योग बिद्या बारे सामान्य जानकारी (General Knowledge of Yoga Science)
✍️ वसन्तराज अधिकारी
योग भनेको के हो ? १. परिचय : योग भनेको जोडनु हो । शरीर र मन आत्माको जोड योग हो । स्पष्टरुपमा भन्नूपर्दा आध्यात्मिक, भौतिक,जैविक शारीरिक, मानसिक, बौद्धिक र मनोबैज्ञानिक समेतका क्रियाकर्महरु एक आपसमा शारीरिक तादाम्यता संग मेल गर्नु वा जोडनु योग हो । योगको प्रारम्भ आदिदेव महादेव शिव र गौतम बुद्ध मानिन्छन । पुर्विय महान अध्यात्मिक गुरु तथा महर्षी योगी बैज्ञानिक दर्शनका प्रणेता योगगुरु पतञ्जली हुन । उनले "योग चित्त बृती निरोध' भनेका छन । हिजो आज भारतमा योगी रामदेव समेतले यसको पुनर्जागरण गरेका छन । योग उत्पत्ति नेपाल र छिमेकी मुलुक भारतबर्ष हो । संयुक्त राष्ट्र संघ (UNO) को बिशिष्टकृत एजेन्सी विश्व स्वास्थ्य संगठन (WHO) को अनुसार कुनै पनि व्यक्ती स्वस्थ्य हुनकोलागी शारीरिक, मानसिक, सामाजिक र अध्यात्मिक स्वस्थ्यताको आवश्यकता पर्दछ । जुन पुर्विय दर्शनवाट प्रतिपादन गरिएको योग बिद्या (Yoga Science) वाट अरु ज्ञान र उपाय भन्दा सहज,सरल र अत्यन्त उपयोगी छ । संयुक्त राष्ट्र संघको पहलमा सन् २०१५ अर्थात् बि.सं.२०७२ देखि विश्व योग दिवस मनाउन थालिएको र नेपालमा पनि शिक्षा मन्त्रीको अध्यक्षतामा मुल समारोह समिती र जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति गठन गरिएको छ । विश्वव्यापी कोरोना महामारीको कारणले यश बर्ष Zoom मिटिङ मार्फत योग दिवस मनाईदैछ । यस वर्ष २०२१ योग दिवसको नारा ‘मानव सु-स्वास्थ्यको लागि योग’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ। यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारण,ध्यान र समाधी यी आठवटालाई अष्टाङ्ग योग भनिन्छ । हठ योग {ह=सुर्य; ठ= चन्द्र} अर्थात प्राण (सुर्य); अपान (चन्द्र) पनि भनिन्छ । २.परिभाषा : "चित्त वृत्तिको निरोध गर्नु नै योग हो ।" "मन, बुध्दी, चित्त,अहंकाररुपी चारलाई अन्तष्करण चतुष्टय भनिन्छ ।" • पतञ्जली ३. योगका प्रकारहरु : • यम :- अहिंसा, सत्य, ब्रम्हचर्य र अपरिग्रह [स्मरणीय : अपरिग्रहको अर्थ "सञ्चित नगर्नु" हो ।] • पाँच महाब्रत : • नियम :- तप, स्वाध्याय, सन्तोष, शौंच र ईश्वर प्रणिधान • आसन :- पद्मासन, सिद्यासन, स्वालिकासन तथा सुखासनमा बसेर बक्षस्थल, रिढको हाड, गर्धन र शिर सिधा हुनु आवश्यक छ । • प्राणायाम :- प्राणको बिस्तार वा नियन्त्रण ( भस्त्रीका, भ्रामरी, चन्द्र, सुर्य, नाडी शोधन) कपालभाती, सितली र प्राण, अपान, समान, उदान र व्यान प्राण {हाम्रो शारीरिक अवस्था भन्दा माथी औरा शरीर छ । • प्रत्याहार :- आन्तरिक शुध्दी, कारण शरीर (शब्द, स्पर्श, रुप, रस र गन्ध) माथिको मनको प्रभाव हटाई अन्तस्करण शुध्द हुन जान्छ । • धारणा :- कुनै पनि बाह्य वा आन्तरिक बिषय माथी मनलाई केन्द्रीत गर्ने कार्यनै धारणा हो । ४. ध्यानको परिचय "योग ध्यानम महायज्ञम" ४.१.दृष्टिगोचर गरेर (Visulization) ४.२. आफ्नो हिडने अवस्थाको साक्षी बनेर (walking meditation) ४.३.मन्त्र पाठद्वारा (Chanting Mantra) ४.४.श्वासलाई हेरेर ( Watch Breath) ४.५.श्वास प्रश्वासलाई गनेर (Count Breath) ४.६.बिचारलाई हेरेर (Watch thought waves or mindfulness) ४.७.प्रेमपुर्वक दयाभाव सबैप्रती (Loving Kindness) ८. समाधी : "समाधिन मोक्षस्थितिम" यो व्यवस्था भनेको शरीर, इन्द्रिय, मन, बुद्धि भन्दा माथिको र विकसित अवस्था हो । ५. सार (Abstract) :- 👌"यथा पिण्डे तथा ब्रम्हाण्डे" 👌ॐ पुर्णमद पुर्णमिदम पुर्णतः पुर्णमुदच्यते पुर्णस्य पुर्णमादाय पुर्णमेवा बशिष्यते ।। 👌 योग नियमित आफ्नो शारीरिक सक्षमताको अनुरुप गर्नुपर्छ । शरिरलाई भोजनको अपरिहार्यता जस्तै योग अनिवार्य हुन्छ । 👌 "सर्वे भवन्तु सुखिन, सर्बे सन्तु निरामया । सर्बे भद्राणी पश्यन्ती मा कश्चित दु:ख भाग्भवेत । "निरोगी सबै हुन् सबै हुन् खुशीया । सबै बेश देखुन नहुन क्वै दु:खिया ।।" ( सबै खुशी रहुन, सबै हुन सूखिया । सबै बेश देखुन नहुन क्वै दुखिया) सम्पादन तथा लेखन : रचनाकार: बसन्तराज अधिकारी घर: घोराही उपमहानगरपालिका, दाङ रचना मिति: २०७७/०३/०७ आइतबार थप परिमार्जन सहितको प्रस्तुति ।
Comments
Post a Comment