२००. अन्तर्वार्ता गुरु (माध्यमिक अंग्रेजी शिक्षक) श्रीमान् चन्द्रकान्त लम्साल सर सँग ❤️🙏

अन्तर्वार्ता गुरु (माध्यमिक अंग्रेजी शिक्षक) श्रीमान्  चन्द्रकान्त लम्साल सर सँग ❤️🙏                         

❤️🙏गुरु चन्द्रकान्त लम्साल सर सँग मेरो तस्बिर 🙏❤️

गत बर्ष २०७७ को नयाँ बर्षका दिन बन्दाबन्दी "लकडाउन" को अवस्थामा म प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा स्थानीय तह राजापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, राजापुर, बर्दियामा कार्यरत छँदा  आदरणीय गुरु (माध्यमिक अंग्रेजी शिक्षक) श्रीमान्  चन्द्रकान्त लम्साल सरसँगको मेसेन्जर संवार्ता पुनः समय सान्दर्भिक स्मरणका साथ अभिलेखिकरण गरि सबै साथीभाई आफन्तहरू लाई साझा वितरण गरियो । मेरो ब्लग्स्पोट खोली एकपटक अवश्य पढी प्रतिक्रिया (react), टिप्पणी (Comment), साथी आफन्तलाई वितरण (Share) गरि साहित्यिक कोसेलीको रूपमा लिनु भै थप प्रेरणाका साथ हौंसला बुलन्द गरिदिनु हुन सविनय सादर अनुरोध गर्दछु ।   


बि.सं.२०३५-२०३७ सालमा श्री सिद्ध रत्न नाथ नमूना माध्यमिक बिद्यालय, नारायणपुर, दाङका माध्यमिक अंग्रेजी शिक्षक श्रीमान् चन्द्रकान्त लम्साल सर ले अत्यन्तै मेहनतका साथ मेरा संघर्षशिल जीवन कथा जन्म,शिक्षा, कर्म, भावीसोंच समेतका आत्मवृतान्त (Autobiography) प्रकाशित गरिदिनुभएकोमा आदरणीय गुरु Mr. Chandrakant Lamsal
sir प्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्दछु । ✍️❤️🚾👌🙏🇳🇵

✍️ बसन्तराज अधिकारी
उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृत
राजापुर नगरपालिका कार्यालय
राजापुर, बर्दिया । https://m.facebook.com/story.php?story_fbid=2973346596225008&id=100006490894546


बसन्तराज अधिकारी श्री सिद्ध रत्न नाथ नमूना मावि नारायणपुर दाङका पूर्व छात्र हुनुहुन्छ। यस विद्यालयमा तत्कालीन समयमा अध्ययन गरेका विद्यार्थीहरु र अध्यापन गर्नुभएका शिक्षकहरुले उहाँलाइ चिन्नुहुन्छ।आफूले पढाएका विद्यार्थीहरूको प्रगति देख्दा जुनसुकै शिक्षकलाई गर्व हुन्छ नै ।

बसन्तराजका विगतदेखि वर्तमानसम्मका विभिन्न कुराहरु जान्ने मनसायले मैले उहाँसँग केही प्रश्नहरु सोधें । उहाँसँग सोधिएका प्रश्नहरु र जवाफहरु यहाँ राख्दै छु ।

प्रश्न: बसन्त जी, आफ्नो जन्मबारे बताइदिनुहोस् न।

उत्तर: म साविक मानपुर  गाउँ पञ्चायत वार्ड नं. ९ मजगैं (हाल तुलसीपुर उपमहानगरपालिका वार्ड नं.१७) दाङमा २०२१ चैत्र ५मा जन्मेको हुँ । मेरा पिताको नाम स्व. बलदेव प्रसाद अधिकारी र माताको नाम श्रीमती भावना  अधिकारी हो । हाल मेरो स्थायी ठेगाना घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौरा, दाङ हो । केही पैत्रिक सम्पत्ति जग्गा जमिन मजगाउँमै छ ।

प्रश्न:आफ्नो बाल्यकाल अझ भनौं पढ्नेबेला तपाईंलाई कुनै सङ्घर्ष  गर्नुपर्योे कि ?

