अछामी लाहुरे
📝 वसन्तराज अधिकारी साथमा साथीहरू |
गरिवी जीवन भित्रको एउटा, बाध्यता बनेर ।
नेपाली युवक विदेशिइन्छन्, यो धर्ति छोडेर ।।
एउटा यथार्थ देखे मैले, अछाम जिल्लामा ।
छोरालाई विदेश पठाउँदा, रुदैथिन् ति आमा ।। १ ।।
बग्दछिन् वारी यी सेती नदी, निःशब्द बनेर ।
ति बुढी गंगा मिल्दछिन् पनि, कर्णालि पुगेर ।।
मंगलसेन अछाम वारी छ पायल, रमाईलो बस्तीमा ।
साँफेको बगरपारी, बुढीगंगाको तिरैमा ।। २ ।।
ढुङ्गा र पहाड बनेर साक्षी, बिकट यस भूमीमा ।
उदास जस्तै लाग्दछिन् हरे, यी नेपाल आमा ।
प्रभातकालिन समय थियो, चौरपाटी गाउँमा ।
बर्णन गर्छु यथार्थ देशको, रोएकी ति आमा ।।३।।
काँधमा झोला लटकाई जुल्फी, नेपाली छोराले ।
यात्राको साइत गर्दै थिए, आर्थिक बोझले ।।
स्वदेश भूमीमा नेपाली पुत्र, केही काम पाउन्नन् ।
विदेशी हेपाई खाएर पनि तहीँ, जान बाद्ध छन् ।।४।।
ति बुढी आमा यौवना पृयले, गरिन् विदाई रोएरै ।
छाडेर जाँदै थिए ति धर्ति पुत्र, प्रवासी भएरै ।।
रूदैँरूदैँआमाले भन्थिन हे, बाबु भनेर ।
राम्रो काम गर्नु नविर्सनु, लाहुरे बनेर ।।५।।
छौँ, हामी केवल आशामै तिमै्र, हित नै गर्दछौ ।
यो मुटु भरी कलेजी टुक्रा, कसरी छोडदछौँ ।।
गह्रुङ्गो वदन गरेर सखी, आखाँमा आँशु लिई ।
हेर्दैथिन् स्वामी परदेशीलाई, भावमा विहल भई ।।६।।
आमाको मर्म अथाह थियो, वेदना बहेर ।
पुत्रको स्नेह अजस्र धारा, धरर बहेर ।।
आखिरी आमा आमानै हुन् नि, को हुन्थ्यो अरू र ? ?
प्रत्यक्ष्य देखे अनि यो लेखे, नेपाल आमा रोएको धरर ??? ।।७।।
मननिय तथ्यहरू :
• दोष सृष्ट्रिमा होईन, दृष्ट्रिमा हुन्छ । – साईबाबा
• शिक्षित व्यक्तिहरूकालागि संसारै आफनो हुन्छ । –अज्ञात
तस्विर : लोक सेवा आयोगवाट सञ्चालन हुने नायव सुब्बा तथा लेखापाल प्रतिस्पर्धात्मक परिक्षाका ग्रुपका साथीहरुसँग २०४९ साल 📝 वसन्तराज अधिकारी मिति: २०५०।९।१९ @ मंगलसेन, अछाम
Comments
Post a Comment