२४१. नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय : ऎतिहासिक सन्दर्भ सहित परिचय, कानुनी व्यवस्था, कार्यक्रम, संगठनात्मक संरचना, प्रमुख कार्यहरू, मुख्य कार्यक्रम, बजेट, खर्च प्रगति समस्या तथा चुनौतीहरु

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय : ऎतिहासिक सन्दर्भ सहित परिचय, कानुनी व्यवस्था, कार्यक्रम, संगठनात्मक संरचना, प्रमुख कार्यहरू, मुख्य कार्यक्रम, बजेट, खर्च प्रगति समस्या तथा चुनौतीहरु                    

📝 वसन्तराज अधिकारी
                             उपसचिव, नेेपाल सरकार                           

 १. ऎतिहासिक सन्दर्भ सहित मन्त्रालयको स्थापना :

बि.सं.२०५२ साल पुर्व शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालय वाट युवा तथा खेलकुद सम्बन्धि कार्य हुने गरेको थियो । बि.सं.२०५२ असोज २७ गते युवा खेलकुद तथा संस्कृति मन्त्रालयको रुपमा स्थापना भै २०५७ बैशाख ६ गते यो मन्त्रालय पुनः शिक्षा मन्त्रालयमा गाभिएकोमा पुनः २०६५ भाद्र १५ गते वर्तमान संरचनात्मक  स्वरुपमा युवा तथा खेलकुद मन्त्रालयको रूपमा स्थापना भएको हो ।

२. मार्गदर्शक नीतिहरु :

२.१ युवाको समग्र विकास गरि राष्ट्रनिर्माणमा सहभागी हुन अभिप्रेरित गर्नका लागि राष्ट्रिय युवा नीति, २०६६ (बि.सं.२०७२ मा नयाँ नीति द्वारा प्रतिस्थापन)

२.२ खेलकुद क्षेत्रको समग्र विकास र विस्तारका लागि राष्ट्रिय खेलकुद नीति, २०६७

३. कानुनी व्यवस्था ऎन, नियम समेत

३.१ ऎन

क. राष्ट्रिय खेलकुद विकास ऎन, २०७२
ख. राष्ट्रिय युवा परिषद् ऎन, २०७२
ग. नेपाल स्काउट ऎन, २०५०
(विधेयक समितिमा छलफलको क्रममा रहेकोे)

३.२ नियम

क. नयाँ खेलकुद विकास नियमावलीको मस्यौदा तयार गरि राष्ट्रिय खेलकुद परिषद्को रायका लागि पठाईएको
ख. राष्ट्रिय युवा परिषद् नियमावली, २०७३
ग. नेपाल स्काउट नियमावली, २०६४
घ. युवा तथा साना स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७

४. अन्तर्गत नियमावली

४.१ राष्ट्रिय युवा परिषद्
४.२ युवा तथा साना व्यवसायी स्वरोजगार कोष
४.३ राष्ट्रिय खेलकुद परिषद्
४.४ नेपाल स्काउट

५. मन्त्रालयको सांगठनिक ढाँचा

५.१ महाशाखा

° युवा विकास महाशाखा
° खेलकुद विकास महाशाखा

५.२ युवा तथा प्रशासन महाशाखा अन्तर्गतका शाखाहरु

क. कर्मचारी प्रशासन शाखा
ख. युवा परिचालन तथा परामर्श शाखा
ग. युवा उद्यमशील विकास तथा लगानी प्रवर्द्धन शाखा
घ. कानुन तथा फैसला कार्यान्वयन शाखा
ङ. आर्थिक प्रशासन शाखा
च. योजना, अनुगमन तथा बिकास सहायता शाखा

५.३ खेलकुद विकास महाशाखा अन्तर्गतका शाखाहरु

क. खेलकुद पुर्वाधार बिकास शाखा
ख. खेलकुद प्रतियोगिता शाखा
ग. खेलकुद प्रवर्द्धन शाखा
घ. खेल संघ संस्था समन्वय शाखा ।

६. राष्ट्रिय युवा परिषद्

• युवा तथा खेलकुद मन्त्री ………………अध्यक्ष
• उपाध्यक्ष  (कार्यकारी)
• ३६ सदस्यीय परिषद् मा यश मन्त्रालय सहित ८ मन्त्रालयका सचिवहरू …………सदस्य