जवाफ:आमा र भाईसँग संयुक्तरूपमा हामीसङ्ग  करिब ४ बिघा जग्गा थियो । यसबेला जस्तो रासायनिक मलको प्रयोग हुदैनथ्यो।
आयस्ता कम नै हुन्थ्यो । आफै खेतीपाती दुःख गरेर खान सम्म पुग्ने हुन्थ्यो । श्री सिद्ध रत्न नाथ नमूना माध्यमिक बिद्यालय, नारायणपुरमा कक्षा १० मा पढदा पढदै २०३६ सालमा हाम्रो परिवारमा ठूलो बज्रपात पर्यो । फाल्गुनमा बुबाको असामयिक निधन भयो । परिवार अभिभावकविहिन भयो । यस्ले मेरो अध्ययनमा गतिरोध त ल्यायो नै, मेरो जीवनयात्रा थप दु:खद  र संघर्षपुर्ण बनाइदियो ।

प्रश्न: तपाईंले शिक्षा कुन कुन विद्यालयमा पाउनुभयो ?

जवाफ: मैंले कक्षा १-३ सम्म (२०२८-२०३०)श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, दुधरास, दाङ, निम्नमाध्यमिक स्तर कक्षा ४-७ (२०३१-२०३४) श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक बिद्यालय, तेघरा, दाङ र माध्यमिक स्तर (२०३५-२०३७) श्री सिद्ध रत्न नाथ नमूना माध्यमिक बिद्यालय, नारायणपुर, दाङमा अध्ययन गरें ।                     
प्रश्न:  उस्बेलाका रोचक कुराहरु कुनै सम्झना छ कि ?                 
जवाफ:त्यतिबेला अहिले जस्तो पक्की सडक र गाडीहरू थिएनन् घोडा र राँगा लादने गरिन्थ्यो । कोईलाबासवाट बर्ष दिनको लागि नुन, तेल, मरमसलाको जोहो हुन्थ्यो । मानिसहरू शिक्षित कमै थिए । राजतन्त्र र पञ्चायती व्यवस्था थियो । मलाई कक्षा १०मा पढ्नेबेला सिद्ध रत्न नाथ नमूना माध्यमिक बिद्यालय, नारायणपुरका प्रधानाध्यापक श्री भीमकान्त आचार्य "सि" ले हाउभाउसँग पञ्चायत पढाएको ताजा सम्झना छ ।

प्रश्न: उस्बेलाका कुनै साथीहरु र गुरुहरुमध्ये ककसको सम्झना आउँछ ?

जवाफ:प्राथमिकस्तरमा स्व.प्रतापनारायण श्रीवास्तव, श्री धर्मबहादुर बैरागी रावत, पुष्करराज बस्नेत र सेवक राम आचार्यलाई सम्झन्छु। प्राथमिक स्तरका धेरै साथीहरू बिस्मृत भैसक्नुभयो । निम्नमाध्यमिक स्तरमा प्रधानाध्यापक स्व. अम्बिका प्रसाद मिश्र, स्व. नारायण सुवेदी, स्व. माधव सुवेदी, नारायण धिताल र दुर्गा सुवेदीलाई विर्सन सक्दिन ।तत्कालिन साथीहरू कमल गौतम अस्पारा, दाङ र वासुदेव पोखरेल भेलाही, दाङ समेतलाई सम्झन्छु । माध्यमिक बिद्यालय श्री सिद्ध रत्न नाथ नमूना माध्यमिक बिद्यालय, नारायणपुर, दाङका शिक्षकहरू श्री भीमकान्त आचार्य 'सी' एम.ए. डिप.इन.एड., श्री चन्द्रकान्त लम्साल अंग्रेजी शिक्षक, श्री चिन्ताबहादुर बुढाथोकी इतिहास शिक्षक, श्री कृष्ण शाह बि.एस्सी. कृषि, श्री माधव न्यौपाने बिज्ञान र स्व. जीवराज गौतम नेपाली शिक्षक मेरो स्मृतिमा रहिरहनुभएको छ ।

प्रश्न:उच्च शिक्षाको बारेमा बताइदिनुहोस् न त ।

जवाफ: मैंले बि.एड. (शिक्षा), बि.ए.(अर्थशास्त्र र राजनीति शास्त्र); बि.एल. (कानुन) र अधिवक्ता एम.ए. (राजनीतिशास्त्र)पूरा गरेको छु। महेन्द्र बहुमुखी क्याम्पस, दाङ र त्रिभुवन बिश्वबिद्यालय, कीर्तिपुर र अन्तर्गतका महेन्द्ररत्न क्याम्पस, ताहाचल र नेपाल कानुन क्याम्पसमा उच्च शिक्षा निजामती सेवा सँगै प्राइभेटरुपमै अध्ययन गरेको हुँ । बिश्वविद्यालयस्तरमा धेरै साथीहरुसँग घनिष्ठता थियो । सोभन्दा पनि नेपाल राष्ट्रिय पुस्तकालय, शिक्षा मन्त्रालय र पाठ्यक्रम बिकास केन्द्रमा निजामती सेवासँगै उच्च शिक्षा अध्ययन पूरा भयो ।

प्रश्न: तपाईंको वैवाहिक सम्बन्धबारे भन्नुपर्दा के भन्नुहुन्छ ?

