो मात्र करिब ३ महिना मात्र अध्यापन गरे । यश अवधिमा यहाँको भूगोल, सामाजिक सांस्कृतिक जीवन, भाषा, रितिस्थिती परम्परागत चालचलन, मुल्यमान्यता दृष्टिगत गरि आत्मसाक्षात भयो । यो एउटा ज्यादै छोटो अनुभव सहित दुर्गममा खानपिन, अध्ययन, घरव्यवहार समेतको असुविधा हुँदा रोल्पा धाङ्सीको शिक्षक सेवा स्वेच्छिक रूपमा परित्याग गरि दाङ्ग फर्केको थिए । पछि धेरैपटक बोलाउँदा र पत्राचार गर्दा पनि गएन । यो जीवनमा एउटा अति छोटो केवल अनुभव मात्र रहिरह्यो प्रारम्भिक शिक्षक सेवा प्रवेशको ।

ख. श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, सिमलचौर, थक्लेनी, तिराम प्युठान

रोल्पा धाङ्सीको शिक्षक सेवा स्वेच्छिक रुपमा परित्याग गरेर आएपछि घर व्यवहार र खेतीपाती किसानी र घर व्यवहार कामकाज मै व्यस्त रहेकोे उक्त समय वि.सं. २०३९ फागुन महिनामा तत्कालीन तिराम गाउँ पञ्चायत तल्लो तिराम "राईपाल" निवासी ठुली आमा केशरीदेवी अधिकारी र ठूलो बुबा स्व. होताराम उपाध्याय अधिकारीका जेष्ठ सुपुत्र तत्कालीन तिराम गाउँ पञ्चायत वार्ड नं. ३ का वडाध्यक्ष  मेरा आदरणीय दाजी स्व. तुलसीराम शर्मा अधिकारी सँग तिराम गए । दाजीकै निर्देशनमा तत्कालीन प्रधानपञ्च तथा साहिलो बुबा स्व. धनेश्वर उपाध्याय अधिकारीसँग भेटवार्ता गरि वाहाँकै निर्देशनमा र दाजी स्व. तुलसीराम अधिकारीको सहयोगमा तत्कालीन तिराम गाउँपञ्चायत वार्ड नं.४ सिमलचौर थक्लेनी स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, सिमलचौर, थक्लेनीमा तत्कालिन मलाया ब्रीटिश पेन्सेनर तथा गाविस अध्यक्ष श्री तिलबहादुर ठेडी मगर र प्रधानाध्यापक श्री यमप्रसाद शर्मा आचार्यवाट अस्थायी नियुक्ति प्राप्त गरि जिल्ला शिक्षा कार्यालय, प्युठानमा समर्थनका लागि समेत पठाईयो । यश पुर्खौली थलोमा एउटा लामो अवधी करिब ७ बर्षमा धेरै अनपढ निरक्षर बाबुआमाका सन्तानहरुलाई साक्षर बनाई शिक्षाको उज्यालो ज्योति प्रदान गरि एउटा महान असल गुरुत्तर भुमिका कुशलता पुर्वक निर्वाह गरियो । यो एउटा स्मरणीय र अतिउत्तम कर्मको रुपमा जीवनभर ह्रदयमा अमिट छापको रुपमा  रहिरहेको छ ।

श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, सिमलचौर, तिराम, प्युठानमा कार्यरत छँदै बि.सं.२०४० सालमा प्युठानी साथीहरू सँग बाराणसी स्थित सहयोगी कोचिङ सेन्टर मार्फत इलाहावाद गै हाईस्कुलको परीक्षा दिएपनि गैरभारतीय हुँदा तत्कालीन श्री ५ को सरकारको निर्णय बमोजिम रोक्का विचाराधिन (Withheld WTVC) को कारण देखाई निरर्थक दु:खद प्रयाश हुन गयो । "बिद्या हराय काशी जानू" भन्ने लोकोक्ति समेत चरितार्थ नभए पश्चात् "पुनर्मुसिको भव:" भन्ने लोकोक्ति सार्थकताको कटु अनुभव रह्यो ।

परन्तु ! यस्तो कठिन अवस्थामा पनि सहि दिशाबोध र कठोर निर्णयले पुनः नेपालवाटै बि.सं. २०४४ सालमा एक्जामटेड विद्यार्थीको रूपमा श्री सिद्ध रत्न नाथ "नमूना" माध्यमिक बिद्यालय, नारायणपुर, दाङवाट एसएलसी राम्रो नम्बरमा सफ़ल भै प्युठान तिराम स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, सिमलचौंर थक्लेनीवाट करिव ७ बर्ष शिक्षक सेवाको जागीर स्वेच्छिक रुपमा अवकाश लिई क्याम्पसमा व्यवस्थापन तर्फ उच्च शिक्षा अध्ययनार्थ त्रिभुवन विश्व बिद्यालय अन्तर्गत आङ्गिक क्याम्पस श्री महेन्द्र बहुमुखी क्याम्पस, दाङ घोराहीमा बि.सं. २०४५ सालमा प्रवीणता प्रमाणपत्र तह व्यवस्थापन संकाय तर्फ अर्थात् आई.कम. (I.Com) अध्ययनार्थ बडो जोश जाँगर र उच्च शिक्षा सफ़लता हाँसिल गर्ने सत्उद्देश्यका साथ आईपुगे ।

ग. महेन्द्र बहुमुखी क्याम्पस, दाङ घोराही (बि.सं.२०४५)

प्राथमिक शिक्षकवाट स्वेच्छिक रुपमा अवकाशप्राप्त भै बि.सं.२०४५ सालमा महेन्द्र बहुमुखी क्याम्पस, दाङमा व्यवस्थापन तर्फ प्रमाणपत्र तह  अध्ययनका लागि समर्पित भएकै उक्त अवधिमा अर्कोतिर आर्थिक व्यवस्थालाई पनि टेवा दिन जागीर खानुपर्ने कठोर निर्मम समयको खुला चुनौतीपूर्ण अनिवार्यता खटकिरहँदा यहि बि.सं.२०४६ सालको अवधिमा लोक सेवा आयोग, अञ्चल कार्यालय दाङ तुलसीपुर वाट नेपाल प्रशासन सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी सह लेखापालको एक मात्र बिज्ञापित पदमा खरो उत्रिई नेपाल सरकार महालेखा नियन्त्रक कार्यालय अन्तर्गत कोष तथा लेखा नियन्त्रक कार्यालय, सल्यानमा सिफारिस भै नियुक्ति भए । महेन्द्र बहुमुखी क्याम्पसमा छोटो अवधिमा शिक्षा प्राप्त गर्न आत्मविश्वास, कठोर मेहनत, तपस्या, स्वाध्यायन, लगनशीलता, सादा सरल व्यवहार जस्ता उत्तम विशिष्ट गुणहरु आत्मसात (Internalize) गरियो । यहीँ अमिट दृढ़ आदर्शले जीवनमा अगाडि बढिरहने  र  जस्तैः कठिन परिस्थितिका बाबजुद पनि सफ़लता प्राप्त गरेरै छोडने सत्प्रेरणा प्रदान गर्यो ।

१.  नेपाल सरकार, महालेखा नियन्त्रक कार्यालय अन्तर्गत  कोष तथा लेखा नियन्त्रक कार्यालय, सल्यान (बि.सं. २०४७ देखि २०४९ सम्म) :

लोक सेवा आयोग, अञ्चल कार्यालय, दाङवाट बि.सं. २०४७ असार ११ गतेको सिफारिश पत्र साथ मिति २०४७ असार १३ गतेदेखि श्री कोष तथा लेखा नियन्त्रक कार्यालय, सल्यानमा तत्कालीन कोष नियन्त्रक श्री बाबुराम श्रेष्ठ वाट निजामती सेवा ऎन, २०२१ तथा नियमावली अनुसार स्थायी नियुक्ति पाए जुन मेरो "सानो पदचापवाट लामो यात्राको प्रारम्भ विन्दु" रह्यो । यहाँ कार्यरत छँदा राजश्व, आन्तरिक लेखापरीक्षण, बिनियोजन, केन्द्रिय स्रेस्ता तयारीको अनुभवको साथै २०४८ सालमा स्थापित जनगणना कार्यालय, सल्यानको लेखापालको रुपमा कामकाज गर्ने अनुभव र अवसरका साथै यसै अवधिमा महेन्द्र बहुमुखी क्याम्पस, दाङवाट क्याम्पसमै उत्तम स्थानकै रूपमा व्यवस्थापन प्रवीणता प्रमाणपत्र तह अर्थात् आई.कम. उत्तीर्ण पनि गरि सफ़लता पदचाप अगाडि बढाउँदै करिब २ बर्ष कार्यरत अवधिमै पुनः खुला प्रतिस्पर्धा वाट लोक सेवा आयोग, सुदुर पश्चिमाञ्चल निर्देशनालय, दिपायल वाट नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रअनंकित  प्रथम श्रेणी नायब सुब्बा पदमा सफलता प्राप्त गरि तत्कालीन राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रिय तथ्यांक बिभाग अन्तर्गत क्षेत्रीय तथ्यांक कार्यालय, दिपायलमा सिफारिस भए । यहीँ अवधिमा तत्कालीन रोल्पा जिल्ला खुँग्री गाविस वार्ड नं. ६ मयरी निवासी श्री एशोदा सुवेदीसँग वैवाहिक जीवन पनि सुरुआत भयो ।

२. राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रिय तथ्यांक विभाग अन्तर्गत क्षेत्रीय तथ्यांक कार्यालय/शाखा तथ्यांक कार्यालय, दिपायल, डोटी (बि.सं.२०४९-०५०)

लोक सेवा आयोग, सुदुर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, दिपायल, डोटीको सिफारिसमा तत्कालीन राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रिय तथ्यांक बिभाग अन्तर्गत क्षेत्रीय तथ्यांक कार्यालय, दिपायल, डोटीमा मिति २०४९ असार १४ गतेदेखि नेपाल प्रशासन सेवामा सामान्य प्रशासन समूह राजपत्रअनंकित प्रथम श्रेणी नायब सुब्बा पदमा स्थायी नियुक्ति भए । त्यतिबेला दिपायलकै स्थानीय बासिन्दा का.मु.शाखा अधिकृत श्री लक्ष्मीदत्त पाठक "कार्यालय प्रमुख" हुनुहुन्थ्यो ।  क्षेत्रीय तथ्यांक कार्यालय विघटन भै दरबन्दी कटौतीमा परेपछि वाहाँ क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय, दिपायल, डोटीमा सरुवा भै गएपछि काजकै अवधिमा करिब ७-८ महिना निमित्त कार्यालय प्रमुखको रूपमा समेत कार्य गर्ने अवसर प्राप्त गरे । यहाँ विशेषतः औद्योगिक गणना, उद्योग सूचकांक, औद्योगिक तथ्यांक समेतका कार्यसम्पादन सम्पन्न गरि प्रशासनिक पुनर्संरचनामा परि दरवन्दी कटौती भए पश्चात् पुनः सामान्य प्रशासन मन्त्रालयवाट विकल्प सहितको आफ्नो माग बमोजिम जिल्ला शिक्षा कार्यालय, दार्चुलामा सरुवा भए ।

३. जिल्ला शिक्षा कार्यालय, दार्चुला (बि.सं.२०५०-२०५३)

तत्कालीन श्री ५ को सरकार, शिक्षा तथा संस्कृति मन्त्रालय, क्षेत्रीय शिक्षा निर्देशनालय, सुदुर पश्चिम, राजपुर, दिपायल अन्तर्गत जिल्ला शिक्षा कार्यालय, दार्चुलामा रिक्त रहेको प्रशासन सेवा तर्फको नायव सुब्बा पदमा २०५० सालमा सरुवा भए । उक्त अवधिमा जिल्ला शिक्षा अधिकारीहरु श्री देवी दत्त भट्ट, दीवाकर अवस्थी र रामचन्द्र पौडेलको कार्यकाल करिब ३ बर्ष कर्मचारी प्रशासन शाखाको प्रमुख तथा नायब सुब्बा पदमा कर्मचारीहरुको दैनिक हाजिरी, बिदा, सामान्य प्रशासन, दैनिक प्रशासनिक कार्यसम्पादन गरे । यसै अवधिमा स्व. वीर बहादुर ठगुन्नाको अध्यक्षतामा गठित सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला स्थित कार्यालयको सचिव भएर पनि केही समय कार्यसम्पादन गर्नुका साथै नेपाल निजामती कर्मचारी संगठनमा पनि सक्रियता पुर्वक सचिवको रूपमा कार्यसम्पादन गरेको थिए । करिब ३ बर्षको जिल्ला शिक्षा कार्यालय, दार्चुलाको बसाई पश्चात् तत्कालीन जिल्ला पञ्चायत सभापति स्व.मानबहादुर पाल र तत्कालीन शिक्षा सचिव श्री जयराम गिरीको सहयोग र आफ्नो अथक प्रयाशमा उच्च शिक्षा अध्ययन र शाखा अधिकृत तयारीको लागि आफ्नै माग तथा चाहना बमोजिम शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गत नेपाल राष्ट्रिय पुस्तकालय, हरिहरभवन, पुल्चोकस्थित ललितपुरमा सरुवा भए ।

४. नेपाल राष्ट्रिय पुस्तकालय, हरिहरभवन, पुल्चोक, ललितपुर (बि.सं.२०५३-०५६)

बि.सं.२०५३ सालमा नेपाल राष्ट्रिय पुस्तकालय, हरिहरभवन, पुल्चोक स्थित सामान्य प्रशासन शाखामा नायब सुब्बा पदमा सरुवा भए । पुस्तकालय प्रमुख नेपाल शिक्षा सेवा, पुस्तकालय बिज्ञान समुहको राजपत्रांकित द्वितीय श्रेणी कार्यालय प्रमुख रहेको कार्यकालमा यश केन्द्रिय कार्यालय हरिहरभवन स्थित नेपाल निजामती किताबखानाको माथिल्लो तलामा रहेको थियो । त्यतिबेला पुस्तकालय प्रमुख श्रीमती सुशीला द्विवेदी र वाहाँ पश्चात् श्री दशरथ थापासँग कार्य गर्ने अवसर प्राप्त भयो । पुस्तकालय व्यवस्थापनको कार्य पुस्तकालय अधिकृतवाट सम्पादन हुन्थे । प्रशासनको दैनिक हाजिरी, काउन्सिलिङ सेवाग्राहीहरुलाई परामर्श सेवाका अतिरिक्त संस्कृति मन्त्रालय अन्तर्गत प्रतिलिपी अधिकार सहायक रजिस्ट्रार प्रशासन सेवाको शाखा अधिकृतको दरबन्दी रिक्त रहेको हुँदा केही समय यो कार्यसम्पादन पनि गर्ने अवसर पाईयो । यहाँ बसेको वैयक्तिक उपलब्धि जनप्रशासनमा मास्टर डिग्री त्रिपुरेश्वरमा थालेर पनि पूरा गरिएन तर प्राईभेटरुपमा राजनीतिशास्त्रमा मास्टर डिग्री र कानुनमा बि.एल. को उपाधी हाँसिल गरियो ।

५. नेपाल सरकार शिक्षा तथा संस्कृति तथा खेलकुद मन्त्रालय, केशरमहल (बि.सं २०५३-२०५६)

बि.सं. २०५६ सालमा ३ महिना काज र तत्पश्चात सरुवा भै नेपाल सरकार, शिक्षा संस्कृति तथा खेलकुद मन्त्रालय, केशरमहल कर्मचारी प्रशासन शाखामा सरुवा पदस्थापन भयो । याहाँ कार्यरत रहँदा केही समय मुल दर्ता चलानी र तत्पश्चात कर्मचारी प्रशासन शाखा उजुरी अनुसन्धान तथा कारबाही उपशाखा सम्बन्धि गोप्य कामकाजमा कार्यरत रहि अभिलेखिकरण र कामकाजहरुलाई व्यवस्थित गरे । ग्रेड घटुवा, रोक्का समेतका सजाय पाएको कर्मचारीले सम्मान वा पुरस्कार पाउने अवस्थाको अन्त्य व्यवस्थित अभिलेखिकरण वाट सहज भयो । यहाँ बस्दा राष्ट्रिय शिक्षा पुरस्कार, २०५८ पदक सहित प्राप्त भयो । करिब ७ बर्ष २०६२ सम्म लामो समय कार्यरत रहि यसै अवधिमा नेपाल बार एशोसिएसनवाट अधिवक्ताको परिक्षा पास गरि इजाजत पत्र "लाईसेन्स" पनि प्राप्त गरे र त्यो भन्दा पनि महत्वपुर्ण खुला प्रतिस्पर्धावाट २०६२ अर्थात् BAT - 21समुहमा नेपाल प्रशासन सेवाको शाखा अधिकृत पास गर्न सफ़ल भै करिब १५ बर्षको निजामती सेवाको राजपत्रअनंकित पदवाट  राजपत्रांकितको खुड्किला गौरवान्वित रूपमा आफ्नै बाहुबलले सफलता हाँसिल गरियो ।

६. सामान्य प्रशासन मन्त्रालय अन्तर्गत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर [NEPAL ADMINISTRATIVE STAFF COLLEGE]

बि.सं.२०६२ पुसमा शाखा अधिकृतको स्थायी  नियुक्ति तत्कालीन सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारवाट प्राप्त भए पश्चात्  सेवा प्रवेश आधारभुत प्रशासनिक प्रशिक्षण (BAT -21) पुलिस तालिम समेत ९० कार्य दिने लामो अवधिको तालिमका लागि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान "स्टाफ कलेज" गैयो ।  २०६२-०६३ को जन आन्दोलनले हाम्रो पुलिस ट्रेनिङ केहि समयको ढिलाई पश्चात् करिब ६ महिनाको अन्तराल पश्चात् २०६३ साल बैशाखमा सेवा प्रवेश BAT-21 तालिम प्रथम श्रेणीमा हाँसिल गरि नेपाल सरकार  सामान्य प्रशासन मन्त्रालयवाट आफ्नै रोजाई र योग्यता प्राथमिकता क्रमवाटै  पुन: शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम बिकास केन्द्र, सानोठिमी, भक्तपुर स्थित प्रशासन शाखामा पदस्थापन भए ।