७. युवा तथा साना स्वरोजगार कोष

• युवा तथा खेलकुद मन्त्री……………अध्यक्ष
• उपाध्यक्ष (कार्यकारी)
• १३ सदस्यीय सञ्चालक समितिमा यश मन्त्रालय सहित ५ मन्त्रालयका सचिवहरु पदेन सदस्य
• लगानी तथा असुली कार्यविधि, २०७७ अनुसार सबै जिल्लामा १/१ जना सहजकर्ताको व्यवस्था

८. राष्ट्रिय खेलकुद परिषद्

• सम्माननिय प्रधानमन्त्री ……………संरक्षक
• माननीय मन्त्रीको अध्यक्षतामा ३७ सदस्यीय बोर्ड गठन
• परिषद् को सदस्य सचिवको संयोजकत्वमा ७ सदस्यीय कार्यसमितिको व्यवस्था

९. नेपाल स्काउट

• सम्माननिय प्रधानमन्त्री --------------संरक्षक
९.१ राष्ट्रिय परिषद् (केन्द्र)
• माननीय मन्त्री (राष्ट्रिय परिषद् अध्यक्ष र प्रमुख स्काउट)
• युवा तथा खेलकुद मन्त्रालयका सचिव (पदेन सदस्य)

९.२ हाल राष्ट्रिय तदर्थ समिति र प्रदेशहरुमा प्रदेश स्काउट समितिको व्यवस्था

१०. मन्त्रालयको जनशक्ति

१०.१ सचिव ---नेपाल सरकारको विशिष्ट श्रेणीको अधिकृत श्री केदार न्यौपाने

१०.२ सहसचिव --- २ जना

क. युवा विकास महाशाखा श्री मधुसूदन बुर्लाकोटी, रा.प.प्रथम (प्रशासन) र 

ख. खेलकुद विकास महाशाखा डा. कमलप्रसाद पोखरेल रा.प.प्रथम (शिक्षा)

१०.३ उपसचिव ------११ जना

१०.४ शाखा अधिकृत वा सोसरह -----१२ जना

१०.५ नायब सुब्बा वा सोसरह ------१५ जना

१०.६ हलुका सवारी चालक ---------६ जना

१०.७ कार्यालय सहयोगी-----------१० जना
                                       जम्मा    ५७  जना  

११. जनशक्ति व्यवस्था :

• राष्ट्रिय युवा परिषद् ----- केन्द्रमा ३० जना कर्मचारी
• राष्ट्रिय खेलकुद परिषद् ---- मनोनित पदाधिकारी बाहेक  प्रशिक्षकको दरबन्दी
• युवा तथा साना व्यवसायी स्वरोजगार कोष ---६८ जना कर्मचारी र सबै जिल्लामा १/१ जना सहजकर्ता
• नेपाल स्काउट ----तलबी कर्मचारी ३४ जना स्काउट मास्टर र स्काउटहरु स्वयंसेवकको रूपमा कार्यरत

१२. मन्त्रालयका प्रमुख कार्यहरू

° युवा खेलकुद र स्काउट सम्बन्धि नीति, कानुन,मापदण्ड र नियमन
° राष्ट्रियस्तरका खेलकुद संघ संस्थाहरुको नियमन र समन्वय
° राष्ट्रिय, प्रादेशिक र अन्तर्राष्ट्रियस्तरमा खेलकुदको बिकास र प्रवर्द्धन
° राष्ट्रिय, प्रादेशिक र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना र सहभागिता
° युवा जागरण तथा विकास
° राष्ट्रिय खेलकुद परिषद्
° युवा स्वरोजगार कोष
° मन्त्रालय सम्बन्धि राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्था संग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय
° मन्त्रालय सम्बन्धि सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन ।

