२०७. महाभुकम्प २०७२ वाट क्षत विच्छेद ध्वस्त धरहरा को पुनर्निर्माण ऎतिहसिक तथ्य/तथ्यांक ❤️🚾🙏

महाभुकम्प २०७२ वाट क्षत विच्छेद ध्वस्त धरहरा को पुनर्निर्माण ऎतिहसिक तथ्य/तथ्यांक ❤️🚾🙏                                                                        

नयाँ नेपालको पुनर्निर्माण गरिएको हाम्रो ऎतिहासिक धरहरा          📝वसन्तराज अधिकारी, घोराही उपमहानगरपालिका, दाङ 

सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहरा उदघाटन सम्पन्न 

१. उदघाटन मिति : २०७८ बैशाख ११ गते शनिबार "लोकतन्त्र दिवस"

२. वि स १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीकाे आज्ञावाट जनरल भिमसेन थापाले ६१.८८ मि. अग्लाे ११ तले धरहरा निर्माण ।

३. वि स १९९० माघ २ गतेकाे भुकम्पवाट सिरानकाे २ तला भत्किएको , पछि  ९ तलामा सिमित ।

४. वि स २०७२ वैशाख १२ गतेको महाभुकम्पले साे धरहरा पुरै क्षति, पुरै ध्वस्त

५. २०७२ फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलिबाट  "मेरो धरहरा मै बनाउछु"  अभियान शुरु  भयो ।

६. २०७५ असोज १४ गतेवाट धरहरा निर्माणकाे काम शुरू  भयो ।

७.  करिव ३० महिनामा-  वाहिरी Out Look पुरानो डिजाइनमा देखिने ,  भित्री अत्याधुनिक भुकम्प प्रतिरोधात्मक  धरहरा निर्माण ।

८. करिव ५ अर्वकाे लागत ईष्टमेटमा ३ अर्व ४८ करोडमा निर्माण सम्पन्न ।

९. भित्र २ वटा लिफ्ट  र  एक भर्याङ रहेको छ । एउटा लिफ्टमा १ पटकमा १० जनाले प्रयाेग गर्न सक्छन् ।

१०. जमिनवाट ८३.८५ मिटर अग्लाे, वेसमेण्टबाट ९२.२५ मिटर अग्लाे धरहरा रहेको छ ।

११. जमिन माथि २३ तला र जमिन मुनि देखि २५ तलाको धरहरा निर्माण भएको छ ।

१२. जमिन मुनि २ तलाको पार्किङ सुविधा - ४०० वटा गाडी र ७०० वटा माेटरसाईकल सहज पार्किङ गर्न सकिने व्यवस्था ।

१३.  ऐतिहासिक संरचना, नेपालीको सान , चाहना  हुँदा यति छिटो काम ।

१४. काठमाडौ उपत्यकाको पर्यटनको केन्द्र विन्दु, भुईमा व्यापारी कम्पलेक्स नहुने ।

१५. खुला ठाउँ घुम्न आनन्द र खुला हावा लिन सहज हुने ।

१६.  करिव ४२ राेपनी जग्गामा निर्माण गरिएको ।

१७. धरहरा हेर्दा  नेपालीको छाति फराकिलो भएकोे छ , गर्बले खुशिका आँसु झरेका छन ।

जय होस् ! नेपाल सरकार !!

Source : Social Network

Comments