७. शिक्षा संस्कृति तथा खेलकुद मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर (बि.सं.२०६३-२०६५)

शिक्षा मन्त्रालय भित्रै दरबन्दी रहे पनि बिभागीय अड्डाको कार्यानुभवकालागि पाठ्यक्रम विकास केन्द्रमा पदस्थापन हुने सदिच्छा बमोजिम सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रमा हाजिर भए । यतिबेला कार्यकारी निर्देशक लक्ष्मीप्रसाद के.सी. र वाहाँ पश्चात् स्व. श्री हरिबोल खनालसँग प्रशासन तथा जिन्सी व्यवस्थापन शाखाको प्रमुख भै कार्यसम्पादन गरे ।

यसै अवधिमा दैनिक प्रशासन, कर्मचारी प्रशासन, जिन्सी व्यवस्थापन, सुरक्षा र सरसफाइ समेतको बिभागीय कार्यालयको शाखा प्रमुखको कार्यसम्पादनको अतिरिक्त राष्ट्रिय पाठ्यक्रम प्रारुप, पाठ्यक्रम पाठ्यपुस्तक, निरीक्षण अनुगमन, जनक शिक्षा सामग्री केन्द्रका पुराना पुस्तक लिलाम बिक्री, सबैको लागि शिक्षा (Education for All) कार्यक्रममा स्थानीय  मातृभाषा थारु, मगर, राई, लिम्बू, गुरुङ समेत नौं भाषाका प्राथमिक पाठ्यक्रम तयारी समितिको सचिवको रुपमा सफलताका साथ कार्यसम्पादन गरे । पाठ्यक्रम पाठ्यपुस्तक प्रबोधिकरणमा डोटी, डडेल्धुरा टिम सहित गएर कार्यसम्पादन गर्नुका साथै कपिलवस्तु, दाङ, पोखरा, झापा, इलाम समेतका जिल्लाहरुमा अनुगमन गरियो साथै माध्यमिक स्तरको कक्षा ९ को कार्यालय सञ्चालन लेखा बिषयगत समितिको सचिवको रुपमा रहि "पत्रव्यवहार" खण्ड पनि लेखेको छु । यसै अवधिमा महेन्द्र रत्न क्याम्पस, ताहाचलवाट एकबर्षे बि.एड. अर्थशास्त्र बिषयमा अभ्यास शिक्षण श्री गम्भीर समुन्द्र सेतु माध्यमिक बिद्यालय, बालकुमारी, ललितपुर वाट पूरा गरि बी.एड. योग्यता पनि प्राप्त गरे ।

८. राष्ट्रिय महिला आयोग, भद्रकालीप्लाजा, काठमाडौं (बि.सं. २०६५-२०६६)

नेपाल सरकार, शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रमा करिब ३ बर्षको कार्यानुभव पश्चात् फरक अनुभव हाँसिल गर्नका लागि आफ्नै माग र चाहना बमोजिम रिक्त रहेको प्रशासन शाखा अधिकृत दरबन्दीमा राष्ट्रिय महिला आयोग, भद्रकालीप्लाजामा सरुवा पदस्थापन भए ।

यहाँ तत्कालीन राष्ट्रिय महिला आयोगका श्री नैनकला थापाको टिम र निमित्त सचिव श्री ॠतुराज भण्डारी सर सँग सहकार्य गरियो । यहाँ कार्यरत रहँदा मुलतः प्रशासन शाखाको जिम्मेवारीमा कर्मचारी प्रशासन, दैनिक प्रशासन, जिन्सी व्यवस्थापन, सुरक्षा र सरसफाइका कार्यका शाखाको अतिरिक्त १०० औं महिला अधिकार दिवस, महिला अधिकार पत्रीका  महिला मैत्री संविधान, २०७२ निर्माणको खाका र राष्ट्रिय महिला आयोगलाई संवैधानिक निकायका रूपमा स्तरोन्नति गर्ने समेतका बिषयमा पहल गरियो । जस्को प्रतिफल आज नेपालको संविधान, २०७२ र राष्ट्रिय महिला आयोगको स्तरोन्नति भएको छ । आयोगवाट नुवाकोट, जनकपुर, सिराह लगायतका जिल्लाहरूमा महिला अधिकार सम्बन्धि कार्यशाला गोष्ठीमा सहभागी भैयो । यहाँ वाट फरक अनुभव हाँसिल गर्नका निमित्त तत्कालीन  स्थानीय बिकास मन्त्रालय अन्तर्गतको माग गरे तथापि त्यतातिर पहुँच पुग्न नसक्दा तत्कालीन अवस्थामा धेरै अधिकृत दरबन्दी रिक्त रहेको मैले चाहना नराख्दा पनि भुमि सुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गत का.मु. उपसचिव, भुमी सुधार अधिकारी, दाङको जिम्मेवारी तोकिए पश्चात् आफ्नै गृह जिल्ला दाङ तर्फ रमाना भए ।

९. भुमि सुधार अधिकारी, भुमि सुधार कार्यालय, दाङ (बि.सं.२०६७ - २०६९)

राष्ट्रिय महिला आयोग, भद्रकालीप्लाजाबाट बि.सं.२०६७ मा दाङ जिल्ला स्थित भुमि सुधार अधिकारी, राजपत्रांकित द्वितीय श्रेणी सरह जिम्मेवारी प्राप्त भयो । यश अवधिमा जग्गा प्रशासन, मोहियानी हक कायम, मोही अंशबण्डा, मोहि मिलापत्र, मोहियानी मुद्दा  समेतका तोकिएको दैनिक प्रशासनिक र कार्यालय प्रमुखको काम काजका अतिरिक्त मुक्त कमैयाहरुलाई सीपमूलक तालिम तथा व्यवस्थापन, दाङ देउखुरीका विभिन्न स्थानहरु मुक्त कमैया बसोबास तथा सीप एवम् तालिम अनुगमन नगरकोट र धुलिखेल समेतमा भुमि सुधार मन्त्रालय  विभाग र भुमि सुधार अधिकारीहरुका टिम समेतसँग महत्वपूर्ण कार्यशाला गोष्ठीका कार्यसम्पादन गरियो । करिब २ बर्ष ३ महिना पश्चात् उपसचिव, भुमि सुधार अधिकारी हाजिरी भए पश्चात् मलाई मालपोत अधिकृत, मालपोत कार्यालय, डडेल्धुराको जिम्मेवारी सहित सरुवा पदस्थापन गरियो ।

१०. मालपोत अधिकृत, जिल्ला मालपोत कार्यालय, डडेल्धुरा (बि.सं.२०६९)

भुमि सुधार अधिकारी, भुमी सुधार कार्यालय, दाङवाट मालपोत अधिकृत तथा कार्यालय प्रमुख, जिल्ला मालपोत कार्यालय, डडेल्धुरा बि.सं.२०६९ सालमा सरुवा रमाना भए । वास्तवमा मैले मालपोत कार्यालय मै भएपनि दाङ बाँके, बर्दिया सम्म मागेको परन्तु  मन्त्रालयका सचिव, सहसचिवको इच्छा र तहाँ मालपोत र नापी कार्यालयको भवन निर्माण र मुक्त हलिया व्यवस्थापनको बिशेष जिम्मेवारीमा तत्कालीन भुमिसुधार मन्त्रालयका सचिव श्री दिनेशहरी अधिकारी र सहसचिव श्री तेजराज पाण्डेले परिपक्व अनुभवी हाकिम छनौट गरि पठाईएको रहेछ करिब ६ महिनामा २ तला भवन निर्माणको फरफारक जिम्मेवारी र मुक्त हलियाको झण्डै आधाकरोड तालिम र परिचयपत्र व्यवस्थापनको जिम्मेवारी र रुपाल, भागेश्वरमा करिब १०० बर्ष जग्गा धनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त नगरेका जग्गा धनीहरुलाई जग्गा प्रदान गरि महत्वपूर्ण कार्य फर्च्छोट पश्चात् आफ्नै माग र चाहना बमोजिम साथीहरू समेतको सहयोगमा राष्ट्रिय सूचना आयोग, पेरिसडाँडा, कोटेश्वर काठमाण्डौंमा बि. सं. २०६९ सालमै सरुवा भए ।