 जवाफ: मैंले मागी विवाह (arranged marriage)
गरेको हुँ ‌। श्रीमती यशोदा सुवेदीसङ्ग बि.सं.२०४९ बैशाख २३ गते विवाह भएको हो ।

प्रश्न: निजामती सेवामा रहँदा तपाईंले उच्च शिक्षा लिनुभएको त थाहा भयो। अरु कुनै पेशा पनि थियो कि ?

जवाफ:एसएलसी दिएपछि बि.सं.२०३८ मा छ महिना मात्र श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, धाङसी, रोल्पा र २०३९ देखि २०४५ सम्म श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, सिमलचौर, थक्लेनी, तिराम, प्युठानमा अध्यापन गरेको हुँ ।

प्रश्न:निजामती सेवामा प्रवेश गरेको कहिले हो ?

जवाफ: मैंले निजामती सेवामा  २०४७ साल असार १३मा प्रवेश गरेको हुँ। सहलेखापाल ,खरिदारस्तर (कोष तथा लेखा नियन्त्रक कार्यालय, सल्यान) नै मेरो निजामती सेवातर्फको पहिलो अनुभव थियो ।

प्रश्न: वढुवा, सरुवा र पदबारे जानकारी पाउँ न ।

जवाफ:*खुला प्रतिस्पर्धावाट  नायव सुब्बा क्षेत्रीय तथ्यांक कार्यालय, दिपायल,*सरुवा जिल्ला शिक्षा कार्यालय, दार्चुला, *नेपाल राष्ट्रिय पुस्तकालय, हरिहरभवन, *शिक्षा मन्त्रालय, केशरमहल * २०६२ सालमा खुला प्रतिस्पर्धावाट शाखा अधिकृत सफल BAT 21 Batch पदस्थापन शिक्षा मन्त्रालय, पाठ्यक्रम बिकास केन्द्र, सानोठिमी, भक्तपुर * सरुवा राष्ट्रिय महिला आयोग, सिंहदरबार प्लाजा, *भुमि सुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गत भुमि सुधार कार्यालय, दाङ, *मालपोत कार्यालय, डडेल्धुरा, *राष्ट्रिय सूचना आयोग, कोटेश्वर, पेरिसडाँडा, *महालेखा नियन्त्रक कार्यालय, अनामनगर र *राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरबार । *२०७२ सालमा उपसचिव पदोन्नति सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, *संवैधानिक निकाय निर्वाचन आयोग, नेपाल अन्तर्गत क्षेत्रीय निर्वाचन कार्यालय, बाँके, नेपालगन्ज काज  *२०७५ श्री बबई गाउँ कार्यपालिकाको कार्यालय, हापुरे, दाङ पश्चात् संघमा समायोजन भै काज प्रमुख प्रशासकीय अधिकृत, राजापुर नगरपालिका कार्यालय राजापुर, बर्दिया २०७५/१२/१२ देखि ।

*हालको पद: उपसचिव, राजपत्रांकित द्वितीय श्रेणी, नेपाल प्रशासन सेवा काम काज गर्न तोकिएको प्रमुख प्रशासकीय अधिकृत (कार्यालय प्रमुख) राजापुर नगरपालिका कार्यालय, राजापुर, बर्दिया ।

प्रश्न: राष्ट्र सेवकहरुको कार्यसम्पादन हेरेर वेलावेलामा पुरस्कार पदकहरु दिइने गरिन्छ । तपाईंले पनि प्राप्त गर्नुभएको होला,हैन ?

मैले ---राष्ट्रिय शिक्षा पुरस्कार, २०५८ पदक सहित,
---वाग्मती सफाइ अभियान तथा विनाशकारी भुकम्प पश्चात् भग्नावशेष व्यवस्थापनमा स्वयंसेवकको रुपमा पुराएको योगदानको कदर स्वरुप प्रशंसा पत्र, मुख्य सचिव लीलामणि पौडेल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबार, २०७२ साल ---स्थानीय तह, प्रदेश सभा, राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७४ स्वतन्त्र र स्वच्छरूपमा सम्पन्न गरि ऎतिहासिक सफलता प्राप्त गर्न पुर्याएको योगदानको कदर स्वरुप प्रशंसा पत्र प्रमुख  निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादव, निर्वाचन आयोग, नेपाल २०७५ साल ।

