३०२. राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रम परिचय सहित राजापुर नगरपालिका, राजापुर, बर्दियामा भए गरेका कार्यको संक्षिप्त झलक

राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रम परिचय सहित राजापुर नगरपालिका, राजापुर, बर्दियामा भए गरेका कार्यको संक्षिप्त झलक                      

✍️ वसन्तराज अधिकारी र चालक श्री इन्द्रबहादुर चौधरी 
        राजापुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय                                      राजापुर, बर्दिया २०७७

१. कार्यक्रम परिचय :

नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको छ । सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी समेत भएको छ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेट देखि नै सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी आगामी पाँच वर्ष भित्रमा कुनै पनि नेपाली नागरिकले वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ । सोही उद्देश्यलाई परिपुर्ति गरि लोककल्याणकारी सरकारको दृष्टान्त प्रदान गर्न समेत राष्ट्रिय प्राथमिकता प्राप्त  यश प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुआत गरिएको हो ।

यशका प्रमुख क्षेत्रहरू तर्फ बिचार गर्दा मुलतः सार्वजनिक विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजनाहरू सरकारका विभिन्न तह अन्तर्गतका विषयगत मन्त्रालय तथा निकायहरूबाट संचालन हुने गरेका छन् । यसरी विभिन्न निकायहरूले विकास निर्माण सम्बन्धी कार्यक्रम तथा आयोजनाहरू संचालन गर्दा रोजगारी सिर्जनालाई यथोचित प्राथमिकता दिन नसकेको अवस्था एकातिर विद्यमान रहेको अवस्था छ भने रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने व्यवस्था समेत गरेको छ ।

यसरी न्यूनतम रोजगारी प्रदान गर्न नसके नेपाल सरकारले हरेक बेरोजगार परिवारलाई एक जना श्रमिकले एक सय दिन काम गर्दा प्राप्त गर्ने न्यूनतम पारिश्रमिकको पचास प्रतिशत रकम निर्वाह भत्ता दिनु पर्ने व्यवस्था छ । तसर्थ सूचीकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न व्यावसायिक कृषि, सिंचाई, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधार लगायतका सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यहरुमा सहकार्य र समन्वय गरी एकिकृत रुपमा थप आन्तरिक रोजगारी सिर्जना गर्नु पर्ने आवश्यकता समेत महसुस गरिएको  छ ।

यस्तो अवस्थामा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुका सार्वजनिक निर्माण तथा सार्वजनिक क्षेत्रका अन्य कार्यक्रमहरुमा पर्याप्त संख्यामा थप रोजगारी सिर्जना गर्ने गरी समन्वयात्मक र योजनावद्ध ढंगले तिनीहरुको कार्यान्वयन गर्ने प्रबन्ध गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा ल्याईएको भन्ने भनाइ रहेको अवस्था  छ ।

यसरी रोजगारी श्रृजना गर्दा सार्वजनिक क्षेत्रका विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजनाहरूमा श्रमिकको माग हुने र माग बमोजिमका श्रमिकहरूको आपूर्ति रोजगार सेवा केन्द्रमार्फत हुने भई सबै स्थानीय तहमा श्रमको माग र आपूर्तिको औपचारिक संयन्त्रको समेत विकास हुने बिश्वास गरिएको छ । यस्तो संयन्त्रले स्थानीय स्तरमा निजी, सहकारी तथा गैर सरकारी क्षेत्रमा हुने श्रमिकको माग र आपूर्ति बीचमा सहजीकरण र संयोजनको भूमिका समेत अवश्य निर्वाह गर्ने छ भन्ने कुरा बिश्वास व्यक्त गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत निजी, सहकारी तथा गैर सरकारी क्षेत्रसंग समेत समन्वय र सहकार्य गरी ती क्षेत्रहरुमा थप रोजगारीका अवसर सिर्जना गरिने भनिएको छ । श्रमिकमा हुने क्षमता तथा सीप अभावका कारणले बजारमा देखिएको श्रमिकको माग र आपूर्ति बीचको अन्तरलाई कम गर्न यस कार्यक्रम अन्तर्गत श्रमिकको क्षमता तथा सीप विकास तालिम कार्यक्रमहरु समेत संचालन गरिनेछन् । बेरोजगार व्यक्तिहरुले आफूसंग भएको सोच, सीप र अनुभवका आधारमा स्वरोजगार हुन चाहेमा आवश्यक पर्ने सीप तथा उद्यमशीलता अभिवृद्धि गर्न विशेष उद्यमशीलता तालिम प्रदान गर्ने र उद्यमको अवधारणा प्रस्तावको मूल्यांकनका आधारमा सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने व्यवस्था समेत यस कार्यक्रम मार्फत गरिने दृढता यश कार्यक्रमको प्रतिबद्धता रहेको छ ।