११. राष्ट्रिय सुचना आयोग, पेरिसडाँडा, कोटेश्वर, काठमाडौं  बि.सं. २०६९-२०७०

मालपोत अधिकृत, मालपोत कार्यालय डडेल्धुरा वाट २०६९ सालमा नेपाल सरकार, राष्ट्रिय सूचना आयोग, पेरिसडाँडा, कोटेश्वर, काठमाण्डौंमा हाजिर भए । यतिबेला आयोगका आयुक्त एकजना रिक्त  र २ जना पदपूर्तिमा श्री श्रीआचार्य र श्रीमती  सविता भण्डारी बराल हुनुहुन्थ्यो भने नेपाल सरकारको सचिव श्री राम पन्त हुनुहुन्थ्यो । यहाँ मलाई पुनरावेदन मुद्दा शाखाको जिम्मेवारी दिईयो । आयोगवाट हुने  निर्णय तयारी, कार्यान्वयन, अदालत मुद्दाका फाईल तथा कागजात पुराउने कार्य हुन्थ्यो । अरु शाखाहरु भन्दा पुनरावेदन मुद्दा शाखामा कार्यचाँप बढी नै थियो । यतिबेला महत्वपूर्ण निर्णयहरू आयोगवाट भएका थिए । व्यापारीहरुले भ्याट छली, त्रिभुवन विश्व विद्यालयवाट विद्यार्थीहरुको उत्तरपुस्तिका हेर्न पाउने र बिषयगत स्वास्थ्य, शिक्षा मन्त्रालयका विविध मुद्दाहरुको निर्णय कार्यान्वयन हुन्थ्यो । यसै अवधिमा उपसचिव स्व. माधवप्रसाद पोखरेल, उपसचिव  श्री बेदनिधी अधिकारी, तत्कालीन शाखा अधिकृत म र तत्कालीन शाखा अधिकृत राजन पौडेल समेतको टोली सुचनाको हक सम्बन्धि कार्यान्वयन गोष्ठीमा धादिङ, कास्की पोखरा, म्याग्दी र पर्वत सम्म गयौं । करिब दस महिनाको बसाई पश्चात् मैले स्वेच्छाले रिक्त महालेखा नियन्त्रक कार्यालय, अनामनगरमा शाखा रिक्त सरुवा माग बमोजिम भए ।

१२. महालेखा नियन्त्रक कार्यालय, अनामनगर (बि.सं.२०७०)

महालेखा नियन्त्रक कार्यालय अन्तर्गत कर्मचारी प्रशासन राजपत्र अनंकित शाखामा काम काजमा खटिए । यश अवधिमा महालेखा नियन्त्रक श्री सुमन कुमार शर्मा र शंकरप्रसाद अधिकारी हुनुहुन्थ्यो । करिब १० महिनाको बसाईमा लेखा समुहका लेखापालदेखि उपसचिव सम्मका २४ घ वाट स्वत: पदोन्नति भएका कर्मचारीहरुलाई पदस्थापनको काम,  राजपत्र अनंकित सहलेखापाल/ लेखापाल बढुवा सम्बन्धि काम र अभिलेख व्यवस्थापन सम्बन्धि कार्यसम्पादन गरे । सोही समयमा राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरबारमा शाखा अधिकृत रिक्त रहेकोे जानकारी प्राप्त भएकाले दुवै तर्फको सहमति र अनुमति लिई राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरबारमा सरुवा भए ।

१३. नेपाल सरकार  राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरबार, काठमाण्डौं (२०७०-२०७२)

राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरबार केहि दिन सम्पत्ति विवरण शाखा र तत्पश्चात कर्मचारी प्रशासन शाखा अन्तर्गत अनुगमन तथा अनुसन्धान शाखामा खटिए ।  यश केन्द्रको प्रशासनिक संरचना सतर्कता प्रहरी, प्रशासन र प्राविधिक इन्जिनियरिङ दरवन्दी रहेको थियो । प्रधानमन्त्री मातहतमा रहेको यश केन्द्रले भ्रष्टाचार निवारण ऎन र नियमानुसार अध्ययन अनुसन्धान,  प्राविधिक परिक्षण समेतका कार्यसम्पादन गर्दथ्यो ।  यश केन्द्रवाट जिल्लास्तरीय अनुगमनका सिलसिलामा हुम्ला, बर्दिया, डोटी, कञ्चनपुर र काठमाडौंं उपत्यका भित्रका विभिन्न कार्यालय अनुगमन तथा निरीक्षण गरिनुका साथै हेलो सरकारका उजुरी समेत सबै प्रकारका उजुरीहरु अनुसन्धान तहकिकात  र अनुगमन सम्बन्धि कार्यसम्पादन गरे । साथै बि.सं.२०७२ सालको भुकम्पको भग्नावशेष हटाउन र साप्ताहिक शनिवासरिय बाग्मती सरसफाईमा उत्कृष्ट कार्यसम्पादन गरेवापत तत्कालीन मुख्यसचिव श्री लीलामणि पौडेलवाट प्रशंसा पत्र प्राप्त भयो । यसै अवधिमा कार्यसम्पादन गर्दागर्दैको क्रममा २०७२ साल फागुन - चैत्रमा उपसचिव पदमा कार्यक्षमता मुल्यांकन वाट पदोन्नति भए र सामान्य प्रशासन मन्त्रालय, अतिरिक्त समूह, सिंहदरबारमा हाजिर हुन गए ।

१४. नेपाल सरकार, सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाण्डौं (बि.सं.२०७२)

उपसचिव र सहसचिवको तयारी गर्दागर्दैको अवस्थामा शाखा अधिकृत भएको ठिक १० बर्षमा कार्यक्षमता मुल्यांकन वाट उपसचिव पदमा बि.सं २०७२ चैत्रमा पदोन्नति भै नेपाल सरकार  सामान्य प्रशासन मन्त्रालय, अतिरिक्त समुहमा करिब २ हप्ता हाजिरी गराई विभिन्न कानुनी तथा नीतिगत बिषय संघीय निजामती सेवा ऎनको खाका तयार गर्ने कार्यमा अध्ययन गर्न लगाईयो ।

१५. निर्वाचन आयोग, नेपाल अन्तर्गत क्षेत्रीय निर्वाचन कार्यालय, बाँके, नेपालगन्ज (बि.सं. २०७३ - २०७५)

आफ्नैं रोजाईको र योग्यता तथा प्राथमिकता सुची अनुरुप संवैधानिक निकाय निर्वाचन आयोग, नेपाल वा अन्तर्गत पदस्थापन गरियो र तहाँवाट तत्कालीन क्षेत्रीय निर्वाचन अधिकारी, बाँके, नेपालगन्जमा पदस्थापन गरेबमोजिम बाँके, नेपालगन्ज तर्फ २०७३ साल जेष्ठमा हाजिरी भए । यहाँ बसाईको अवधिमा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा वा संघीय सांसद र राष्ट्रिय सभा समेतको ऎतिहासिक निर्वाचनमा प्रशिक्षण, अनुगमन, समन्वय, दैनिक प्रशासनिक कामका अतिरिक्त क्षेत्रीय निर्वाचन अधिकारीको भुमिकामा सक्रियतापुर्वक जिल्ला तथा क्षेत्रीय निर्वाचन अधिकारीको जिम्मेवारीमा सफ़लता पुर्वक गौरवमयी रूपमा सम्पन्न गरियो । साथै आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादववाट प्रशंसा पत्र पनि प्राप्त भयो । 

स्थानीय तह सुदृढीकरण प्रक्रियामा निर्वाचन आयोग, नेपाल अन्तर्गत पाँच बिकास क्षेत्रका क्षेत्रीय निर्वाचन कार्यालय विघटन भएपछि निर्वाचन आयोग, नेपाल अन्तर्गत करिव अढाई बर्षको बसाई पश्चात् राज्यको प्राथमिकता र आफ्नै गृह जिल्लाको रोजाइ बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट दाङ जिल्ला अन्तर्गत स्थानीय तह बबई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, हापुरे, दाङमा बि.सं. २०७५ सालमा काम काज गर्न तोकिएको पत्र बमोजिम हाजिरी भए । 

१६. स्थानीय तह अन्तर्गत बबई गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, हापुरे, दाङ
(बि.सं.२०७५)

नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राथमिकता र आफ्नो रोजाईको गृह जिल्लाको छनौट बमोजिम उपसचिव दरबन्दी रहेको दाङ जिल्ला अन्तर्गत बबई गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, हापुरेमा हाजिरी भए । यहाँ गाउँपालिकाका अध्यक्ष श्री भुवनेश्वर पौडेलको टिमसँग करिव ८ महिनामा समानान्तर सिकाईसँग प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा कार्यसम्पादन गरियो । मुलतः सहकारी संस्था वाट गाउँपालिकाको प्रशासकीय भवन निर्माणार्थ जग्गा  खरिद, गाउँसभा निर्माण टेण्डर र अन्य नियमित कार्यसम्पादन कै क्रममा गाउँपालिकामा अधिकृतस्तर आठौं तहको दरबन्दी कायम गरिएपछि उपसचिवलाई गाउँपालिकावाट नगरपालिकामा पठाउनै पर्ने अनिवार्यता र यसै बिचमा संघीय सरकारको दरबन्दीमा समायोजन भएपछि दाङ, बाँके नभए बर्दिया सम्म स्थानीय तहमा मेरो माग बमोजिम काजमा राजापुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, राजापुुर, बर्ददियामा बि. सं.२०७५ माघ  महिनामा काज सरुवा भयो ।