प्रश्न:सामाजिक गतिविधिहरुमा तपाईंको कत्तिको रुचि छ ?       
जवाफ: मैंले सामाजिक गतिविधिहरुमा पनि रुचि राख्नेगर्छु।
सामाजिक संस्थाहरूबाट सम्मान प्राप्त गरेको पनि छु। साहित्यतर्फ मेरो रुचि भएकोले‌राप्ती साहित्य परिषद् घोराही, दाङवाट आजीवन सदस्यता प्राप्त गरेको छु ( मिति २०७५/०३/१८मा)

प्रश्न:सेवा निवृत्त भईसकेपछि  केही गर्ने योजना छ कि ?

जवाफ:अब करिब  डेढ दुई बर्ष पश्चात् ५८ बर्ष भएपछि सेवा निवृत्त भईन्छ। तत्पश्चात आफ्नै जिल्लामा अधिवक्ताको रूपमा कानुन व्यवसायी  भै काम गर्ने, र  बिद्यालय र  उच्च-माध्यमिक बिद्यालय स्तरमा शिक्षण गर्नुको साथै आफ्नै जन्मस्थल गाउँमा भएको पैत्रिक जग्गा जमीनमा व्यावसायिक तरकारी खेती कृषि  व्यवसायीको रुपमा बाँकी १५-२० बर्षको जीवन व्यतीत गर्ने सोंच रहेको छ ।

प्रश्न: अन्तमा केही भन्नु छ ?

प्राथमिक शिक्षक करिब ७ बर्ष र निजामती राष्ट्रसेवकको रुपमा हिमाल, पहाड तराई जिल्ला स्थित कार्यालय, क्षेत्रीय, बिभाग, मन्त्रालयको अनुभव पश्चात् स्थानीय सरकार स्थानीय तहमा करिब २ बर्ष गरि निजामती सेवा ३० बर्ष समेत करिबकरिब ४ दशक राष्ट्रसेवाको अनुभव प्राप्त गरें । सादा जीवन उच्च बिचार जीवन यापनको अत्युत्तम जीवन शैली हो । धैरै उर्जाशील जीवन सरकारीस्तरमा व्यतीत भयो । अवकाश  पश्चात् आफ्नै थात थलो र जन्मभुमिको सेवामा व्यतीत गर्न पाउँ यही नै मनोकामना रहेको छ ।

प्रश्न: राष्ट्र सेवकहरुलाई केही भन्न चाहनु हुन्छ कि ?

जवाफ: राष्ट्रसेवक शब्द एउटा विशिष्ट आलंकारिक शब्द केवल शब्दमा मात्र नभै व्यवहारमा रुपान्तरण हुन सक्नुपर्छ । राष्ट्र सारमा भूगोल र राजनीतिक सीमा मात्र हैन जनसंख्या, भावनात्मक
ऐक्यवद्धता र सार्वभौमसत्ता तथा अक्षुण्य अखण्डताको दृष्टान्त हो तसर्थ जब जब राष्ट्र दु:ख र संकटमा हुन्छ तब तब सेवकको धर्म र कर्तव्य परायणता मुखरित हुनुपर्दछ । त्यसैले  "त्यसैले बिद्या सफल त्यस्को भो जो हुन्छ इमान्दार राष्ट्रसेवक" अन्त्यमा आदरणीय गुरु श्री चन्द्रकान्त लम्साल सर जस्ले बिश्वब्यापी महामारी कोरोना भाईरस (COVID- 19) को महामारी "लकडाउन" एकान्तवास "बन्दाबन्दी" को अवस्थामा आफ्नो संघर्षपुर्ण अतीतलाई सम्झन र बिचार सम्प्रेषण गर्ने अवसर प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद सहित नयाँ बर्ष २०७७ ले महामारी लाई परास्त गर्ने मानसिक र शारीरिक, मनोबैज्ञानिक  सामर्थ्य आत्मबल अभिवृद्धि होस् भन्ने कामना गर्दछु ।

मेरा गुरु,गुरुआमाहरु, इष्टमित्र, साथीहरु लगायत सबै पाठकवृन्दलाई नमस्कार !                                                                                                                                                       अभिलेखिकरण :                                                                                                                                                        ✍️ वसन्तराज  अधिकारी                                         उपसचिव, नेपाल सरकार                                                  युवा तथा  खेलकुद   मन्त्रालय, सिंंहदरवार, काठमाडौंं  ।         [सोमबार ३० चैत्र २०७७ शुुभम्  ।            

Comments