१३. युवा परिचालन सम्बन्धि मुख्य मुख्य कार्यक्रमहरु

° युवा सम्बन्धि कानुन र मापदण्ड निर्माण
° युवा नीति पुनरावलोकन
° युवा बुलेटिन प्रकाशन
° युवा सम्बन्धि कार्यक्रमहरुको प्रदेश र स्थानीय तहको समन्वय र सहजीकरण
° युवा गतिविधि बारेमा पत्रकारहरुसँग अन्तरक्रिया तथा पत्रकार प्रोत्साहन 
° राष्ट्रिय विकास स्वयंसेवक सेवाको डाटाबेस (Database) प्रणालीको निर्माण, स्तरोन्नति, सञ्चालन
° युवा विकास प्रवर्द्धन सम्बन्धि अध्ययन अनुसन्धान
° सामाजिक-सांस्कृतिक रुपान्तरणमा युवा सचेतना कार्यक्रम
° मानवता प्रवर्द्धनका लागि युवा परिचालन
° स्वयंसेवक परिचालन सम्बन्धि राष्ट्रिय नीति तर्जुमा
° राष्ट्रिय युवा प्रतिभा सम्मान
° युवा सञ्चार कार्यक्रम ।

१४. खेलकुद विकास सम्बन्धि मुख्य मुख्य कार्यक्रमहरु

° खेलकुद सम्बन्धि कानुन र मापदण्ड निर्माण, परिमार्जन र प्रवोधिकरण
° खेलकुदका राष्ट्रिय प्रतिभा सम्मान
° अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त खेलाडीहरुलाई पुरस्कार वितरण
° खेलकुद पत्रकार पुरस्कार
° स्नातकोत्तर तहका विद्यार्थीहरुलाई खेलकुद सम्बन्धि शोधकार्यमा सहयोग
° खेलकुद संघहरुको संस्थागत क्षमता अभिवृद्धि कार्यक्रम
° खेलकुदमा प्रतिबन्धित औषधि सेवन विरुद्धको सचेतना एवम् नाडा गठन र सञ्चालन
° खेलकुद सूचना व्यवस्थापन प्रणालीको व्यवस्था
° खेलकुदमा लैङ्गिक हिंसाको अवस्था अध्ययन तथा सामाजिक - सांस्कृतिक रुपान्तरण र समृद्धि कार्यक्रम
° अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका खेलाडी, प्रशिक्षक संगको खेलाडी अन्तरक्रिया कार्यक्रम ।

१५. विनियोजित बजेट र खर्च [चालू बजेट तथा खर्च २०७७ फागुन मसान्तसम्म] {रकम रु. हजारमा}

१५.१ युवा तथा खेलकुद मन्त्रालय

° विनियोजित बजेट : ४४,१००
° यथार्थ खर्च : २४,५४८
° खर्च प्रतिशत : ५५.५६%

१५.२ खेलकुद विकास कार्यक्रम

° विनियोजित बजेट : २०,६००
° यथार्थ खर्च : १९४१
° खर्च प्रतिशत : ९.४२%

१५.३ राष्ट्रिय युवा परिचालन कार्यक्रम

° विनियोजित बजेट : २१,३००
° यथार्थ खर्च : २३५७
° खर्च प्रतिशत : ११.०७%

१५.४ नेपाल स्काउट

° विनियोजित बजेट : ५५,०००
° यथार्थ खर्च : ४१,०००
° खर्च प्रतिशत : ७४.५५%

१५.५ राष्ट्रिय खेलकुद परिषद्

° विनियोजित बजेट : ८,८६,०००
° यथार्थ खर्च : ४,१९,४३२
° खर्च प्रतिशत : ४७.३४%

१५.६ राष्ट्रिय युवा परिषद्

° विनियोजित बजेट : ९३,९००
° यथार्थ खर्च : २२,६८५
° खर्च प्रतिशत : २४.१६%

१५.७ युवा तथा साना व्यवसायी स्वरोजगार कोष

° विनियोजित बजेट : १,२५,६००
° यथार्थ खर्च : ३४,७१७
° खर्च प्रतिशत : २७.६४%

१५.८ जम्मा चालू खर्च

° विनियोजित बजेट : १२,४६,५००
° यथार्थ खर्च : ५,४६,६५७
° खर्च प्रतिशत : ४३.८६%

१६. विनियोजित बजेट र खर्च
[पुँजीगत बजेट तथा खर्च २०७७ फागुन मसान्तसम्म] {रकम रु. हजारमा}