१७. स्थानीय तह अन्तर्गत राजापुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, राजापुर, बर्दिया
(बि.सं.२०७५ -२०७७ )

नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको काज सरुवा पत्रानुसार राजापुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, बर्दियामा बि.सं. २०७५ देखि २०७७ सम्म नगर प्रमुख श्री शिवप्रसाद चौधरीको टिमसँग करिब २ बर्ष कार्यरत रहे ।  यहाँ कार्यरत रहँदा सम्पादन गरेका मुख्य२ कार्यहरू २ वटा वडा कार्यालयहरुको भवन निर्माणार्थ जग्गा खरिद, सपिङ्ग कम्प्लेक्स, नगरपालिका भवन समेतका अधुरा भवनको निर्माण कार्य सम्पन्न, रिक्त रहेका वडा सचिव सहायक चौथो तहदेखि इन्जिनियर र अधिकृतसम्मका करिब ३ दर्जन स्थायी कर्मचारीहरु लोक सेवा माग गरि परिपुर्ति र अन्य विकास निर्माण तथा दैनिक प्रशासनिक काम काज सम्पन्न गरियो । 

अन्ततः मन्त्रालयको चाहना र आफ्नै माग बमोजिम २०७७ फागुन महिनामा नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा पदस्थापन भयो ।

१८. नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार काठमाडौं (बि.सं.२०७७ -२०७८ )

निजामती सेवाको उत्तरार्ध अर्थात् करिव ५ महिना बाँकी छँदा नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयमा पदस्थापन भै २०७७ फागुन महिनामा पदस्थापन तथा हाजिर भए । हाजिरी भए पश्चात् खेलकुद महाशाखा अन्तर्गत खेलकुद संघ संस्था समन्वय शाखा र खेलपुर्वाधार बिकास शाखा तोकियो । यी शाखाहरु शिक्षा  सेवाका २ जना उपसचिव रिक्त रहँदा तोकिएको थियो भने उपसचिव श्री चन्द्रप्रसाद शिवाकोटी माननीय मन्त्री दाबा तामाङज्युको पि.ए. शाखामा हुनुहुन्थ्यो । वाहाँको काज सरुवा जिरी नगरपालिका, दोलखा भएपछि केहि समय श्रीमान् सचिव केदार न्यौपानेज्युको मौखिक आदेशमा शाखाहरु सहित माननीय मन्त्री श्री दाबा तामाङज्यूको निजि सचिवालयमा पनि केहि समय अढाई तीन महिना कार्यसम्पादन गरे । यश बिचमा सहसचिव श्री मधुसूदन बुर्लाकोटी (प्रशासन) र श्री भक्तबहादुर के.सी. (शिक्षा) सहसचिवको समन्वयात्मक निर्देशनमा कामकाज गर्दै रहे । सहसचिव  श्री भक्तबहादुर के.सी.सरको अनिवार्य अवकाशप्राप्त भए पश्चात् उक्त स्थानमा सहसचिव डा. कमलप्रसाद पोखरेल सर हाजिरी हुनुभयो ।

युवा तथा खेलकुद मन्त्रालयको करिब ६ (छ) महिनाको अवधिमा सम्पादित मुख्यतः कामहरुमा १. खेलकुद पुर्वाधार शाखामा १.१ "एकपालिका एक खेलग्रामको कार्यविधि बमोजिमको मापदण्ड पूरा भएका पहिलो चरणमा ६० (साठी) वटा र दोस्रो चरणमा १४० वटा पालिकाहरुको २०, २५ र ३० लाखको दरले अर्थ मन्त्रालयवाट रकम रकम निकासा गरि पालिकाहरुमा पठाईएको १.२ विभिन्न संस्था, पदाधिकारीहरु र राजनीतिक नेतृत्व समेतवाट खेलकुद सम्बन्धि  योजना तथा बजेट माग गरि पठाएका आदेशानुसार राष्ट्रिय खेलकुद परिषद् मा सक्कलै निवेदन आवश्यक कार्यार्थ पठाईएको २. खेलकुद संघसंस्था समन्वय शाखामा २.१ राष्ट्रिय खेलकुद परिषद् वाट खेलाडी तथा प्रशिक्षकहरुका लागि भिषा २.२ खेलकुद सामग्रीहरुको भन्सार महसुल छुट, खेलाडीहरुलाई अन्तर्राष्ट्रियस्तरमा खेलको कार्यक्रममा पठाउने समेतको कार्यहरू  ३. माननीय मन्त्रीको निजि सचिवालयमा समेत तोकिएको कार्य जिम्मेवारीहरु सम्पादन गरे । ४. मानवता प्रवर्द्धन सम्बन्धमा युवा परिचालन बिषयक अन्तरक्रिया कार्यक्रममा माध्यमिक विद्यालय, रझेना, दाङका विद्यार्थी भाइबहिनीहरुसँग  एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।

सारभुतरुपमा शिक्षक सेवादेखि निजामती सेवाको उपसचिवसम्म हिमाल, पहाड, भित्रीमधेश र तराई यसैगरी स्थानीय तह गाउँपालिका, नगरपालिका, जिल्ला स्थित कार्यालय, क्षेत्रीयस्तरका कार्यालय, बिभागस्तरका कार्यालय, केन्द्रियस्तरका कार्यालय, आयोग र मन्त्रालयसम्मको कार्यानुभव समग्रमा (Wholistic Approach) मा निम्नलिखित बमोजिमको रहेको छ । कार्यसम्पादन गरेका कार्यालयहरूको सुचीपत्र देहायबमोजिम प्रस्तुत गर्दछु ।

शुरु नियुक्ति, काज, सरुवा, बढुवा, पदस्थापन राज्यको प्राथमिकता, स्वयं चाहेर/नचाहेर अबिछिन्न निजामती सेवा ३१ बर्ष १९ दिन (२ बर्ष कानुनतः सुविधा थप गरि ३३ बर्ष १९ दिन) कार्यसम्पादन गरिएका कार्यालय, स्थान र अवधि

१. सहलेखापाल श्री कोष तथा लेखा नियन्त्रक कार्यालय, सल्यान - २ बर्ष (बि.सं.२०४७-२०४९)
२. नायब सुब्बा श्री क्षेत्रीय/शाखा तथ्यांक कार्यालय, दिपायल, डोटी - १.५ बर्ष (बि.सं..२०४९-२०५०)
३. नायब सुब्बा श्री जिल्ला शिक्षा कार्यालय, दार्चुला - २.५ बर्ष (बि.सं.२०५०-२०५३)
४. नायब सुब्बा श्री नेपाल राष्ट्रिय पुस्तकालय, हरिहरभवन, पुल्चोक, ललितपुर - ३ बर्ष (बि.सं.२०५३-२०५६)
५. नायब सुब्बा, नेपाल सरकार  श्री शिक्षा, संस्कृति तथा खेलकुद मन्त्रालय, केशरमहल, काठमाडौं, नेपाल  - ६ बर्ष  (बि.सं.२०५६ -२०६२)
६. शाखा अधिकृत, नेपाल सरकार सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, अतिरिक्त समुह BAT -21 तालिम अवधिभर - ६ महिना (बि.सं.२०६२)
७. शाखा अधिकृत, नेपाल सरकार शिक्षा संस्कृति तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर - ३ बर्ष (बि.सं. २०६३- २०६५)
८. शाखा अधिकृत, राष्ट्रिय महिला आयोग, भद्रकालीप्लाजा - १.५ बर्ष (बि.सं.२०६५-२०६६)
९. का.मु. भुमि सुधार अधिकारी, भुमि सुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गत भुमि सुधार कार्यालय, दाङ, घोराही - २.५ बर्ष (बि.सं.२०६७ - २०६९)
१०. मालपोत अधिकृत, भुमि सुधार तथा व्यवस्थापन बिभाग अन्तर्गत मालपोत कार्यालय, डडेल्धुरा - ६ महिना (बि.सं. २०६९)
११. शाखा अधिकृत, नेपाल सरकार, राष्ट्रिय सूचना आयोग, पेरिसडाँडा, कोटेश्वर, काठमाडौं - १ बर्ष (बि.सं.२०६९-०७०)
१२. शाखा अधिकृत, नेपाल सरकार, महालेखा नियन्त्रक कार्यालय, अनामनगर, काठमाडौं - १ बर्ष (बि.सं. २०७०)
१३. शाखा अधिकृत, नेपाल सरकार, राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरबार, काठमाडौं - २ बर्ष (बि.सं.२०७१-०७२)
१४. उपसचिव, नेपाल सरकार, सामान्य प्रशासन मन्त्रालय , अतिरिक्त समूह, सिंहदरबार - १ महिना (बि.सं. २०७२)
१५. उपसचिव तथा क्षेत्रीय निर्वाचन अधिकारी, बाँके, मध्यपश्चिम  संवैधानिक निकाय निर्वाचन आयोग, नेपाल अन्तर्गत क्षेत्रीय निर्वाचन कार्यालय, बाँके - ३ बर्ष (बि.सं. २०७३-२०७५)
१६. प्रमुख प्रशासकीय अधिकृत (राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) श्री बबई गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, हापुरे, दाङ - करिब १ बर्ष महिना (बि.सं. २०७५)
१७. प्रमुख प्रशासकीय अधिकृत (राजपत्रांकित द्वितीय श्रेणी, राजापुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, राजापुर, बर्दिया - करिब २ बर्ष (बि.सं.२०७५-२०७७)
१८. उपसचिव, नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौं, नेपाल - करिब ६ महिना (बि.सं. २०७७ - २०७८)