२. राष्ट्रिय तथ्यांक झलक :

प्रधानमन्त्री रोजगार कार्यक्रममा आर्थिक बर्ष २०७७\०७८ मा राष्ट्रिय तथ्यांक निम्नलिखित बमोजिम रहेको छ :---

२.१ सुचिकृत बेरोजगार व्यक्तिको राष्ट्रिय तथ्यांक झलक ७,४३,१९४

® पुरुष : ४,२७,९७४
® महिला : ३,१४,३३३
® अन्य : १४२
२.२ घर धुरी संख्या : ७,०७,०५८
२.३ कुल रोजगारीका दिनहरु : ७०,४१०
२.४ तालिम पाउने बेरोजगार संख्या : १७७
२.५ कुल आयोजना संख्या : ३०३२
२.६ रोजगारीमा खटिएको व्यक्तिको संख्या : १२,७४९

३. राजापुर नगरपालिका, प्रधानमन्त्री रोजगार कार्यक्रम तथ्यांकिय झलक :

३.१ सुचिकृत बेरोजगार व्यक्तिको संख्या : २६९८
® पुरुष २६९८
® पुरुष १८२२
® महिला ८७६
® अन्य ०

३.२ घरधुरी संख्या : २६९१
३.३ कुल रोजगारका दिनहरु : ०
३.४ तालिम पाउने बेरोजगारको संख्या : ८
३.५ कुल आयोजना संख्या : १२४
३.६ रोजगारीमा खटिएका संख्या :

४. राजापुर नगरपालिका, रोजगार सेवा केन्द्र, प्रधानमन्त्री रोजगार कार्यक्रम, राजापुर, बर्दियावाट आ.ब.२०७७/०७८ मा सञ्चालित कार्यक्रमहरु :

४.१ आ.ब. २०७७/०७८ युवा रुप कार्यक्रम कुल रकम प्राप्त ५१,७०,००० विश्व बैंक ॠण ५१,९२,००० मध्ये

४.१.१ आ.ब.२०७७\०७८ मा युवा रुप कार्यक्रम कुल रकम आउन बाँकी २२,०००/- नेपाल सरकार

४.२ आ.ब. २०७७\०७८ प्रधानमन्त्री रोजगार कार्यक्रम कुल रकम कुल रकम आउन बाँकी २,४७,६५,०००/-

४.३  कामदार सुचिकृत संख्या : ०

४.४ आ.ब.२०७६\०७७ रोजगार प्राप्त १० दिन समग्रमा १२०६ जना

४.५  जम्मा बेरोजगार संख्या : २६९८

४.६ राजापुर नगरपालिका वडागत बेरोजगार संख्या :
® वडा नं.१ मा ९१६ जना
® वडा नं.२ मा ८७० जना
® वडा नं.३ मा ८७० जना
® वडा नं.४ मा ८३ जना
® वडा नं.५ मा १६३ जना
® वडा नं. ६ मा १९६ जना
® वडा नं.७ मा १७८ जना
® वडा नं.८ मा ९१ जना
® वडा नं.९ मा ५४ जना
® वडा नं.१० मा ९७ जना

५. आ.ब.२०७७\०७८ मा सञ्चालनमा रहेका योजना र श्रमिक संख्या :

५.१ दौलतपुर छोटकी दौलतपुर, बगौटा, मुर्गहवा आवि बाटो मर्मत सोनपुरदेखि कोठारपुर जाने बाटो मर्मत वडा नं.१ कामदार संख्या ३० जना

५.२ सब स्टेशन पछाडि सोहरिया बालाबजार जाने बाटोसम्म सडक स्तरोन्नति मर्मत वडा नं.२ कामदार संख्या ३१ जना