१६.१ युवा तथा खेलकुद मन्त्रालय

° विनियोजित बजेट : ३००
° यथार्थ खर्च : २७९
° खर्च प्रतिशत : ९३.०%

१६.२ राष्ट्रिय खेलकुद परिषद्

° विनियोजित बजेट : ५९,०५,८००
° यथार्थ खर्च : २८,२७५
° खर्च प्रतिशत : ४.७९%

१६.३ राष्ट्रिय युवा परिषद्

° विनियोजित बजेट : ११००
° यथार्थ खर्च : ३५०
° खर्च प्रतिशत : ३१.८२%

१६.४ युवा व्यवसायी तथा स्वरोजगार कोष

° विनियोजित बजेट : ८००
° यथार्थ खर्च : ३६५
° खर्च प्रतिशत : ४५.६३%

१६.५ जम्म पुँजीगत खर्च

° विनियोजित बजेट : ५,९३,०००
° यथार्थ खर्च : २९,४१२
° खर्च प्रतिशत : ४.९६%

१७. प्रमुख समस्या तथा चुनौतीहरु

१७.१ समस्याहरु

° सीमित स्रोत साधनका कारण युवा, खेलकुद र स्काउट सँग सम्बन्धित कार्यक्रमहरु पर्याप्त मात्रामा सञ्चालन गर्न कठिनाइ भैरहेको ।

° मन्त्रालय अन्तर्गत तालीम प्रदायक निकाय नभएकोले युवाको क्षमता, सीप तथा नेतृत्व बिकासका लागि तालीम सञ्चालन गर्न कठिनाइ भैरहेको ।

° युवा सँग सम्बन्धित बिषयहरु विभिन्न निकायहरू सँग अन्तरसम्बन्धित हुने भएको हुँदा कार्यक्रम तर्जुमाका कारण सम्बन्धित निकायहरूका बिच आवश्यक समन्वय हुनुपर्नेमा सो हुन नसकेको ।

° खेलकुद विधामा बिकास भएको आधुनिक प्रविधिको उपयोग नेपाली खेल क्षेत्रले यथेष्ट मात्रामा गर्न नसकेको ।

° खेल प्रशिक्षक तथा खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि समय सापेक्ष तथा पर्याप्त मात्रामा अन्तर्राष्ट्रिय प्रशिक्षणको व्यवस्था गर्न नसकिएको ।

° खेलकुद क्षेत्रको बिकास तथा बिस्तारका लागि निजि क्षेत्रलाई उल्लेख्य रूपमा सहभागी गराउन नसकिएको ।

° खेलकुद क्षेत्रको विकास तथा विस्तारका लागि निजी क्षेत्रलाई उल्लेख्य रूपमा सहभागी गराउन नसकिएको ।

° राष्ट्रिय बिकास स्वयंसेवक सेवा परिचालन सम्बन्धि नीति तर्जुमा हुन नसकिएको ।

° पुर्वाधार निर्माण तथा कार्यक्रम सञ्चालनमा संघ, प्रदेश र स्थानीय गरि तिनवटै तह बीच समन्वयको अभाव ।

१७.२ चुनौतीहरु

° युवाको बिषय विभिन्न मन्त्रालयसँग सम्बन्धित रहेकाले एकीकृत कार्यक्रम तय गर्ने बिषय ।

° युवालाई सम्बोधन तथा उपयोगी हुने गरि कार्यक्रम तर्जुमा गर्ने बिषय ।

° खेलकुदलाई व्यवसायीकरण गर्ने बिषय ।

° अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने बिषय ।

° स्वयंसेवी कार्यमा युवालाई उत्प्रेरित गराई विपद् व्यवस्थापनमा स्वतस्फूर्तरूपमा परिचालन हुने व्यवस्था मिलाउने बिषय ।

📝 स्रोत : योजना, अनुगमन तथा विकास सहायता शाखा युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौं, नेपाल ।

लेखन/सम्पादन :

📘 वसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरबार, काठमाडौं, नेपाल ।
[शुक्रबार ११ आषाढ २०७८ शुभम्]

Comments