मेरो करिब ४ दशक सेवावधिमा प्राप्ति र कार्यसम्पादित पदहरु

१. प्राथमिक शिक्षक
२. सहलेखापाल
३. नायब सुब्बा
४. शाखा अधिकृत
५. भुमि सुधार अधिकारी
६. मालपोत अधिकृत
७. क्षेत्रीय निर्वाचन अधिकारी
८. प्रमुख प्रशासकीय अधिकृत
९. उपसचिव, नेपाल सरकार ।

मेरो करिब ४ दशक सेवावधिमा कार्यसम्पादित बिद्यालय र कार्यालयहरु 

१. श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, धाङसी, रोल्पा बि.सं. २०३८
२. श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, सिमलचौर, थक्लेनी, तिराम, प्युठान बि.सं.२०३९-२०४५
३. श्री कोष तथा लेखा नियन्त्रक कार्यालय, सल्यान बि.सं. २०४७-२०४९
४.  श्री क्षेत्रीय /शाखा तथ्यांक कार्यालय,दिपायल, डोटी बि.सं.२०४९- २०५०
५. जिल्ला शिक्षा कार्यालय, दार्चुला बि.सं. २०५०-२०५३
६. नेपाल राष्ट्रिय पुस्तकालय, हरिहरभवन बि.सं. २०५३ - २०५६)
७. नेपाल सरकार,  शिक्षा, संस्कृति तथा खेलकुद मन्त्रालय, केशरमहल, काठमाडौं  बि.सं.२०५६ - २०६२)
८. नेपाल सरकार, सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार अन्तर्गत  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर बि.सं. २०६२-२०६३
९. नेपाल सरकार, शिक्षा संस्कृति तथा खेलकुद  मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर बि.सं.२०६३-२०६५
१०. नेपाल सरकार, राष्ट्रिय महिला आयोग, भद्रकालीप्लाजा, काठमाडौं बि.सं. २०६५-२०६६
११. नेपाल सरकार भुमि सुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गत भुमि सुधार कार्यालय, दाङ बि.सं.२०६७-२०६९
१२. नेपाल सरकार, भुमि सुधार तथा व्यवस्थापन बिभाग अन्तर्गत मालपोत कार्यालय, डडेल्धुरा बि.सं.२०६९
१३. नेपाल सरकार, राष्ट्रिय सूचना आयोग, पेरिसडाँडा, कोटेश्वर बि.सं.२०६९
१४. नेपाल सरकार, महालेखा नियन्त्रक कार्यालय, अनामनगर, काठमाडौं बि.सं. २०७०
१५. नेपाल सरकार, राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरबार बि.सं.२०७१-२०७२
१६. नेपाल सरकार सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार बि.सं. २०७२
१७. संवैधानिक निकाय निर्वाचन आयोग, नेपाल अन्तर्गत क्षेत्रीय निर्वाचन कार्यालय, बाँके, नेपालगन्ज बि.सं. २०७३-२०७५
१८. स्थानीय तह, बबई गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, हापुरे, दाङ बि.सं. २०७५
१९. स्थानीय तह, राजापुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, राजापुर, बर्दिया बि.सं.२०७५-२०७७
२०. नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौं बि.सं. २०७७-२०७८

मेरो करिब ४ दशक सेवावधिमा कार्यसम्पादित जिल्लाहरु

१. रोल्पा
२. प्युठान
३. सल्यान
४. डोटी, दिपायल
५. दार्चुला
६. ललितपुर
७. काठमाडौं
८. भक्तपुर
९. दाङ
१०. डडेल्धुरा
११. बाँके
१२. बर्दिया ।

मेरो करिब ४ दशक सेवावधिमा कार्यसम्पादित मन्त्रालय, केन्द्रिय निकाय तथा आयोग अन्तर्गत

१. नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय वा  अन्तर्गत
२.नेपाल सरकार, राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रिय तथ्यांक बिभाग अन्तर्गत
३.नेपाल सरकार, शिक्षा, संस्कृति तथा खेलकुद मन्त्रालय वा अन्तर्गत
४. नेपाल सरकार, सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत 
५. नेपाल सरकार, राष्ट्रिय महिला आयोग वा अन्तर्गत
६. नेपाल सरकार, भुमि सुधार तथा व्यवस्था मन्त्रालय वा अन्तर्गत
७. नेपाल सरकार, राष्ट्रिय सुचना आयोग वा अन्तर्गत
८. नेपाल सरकार, राष्ट्रिय सतर्कता केन्द्र वा अन्तर्गत
९. संवैधानिक निकाय निर्वाचन आयोग, नेपाल वा अन्तर्गत
१०. स्थानीय तह बबई गाउँपालिका, दाङ
११. स्थानीय तह, राजापुर नगरपालिका, बर्दिया
१२. नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय वा अन्तर्गत                                                                                         #कर्म_चिनारी [Job Status]

https://m.facebook.com/story.php?story_fbid=2079693392198319&id=100004730354139 😍🙏

"निजामती सेवाको यो एउटा जीवन पुर्णतः राष्ट्रसेवामा समर्पित………"

Me वसन्त राज अधिकारी
उपसचिव, नेेपाल सरकार  
¤ युवा तथा खेलकुुद मन्त्रालय, सिंंहदरवार, काठमाडौंं, नेेपाल  
¤ व्यक्तिगत मोबाईल नं. : NTC  9847975445
© Ncell No.  9803762461

[परिमार्जन मिति : २०७८/०३/२२ मंगलबार)]
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

#व्यवसायिक_परिचय (Resume)
~~~~~~~~~~~~~~~~~~~~~~~

#आदर्श_वाक्यः “राष्टसेवा नै परमधर्म र सत्कर्म नै महान पुजा हो ।”

Goal : Nation Service is Supreme Religion and Good Work is great Worship

१.नाम, थर :
~~~~~~~~~

¤ बसन्तराज अधिकारी
¤ उपसचिव, नेपाल सरकार 
¤ श्री युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाण्डौं, नेपाल
® व्यक्तिगत सम्पर्क नम्बर : ९८४७९७५४४५ (NTC)
® व्यक्तिगत सम्पर्क नम्बर : ९८०३७६२४६१ (NCell)
© Office Contact No. 014200554

२.प्राज्ञिक/ शैक्षिक योग्यता :
~~~~~~~~~~~~~~~~~~~

(ऊ) एम.ए.(राजनीतिशास्त्र)
(उ) बि.एड.( Eco.+ Admin.१ बर्षे)
(ई) बी.एल+(अधिवक्ता)
(ई) बी.ए.(अर्थशास्त्र, राजनीतिशास्त्र)
(आ) आई.कम./आई.ए. (राजनीतिशास्त्र)
(अ) एस.एल.सी.(साधारण माध्यमिक बिद्यालय, २०४४ साल)

३.कार्य अनुभव :
~~~~~~~~~~~~

निजामती सेवा ३० + बर्ष;
(पूर्व सेवा: सरकारी शिक्षक ७ बर्ष)

(अ) पूर्व सेवा सरकारी -७ बर्ष प्राथमिक शिक्षक

(अ१) श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय रोल्पा–धाङसी बि.सं.२०३८ मात्र ६ महिना र

(अ२) श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, सिमलचौंर, थक्लेनी, तिराम, प्युठान (२०३९ देखि २०४५ सम्म ६.५ बर्ष)

(आ) निजामती सेवा तर्फ : (सहलेखापाल देखि उपसचिव सम्म ३०+ बर्ष)

(ख) सह–लेखापाल, नेपाल प्रशासन सेवा, लेखा समूह रा.प.अनं. द्वितीय श्रेणी (२०४७–२०४९) : महालेखा नियन्त्रक कार्यालय अन्तर्गत श्री कोष तथा लेखा नियन्त्रक कार्यालय, सल्यान ।

(ग) नायव–सुब्बा, नेपाल प्रशासन सेवा, रा.प.अनं.प्रथम, सामान्य प्रशासन समुह (२०४९–२०६२) :

(ग१) क्षेत्रीय/शाखा तथ्यांक कार्यालय, दिपायल (२०४९-०५०)

(ग२) जिल्ला शिक्षा कार्यालय, दार्चुला (२०५०-२०५३)

(ग३) नेपाल राष्ट्रिय पुस्तकालय, हरिहरभवन (२०५३-२०५६)