५.३  जयपुर मैलानाला जाने बाटो स्तरोन्नति वार्ड नं.५ कामदार संख्या ३२ जना

५.४  महुवा दक्षिण टोलदेखी पहाडी नगर सम्म जाने बाटो मर्मत सम्भार वडा नं.६ कामदार संख्या ३० जना

५.५ गुलरादेखि दलै टोलसम्म बाटो मर्मत वार्ड नं.९ कामदार संख्या ३० जना

६. सञ्चालनको चरणमा रहेका आ.ब.२०७७\०७८ मा सञ्चालनमा रहेका योजना र श्रमिक संख्या :

६.१ मुरैया कृषि सडक देखि पत्थरडाँडा हुँदै वार्ड नं.५ सिमाना सडकमा माटो पटानी वार्ड नं.३ कामदार संख्या ३० जना

६.२ मुरकटादेखि बेलासा सिमानासम्म बाटो स्तरोन्नति वार्ड नं.४ कामदार संख्या ३० जना

६.३ बुढी कुलो किनारामा जैविक तटबन्धन साझेदारीमा वार्ड नं.७

६.४ ओस्ताजपुर राम ध्वज चन्दको घरदेखि निहालपुर जाने नयाँ ट्र्याक खन्ने माटो पटानी वार्ड नं.८

६.५ गन्धैला नालाको दायाँबायाँ डिल निर्माण र बाटो स्तरोन्नति वार्ड नं.१०

७. राजापुर नगरपालिका, रोजगार सेवा केन्द्र जनशक्ति व्यवस्थापन :

७.१ रोजगार संयोजक (अधिकृतस्तर) श्री रमेशकुमार पोखरेल सम्पर्क मोबाईल नम्बर ९८४१२४१३३९

७.२ प्राविधिक सहायक सब इन्जिनियर श्री अनिल रावल

८. उपसंहार :

वर्तमान अवस्थामा कोभिड १९ कोरोना भाईरस रुपि विश्वव्यापी महामारीको प्रकोपको परिणामस्वरूप वैदेशिक रोजगारीमा शिथिलता रहेको अवस्थामा अधिकांश श्रमजीवी नागरिकहरू लाई दैनिक ज्याला मजदुरी र रोजीरोटीको टट्कारो समस्या उत्पन्न भैरहेको विषम कठिन परिस्थितिमा संघीय सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमले धेरै राम्रा सकारात्मक पक्षहरुको थालनी गरेको छ । बेरोजगारको अनलाइन सुचिकृत, कामदारहरूको यद्यावधिक विवरण, बैंकिङ भुक्तानी प्रणाली समेतको कार्यारम्भ भै अगाडि बढिरहेको सन्दर्भमा योजना, आयोजना, सरकारी, सामुदायिक  निजि र गैरसरकारी र क्षेत्रहरु समेतमा रोजगारीको सम्भाव्यता अध्ययन, अनुसन्धान जनशक्ति व्यवस्थापन योजना बनाई कार्यान्वयनमा अगाडि बढनुपर्ने टट्कारो आवश्यकता रहेको छ ।

सम्पादन तथा लेखक परिचय :
~~~~~~~~~~~~~~~~~~

✍️ बसन्तराज अधिकारी
अधिवक्ता - एम.ए. (राजनीतिशास्त्र) ; बी.एल:, (कानुन) बी.ए. (अर्थशास्त्र/राजनीतिशास्त्र) ; बी.एड. (शिक्षा)
हाल : उपसचिव, नेपाल सरकार
कामकाज : प्रमुख प्रशासकीय अधिकृत
राजापुर नगरकार्यपालिका कार्यालय
राजापुर,  बर्दिया ।

✍️ लेखक : बसन्तराज अधिकारी
घर : घोराही उपमहानगरपालिका, दाङ
हाल : राजापुर नगरपालिका, बर्दिया ।

सन्दर्भ स्रोत सामग्री :
~~~~~~~~~~~~~
१. www.pmem.gov.np
२. www.rajapurmun.gov.np
३. रोजगार संयोजक (अधिकृतस्तर) श्री रमेशकुमार पोखरेल, राजापुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, राजापुर, बर्दिया ।

Comments