(ग४) शिक्षा मन्त्रालय, केशरमहल (२०५६-२०६२ सम्म) ।

(घ) शाखा अधिकृत खुल्ला प्रतिस्पर्धावाट बि.सं. २०६२  (२०६२–२०७२) :  BAT 21 सामान्य प्रशासन मन्त्रालय अन्तर्गत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान {तालिम अवधिभर} ९० कार्यदिन ५ महिना मात्र तालिम पश्चात् -

(घ१) शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम बिकास केन्द्र, सानोठिमी, शाखा अधिकृत (२०६३-२०६५)

(घ२) नेपाल सरकार, राष्ट्रिय महिला आयोग, भद्रकालीप्लाजा, शाखा अधिकृत (२०६५)

(घ३) नेपाल सरकार भूमिसुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गत भुमी सुधार कार्यालय, दाङ जिल्ला भुमि सुधार  अधिकारी, का.मु.उपसचिव  (२०६७-२०६९) र

(घ४) जिल्ला मालपोत कार्यालय, डडेलधुरा मालपोत अधिकृत, (२०६९ मात्र ६ महिना)

(घ५) नेपाल सरकार, राष्ट्रिय सुचना आयोग, पेरिसडाडाँ, कोटेश्वर,  शाखा अधिकृत (२०६९)

(घ६) नेपाल सरकार महालेखा नियन्त्रक कार्यालय, अनामनगर शाखा अधिकृत (२०७०) र
(घ७) नेपाल सरकार राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरबार अनुगमन तथा अनुसन्धान अधिकृत (२०७१-२०७२)

३.१ उपसचिवमा कार्यक्षमता मुल्यांकनवाट  बढुवा नियुक्ति तथा पदस्थापना : (२०७२- निरन्तर) मिति २०७२/१२/०६ देखी जेष्ठता कायम हुने गरी नेपाल सरकार, सामान्य प्रशासन मन्त्रालय, (अतिरिक्त समूह), सिंहदरबार, काठमाण्डौं ।

३.२ संवैधानिक निकायनिर्वाचन आयोग वा अन्तर्गत पदस्थापन : नेपाल सरकार (सचिवस्तर) को मिति २०७३/१/१३ को निर्णयानुसार निजामती सेवा ऎन, २०४९ को दफा १८(३) बमोजिम पदस्थापना भएको निकायवाटै अवधि तोक्ने गरी ।

३.३ संवैधानिक निर्वाचन आयोग, नेपालवाट पदस्थापन : मिति २०७३/१/२१ को निर्णयानुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित द्वितीय श्रेणी, क्षेत्रीय निर्वाचन अधिकारी, क्षेत्रीय निर्वाचन कार्यालय, नेपालगन्ज, बाँके ।

३.४ निर्वाचन आयोगवाट रमाना मिति : २०७३/१/२६

३.५ निर्वाचन आयोग, नेपाल अन्तर्गत क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्ज, बाँके मा हाजिरी र पदभार सम्हालेको मिति : २०७३/०२/०२ देखि २०७५/०४/०६ सम्म

३.६ श्री सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह शाखाको मिति २०७५/०३/२९ को काज सम्बन्धमा पत्रानुसार क्षेत्रीय निर्वाचन कार्यालय, बाँकेको मिति २०७५/०४/०७ को रमाना पत्रानुसार मिति २०७५/०४/१३ रविवार देखि श्री बबई गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, हापुरे दाङमा प्रमुख प्रशासकीय अधिकृत/उपसचिव पद बहाली ।

३.७ समायोजन ऎन, २०७५ बमोजिम संघमा समायोजन भै राजापुर नगरपालिका, नगरकार्यपालिका कार्यालयमा काम काज गर्न खटाईएको हाजिरी मिति २०७५/१२/१२ मंगलबार शुभम्

३.८ मिति २०७७\१०\२९ को नेपाल सरकार (सचिवस्तरीय) निर्णयानुसार मिति २०७७\११\१२ बुधबारदेखि श्री युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा पदस्थापन भै खेलकुद महाशाखा अन्तर्गत नियमानुसार हाजिरी भै कार्यसम्पादन ।

४.E-mail & Contact Numbers :
~~~~~~~~~~~~~~~~~~~~

४.१ Email : thakurrajadhikari@gmail.com

४.२ Contact Numbers :

✍️Cell Phone: 9847975445 (Namaste)
✍️9803762461 (Ncell)
© Office Contact No. 014200554

५.तालिम :
~~~~~~~~~~~~

(क) भुमि व्यवस्था सहकारी  तथा गरिबी निबारण मन्त्रालय,सहकारी बिभाग, सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र, नयाँ बानेश्वर,काठमाडको आयोजनामा  स्थानीय तहका सहकारी नियामक निकायहरका कर्मचारीहरुका लागी  ४ दिने अनुशिक्षण

(ख) प्रतिनिधिसभा र प्रदेश सभा र राष्ट्रिय सभा सदस्य निर्वाचन २०७४ सम्बन्धि निर्वाचन आयोग, नेपालवाट मुख्य प्रशिक्षक प्रशिक्षण (MToT) प्राप्त

(ग) निर्वाचन आयोग, नेपालवाट संचालित निर्वाचन सम्बन्धि, निर्वाचन सामग्री तथा लेखा व्यवस्थापन र मतदाता शिक्षा समेत र स्थानीय तह निर्वाचन, २०७४ बिशेष विभिन्न क्षेत्रीय तथा प्रदेशस्तरमा सञ्चालित प्रशिक्षण तालिमहरुमा संयोजक, प्रशिक्षक तथा सहजकर्ता र सहभागीको अनुभव हाँसिल गरेको ।

(घ) प्रशासन तथा व्यवस्थापन (BAT-21st & professional Course on Management and Development (Gazetted Level, In- Serviice)

(ङ) २७ औं पर्वतारोहण सम्पर्क अधिकृत अनुस्थापन)

(च) Basic Computer skills

(छ) Accont & Inventary Management System

(ज) English Language Course

(झ) Office Procedure and Management; (Non-Gazetted Level)

(ञ) Public Financial Mamagement/Public Expenditure and Financial Accountability (PEFA)

(ट) अभिलेख व्यवस्थापन कार्यशाला

(ठ) लैङ्गीक परिक्षण

(ड) Effective Proposal Writing Skills

(ढ) लैङ्गीक सचेतिकरण

(ण) Basic Psychosocial counseling Course

(त) Orentation programme to Media Professionals on Gender Based Violence

(थ) Light Vechicle Driving Training Certificate

(द) प्रशासनिक दक्षता र पेशागत संगठनको दायित्व;

(ध) Library and Information Science Level 3 ( & Membership of Nepal Library Association)

(न) Good Governance by Danida Felloship Centre COWI & Ministry of Education

(प) International Human Rights and Human Rights Indicators

(फ) रेडियो शिक्षा शिक्षक तालिम कार्यक्रम ( १० महिने)

६.प्रकाशित कृति र सिर्जनात्मक सक्रियता:
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

(क) स्थानीय पत्रिकामा व्यङ्य, लेख, कविता, अन्तर्वार्ता र समाचार आदि प्रकाशित ।

(ख) राष्ट्रियस्तरका पत्रपत्रिका गोरखापत्र, शिक्षा पत्रिकामा कानूनी, नैतिक, धार्मिक, कूटनीतिक, प्रशासनिक समेत गरि ३ दर्जन लेख रचना प्रकाशित र स्थानीयएफ.एमवाट भुमिसुधार र मालपोत कार्यालयवाट संचालित मुक्त कमैया र हलिया सम्वन्धी अन्तर्वार्ता/ जानकारी र सूचनामुलक प्रशारण ।

(ग) नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमीवाट शैक्षिक सत्र २०६४-०६५ मा सामुदायिक (सरकारी) विद्यालयस्तरको कक्षा ९ को कार्यालय सञ्चालन र लेखा विषयको भाग ३ पत्रव्यवहार लेखेको र पुस्तक सामूहिक लेखन, २०६४ ।

(घ) निर्वाचन आयोग, नेपाल अन्तर्गत क्षेत्रीय निर्वाचन कार्यालय, बाँकेवाट स्थानीय तह निर्वाचन २०७४ : एक झलक प्रकाशन

(ङ) निजामती कर्मचारीको प्रतिवध्दता, पारदर्शिता र चुस्तता स्मारिका २०७५ निजामती चौतारी प्रकाशक निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति, बाँकेमा "फोटोसहितको मतदाता नामावलीको अवधारणा र प्रयोग" बिषयक लेख प्रकाशित ।

(च) मुक्त कमैंया, दाङ र मुक्त हलिया, ड्डेल्धुरासम्वन्धी स्थानीयस्तर र राष्ट्रियस्तरका पत्रपत्रिका, मुखपत्र र बुलेटिन आदिमा विभिन्न सीपमूलक तालिमसम्वन्धी सामग्री प्रकाशन ।

(छ) दाङ स्थित जिल्ला बिकास समितीद्वारा संन्चालित समावेशी, क्रियाटिभ लर्निङ एकेडेमी र एपेक्स कम्प्युटर सेन्टर, दाङमा नायव सुब्बा र खरिदारस्तरको एकीकृत कोर्ष अन्तर्गत नेपालको इतिहास, विश्वको इतिहास, नेपालको भूगोल, विश्वको भूगोल, सामाजिक, जाती, भाषा, धर्म, संस्कृति आदि २ पटकको विज्ञापनमा सफलतापूर्वक प्रशिक्षण गरेको ।

(ज) वेष्ट करियर्स अक्याडमी, बागबजारमा शाखा अधिकृतस्तर (कानून) को लोक सेवा आयोगको तयारी सार्वजनिक प्रशासन, कर्मचारीतन्त्र र संगठन विषयक प्रशिक्षण २०६९

(झ) Social Media : facebook; Civil Service (Nijamati Sewa); BAT 21; Officer of GoN; School Teachers; HINDUS; My autobiography श्री वसन्त राज अधिकारी आफ्नै Admin. मा खोलिएको र अन्य  अधिकृत तयारी Groups र Page, My autography. श्री वसन्तराज अधिकारी  blogger.com, Instragram, Tweeter, TikTok @bulletbro04 र राष्ट्रिय स्तरका पत्रपत्रिका मार्फत र अनलाइन खबरमा प्रशासनिक, कानुनी, शैक्षिक, धार्मिक, सांस्कृतिक, मनोरञ्जनात्मक, यात्रा बर्णन समेतका लेख रचना र समसामयिक  साहित्य कविता विविधमा नियमित सुचना र ज्ञान, सीप, अभिबृत्ती लगायत पेशागत प्रशासनिक, व्यवस्थापन र व्यवसायिक (Professional) र Carrier Devlopment सम्वन्धी लेख/रचनाहरु निरन्तर नियमित प्रकाशन गर्दै आएको ।

(ञ) नेपाल सरकार, राष्ट्रिय सतर्कता केन्द्र (NVC), सिंहदरबारमा Anti-Corruption सम्बन्धी अनुगमन तथा अनुसन्धान शाखामा शाखा अधिकृतको @ अनुसन्धान अधिकृतको  जिम्मेवारीमा बिशेष कार्यानुभव भएको ।

(ट) सरकारी तथा सामुदायिक र निजी टेलिभिजन, एफएम, छापा पत्रिकामार्फत स्थानीयतह निर्वाचन बिशेष दर्जनौं Talk Show, अन्तर्वार्ता, Live समेतमा बिशेषत: मध्यपश्चिम क्षेत्र अन्तर्गत प्रदेश नं.५ र ६ र को बिशेष जानकारी सहित कार्यक्रममा सहभागीता गरेको ।

(ठ) राप्ती साहित्य परिषद् घोराही दाङको २०७५ मा आजीवन सदस्यता प्राप्त ।

(ड) आधिकारिक ट्रेड युनियन, बाँकेको मुखपत्र २०७५ मा "फोटो सहितको मतदाता नामावली यसको अवधारणा र प्रयोग" बिषयक लेख प्रकाशित

(ढ) जिल्ला समन्वय समितिको कार्यालय, दाङ र प्रदेश नं.५ आर्थिक  योजना तथा कानुन मन्त्रालय वाट आयोजना गरिएको कार्यक्रममा आर्थिक बर्ष २०७४/०७५ को बजेट, राजस्व,खर्च प्रगति, अनुकराणीय कार्यहरू, समस्या चुनौती र समाधानका  उपायहरु समेतको प्रस्तुति ।

(ण) बबई गाउँपालिकालाई कसरी समृद्ध बनाउने ?  गरिबी निवारण, युवा, समसामयिक गत्तिविधी, योजना बिकास, गाउँपालिकावाट सम्पादित कार्यहरु समेतको बिषयमा प्रमुख प्रशासकीय अधिकृत श्री बसन्तराज अधिकारीसँग सामुदायिक रेडियो हापुरे ८९.४ मेगाहर्जका समाचारदाता Mr. Arjun Pariyarजीसंग बिशेष रेडियो वार्ता ।

(त) बिपद व्यवस्थापन सम्बन्धमा राजापुर नगरपालिका, बर्दियाका प्रमुख प्रशासकीय अधिकृत श्री बसन्तराज अधिकारीसँग रेडियो साथी एफएम ९५ मेगाहर्जका स्टेशन म्यानेजर श्री मिनप्रसाद अधिकारीले "बिपद व्यवस्थापन चौतारी" पहिलो शृङ्खलामा बिपदको अवधारणा नीति, रणनीति, कार्यनीति, अनुगमन संयन्त्र तथा मुल्यांकन, बिपद व्यवस्थापन समिति, कानुनी व्यवस्था ऎन, नियम, बिपद व्यवस्थापन सम्बन्धमा नगरपालिकावाट भए गरेका क्रियाकलाप, योजना आयोजना,आगलागी र  बाढी डुवान नियन्त्रण, आपतकालीन कोष, प्रभावितहरुलाई पुर्नलाभ, कार्यकारी अधिकृतको प्रतिवध्दता तथा भुमिका र मन्तव्य समेतका बिषयमा बिहंगम परिचर्चा ।

(थ) स्थानीय तह श्री बबई गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, हापुरे, दाङ र राजापुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, हापुरे, दाङ बि.सं.२०७५ देखि २०७७ सम्म करिव ३ आर्थिक बर्ष प्रमुख प्रशासकीय अधिकृत कार्यकारी प्रमुखको कामकाजको रुपमा रही निर्विवाद र अब्बल रूपमा सफ़लता पुर्वक कार्यसम्पादन सम्पन्न गरेको ।

७. बैदेशिक सेमिनार/तालिम अध्ययन भ्रमण:

(क) "Seminar on Governance Capacity Building for Local Government officials from Nepal (II)" Sponsored by the Ministry of commerce and organized by University of Chinese Academy of Social Sciences from Nov. 11-Nov.24, 2019 in Bejing, the People's Republic of China.
Ministry of Commerce
People's Republic of China
Nov.24, 2019

८.जन्मस्थल तथा स्थायी ठेगाना :
~~~~~~~~~~~~~~~~~~~~~~

(७.१) जन्मस्थान : साविक मानपुर गाविस हाल तुलसीपुर उपमहानगरपालिका वडा नं.१७ मजगैं बजार, दाङ 

(७.२) स्थायी ठेगाना: घोराही उपमहानगरपालिका वार्ड नं.१७, पनौंरा, सरस्वती टोल, दाङ
हाल अस्थायी बसोवास : कीर्तिपुर नगरपालिका स्थित टाउनप्लानिङ, काठमाण्डौं, नेपाल ।

९. आमा/बुबा श्रीमती/छोरा/छोरीको नाम
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

आमा श्रीमती भावना अधिकारी बुबा स्व. बलदेवप्रसाद अधिकारी धर्मपत्नी श्रीमती Ashoda Adhikari (Subedi) छोरा-१ विशेष अधिकारी छोरी-१ Adhikari Bipana

१०. प्रमाणिक (Registered) जन्म मिति :
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

२०२०/०४/०५ बि.सं. तदनुसार इ.सं.20 July 1963

[वास्तविक : बि.सं.२०२१/१२/०५ बिहिवार शुभम ।]

११.राष्ट्रियस्तरीय सम्मान र पुरस्कार :
~~~~~~~~~~~~~~~~~~~~~~~~

११.१ राष्ट्रिय शिक्षा पुरस्कार–२०५८ पदकसहित,

११.२ बाग्मती सफाइ अभियान तथा बिनासकारी भुकम्प पश्चात् भग्नावशेष व्यवस्थापनमा स्वयंसेवकको रुपमा पु-याएको योगदानको हार्दिक सह्राना गर्दै कदर स्वरुप प्रशंसा -पत्र, मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय ।
(२०७२)

११.३ ऎतिहासिक स्थानीय तह, प्रदेश सभा, प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन २०७४ क्षेत्रीय निर्वाचन अधिकारी, बाँकेको रुपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान गरेवापत संवैधानिक निकाय श्री निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादववाट हस्ताक्षरीत प्रशंसा पत्र निर्वाचन समीक्षा कार्यक्रम २०७५ बुटवलमा आयोजित कार्यक्रममा निर्वाचन आयोग, नेपाल  तथा नेपाल सरकारका सचिव श्री वेगेन्द्रराज शर्मा पौडेलज्युवाट ग्रहण ।

१२. अभिरुचि :
१२.१ धार्मिक/नैतिक/साँस्कृतिक अध्ययन
१२.२ व्यावसायिक/खोजमुलक लेख/रचना साहित्य लेखन र
१२.३ सामाजिक सञ्जाल, अनलाइन लेखनका साथै मनोरञ्जनात्मक एवम् बुद्धिरञ्जन क्रियाकलाप गर्ने गरेको ।                                                           समाप्त ❣️📝📘🌻🙏 समाप्त

Comments

Post a Comment